– रत्न बिडारी –
हाल: इरभिङ, डालस (टेक्सस)
अमेरिकामा गत साता तीन तल्ला माथिबाट फाल हालेर आत्महत्या गरेका मोहन वलीका बारेमा मिडियामा अलिकति चर्चा पायो। वलीभन्दा दुई साता अघि सानफ्रान्सिस्कोको गोल्डेनगेट पुलबाट प्रशान्त महासागरमा हाम्फालेर आत्महत्या गर्ने अर्का नेपाली क्षितिज श्रेष्ठका बारेमा नेपाली मिडियाले थाहै पाएन। नागरिकन्यूजले थाहा त पायो तर दुईसातापछिमात्र। लाश फेला पारेर सद्गत गरेपछिमात्र समाचार आयो।
अमेरिका आइपुगेपछि सोचे अनुसार नभएपछि डिप्रेसनको शिकार भएर धेरै नेपालीले अकालमा ज्यान गुमाइरहेका छन्। राति सहज रुपमा सुतेको मान्छे भोलीपल्ट बिहान मृत अवस्थामा भेटिन्छ। कोही मदिरा धेरै पिएर आफूलाई समाप्त पार्छन। यस्ता धेरै घटनाहरु छन्। केही महिना अघि अमेरिकी राज्य क्यालिफोर्नियाको राजधानी सेक्रामेन्टोमा अर्का एक नेपालीले मदिरा ज्यादा पिएर मृत्युलाई रोजेका थिए। नेपालबाट अफ्रिकी मुलुकहुादै १४ बर्ष अघि अमेरिका आइपुगेका ती नेपालीले आफू आउँदा गर्भमा रहेकी छोरीको प्रत्यक्ष रुपमा अनुहार समेत देख्न पाएनन्।
यस्ता घटनाहरु सम्झँदाखेरिनै आङ जिरिङ्ग भएर आउँछन्। सपना बोकेर आउनेहरु कतिले आफूलाई वैधानिक बनाउन सकिरहेका हुन्छन् भने नसक्नेहरु पीडा, छट्पटीका बीच डिप्रेसनमा पुगेर बाँचेपनि दिनदिनै मरेतुल्य अवस्थामा मेसिन जसरी काम गर्दैछन् अमेरिकामा।
सपनाको मुलुकमात्र होइन नेपालबाट हेर्नेले स्वर्गकै उपमा दिइएको ठाउँमा आइपुगेर पनि किन नेपालीहरु आत्महत्याको बाटो रोजिरहेका छन् त? के कारणले डिप्रेसनमा पुग्छन्? के साँच्चै नेपालबाट सोचिने अमेरिका अनि यहाँ आएपछि भोगिने अमेरिकामा आकाश–पातालको फरक भएकै हो त? अमेरिकालाई स्वर्ग ठान्नेहरु अनि यहाँ आएपछि यो ठाउँलाई नर्क भन्नेहरु प्रति समर्पिन गर्दै मेरो आफ्ना अमेरिकी अनुभव साट्न चाहन्छु। ताकी कोही पनि अमेरिकालाई स्वर्ग सोचेर लाखौं रुपैयाँ दलाललाई सुम्पिएर नआउन्। जो आइसकेका छन्, बाटोमा छन् उनीहरु यहाँको वातावरण देखेर दिक्दार मान्दै बाँकी जीवननै समाप्त भएको ठान्दै आत्महत्याको बाटो रोज्नेतिर नजाउन्।
म त्यो अभागी भने होइन जसले लाखौं रुपैयाँ दलालको हातमा राखेर ज्यान जोखिममा पारेर, अनि महिनौ जंगलमा रात बिताउँदै मेक्सिकोहुादै अमेरिका छिर्नुपर्यो। म नेपालको कहिल्यै नसुध्रने फोहोरी राजनीति, अनि व्यबसायमा सफल हुनलाग्दा धेरैले आाखा लगाउँदै चन्दा माग्नेदेखि लिएर ज्यानै मार्ने धम्कीबाट आजित भएर यतातिर भासिएको व्यक्ति हुा। सन् २०१२ को सेप्टेम्बरमा अमेरिकी राज्य टेक्ससको डालस फोर्टओर्थ विमानस्थलमा ओर्लदा मसँग साथमा थिए दुई सुटकेशमात्र। त्यसभित्र नेपालमै लगाएका पुराना कपडा शिवाय अरु केही थिएनन्। दारी काट्नका लागि नेपालमै किनेको ब्लेड, क्रिम, ‘आफ्टर सेभ लोसन’ ह्याण्डक्यारीमा परेछ। कति काठमाडौं त कति सिंगापुर एअरपोर्टमा मिल्काउनुपर्यो। अर्थात मसँग यहाँ आइपुग्दा दारी खौरिने ब्लेड समेत साथमा थिएन।
एअरपोर्टमा चिनेजानेका (तर त्यति घनिष्ठ भने होइन) साथी आइपुगेका थिए मलाई लिन भनेर। नेपाली भनेपछि अध्यागमनले कम्ति केरकार गर्ने होइन। मैले यहाँ एक नेपाली संस्थाको कार्यक्रममा सहभागी हुन भनेर आएको भन्दा मरिगए पत्याउने होइन। सारा पत्रहरु देखाएपछि अध्यागमनले मलाई ६ महिनासम्म बस्न पाउनेगरि आइ नाइन्टीफोर भनिने भिसा सरहको कागज पासपोर्टसँगै थमाइदियो। त्यो कागज हातमा पर्ने बित्तिकै मलाई लाग्यो ‘संसार जिते मैले। अब मेरो नयाँ संसार सुरु भयो।’
तर होइन रहेछ। अमेरिकामा त काम कतिकति भनेर जसरी सोचिन्छ त्यो कदापी होइन। नत यहाँ रुखका पात टिपे जसरी डलरनै कमाउन सकिने रहेछ। आएको एक महिनासम्म म उनै नेपाली साथीकोमा पाहुना लागेर बसे। अमेरिका भासिने निर्णय गरेदेखिनै मैले मनलाई यसरी दह्रो बनाएको थिए कि–’त्यहाँ पुगेर शौचालय सफा गर्ने काम मिल्यो भने पनि इन्कार गर्दिन। जे काम आइपर्छ गर्छु।’
तर त्यसले पनि कता काम गर्नु? काम खोज्नका लागि धेरै नेपालीहरु गुहारे। चिनेजानेका साथीभाई, आफन्तहरुलाई अनुरोध गरे। ‘लौन म आएको एक महिना भैसक्यो, अब त कति बेरोजगार भएर बस्नु? लाज पनि लागिसक्यो,’ म यसरी दिनदिनै भेटिएका नेपालीहरुलाई अनुरोध गर्थे। तर सजिलै काम के मिल्थ्यो र? अमेरिकीहरुकोमा काम पाउन कमसेकम ‘वर्क परमिट’ चाहिने रहेछ। वर्क परमिट नभएकालाई काममा लगाउनु गैर कानुनीमात्र नभएर अपराधै हुने रहेछ। अमेरिकनले यस्तो गैर कानुनी काम पटक्कै गर्दैनन्। बाँकी विकल्प थियो भारतीय या पाकिस्तानीका स्टोर, रेस्टुरेन्टहरुमा काम खोज्नु।
म कामको खोजीमा नेपालीहरुकै सहयोगले घरि डालसको कुन कुना त घरि पल्लो छेउसम्म पुग्थे। रेस्टुरेन्टमा काम गर्नु सुरक्षाको दृष्टिले अलि राम्रो र पैसा पनि हुने, अनि बस्नको लागि ठाउँ पनि दिने भएकोले त्यतातिर लाग्न धेरैको सुझाव थियो। स्टोर, ग्याँस स्टेशनमा काम गर्नका लागि कम्तिमा एक महिना त सिक्नुपर्ने, त्यसपछि पनि पेस्तोल लिएर लुट्न आउने भएकाले धेरैनै खतरा हुने सल्लाह नेपालीहरुले दिए।
नेपालमा आफ्नै व्यबसाय गरेर, एक दर्जनलाई रोजगारी दिदै सुखले परिवार समेत पालेर बसेको म यहाँ आइपुग्दा कामको खोजीमा अति भौतारिए। दिनभरि बस चढेर कामको खोजीमा हुन्थे। भोक लाग्यो भने म्याकडोनाल्डमा पसेर ८ डलर तिरेर बर्गर खान्थे। स्टारबक्समा पसेर तीन डलरको कफी पिउँथे।
‘एउटा इण्डियन रेस्टुरामा वेटर खाली छ, काम गर्नुहुन्छ त?’ एक साँझ रहादा बस्दा चिनजान भएका एक नेपालीले प्रस्ताव ल्याए। ‘ढुंगा खोज्दा हिरा भेटिएजस्तो’ भयो मलाई। भोलीपल्टै त्यो रेस्टुरामा पुगे। त्यहाँ एकजना नेपालीनै रहेछन् मेनेजर। उनले मेरा सबै कुरा बुझिसकेपछि घण्टाको ८ डलर पारिश्रमिक दिइने र केही टिप्स समेत मिल्ने बताएपछि म कामका लागि तयार भए। किनकी मलाई जसरीपनि काम चाहिएको थियो। तर त्यो रेस्टुरामा काम गरेपनि बस्ने ठाउँ भने रहेनछ।
पहिलो दिन बिहान ११ बजेदेखि काम गर्न थाले मैले। जिन्दगीमा नगरेकोमात्र होइन नसोचिएको काम सुरु गर्दैथिए रेस्टुरेन्टमा वेटर। ग्राहकलाई पानी दिनु, काँटा चम्चा सफा गर्नु, रोटी (नान) टेबलमा लगेर राखिदिनु, अनि खाना खाइसकेपछि जुठा प्लेट, कचौराहरु उठाएर सफा गर्ने ठाउँमा लगेर थुपारिदिनु मेरो काम थियो। ‘ओ, क्या कर रहा हे? जल्दी करो’ काम गर्दैगर्दा रुखो स्वर सुनियो। मलाई छिटो गर्न भन्दै उसले हप्काएको रहेछ। त्यो केटो रेस्टुरामा १० प्रतिशत सेयर भएको साहु रहेछ।
‘यो सालेले मलाई हप्काउने?’ मनमनै कम्ति रिस उठेन। तर के गर्नु? मेरो वाध्यता थियो। आाखाबाट तपक्क आाशु निस्क्यो। हाछ्यु आएको जस्तो अभिनय गरेर रुमाल निकालेर आाशु पुछे, ताकि कसैले नदेखुन। शायद नेपाली मेनेजरले त्यो दृश्य देखेछन् क्यार। उनले नजिकै आएर भने– ‘दुख नमान्नुस यो सैतान हो। यसको मनमा दया, माया करुणा भन्ने छैन।’
लगातार उभिएर एक घण्टापनि काम नगरेको मलाई दिउँसो २ बजेतिर साह्रै खुट्टा गल्यो। थुचुक्कै बसुा जस्तो भयो। ‘भाई, पानी धेरै पिउनुस है, गाह्रो हुन्छ नि नत्र,’ अर्का एक नेपाली भाईले सल्लाह दिए। शायद उनलाई पनि सुरुसुरुमा काम गर्दा यस्तै कठिनाई भोगेकोले होला सल्लाह दिएका। तैपनि म ढल्ने अवस्थामा पुगे। कसैलाई भन्न सकेको छैन। किनकी यस्तो भयो भनौं भने भोलीदेखि काममा नआउन भन्न सक्थे।
रेस्टुरामा ग्राहक अलि कम भएको मौका पारेर म सुटुक्क ट्वाइलेट छिरे, दिशा–पिसाब लागेर होइन खुट्टा सारै गलेकोले एकछिन आराम गर्न। कमोडमा १५ मिनेट आरामले बसे। मेरो मनले भन्दैथियो–’किन यस्तो दुख गर्छस अमेरिकामा? तालाई नेपालमै के नपुग्दो छ र?’ अर्को मनले भन्दैथियो–’दुख गर्, मान्छेको शरिर हो, विस्तारै बानी पर्दैजान्छ।’
ट्वाइलेटबाट निस्केपछि मेनेजरले सोध्दैथियो–’कता हराउनु भएको भाई?’ मैले दिसा लागेकोले ट्वाइलेट गएको त बताए। तर उसले पत्याएन। कसरी पत्याओस् त? सुरुसुरुमा आउने सबैले गर्ने त्यही रहेछ। कामबाट अतिनै थाकेपछि सबैजना त्यसरीनै ट्वाइलेट पसेर निकै समय हराउँदा रहेछन्। ११ बजे काम थालेको मैले त्यो दिन साँझ ७ बजेसम्ममात्र गर्न सके। साह्रै थाकेको देखेर मेनेजरलेनै आज जानुस भनेर बिदा दियो। दिउँसो कुरा हुँदा राति ११ बजेसम्म काम गर्नुपर्छ भनेको थियो। ७ बजेनै छुट्टी पाउँदा यति खुशी लागेन।
रेस्टुरेन्टबाट साथीको अपार्टमेन्टमा पुग्न झण्डै एक घन्टा हिड्नुपर्थ्यो। यति थाकेको थिए कि के वयान गर्नु र? त्यो रुटमा बस थिएन। अक्टोबरको महिना अलि आध्यारो भैसकेको थियो। हिडेर जानुको विकल्प थिएन। १० मिनेट हिडेपछि सडक पेटीमै थुचुक्क बसेर अर्को १० मिनेट आराम गर्थे। लाग्थ्यो–’पेटीमा हिड्ने अनि गाडीमा यात्रा गर्नेहरुले मलाई होमलेस (घरवारविहीन) ठान्दै होलान्।’ हुनत एक प्रकारको होमलेसनै थिए म यतिखेर।
दुईघण्टामा घर पुगेर थुचुक्क बसे। दिनभरिको कामको थकाई, त्यसमाथि हिडेर आउनुपर्दा कम्ति पीडा थिएन। खुट्टा पुरै सुनिएको थियो। वाथरुममा पसेर झण्डै १५ मिनेटसम्म तातोपानीले खुट्टा भिजाए। अलिकति आरामको महसुस भयो। १० बजे सुतेको म भोलीपल्ट बिहान ८ बजेछ व्युझिादा।
तीनदिन काम गरिसकेपछि त्यो रेस्टुरेन्टमा एकजना नयाँ केटा काममा थपियो। शायद दक्षिण भारतीय हुनुपर्छ। लाग्यो–नयाँ स्टाफ थपेको होला। त्यो दिन दिउँसो खाना खाइसकेपछि साँढे दुई बजेतिर मेनेजरले बोलाएर भन्यो–’भाई आजलाई घर जानुस। आवश्यक पर्यो भने बेलुका फोन गरेर भोलीलाई बोलाउँला।’ किन यसो भने मैले सोच्नै सकिन। खुरुक्क घर हिाडे। जान्न भन्न पनि मिलेन।
बेलुकी फोन आएन। भोलीपल्ट पनि आएन। एकसातासम्म पनि फोन आएन। म ढुक्क भए मेरो ठाउँ त्यही धोती केटाले लिएछ। मेरो ठाउँमा त्यसलाई राखियो होला। अति भएपछि एकदिन फोन गरेर मेनेजरसँग कुरा गरे। उसले पनि ‘सरी’ भन्यो। माफ माग्नुको त के अर्थ थियो र?
लाग्यो– काम गरेको समयको त पारिश्रमिक देलान् नि कामबाट निकालेपनि। काम गरेको समयको पारिश्रमिक माग्न हिडेरै त्यहाँ पुगे। म पुग्दा मुख्य साहु आफैं काउण्टरमा थियो। मलाई देख्ने बित्तिकै पारिश्रमिक माग्न आयो भन्ने सोचेर होला निधार खुम्चायो। मैले आफ्नो तीन दिनको पारिश्रमिक मागे। उसले अलि पर गएर उभिन इसारा गर्यो। १० मिनेट कुरिसके कुनै अत्तोपत्तो छैन दिने। उल्टो म भन्दा पछि आएको एकजना भारतीयसँग गफ दिएर बसिराख्या छ त्यो बुढो साहु।
म उसको नजिक गएर उभिए। उसले मलाई यसरी हप्कायो कि मानौ म भारतको कुनै शहरमा छु र उसको घरको कामदार हुा। तैपनि मसँग सहनुको विकल्प थिएन। पसिना बगाएको समयको मेहनत मलाई त्यत्तिकै छाड्न मन लागेन। तर उसले नदिने हो भने मसँग कानुनी रुपमा लड्ने आधार केही पनि त थिएन। त्यसैले म चुपचाप अर्को १० मिनेट कुरेर उभिरहेा।
उसले बोलायो। रजिष्टर निकालेर हेर्यो मैले काम गरेको घण्टा। अनि एकसय २७ डलर मेरो हातमा थमायो। मैले हिसाब गर्दा एकसय २५ डलर चानचुन मैले पाउनुपर्ने थियो। दुई डलर बढी दियो। यो मेरो अमेरिकामा काम गरेको पहिलो पारिश्रमिक थियो। मेरो पहिलो डलर कमाई। ‘धन्यवाद’ भन्दै म त्यहाँबाट निस्किए। मैले अमेरिकामा बगाएको रगतको कमाई २० डलर अहिलेपनि मेरो वालेटमा सुरक्षित राखेको छु। म यो डलर मेरो छोराछोरीलाई देखाउन चाहन्छु ताकी उनीहरुमा ज्ञान होस् कि कति दुख गर्नुपर्दो रहेछ जिन्दगीमा। अनि कति हण्डर, कष्ट भोग्नु पर्ने रहेछ। मेरो जीवनकथा सुनेर टिपोट गरेर राम्रोसँग लिपीवद्ध गरिदिने कोही मिलेभने किताबै पनि लेख्नपनि सक्छु।
तीनदिनमै म कामबाट रिटायर भए। अमेरिकामा ‘हायर एण्ड फायर’ बहुत सजिलो छ वैध कामदारका लागि समेत। तर म थिए अवैध कामदार। श्रम कार्यालयबाट छड्के जाँचका लागि कर्मचारी आउँदा म लुक्नुपर्ने हुन्थ्यो। त्यसो हुादा मलाई फायर गर्न कुन आइतबार र साहुका लागि?
दोस्रो कामको खोजीमा लागे। एक दिन नेपालीहरुको भेलामा पुग्दा म बसेको ठाउँभन्दा अलिक टाढा अर्को काउन्टीमा रेस्टुरेन्टमै कामदारको खोजी भैरहेको सुने। ‘जानुहुन्छ भने म भनिदिउँला त्यहाँ, चिनेका साथीभाईहरु त्यहाँ छन्,’ एकजना नेपालीले प्रस्ताव गरे। मैले उनीसँग जसरी पनि त्यो काम मिलाइदिन आग्रह गरे।
नभन्दै भोलीपल्ट दिउँसो मेरो मोबाइलमा फोन आयो। ‘भोली बिहान १० बजे हाम्रो रेस्टुरेन्टमा आउनुस्, कुराकानी गरेपछि सबै कुरा थाहा हुन्छ,’ उताबाट बोल्ने नेपालीले भने। म ट्याक्सी चढेर भोलीपल्ट बिहानै त्यहाँ पुगे।
‘नेपालमा के गर्नुहुन्थ्यो? कसरी आइपुग्नुभयो यहाँ? कहाँ बस्नुहुन्छ?’ जस्ता नानाभाती प्रश्न सोधे मेनेजरले। मलाई काम चाहिएको थियो झर्को नमानि सबै कुरा बताए। ‘ल तपाईलाई हामी काममा राख्छौं, महिनाको १६ सय डलर पाउनुहुन्छ। थपमा बस्नको लागि यही काम गर्ने साथीहरुसँग मिलेर बस्नुपर्छ। के गर्नुहुन्छ? मलाई जसरी पनि काम चाहिएको समयमा आएको त्यो प्रस्ताव उचितै लाग्यो। कामको लागि तयार भए।
फेरि मेरो रेस्टुरेन्टको कामको यात्रा सुरु भयो। बिहान १० देखि राति ११ बजेसम्म १३ घण्टा लगातार काम गर्नुपर्थ्यो। मुख्य काम खानाको अर्डर लिने, खाना पुर्याइदिने र जुठा भाँडा उठाउने। अरु चार जना नेपालीहरु पनि काम गर्थे रेस्टुरेन्टमा। धेरै चाँही भारतीयहरु थिए।
कहिल्यै नगरेको काम भएकोले केही हप्ता साह्रै कठिन भयो। छाडेर नेपालै फर्कु कि जस्तो नलागेको पनि होइन। कत्रो सपना बोकेर अमेरिका छिरेको म नेपाल फर्किए भने आफन्तले के भन्लान? साथीभाईले के सोच्लान्? अनि नेपालमा फर्केर गर्ने पो के? ‘होस्, काम गरेर मरिदैन। केही महिना गाह्रो होला, त्यसपछि त बानी परिहाल्छ नि’ मनमनै चित्त बुझाउँथे। घरपरिवारलाई समेत रेस्टुरेन्टमा काम गर्दैछु भनेर भन्न सकेको छैन मैले। ‘एउटा कम्पनीमा काम गर्छु, घण्टाको १० डलर मिल्छ’ भनेर ढाँटेको थिए मैले। रेस्टुरेन्टमा काम गर्दैछु भनेको खण्डमा मलाई परिवारले के भन्लान्? साथीभाईले कस्तो मूल्यांकन गर्लान् भन्ने ठूलो डरले मैले ढाँटे।
हुनतः यहाँ आउने सबै नेपाली चाहे डिभी परेर आएका किन नहुन् उनीहरुले सुरुमा काम गर्ने भनेको यस्तै रेस्टुरेन्टमै हो। भाग्यले साथ दिएको खण्डमा कसैले ग्याँस स्टेसन त कसैले स्टोरमा काम पाउलान्। तर त्यसमा काम गर्न कम्तिमा एक महिना सित्तैमा काम गरिदिनुपर्छ तालिमका नाममा। एक महिना सित्तैमा कसरी काम गर्नु? त्यसो हुादा होटलमा काम गर्ने भनेर कसैले गफ दिएपनि यथार्थतामा उनीहरुले भारतीय वा पाकिस्तानीकै रेस्टुरामा काम गरिरहेका हुन्छन्।
दुई बर्षका बीचमा मैले अमेरिकामा के र कस्तो चाँही दुख गरिन होला? मानिसको भोगाईनै सबैभन्दा ठूलो स्कूल हो, कलेज हो अनि विश्वविद्यालय पनि हो। सपना बोकेर अमेरिका छिरेको मैले यो बीचमा कानुनी वैधताका लागि वकिल लगाएर कागजपत्र बनाइपनि भ्याए, जसरी अरु आम नेपालीले गर्छन। अधिकांश नेपालीले गर्ने भनेको शरणार्थी (एसाइलम) आवेदननै हो। थोरैलेमात्र ‘एक्स्ट्रा अर्डिनरी’ प्रकृया गर्ने हुन्। एक्स्ट्रा अर्डिनरीका लागि समाजमा चिनिएको, कुनै क्षेत्रमा ख्याती कमाएको हुनुपर्छ। जो मसँग थिएन।
म यतिखेर परिवार सहित छु। म आएको झण्डै डेढ बर्षपछि परिवार आइपुगे यहाँ। जे सोचेर अमेरिका आएको थिए अहिलेपनि पुरा हुन सकेको छैन। किनकी हामी नेपालीसँग अमेरिकाको लागि चाहिने कुनै पनि शीप र क्षमता छैन। प्राविधिक रुपमा कुनै शीप हुने हो भने यहाँ मध्यमस्तरको जीवन विताउन गाह्रो छैन। कपाल काट्नेमात्र शीप कोहीसँग छ भने त्यसले राम्रैसँग आफ्नो परिवार पाल्नसक्छ, दुईचार जनालाई रोजगारी दिनसक्छ।
तर मोहन वलीजस्ता हजारौं नेपाली दलाललाई २५ देखि ३५ लाख रुपैयाँ बुझाएर यहाँ छिर्छन ज्यान जोखिममा पारेर। कोही विद्यार्थी भएर आउँछन् र कलेजै नटेकी काम खोज्न थाल्छन्। उनीहरु कुनै शीप सिक्दैनन्। अनि यहाँ आएपछि उही रेस्टुरेन्टमा जुठा भाँडा उठाउनेभन्दा अरु काम केही मिल्दैन। कतिले त महिनौसम्म पनि त्यही काम पनि पाउँदैनन्। दलाललाई तिरेको रकमको व्याजले आकाश छोइसकेको हुन्छ। परिवारले फोन गरेर साहुको धम्की सुनाउँछन्। अनि अमेरिकामा आइपुगेपछि पनि एकातिर काम मिल्दैन। अर्कातिर मिलिहाले पनि २५/३० लाख रुपैयाँ अनि त्यसको व्याज कहिले चुक्ता गरिसक्नु?
मेरो अमेरिकी अनुभवले के भन्छ भने दलाललाई मोटो रकम बुझाएर यो सपनाको दलदलमा आउँदै नआउनुस्। यहाँ बस्नेले समुद्री किनार, स्ट्याचु अफ लिवर्टी, टाइम्स स्क्वायर, गोल्डेनगेट, हलिउडमा बसेर खिचेको फोटोलाई देखेर मूल्यांकन नगर्नुहोला। किनकी हामीजस्ता शीप, दक्षता अनि अंग्रेजी भाषामा कमाण्ड नभएकालाई यो संसार निकै कठिन ठाउँ हो, स्वर्ग होइन नर्क हो शीप र भाषा नहुनेका लागि। यहाँ आएर डिप्रेसनमा परेर आत्महत्या गर्ने अवस्थामा पुग्नुभन्दा अघि एक पटक अमेरिका पुगेाभने मैले काम पाउनसक्छु? काम पाइन भनेपनि कति महिना खाली हात बस्नसक्छु? त्यति समयसम्मका लागि मलाई सहयोग गर्ने आफन्त, साथीभाई छन् कि छैनन्? अनि जस्तोसुकै काम पनि गर्छु भन्ने आाट हिम्मत लिनुभयो भनेमात्र अर्को गोलार्द्धको यो संसारमा टिक्न सकिन्छ। किनकी यो ठाउँ भनेको कसैले कसैलाई मतलब नराख्ने, अनि परिआउँदा आफन्तले समेत मुन्टो बटार्ने, चिनेको छैन भन्ने ठाउँ हो।
ट्वालेट सोर्छु, लगातार ८ घण्टासम्म लगातार उभिएरै काम गर्न सक्छु भन्ने आाट छ, हातमा कुनै शीप छ भने यो संसारमा टिकिन्छ। डिप्रेसनको शिकार हुनुपर्दैन। नत्र यो ठाउँ कहिल्यै पुरा नहुने सपनाको संसारमात्र होइन बनारसको लड्डुपनि हो। जसरी बनारसको लड्डु खानेपनि पछुताउँछ, खान नपाउने पनि पछुताउँछ। अमेरिका पनि यस्तै हो। जहाँ आइसकेका पनि पछुताएका छन् र आउन नपाएका पनि पछुताइरहेका छन्।
अमेरिका जसरी पनि आउने भुत चढेको छ कसैलाई भने कुनै न कुनै शीप सिकेर आउनुस। बरु कपालै काट्ने शीप भएपनि आफूसँग बोकेर आउनुभयो भने तपाईलाई यहाँ बाँच्न कुनै गाह्रो छैन। हातमा शीप नभएका, भाषामा कमाण्डिङ नभएका म जस्ताले काम गर्ने भनेको रेस्टुरेन्ट, कुनै स्टोर या ग्याँस स्टेशनमा मात्र हो। भाग्यले साथ दिइहाल्यो भने कुनै कम्पनीमा छिर्न पनि सकिन्छ। तर त्यो भनेको धेरैपछिको कुरा हुन्छ।
लेखकको कुरा ८०% कुरा पढें, बुझें I अरु साथीहरुले पनि होइन हो पिटिक्कै छोड्नु भएनछ! बि पोजिटिभ टू अल! चाहना, भावना बाझिएका छन्, यथार्थ देश छोडेपछिका हुन् ! मिलेनत?
केहि सुझाब –
(१) ३५ लाख तिरेर गैर कानुनी बाटो बाट अमेरिका आउदै न आउनु … कारण तपाई ऋण तिरेरे सक्नु हुन्
(२) राम्रो बेपार छ , कमाइ छ – डीबी भर्दै न भर्नु – पर्यो भने पनि सके सम्म न आउनु अमेरिका – तर तपाई संग जागर छ जस्तो कम पनि गरुला, मेहनत गरुला र प्रगति गरुला भने अमेरिका पसे हुन्छ, सुरुका केहि बर्ष दुख भंये पनि केहिले आफनै बेपार पनि सुरु गरेका छन् |
(३) सेमिनार वा अरु खाले भिसा मा आउने र लुकेर पैसा कमौला भन्ने सपना न देखे हुन्छ – केहि ले मात्र सरनार्थी बनेर GC पेपर बनाउन सक्छन – तेसो सकियो भने केहि राहत हुन्छ … तर मेहनत गर्न्नै पर्छ सबै लै – राता रात धनि बन्ने भने होइन |
(४) तपाई पढ्न, RA , TA वा कुनै छात्र ब्रती मा आउदै हुनहुन्छ भने तपाई लै स्वागत छ … तर मन मा के रखुनु होस् भने पैसा जति आउछ तेती नै खर्च हुन्छ … तर पढी सकेपछि एक-दुइ बर्ष सबन्धित छेत्र मा काम गर्न आनुमति दिने भएको ले बिस्तारै एती बसी सर्ने मेसो मिलन सक्छ … तर सोचे जस्तो सबै सजिलो छैन |
(५) आफ्नो निजि खर्छ मा bachlor सकेसम् न आउनुहोस … सारै दुख हुन्छ सबै ले पढाई सक्छन भन्ने पनि छैन |
अमेरिका सोर्ग होइन , विकास को कारण ले अमेरिका सोर्ग हो भने नेपाल पनि हाम्रो लागि सोर्ग हो प्रकृति को कारण ले , जन्म भुमि को कारण ले !!
मानव जीवन र कुनै पनि मुलुकको इतिहासमा बसाई सराई कुनै नौलो होइन| एक ठाउँमा प्रगति गर्न नसकेको बेलामा मेहनती र उद्यमीलाई नौलो ठाउँ फापेको पनि देखिएको छ|
अमेरिकामा बस्नेमा तपाई तपसिलका कुनै पनि श्रेणीमा पर्नु हुन्न भने ढुक्क रहनुस|
क. नक्कली पीडित बनेर एसाइलम ठोकेर बस्ने
ख. अध्ययन गर्न आउने र लम्ब्याएर अमेरिकामा बस्या बस्यै गरने (यो चाहि जसले सरकारी वा बिश्वबिद्यालयको जागिर खाएर छात्रवृत्ति वा कुनै सरकारले सिफारिश गरेको माध्यम बनाएर नेपालमा जागिर जागै राख्नेहरु र पेन्सन उपादान पकाउने हरुलाई भनिएको हो|
ग. छोटो अवधिका लागि नेपालमा जनशक्तिको बिकाशका लागि भनेर सरकार वा एनजीओ बाट स्पन्सर वा फ़नडिङ्ग लिएर सेमिनार तालिममा अमेरिका गएर गुमशुदा हुने र पछि टाउको उठाउने
अरु पनि श्रेणी थाहा भए उल्लेख गर्नुहोला| यस्ताहरुलाई कुनै सहानुभूति र दया गर्न पर्ने आवश्यकता छैन, जब सम्म उनीहरु आफैले प्रायश्चित गरेर सुचित गराउदैनन|
यस्तैहरुको (क, ख र ग) एउटा ठुलो जमातले अमेरिका र क्यानाडामा एन आर एन र दोहोरो नागरिकता अनि आफु बसेको देशको होइन नेपालको राजनीति गरिरहेका छन् भन्ने पढेको थिए|
व्यक्तिगत खर्चले जसले जे जति गरे अनि जँहा गए पनि खुशी| कसैलाई चीलाई न कनाई हुनपर्ने|
उक्त ब्लगका लेखकले झैं आफुले भोगेका र मनमा लागेका दुख सुखको अनुभव बाँड्दा अरुलाई पनि फायदा नै हुनेछ|
त्यो भारतीय को रेस्टुरेन्ट नभएको भए मुख मा माड पनि लाग्दैन थियो होला. तर तिनै भारतीय हरु मध्येको (दक्षिण भारतीय) एक जना लाई चै “मेरो ठाउँ तेही धोति केटाले लिएछ” रे. यस्तै संकीर्ण मानसिकता बोकेका नेपाली ले तराई का नेपाली लाई धोति भनेर गालि गर्छन. अ रे मुर्ख हो, धोति त नेपाली ले पनि लाउछन, बाहुन हरु ले वर्तमन गर्दा, पुजा गर्दा धोति नै त लाउछन. त के तिनी नेपाली हरु लाई पनि धोति भनेर गाली गर्ने त?
यो बहस मा अलिकति कुरा थप्न मन लाग्यो ।नेपाल मा करोडौं को सम्पति र सान को जिन्दगि भएका र विभिन्न गोष्ठी सेमिनार अनि छोरा छोरि को Graduation को बहाना मा अमेरिका छिर्ने हैसियत भएका हरु कुनै बहाना मा अमेरिका पस्ने अनि जस्ले जिन्दगि मा माओबादी देखेन होला उस्ले माओबादी पिडित को किर्ते काजग बनाएर सरनार्थी भिसा आबेदन दिएर कागज बनाउने मानिस हरु मैले यहाँ हजारौ देखे । प्राय नेपाली आप्रबासी ओकिल हरु को पेशा पनि यसैमा टिकेको रैछ। डिभी परेका र बिधार्थी बाहेक अमेरिका बसाई गर्ने ९० प्रतिशत मानिस हरु सबै को कहानी यहि सरणार्थी भिसा संग जोडिएको मैले देखे।पचासौ लाख खर्च गरेर बच्चा अमेरिका पढाउन सक्ने, दशौ लाख लएर फी तिरेर दोन्द पिडित को नाटक मन्चन गर्न सक्ने कसरि माओबादी पिडित?? वास्तविक माओबादी पिडित ले त्यहाँ १०० रुपैया को राहत पाउदैनन तिनै को नाम बेचेर यता चाई सरन देउ हजुर भनेर अमेरिकन सरकार संग लम्पसार पर्ने अनि उता चाई परिवार नै अमेरिका बिजनेस भिसा मा गको तुरुन्त ग्रीनकार्ड दियो भनेर छिमेकि लाई सान देखाउने र उल्टै विभिन्न पार्टी को नाम मा संगठन खोलेर अमेरिका मा राजनीति सम्म गर्ने ! जति कुरा गर्यो उति आफै लाई सरम लगेर आउछ।बास्तबमा उता नेपाल डुबाएर सत्यनास बनाए अब तिनैले यता सुरु गर्दैछन ।
Please attach your story in this article: Who, how, when and where you had problems during insurgency…. Do you have courage? You are indirectly teaching your children on how to make fake story to survive and now you are still complaining…you deserve each and every bad things exists in this world in your life!!!! Sorry I just can say GOD bless you.
“म यतिखेर परिवार सहित छु। म आएको झण्डै डेढ बर्षपछि परिवार आइपुगे यहाँ। ”
अब यो कसरि गर्नु भयो ? सबै तरिका को वृतान्त लेख्नु भएको भय धेरै लाइ फाइदा हुन्थ्यो होला !
म पनि क्यानाडा जाने सोचमा छु , आखिर अमेरिकामा येत्रो दुख भएको कुरा गरे मित्र ले , के हो त त्यस्तो जसले उतै बाँधेर राखेको छ , किन नेपाल न फर्केका ?
जो मान्छे Dv पररे र आये क छन् तिनी हरु ले यो लेवेल मा कम गर्न पर्दैन.
उनि हरु ले जहाँ पनि कम गर्न सक्छन .जो illigal छन् तिन लै नै यौ पिडा हो .
कसरि १.५ येअर्स मा GC आयो त्यो पो लेखे हुन्थ्यो अरु लाइ काम लाग्थ्यो नि !
म्याकडोनाल्डको बर्गर खाएको इमान्दार आत्मा स्वीकृति मान्नै पर्छ| धेरैले ढाँटछन् तर तपाईले खुल्ला रुपमा लेख्नुभएछ| यो पनि नंया उपलब्धि नै हो|
आउनुस साथि नेपाल फर्कनुस. यहाँ सानो तिनो व्यवसाय गरेर राम्रै कमाई गरिरहेको मान्छे किन त्यहाँ बसी रहनु हुन्छ. आँफु चाहिं गएर बस्ने अनि अरुलाई चाहिं नआऊ भन्न अलि सुहाउदैन . यता पनि अलि अलि कमाई भएको मान्छे अमेरिका गएर दुख पाएँ भनेर फर्किएर आएर एस्तो लेख लेखे सहि कुरा लेख्यो भन्न सकिन्छ नत्र नाटक गर्यो भन्ने बुझिन्छ .
हैन मैले नबुझ्या कुरा, किन होला जो पनि मरिहत्ते गरेर विदेश जाने अनि यहाँ दुख छ तिमि हरु नआऊ भन्ने ? विदेश मा बस्ने हरुले एस्तो नभन्दा नै राम्रो हुन्छ जस्तो लग्छ मलाई त. जुन दिन नेपाल मा भन्दा धेरै मेहेनत गरेर नेपाल मा भन्दा धेरै नै आम्दानि गरे पनि Quality of Life नभएको अनुभव हुन्छ त्यो दिन बाट नेपाल बाट अमेरिका लाग्ने को संख्या कम हुने मात्र हैनकी अमेरिका को citizenship लिसकेका हरु पनि नेपाल फ़र्कि हाल्छन नि . तपाईं ले अर्ति दि राख्नै पर्दैन.
अर्ति दिने हरु (नेपाल मा राम्रै सम्पति भएका हरुलाई मात्र ) लाई अर्को प्रश्न… तपाईं हरु लाई नेपाल फर्कन के ले रोकेको हो त ?
धेरै राम्रो लेख हो , अमेरिका को भूत चढेको मान्छे हरु ले पदनै पर्ने लेख हो . यो लेख ले भन्न खोजे को कुरा America को लागि मात्रै होइन अरु अरु देश को लागि पनि हो .
के सिकाइ रहेको होला? आफै अबैधानिक तरिकाले बसेर नेपालीहरुको नैतिकता गिराएर…झुटो परमाण पेश गरेर…नेपालीहरुको बेइज्जत गरेर….नैतिकताको पाठ पढाउने? कसैले यो साइटमा लेखेको कुरालाई अंग्रेजीमा उल्था गरेर अमेरिकी सरकारलाई बुजाई दियो भने देश निकाला हुन बेर छैन…
नेपाल मा गफ गरेर र ठगेर खाने बानि परेका हरु लाइ यो जेल जस्तो ठाउँ हो। उनिहरुको लागि अमेरिका को डलर कमाउन ठुलो सजाय भोग्नु सरह छ। काम को इज्जत हुन्छ यहाँ, सिप हुने हरु सबै को लागि बराबर रोजगारी को अवसर छ। यहाँ आफ्नो योग्यता र क्षमता अनुसार को काम पाउने हो, कुनै नेताको आफन्त हुदैमा र कसैको चाकडि गर्दैमा राम्रो जागीर पाइन्छ भनेर नसोचे हुन्छ। हरेक कुरा सिस्टम मा चलेको छ। क्षमता छैन भने बाउ ले छोरा लाई पनी जागीर दिदैन। यहाँ कुनै मनि प्लान्ट छैन , आफैले त्यसको आधार तयार पार्ने हो।
हरेक दिन काम १००% भएन भने जागीर सुरक्षित हुदैन। मिठो बोल्न कंजुस गर्ने हरु लाई धेरै गारो पर्छ। काम पाउने नपाउने भनेको आफु सँग के शिप छ र कस्तो काम गर्न सक्छु भन्ने कुराले निर्धारण गर्छ।
धेरै ले नयाँ आउने नेपाली हरुलाई राम्रो ठाऊँ मा कोशिस गर्न दिदैनन। मलाई नै यहाँ का पुराना नेपाली हरुले ब्यांक मा काम को लागि अप्लाई गर्नु पर्यो भन्दा हामी जस्तो लाइ दिदैन नगर्दा पनी हुन्छ भनेर भड़काएका थिये तर मैले अरुको सुनिन र कोशिस गरे र काम पाएँ। मैले काम पाये पछि ए हुदो रछ है भनेर नाक खुंच्यौने हरु पनि भेटिए।
मेरो सल्लाह अरुको नसुन्नुस् आफ्नो सुन्नुस जस्तो सुकै परिस्थिति मा म जे जस्तो काम पनि गर्न तयार छु भन्ने आत्मबिश्वास हुने हरुको लागि काम को अभाब छैन। रह्यो आत्महत्या को कुरा , नेपाल मा पनी प्रशस्त ले गरेका छन्।
कस्तो हावादारी लेख /पढ्दै पनि घिन लाग्ने जस्तो/हामी नेपालीहरुका चेलीहरु खाडी मुलुकमा गएर कुन पिडा बोकेका छन/युवाहरुले कुन पिडा भोगेका छन/सबैका सामाने छ/यदि स्वदेशमै अवसर भएको भए कोहि पनि परदेशमा रोजगारीको लागि पक्कै पनि जाने नै थिएनन /देशमा रोग भोक,बेरोजगारी भएकोले नै रोजगारीका लागि बिदेश लाग्ने हो/रहरले को लाग्छ र?आजकल अमेरिकाका बारेमा खुब समाचार आउछ/यस्तो उस्तो काम गर्नु पर्ने ,बसी खान नपाउने /वा नेपाली चरित्र?,यसैमा हाम्रो असलियत झल्किन्छ/अमेरिकामा हाम्रो बाबु आमा बसेका छन कि अथवा सशुराली,मावली हो अमेरिका ?न शिप ,न भाषा ?अनि काम नगरेर बसीबसी घिच्न पाइने त्यहा हाम्रो घर खेत छ र?यस्तै दरिद्र सोच र मानसिकताले हाम्रो देश उभो लाग्न नसकेको हो/पहिला काम र पसिनालाई सम्मान गरौ ,परिश्रम गरौ ,अनि देश बन्छ//अमेरिकामा काम संग मतलब हुन्छ /कोहि पनि बेरोजगार भएर बस्ने चाहदैनन्/बेरोजगारले बेरोजगार भत्ता पाउने ब्यबस्था भए पनि यस्तो भत्ता थाप्न जानु बेज्जती सम्झन्छन यहाका नागरिक /यस्तो काम र उस्तो काम भनेर कसैलाई वा कसैको कामलाई होच्याउन,घृणा गर्नु कानुनि अपराध हो/अपहेलना मुदा लाग्छ/महिनाको १०००० का लागि बिदेशिनु पर्ने र रेमिटेन कै भरमा देश चल्नु पर्ने हाम्रो अबस्थामा अमेरिकामा बस्ने शिप बिहिन नेपालीले पनि सामान्य भन्दा सामान्य काम गरेरै बाताबरण अनुकूलित घरमा बस्छन/गाडी चढछन /त्यहि स्तरको खाना खान पाउछन,राम्रै कमाउछ्न/एक दुइ जनाले बाटो बिराउछ्न ,काम नगरी दुख पाउछन त यसको जवाफदेही को हुने?के अमेरिका कसैको मावली ,सशुराली वा आमा बुबाको घर हो र ?बुबा आमाको घर नै भए पनि अमेरिकन बा आमाको घर भनेर बेरोजगार बस्दैनन्/आफ्नो औकात,क्षेमता र बुद्धिले भेटेको काम गरि हाल्छन/किन हामी नेपालीहरु श्रम र पशिनालाई प्रोत्साहित गर्नुको साटो निरुत्साहित गर्छौ ,के यो दरिद्र मानसिकता भएन र ?
Dear Nepali Dreamer
I want to request you all of those who earn 50000 Nepalese rupees monthly don’t think to move from Nepal.Try to do more work or business but forget America, Australia and Europe.All this place are hell for those people who have good life style in Nepal.But those who want to go to Arab and Malaysia .For them those place are perfect.I came to the USA in student visa getting 75% scholarship of my fee and living cost paid by university, rest i have to pay myself. when i saw Nepalese people with dark circle in eyes ,tired and artificial happiness in their face.I feel very emotional upon them. and ask their introduction what are their profession in Nepal and they say administrator,banker,lawyer,business man.Than i say why you stay here without goal.Money can be earn in Nepal too. May be your friend who live in Nepal earn more than you.Than they feel very depressed.Those who lives without happiness don’t live here go back to country.Look at me i am going back after June when my graduation complete i said,But they never believe on me .why because they want to live with there dream which will never be accomplished, same thing they think i also do.At last every one came here by sitting in airplane seat and returning in coffin box or packet of ash in jar to throw in bagmati . Only the difference going back to Nepal is whether in coffin box or jar either.Now think yourself which one is you prefer
अमेरिका मा कपाल काट्न लै यहाँ को institute मा तालिम लिएर certificate लिनु पर्छ. त्येसको लागि at least $२०,००० लाग्छ. त्यसै छ कि क हो?? सेमिनार मा आउने, अनि लुकेर कम गर्ने, कसले दिन्छ त कुर्सि मा बसेर गर्ने काम.. कानूनी रुप मा पनि आफु तल परे पछि अरुले फाइदा त उठाउने नै भए नि. (जस्तै इन्डियन साहु) कानूनी रुप मा restaurant मै काम गर्दा पनि २ घण्टा पछि १५ mins ब्रेअक अनि ४ घण्टा मा ३० minuts lunch फेरी २ घण्टा मा १५ mins ब्रेअक पाउनु हुन्छ. ८ घण्टा काम गरे पछि तपाई को शिफ्ट सकियो, त्यो भन्दा बडी काम लाउने हो भने overtime pay पाउनु हुन्छ जुन चै १.५ times हुन्छ. आफु चोरी चोरी अर्का को मा गएर काम गर्ने अनि complain पनि|
साथीहरुले सायद लेखक को भनाइ लाइ अलि अर्कै ढंगले बुझ्नुभो जस्तो छ. आफै अमेरिकामा परिवारसहित सेटल्ड भएर बसेको भनेर प्रस्ट खुलाइसकेपछि पाठकहरुलाई ‘ अमेरिका न जाउ है भाइ हो याँहा दुख सिबाय केइ छैन’ भनेर हावा कुरा गर्न त यो लेख उनले पक्कै लेखेनन् होला.
उनले आफ्नो दुख पाको कुरा नलुकाई वृतान्त रूपमा खुलस्त पारेका छन् र ति दुखले उनलाई दिएको पीडाको कारण पनि प्रस्ट पारेका छन्. अमेरिकामा आउने हरेक नेपालीले दुख त पक्कै गरेको हुन्छ, दुखको इण्टेन्सिटि र किसिम फरक भएपनि. कसैमा यी दुखलाई हल्का रूपमा लिन सक्ने क्षमता होला, कसैमा कम; तर धेरै जसो नेपालीहरुले दुख भएपनि जसो तसो समय अनुसार त्यो दुखमा कसरि आडाप्त गर्ने र आफ्नो लागि उपयुक्त जीवनशैली निर्माण गर्ने जानिसकेका हुन्छन. तर यी मध्ये पनि लेखकले उल्लेख गर्या जस्तो ऋण काढेर, 20 २५ लाख खर्च गरेर, इल्लिगल बाटो समातेर अनि अंग्रेजी र सिप पनि नभएकाहरुले पहिले नै यस्तो हुन सक्छ है भन्ने कल्पना नगरी दलाल ले बुनाइदेको सपना लिएर आउँदा डिप्रेशनको सिकार भएको केसहरु पनि भएको कारणले आफ्नो भोगाइ लाइ समेटेर एउटा सल्लाह दिने जमर्को गरेको जस्तो लाग्यो.
त्यसमाथि लेखकले प्रस्टै भनेका छन् नि कुनै सिप सिकेर आए कमसेकम कपाल काट्न भए नि सिकेर आए सिप नसिकेको जस्तो गारो हुन्न.
बाकि रह्यो नेपालमा बाबुसाहेब पल्केकाहरु भन्ने कुरा मलाइ लाग्छ हाम्रो सामाजिक संरचना नै यसको दोषी हो . मेरो भर्खर एउट साथि संग कुरा भा थ्यो उसको काम गर्ने ठाउमा एउटा फ्रेन्च केटो आउछ जो टेक्नोलोजी सम्बन्धि राम्रै बिषय पढ्दै छ र उसको पैसा नि आउछ रे तर पनि उ छुट्टी को बेला त्यहा मेनियल काम गर्न आउछ ( उचाल्ने, पछार्ने). किन भन्दा यहाँको मानिसमा काम गरेर सानो भइन्छ भन्ने सोचाइ छैन. तर
यदि कोइ अमेरिका मा बसेको नेपालि फर्केर नेपाल गयो भने उसले त्यहाँ काम नपाए पनि अमेरिकामा गर्ने जस्तो काम नेपालमा गर्दैन. बरु १ २ वर्ष खालि बस्नु परोस. मानम कुनै बिषयमा स्नातकोत्तर गरेको बिद्यार्थी छ, अमेरिका हुँदा उसले मास्टर्स गरुन्जेल जस्तो काम गरेपनि उ डिग्री लिएर नेपाल नै फर्क्यो भने उसको डिग्री अनुसारको काम नपाउञ्जेल उसले उता गर्य जस्तो काम गर्दैन. टोइलेट सफा गर्ने आदि त परको कुरा भो राम्रै रेस्टुरेन्ट मा वेटर को काम वा भ्हाट्भटेनि मा क्यशियर को काम पाए नि उसले गर्ने सम्भावना थोरै छ. किन त? यहाँ लजिक केइ छैन. मात्र ‘ जहाँ गएपनि मन त नेपालि हो’
तपाई को अनुभब रमाइलो लाग्यो , तर एउटा कुरा . मा त्यो अभागी होइन जो मेक्सिको बटा आए तर क देखेयो भनि तपाई पनि सरनार्थी नै हुन आउनु भएको रहेछ , यो कुरा प्रस्ट छ , सबै ले तपैले जस्तै रेस्टुराँ मा तेस्तो काम गर्दैनन् , गास स्टेशन मा सधै सबै पेस्तोल लेयर लुट्न आउदैनन , सबै नेपाली देप्रेस्सिओन को सिकार पनि हुदैनन् , पढे का मान्छे लै अवशर छ यहाँ . स्किल भाका लै अवशर छ यहाँ .दुख का साथ भन्नुन पर्छ यो लेख लेखेक ले तपिकस को मानो भवन बुझेर भन्दा पनि आफ्नो दुनो सोझ्यौना लै लेखेको हो भन्ने प्रस्ट हुन्छा ,किन भनि आफ्नो विवरण स्पस्ट परेर लेखेको छ
“म त्यो अभागी भने होइन जसले लाखौं रुपैयाँ दलालको हातमा राखेर ज्यान जोखिममा पारेर, अनि महिनौ जंगलमा रात बिताउँदै मेक्सिकोहुादै अमेरिका छिर्नुपर्यो। म नेपालको कहिल्यै नसुध्रने फोहोरी राजनीति, अनि व्यबसायमा सफल हुनलाग्दा धेरैले आाखा लगाउँदै चन्दा माग्नेदेखि लिएर ज्यानै मार्ने धम्कीबाट आजित भएर यतातिर भासिएको व्यक्ति हु”
सरनार्थी बन्न लै राम्रो कथा हो , सुप्पोर्तिंग दोचुमेंट हुन्छा
कसिलाई कम नपाएको कसैलाई कम धेरै भएर कम गर्ने मान्छे कम भएर गारो भएको यो ठाउँ
बर्सैभारी कोलोराडोमा रेतैल स्तोरेमा काम गर्नः कोहि इच्छुक छ काम नपाएको नेपाली भने मलाई सम्पर्क रखानुस मा २ जनाली काम दिन सक्छु उचित परिसर्मिक को साथ्
धन्यबाद
तपाई को संपर्क नंबर उपलब्ध गराई दिनु होला, म सँग २ महीना देखि यहाँ आएर काम को खोजीमा रहनु भएका नेपाल का भूतपुर्ब बाक्सिंग खेलाडी हुनुहुन्छ। नेपाल को लागि धेरै वटा अंतरास्ट्रीय गेम जितेर राष्ट्रीय झण्डा को इज्जत राखेको मान्छे कोलोराडो मा काम नपाएर तडपी रहनु भएको छ।
you can give me all details and contact number on my email address.
thank you
Macdonald मा $ 8 को burger अनि Starbucks मा $ 3 को Coffee खान्थे रे काम खोज्ने सिलसिलामा 🙂 कति गफ दिन सक्या होला, यो भन्दा तल पढ्ने आट आएन मलाई त 🙂 🙂
जानकारीमूलक लेखको लागि धन्यवाद । यहाँले इमान्दारितापूर्वक आफूले भोगेका दुख सुख राख्नुभएको छ र केही सीप सिकेर विदेश छिर्नुपर्ने सन्देश दिनुभएको छ त्यो अत्यन्त महत्वपूर्ण छ । नेपालमा कामलाई जातपातसँग लगेर जोडिदिएको छ र छुत अछुतको व्यवहार गरिन्छ । ट्वाइलेट सफा गरियो भने च्यामे वा पोडे भन्ला भन्ने डर । जुत्ता सिलायो भने सार्की भनेर हेप्ला भन्ने डर । कपडा सिलायो भने दमाई भन्ला भन्ने डर । भाँडाकुँडाको काम गर्ने भने कामी भन्ला भन्ने डर । यस्तो खालको मूल्य र संस्कारमा नेपालीहरु हुर्केको हुन्छ । जबकि अमेरिका युरोपमा सबै कामको सम्मान हुन्छ । तर नेपालीहरु जुन सामाजिक मूल्य मान्यतामा हुर्क्यो त्यसले यस्तो काम एक्कासी गर्नुपर्दा स्वाभिमानमा धक्का लागेको महसूस गर्छ । युरोपतिर कस्ता कस्ता लक्का जवानहरु चुरोटको ठूटा टिप्ने काम गरेको देख्दा लाग्छ नेपाली युवाहरुले नेपालमा दुख भनेको खासै महसूस गरेकै हुँदैनन् । अनि ठूल्ठूला सपना बोकेर अमेरिका पुग्ने तर हण्डर खाने बानी नपरेकोले अलिकति दुख हुनासाथ आत्महत्याको बाटो रोज्नु नै अन्तिम विकल्प ठान्छन् जुन नितान्त गलत हो ।
अनि कता कता मलाई चित्तै बुझ्दैन
आफ्नो देसमा जुवा तास खेल्दै हल्लेर हिड्ने, कसैले काम को बारेमा सोद्धा अरुको आधिनामा काम गर्छु म भन्ने ,अनि बिदेशमा गएर लगातार दिनको ८ देखि १० घण्टा दाया बाया नगरी काम गर्न चाही खुशी हुने
अनि भन्ने आफ्नो देशमा त रोजगार नै छैन
अनि कता कता मलाई चित्तै बुझ्दैन |
विदेश मा २ लाख को घर किन्दा पहिला बत्ति ,पानी ,फोहोर फाल्ने ठाउँ अनि घरको लाग्ने कर पहिला तिर्दा पनी ठिक मान्ने, एउटा केरा को बोक्रा पनी बाहिर नफ्याकी खल्ती मा राख्ने, तर आफ्नो देश मा करोडौ को घर किन्दा लाग्ने कर छल्न खोज्ने ,पानि ,बत्तिको लाग्ने कर नतिर्न खोज्ने र फोहोर फाल्ने र पानि को निकाश को त कुरै नगरी जथाभाबी फयाकी दिने , एउटा सानो चक्लेटको खोल समेत बाटोमा फ्याक्ने
अनि भन्छन आफ़्नोदेश मा त जता ततै हिलो र फोहोर मात्र छ र सरकार बाट कुनै सुबिधा र सिस्टम नै छैन
अनि कता कता मलाई चित्तै बुझ्दैन ||
आफ्नो देश मा गाडी चड्दा साधारण लाग्ने भाडा पनी तिर्न आन्कनौने अनि आफु तन्दुरुस्त भएर पनी उभिरहे को बिमारी र महिला लाई सिटमा बस्न नदिने ,
अनि बिदेसमा आफुले कमाएको एक चौथाई रकम गाडीमा तिर्न पनी खुशी हुने अनि आफु असक्त भएर गाडीमा उभिदा कसैलाई छोइयो भने माफ पाऊ भन्ने ,
अनि भन्छन आफ़्नोदेश मा त सुबिधा अनि सिष्टाचार नै छैन
अनि कता कता मलाई चित्तै बुझ्दैन |||
विदेश को नागरिता लिदा हजारौ मानिसको आगाडी कसम खाएर मत को आधिकार प्रयोग भनि एउटा पार्टी को सदस्य लिने , अनि आफ्नो देशमा हजारौ नेता हरुको गुलाम गर्दै लोकतन्त्र को अधिकार भन्दै विभिन्न पार्टी मा सामेल हुने
अनि भन्छन आफ्नो देश मा त राजनीति स्थिरता नै छैन ,
अनि कता कता मलाई चित्तै बुझ्दैन ,फेरि किन हो किन मलाई चित्तै बुझ्दैन ||||
हो कुनै पनी बस्तु नपाउदा र गुमाउदा बढी मुल्येवान तेसैको परिणाम हो यो |
आफुत नेपालमा ट्याक्सी चलाएर गुजार गर्ने मान्छे । साउदीमा गाडी चलाउने भिसा मिलाई दिन्छु भनेर एउटा साथी भनौदोले दिन रात नभनी कमाएको करिब पचास हजार रुपैया पनि पचाईदियो । साउदी जान त भाग्यले साथ दिएन भने अमेरिका बेलायत जस्ता गोराहरुको देशको भुत देखि डराउनु पर्ने आवश्यकता छैन । फेरी त्यहाँको भुतले तर्सायो भनेपनि अंग्रजी भाषामा तर्साउछ रे ! मैले अंग्रजी राम्रोसँग बुज्दिन हेरौं के भनेर तर्साउदो रहेछ ।
While i was reading,my past experience came to my mind.your experience is very much similar to mine.I spend my 10 years in norway. In 2009 i came back to nepal and now i am running my own business here.I work 10 to 12 hours a day,i learned not to scare of hard work.they have developed their country because they work hard.In our society we work hard only if there is no choice.
सुखले बसेको मान्छे दुख पाएपछि Nepal फर्केर फेरी दर्जनौलाइ काम दिएर आफ्नो अनुभव भनेको भए पो हुन्थ्यो …डेड बर्षमा नै परिवार लग्न सक्नु भयेछ… अरु के चाहियो.. बरु America मा धेरै संस्थाहरु छन् ..राजनीति खुब हुन्छ …. नेतासग बसेको फोटो हाल्छन..दिनरात कलाकार बोलौछन… बरु येस्सो depression भएको मान्छेहरु को लागि counciling गर्ने, काम को लागि idea दिन संस्था खोल्न सकिन्छ होला नि …कि माई संसार मा मात्रै चर्चित हुने ……एस्तो अनुभव दिनदिनै आउछन online पत्रिकामा ..
By the way; it’s अर्विंग not इर्भिंग… In Dallas Texas .. 🙂
तपाइंलाई बुझे पुगेन? तेसो भए नेपाल को सबै भन्दा ठुलो जिल्लाको नाम डोल्पा हो कि डोल्पो हो? नेपाल को राजधानी काठमान्डू हो कि क्याटमाण्डु ?
इंग्लिश निक्कै दह्रो जान्नु भा रैछ यो दिदीले .
खै अमेरिका आएको सबै ले दुख pahucha भन्ने त छैन नि. अलिक बुध्ही पुर्यायो भन्ने राम्रो ठाउँ म नि पुग्न सकिन्छा. दुख त गर्ने पर्यो नि. दुख नगरी त कता बाट सुख आउच. आज भन्दा ७/८ वर्ष अघि म पनि अमेरिका आए. आएर बाहिर रेस्तौरांत तिर येसरी नै काम गरे. चार वर्ष सम्म सारै दुखै गरेर पढे तेस्पछि मैले इन्तेर्न्शिप हरु गरेर सानो अफिस मा काम गरे. त्येह पनि दुख नै गेरर मेहनत garera त्येस्पची मैले अर्को राम्रो काम पाए. अहिले एउटा बैंक मा अफिसर लेबेल मा काम गर्छु. पैसा ठिकै छ, जिन्दगि चल्ने, खान लौन पुग्ने. त्यै हो आतिना हुदैन, दुखमा सुख मा मात्तिनु पनि भएन. आफु मा पनि विश्वास गर्नु पर्छ मित्र हरु. हरेश खाएपछि त जिन्दगि भेर्थ्यामा जान्छा
नेपालको बारेमा जसको लेख पढेपनि, अमेरिकमा गएर “रेस्टुरेन्टमा काम गर्नु परेको”, “जुठो भाडा माझ्नु परेको” दुखेसो मात्रै सुनिन्छा. येहा धेरै जसो अमेरिकनहरुले पनि येही काम बाट आफ्नो career सुरु गरेका हुन्छन. १८ वर्ष भएपछी बाबु-आमाको घर छोडेर आफ्नो लागि पढने , खाने, बस्ने सबै आफै कमाएर गर्ने हो. अब १२ क्लास पास गरेर त उनीहरुले पनि पाउदैनन professional job मैले कहिले पनि उनीहरुले एस्तो सानो काम गर्नु पर्यो भनेर गुनासो गरेको सुनिन, येहा college पढ्दा. अमेरिका एउटा’पुन्जिबादी” देश हो. सबैले इमान्दारिताका साथ् दुखः गरेका हुन्छन. बरु मैले हाम्रै कतिपय नेपालीहरुले Tax छल्नलाई work permit भएर पनि इन्डियन हरुको रेस्टुरेन्टमा cash मा काम गरेको देखेको छु. जसले गर्दा low – income देखाएर फूड-स्टाम्प र free medical benifit लिरहेका हुन्छन, अझ बर्समा १ चोटी परिवार हुनेहरुले tax return र अरु के के allowances गरेर $८०००-$१०००० सम्म पनि लिरहेका हुन्छन. Tax छल्ने नेपाली हरु र येहा का तेतिनै कमाउने तर tax तिर्ने अमेरिकनहरूको जिवान स्तर हेर्नु भयो भने आकाश, जमिनको फरक पाउनु हुन्छा. येहा कुन छेत्रको मान्छेहरुलाई दुखः छैन र? येहा सबै भन्दा $३५००-$४५०० हुने कम्तिमा ४ जनाको परिवार हुने middle class को परिवारलाई सबै भन्दा गार्हो देख्छु मा त. Ph .d सकेर postdoc को job गर्ने बक्ति को कमाइ तेही range भित्र पर्छ . उनीहरुको कामको load , labor work गर्नेहरुको भन्दा बढी हुन्छा भने tax तिर्दा, सबै परिवारलाई medical insurance किन्दाउनीहरुको कत्ति पनि बचत हुदैन, शारीरिक र मानसिक दुवै मेहेनत गर्नु पर्छ. बरु लेखकहरुले अमेरिकामा सानो ठुलो कामको भेदभाब नहुने, सबैले सबै काम को आदर गर्ने र सरकारप्रति इमान्दार भएर tax तिरेर काम गर्ने भएर देश बिकाश भएको रहेछ भनेर पो सकारात्मक प्रभाब पारिदिनु पर्छ. सबै भन्दा पहिला नेपालीहरुले सबै काम र काम गर्ने लाई सम्मान गर्ने र म नेपाल हुदा एस्तो थिए उस्तो थिए भन्ने फुर्ति लगाउन छोड्नु पर्छ. मेरो बिचारमा अमेरिकनहरू काम को साथ साथै मनोरंजन पनि गरेर जीवन सन्तुलित बनाउछन.हामी नेपाली चै पैसा बटुल्ने मात्र ध्यान भएको monotonous lifestyle होला धेरै depression को सिकार बन्नु परेको!
मैले lower middle class को income र postdoctoral position को salary बार्षिक $३५०००-$४५००० सम्म हुन्छा भन्न खोज्याथिये तर $३५००-$४५०० भयेछ.
श्रुति जी यहाँ भएका कमेण्ट्स मा मलाई तपाईको कमेण्ट्स यति चित्त बुझ्दो र सटिक लाग्यो कि म तपाईको लोजिकल रिप्लाईको कायल भए कसम (येहा धेरै जसो अमेरिकनहरुले पनि येही काम बाट आफ्नो career सुरु गरेका हुन्छन. १८ वर्ष भएपछी बाबु-आमाको घर छोडेर आफ्नो लागि पढने , खाने, बस्ने सबै आफै कमाएर गर्ने हो. अब १२ क्लास पास गरेर त उनीहरुले पनि पाउदैनन professional job मैले कहिले पनि उनीहरुले एस्तो सानो काम गर्नु पर्यो भनेर गुनासो गरेको सुनिन) म अमेरिका बस्ने मानिसहरुको श्याल रुवाई “भाँडा मोल्ने भाँडा मोल्ने” सुनेर अमेरिका नजाने सोची रहेको थिएँ तर तपाईंको कमेन्ट पढेर त झन् आँट आयो । तपाईलाई मुरी मुरी धन्यवाद ।
लेखक ज्यु के नेपालमा चाहिँ रेस्टुरेन्टमा काम गर्ने हरुले भाँडा मोल्न पर्दैन कि क्या हो कि एकपटक खाना खाने अनि फ्याँक्ने हो ? आफ्नो देशमा मात्र श्रम खर्च गर्नु पर्छ भन्ने होइन ग्लोबलाईजेसनको युग छ ईन्डियनहरु पुर्तगालमा खेतिमा काम गरिरहेका छन भने पुर्तुगालिहरु युकेमा पेन्टिङ गरिरहेका छन् बृटिसहरु युएसमा ट्रकबाट सामान लोड अन्लोड गरिरहेका छन् भने अमेरिकन हरु क्यानाडामा ड्राभिङ गरिरहेका छन् क्यानेडियनहरु चाईनामा गाई काट्छन भने चाईनिजहरु ईन्डियामा रियालिटी सोमा पुगेका छन् भने ईन्डियनहरु नेपालमा भिख माग्छन् । यो वास्तविकता हो लेखक ज्यु अनि यसलाई तपाईं हामी सबैले अंगिकार गर्नै पर्छ ।
गाडी बनाउने टेक्निसियन , त्यो पनि नसके गाडी को टायर फेर्न सक्ने मात्रै भयर आए नि क्यानाडा मा सुरु मा गर्न पर्ने संघर्स निकै घट्ने हुन्छ
यतै आएर ट्रेनिङ्ग वा सिक्षा (trade apprenticeship or study) नलिइकन त क्यानाडा मा white color job पाउन त सारै गारो छ
If you come illegal, we have to face lots of problem here.
I think not only USA, all over the world. I want to say one thing here is that it happens in Nepal itself like it someone comes from far way mountain or village to Kathmandu in first time, how much difficult he has to face to survive in Kathmandu more than here that you had faced.
लेखकले अलिक गफ नै दियो है Mcdonald मा $८ पर्ने burger नै छैन , रास्त्रियेता जनायो लेखक ले 🙂 🙂
शायद उहाले अमेरिका मा अरु नेपाली छन् भन्ने बिर्सनु भयो होला | अर्को कुरा पैसा नहुँदा ३ दोल्लर को कफी पनि खान पर्दैन २ dollar भन्दा कम मा पनि पाउछ Dunkin’ डोनुत्स पनि त छ नि साथी कि थाहा छैन ?
उहा त धेरै भाग्य मानी हो , हामी ले graduate गरेर पनि बर्सौ सम्म कुर्नु परो GC बनाऊन उहाले त १.५ वर्ष मा नै परि वार ल्याउन पाउनु भएछ बधाई छ उहा लाई |
8$ को बर्गर, ट्याक्सीक अनि किताब लेख्ने कुरा चै अलि बडी गफ भो मित्र
सेमिनार मा अमेरिका जाने अनि अमेरिका लुक्ने, अनि अरुलाइ दुखःदेखाहुने. महासय नेपाल आहुनुस, नेपाल आहुन तपहिलाई भिसा लाग्दैन. तपाही जस्तै ले हो बिगारेकोहो अमेरिका को visa सिस्टम. नेपालको बेजत नगर्नुस, depression jahapani cha, American Celebrity lai pani
ओहो नेपाल बाट आएर काम खोज्न हिड्दा $८ को बुर्गेर र स्तार्त्बुच्क्स खाने है तपाई…हामी येहा राम्रै काम गर्छु त तेसरी खान डर लाग्छ ..लोल
राम्रो लेख लेख्नु हो साथी धेरै धन्यबाद….अमेरिका को बारेमा थाहा छैन मलाई राम्रो गरि अस्ट्रेलिया को कुरा नि येस्तै हो . अवस्था त दुरुस्तै येस्तै हो कपि पेस्ट गरे हुने जस्तो
सुखले बसेको मान्छे दुख पाएपछि Nepal फर्केर फेरी दर्जनौलाइ काम दिएर आफ्नो अनुभव भनेको भए पो हुन्थ्यो …डेड बर्षमा नै परिवार लग्न सक्नु भयेछ… अरु के चाहियो.. बरु America मा धेरै संस्थाहरु छन् ..राजनीति खुब हुन्छ …. नेतासग बसेको फोटो हाल्छन..दिनरात कलाकार बोलौछन… बरु येस्सो depression भएको मान्छेहरु को लागि counciling गर्ने, काम को लागि idea दिन संस्था खोल्न सकिन्छ होला नि …कि माई संसार मा मात्रै चर्चित हुने ……एस्तो अनुभव दिनदिनै आउछन online पत्रिकामा ..
चोक्टा खान गएको बुढी झोल मा डुबेर मरी भनेको येही हो..
नेपाल आए पछि फेरी शान नै बढ्ता हुन्छ नि येस्ता को..
त्यसो भनेर के गर्नु शिवहरी जि उहाँले दु:ख पाएर रोजगारै नपाएको अवस्थामा घण्टाको ८ डलर नेपालको लगभग आठ सय रुपैयाँको जागिर पाउनु भएको रहेछ । पाँच सय रुपैयामा एक घण्टा ट्र्याक्टरले खेत जोतेको लिन्छ । घण्टाको आठसयले को दरले दिनमा आठ घण्टा मात्र काम गर्यो भने दिनको ९६०० र महिनाको दुईलाख अठासी हजार । बाफरे महिनामा डेडलाख मात्र बचायो भने पनि बर्षमा अठार लाख ……………… एउटा गैर कानूनी रुपमा बसेको मान्छे त्यो पनि रोजगारी नपाएर दुखमा बसेको मान्छेल बर्षमा अठार लाख कमाउने क्षमता राख्दछ भने कानूनी रुपमै बसेर राम्रो कमाई गर्नेले कति कमाउला । अनि किन नगर्नु त फुर्ती । अमेरिका गई सकेपछ त्यहाँका मानिसले आफन्त र साथीभाईलाई झिकाउनु पर्ला अनि आफु भन्दा धनि होला भन्ने डरले यो नाना थरका भुत र राक्षसको कुरा गरेर तर्साउन खोजेका हुन् ।
प्रविण कुमार जी हिसाब जोड्ने मामला मा चै एकदम बाठो हुनु हुदो रहेछ. तर हिसाब घटाउने मामला चै खोइ मलाई थाहा भएन..
१ अमेरिका मा घण्टा को आठ डलर भनेको बैधानिक रुप मा कम गर्ने मान्छेले पाउछ.
२. लेखक ले भनको जस्तै धोतिको मा कम गर्नु भनेको नर्क मा जानु बराबर हो, धोति ले आबैधनिक भनेर थाहा पाए पछि उसले श्रम शोसन गर्न थाल्छन त्यो पनि सरकार ले तोकेको न्युन पारिश्रमिक दर भन्दा दुइ तीन डलर कम पारिश्रमिक दिएर
३. अमेरिका मा खान बस्न, घुम्न, घर मा फोन गर्न, साथि भै संग रमाइलो गर्न, आदि इत्यादी गर्न हरेक चीज गर्न पैसा लाग्छ.. प्रविण जी ले यो कुरा चै बिर्सनु भएछ.. मेरो मत्लप हिसाब घटाउन मा. तपाई आफुले बार्षिक हिसाब गरेको जस्तै खर्च को पनि बार्षिक हिसाब गर्नुस आनी तपाई ले आफै बुझ्नु हुन्छ.
४ अफ्रिकी राष्ट्र भएर होस् या उत्तर अमेरिका को बाटो भएर होस् अबैधानिक रुप ले अमेरिका छिर्न को लागि जून ज्यान को जोखिम र पैसा खर्च गर्नु पर्छ त्यसको पूर्ति गरौन त्यो मान्छेले बर्षौ वर्ष धोति को काम गर्नु पर्छ त्यो पनि बाचियो भने.
५. अमेरिका मा जानु भन्दा अगाडी राम्रो सित आफ़्नोलगि कसरि राम्रो हुन्छ त्यसको अनुसन्धान गरी जानु राम्रो हुन्छ.. अर्काको लहै लहै लागेर जाने मान्छेको हभिगत भयानक हुन सक्छ.
६. लेखक ले भनेको जस्तै एउटा कुनै सीप सिक्नुस तेस्मा पोख्त हुनुस, अंग्रेजी भाषाको राम्रो ज्ञान राख्नुस, सक्नु हुन्छ भने अंग्रेजी फरर त्यो पनि आम्रिकन जसरि बोलचा तेसरी बोल्ने सक्ने सक्छम हुनुस अनि तपाई लै सजिलो हुन्छ येदि त्यहा जाने बिचार मा हुनु हुन्छ भने.
साथि माइ संसारमा आएर यो दुख भो त्यो दु:ख भएर नसुनाउ न ल । आफ्नै देशमा त बाउको कमाई नखाने हो भने गार्हो हुन्छ भने अरुको देशमा के सजिलो हुन्छ। समस्या त सबैको जिन्दगीमा हुदैन र ? ती आत्महत्या गर्नेहरूप्रती मेरो कुनै सहानुभुति छैन किनकी उनिहरुले अध्यारोलाई चिरेर उज्यालो ल्याउन सक्नु पर्थ्यो, व्यर्थमा मर्ने त मरेर गयो गयो बाँच्ने बाबु, आमा र परिवारलाइ मात्र सास्ती । अनि यसरी दु:ख पाएकाहरूको मात्र किन खबर (किनकी तपाइ पनि यहि क्याटगोरीमा पर्नु हुन्छ होला), नत्र अमेरिका आएर सूख पाउनेहरू पनि त निक्कै छन् नी उनिहरु को खबर पनि बाहिर निकाल्नुस् । यदि नेपालमानै राम्रो छ भने ३०-४० तिरेर , चोर बाटो भएर कृपया अमेरिका नआउनु होला किनकी नेपालमा “काजिसाप” को जिन्दगी बाँच्नु भएका तपाइहरूलाई यहाँ काम गर्नु परेपछि कामको “स्तर” छुट्टाउन पर्ने हुन्छ र ‘सोचेजस्तो’ इलम नभएपछि खर्च हुदैन र डिप्रेसन हुन्छ। नत्र हामि जस्तो हजारौं विद्यार्थी साथिहरू हुनुहुन्छ जसले आफ्नो समयमा दु:ख गरेर काम गर्नु भो, पढ्नु भो, अहिले गूगल, माइक्रोसफ्त जस्ता ठुला ठुला कम्पनीहरू र आफ्नो दक्षताअनुसारका कम्पनिहरुमा काम गरिरहनु भएको छ । साथि अमेरिकामा भएका दुई तक्काका मानिसहरूसँग होईन की बिल गेट्स, मार्क जुकर्बर्ग, वारन बफेटलाई आफ्नो आइडल बनाउनुस अनि त्यहिअनुसार काम गर्नुस साह्रै सूख नभएनी अमेरिकामा दु:खचाहीँ हुने छैन । अनि डिभीवालाहरू र दुई नम्बरी बाटो गरेर आउनेहरूले पनि राम्रो सोचको बिकास गरेर मेहिनत गर्नु पर्यो अमेरिकामा (मेहिनत गरेपछी त फल पाउने देश होनि अमेरिका त न की नेपालमा जस्तो माओवादीले खोस्छ भन्ने डर) । यदि यो सोच बिकास गर्न सक्नुहुन्छ भने आउनुस् अमेरिका– डिभीवाला र दुई नम्बरिवालाहरू, नभए अमेरिका आएर यो भो त्यो भो भनेर दु:ख पोख्न आउनुस् यसरी माइ संसारमा । तपाइहरूलाई नेपालनै ठीक छ । मैले त सानै हुँदा अमेरिका आएँ, दु:ख गरेँ, पढाइ सक्काँए, अहिले सानको जिन्दगी बाँचीरहेको छू यहाँ । धन्यबाद
हाँसो उठ्यो .. जति पढे पनि आरिशे नेपाली नै हो .. डिभि वाला भनेर किन होच्यौन परेको होला..
जसरी अहिले नेपालमा जनस्तरमा सार्बजनिक तथा राष्ट्रिय सम्पती जोगाउनु पर्छ, नेतालाई गाली गर्नु पहिले हामी आफैं पहिला सुध्रिनु पर्छ भन्ने लहर चलेको छ तेसरिनै अमेरिका यूरोप स्वर्ग होइन रहेछ है भन्ने चेत खुल्छ एक दिन न एक दिन, थोरै पर्खिन मात्रै बाँकी छ |
पेटभरी खान नपाउने जनताले छेरपटि लाग्ने गरी अघाउने अनि भ्रष्टाचार गरेर सात पुस्तालाई पुग्ने गरी सम्पत्ति कमाउन खोज्ने नेताहरुलाई गाली गर्नु र अमेरिका बेलायत जान नपाउनेले अर्काको देशमा गएर झन दु:ख पाईन्छ भन्नु अंगुरको झुप्पा भेटाउन नसकेर स्यालले अंगु अमिलो हुन्छ भनेको जस्तै होला है साथी ।
By the way म पनि अंगुर टिप्न नसक्ने स्याल बर्गमा पर्दछु र अक्सर अंगु अमिलो हुन्छ भन्ने गरेको छु ।
दुइ-चार ओटा कुरा राख्न चाहन्छु, मेरो अमेरिका ९ वर्षको अनुभव:
* अमेरिका भन्ने बितिक्कै सजिलै dollar र सुख पाइन्छ भन्ने सोच्नु हुन्न. अमेरिकामा पनि संसारको अरु ठाउँमा जस्तै challenges, competition टन्नै हुन्छन. अन्त भन्दा बरु बडी होलान तर कम छैनन्.
* संसारमा जहाँ पनि काम पाउने भनेको सिप र दक्षेताले हो. सिप सिक्ने, college degree लिने, निरन्तर परिश्रम गर्न नडराउने हो भने आफ्नो क्षेमता अनुसारको काम पाइन्छ. मैले धेरै नेपाली साथिहरु धेरै राम्रो तलब खाएर काम गरिरनु भाको देखेको छु.
* अमेरिका हामी नेपाली मात्र हैन, संसारको धेरै ठाउँ बाट परिश्रम गर्न मान्छे आउछन. हामी complain गर्नु भन्दा उनीहरुको success story मा ध्यान दिउ.
* र अन्तेमा, अमेरिकामा आफ्नै देशबाट साएद कसैले पैसा ल्यौदैना होला, मिहिनेत गरेर येही कमाउने हो. लेखकका इन्डियन साउले त्यो restaurant खोल्न साएद त्यो भन्दा बडी मिहिनेत गरे होलान पहिले.
क्या मनको कुरा गर्नु भो| अमेरिकामा सुख छ भनेर हामफालेर आउनेले बुझ्नु पर्ने कुरा हो| यो देश सिर्फ सपनाको देश हो, यहाँ सपना देख्न पाइञ्छ तर तेस्को मूर्त रुप भेट्न जिन्दगि भर त्यही सपनाको दास हुनु पर्छ| “दास” कुनै metaphoric हैन साँचिकै दास हुनुपर्छ| जो दास हुन तयार छैन, नेपाल मा कहिले पनि नोकर भएर – नकि नोकरी गरेर आएको छ, तेस्को लागि यो ठाँउ सार्है गार्हो छ| तराईको किसान हिमालमा खेति गर्न गए जस्तै, सहरको हाकिम गाउँ पुगेर डोकोमा गोबर बोकेर जंघार पारीको बारीमा खेति लाउन हिंडे जस्तै गारो छ|