Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बैँकले यसरी ठग्यो मलाई, तपाईँहरु पनि सावधान हुनुस्

Posted on December 4, 2014December 4, 2014 by mysansar

-भोगिन्द्र भण्डारी-

1000-500 म गौशालामा रहेको मनी एक्सचेन्ज चलाउँछु। आइतबार दिउँसो २ बजेतिर कृषि विकास बैँकको ठमेल शाखाबाट रकम झिकेँ। एभरेस्ट बैँकको टेकु शाखाको ट्याग रहेको नोटको बन्डलमा स्टिच लगाइएको र रबरले समेत बेरेको हुनाले विश्वासमा परी मैले काउन्टरमा चेक गर्न जरुरी ठानिनँ। कार्यालयमा आएपछि हेर्दा त झसङ्ग भएँ। हजार रुपैयाँको बन्डलको बीचमा पाँच सय रुपैयाँको नोट यसरी घुसाइएको थियो।

हत्त न पत्त मैले कृषि विकास बैँकमा फोन गरेँ। उहाँहरुले हेरौँ न त भन्नुभयो। दौडीदौडी बैँक पुगेँ। लगेर देखाएँ। उहाँहरु पनि अचम्ममा पर्नुभयो। तर रकम नपाइने बताउनु भयो।

1000-500

1000-500-1

गर्ने के। त्यही भएर नोटको बन्डलमा ट्याग रहेको एभरेस्ट बैँङ्कलाई फोन गरेँ। त्यहाँबाट चाहिँ त्यो हाम्रो बैँकको कर्मचारीको काम होइन भन्न थाले।

‘हाम्रो छाप कसैले युज गरेर अरु कसैले गरेको होला। त्यो सेतो ट्याग भएको पैसा हामीले राष्ट्र बैँक पठाउने हो, अरु थाहा भएन’ भनेर भन्न थालेपछि त्यता जानुभन्दा नजानु नै बेस लाग्यो मलाई।

साथीभाइहरुसँग कुरा गर्दा यस्तै केस अरुतिर परेको अरु धेरैले पनि रकम फिर्ता दिँदैनन् भन्न थाले। त्यही भएर पनि चुप बस्नुको विकल्प देखिनँ।

हुनत गल्ती मेरो पनि हो। मैले काउन्टरमा पैसा बुझ्दा नै नोट चेक गर्नुपर्थ्यो। तर बैँकको ट्याग र स्टिच भएकोले विश्वासमा परियो। कलियुगमा कसैको विश्वास गर्नु हुँदैन भनेको हो रहेछ। तर के पैसा जस्तो मामिलामा यसरी अरुलाई झुक्याउन, ठग्न मिल्छ बैँकजस्तो संवेदनशील संस्थाले? दोष कसको हो यो मलाई थाहा भएन। तर मर्का हामी ग्राहकलाई पर्‍यो नि। यो कुरा सार्वजनिक गरेर म सबैलाई सावधान गराउन चाहन्छु। बैँकको काउन्टरबाट हिँडेपछि उनीहरुले जिम्मा नलिने रे। त्यसैले यी बैँकहरुको विश्वासमा पर्नुभन्दा रकम बुझ्ने बित्तिकै चेक गरिहाल्नुस्। यहाँ कसैको भर नहुने रहेछ।

[तपाईँ वा तपाईँको चिनेजानेकाले पनि यस्तै भोग्नुभएको छ? छ भने तल कमेन्टमा लेख्नुस्। यस्तै समस्याबाट पीडित भएर माइसंसारमार्फत् बाँड्न चाहनुहुन्छ भने यहाँ क्लिक गरी आफ्ना कुरा पठाउनुस्।]

32 thoughts on “बैँकले यसरी ठग्यो मलाई, तपाईँहरु पनि सावधान हुनुस्”

  1. suraj poudel says:
    December 8, 2014 at 8:30 am

    किर्तिपुर को Everest बैंक को ATM बाट १० हजार झिक्दा बिचमा ५०० को नोठ भेटेथे मैले पनि . ५०० घाटा लागेको थियो .

    Reply
  2. govind thapa says:
    December 7, 2014 at 9:35 pm

    बैँकको ट्याग र स्टिच भएको बन्डल नाफोर्दा त पैसा फिर्ता पाइन्छ भन्ने सुनेको थिए के त्यसोभए ग्राहक ठगिने नै हो त ????????

    Reply
  3. Krishna says:
    December 6, 2014 at 6:16 am

    साथी त्यो त पैसा िदने बैंक को नै गल्ति हो । तपाई ले केस गर्नु पर्छ किन कि उ संग पनि त तपाई लाई कुन नम्बर को पैसा दिएको भन्ने कुनै रेकोर्ड हुदैन तेसै ले मलाई त तेस्तो बैंक लाई केस गरेको नै राम्रो हुन्छ जस्तो लागछ

    Reply
  4. कृष्णकुमार के सी says:
    December 5, 2014 at 10:48 pm

    यस्तो काम फटाहा क्यास काउन्टर वा पैसा बनडल बनाउनी फटाहा कर्मचाकीको हुनु पर्दछ बेलुका बेलुका जाड खानी खर्च निकालेको होला । ग्राहकहरुले जम्मा गरेको रुपैयाँ मा त पक्कै पनि त्यस्तो हुदैन ३/४ पटक गनेर अनी खाता नम्बर र फोन नम्बर लेख्न लगाएर मात्र लिन्छन यदि त्यस्तो भटिएमा खाताबाट कट्टाइ दि हाल्छन् नि । बैकका अप्रेसन म्यानेजरहरुले बरु त्यस्ता फटाहा कर्मचारीहरु माथी निगरानी गर्न सके यस्तो अबश्था नआउलाकी ।

    Reply
  5. ramu says:
    December 5, 2014 at 6:22 pm

    त्यो काजगमा रुजु गर्नेको सहि नै रहेनछ।
    यसमा चाँहि राष्ट्र बैकको केहि नियम छैन?
    अनि बैकले जिम्मा नलिने भए बैको स्टाम्प चाँहि किन लगाएको होला।आफै स्टाम्पको दुरुपयोग गर्ने त्यसो भए?

    Reply
  6. ramu says:
    December 5, 2014 at 6:12 pm

    हो कि त बैकले त्यो टाँसिएको कुरा वा स्पेलरमा केहि गरियो भनेर प्रमाणित गर्नु पर्दछ नभए पैसा दिनु पर्दछ।
    यस्तो हो बैकले जुन नाममा ठगे पनि पाईने भएकोले नेपालको कुनै मुख्य बैकहरु कहिल्यै घाटामा जादैनन सेयर किन्नेको लाईन भएको
    हजार रुपयाको कपडा बेच्नेलाई २५ प्रतिसत भन्दा नाफा खान पाईदैन भनेर छापा रे,२ प्रतिसतमा अर्को सँग पैसा लिएर अर्कोलाई १७ प्रतिसत सम्ममा ऋण दिने वा पैसा कमाउनेले चाँहि देशलाई सेवा गरेको रे।
    यस्तै छ यहाँको चलन

    Reply
  7. kumar shrestha says:
    December 5, 2014 at 4:09 pm

    नितेश जोशी जीले प्रयोग गर्नु भएको अंग्रेजी हेर्दा त हाट हुट अनि लाट लुट गर्ने जस्तो देखिञ्छ यो देशमा जिम्बेबार के हो भने नै थाहा नहुनेहरु पदासिन हुने चलन भएको ले यस्तो हुनगएको मेरो बुझाइमा

    Reply
  8. Alikhit says:
    December 5, 2014 at 2:35 pm

    मेरो चै एक पल्ट एक लाख को बनडलमा एक हजार बढी आएको थियो | चुप लगेर खाई दिए त्यो पैसा | फर्काउन जाम भने फोटो खिचेर पत्रिकामा स्यावासी छापिदेलान भन्ने डर |

    Reply
  9. Ryan says:
    December 5, 2014 at 2:42 am

    यो कुरा तपाई ले नेपाल राष्ट्र बैंक को सुनुवाई बिभाग वा बैंकिंग अनुगम तथा ब्यबस्थापन शाखामा गएर रिपोर्ट गर्नु पर्छ.

    बैकम पैसा जिक्दा र राख्दा लग राखेको हुन्छ, नत्र दिन भर भएको कारोबार नै मिल्दना, नत्र भोलि फेरी बैक घोटाला सुन्नु पर्छ,

    बैंको लग र अपरेसन म्येनेजर लाइ राखेर तुरुन त्यो भनक को हेड अफिस मा फोन गर्नुस सी इ यो लाइ

    यस्तो काम को बैक ले जिम्मेवार लिनु पर्छ,

    Reply
  10. AKB says:
    December 5, 2014 at 12:25 am

    सुन्न मा आएको बन्दल नखोले सम्म पैसामा फरक आए बैंक नै जवाफदेही हुन्छ भन्छ, होइन रहेछ..त्यसो भए बैंक बाट यसरी नोट को बन्दल दियो भने बैंक को कर्मचारी लाई नै खोल्न लगाएर अनि गन्न लगाएर पैसा लिने गर्नु पर्यो/ बैंक लाई पनि त अलि टेन्सन दिनु पर्यो नी……नत्र पाँच छ लाख निकाल्नु पर्यो भने त्यहि बसेर गन्न कम्ति गारो हुँदैन…..

    Reply
    1. ramu says:
      December 5, 2014 at 6:17 pm

      अझ १ चोटि मात्र गने त हुने नि त्यसलाई मेसिनमा हालेर तिन चोटि सम्म गन्छन।
      अस्ती हिमालयन बैकमा एक जनाले ५ वटा हजारको नोट दिएको त्यो क्यसियर त्यहि पैसा ३ चोटि नै गन्यो।लाईनमा बस्नेहरु चै कुरेको छ कुरेको छ।पैसा गन्ने नि तालिम दिएर ल्याउनु पय्यो खाली चिनेको मान्छे नातेदार लाई मात्र ल्याउन भएन

      Reply
  11. Mk says:
    December 5, 2014 at 12:08 am

    संसार ‘विस्वासमा’ चलेको छ , तर नेपाल चाहिं ‘अविस्वास्मा’ / तेसैले येहा, जे हुनुपर्ने हो त्यो भा छैन , तर नहुनुपर्ने सवै चिज भा छन् /

    Reply
  12. Binod Paudel Sudbury says:
    December 4, 2014 at 10:47 pm

    यस्तो मा बैंक उम्कन मिल्दैन/ पहिले कुरा कृषि बिकाश बैंक ले पनि एवेरेस्ट बैंक बाट पैसा लिदा गनेर/हेरेर लिनु पर्थ्यो / कृषि को हात मा परेपछि अर्को बैंक को ट्याग देखाएर उम्कन मिल्दैन / दोश्रो कुरा, बैंक ले पनि पैसा दिदा ग्राहक कै सामुन्ने गनेर दिनु पर्छ नि त / बैंक ले दिदा चाही ट्याग को बिश्वास मा दिने तर पछि भने त्यहि ट्याग को बिश्वास नगर्ने भन्ने त हुदै हुदैन/ अन्तिम कुरा, सेफ बाट आएको/गएको रकम को लेख जोखा पनि त हुञ्छ नि / कि त सेफ कन्ट्रोल गर्ने ले नै बदमाशी गरेको हुनु पर्यो / आफुले पैसा नगनेको गल्ति को भरमा नै केश टुंग्याउनु हुदैन र बैंक लाई छुट दिनु हुदैन / छानबिन गरेर यदि लेखक ले नै बदमाशी गरेको भए कारबाही गर्नु पर्छ /

    सबै मिलेर बैंक लाई जवाफ देहि हुन दबाब दिऔ /

    Reply
  13. Grahak says:
    December 4, 2014 at 10:31 pm

    तेसका बाजे हामीले जम्मा गरेको बन्डलमा चाही एकाउन्ट नम्बर र सहि गर्न लगाउछन् अनि तलमाथि भए फोन गरेर थर्कउछन् अनि खाता बाट रकम घटाई दिन्छन !!!!

    सूचना पाटीमा चाही “भुक्तानी लिएर जांदा आफुले बुझेको रकम हर प्रकारले दुरुस्त छ छैन चेक गरेर मात्र लैजानु होला”

    बैंक चै केहि गरेपनि जबाफ देहि नहुने जम्मा गरे पनि भुक्तानी लिएपनि ग्राहक चाही चेपुवा मा पर्ने !!!!

    Reply
  14. vim says:
    December 4, 2014 at 8:57 pm

    मेरो तेस्तो त परेको हैन, तर चेकमा रुपैया मात्रै हैन पैसा पनि लेखिएको हुन्छ तर बैंक ले रुपैया मात्रै दिने गर्छ पैसा चाही नदिदो रहेछ,तर मैले मेरो पैसो पनि मागे,खुद्रा पैसा छैन भनेर टार्न खोजे तर मैले मेरो बाकी पैसो लिना ढिपी गरेसी मात्रै दिए, कतिपयले तेसै छोडेर जाने गर्छ,हरेक जनाले यसरि खुद्रा पैसा छोड्दै गएमा बर्षमा कति( ?) पैसो बैंक मा जम्मा हुन्छ होला ?

    Reply
  15. Govinda says:
    December 4, 2014 at 8:56 pm

    म पनि नबिल बैंक बुटवलको शाखालाई विश्वास गर्दा ५०० को बन्डलमा २५०० नै थिएन|नेपालको बैंकहरु चोर हुन

    Reply
  16. hem says:
    December 4, 2014 at 8:48 pm

    be positive भन्छन, साला न्युज एस्तै खालको मात्र सुनिन्छ नेपालमा, positive हुने कसरी।

    Reply
    1. दसरथ says:
      December 5, 2014 at 2:34 am

      बैक अफ काठमांडौ बुटवले पनि तेस्तै गरेको कारण खाता नै बन्द गरे

      Reply
  17. Anil Sangroula says:
    December 4, 2014 at 8:46 pm

    मलाई पनि इटहरी को नबिल बैंक मा येस्तै भएको थियो २ वटा ५०० नै कमि थियो त्याग भए पनि पैसा दिएन . तर झगडा चाहि मजा ले गरे /

    Reply
  18. bhusan says:
    December 4, 2014 at 8:40 pm

    “त्यो गरिब हो जसले धेरै कमाएर पनि आफ्नो कमाइको राम्रो व्यवस्थापन गर्न सक्दैन” ” त्यस व्यक्तिले आफैलाई ठगि रहेको हुन्छ जसले अरुले आफुलाई ठग्ने मौका दिन्छ”

    यो राम राज्यको जमाना हैन मित्र! बैंकले जे गर्नु थियो उसले गर्यो, तपाइँले जे गर्नु थियो गर्नु भयो.

    Reply
  19. Nitesh Joshi says:
    December 4, 2014 at 8:29 pm

    Dear Bhogindra,
    It happens a lot with me. I am in Finance.
    Your mistake, you din’t count the money at the counter. But not a big deal. But why you accepted the bundle of EBL when you are withdrawing from ADB? It’s a fortune to them, they got easily escaped. Lucky them and poor you. If you want your bundle exchanged, then do not tore the EBL rap, go to EBL head office, Lazimpat, they will exchange it. Do not mislead others without giving a try. How do you depend on a phone call? Do you even know who you talked to? Branch Manager? Customer Relation Officer? Teller? And always take good advice from good friends.
    You need a right person to listen to you.

    Reply
    1. Jhuse says:
      December 4, 2014 at 10:50 pm

      फाइनान्समा यस्ता कर्मचारी भएपछि गल्ति त भैहाल्छ नि, अंग्रेजी हेर न अंग्रेजी ! यदि अंग्रेजी आएन भने नेपालीमा लेख्दा भैहाल्छ नि फाइनान्स म्यानेजर ज्यु, लोल !!

      Reply
      1. Bidhan says:
        December 5, 2014 at 3:27 am

        फैन्यांस अफिसर को अंग्रेजी पढेर मेरो पाएँ एउटा लोल 🙂

        Reply
      2. Nitesh says:
        December 5, 2014 at 6:25 pm

        Dear Jhuse (whatever),
        Sorry, if you couldn’t understand it. It will be a gr8 help if you kindly clarify my mistakes.
        And by the way, for your kind information, Finance doesn’t refer to Bankers only. Every individuals related with funds and it’s accounting are of Financial sector.

        Reply
        1. AALOK says:
          December 8, 2014 at 7:00 am

          Dear Nitesh
          The level of english they can understand is of grade 4 and i am sure it will not be improved. You gave him worthy advice but they are twisting the subject matter for no reason. So instead of answering them just forget it

          Reply
  20. प्रविण कुमार के.सी. says:
    December 4, 2014 at 8:01 pm

    ब्यक्तिलाई मर्का परेको छ जुन आफैमा गलत कुरा हो । बैंकको काउण्टरमा बस्‍ने मान्छे पनि तपाई हामी जस्तै ब्यक्ति हो । जाहेर छ संस्था ब्यक्तिलेनै चलाउने हो । तर यस्तो अवस्थामा काउण्टरमा बस्‍ने ब्यक्ति जवाफदेही हुनु पर्ने हो । तर ग्राहकले यो पनि भुल्नु हुंदैन कि हरेक बैंकको काउण्टर नजिकै प्राय सबैले देख्‍ने गरी लेखेर राखेको हुन्छ ” भुक्तानी लिएर जांदा आफुले बुझेको रकम हर प्रकारले दुरुस्त छ छैन चेक गरेर मात्र लैजानु होला । काउण्टरबाट बाहिर गैसकेपछि बैंक कुनै जवाफदेही हुने छैन ” । यसमा कस्को गल्ती भन्ने त अब ???

    Reply
  21. rAbin says:
    December 4, 2014 at 4:11 pm

    म आफैले पनि ५०००० को बन्डलमा १०० को नोट भेटेको छु .

    Reply
  22. Sandesh Pradhan says:
    December 4, 2014 at 1:50 pm

    मलाई पनि लगभग एक वर्ष अगाडि यो GRAND BANK ,कमलादी भन्नेकोमा USD 2500 साट्दा भित्र २०० USD को नक्कली नोट भिडाइदेको थियो।बैकलाई बढी विश्वास गरेर सरसरती गनेर मात्र लिएको थिए। भगवानको कृपाले धन्न मैले त्यो पैसा Chinese बैंकमा साट्नु भन्दा पैला नक्कली हो भनेर थाहा पाए नत्र त बिजोग नै हुने थियो बिदेशमा।फर्किसके पछी बैक गएर तत्कालिन CEO सम्मलाई गुनासो पोखे तर लास्टमा sorry भनेर बैकले यो कुरा लाई टुङग्याइ दियो।तपाईहरु पनि सावधान हुन म अनुरोध गर्न चाहन्छु।

    Reply
  23. sunil says:
    December 4, 2014 at 12:31 pm

    म लाई पनी तेस्तै भयको थीयो नेपाल राष्ट्रिय बाणिज्य बैंक गौशाल शाखा मा अरु दिन चेक गर्दैन थीय तेशदिन के भो चेक गरको त मेरो आमै हजार को बन्डल मा त २ वटा ५ ५ शय को नोट छ . तु कर्मर्चारी लाई जानकारी गराई बल्ल बल्ल पैसा साटे /

    Reply
  24. keshavraj gajurel says:
    December 4, 2014 at 11:41 am

    अब सबैले बैंकमा पैसा खोलेर गन्ने र हेर्ने बानी गरौँ बैंक को काउन्टर अस्तव्यस्त बनाऊ अनि चेत्छन/

    Reply
  25. krishna kandel says:
    December 4, 2014 at 10:56 am

    Please link this photo and link to Everest bank facebook and inform Punjab National Bank (PNB) who is joint. Its should be response Everest Bank.

    Reply
  26. premji says:
    December 4, 2014 at 10:24 am

    जिम्मेवार ब्याङ्क हो भने जिम्मा लिन सक्नु पर्छ | विदेश तिर यस्ता बित्तिय संस्था इज्जतले, इमानले चलेका हुन्छन | अलिकति पनि जन-भरोसा गुम्यो भने निकै घाटा हुन्छ र टाटै उल्टिन बेर हुन्न |

    जसले स्टिच गर्ने हो उसैले या शाखाको म्यानेजरले भर्नु पर्छ यो | नत्र ठगिको मुद्दा लगाउनु पर्छ र जेल सजाय गराउनु पर्छ |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme