Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

मधेश र संघियता

Posted on December 16, 2014 by mysansar

-कल्पना किरण-

आजकल पढ्ने बानी अलिक कम हुने गरेको महसुस हुँदैछ। सर्वसुलव ईन्टरनेट, पढाईदेखी दिक्क, बढ्दो उमेर अनी अबिवाहित पुरुष हुनु यसका कारणहरु होलान। कुर्चिमा बसेर सेतोपती, रतोपती, निलोपती जे हेरे पनि नेपालका निरासाबादी समाचारनै आँखा हुँदै मस्तिस्कसम्म पुग्ने गर्छन्। बिकासका, उन्नतिका आशालाग्दा समाचार नपढेको त महिनौ भईसक्यो। समाचार पढ्दैजादा सि के राउत पक्राउ परे भन्ने समाचारमा मेरा आँखा टक्क रोकिए। एकछिन त अचम्ममा परे सि के लाल किन पक्राउ परेछन भनेर। मेरो आँखालाई भ्रम भएको रहेछ, पुलिसद्वरा समातिएका राउतपो रहेछन, मैले त लाल पो सम्झेछु। सि के लाल त मलाई बच्चैदेखी मन पर्ने विस्लेशक हुन। उनका बिस्लेशणले मलाई धेरै आनन्द दिने गर्थ्यो।

समाचार रहेछ सि के राउतको, फेरी गूगल गरे, को रहेछन राउत भनेर खोज्ने कोशीस गरे। उनी कम पढेको मान्छे होइन रहेछन। क्यम्ब्रिजबाट PhD , अमेरिकाबाट विद्वान भएर आएका राउत एका-एक पक्राउ परे, मनै छक्क परे। खोज्दै जादा उन्का आत्माकथाको केही अंशहरु पढ्न पाए। मैले जती पढे, उनका कुरामा खासै बिमती छैन मेरो पनि। चितवन बस्दा पहाडका भन्थे मलाई, काठमाडौं बस्दा गाउका भन्थे। नेवार घरबेटीले बिहान ५ बजे उठाएर पानी भराउथे। कहिले भाडामा कच-कच, कहिले केमा त्यो सबै कोठामा बस्नेको समान समस्या थियो। तर मलाई नेपाली नै होइन भनेर हेप्ने चाँही गरेनन कहिलै पनि। राउतले भोगेका समस्या भनेको उनले नेपाली हु भन्ने अनुभव गर्न पाएनन, काठमाडौं आएपछी। अरु समस्या चाँही मेरै जस्ता हुन। अफ्नो परिचय राम्रो सँग नहुनु भनेको ठुलै हेपाहा प्रवृति हो। तैपनी नेपालमाथी उन्ले बोलेका शब्दहरु चाँही निकै तिता र कडा लाग्यो। तर उनको गिरफ्तार सही हो या गलत त्यो भन्ने सक्ने ज्ञान ममा छैन।

पृथ्वी नारायणले एकिकरण गरेपछी नेपाललाई ४ जात र ३६ बर्णका साझा फूलबारी भनेका थिए रे। अहिले कती जात कती बर्ण छन तेस्को तथ्याङ्क सरोकारवालासङ्गै होला, तर यो साझा फूलबारी चाँही पक्कै होइन। समानाताका आधारमा, अधिकारका आधारमा सबै जाती र धर्मका मान्छेहरुको बराबर सहभागीता छैन। हामी कतीसम्म पिछडीएका थियौ कि बाहुन / मधेसी को मुटु हुन्न रे, तेसैले आर्मीमा भर्ती गराउन हुँदैन रे। नेवार, मगरहरुलाई प्रशासनमा काम गर्न सक्दैनन रे, आदी इत्यादी। जागिर देखी, दैनिक काम गर्ने ठाउँमा जात, धर्म, लिङका आधारमा बिवेद गरिन्थ्यो। अहिले यि प्रब्रितिमा धेरैनै कमी आएको छ। तैपनी बिवेदको निमिट्यन्न भने भएको छैन। अहिले पनि ब्रिटिश आर्मी हुने बाहुन भेटेको छैन मैले |

सहर बजारमा अहिले पनि दोकान चलाउने प्राय नेवार नै छन् | आर्मीमा भर्ति हुने मा अहिले पनि मगर गुरुङकै बहुल्येता छ | पहाडनै भए पनि कपाल काट्ने, मिठाई बनाउने प्राय मधेसीमुलका मनिशहरु नै छन् (मधेसी नेपाली र केहि भारतीयहरु पनि )| स्कूलमा पढाउने, कार्यालयमा काम गर्नेमा बाहुन समुदायको बाहुल्यता छ | प्राय हामी सबैलाई नेपाली भनेर होइन भन्ने कोइ छैनन् तर मधेसीमुलका नेपालीलाइ नेपाली हु भन्नलाइ पनि हम्मे-हम्मे परेकोछ | पहाडमा बस्ने अधिकाम्सले मधेसीलाई मदिसे, देसी, धोति आदि सब्दहरुले प्रहर गरिन्छ |

मपनि पहाडको जातिभेदी, रंगभेदी, लिंगभेदी समाजमा हुर्केको मान्छे | म जस्तो भएर जन्मे पनि यहि समाजमा हुर्केर बढ्दै गर्दा मैले पनि यस्ता हेपाहा प्रवृति देखाए होला | तर मेरो योबनको मानसपटलमा मैले गरेको गल्ति हो भनेर भन्दिने मान्छे को एकदमै कमि थियो समाजमा र अहिले पनि कमि नै छ | १३-१४ को उमेरमा घरमा आमाले पाकेको भात खाएर, थालैमा चुठी, दिदि-बहिनीले धोएर सफा बनाएको कपडालगाइ नजिकै को चटपट दोकानमा “ओइ धोति अलि मिठो चटपट बनात भन्न पुग्थे” | तेती बेला मलाई तैले एस्तो भन्न हुन्न भनेर सम्झाउने बुझुर्कको फेला पर्ननै समय लग्यो | पछि एक जना काकाले कान निमठेर आफु भन्दा ठुलैलाइ सम्मान गर्न सिकाउनु भयो र भित्रै देखि सम्झाउनु भयो अनि मलाई ग्लानि भयो | मैले आफ्नै नेपाली दाजुको बेइज्जत गरेको थिए | हाम्रो समाजमा यस्ता काकाहरुको अभाव हुनु नै अहिले को प्रमुख समस्या हो |

अहिले लाग्छ मैल त्यो सानो उमेरमा ति चटपट बेच्ने दाजु को सम्मान कहिले गरिन| मलाई थाहा पनि छैन कि मैले यो हेपाहा काम कताबाट सिके भनेर| मैले पनि अरुले गरेको देखेरैनै त गरेहोला | त्यो उमेर मा मैले तराई/मधेश बुझ्न सकेको थिइन | अलि ठुलो भएर मधेश आएपछि मैले पहिलो पल्ट समथर भुमि देखे अनि तेस्को महत्तो बुझे | सानोमा मलाई अलि काले भएकाले धोति पनि भन्ने गर्थे र म रिसाउथे पनि | पहाडमा अहिले पनि काले लै धोति भनेर गालि दिने चलन छादैछ |

पहाडी मानसिकतामा सानो र ठुलो कामको धेरै नै भिन्नता थियो| दार्ही काट्ने, चटपट बनाउने, घर-घरमा गएर समान बेच्ने आदि कामहरु साना कामका रुपमा लिनिथ्यो| र ति सानो काम गरेर धेरै आर्जन गर्ने मधेसीदाइहरुलाइ चाही तेही काम को आधार मा नै हेपिथ्यो | अहिले मैले लेखेका प्रवृतिहरु मा आमुल परिबर्तन आइसकेको छ | मानिसहरु धेरैनै शिक्षित भैसकेका छन् |

आजकल मधेसी साथीहरुको फेसबूकमा स्वायत्त मधेस प्रदेश र कोहिका छुटै मधेश देशको मागले आइरहेका छन् | धेरैले पहाडिया शासक मुर्दाबाद भनेर नारा लागएको देख्छु| एकछिन सोच मग्न हुन्छु मैले या मेरा परिवारले मधेशको सासन गरे होला र ? खेति किसानी गर्ने आमा, स्कूल पढाउने बा अनि विदेशिएको म | अनि पुरा पहाडियाको नाममा साथिहरुलेनै गालि लेख्छन बा!!! ( बरु मलाई मेरै मधेसी साथिले थर्काएर रक्छ)

समस्याको सुरुवात, जब नेपाल राष्ट्र बन्यो तेही बाट सुरु भयो| नेपाली पोशाक दौरा सुरुवाल टोपी भयो, हेर्दा पहाडिया देखिनेहरु नेपाली भए, राष्ट्रिय जनावर गाइ भयो| कुनै मान्छेलाइ अमेरिकन ड्रेस कस्तो हुन्छ भनेर सोध्यो भने वल्ल नै हुन्छ होला| जे लगायो तेही ड्रेस हो| हाम्रोमा चाही अस्ति सम्ममा नागरिकतामा ढाका टोपी हुने पर्ने बाध्यता थियो | के ढाका टोपी नालागाइकन नेपाली हुन पाइदैन र? नेपालभरि बोलिने भाषा नेपाली भयो| नेपालीकै पढाई हुन थाल्यो| सबै प्रसासनिक काम नेपालीमै अनि परिक्षाहरु नेपालीमै| बिस्तारै नेपाली भाषा नबोल्ने हरु पछाडी पर्ने थाले | प्रसासकिया पदमा नेपालीभासी पहाडीहरुको बाहुल्य हुन थाल्यो | मधेसी नेताहरु नभएका पनि होइनन तर जनसंख्याको हिसाबले संबिधानसभाको चुनाब अगाडी सम्म मदेशी को अनुपात धेरै नै काम थियो | भएका जति मधेसी नेताहरु पनि आफ्नो निजि स्वार्थ भन्दा अगाडी कहिले बढ्न सकेनन | सबैको समस्याको समाधानको केन्द्रबिन्दु रहेको संबिधानसभाको समानुपतिमा पहाडी मधेसी सबै नेताले आफ्ना नाता-गोता नै प्यारा देखे | मधेसी नेताहरुले चाहिएको भए अहिलेको मधेश धेरै बिकाश भैसकेको हुन्थ्यो | दोष पहाडीमुलका नेताका धेरै होलान तर मधेसी नेताहरुको स्वार्थ पनि मधेश बिकासको ठुलो बाधक रही आयो | शिक्षाको सिंचाई बढ्दैगए पछी अहिले पहाडीहरुको मानसिकता पनि परिबर्तन हुँदैछ अनि मधेसीहरुलाई पनि आफु दबियो स्पस्ट ज्ञान हुदै गएको छ | प्रमुख जिल्ला अधिकारी, जिल्ला शिक्षा अधिकारी, प्रहरी प्रमुख, मेजर आदि प्राय सबै पहाडिया मुलका नै धेरै होलान | तेही भएर धेरै मधेसीलाई लाग्दो हो कि हामीलाई पहाडीले सासन गर्दै छन् | जनसंख्या र ज्ञानका हिसाबले जति मधेसीहरुको सहभागिता हुनुपर्ने हो तेती भएको चाही छैन | अहिले आरक्षण आए पछी भने मधेसी हरु को राम्रै सहभागिता हुन थालेको छ |

रंगभेदका कुरा भनेको यात अशिक्षितले यात पढेर पनि अनपढ नै रहेकाले गर्ने हो | कसले कति हेप्ने भन्ने कुरा दुवै हेपिने र हेप्ने को सामाजिक र आर्थिक स्थरमा भार पर्ने कुरा रहेछन | पैसावाला मारवाडीलाइ पहाडको कुना कुना पनि तेती धेरै हेप्ने गरिन्न | किनकि तिनीहरु आर्थिक रुपमा सवाल छन् | श्रमलाई अनास्था नगरिकन काम गर्ने अनि राम्रो आम्दानी गरेर घर चलाउने मधेसी जुन पहाडमा अहिले पनि छन् तिनिहरु नै धेरै हेपिनेमा पर्छन | जबसम्म गाडीका खलासी देखि घरबेटी सम्मलाइ उचित बिबेक र शिक्षा दिइदैन तबसम्म ठुलो या सानो रुपमा यो समस्या अलि अलि रही रहेनछ |

एकजना नेपालीलाई मधेसीहरुले छुटै देश मागे भन्दा कन्सिरीको रौनै तात्छ होला | नया देश माग्ने भनेको सानो कुरा पक्कै होइन, त्यो पनि अबिकसित र अनपढ मानिसले भरिएको समाजमा, जहाँ पैसामा सबै कुराहरु बिक्छन | स्कोटल्याणमा झैँ जनमत संग्रह गरेर निर्णय लिने भने फेरी २२-२४ सय राज्य हरु बन्न बेर छैन | आर्थिकरुपमा सवल हुन सक्ने र पिछाडीयका जातिको राम्रो सहभागिता हुन सक्ने राज्यहरुको निर्माण अहिलेको अवास्येकता हुन आएको छ | संघिय राज्यको बिकाशले अहिलेको उथलपुथल सम्मे हुने देखिन्छ | राज्यहरु कति हुनेछन, कसरी चल्ने छन् यी सबको लेखाजोखा गर्ने सामर्थ्य मेरो अक्कल भन्दा बाहिरको कुरा हो |

छुटै देश या छुटै राज्य बनेर यो हेपिने र हेपाहा प्रवृतिको निकास होइन | यसले हेप्ने र हेपाई खानेलाइ अलि टाढा टाढा राख्ने मात्रै हो | मधेस छुटै देश या राज्य भनेर पहाड मा गरिने भेदभाव कम एकै दिनमा कदापी हुने छैन | यो समयले बिस्तारै लाउने परिवर्तन हो | बर्षौसम्म मैथिली बोलेर जनकपुरमा बसेको केटो उच्च शिक्षाको लागि काठमाडौँ आउथ्यो, अनौठो लवजमा नेपाली बोल्थ्यो, र अनेक किसिमका विभेद सहन बाध्य हुन्थ्यो | राज्यहरु बनेपछि मधेसमानै सबै समस्याका समाधान होलान र पटक-पटक काठमाडौँ आउने बाध्यताबाट मुक्ति पाउनेछन | मधेश राज्य बनेसी तेही हुने पहाडीमुलका मानिसको हैसियत के हुने हो त्यो पछी समयले देखाउने छ | अनि मधेश राज्यको विकासले देखाउने छ आखिर मधेश बिकाश नहुनु को कारण के रहेछ भनेर |

देशमा प्रजातन्त्र आएको धेरै नै भैसक्यो तर पार्टीमा अनि गाउमा प्रजातन्त्र आएको छैन | नत कुनै पार्टीमा प्रजातान्त्रिक पद्धती को प्रयोग हुन्छ नत त्यो संस्कार विकास हुने संकेत नै छ | संघियेता आउला राज्यहरु बन्लान तर ति राज्यहरु समाबेशी हुन्छन कि हुदैनन् तेस्को विचार धेरै नै गर्नु पर्ने देखिन्छ | मधेश अहिले पहाडीहरुले सासन गरे भनेर उम्लिदै छ, तर पछी मधेसी बाहुनहरुले मात्रै सासन गर्ने भएमा संघियता को कुनै तुक हुने छैन | अहिले पहाडी सासकको गालि खाएकाहरु पछी मैथिली भासीको गालि सुन्न बाध्य हुनेछन | अब बन्ने संबिधानमा र नया राज्यहरुमा सबै जति सबै भाषा सबै लिङ्ग को समान सहभागिता र प्रतिनिदित्यो हुनै पर्छ | मधेसी का नाममा सम्पन्न मिश्र, झा र यादवहरुलाइ जनजाती को नाममा धनि नेवार अनि मगर हरुलाई दलित को नाममा केहि सम्पन्न दलितहरुलाई राज्य सुम्पदैमा केहि लछार पाटो लाग्ने छैन | यसले नया-नया सी के राउतहरुको जन्म लीईरहनेछ|

भाइचारा बढाउने सामाजिक समन्वयले हो | हामीलाइ पहाडी केटा भन्ने काकीले आफ्नी दुइ छोरीको बिहे पहाड गरेपछि तराई र पहाडलाइ उस्तै देखिन | यसरीनै २-४ ओटी नानी-बाबुहरु पहाडी र मदेशी विच साटासाट हुदै गएमा हेपिने र हेपाहा प्रवृतिको बिस्तारै आफै अन्त्य हुनेछ | ८-१० ओटा मधेसिको घर पहाडी गाउ गाउ मा बने भने आफैमा प्रेम बढ्दै जाने छ | यसका लागि घर घरमा प्रजातन्त्र र संघियता आउने पर्ने देखिन्छ |
मधेशको मुस्लिम होस् या पश्चिमको दलित, पूर्वको लिम्बु होस् या पहाड को गरिब बाहुन, सबैको साझा फुलबारी बनोस, आरक्षण आवस्यक मानिसको हातमा मात्रै पुगोस | आर्थिक रुपमा सक्षयम राज्यहरु बनुन | राज्य –राज्य बीच राम्रो समन्वय रही रहोस , नेताहरु आफ्ना स्वार्थ भन्दा बाहिर आएर देश र जनताको सेवा गर्न सकुन | सबै जति धर्म लिङ्गका मानिसका बराबर उन्नति होस् | रंग, काम अनि जन्मेको ठाउँ ले केहि फरक नपरोस | सधै राम्रा अनि प्रगतिका खबरले यी दुइ कान ले सुन्न पाइराखुन|

यो ब्लग माइसंसारको पाठकबाट आएर जस्ताको तस्तै राखिएको हो। तपाईँ पनि आफ्ना ब्लग, फोटो माइसंसारमार्फत् बाँड्न चाहनुहुन्छ भने यहाँ क्लिक गरी पठाउन सक्नुहुन्छ

35 thoughts on “मधेश र संघियता”

  1. khem says:
    December 20, 2014 at 1:23 am

    दिपेशजीले माग्नु भयको उत्तर Nepal Sarkar जो जस्ले आदिबाशी भनेर पहिचान गरेको थियो उसलाई शोध्नु राम्रो / तर तेश प्रक्रिया मा बिज्ञा हरुको धेरै लामो छलफल गरेरनै भयको हो / तर तपाई कहाँ हुनुहुन्थ्यो ? बाहुन र छेत्त्री दाजुभाई ले हामी पनि आदिबाशी हौ भनेर भन्नु हुन्छा भने राम्रो हो / तर २० बर्ष भन्दा लामो छलफल र अनुसन्धान मा किन केहि भयन जबकि देशको शासनमा ८० माथि तेही समुदाय हुनुहुन्छा /
    म जनजाती नै हु / मलाई पहिचान राजनीति जरुरि छैन / सबै भन्दा राम्रो सबै को साझा नाममा Pradesh बनाउदा राम्रो हो / तर किन अन्तिरिम संबिधान मा मधेसी र जनजाती को पूर्ण स्वत्त्यको राज्ये बनाइने छ भनेको होला ? तो भनको नाम मात्र को पहिचान भन्दा धेरै परको जातीय संबैधानिक व्यवस्था हो / मित्त्रलाई थाहा छ कि आयोग को सिफारिश जसमा ति सबै छ / आयोग सरकार र संबिधान सभा ले बनायको हो जसको कार्य कानुनी नै हुन्छा कार्य दल को हैसियत जस्तो हुन्न / संबिधान मै व्यवस्था छ / तेश्मा बिशेसज्ञ हरुको निष्कर्ष छ होनी हैन र ?
    म जनजाती भय पनि सबैको साझा मा नै प्रदेश बनऔ भन्छु / कारण कोहि पनि नेपाली दाजु भाइले अलिकति पनि अन्नेथा नमानुन / यद्दपि मैले नागरिक बनाउदा , पस्स्पोर्ट बनाउदा , प्रमंपत्त्र रुजु गर्दा , जागिर मा लिखितमा राम्रो गरेपनि अन्तरबार्ता मा थेप्चे देखिय को ले स्टेप स्टेप मा हेपियाको छु / म जस्तै छेत्त्री बाहुन ले पनि भोग्नु भय को छ तर जातीय घमण्डको मारमा पर्नु भयको छैन /
    जजस्ले पहिचान को राजनीति गरेका छन् मा छन् हिजो पार्टी ले उल्लु बनायको थियो vote कोलागी / malaipani harek choti rajnitima lagna hamro party ma janajatilai yo yo chha, tapaiharu aunu paro janajatiko lagi nai भन्थे / 90% अप्प्रॉच यसरीनै छेत्त्री बाहुन नेताबाट हुन्थियुओ / तपाइको ?

    Reply
  2. Suraj Maskey says:
    December 18, 2014 at 8:33 am

    शंकर भाई,
    शुक्रिया
    आपका कुछ हरफ पढ़ने का मौक़ा मिलकर ख़ुशी लगी। सबसे पहले एक बात कहना चाहता हू इस बख्त हमारे मुल्क (रियासत नहीं ) के वजिरेआजम मेरे बाँके जिले के है । इनके वालिद साहेब श्री बोध प्रसाद कोईराला तक़रीबन ५८ साल पहले २०१३ साल मे नेपालगंज के जंगलात के ऑफ़िसर हो के बिराटनगर से आए थे और नेपालगंज मे बस गए । बोध प्रसाद के तीन लड़के और परिवार बिराटनगर मे और तीन नेपालगंज मे बस गए । इन के रिस्तेदार कोईराला परिवार का बिराटनगर से ख़ानदानी सम्बन्ध होने के ज़रिए पिछले तीन कोईराला रिस्तेदार नेपाल के बजिरेआजम के बाद इन को चौथा कोईराला बजिरेआजम होने का नसीब हुआ । ५८ साल बाद भी इन्होंने अपना जड़ छोड़ा नहीं । इस बजिरेआजम के बालुवाटार से सिंहदरबार तक सम्भल्ने वाले ख़ास लोग बिराटनगर के कोईराला और इनके रिस्तेदार ही है । दुख की बात ए है कि हाल ही मे इनके भाई डा. अरुण कोईराला का हाल ही मे इन्तक़ाल होनेके बजह से बाँके और कमज़ोर पड़ गया और बिराटनगर के रिश्तेदारों की चाँदी हो गई ।
    मेरे कहने का मतलब यह है की आदमी अपना मिट्टी नहीं भुलता । अमेरिका जैसे मुल्क मे गोरा, काला, हिस्पानिक, एसियन और ऐसे कई जमात अलग अलग पहचान हो के रह रहे है । बस हमारे यहाँ क्यों खिचड़ी हो रही है ?

    सुरज मास्के
    नेपालगंज

    Reply
    1. Shankar says:
      December 18, 2014 at 9:29 am

      सुखा मदिद सुरज भाइ |
      बहुत खुब , मासा अल्लाह |
      दिल छुने वाली बात कहदि आपने | क्या बताए , इसी बात का तो रोना हे |
      ”आगे बढ्ने वाले सब आगे बढ़ गए , पिछे दिखा न कोइ ”
      ”- – – – – – – – – – – – – – – – – – – – , काहे का दुख होइ ”

      Reply
  3. shreeya tuladhar says:
    December 17, 2014 at 9:31 pm

    म नेवार हु तर नेपाली भाषा बोल्दा कत्ति पनि मलाइ पराया भाषा लग्दैन​। नेपाली मेरो लगी रास्टिय भाषा हो भने नेवारी मेरो मात्रभाषा ।
    थकाली खानालाइ नेपाली खाना भनेर बिश्वलाइ चिनाउछु र मःमः लाइ नेपाली फास्टफुड भनेर ।
    नेवारी कलात्मक घरलाइ नेपाली घर भनेर देखाउछु र नेवारी कला र सन्स्क्रितिलाइ नेपाली कला र सन्क्रितिको नाम दिन्छु ।
    के येहि हैन हामि बहुजाति बहुभाषी हुनुको परिचय​? यो तेरो यो मेरो भनेर अफ्नो फयिदाको लागि अपसी कलह ल्याउन खोज्ने शक्ति ब सतर्क रहौ ।
    रुवान्डाको जातिय हिन्साको कथा सर्है नै काहाली लग्दो छ​। एक चोटी सबै ले पडौ।
    र जहा सम्म मधेस र मधेसी परिचयको कुरा छ मधेसीको परिचय बदलिने क्रममा छ । आज हमि हम्रो गुरु ,डाक्टर, इन्जििनयरको रुपमा धेरै मधेसिलाइ देख्दैछौ। तर आज भोलि मधेसको छ्बी बिग्रिने खल्का थुप्रै सामाजिक घटना अगाडी अऐका छ्न। येस्को बिरुद्द मधेसि अफै अघि लग्नु पर्छ येस्को लगि हमि जति सक्छौ साथ दिन तयार छौ ।

    Reply
  4. Ram Thapa says:
    December 17, 2014 at 8:19 pm

    I think mental revolution is key to Nepal. This revolution will come through reading books, education and transfer of knowledge. This mental revolution will help us differentiate between what is right, what is wrong, and what is discrimination. Until and unless we cleaned mind and learn to respect each other, whatever type of government we have, we will still be fighting. Hence all the politicians stunts would have no results unless we have mental revolution.

    Reply
  5. शेरचन तामांग says:
    December 17, 2014 at 12:00 pm

    मेरो बिचारमा मधेसी उपेक्षित भएकै हो र आफ्नो अधिकार लडेर जुधेर जे गरेर भए पनि लिन्छ र लिएकै छ अनि पाउनै पनि पर्छ| उदाहरण, राष्ट्रपति, उपराष्ट्रपति, प्रधान न्यायधीश र निजामति तहमा सबैथरी ओहदाका कर्मचारीहरु| मन्त्रि र राजदुत आदि नियुक्ति हुने त् सामान्य हुँदै गएका छन्| मेरो अनुनय के भने धोति भनी सम्बोधन गर्नु कुनै पनि हालतमा आपत्तिजनक र अपमानजनक छ| हो, इन्डियामा नेपालीलाई अनेकानेक भनी हेपिन्छ र दुर्व्यवहार गरिन्छ तर त्यसले हामीले आफ्नै नेपालीलाई हेपेर बोल्न्परने शोभा र अधिकार दिंदैन| बिशेष शिक्षितवर्गले यो बुझ्नपर्छ| मधेसीलाई सेनामा भर्ना खुलिनु गणतन्त्र अनुरुपको व्यवहार हो|
    जनजातिले प्रदेश मागेको कारण देश टुक्राउनु होइन| मेरो बुझाईमा त्यो हो राष्ट्रिय मुलधारमा र governance मा सम्मिलित र समावेश र सहभागी हुन् पाउन जनजातिहरुको भन्ने दृढ चाहना हो| दिनरात राजनैतिक दल र नेताहरुले आपसमा पदको भागबण्डा गर्दा देश नटुक्रने तर जनजातिले स्वायत्त शासनको मांग राख्दा देश टुक्रने हो भने कति कच्ची धागोमा बाँधिएको रहेछ हाम्रो एकीकरण|
    देशमा खालि दुई चार जातको मात्र हालीमुहाली छ, यस्तो हुनु भएन| यसले भोलि अझ ठुलो द्वन्द भित्राउछ| खाईपाई आएकाहरु जसरि भए पनि हालीमुहाली राख्न तयार छन्| पालो काटेर आफुहरु अघि आएपछि अहिले आएर योग्यताको कुरा गर्छन|
    जसरि हुन्छ, रातभरी घोकेर, ठोकेर, बोकेर, चेपेर, नातागोता र सही माहौल पारेर वा कुशल रहेर आफुहरु बेस क्याम्पमा पुगेपछि अरुलाई तल शुन्य बिन्दुबाट शुरु गर भन्न तिर लागे पछि सीमान्तकृत र प्रतिनिधित्व नभएकाहरुले यो मुलुकमा कसरि समान सहभागिता पाउने? फेरि भनौ, चेतन खुल्दै आएका जनजातिले अझ बुझ्दै गएपछि यसले भीषण द्वन्द र गहिरो मनमुटाव नल्याउला भन्न सकिन्न|

    लौ जे होस्, मुलुकमा सुशासन रहेको भए र सबैले प्रगति गर्ने समान अवसर उपलब्ध भएको भए अहिले प्रदेश र स्वायत्त शासनको कुरा आउने थिएन| राज्य संचालनको शीर्ष स्थानमा को रही आएका छन् त्यो सबैले देखेकै छ| आफै मात्र खाउँ भन्ने मानसिकताले देश खान लागेको सबैले महसुस गरेकै छ| खालि अनेक थरि तर्क दिएर मात्र हुने होइन, वास्तविकता सबैले भोगेको छँदै छ| बिभिन्न काल खण्डमा कसले के गरेर माथि पुगे र अहिलेको स्थिति के छ त्यो पनि अहिलेको जागरुक जनताले बुझेकै छ|
    अब अरु धेर बुझपचाई नगरेकै वेस|
    proud to be a Nepali.

    Reply
  6. khem says:
    December 17, 2014 at 10:05 am

    दिपेश छेत्रीजी ले हेर्नु भयको छ – अन्तरिम संबिधान को १३८ धारा जुन राज्य संरचन सम्बन्धि संबैधानिक व्यवस्था जहाँ ” पहिचान मात्र होइन मधेसी जनता लगायत आदिवासी जनजाति र पिछडिएका तथा अन्य क्षेत्रका जनताको स्वायत्त प्रदेशको चाहनालाई स्वीकारगरी — भनेको छ / यसको अर्थ अग्राधिकार सहित सबै को स्वायत्त हुन्छ कम्तिमा पनि / तर नाम मात्र को पहिचान मागेको छ / अरु केहि छैन /
    बिगत को राज्य सम्राचना आयोग जुन – संबिधान सभा र सरकार बाट गठन गरियको थियो जसको कानुनी आधार कानुन सम्मत हुन्छा मात्र कार्य दल होइन / संबिधान ले व्यवस्था गरेको आयोग जुन संबिधान सभा बाट पनि अनुमोदित छ / जसले जातियता सहित को राज्य सिफारिश गरेछ / यदि तपाई वर्तमान संबिधान र कानुन अनुसार हेर्नु हुन्छा भने गयर जातीय राज्जे बनाउनु भनेको के हो गयर सम्बैधनिंक हुनु हो /
    अर्को तपाई जस्तो बुद्धिजिबी ले पक्कै हेर्नु भयको होला — आइ एल ओ १६९ र UN declaration जुन तपाई हाम्रो देश ले पहिले ratified गरेको छ / ratified गरेपछि तो देशको obligation and subject of supervision from international communities हेर्नु होस् ति सबै गूगल गरेर भय पनि /
    UML and Congress को पहिले को चुनाबी घोसना पत्र र राजनैतिक दस्ता बेज हेर्नु भयो भने अग्राधिकार सहित को अधिकार दिन्छु भन्दै आयको देखिन्छा मित्र के गर्ने ? तर मागेको त नाम मात्रको हो / अहिले १०–१२ प्रदेशको प्रस्ताव गरिएको छ । त्यहाँ त ७५ वटै जिल्लाका जनता बस्नेछन् । त्यो उनीहरू सबैको साझा प्रदेश हुनेछ । सबैको समानुपातिक समावेशी सहभागिता हुनेछ । त्यो त सर्वजातीय राज्य हुनेछ । अनि कसरी जातीय प्रदेश भयो ? जसले चुनाव जित्छ, उसले सरकार चलाउने हो । एमालेले जिते उसले सरकार चलाउला, एमाओवादीले जिते उसले चलाउला, कांग्रेसले जिते उसले चलाउला । प्रदेशमा पनि पार्टीहरू नै चुनाव लड्ने होइन ? अनि कसरी एक जातिको शासन हुन्छ ? हामी एउटा जातिले अरु जातिमाथि शासन गर्ने जातीय राज्यको कल्पना पनि गर्न सक्दैनौं/
    नाम जोड्न को कारण माथिको संबिधान र कानुन pani

    Reply
    1. Dinesh Chhetri says:
      December 19, 2014 at 12:11 am

      खेम जी, तपाइले सोध्नुभएको धेरै प्रस्नहरुको उत्तर मेरो कमेन्ट मै छ ! कृपया फेरी एकपल्ट हेर्नुहोला ! बरु मेरो प्रस्न हरुको कुनै पनि जवाफ तपाई बाट पाउन सकिन ! जहासम्म ILO को कुरा छ, तेशमा के छ भन्ने कुरा मलाई पनि अलि अलि थाहा छ ! येस्बारेमा छुटै बहस जरुरि छ ! तरपनि अब बहस हुनु जरुरि छ, नेपाल मा बास्तबमा को हो अनादिबासी, आदिबासी, धर्तीपुत्र, जनजाति, मुलबासी, आप्रबासी भन्ने कुरा ! हिजो दिउसो उत्तरबाट छिरेकाहरुपनि नाक थेप्चो भएकै आधारमा आदिबासी जनजाति हुने, अनि हिजो राति बिहार बाट छिरेकाले पनि धर्तीपुत्र मदेसी दाबि गर्ने, तर हजारौ बर्सको लिखित प्रमादित इतिहास भएको अनादिबासी खसआर्य छेत्रीबाहुन हरुलाई तिनीहरुले आप्रबासीको आरोप लाउन सुहाउछ कि सुहाउदैन तपाई आफै बिस्लेसन गर्नुष !!! जय नेपाल, जय नेपाली

      Reply
  7. लौटन अवधि says:
    December 17, 2014 at 9:35 am

    मेरो विचार मा हेप्ने र हेपाइखाने – आर्थिक दृस्टी बाट हो जस्तो लाग्छ ! गरिब चाहे तराइ को होस् या पहाड को होस् हेपाइ बराबरी नै खान्छ !!! निश्चय नै काठमाडौँ र पहाड मा बस्ने जनजाति ले आफ्नो बोलि सच्च्याउन पर्छ ! म नेपालगंज बस्दा सम्म धोति को अर्थ थाहा थिएन मदिसे को अर्थ थाहा थिएन ! हाम्रो स्थानीय भाषा मा हामी लाइ पहाडी मूल का हरु ले सम्बोधन “देशी” सब्द बाट गर्छन ! थारु हरु ले बाजी – बजोउरे !! हाम्रो भाषा मा देशी को अर्थ देश मा रहेको अर्थात् देश भित्र को भन्ने हुन्छ अनि बाजी को मतलब बजार मा सामान बेच्ने ! एस एल सी पास गरे पश्चात काठमाडौँ गइयो ! अनि थाहा भयो धोति, मदिसे सब्द को त्यो पनि कोठा खोज्ने क्रम मा ! मैले धारा प्रबाह नेपाली बोलेको देखेर घरबेटी नेवार दाई बिस्मात भयो जो आफै राम्रो नेपाली बोल्न जान्दैनथ्यो अनि अरु लाइ मर्स्या भन्थ्यो ! बस्दै जादा थाहा भयो मैले भन्दा बढी हेपाइ खाने त सुदुर पक्ष्चिम का अलि गरिब घर का पो रहेछन ! मेरो त जग्गा जमिन प्रसस्तै थियो ! घरबेटी को सुत्ने कोठा सम्मै बसाउन पुग्ने बासमती को चामल, कहिले नछुट्ने आप को अचार, तेल, दाल अझ भनोउ तरकारी समेत घरबाटै आइपुग्थ्यो ! आलु – प्याज येसो धेरै भयो भने घरबेटी लाइ सित्तै मा दिन्थे जसको बदला घरबेटी को छोरी ले पानि को व्यवस्था देखि कपडा सुकाएको बेला पानि पर्न लाग्यो भने भिज्न बाट जोगाउने सम्म को व्यवस्था थियो ! मेरो मा जति मान्छे आए पनि जति दिन बसे पनि मतलब हुदैनथ्यो भने उता सुदुर पश्चिम को केटा हरु को मा घरबेटी चप्पल को समेत निगरानी राख्थ्यो ! महिना मर्नु भन्दा अगावै भाडा माग्न पुगिहाल्ने तर मेरो मा वास्तै नगर्ने ! कहिलेकाही येसो कुरा गर्न मसंग आउदा मैले नि गफ भनु कि सत्य भनु – भंदिहल्थ्ये “घर बेटी बा मेरो जग्गा त एक ठाउ मा उभिएर हेर्दा जति तपाइँ को आखा मा पर्छ त्यो भन्दा धेरै छ” बुढो चित खान्थ्यो !!!! मेरो विचार मा जति संग संगत भयो जति संग भेट भयो नेपाल मा बाहुन क्षेत्रि हरु ले कहिँ कतै मधेसी र धोति भनेको पाएको छैन हुन त म गलत हुला तर नेवार देखि बाट लिएर जनजाति हरु को जिब्रो मा चै झुन्डिएको छ !!! एक पटक काठमाडौँ बाट नेपालगंज जाने क्रम मा कावासोती मा बेस्सरी झगडा भयो यहि बिषय मा ! एकजना मगर जस्तो देखिने व्यक्ति ले काठमाडौँ बाट सिट मा बसेर आइरहेको बाँके उढरापुर को एकजना काका लाइ जबर्जस्ति उठ्न लाउछ बा ! अरु त ठिकै थ्यो मदिसे उठ पो भन्छ ! मेरो पालो कोलाई मधिसे भनिस भनेर बेस्मारी झगडा भो ! बस मा भएका थुप्रै पहाडी जो नेपालगंज लगायत अन्य ठाउँ मा बस्छन तिनीहरु ले पनि साथ् दिए ! बुढो लाइ माफी माग्न लाएर छाडियो !!! नेपाल मा मधेश भन्ने सब्द नै छैन – मधेश भन्ने ठाउ नै छैन – नभएको कुरा लाइ क्रियेट गरेपछि हुने हुनामी भै हाल्छ ! सिके राउत होस् या सी के लाल या अरु कोइ माइका लाल !!! यिन ले येस्तै सेन्टिमेन्ट लाइ आधार बनाउन खोज्दै छन् तर जनता ले उल्टो झापड हान्ने छन् ! बरु पहाडी जनजाति र अन्य लाइ यो हुदै नभएको सब्द मधेसी र धोति भन्ने चलन हटाउन बिनम्र अनुरोध गर्दछु !!!! नेपाल मा कोचिला छ, मिथिला छ, अवध छ, थरुहट छ तर कहा छ मधेस ? म अवधि हु – मलाइ कसैले मधेसी भन्छ भने – त्यो भन्ने को आमा नै बाइफाले हो – जो आफु त को बाट जन्मे थाहा छैन अरु लाइ पनि जबर्जस्ति गलत पहिचान दिदै हिड्छ !!! त्येसैले मिडिया – नेता – जनता जसले हामि अवधि लाइ मधेसी भन्छ ति सबै बाइफाले आमा का सन्तान हुन् !!!!!

    Reply
    1. Sudarshan says:
      December 18, 2014 at 7:48 am

      “मेरो विचारमा जति संग संगत भयो जति संग भेट भयो नेपालमा बाहुन क्षेत्रिहरु ले कहिँ कतै मधेसी र धोति भनेको पाएको छैन हुन त म गलत हुला तर नेवार देखि बाट लिएर जनजाति हरु को जिब्रो मा चै झुन्डिएको छ !!!…”
      यो माथिको पंक्ति पढेपछि लौटन महाशयले जिब्रो टोकेर कति साँचो बोल्छ वा झुठ रहेछ भनेर तपाई पाठकले अनुमान गर्न सक्नुहुन्छ|
      अन्तमा गएर कसैको आमालाई बाइफाली भनेर गाली दिन समेत बाँकी राखेको छैन रहेछ|

      Reply
      1. Shankar says:
        December 18, 2014 at 9:22 am

        मेरे हमदम मेरे दोस्त
        मदिसे को अगर किसिने मदिसे कहा तो क्या बुरा कहा ? बाहुन को बाहुन कहना , मदिसे को मदिसे , नेवार को नेवार कहना कोइ बुराइ नही | नीचा दिखाना , बेइजत करना इसे बुरा कहा जाता हे |
        ”बुरे लोग उतने भी बुरे नही होते, सजा न दे के अदालत उन्हे बिगाड देति हे ”

        Reply
        1. लौटन अवधि says:
          December 19, 2014 at 4:27 pm

          भैया संकर जी,

          मधेशी को मधेशी कहियो तो सहि बात , नेवार को नेवार कहियो तो सहिबात – अवधि को कैसे कहियो मधेशी ? नेवार को कैसे कहियो तिब्बती ? यी देखो हिया सब का सब पतुरिया का लोउण्डा बैठे है जो समाचार लिख्थ्ये “नेपालगंज में मधेशी मूल के आदमी” ? यी पतुरिया के लोउण्डा को का पता अवधि कोउनो है मधेशी कोउनो होइ ? एहरे कमेन्ट करे वाले भी वैसे हैं – आप लोग को यी बात समझेक है कि अवधि – ओउर मधेसी एक नाही ! थारु ओउर मधेशी एक नाही !! यी लोग तो बलात्कारी है जो हमार पहिचान को बलात्कार कै के खूद उपर बैठे हैं !!

          Reply
          1. Shankar says:
            December 19, 2014 at 7:37 pm

            लौटन भाया
            अरे बाप रे !
            कौवे को कोयल कहानेकी बात | ये तो जुल्म हे सरकार |

            Reply
  8. Suraj Maskey says:
    December 17, 2014 at 8:19 am

    श्री जीवन अधिकारी एवम् कल्पना किरण जी,

    आप का लेख पढ़कर बहुत कुछ लिखने का मन लगा । ये सारी बातें कोई नयी नहीं है । सबसे पहले इस स्तम्भ मार्फ़त पाठक को हमारी कहानी रखना चाहता हू ।

    हमारे पर दादा के पिता जी नेपालगंज में बसे हुए १२५ सालों से ज़्यादा हो गया । हम छठवाँ पुस्ता नेपालके नयाँ मुलुक के सबसे बड़े सहर में है । हमारे रिश्तेदार नेवार समुदाय के सबसे ज़्यादा पुरे बाँके ज़िला में है ।

    हमारे सहर में हमारे परिवार को पहाड़ी कहते है और मोहल्ले में पहाड़ियों के बीच हम लोगों को नेवार कहते है । कर्णाली नदी के पश्चिम वाले हम लोगों को पुर्विया कह के सम्वोधन करते है और पुरव वाले हम लोगों को पश्चिमे कहते है । अभी भी काठमाण्डू के नेवार हम लोगों को नेवार कहने को हिचकिचाते है और गाँव वाले और मधिसे कहते है । काठमांडू के बाभन, क्षेत्री, राणा, ठकुरी ईत्यादि के आगे हम बाहर के लोग द्वितीय स्तर के नेपाली नागरिक की तरह जाने जाते है ।

    अब बताइए एक्सवीय सताब्दी में हमारी सामाजिक ऐसा हाल है । मेरे बिचार में शिक्षा और समय के साथ धीरे धीरे परिवर्तन की आशा करने के सिवाय और कोही चारा नहीं है ।

    सुरज मास्के
    घरवारीटोल, नेपालगंज

    Reply
    1. Shankar says:
      December 17, 2014 at 12:02 pm

      सुरज जी
      आप ने दुरुस्त फर्माया | बहरहाल आप कि जेहन मे ये बात कैसे आया और अपनेको खुद कि मुलक मे बेगाने हुनेकी दुख जताराहे हे | जनाब ! आप अकेले नही हे , पुरी सियासत आज इसी मातम झेल रहा हे | इसे तो तकरिबन आम जनताकी दिक्कत एलान किया जा सकता हे |
      हजरत !येसे नौबत आया हे कि पुरी रियासत मे दिया जलाकर नेपालि ढुड्ने पर भी उम्मिदे कम हो सकता हे | सिर्फ पहाडी , मधेसी ,नेवार , बाहुन , जनजाति नसिब होता हे | साबि नेपालि नेपाल मा समागया हे , खो गया हे , लापता हो गया हे |
      कभी कभी हमने युही , अपने दिलको बहलाया हे |
      जिन बातोको खुद नही समझे ,दुसरोको समझाया हे |

      Reply
      1. bibek dhakal says:
        December 18, 2014 at 1:50 am

        के हो साथीले गजल, शायरी लेखेको कि उत्तर देको? उर्दुमा त खरो हुनुहुँदो रैछ .

        Reply
        1. Shankar says:
          December 18, 2014 at 9:41 am

          ढकाल जी
          ”बढे बढे सहर मे छोटी छोटी बाते होती रहती हे ” भन्थ्यो सनिबारे कार्यक्रम ले |
          इसे मोहब्बत कहे या , नजरका धोका,
          मे ने तो मुह खोला था , आप को सायरी सुनाइ दि !!

          याद रहे कभी खबी आँखे भी सुनती हे |

          Reply
    2. लौटन अवधि says:
      December 19, 2014 at 4:19 pm

      मास्के भैया अत्ता बताओ कि हमारे हिया अवधि को देशी बोलिथ्ये या मधेशी ?
      नेपालगंज मेह कोउनो मधेशी रहे है पहले ? मधेशी जो बिराटनगर जनकपुर मे रहथ्ये वही लोग कहथ्ये मदिशे ! हमारे हिया कोउनो मधेशी नाही ! जो अवधि को मधेशी बोल्थ्ये उ पतुरिया का लौन्डा है !!!!

      Reply
  9. prabesh says:
    December 17, 2014 at 7:50 am

    तपाई को यो विचार मा म १००% सहमत छु| हो मधेशी हरु हेपियाका पक्कै छन् | संघियता समाधान त नहोला तर सुरुवात चै पक्कै हो | तपाई ले भने जस्तो मधेशी को घर पहाड मा र पहाडे मधेशी को छोरि को बिबाह हुने दिन आउन त ५० वर्ष लग्छ जस्तो छ | We poor Nepali (बौदिक स्थर मा भनेको हु है )

    Reply
    1. पृथ्वी मुर्ति says:
      December 22, 2014 at 7:54 pm

      आधुनिकता को मोडेल अमेरिका युरोप लाइ मान्ने हो भने त्यहा पनि आज सम्म काला बीच को बिभाजन अद्धावाधि व्याप्त छ, गोरा हरु काला सग हिड्दैनन, गोरा केटि वा केटा हरु काला केटि वा केटा सग सम्पर्क, बिवाह केहि पनि गर्दैनन्, धेरै न्यून मात्रा मा कतै कतै मात्र देखिन्छ, आफ्नो एथ्निक पहिचान को अत्यन्त महत्व दिन्छन, काला, गोरा, हिस्प्यानिक, अरब, एशियन आदी आदी भनेर जहा गएपनि कागज मा भर्न लगाइन्छ, चाहे त्यो डक्टर को क्लिनिक होस् वा बच्चाको स्कुल भंरना गर्दा लेखिने कागज होस् वा एयरपोर्ट होस् ! त्यो हेरी त नेपाल मा धेरै धेरै स्वतन्त्रता छ; आज सम्म नेपाल मा मेरो हात ले कुनै कागज मा आफ़्न्बो जात लेखेको सम्झना छैन ! हाम्रो नेपाल महान छ, बिशाल छ, उदार छ !

      Reply
  10. diwakar says:
    December 17, 2014 at 6:50 am

    मलाई सी के लाल पनि मन पर्दैन रावत मन पर्ने कुरै भएन !! प्रथम कुरा सिके लाल मदेश का अनधिकृत माग समर्थन गर्छन् !! यिनी हामी सबै नेपाली हरु को भलो गर्ने कुरा मा समर्थन छैन !! बिसेस गरि कथित मदेश बादी (छाला को रंग मा राजनीति गर्ने ) को एजेन्डा लाइ आखा चिम्लेर बोक्ने गरेका छन् !! यो सत्य हो !!

    अब सिके रावत पढेका तर बुद्धि भ्रष्ट मान्छे हुन् !! संसार भरि आफ्नो ठाउमा जो पनि शेर हुन्छ !! किन शेर भए भनेर यी रोएका हुन् !! राजनीति भनेको पढेको र बाठो ले नै गर्ने हो !! कम्जोर र गवार ले गर्ने होइन !! राज्य ले येस्ता मान्छे लाइ बेलैमा तह लगाउनु पर्छ !! र पर्छ भने ठोक्दा पनि हुन्छ !!

    Reply
  11. Sagar G says:
    December 17, 2014 at 2:54 am

    लेख मलाई मनपारो …सबैको येस्तै सोचाई अनि आफ्नो गल्ति महसुस गर्न सके अहिलेको समस्या धेरै हद सम्म समाधान हुने थियो….

    Reply
  12. Shankar says:
    December 17, 2014 at 12:38 am

    नेपाल मा यो जातीय ,संघीय बिबाद को मूल कारण आर्थिक विपन्नता हो | हिजो पहिले पंचायत लाइ दोस दिएर , तेस्पछि राजा लाइ दोस दिएर केहि बर्ष त् काटे यिनीहरुले अब त्यो अबस्था पनि सायद रहेन र सायद अन्त मा आफ्नो टाउको जोगाउन यिनले देश टुक्रा टुका पार्नेछन |
    किनभने सुर्य बहादुर देखिलियेर धेरै नेताहरु ,प्रसासक हरु हिजो राजा ,पंचायत काल देखि अनबरत लुटिरहेको छ हरेक ब्यबस्था आए देखि छेपारोले जस्तो रंग बदल्छन र धादली गर्छन |
    गर्ने हरुको लागि १० बर्स धेरै समय हो (राजा गएको )| देश मा बहुदल आएको २५ बर्स भयो खै बिकाश ? खै आर्थिक उन्नति ?

    ल बिकास न भएपनि कानुनि राज र देश मा सिस्टम त् हुन् पर्ने खै त्यो ?
    अब केहि इतिहास को कुरा गरौ | हिटलर ले जिउस हरुलाई ( धरै जसो जिउस , मार्न १ एक करोड भन्दा बढी मान्छे उसले मारेको थ्यो, हिटलर खास मा सैतान नै थ्यो ) किन मार्यो ?
    उसले के देख्यो भने तत्कालिन जर्मन मा १० प्रतिसत भन्दा कम रहेका जिउस हरुले नै देश को मिडिया , प्रसासन जताततै कब्जा गरेको ( आजको अमेरिका , ब्रिटेन जस्तो ) देख्यो | येसैबाट उसलाई जिउस प्रति घृणा बढेको भन्ने कुरा कुनै बुढा भेतेरान ले अन्तर्वार्ता मा भन्दै थ्यो )| हाम्रो देश मा पनि लग बाग तेसै पो हो कि जस्तो लाग्छ |

    Reply
  13. Dinesh Chhetri says:
    December 17, 2014 at 12:36 am

    संघियताको चिरफार र नेपाल

    अल्पज्ञान सबैभन्दा खतरा हुन्छ रे ! हामि नेपाली पनि धेरै मात्रामा यसको सिकार भएका छौ, र भ्रमलाई नै बास्तबिकता भन्ठान्छौ ! संसारमा भएका लगभग २०० देशहरुमध्ये नेपाल सहित जम्मा २५ देशहरुमा मात्र संघिय शासन बेवास्था छ ! कोहि सफल छन् भने कोहि पुरै असफल ! ति देशहरुमा संघिय शासन बेवास्था हुनुमा आफ्नै कारण हरु छन् ! तैपनि संघिय शासन अबलम्बन गर्ने मुख्यरुपमा ३ थरिका देशहरु छन् !
    पहिलोथरि चाही — पहिले स्वतन्त्र रुपमा रहेका राज्य (देश) हरु आपसमा मिलेर सन्धि- सम्झौता अनि समझदारी गरेर बृहत संघ , महासंघ वा छुटै देश बनेका छन् ! त्यस्ता मुख्य देश हरुमा USA , Canada, Australia, पहिलेको रुस (USSR), Switzerland, आदि पर्दछन ! केहि हदसम्म ति देशहरुमा संघिय शासन सफल पनि भएको छ ! तर नेपाल परापुर्वकालदेखि नै आफैमा स्वतन्त्र, सार्वर्भौम अनि अटल रुपमा हिमालायको काखमा अवस्थित रहिआएको छ ! उनिहरुजस्तो सम्झौताबाट बनेको नया देश हैन हाम्रो ! तर नेपाल को अवस्था संग बिल्कुलै नमिल्ने यी बिकसित देशहरुको उदाहरण दिएर नेपालमा संघियताको वकालत गर्छन अनि भ्रम छर्छन कथित जातीय बुद्दिजिबिहरु अनि अरु संघियेताबादी भनिन रुचाउने हरु ! हो, हालमा भारत मा पर्ने पहिलेको बिसाल नेपालका भूभागहरु उत्तरखंड, हिमाचन प्रदेश, सिक्किम दार्जीलिंग, अनि अरु हिमाली राज्य हरु जस्तै नेपाल, भुटान, अरुणाचल प्रदेश , अनि कश्मिर पनि आपसमा मिलेर बिसाल सक्तिसाली देश बनाउने हो भने तेस्तो संघियेताको समर्थन गर्ने पहिलो व्यक्ति यो लेखेक हुनेछ !
    दोस्रोथरि चाही —European Colonization अनि Arab र Islamic Colonization को क्रममा हजारौ साना ठुला आदिबासी राज्यहरुलाई उनीहरुको भैरहेको भाषा, धर्म, संस्कृतिमाथि क्रुर्तापुर्वक दमन, अत्याचार गर्दै पुरै निमिट्यान्न पारेर उनीहरुले European अनि Arabian भाषा, धर्म र संकृति लादेर यौटै बनाए ! Christian र Islam धर्म फैलाए ! संसारका लगभग २ दर्जन देशहरुमा Spanish रास्त्रभासा बन्नुको कारण येही हो ! उत्तरी अमेरिकामा पर्ने Mexico मा लगभग ९९% जनताको मात्रिभासा Spanish हुनुपनि येही हो ! पुरै दछिन अमेरिकि महादेशमा पर्ने अहिले भएका ११ वोटा देशहरु मध्ये १० वोटा देशमा Spanish र ब्राजिल मा Portuguese भाषा लगभग ९७% मनिसहरुको भाषा बन्नुको कारण येही हो ! विस्वका ६० भन्दा बढी देशहरुमा अंग्रेजी भाषा, ३० भन्दा बढी देशहरुमा फ्रेन्च भाषा, र दर्जनौ देश हरुमा पोर्चुगिज र तेतिनै संख्या का देश हरुमा डच भाषा ति देशका सरकारी भाषा बन्नुको कारण पनि तेही हो ! त्यसैगरी २७ भन्दा बढी देशहरु मा अरेबिक भाषा सरकारी भाषा बन्नु र इस्लाम धर्म यसरी अरब हुदै अफ्रिका देखि इन्डोनेसिया फैलनुको कारण पनि येस्तै हो !!
    यसरी सयौ वर्षको दासताले गर्दा पिडित बनेर यौटै भाषा, धर्म र संकृतिमय बनिसकिका ब्राजिल, मेक्सिको, अर्जेन्टिना वा भेनेजुएला जस्ता देश हरुसंग नेपाल को तुलना गरेर जातीय संघियेताको वकालत गर्दै भ्रम छर्नु मुर्खता हैन र ? नेपाल मा पनि एउतै मात्र भाषा बोल्न दिने, जातजाति पुरै हटाएर नेपाली जाति मात्र हुन पाउने, धर्म पनि हिन्दु धर्म मात्र मान्न पाउने हो भने यो लेखेक ले भन्नु केहिपनि छैन, जस्तोसुकै संघियता पनि स्वीकार छ !
    तेस्रोथरी देशहरुचाही -संघिय शासन बेवस्था भएका नेपाल जस्तै बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक देशहरु पर्दछन ! हामीले तुलना गर्ने र सिक्ने पनि येही देशहरुलाई हेरेर हो ! ति देशहरुको उदाहरण दिदा नाइजेरिया, इथिओपिया, सुडान, दक्छिन सुडान, बोस्निया हर्ज्गोबिना, इराक आदि हुन् ! यी देशहरुको नाम लिदा पनि मुटु ढुक्क फुल्छ ! भारत र पाकिस्तानलाई पनि केहि हद सम्म येही दर्जामा राख्न सकिन्छ तर विद्वान हरुको मत अनुसार यी देश हरुलाई पुरै संघ्यात्मक रुपमा नलिई अर्धसंघ्यात्मक व्यवस्था भएको देश को रुपमा लिनुपर्छ !
    तुलना गर्दा उस्तै उस्तै को गर्नुपर्छ ! बाघ र बिरालो को तुलना गरेर निचोड निकाल्नु मुर्खता हो ! हामीले हाम्रो जस्तो १२५ थरि भन्दा बढी जाति र लगभग तेतिनै भाषा भएको देश को तुलना ८५% देखि ९९ % भन्दा बढी एउतै जाति, भाषा, धर्म र संकृति भएका वा २-३ वोटा मुख्य जाति भाषा संस्कृति भएका संसारकै बिकसित USA , Canada, Australia, Russia, Germany, Belgium, Switzerland, वा Austria संग हुनै सक्दैन ! नेपाल जस्तो लगभग १२५ वोटा जाति र भाषा भएको र पौने तिन करोड जनसंख्या भएको देश लाइ २ वोटा मुख्य जाति र भाषा बोलिने बेल्जियम वा ३/४ वोटा मुख्य जाति र भाषा बोलिने स्विजरल्याण्ड संग तुलना गर्नु मुर्खता हैन र ? नेपाललाई तुलना गर्दा नेपाल को जस्तै १०० भन्दा जाति/भाषा/संस्कृति भएको देश, अविकसित, गरिब र कथित पहिचान वाला जातीय संघियता भएको देश — Nigeria, Sudan, Ethiopia वा भारत को उत्तरपूर्वमा पर्ने नेपाल को जस्तै जातीय भासिक बिभिताता भएको राज्यहरु आसम, मेघालय, मणिपुर, नागाल्याण्ड, त्रिपुरा संग गर्नुपर्छ !
    ति देश / ठाउमा गएर हेर्दा थाहा हुन्छ कथित पहिचानवाला संघियता ले के के दुर्गति भएको छ — देश टुक्रिएको छ ! जातिय द्वन्द र काटमार छ ! ३-४ वोटा राज्य बाट टुक्रिन सुरु गरेकाहरु अहिले ३६ टुक्रा भैसक्दा पनि अझ पनि सबैको चित्त बुझेको छैन ! सबैलाई आफ्नो जातिको राज्य चाहिएको छ ! अहिले भारत मा पर्ने आसाम पनि भनिने नेपाल संग धेरै हदसम्म मिल्ने पहिलेको बिसाल कामरूप राज्य टुक्रिएर ७-८ वोटा राज्य बनिसक्दा पनि हरेक राज्यमा जातीय काटमार येथावत छ !! त्यो छेत्रमा अहिले पनि २ दर्जन भन्दा पनि बदि जातिहरुले राज्य माग्दै हतियार उठाएका छन् ! तेस्तै त्यो बाहेक भारत भरि अरु २ दर्जन भन्दा बढी नया राज्यको माग भएको छ ! तेस्तै ब्रिटिश ले भारत छोडेर जाने बेलामा ३-४ वोटा मुस्लिम बहुल राज्यहरुलाई मिलाएर बनाएको देश पाकिस्तान को बलुचिस्तान र North West Frontier Province को अलगाबबादी अनि जातीय आन्दोलन बाट पनि धेरै सिक्न पर्छ हामीले !
    मुख्य रुपमा २ वोटा मात्र भाषा बोल्ने बेल्जियम मा नै पनि संघियता ले गर्दा आज हो कि भोलि हो देश तुक्रियर आधा चाही नेदरल्याण्ड मा मिल्ने छ भन्छन विद्वान हरु !! तेस्तै क्यानाडा को कुबेक प्रान्त पनि छुटिन्छ भन्छन ! तेसै गरि जातीय राजनीति र द्वन्द ले तहसनहस भएका हाम्रै जस्ता बहुजातीय अन्य देशहरु युगान्डा, कंगो, केन्या, पहिलेको युगोस्लाविया, कोसोवो, सर्बिया, अफगानिस्तान आदि देशहरुबाट पनि धेरै कुरा सिक्नुपर्छ हामीले ! जातिय द्वन्द र कलहले लगभग ३ महिनाको छोटो अबधिमा लगभग १० लाख मानिसहरु मारिएको जातीय नरसंहार भएको रुवान्डा जस्तो देश लाइ त कसले भुल्न सक्ला र ?
    त्यसैले, USA , Canada, Australia, Russia, Germany, Belgium, Switzerland जस्ता देशहरुको उदाहरण दिएर नेपालमा संघियेता वा जातिय-पहिचान को संघियेता को वकालत गर्दै भ्रम छर्ने कथित बुद्धिजिबी अनि INGO कर्मी अनि संघियेताबादी हरुलाई धिक्कार छ ! बिदेसी पैसा र सड्यन्त्रमा बिकेर USA, Switzerland, Australia जस्ता देश हरुको सपना देखाउदै Nepal लै जातीय गृहयुद्ध ले पिडित अफ्रिकी देशहरु जस्तो बनाउन तत्पर बिदेशी दलाल हरुलाई पनि धिक्कार छ ! अनि कुरा नबुझी तेस्ता बिदेसी दलालहरुको पछी लाग्ने, राजनीतिक स्वार्थ को लागि आफु प्रयोग भैरहेको पनि पत्तो नपाउने, आफुलाई जनजातिका मसिहा ठान्ने उग्रजातिबादले ग्रस्त — ति बिदेसी दलालका स्वदेसी पाल्तु हरुको कुरामा बिस्वाश गरेर तिनीहरुको पुच्छर हुने हामि सोझा नेपालीहरुको अज्ञानता अनि मुर्खतालाई पनि धिक्कार छ !!
    र अन्तमा, ति , कथित जातीय (पहिचान) संघियताको वकालत गर्ने र भ्रम छर्न दुष्प्रयाश गर्नेहरुलाई मेरो यी सिधा प्रस्न को तर्कसंगत स्पस्ट उत्तर दिन चुनौती :
    1) धेरै जनसंख्या भएका ठुला-ठुला र बोल्न सक्ने बिकसित ८-१० जाति को नाम मा नेपाल लै जातीय संघियता मा टुक्र्याउन र बाकि १०० भन्दा बदी अल्पसंखेक जाति हरुचाही टाउके जातिको राज्यमा एउटा सानो जमिनको टुक्रामा उपस्वयतत्ता को नाम मा बस्नुपर्छ भन्नु कति उचित हो ?
    2) अहिले ठुला टाउके जाति ले मिलेर भागबन्डा गरेपनि भोलि ति साना-थोरै जनसंख्या भएका जातिका चेतना र जनसंख्या बढ्दै गएपछि उनीहरुले पनि आफ्नो जातीय राज्य र भाषा अवस्य खोज्छन , नपाए बिद्रोह गर्छन, रगत को खोला बग्छ ! तेतिबेला के गर्ने ?
    3) नाम मात्र खोजेको, जातीय राजय हैन भन्ने कुतर्क गर्ने हो भनेपनि किन आफ्नै जातिको नाम चाहियो ? लिम्बुहरुलाई कथित लिम्बुवानको सत्ता लेप्चावन स्वीकार्य छ ? त्यस्तै कथित ताम्सालिंगले किन चेपांङसालिंग नमान्ने ? कथित नेवा प्रदशको सत्ता पहरी प्रदेश वा च्यामे पोडे प्रदेश स्वीकार्य छ ? अनि कथित तमुवान, मगरात, थारुवान र मदेशको ठाउँमा कुमाल, राउटे, हायु, वा अति पिछडिएका अल्पसंखयक तराईका दलित जातिको नाममा राज्य बनाउन गुरुङ, मगर, थारु वा कथित मधेसी मानिनेहरुले किन नमान्ने ? टाउके जातिहरुलाई आफ्नो जातिको नाम प्यारो छ भने बाकि ११० जातिलाई पनि आफ्नो जातिको नामको राज्य उत्तिनै प्यारो लाग्छ !
    4) ति ठुला वा बलिया टाउके जाति ले बोल्ने ८-१० भाषा हरुले सरकारी कामकाजको मान्यता पाउने बितिकै नेपाल मा बोलिने सबै भाषा ले मान्यता पायो भनेर कसरि मान्ने ? बाकि १२० भाषा लै कसरि सरकारी कामकाज मा लाने ? के त्यो सम्भब छ ? कि थोरै जनसंख्या भएका, पिछडिएका, बोल्न नसक्ने हरुको लागि कथित जातीय राज्यमा कुनै स्थान नभए जस्तै भाषा लै पनि मान्यता नदिने ?
    5) १७% देखी ३०% सम्मको जातीय बहुल्याताको आधारमा जातीय पहिचानका राज्य राख्ने हो भने हिन्दु बहुल्याताको आधारमा हिन्दु राज्य बनाउनपर्छ जहा ८५ % भन्दा बदी जनता हिन्दु छन् भन्दा बिरोध गर्ने आधार अनि नैतिकता के हो ?

    यसर्थ नेपालमा कथित जातीय पहिचानको संघियता कुनै पनि हालतमा हुनु हुदै हुदैन ! संघियताको बिसयमा जनमत संग्रह गरेर नेपाली जनताको राय लिनुपर्छ ! संघियतामा जानुनै छ भने पनि हरेक प्रान्तले उत्तर दक्छिन छुने गरेर, बिज्ञहरुसंग सल्लाह गरेर नेपाल लाइ आर्थिक रुपमा समृद्धि मा लानसक्ने गरि तटस्थ नाम भएका बढीमा ४ प्रदेश बनाउन पर्छ !
    जय नेपाल जय नेपाली

    Reply
    1. श्रीकर says:
      December 17, 2014 at 8:08 pm

      तथ्य संगत बिस्लेसन,
      संघियेतालाइ अब रोक्न त सकिन्न होला तर तपाईंको अन्तिम हरफहरु मन पर्यो, गर्नु पर्ने तेही हो!

      Reply
    2. Shankar says:
      December 18, 2014 at 2:16 am

      क्षेत्री जी
      तपाइले अलि अन्वेसन गरेर तर्क पूर्ण कुरा राख्नु भो | म त् यत्ति भन्छु हाल पनि दस गाजा क्षेत्र र अन्यत्र सिमाना लगातार मिचिएको खबर छ | तर कुनै पार्टी बोल्न चाहन्न किनकि उनीहरुलाई नेपालि सत्ता मा पुग्न र देश लुट्न भारतीय मद्दत र समर्थन चाहिन्छ | तेसैले यो बिबाद मा हात हालेर भारतीय चिढाउन कुनै पार्टी चाहन्न | सुसिल ले सपनामा पनि त्यो कुरा राख्दैन , यो हाल को कटु यथार्थ भएको छ | ल हेरम |
      http://www.canadanepalprograms.com/2014/12/india-and-nepal-tackle-border-disputes.html
      नेपालि क्षेत्र को यो अतिक्रमण मा बोल्ने को ? भोलि त् यो आर्को राज्यको समस्या भन्ने होला |
      सुरुङ्ग युद्द गर्ने प्रचण्ड ,बाबुराम , बामदेब को मुख मा किन ताल्चा ?

      Reply
      1. natasha says:
        December 18, 2014 at 10:44 am

        शङ्कर जी,
        बाबुरामले सत्ता मा छदा भारतियलाइ खुसि पर्न​ TIA भारतिय सैनिकलाइ झन्डै बुझयेको पनि देखियो।प्रचन्डले जे गर्छन आफ्नो लगि र सत्ताको लागि मात्र गर्छ्न। म​ओबदि बिद्रोह सुरु हुनु अघि दुइ पन्ना लामो माग बुझायेका थिये र त्यै माग पुरा नभयेको खन्डमा बिद्रोह सुरु गरे जस्ले गर्दा मुलुक अझै पछि धकालियो, बिकाशका कर्यक्रम केहि हुन पायेनन बिनास मात्र भये तर आफु सत्तामा आउदा एउटा कार्य​ पनि त्यो मागको पुरा गर्न सकेनन्।

        प्रचन्डको मुखमा तल्चा भन्नु हुन्छ यो देशमा प्रचन्ड जतिको कस्ले बोल्न प​एका छन र बोलेका छ्न? अन्धो भक्त नहुनुस। यि खाओबादिबाट केहि आश गर्न सकिन्न​।

        Reply
        1. Shankar says:
          December 19, 2014 at 1:12 am

          नताशा जी
          सुर दास हुन् खोजेको छैन , फेरी पढ्नुस , अलि कति दिमाग मा धक्का दिनुस र राम्ररि पढेर मात्र लेख्ने गर्नुस ल |

          Reply
      2. Dinesh Chhetri says:
        December 19, 2014 at 12:22 am

        मेरो मनको कुरा बोल्नुभो Shankar जी !! नेपाल को राजनीतिमा बिदेसी अनि तिनका दलाल हरु हाबी भयेकोलेनै यो दिन देख्नापरेको छ ! जय नेपाल, जय नेपाली

        Reply
    3. Upaman says:
      December 18, 2014 at 9:02 am

      दिनेशजी
      तपाई मान्छे एकदम अध्यनशील हुनुहुदो रहेछ । कुराको चुरो पक्रिने मान्छे हुनुहुदो रहेछ । तपाइले लेखेको कुरा एकदमै जायज छन् । बरु तपाइले यी कुराहरु अलि सबैको नजरमा पर्ने खालको ठाउमा राख्नुभयो भने अलि धेरै मान्छेहरुले पड्ने मौका पाउथे कि ।

      Reply
      1. Dinesh Chhetri says:
        December 19, 2014 at 12:44 am

        Upaman जी, धन्यबाद कमेन्ट को लागि ! सोचेको त मैलेपनि धेरै भन्दा धेरै नेपालीले यथार्थ कुरा थहपाउनुपर्छ भन्ने हो ! अलि अलि प्रयाश पनि गरेको हो, लेख छ्पाउनको लागि ! तर कुनै पार्टीबिसेसको कार्यकर्ता, वा कुनै संगठन मा आबद्द नभएको साधारण नेपाली लै आफ्नो विचार अनि मत प्रकट गर्ने ठाउको अभाव छ ! तेसैले कमेन्ट मै भएपनि आफ्नो कुरा राखेको हु !! कहिले काही तेही कमेन्ट पनि प्रकासित हुदैन र पो……..हाहाहा.!!!. म नामको भोको हैन, यी कुराहरुलाई तोडमदोर नगरी कसैले आफ्नै नाम मा छापेपानी म बाट बिरोध हुदैन ! मेरो चाहन भनेको यथार्थ कुरा धेरै भन्दा धेरै नेपाली ले थाहा पाउन भन्ने मात्र हो ! जय नेपाल, जय नेपाली

        Reply
    4. Raithane says:
      December 19, 2014 at 2:00 am

      5) १७% देखी ३०% सम्मको जातीय बहुल्याताको आधारमा जातीय पहिचानका राज्य राख्ने हो भने हिन्दु बहुल्याताको आधारमा हिन्दु राज्य बनाउनपर्छ जहा ८५ % भन्दा बदी जनता हिन्दु छन् भन्दा बिरोध गर्ने आधार अनि नैतिकता के हो ?

      हुनत अरु नम्बरको पनि उत्तर दिन मन लागेको थियो तर लामो लेख्नु पर्ने र समय अभावको कारण यो ५ लम्बर लाइ चाहि छिट्टो र छोट्टो भनि टिपे !
      समय मिलेमा अरु लम्बरको पनि उत्तर दियर यो तपाइको कुराको चिरो फारो गर्ने जमर्को गरौला है!
      दिनेश क्षेत्री जी,
      हुन त जातिले छेत्री पर्नु भयछ भनेसी लेखाइ जातिवादको बिरोधि भयपनी गन्ध र रंग त आफ्नै जातको छार्केकै छ त्!
      म पनि हिन्दु हु!
      तपाईलाई कल्ले भन्यो नेपालमा 85% हिन्दु छ भनेर?
      अनि बुद्दिस्ट चाहि कति त?
      मुस्लिम?
      भनेसी,
      85% हिन्दु
      35% बुद्दिस्ट
      5% मुस्लिम
      1% इसाई ?
      1% अन्य,
      गर्दा
      नेपालमा 127% जनता छन् त उसोभय??

      जहासम्म रास्ट्र धर्मको कुरा छ, धार्मिक बिबिधता भयको देशमा कुनै एउटा रास्ट्र धर्म हुनु कदापि जायज होइन त्यो त शाशक बर्गको अधिपत्य नीति हो पुरानो नेपालको र अब तेसो हुनु कदापि हुदैन!
      बाकि पछि, अहिले हिड्न हतारो भयो बाइ !

      Reply
      1. Dinesh Chhetri says:
        December 19, 2014 at 10:21 pm

        मलाई थाहा भएन कतातिरको रैथाने पर्नुभयो ! हो अब बहस हुनु जरुरि छ, धेरै कुराको छिनोफानो हुनु जरुरि छ !! नेपाल मा बास्तबमा को हो अनादिबासी, आदिबासी, धर्तीपुत्र, जनजाति, मुलबासी, आप्रबासी, रैथाने भन्ने कुरा ! हिजो दिउसो उत्तरबाट छिरेकाहरुपनि नाक थेप्चो भएकै आधारमा बिनाप्रमाण आदिबासी जनजाति हुने, अनि हिजो राति बिहार बाट छिरेकाले पनि बिनाप्रमाण धर्तीपुत्र मदेसी दाबि गर्ने, तर हजारौ बर्सको लिखित प्रमादित इतिहास भएको अनादिबासी खसआर्य छेत्रीबाहुन हरुलाई तिनीहरुले आप्रबासीको आरोप लाउन सुहाउछ कि सुहाउदैन तपाई आफै बिस्लेसन गर्नुष !!!
        बिनाप्रमाणका मंगदंते कथा बनौदैमा इतिहास बन्दैन ! तथ्यांकलाई तोड मदोर गर्दैमा यथार्थ बद्लिदैन ! तपैले भन्न खोजेको कुरा मैले बुझिन ! मैले सोधेको कुराको स्पस्ट उत्तर त् पाइन ! तपाइको कुरामा contradiction पाए ! तरपनि :
        १) धार्मिक बिभिद्ता भएको देश मा रास्ट्र धर्म हुनुहुन्न भन्ने तपाई त्यो भन्दा धेरै नै जातिय अनि भासिक बिबिदता भएको देश मा कथित पहिचानको नाममा भन्दै ठुला टाउके जातिको नाम मा राज्य बाड्नुहुदैना भन्ने हिम्मत किन गर्न नसकेको ?
        २) खसआर्य हरुको अस्तित्व नदेख्ने, हिन्दुधर्मावालाम्बी अल्पमत मा छन् भन्ने हो भने संघियता र हिन्दु राज्य को छिनोफानो गर्न जनमत संग्रहमा जाउ न त , हुदैन? हिम्मत छ ?
        जय नेपाल, जय नेपाली

        Reply
    5. गगने says:
      December 19, 2014 at 9:54 pm

      Dinesh Chhetri जी,
      तपाईंको अध्यायनशिल र तर्कपुर्ण कुराहरू लाई सिधा सिधा नकार्न सकिन्न र पढ्दै र सुन्दै गर्दा हो हो भन्दै जानुपर्ने भन्दै जानुपर्ने हुन्छ्!
      तर यथार्थमा तपाईंको कुरा अपुर्ण छन्!
      अध्ययन राम्रै र अलि गहन छन् तर अपुरो देखिन्छ र बाहिरी साथै अन्तरास्ट्रिय अध्ययन त ठिकै जान्न सकिन्छ तर आफ्नै देशभित्रको अध्ययन अपुरो साबित हुन्छ्!
      पहिलो कुरा तपाईंले सँघियता नै बुझ्न नसकेको हो की भन्ने पो बुझिन्छ गाठे!
      नेपालमा सँघियता हाम्रो नेपालि बस्तुनिश्ठ प्रिस्ठभुमिमा नेपालि समाज र देशको आवश्यकताको माग हो यसलाई अन्य देशसङ दाजिनु केवल संयोग वा कुरैको लागि अथवा कहिलेकाही उदाहरण स्वोरुप देखाउन उपयोगी ठानीकन लिने कुरा मात्र हो!
      अर्को देशको सफलता हाम्रो देशमा पनि लागु हुन्छ् हुनुपर्च वा त्यहाँको असफलता हाम्रो देशमा पनि तेस्तै हुनेछ भनेर् लिनु आफूले आफै र आफ्नैमाथी अबिश्वाश गर्नु बाहेक अरु केही होईन!
      तपाईंको कमेन्टको एउता अंश,
      “यसरी सयौ वर्षको दासताले गर्दा पिडित बनेर यौटै भाषा, धर्म र संकृतिमय बनिसकिका ब्राजिल, मेक्सिको, अर्जेन्टिना वा भेनेजुएला जस्ता देश हरुसंग नेपाल को तुलना गरेर जातीय संघियेताको वकालत गर्दै भ्रम छर्नु मुर्खता हैन र ? नेपाल मा पनि एउतै मात्र भाषा बोल्न दिने, जातजाति पुरै हटाएर नेपाली जाति मात्र हुन पाउने, धर्म पनि हिन्दु धर्म मात्र मान्न पाउने हो भने यो लेखेक ले भन्नु केहिपनि छैन, जस्तोसुकै संघियता पनि स्वीकार छ !”
      जव सबै एउटै बन्दछ वा एउटै भाषा, एउटै जाति, एउटै धर्म भैसकेपछी सँघियता चाहि कहा किन कसरी कस्लाइ आबस्यक? अनि त्यहाँ कस्तो सँघियता हुन सक्दछ र तपाईंलाई जस्तोसुकै सँघियता पनि स्वीकार हुनु हो?
      उसोभय तपाइको छेत्री हटायर नेपालि राखौना त्? हामि सबैले आफ्नो थर बिशेष हटायर नेपालि राखौ न त अनि जात पात को भेदभाब पनि मेटिने सबै हाइसनचो, न रहे बास न बजे बासुरी रे क्या!
      सँघियता भनेको त बिबिधताको ब्याबस्थापन गर्न लागि आबस्यक होईन र?
      सङ्हियतामा जाति घुसार्नु भयो, यो कुरा आफैमा बेबकुफी पुर्ण छ! नेपालमा आबस्यक र उथाइयको सङ्हियतामा जातियता को कुनै कुरा नै थियन तर सँघियता बिरोधी वा पुरानो सत्ताको रस चुस्ने वा आप्नो अधिपत्य र बर्स्चस्वो गुम्ने खतरा देख्नेले यो जातियतालाई तेतिबेला घुसायर बबन्डर गरेका हूंन! यहा जातियताको होईन पहिचानको कुरा छ! हो एउता पहिचान भित्र निश्चित जातिहरू समेटियका छन् तर ती निश्चित एतिहाशिक पहिचान भित्रको निस्चित जातिहरू पनि आफ्नो कला सास्क्रिती भेष भुषा, परम्परा रितिरिवाज आदिले ले सुसज्जित छन् र तेस्ले जनसन्ख्याको एउता निश्चित हिस्सा वोगटेको छ भने तिनिहरूलाई सो भित्र निस्चित क्षत्रमा उनिहरुको लागि स्वोयत्तता दिएर उपराज्य दिने कुरा हो त्यो भनेको उनिहरुको आनो पहिचान आफ्नो कला संस्क्रिती, रितिरिवाज रहन सहन आदि कुराको एइतिहाशिक सम्रक्षण गर्नु हो! एउता देशको एइतिहाशिक पहिचानको सरक्षण गर्नेकुरा गर्दा तपाइ हरूलाई किन दुख्छ हँ? तपाइहरूको संस्कार संस्क्रिती र पहिचान खोस्ने कुरा त गरेका छैनन् त यहानेर एउता एइतिहाशिक पशिचान र बिशेष जातिको कला सस्क्रिती संस्कार धर्म रहनशहन रितिरिवाज आदिको सम्रक्षण गर्दा (तपाइ?)वा त्यो सँघियता हुदैन जातीय राज्य हुदैन आदि भन्दै धुरन्धर बिरोधमा उत्रने हरूको के खोसिन्छ? धर्म खोशिन्छ? संस्कार खोशिन्छ? कला संस्क्रिती, भिश भुशा भाषा रहन सहन आदि के खोसिन्छ?
      उनिहरुको केही खोसिन्दैन खोसिन्छ त केवल उनिहरुको अधिपत्य पुर्ण राज्य सत्ताको हाली मुहाली र बर्चस्वो, त्यो पनि खोसिने होईन की गुम्न सक्ने सम्भावना रहन्छ र निश्चित्र क्षत्र वा राज्यमा मात्र!
      यहि होईन यी बिरोध र बबन्डर?
      यहा भ्रम पहिचानको सँघियता लाई माग्ने वा आवाज उठाउने ले होईन बरु सँघियता हुदैन चाहिदैन भन्नेले छरेको छ!
      के पृथ्वी नारायणले यो देश् एकिकरण गरेको थियो त?
      यदि एकिकरण गरेको थियो भने किन र कसरी?
      के एकिकरण पूर्व यो नेपाल् नै थियो त?
      नेपालनै थियो भने, त्यो गोरखा के थियो? राज्य थियोकी राश्ट्र थियो की, जिल्ला थियो की के थियो? आनि त्यहाँ राजा किन थियो? त्यो गोरखाको राजा थियोकी नेपालको राजा थियो?
      कान्तिपुर के थियो नेपाल् थियो की कान्तिपुर थियो त्यहाँ किन छुट्तै राजा थियो तेस्तै भक्तपुर र ललितपुर? आनि सेन्हाङ साथै पूर्व के थियो त्यहाँ किन थुप्रै राजा थिय यदि यो नेपाल नै थियो भने किन यति धेरै राजाहरू!
      पृथ्वी नारायणले एकिकरण गरेको हो भने किन सङ्हिय भयन? यहा तपाइहरूको जानकारिको लागि राखौ,एकिकरण र सँघियता आफैमा पर्याय हूंन!
      किन यो देशमा बिगत् अढाइ सय बर्ष भन्दा बढी समयदेखी क्षत्री र बाहुनको मात्र राज चलिरह्यो?
      किन हिन्दू धर्मको बर्चश्वो रह्यो र तेसलाई रास्ट्रियकरण गरि अधिपत्य गराइयो?
      किन खष भाषा राई मात्र राश्ट्र भाषा बनाइयो?
      यी र यस्ता थुप्रै कुराहरू छन् दिनेश जी, तपाईंको आफ्नो पहिचान माथी कसैले धावा बोकेको वा हाबी गरायको भय सायद् बुझ्नुहुन्थ्यो होला!
      खैर धेरै भयो कुरा,
      र जादा जादै,
      तपाईंले नेपालमा लोकतन्त्र माग्नु सँघियता चाहनु अनि पहिचान र आफ्नो इतिहास् आनि आफ्नो पनाको जगेर्ना हेतु आवाज उठाउनु लाई बिदेशि को ईशारा देख्नु भयछ!
      तर म भन्छु, सन् २००० पछि एक किसिमले बिश्वो अन्तरास्ट्रिय करण भाई सकेको छ अबत हामिले आफ्नो नश्ल र आफ्नो इतिहास् को झनै जगेर्न र सम्रक्षण गर्नु पार्ने भयको छ! हामि पनि अमेरिकाको वा अरब साथै अन्य देशको कुरामा हाम्रो आफाफ्नो धारन् राख्छै खैर त्यो सुन्ला नसुला लाग्ला नलाग्ला आफ्नै ठाउमा तर राख्छौ नी? त यो बिश्वो एक आपसमा भाइ चरा भै सकेको छ तरपनी यो देशको सँघियता हामि हाम्रै कारणले हामिले हाम्रै इतिहाशको सम्रक्षण र हामि आफैले आफैलाई सम्वर्द्दन गर्दै एकताबद्द हुनको लागि मागेका हौ तपाईंले अरुको उक्साहट र बिदेशि घुशपैठ देख्नु तपाईंको द्रिस्ट्रिभ्रम र कम्जोरी हुन सक्छ!
      बरु यहानेर पो भन्नेकी अल्पबुद्दी भयन्करम भनेर्?

      Reply
      1. Dinesh Chhetri says:
        December 22, 2014 at 10:20 am

        गगने जी,
        माफ गर्नुहोला, म गलत पनि हुन सक्छु, तर तपाइको कमेन्ट पढ्दा तपाई कुनै राजनैतिक दलको अनि बिचारको कट्टर समर्थक हुनुहुन्छ जस्तो लाग्यो ! म कुनै राजनैतिक दल वा संगठनमा आबद्द नभएको साधारण नेपाली भएको नाताले राजनीतिक बहस गर्न पनि चाहन्न र तेस्ता मान्छे हरुको बिना अर्थको मुढे तर्क लाइ जित्नसक्ने मेरो छेमता पनि छैन ! मैले सोधेको प्रस्नहरुको तर्कसंगत, स्पस्ट बुदागत रुपमा सिधा जवाफ दिनुभएको भए मैले पनि अलि अलि तपाइको कुरा बुझ्न सक्थे कि ? तरपनि तपैले सोध्नुभएको केहि कुराको क्रमानुसार छोटो र सिधा उत्तर दिन प्रयाश गर्छु !

        १)जसको छेमता जति छ तेस्ले आफ्नो छेमता अनुसार नै लेख्ने हो, मैले तेही लेखे ! तपाइको स्तर अनुसार कमेन्ट गर्नुभयो ! तपाइको कुरा अनुसार मैले संघियता को बारेमा बुझेको छैन ! मलाई बुझैदिनुष न त् के हो, मैले सोधेका प्रस्न हरुको सिधा उत्तर दिएर ? जहासम्म संघियता देश अनि पुरै नेपाली को माग हो कि कुनै दल अनि अमुक संगठनहरुको को मात्र माग हो भन्ने कुराको निर्क्योल गर्न जनमतसंग्रह मै जानुपर्छ जस्तो लाग्छ मलाई ! मलाई हैन अरु देश को उदाहरण दिदै संघियता अनि जातिय संघियेताको वकालत गर्दै भ्रम छर्ने हरुलाई तपैले सुझाब दिनुपर्छ जस्तो लाग्यो, आफ्नो देशको धरातलीय यथार्थ हेर्नुपर्छ भनेर ! मेरो बेक्तिगत बिचर भन्नुहुन्छ भने नेपालमा संघियता भन्दा पनि साचो विकेन्द्रीकरण को खाचो छ !
        २) “”..जव सबै एउटै बन्दछ वा एउटै भाषा, एउटै जाति, एउटै धर्म भैसकेपछी सँघियता चाहि कहा किन कसरी कस्लाइ आबस्यक? अनि त्यहाँ कस्तो सँघियता हुन सक्दछ र तपाईंलाई जस्तोसुकै सँघियता पनि स्वीकार हुनु हो? “””” के भन्न खोजेको हो मैले कुरा बुझिन !! दक्छिन अमेरिका मा रहेका संघिय देश हरु तेस्ता छन् भनेको हु !! हो, म छेत्री हटाएर नेपाली मात्र राख्न तयार छु, तर तपाईहरु हुनुहुन्न्न, हो कि हैन ??… समस्या यहि छ !! रास्त्रबादी भन्दा पनि जातिय उग्रवाद हाबी हुनु ठुलो समस्या हो !
        ३) पुरानो खस भाषा र अरु विभिन्न नेपाली जातिहरुहरुले बोल्ने विभिन्न भाषा हरु मिसिएर परिस्कृत र बिकसित हुदै बनेको नेपाली भाषा लै अहिले पनि खस भाषा देख्नु द्रिस्त्री भ्रम मात्र हो ! रास्ट्र निर्माता पृथ्बी नारायण शाह लै बिस्तारबादी देख्ने, सालिक तोड्दै हिड्ने, राजनैतिक स्वार्थ पुरा गर्न जुन गाउमा जुन जातिको संख्या बदी छ, तेस्लाई राज्य बाददै , भद्काउदै गएको ले पनि संघियताको समस्या बल्झिएको हो ! कहिले संघियता भन्ने, कहिले एकल जातिय संघियेता भन्ने, कहिले पहिचानको संघियेता भन्ने, कहिले जातिय अग्राधिकारको संघियेता भन्दै बाटोमा हिड्ने बहुला कुकुरले घुकेको जस्तो जे मन लाग्छ तेही बोल्दै हिडेको, छेपारो ले रंग फेरेको जस्तो बोलि फेर्दै हिंड्ने नेता हरु को ठुलो दोष छ !!
        ४) इतिहास मै फर्कने हो भने पनि किन २०० चानचुन वर्ष अगाडी मात्र फर्कने? बिना प्रमाण का मंगदंते काहानी बनाउदैमा इतिहास बन्दैन ! लिम्बुवान, खम्बुवान, तामांगवान, नेवार्वान आदि आदि जातिय राज्यहरु न कहिलै अस्तित्वोमा थिए, न हुनेछन ! नेपाल भन्ने देश को हजारौ वर्ष देखि हिमालेको काखमा रहिआएको छ ! कुनै समयमा पूर्वमा कामरूप (हालको आसाम) देखि पसचिममा कश्मिर सम्म फैलिएको नेपाल विभिन्न कारणबस तुक्रिएपछी बडामहाराज प्रिथ्बिनारायण शाह ले ति टुक्रिएका हरुलाई पुनएककिकरण गरेका हुन् ! फेरी पूर्वमा टिस्टा र पश्चिममा कांगडा पुगेको नेपाल सुगौली सन्धिले खुम्चिएर हालको नेपाल बनेको छ ! तेसैले हामीले बर्तमानलाई स्वीकार्न परेको छ ! इथिहास मै फर्कने हो भने त्यो बिसाल नेपाल तर्फ हामि किन नफर्कने ?
        तपाई को कुरालाई मान्ने हो भने त नेपाल लै एकिकरण पुर्व फर्काउन पर्ने हुन्छ ! बाईसे चौबिसे राज्य अनि अरु भुरे टाकुरे राज्य लै फेरी मान्यता दिनुपर्ने हुन्छ ! सल्याने राजा, भिर्कोटे राजा, मुस्तांगे राजा सबैलाई मान्यता दिनुपर्ने हुन्छ ! उनीहरुलाई पनि सम्झौता र लालमोहर अनुसार नै राजाको पदवी यथावत् राखिएको थियो ! राजा- महाराजा बाट जग्गा जमिन बक्स अनि बिर्ता पाएका ठुल-ठुला जमिन्दार हरुको पनि जग्गा जमिन फर्काउन पर्ने हुन्छ ! येस्तरी नेपाल लै टुक्रा टुक्रा पार्ने कुरा कुनै पनि देशभक्त नेपाली ले कल्पना पनि गर्न सक्दैन !!
        ५) र अन्तमा, मलाई अल्पबुद्धि देख्ने तपैजस्ता विद्वान्ले संघियता र मैले सोधका प्रस्न हरुको राजनैतिक भासन भन्दा पनि स्पस्ट, सिधा उत्तर दिएर मेरो बुद्धि बधैदिनुहुन्छ भन्ने आस गर्दै बिदा हुन्छु !
        जय नेपाल, जय नेपाली

        Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme