Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

हाइफाइ केटीहरुले सुटुक्क ड्रेस चोरे, पसलेले सिसिटिभी फुटेज सार्वजनिक गरिदिए

Posted on December 8, 2014December 8, 2014 by mysansar

pasal
पहिले पो सुटुक्क चोर्‍यो, कसले चोर्‍यो, कहिले चोर्‍यो- थाहै हुन्न थियो। अहिलेको युगमा त चोरहरुलाई नि साह्रै अप्ठेरो। एक त आजभोलिका सामान्य पसलहरुमा सिसिटिभी राखिएकै हुन्छ। अर्को इन्टरनेट र सामाजिक सञ्जालबाट त्यसलाई फैलाउन पनि सजिलो।

गएको नोभेम्बरमा काठमाडौँको एउटा पसलमा दुई हाइफाइ केटीले सेल्सगर्ललाई अल्झाएर लुगा चोरेछन्। पसलका मालिक पनि के कम। सिसिटिभी फुटेजमा अनुहार देखिने र चोरेको देखिने गरी भिडियो फेसबुकमा राखिदिए। फेसबुकमा यो भिडियो यति भाइरल भयो कि शायद् चोर्नेहरुको फेसबुक वालमा सम्म पनि पुग्न बेर लागेन होला।

no1
पसलमा आएका थिए दुई केटी।

no2
अर्की थिइन् यिनी

no3
हेर्नुस् सेल्स गर्ललाई एक जनाले सामान हेरेर अल्झाउँदै गर्दा अर्कीले सुटुक्कै ब्यागमा हालिन् ड्रेस।

सिसिटिभी फुटेज हेर्नुस्-

28 thoughts on “हाइफाइ केटीहरुले सुटुक्क ड्रेस चोरे, पसलेले सिसिटिभी फुटेज सार्वजनिक गरिदिए”

  1. Pingback: सन् २०१४ मा माइसंसारका टप १४ ब्लगहरु यस्ता छन् « Mysansar
  2. laxman rai says:
    December 26, 2014 at 11:07 am

    जाबो लुगा किन्न नसक्ने हेर्दा त हैफई जस्तो देखिन्छ ,

    Reply
  3. Binod says:
    December 13, 2014 at 9:02 pm

    रब्बु पाण्डे हो एउटी को Facebook नाम

    Reply
    1. bibek dhakal says:
      December 15, 2014 at 12:20 am

      पक्का त हो मित्र? फेरी गल्ति भयो भने साइबर क्राइम लाग्ला. यदि सहि हो भने अब ति मैयाको खैरियत छैन.

      Reply
  4. Bekha Nepal says:
    December 12, 2014 at 5:01 am

    अहिले सम्ममा त नेपाल पुलीसले चिनी सक्नु पर्ने हो यी चोरनीहरुलाई। के गर्दैन छन् पुलिस? हातमा दहि जमाएर बाकेका छन् कि । या पुलिसको आफन्त पर्यो। लौ बर्बाद । अब साथीहरुले चिनेका भए यसो नाम पता सार्वजनिक गर्दिनुस।

    Reply
  5. Sudip Sharma says:
    December 11, 2014 at 9:41 am

    नेपाल का ८०% कथित हाइ फाई त चोरी, ठगि, तस्करी, लुटपाट, कर छली र भ्रस्टाचार बाटै भएका होलान !! यिनीहरु पनि त्यहि बाटोमा लागे त के भो ?? लुट का फरक फरक सैली : नेता हरु देश लुट्ने, ब्यापारी कर छल्ने र ग्राहक लुट्ने, कर्मचारी भ्रस्टाचार गर्ने तस्करी गर्ने, कलेजका मालिक दलाली गर्ने र ठग्ने, प्रहरी, पत्रकार, नेता सबै सुन तस्करी गर्ने ….हैन यो देश मा नैतिकता र इमान्दार भएर त बाच्नै गारो भो त के गरुन…हाइ फाई हुदैमा चोर नबन्ने हैन…चोर बनेर हाइ फाई बन्ने हो नेपाल मा !!

    Reply
  6. Krishna Bhusal says:
    December 10, 2014 at 1:31 pm

    बेइज्जत

    Reply
  7. sanjay thapa, kathmandu says:
    December 10, 2014 at 11:32 am

    बिताएछन् सुन्तली र नक्कली ले ..

    Reply
  8. Sanu Nepali says:
    December 10, 2014 at 10:54 am

    होसियार लुगा क पसले हरु हो एस दिसलाइक गर्ने धेरै आयो . साएद ती दुइजना केटि केटि हरु को थुप्रै साथी हरु छन् जसले दिस लाइक गरिरहेका छन् . एसको मतलब बुज्नु होला . सहर मा यस्ता चोर केटि हरु धेरै भएको देखिन्छ . समयमै तिनी हरु लाइ सबै को सामु ल्याउनु पर्यो .

    Reply
  9. Shruti says:
    December 10, 2014 at 10:52 am

    चोर्ने तरिका देख्दा त निकै अनुभबी जस्ता रैछन. बिचाराहरुको कस्तो हालत भैराको होला!

    Reply
  10. Jay says:
    December 10, 2014 at 1:54 am

    पसले ले जे गर्यो ठिक गर्यो र चोरी गर्ने लाई अझै ठूलो कारबाही हुनुपर्ने हो मेरो बिचारमा!!! चाहे त्यो नून होस् वा सून , चोरी, चोरी नै हुन्छ !!!
    र अर्को मनमा लागेको कुरा!!! जहाँ सम्म भीडियोको फुटेज हेर्दा यो कुनै Ktm को शपिंग मलको जस्तो देखिन्छ !!! करोडौ रुपैया खर्च गरेर मल बनाउछन , तिलिक्क टल्किने फ्लोर हुन्छ,सिसी tv हाल्छन , बत्ति नहुदा generator नि हाल्छन !!! यो सबै कुरा हाल्न सक्ने ले हरेक पसलमा बाहिर निक्लने main ढोका अगाडी सेंसोर अलार्म सिस्टम राखेको भए त सायद चोरी भन्ने कुरा नै हुदैन थियो होला !!!

    Reply
  11. sujan maharjan says:
    December 9, 2014 at 11:11 pm

    अल्मलाउने केटि त ब्रा पो हेर्दै रहिछ!!! ब्रा किन्नुस कुर्ता फ्री!!!

    Reply
  12. krish says:
    December 9, 2014 at 6:39 pm

    हेर्दा त मेरा नातिनी नाता पर्ने जस्ता देखिन्छन , लु बर्बाद गरेछन / ए नानी हो कम से कम यस्तो गर्नु भन्दा अगाडी आफ्ना हजुरबाको इज्जतको सम्झना गरिदेवन / दसैँ मा दिएको मेरो अर्तिको पनि सम्झना गर्नु ल …

    Reply
  13. bibek dhakal says:
    December 9, 2014 at 4:14 pm

    सबै पोस्ट मा कम्तिमा एक डिस्लाइक देख्दा त पक्कै यी मैयाहरु वा यी मैयाहरुका भैया वा सैयाहरु ले गर्या जस्तो लाग्यो : D

    Reply
  14. nabin aryal says:
    December 9, 2014 at 3:54 pm

    यो त अति नै भयन र भन्या

    Reply
  15. Rabin says:
    December 9, 2014 at 1:35 pm

    Dislike ठोक्ने चाहिँ पक्कै तेही दुइजना चोर मध्य एकजना हुनु पर्छ |

    Reply
  16. Sanu Nepali says:
    December 9, 2014 at 1:13 pm

    करिब डेढ महिना जति अगि मेरो घरमा पनि यस्तै भएको छ . दाइ को छोरी ले मेरो घरको सतर सानो तिनो लुगा को पसल थापे को थियो. यस्तै दुइजना केटिहरु आएर दाइ को छोरी लाइ अकमक्क परि ३, ४ हजार को कुर्ता को कपडा चोरेको छ . मलाई लाग्छ १००% तिनीहरु नै हो . हुलिया त पक्कै तिनीहरु कै हो. यदी ति केटिहरु लाइ कसै ले चिने को छ या जानेको छ भने कृपया पुलिस मा खबर गरि दिनु हुन अनुरोध गर्छु .

    Reply
    1. bibek dhakal says:
      December 10, 2014 at 1:56 am

      भनेपछि हल्का, लुगा चोर्ने गिरोह नै संलग्न भएको अवस्था….सक्किगो नि. अब नेपालमा जस्तो सुकै ठगहरुको पछाडी ‘माफिया’ झुन्ड्याउने चलन छ , यिनीहरुलाई ‘कुर्ता माफिया’ भन्ने कि के भन्ने ?

      Reply
  17. Robin says:
    December 9, 2014 at 12:02 pm

    अरु त ठिक छ , तर एस्तो विडियो पनि मन नपराउने तेही मैया वा उसका साथी हरु होलान होइन?

    Reply
  18. Binamra Shrestha says:
    December 9, 2014 at 1:42 am

    यिनी मैयाहरुलाई चिन्ने कोहि हुनहुन्छ?? यदि कसैले चिनेको भए यिनको तीनपुस्ते नामावली सार्वजनिक गरि दिनु पर्यो है!!! हुन त कसैले मैले चिनेको भन्न पनि लाज मर्दो नै हुन्छ किनकि यस्ता चोर को साथि पो रहेछ भन्ला भन्ने डर/ तैपनि कोहि न कोहिले त पक्कै सार्बजनिक गर्नु पर्छ है/ यिनले गरेको कर्मको फल त दिने पर्यो नि

    Reply
  19. Mk says:
    December 8, 2014 at 11:56 pm

    विज्ञान र प्रविधि – कसैलाई वरदान त् कसैलाई श्राप !!

    Reply
  20. Shankar says:
    December 8, 2014 at 6:57 pm

    Thats whay we say ”don.t judge a book from its cover”

    Reply
  21. Pushpa says:
    December 8, 2014 at 6:14 pm

    लौ मार्यो बा ले बिहे गर्न आइज छोरा तेरो लागि गोरी डल्ली डल्ली राम्री केटि हेर्या छु भन्नु हुन्थियो, येही मोरी परी भने त बर्बादै हुने भो नि …बा लाइ ७ मिनेट बेसी को विडियो फ़र्वड नगरी हेर बा भन्नु पर्ला

    Reply
    1. Shankar says:
      December 9, 2014 at 11:46 am

      पुष्प जी
      ”जोइ त् राम्री अग्ली र मोटी पोइ त् राम्रो पुड्को नि लै लै भन्ने सुन्नु भएको छैन ?”

      Reply
  22. सुगतशरण तुलाधर says:
    December 8, 2014 at 5:04 pm

    आखिर के गरोस यी अवलाहरु –
    समाजमा धाक जमाउन राम्रो लुगा चाहिने ;
    आफ्नो कुनै इलम छैन मोटो रकम आउने l
    इमान्दार भै झुत्रो हिंड्दा कसैले न पत्याउने ;
    बरु जोखिम मोली हालौं ‘इज्जत’ अलि थाम्ने ?..!
    {समाजले बाहिरी लुगा हैन, भित्री चरित्रको महत्व नबुझ्दा यस्तो विसंगती बेहोर्नु परिरहन्छ.}

    Reply
  23. Raj says:
    December 8, 2014 at 4:57 pm

    ल परेछ निरमाया माकुरी जालैमा ! कुरी कुरी!

    Reply
  24. saajanr says:
    December 8, 2014 at 3:05 pm

    Good start! Shame to these gals!

    Reply
  25. बशन्त राज says:
    December 8, 2014 at 1:37 pm

    येस्तै गरी नेपालका ठुला ठुला नेताहरु, कर्मचारीहरुले खुस खायको भिडियो हाते मोबाईलबाट खिचेर फेसबुक जस्ता सामाजिक मिडियामा हालेर हेर्न पाए नेपालबाट भ्रस्टाचार कम हुन्थ्यो कि ? आजकाल हरेक नेपालीको हातमा भिडियो रेकोर्ड गर्न मिल्न्ने मोबाईल हात हातमा हुन्छ/ येसो सरकारी कार्यालयमा नागरिकता, जग्गा नाम सारी अथवा किनबेच को कागजात बानाउन जादा, सबारी चालक् प्रमाण पत्र आदि बानाउन जादा पैसा अथवा खुस मागेको भिडियो या अडियो बनायर सामाजिक संजालमा हालेर नेपालमा खुसखोरी कम गर्न सकिन्थ्यो कि ??

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme