Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

विज्ञान ब्लग : रिस उठ्नु तपाईंको कमजोरी होइन

Posted on November 30, 2014December 1, 2014 by mysansar

angry मानव मन भनौ या मस्तिष्कमा पैदा हुने लाज, डर, ईख, प्रेम, घृणा, इर्षा, रिस, आदि संवेगहरुको बिकास एकैचोटी नभई फरक-फरक समय र परिस्थितिमा भएको हो। जस्तो की “डर” प्राणी स्तनधारी प्राणीमा बिकास हुनुभन्दा पहिलेदेखि नै तात्कालिन प्राणीको मस्तिष्कको भागमा बिकसित र अवस्थित थियो। प्राणी स्तनधारीमा परिणत भई बच्चालाई दूध खुवाउन थालेपछि उसमा “माया” जागृत, र बिकसित हुँदै गयो। त्यसरी नै “रिस” लगायतका अन्य संयोगहरु पनि आबश्यकता र परिस्थिति अनुरुप बिकसित हुँदै आएका हुन्। (दूध नखुवाउने प्राणीको प्रसंग अन्यत्र कति निकालौंला)

अहिले प्राणीको खासगरी अनुहारमा बन्ने बिभिन्न आकृतिले संचारको काम गरिरहेका हुन्छन्। सुरुसुरुमा संचारगर्ने भन्दा पनि संवेग ब्यक्तगर्ने हेतुले त्यस्ता संकेतहरुको प्रयोग गरिन्थ्यो। तर खुसीको कुरा संवेगको रुपमा ब्यक्त गरिने कतिपय त्यस्ता क्रियाले बिस्तारै हाम्रो ज्ञान र दृश्य क्षेत्रको बिकासमा फड्को (Revolutionary Evolution) ल्याउने काम गरे।

जस्तो कि प्राणी डराउँदा ठुल्ठुला आँखा गर्ने, छिटोछिटो पल्याकपुलुक हेर्ने, प्रतिक्रियाको लागि तयार हुने आदि कार्यले एकातर्फ आँखाको दृश्यशक्तिलाई बढाउने र आँखाको गतिमा तीब्रता ल्याउने कार्यमा सहयोग गर्यो भने अर्कोतर्फ सचेत हुन र सम्भाव्य खतराको लागी सदैब तम्तयार रहन सिकायो। यस प्रकारका बिबिध दृश्य देख्ने अन्य सदस्यहरुले बिस्तारै यस्ता संकेतहरुलाई भाषा संकेतको रुपमा लिन थाले भने प्राणीको शरीरमा नै जीवन रक्षाको अन्तिम अस्त्रको रुपमा उत्त्पन्न हुने Fight-to-Fight Response को संयन्त्र नै स्थापित भयो।

हाम्रो शरीरको संयन्त्र यस्तो प्रकारले बिकास र स्थापित भएको छ की कुनै एक प्रकारको क्रियाले प्राय अर्को प्रतिक्रिया जन्माइहाल्छ।

मात्रा र तह फरक भए पनि आफ्नो प्रियजन गुमाउनु पर्दा, अरुको रूखोपन देख्दा, भोक तथा थकाइ लाग्दा, पीडा हुँदा, लागुपदार्थको लत छाड्नु पर्दा, शारीरिक तथा मानसिक रोग लाग्दा, कसैले आफूलाई गिज्याएको, होच्याएको, खसालेको, हतोत्साही बनाएको महसुस हुँदा, अन्याय पर्दा, काम अनाबस्यक ढिलो हुँदा, कुनै काम कुनै निश्चित समयभित्र सक्नै पर्ने दबाब आउँदा, ट्राफिक जाममा पर्दा, विभेद देख्दा, चोरी हुँदा, बिश्वास गरेको मान्छेले बिश्वास घात गर्दा, आर्थिक समस्या पर्दा, असफल हुँदा, समस्या निदानको कुनै उपाय नभेटाउंदा मान्छेलाई रिस उठ्छ।

त्यति मात्र होइन आफूसंग कुनै प्रकारको प्रतक्ष सम्बन्ध नराख्ने कुराहरुमा पनि मान्छेको चित्त बुझ्दैन र मान्छे रिसाउँछ। कोही नचिनेको व्यक्तिले अत्यधिक गतिमा गाडी चलाएको देख्दा, कोही जाँड खाएर बाटोमा लडेको देख्दा, अथवा चिन्दै नचिनेको मेचीको मान्छेले २० औं लाख दलाललाई बुझाएर पनि दक्षिण अमेरिका तथा मध्य अमेरिकाको कुनै जेलमा सड्नु परेको सुन्दा कुनै पनि सम्बन्ध नभएको महाकालीको मान्छेलाई पनि रिस उठ्छ। किनकी मान्छेको मन र मस्तिष्कले मानब स्वीकार्य कुरा खोजिरहेको हुन्छ। अमानबीय कुरामा उसको चित्त बुझ्दैन र ऊ रिसाउँछ।

जीवको अस्तित्वको इतिहास हेर्ने हो भने रिस नै अथवा रिसालु अक्रिति नै प्राणीलाई आफ्नो अस्तित्व बचाइराख्न र आफू बाँच्न चाहिने श्रोत तथा साधनको रक्षा गर्नमा बरदान बनेको पाइन्छ।

मान्छे सतर्क हुँदा तथा उसलाई कुनै कुरा चित्त नबुझ्दा मस्तिष्कको आमिग्डाला (Amygdala) भनिने भाग सक्रिय भैहाल्छ, र यसले शरीरका अन्य मुख्य भागलाई तु प्रतिकारमा उत्रिने संचार प्रबाह गर्दछ। त्यसपछि हाम्रो मृगौलाको माथिपट्टि हुने अड्रेनल (Adrenal) नामक ग्रन्थीले तुरुन्त अड्रेनलिन (Adrenaline) भनिने रासायन (Chemical) उत्पादन गर्दछन्। नोराड्रेनलिन (Noradrenalin) नामक अर्को हार्मोनको पनि शरीरमा तीब्र गतिमा उत्पादन हुन थाल्दछ। यी रासायनहरु उत्पादन हुने बित्तिकै मुटुको गति (Heart Rate) बढिहाल्छ। मुटुको गति बढेपछि रक्त चाप (Blood Pressure) बढ्न गई शरीरका मांसपेशी र मस्तिष्कमा रक्त प्रबाह (Blood Flow) पनि बढ्छ।

अड्रेनलिनले खतराको संकेत दिएपछि हाम्रो शरीरमा हुने अर्को हार्मोन टेस्टोस्टरोन (Testosterone) पनि द्रुत गतिले उत्पादन हुन्छ। मुख्यतया अड्रेनलिनले जिउ कमाउँछ, अनि टेस्टोस्टरोनले रातोपिरो बनाउँछ। हार्मोनहरुको ककटेल हुँदा दिमाग सन्किन्छ। यी सबै मिल्दा मान्छे कुर्लिन्छ, अनि उर्लिन्छ।

अड्रेनलिन (Adrenaline) र नोराड्रेनलिन (Noradrenalin) यस्ता हार्मोंन अथवा न्युरोट्रान्समिटर हुन जसले शारीरिक, मानसिक तथा सम्बेगात्मक कुनै पनि तबरले मान्छेले आफू खतरामा पर्यो भन्ने महसुस गर्यो भने उक्त खतरासंग जुध्न उसको शरीरले सम्भाव्य संपूर्ण उपायहरु अज्माएर तयार हुने संदेश दिन्छन्। यस्तो अवस्थालाई Fight-to-Fight Response भनिन्छ।

Adrenaline र Noradrenalin को मात्रा बढेपछि मस्तिष्क (Brain) र शरीरका मांसपेशी (Muscles) मा अक्सिजन र ग्लुकोसको मात्रा एकदम बढाइदिन्छ, जसको कारणले रिसाउने मान्छे मानसिक तथा शारीरिक दुवै तबरले आफूप्रति आइलागेको चित्त नबुझ्ने कुराको प्रतिकार गर्न तयार भैहाल्छ। यस्तो “भिड कि भाग” (Fight-or-Flight) को स्थितिमा शरीरले उक्त बेला त्यति महत्वपूर्ण नठान्ने अंगहरु जस्तै, पाचन प्रणाली, आदिलाई चाहिने शक्ति कटौती गरी मस्तिष्क तथा मांसपेशीमा पठाएको हुन्छ। त्यसैले रिसको यो झोकमा मान्छेले नसक्नेलाई पनि शारीरिक तथा मानसिक दुवै रुपले प्रतिकार गर्ने आँट गर्दछ।

Fight-to-Fight Response को अवस्थामा हाम्रा संवेगहरुलाई नियन्त्रण र निर्देशन गर्ने हाम्रो मस्तिष्कको अमिग्डला (Amygdala) भन्ने भागले Frontal Lobe भनिने मस्तिष्कको अर्को भाग, जसले सही तथा गलत छुट्टयाउने भूमिका खेल्दछ, संग सिघ्र सम्पर्क स्थापना गरी केही सही निर्देशन दिन खोजिरहेको हुन्छ। यिनीहरुबिचको संचार सम्पर्कको समय १ सेकेन्डको ४ भागको १ भाग जति हुन्छ। तर Amygdala कुनै निर्णयमा पुग्नु अगावै Adrenaline र Noradrenalin को बढ्दो गतिविधिको कारणले Frontal Lobe को देब्रे आँखाको ठिक माथि हुने मस्तिष्कको भागमा रक्त प्रबाह एकदम बढ्न जान्छ। जसको कारणले मान्छे मानसिक तथा दृश्यात्मक दुवैरुपले अन्धो जस्तै बन्दछ।

रिसको झोंकको यही बेलामा मान्छेले मुट्ठी कस्ने, मुट्ठी बजार्ने, दाह्रा किट्ने, समान बजार्ने, अरुलाई मार्ने, आफै मर्ने लगायतका जे जस्ता कुरा पनि गर्न सक्दछ।
जब Amygdala कुनै निर्णयमा पुग्दछ, मान्छेको रिसको त्यो रुप एकदम कम भैसकेको हुन्छ। रिस तथा आवेगको को चरमचुली मात्र २ सेकेन्डको हुन्छ। आत्महत्या नै गर्न अथवा अरुलाई काट्न हतियार उज्याएको व्यक्तिलाई कुनै तबरले मात्र २ सेकेन्ड रोक्न सकियो भने ऊ त्यो कामबाट पछि हट्दछ। त्यसैले यदि भयङ्कर रिस उठ्यो भने सर्बप्रथम १० सम्म गन्न थालिहाल्नु पर्दछ।

रिस प्राणीमा हुने स्वभाविक संवेग हो। रिस उठ्नु पर्छ, होसियारीपूर्बक कुनै रुपमा ब्यक्त हुनु पर्दछ, अनि साम्य हुनु पर्दछ।

हाम्रो शरीरको बिभिन्न संयन्त्रको संयोगले जसरी रिस उठाउने कार्य गर्दछ, त्यसरी नै उठेको रिसलाई साम्य पर्ने कार्य पनि गर्दछ। जसरी चित्त नबुझ्ने कुराहरुको कारणले शरीरमा Adrenaline उत्पन्न हुन्छ, र त्यसको कारणले मुटुको धड्कन, रक्त प्रबाह बढ्छ, मान्छे रातोपिरो र जोसिलो हुन्छ, त्यसरी नै Adrenaline को लामो उपस्थितिले शरीरलाई हानी गर्ने हुनाले शरीरको अर्को संयन्त्रले असिटिलकोलिन (Acetylcholine) नामक अर्को रासायन तथा न्युरोट्रान्समिटर उत्पादन गरी Adrenaline को दुस्प्रभाहलाई निस्क्रिय बनाइदिन्छ र रिसाएको मान्छे शान्त बन्दछ।

तर यदि तपाईंलाई बढी नै, र सधै नै रिस उठिराख्छ भने त्यो चाहिं सोचनीय कुरा हो। यसको अर्थ के हुन सक्छ भने तपाईंको शरीरको संयन्त्रमा Fight-to-Fight Response को स्थितिबाट शरीरलाई साधारण अवस्थामा फर्काउने संयन्त्र कमजोर छ अथवा त्यसले राम्रोसंग काम गरिरहेको छैन।

त्यसको अर्थ स्नायु प्रणाली, मुटु, धमनी, आदिले लगातार र बिनाआराम अधिकतम काम गर्न परिराखेको छ। शरीरका यी शीर्ष अंगहरुलाई कामको चाप पर्ने बित्तिकै एकातर्फ कलेजो, मृगौला आदिलाई पनि असर पर्दछ भने अर्कोतर्फ मानसिक रोगहरु लाग्ने सम्भावना पनि त्यतिकै हुन्छ। त्यसैले शान्त स्वभाबका मान्छेलाई भन्दा रिसाहा मान्छेलाई Artery Disease हुने २ गुणा बढी र हृदयघात हुने ३ गुणा बढी सम्भावना हुने कुरा प्रमाणित तथ्य हुन्। हालसालैको १३,००० जनामा गरिएको एक बैज्ञानिक अध्ययनले धुम्रपान अथवा मोटोपनले हुने असामयिक निधन भन्दा रिसको कारणले हुने असामयिक निधन अझै बढी हुने कुरा पनि प्रमाणित गरेको छ। त्यसैले भनिएको होला “रिसले आफै खा”।

————————(समाप्त) —————————

नोट:
१) यो लेख विशेषज्ञहरुको लागि पर्याप्त छैन। यो सामान्य पाठकका लागि हो।
२) मैले सधै सबै पाठकहरुका सबै कमेन्टहरु सम्मानपूर्बक शब्द-शब्द पढ्छु। जिज्ञासाहरुको उत्तर दिंदा बहुसंख्यक सर्वसाधारण लाभान्वित हुने महसुस भएमा उत्तर पनि लेख्छु।

9 thoughts on “विज्ञान ब्लग : रिस उठ्नु तपाईंको कमजोरी होइन”

  1. Limbu HarataraH says:
    December 3, 2014 at 12:29 am

    रिस मात्रै कसरि ? “हास्न पनि धेरै बेर”सकिन्न! रिसैको आगोले खरानी अनि हासोले कति-कति काम बिग्रेका छन् I चाहिने भन्दा थोरै रिस, जस्तो: शान्त, नरम, मुस्काएर, सामान्य सहेर बस्नुले रोग मात्रै लागे त ठिकै हो मेडिसिन खाउँला तर बेफाइदा नै पो धेरै भेट्टाएँ ! रिस बढी हुनेले नै प्रगति, प्रशंसा, पुरस्कार पाएका छन्! गौतमम जी को पाठक नियमित हुँदा भोगेको जुर श्यर गरें है साथि हो.

    Reply
  2. Rachana Pathak says:
    December 2, 2014 at 1:00 pm

    गौतम सर ज्ञान बर्दक लेख हरुको लागि धन्यवाद, रिसको औसधि हुन्छ त ? जान्न पाए हुन्थ्यो, लौन कृपया !

    Reply
  3. Alikhit says:
    December 1, 2014 at 5:18 pm

    ब्लड प्रेशर बढ्दा पनि रिस उठ्छ भन्छन, के कारणले होला ?

    Reply
  4. hita says:
    December 1, 2014 at 5:17 pm

    अहंकार एक उर्जा हो नकारात्मक उर्जा जसको रुपानतरण समभ्व छ । उर्जा दमन गर्ने हेन बरु रुपानतरण गर्ने हो प्रेम मा।
    रुपानतरणका विधि हरु योग बिधामा पाइन्छ ।
    — हिटा

    Reply
  5. उपासक उदास says:
    December 1, 2014 at 4:59 pm

    गौतमजीको जीवनोपयोगी लेखको निम्ति साधुवाद भन्नै पर्छ.
    तर, ससाना भाषाको , व्याकरण को गल्ती हरु प्रति सचेत भएमा अझ राम्रो हुने देखिन्छ.
    जस्तै – “…त्यसरी नै “रिस” लगायतका अन्य ‘संयोग’हरु पनि…”
    यहाँ नेर संयोग ( chance ; coincidence) होइन ,संवेग (impulse ; emotion)भन्न खोजेको हुनु पर्छ.
    आफ्नो यौटा जिज्ञासा पनि राख्न चाहन्छु –
    संख्या मा अति कम भए पनि , कैयन मानिस यस्ता पनि भेटिएका छन , जसलाई रिस उठाउन साथीहरु बाजी राख्ने गर्छन !…फेरी अर्को एक थरी यस्ता पनि छन , जो रिस उठ्यो कि मुस्काउने गर्छन र सामुन्ने बस्ने लाइ धोखा मा राख्ने गर्दा रहेछन !…यस्तो अजिब किसिमको रिस प्राकृतिक हो कि कृत्रिम (अभिनय) मात्र होला ?

    Reply
  6. premji says:
    December 1, 2014 at 3:51 pm

    रिसकै बारेमा यति धेरै कहिले पढ्या थिइन, गौतम जी लाइ धन्यबाद |

    Reply
  7. balakji says:
    December 1, 2014 at 2:14 pm

    यो नसा र इन्जम को खेल भन्दा पनि
    भीत्र क्षमा छ भने त क्षमा निकलिन्छ भीत्र क्रोध छ भने , त क्रोध निकलिन्छ।
    यो कुरा लाई एक मौलिक सूत्र जस्तै आफ्नो हृदय मा लेखेर राखी छोडनोस कि जो आफ्नो भित्र 6, त्यही निकालने हो । यस कारण जब केहि आफ्नो बाहर निक लिन्छ , भने अरुलाई दोष नदिनोस ।
    यदि क सैले गालीदियो र भीत्र क्रोध आयो , भने उसलाई धन्यवाद दिनोस कि उसने एक अवसर दियो , एक परिस्थिति बन्यो , जसले गर्दा तपाइको क्रोध तपाइलाई देखा पर्यो । अनि यदी कुनै
    व्यक्तिले गाली दिने लाई पनि धन्यवाद दिन सक्यो भने , तो एक दिन उसको भीत्र क्षमा को शक्ति पैदा हुन्छ । त्यो क्षमा पाजिटिव हो । त्यो क्षमा कुनै पनि क्रोध को पछुत्वो हैन /

    Reply
  8. Niraj says:
    December 1, 2014 at 9:36 am

    Thank you Gautamjee,
    You are a great writer. Always give interesting informations to general public.
    What is the best way to handle anger? Would love to read that also.

    Reply
  9. BS says:
    December 1, 2014 at 4:01 am

    I like Gautam Jee’s articles. I want to add something although it is my own version/thought. Anger is a negative attitude of a person that would produce negative consequences around us. We can easily control the masts (or an angry person) using anger (in return) but it is not long lasting. Those people who are controlled by anger will try to take advantage (time and again when they get chance) from the person showing/using anger. Controlling or winning the hearts and minds of people with LOVE would produce the most positive and long lasting results than using anger. Only weak people show anger who feel inferior or lack tolerance and skills in convincing others with love. So by minimizing anger we can benefit not only ourselves (as it prevents from several mental and physical illnesses) but also maintain good relationship with others by socializing. Bullying others is a weakest idea and attitude as it does not justify by all means. Only those people who lack the skills of creativity in this world choose the track of bullying and controlling others by physical strength which is initiated by anger.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme