Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

काम कुरो एकातिर, कुम्लो बोकी नगरपालिका घोषणातिर

Posted on December 2, 2014December 2, 2014 by Salokya

काम कुरो एकातिर, कुम्लो बोकी नगरपालिका घोषणातिर लागेछ सरकार। सरकारको नेतृत्व गर्ने दल नेपाली कांग्रेसले आफ्नो घोषणापत्रमा छ महिनामा स्थानीय चुनाव, एक वर्षमा स‍ंविधान भनेको थियो। भाषण पनि त्यस्तै निकै भएका थिए। छ महिना उहिले बितिसक्यो। अहिले स्थानीय चुनावको नामसमेत लिँदैनन् लाज पचेकाहरु। एक वर्षमा संविधान पनि नबन्ने भइसक्यो। तर अझै नेताहरु जनता झुक्याउने भाषण गर्न पछि परेका छैनन्।

एक्कासी ६१ वटा नयाँ नगरपालिका थपिए आज। पूर्वाधार केही नभई नाम राख्दैमा हुने भए, देशभरका सबै गाविसलाई नगरपालिका बनाइदिए भइगो। पूर्वाधारका नाममा नगरपालिका जस्तो पनि सुविधा नभएकोले काठमाडौँ महानगरपालिकालाई घटुवा गर्नुपर्ने बेलामा थप सात वटा उपमहानगरपालिका सिफारिश गरिएछ। संघीय संरचनाका लागि प्रदेशको नाममै गलफत्ती परिरहेको बेला नगरपालिकाको नाम चाहिँ फ्याट्ट फ्याट्ट घोषणा गरिदिए हुने रहेछ फेरि। रातारात गाविसवासीहरुलाई नाममात्रैको भए पनि नगरवासी बनाइएको छ। हेर्नुस् तपाईँको गाउँ कुन नगरपालिकामा पर्‍यो घोषणाको सूची। अब केही नगरे हुन्छ, किनकि सरकारले ‘नगर’को वासी बनाइदिएको छ तपाईँहरुलाई।

Nagarpalika-1
Nagarpalika-2
Nagarpalika-3
Nagarpalika-4
Nagarpalika-5
Nagarpalika-6
Nagarpalika-7

14 thoughts on “काम कुरो एकातिर, कुम्लो बोकी नगरपालिका घोषणातिर”

  1. Shankar says:
    December 4, 2014 at 10:58 am

    यो पनि ग्रयाण्ड डिजाइन मै पर्छ , कसरि त् सुन्दा अचम्म लाग्छ |
    नेपाल एक पहाडी राज्य थ्यो इतिहास मा सिक्किम लिए जस्तो , भुटान लाइ जस्तो गर्न पनि सकेन | अनि के गर्यो ? बंगालादेश को जस्तो सिमाना मा काँडे बार लगाउन दिएँ न ,खुला सिमाना राख्यो |
    पहिले पश्चिम बङ्गाल को ज्योति बसु आदिले पहिलो पुस्ताको कम्निस्ट उत्पादन गरेर नेपाल को राजतन्त्र लाइ होहल्ला को भर मा हटाउन खोज्यो सकेन , अनि | यहि को टुक्रे कम्निस्ट लाइ लिएर माउबादी बनाएर सशस्त्र आन्दोलन गर्यो , गाउको गरिब र नेपालि हरुलाई बेस्करी उचाल्यो नेपाल को राजतन्त्र लाइ जर्जर बनायो अनि लास्ट मा हत्याकाण्ड गरायो |
    एकातिर सिमाना बाट आफ्नो जनाता हुलेको हुलेइ आर्को तिर नेपालि युवा लाइ गाउ र सहर मा बस्न सक्ने बातावरण र सरकारी एजेन्डा मिलाएर धरै नेपालि युवा रोजगार र बिबिध कारण मा बिदेसिन बाध्य बनाइए |
    हामि भारतीय लागानीमा उद्द्योग खुलेको मा दंग पर्छु , तर अधिकांस भारतीय कर्मचारी राखेको ( नेपालि लाइ पिउन ,पाले ) तेही नाउमा कति भारतीय भित्रे तिर हाम्रो ध्यान जादैन |
    अब नेपालको सरकार ,प्रसासन सबैतिर भारतीय नियन्त्रण भैसकेकोले येस्ता कार्यक्रम आउनु जसले नेपालि लाइ नेपाल भित्र बसिनसक्नु बनाउने उद्देश्य हो |
    २१ सताब्दी मा सिक्किम जसरि न लिए पनि सरिर नेपाल तर मन ,आत्मा , मुटु ,कलेजो भारतीय , यो लांग टर्म प्लान हो | यहि हो ग्रयाण्ड डिजाइन |
    सुन्दा सबैले जानेको , बुझेको सरल बिषय हो | तर नेपालि ले सिरियसली न लिएको बिषय पनि हो |

    Reply
  2. Gajen Tamang says:
    December 4, 2014 at 10:25 am

    कस्त बिवेग सुन्य मान्छेले चलाउदो रहेछ यो देश ! यो भन्दा ठुलो उद्धारण खोज्नु पर्ला ! अनि कसरि यो देशले मुहार फेर्ने कुरा सोच्नु !

    Reply
  3. BS says:
    December 3, 2014 at 11:13 pm

    नेताहरुले झुक्याएर खाएको खाएइ छन् / देश दक्षिण एसियाको तेश्रो ठुलो भ्रस्टाचारी मुलुकमा आयो यस बर्ष (according to recent TI Report, 2014). डायस्पोराका अवसरबादी नेपालीहरु पनि काङ्ग्रेस, एमालॆ, माओबादी आदीको पुच्छर भएर तिनै चोर नेतालाई प्रोत्साहन दिइरहेछन / यिनिहरुले स्वच्छ र पबित्र दिमागले सोचेर नेता र कार्यकर्ताहरुलाई सही र न्यायको मार्गमा ल्याउनु पर्ने हो, तर बुद्दि र बिबेकमा बिर्को लागेपछि के गर्ने? बर्तमान समय भ्रस्टाचार बिरुद्दको अभियानमा लाग्नु पर्ने हो, तर दिमाग र बुद्दी दिनानुदिन ओरालो लागेपछी के गर्ने? सबै भीडको पछाडी दौडीरहेछन / सबै भोका र द्रब्यपिचासहरुलाई पद, खादा, र कुर्सी चाहिएको छ / गन्तब्य के हो, देशलाई कहाँ लैजानु पर्ने हो ? कसैलाई सोच्ने चासो छैन / जनताले भरोसा गरेका जन्तुहरु (नेताहरु) पार्टी, कार्यकर्ता र आफ्नै स्वार्थ र झगडा सुल्ट्याउदैमा ब्यस्त छन् / एक दिनमा २४ घण्टा हुन्छ, काम गर्ने भनेको दिनमा ८-१० घण्टा हो / त्यो समय पनि आफ्नै हनुमानहरु वरिपरि बसेर र आफ्नो स्वार्थ कसरी पुरा गर्ने भन्नेमा प्राय: सकिन्छ, यी जन्तुहरुको / देश र गरिब जनताले के आश गर्ने ? भ्रस्टाचारीहरुलाइ आजैदेखि बहिस्कार गरौ / ‘लुटको धन फुपुको सराद्द’ मा सहभागी भएर भोजन नगरौं / त्यहाँ (लुटको धनको पार्टीमा) ठुलो भीडनै उपस्थित किन नहोस, केही कारण देखाई उपस्थित नहोऔं / यसले मानसिक शान्ति दिनेछ – कमसेकम नराम्रो कामलाई अप्रत्यक्ष रुपमा प्रोत्साहन गरिन भनेर / राम्रो बोल्ने, इमान्दार र राम्रो गर्न खोज्नेहरुलाई नकरात्मक सोच राख्ने हाम्रो बानि आजै देखी छोडौं / बिकसित देशहरु यहि सोचाई र ब्यबहारले अगाडी बढेका हुन् / बिशेसगरी नया पुस्ताले नया सोचाई लिएर अगाडी बढ्नु परेको छ / यो भ्रस्टाचारको र कुकर्म को भिडलाइ हामीले रोक्न सकेनौ भने देश दुइ दशक अगाडिकै परिस्थितिमा पुग्ने छ / बाताबरण दुर्गन्धित र भयाबह हुनेछ /

    Reply
  4. सुगतशरण तुलाधर says:
    December 3, 2014 at 10:27 pm

    कानुन अनुसार , नगर पालिका घोषणा गर्न त्यस क्षेत्र को जनसंख्या कम्ती मा २० ,००,००० हुनु पर्ने रहेछ.
    यो नियम यी भुँईफुट्टा अधिकारी र अदक्ष सरकारलाइ जानकारी नै छैन क्यार !
    त्यसैले त , बिना कुनै पूर्वाधार आफ्नो मन माफीक फ्यात्त ‘बाजा’ बजाउन पुगेछ, जनताको आँखामा छारो हाल्ने नियतले .
    अब कोहि हिम्मतवाला जानिफकारले यस विरुद्ध अदालतमा मुद्दा हाल्दियो भने यी ‘मुर्कट्टा’ अधिकारीहरुको हालत हेर्न लायक हुने निश्चित छ.

    Reply
  5. shankar dev awasthi says:
    December 3, 2014 at 3:20 pm

    घोडाघोडी नगरपालिकालाई कंचनपुर जिल्ला मा राखेको छ / घोडाघोडी कैलालीमा पर्छ भनेर पनि थाहा नपाउने कस्तो मुर्ख सरकार रहेछ ………………..

    Reply
  6. उपासक उदास says:
    December 3, 2014 at 3:03 pm

    यी नेताहरुको ‘भेजा’लाइ मोदीको भासणले
    बहुत अछी तरह भुटी दिएको आभास आइरहेको थियो…
    जसरी , घर सlङ्ग्लोलाइ एक बन-सांगलोले केवल एक स्पर्श बाट नै
    भलो-कुभलो सोच्न नसकिने गरी लाटो बनाइ छोड्छ र अन्त्यमा
    आफ्नो दुलो तिर तानेर लगी आहार बनाइ भोज र मोज गर्छ !

    Reply
  7. वल says:
    December 3, 2014 at 10:06 am

    हामीले चाहिदो मौका दियौ| अब यो सोच्ने बेला आएको छ सुशील सरकार बेकामे मात्र होइन निकम्मा छ| बचनहारा सरकार| अर्कातिर सरकारमा सहभागी भएका दलबाट कसरि हुन्छ खुट्टा तानु र आफु माथि पुगौ भनेर ओली ताकेर बसेको छ| जस्तो कि मुलुक र जनताको हित सोच बाहिरको कुरो हो|
    मन्त्रिमण्डल र ६०१ लाई संबिधान समयमा नबने तलब भत्ता फिर्ता गराउने भनेर सडक आन्दोलन छेडिनु पर्छ| दिनहु धर्ना दिएर रयाक रयाक पार्नपर्छ| जनताको आन्दोलन| सत्ता रुढ दलहरुको होइन, तीन चिरा परेको माओवादीको होइन, दुईचिराबाट तीन चिरामा जान लागेको राप्रपाको होइन, चिरैचिरा परेको मधेसवादीदलहरुको होइन, तर जनताको शान्तिपूर्ण आन्दोलन हुनपर्छ|
    संबिधान बनाऊँ भनेर कराउँदा सत्तामा रहेका नेताहरुले जे पायो र जे मन लाग्यो त्यही संबिधान बनाउने होइन, स्व. भिम बहादुर तामांगको शब्दहरुमा भन्न पर्दा संबिधान बनाउँदा “पहिचान भेटिने र जातीय द्वन्द मेटिने” ध्यानमा राखिनु पर्छ| हालको विद्यमान चार जातको हालीमुहाली पर्खाललाई तोडेर दुरगामी रुपमा सम्पूर्ण जनताको लोकतान्त्रिक आकांक्षा र अपेक्षालाई प्रतिविम्बित गर्न सक्ने हुनपर्छ|

    Reply
  8. Durga Adhikari says:
    December 3, 2014 at 8:14 am

    I think all the Nepali news agency and blogs should not write or publish anything about Nepali politics and politicians. We should all focus on people. Who are doing great and who needs help etc. I know people of Nepal been fade up by the craziness of these politicians. Only the people of Nepal can build the country to the top not by these political monkeys.

    Reply
    1. Keshab says:
      December 4, 2014 at 1:21 am

      Durga ji no worry the day will come when the whole people of Nepal will rise along and they (We) will build the nation at that time the donkey politician will remain as handicap …………

      Reply
  9. Suraj Prasad Shrestha says:
    December 3, 2014 at 6:59 am

    आदणनीय पाठक ज्यु,

    छ महिनामा स्थानीय निर्वाचन गर्ने भन्ने हावा खायो । पॉच महिना सम्म स्थानीय निर्वाचन हुन्छ भनि स्थानीय र अन्य मन्त्री भाषण गर्दै थिए ।

    अब माघ ८ गते नेपालको नयाँ संविधान संविधान सभाले हामीलाई देला भन्ने आशापनि नेपाली जनता र विश्व समुदायले लगभग छाडी नै सक्यो । तैपनि माघ ८ गतेनै नयाँ संविधानको रट लगाई रहेका छन् यी नेता भनाउदा हरुले । माघ ८ गते २०७१ सालमा नेपालको नयाँ संविधान भनि धेरै जसो ले किटान न गरेकोले २०७२/२०७३/२०७४ तिर हुने कुरा हो कि ?

    नयाँ नयाँ नगरपालिका बनाएर विकास भएको देखाउने हो कि यो नेपाल सरकार को ? मौजूदा उप-नगरपालिका, नगरपालिकाहरुमा पानी, सड़क, ढल, बगैचा, बिजली, सार्वजनिक स्थलहरु जीर्ण र सधै अभाव नै अभाव भएको दशकों भै सक्यो । यस्तो खस्किदो हालतमा जनताले नगरपालिकाहरुलाई नरकपालिका भन्न थालेका छन् भन्नै धेरै सुन्न थालिएको सर्व विदित भै सक्यो ।

    मेरो विचारमा १८औ सार्क सम्मेलनले राष्ट्रीय सभागृह जस्तो भै रहेको संरचनालाई नयाँ जीवन दिएकोमा र अन्य सुविधा थपि उपत्यका वासी भाग्यशाली भएझै मौजूदा अन्य नगरपालिकाहरुलाई जनताहरुको सुविधा सुनिश्चित गर्ने तिर ध्यान दिन प्रथम प्राथमिकता दिनु पर्ने जस्तो लागेको छ ।

    “लगाउनलाई कपड़ा लत्ता छैन हिड्यो कलकत्ता” जस्तो हाम्रो योजनाकारहरुको क्षमता अनुसार काम भएको मलाई एकीन भएको छ ।

    डा. सुरज प्रसाद श्रेष्ठ
    घरबरीटोल, नेपालगंज, बाँके

    Reply
  10. Shankar says:
    December 3, 2014 at 6:40 am

    यो केहि हैन ,गरिबीले सुकेको नेपालि जनताको रगत चुस्ने दाउ हो पाखे नेताहरुको | गणतन्त्र र समाबेसी भन्दै आफु चै गर्नु रजाइ गर्ने जनताले चै कर बापत उनीहरुको खर्च बेहोर्नु पर्ने भो |
    नगरपालिका भएपछी झुप्रो को पनि कर तिर्न पर्ने , जग्गा किनबेच मा कर , अनि पाखे हरु चै बि यम डब्लु , मर्सिडिज चढ्ने भो |

    Reply
  11. Kedar Rimal says:
    December 3, 2014 at 2:27 am

    नगरपालिका बन्नको निम्ती आवश्यक पुर्बाधारहरु-
    -मान्छेले कहिल्यै टेक्दै नटेकेको र सकेसम्म भबिश्यमा पनि टेक्ने सम्भावना समेत नरहेको अनकन्टार जङ्गल
    -सकेसम्म साना खर,पातपत्ताले छापेका घरहरु
    -खानेपानी लिन कमसेकम ९ कोश टाढा पुग्नुपर्ने ठाउँ
    -बत्तिको नाममा जुनकिरिको ‘चाक्’ समेत नबल्ने भुमि
    -श्यालको हुइँया दिनहुँ सुनिने ठाउँ

    Reply
  12. Lalit Narayan says:
    December 3, 2014 at 2:25 am

    “तेस्का बाजे , हेर्दा हेर्दै मेरो गाउनि नगरपालिका भयेछ बाइ ….
    अब बेलका ८ बज्न नपाउदै कराउने श्याल पनि नगरबासी भए , खप्परमा त लेखेरै ल्याका रछन, श्याल डाम्नाले नि ……”
    – सरोज बस्नेत को facebook status बाट साभार l

    Reply
  13. लक्ष्मण श्रेष्ठ says:
    December 3, 2014 at 1:48 am

    गा वि स लाई नगरपालिका घोषणा गरे हुने रहेछ त विकास नभए पनि नेपाल लाई जापान भनेर घोषणा गरे अझै चुनावमा भोट पाउथे कि नेताले !

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme