Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

यही हो सुरक्षा? उता भिडमा चेपिएर मान्छे मर्ने, यता पुलिस पर्खाल चढेर मोबाइलबाट फोटो खिच्ने?

Posted on November 30, 2014November 30, 2014 by Salokya

2392ADA300000578-2852739-im
गढिमाई मेलामा प्रहरी र प्रशासनको नालायकी देख्दा निकै दुःख लाग्यो। यो पहिलो पटक भएको मेला थिएन। हरेक पाँच पाँच वर्षमा हुने मेला थियो। कति श्रद्धालु आउँछन् भन्ने अनुमान पक्कै पनि गर्न सकिने अवस्था नै थियो। तर त्यो अनुसारको तयारी भने अलिकति पनि भएको देखिएन। म त अचम्म छु, आखिर हाम्रो देश पशुपतिनाथले अथवा दैवी शक्तिले चलाएको भन्ने कुरो सही जस्तो लाग्यो। मानव सागर उर्लिएको छ तर व्यवस्थापन छैन। यसो हेर्दा दर्जनौँ मान्छे चेपिएर मर्ने स्थिति। धन्न तर भारतकी एक वृद्धामात्रै भिडले किचेर मरेको खबर आयो शनिबारसम्म। १४ सय प्रहरी खटिएको भन्ने, तर कतै नदेखिने। भएको पनि ऊ त्यसरी पर्खाल चढेर मोबाइलबाट फोटो खिच्नैमा व्यस्त।

रोयटर्सको यो फोटो त बलि दिन थालिसकेपछि र पर्खालमा अरु चढ्न थालेपछिको हो। सुरुमा कसैलाई चढ्न नदिँदा र बलि सुरु भइनसक्दा पनि पुलिसले मोबाइलबाट फोटो खिच्दै गरेको देखिएको थियो।
रोयटर्सको यो फोटो त बलि दिन थालिसकेपछि र पर्खालमा अरु चढ्न थालेपछिको हो। सुरुमा कसैलाई चढ्न नदिँदा र बलि सुरु भइनसक्दा पनि पुलिसले मोबाइलबाट फोटो खिच्दै गरेको देखिएको थियो।

मान्छे र मिडियालाई पनि खाली बलि कै कुरामा मात्र चासो रहेछ। बलिको समर्थन अनि बलिको विरोध। त्यो बाहेक गढिमाईको अरु कुरामा मतलबै छैन। इन्टरनेटमा बलिको समर्थन र विरोधमा लेखिएका विचारले भारत र नेपालका गाउँबाट लाखौँको स‍ंख्यामा ओइरिनेहरुलाई केही छुँदैन। उनीहरुमा चेतना नजगाएसम्म बलि रोकिँदैन।

बलि त एउटा भाग हो यो मेलाको। पशु बलि दिने नदिने कुराको बहस गरौँ, नगरौँ भनेको होइन। तर यहाँ त मान्छे बलि चढ्ने अर्थात् मर्ने जोखिम छ बाबा। यसलाई त व्यवस्थित गर्न आवाज उठाउँ।

करोडौँको भेटी उठ्दो रहेछ यहाँ। भेटीसमेत ठेक्का लाग्दो रहेछ यहाँ भेटी संरक्षणका नाममा। अनि बाटो बिग्रेको। तीन चार वटा ठाउँ छ त्यहाँ पुग्ने, छैन कुनै सवारी व्यवस्थापन, पार्किङ योजना। भारतबाट सयौँको संख्यामा ट्रयाक्टर, टेम्पो, बस आएका छन्। लाखौँ मान्छे ओइरिएका छन्, छैन कुनै लाइन र व्यवस्थित दर्शनको योजना।

मोबाइलमा फोटो खिच्नमा व्यस्त रहेका अर्का प्रहरी
मोबाइलमा फोटो खिच्नमा व्यस्त रहेका अर्का प्रहरी

मैले त प्रहरीलाई बलि दिने मन्दिरभन्दा दुई सय मिटर जति परको खुला मैदानको पर्खालमा चढेकाहरुमात्रै धेरै देखेँ। बलि हेर्नलाई पर्खाल चढ्नबाट रोक्न खटिएकाहरु। अचम्म लाग्छ, यो पर्खाल चढ्न पनि किन रोक्नु पर्‍यो, त्यही हेर्न भनी आएका हुन्छन् टाढाबाट। हेर्न दिए भइगो। आखिरमा रोक्न पनि सकेनन् उनीहरुले।

daud

फोटोः अंगद ढकाल
फोटोः अंगद ढकाल

हामीलाई रोक्ने? भनेर ढु‍गामुढा भएपछि प्रहरी बाध्य भएर चुप बस्न बाध्य भयो। सहन्छन् पनि किन नि उनीहरुले ? प्रहरी आफू चाहिँ पर्खाल चढेर मोबाइलले फोटो खिच्दै बस्ने? उनीहरुलाई चाहिँ रोक्ने?
Gadhimai (11)
भक्तजनहरु लाठी लिएर आक्रमणमा उत्रिएका थिए स्वयंसेवक र प्रहरीविरुद्ध, ‘ल हान गोली, कति छ तेरो बन्दूकमा गोली’ भन्दै। धन्न ठूलो घटना भएन।

उता मन्दिरमा दर्शनको लागि लाइनमा लाग्दालाग्दै धकेलाधकेल भएर भिडले किचेर एक वृद्धा मरिन्। जो बलियो उसैले पेलेर लाने भिडमा झन् एक जना पुलिसले लट्ठीले हान्न थालेपछि के होला? चप्पल छाडेर भागाभाग। लडेपछि मान्छेले कुल्चिहाल्ने।

आस्था र विश्वासको कुरा, सन्तान पाउने भाकल गर्दा रहेछन्, जन्मिएपछि दर्शन गराउन लिएर आउँदा रहेछन्। अब त्यो सन्तान देवीकै प्रतापले हो वा गाउँकै अर्को कुनै लाठेको कृपाले हो भन्ने चाहिँ थाहा हुँदैन कसैलाई। भाकल अनि जन्म। आस्था र विश्वास झन् बलियो। त्यसैले दूधे बालकहरु पनि धेरै ल्याएका हुन्छन् भक्तजनहरुले। स्थिति त्यही भएर पनि जोखिमपूर्ण हुन्छ।
Gadhimai (1)
शनिबारसम्ममा एक जना बालिकामात्र मरेको खबर छ। त्यो पनि भिडका कारण होइन, चीसोका कारण भनिएको छ। यहाँ पनि देवी कै कृपा मानौँ अब। खासै त्यस्तो ठूलो दुर्घटना भएन अरु। तर सँधै देवीले कृपा गरिरहन्छन् भन्ने छैन। सावधानी अपनाउनु जरुरी छ।

सम्बन्धित समाचार:
गढिमाई : आएको आशीर्वाद लिन, फर्कनु पर्‍यो आँसु र लाश बोकेर
मान्छे ‘बलि चढ्न सक्ने’ जोखिम छ गढिमाई मेलामा

4 thoughts on “यही हो सुरक्षा? उता भिडमा चेपिएर मान्छे मर्ने, यता पुलिस पर्खाल चढेर मोबाइलबाट फोटो खिच्ने?”

  1. Tuyu Bhaju Udaas says:
    November 30, 2014 at 7:02 pm

    Fool , bull and rule !
    Rulers , particularly in underdeveloped countries has a lot of advantage out of the so-called religious (actually stupid) people.
    And, in the world history , there are always majority of fools in every age and stage of different parts of this world.
    that’s why the corrupt system of security of such countries ignore the importance of the devotees , no matter let it be in India or Nepal . …

    Reply
  2. Shankar says:
    November 30, 2014 at 4:49 pm

    ” अब त्यो सन्तान देवीकै प्रतापले हो वा गाउँकै अर्को कुनै लाठेको कृपाले हो भन्ने चाहिँ थाहा हुँदैन कसैलाई” यहि हो सास्वत सत्या | गो प मा ,कान्तिपुर मा ८० बर्से दाहाल ले छोरा जन्माए , , ७५ बर्से कटुवाल बा बने येस्ता समाचार आइरहनछन |
    खानु छ भुटेको मकै , निस्तो चिउरा गरेको छ बहादुरीको काम | देबीको कृपा भयो भनेर राँगा र बोका को गर्दन लाइ सास्ती |

    Reply
  3. Shruti says:
    November 30, 2014 at 3:32 am

    त्यो फोटोहरु कति बेला गएर Facebook मा upload गरौ भन्ने सोचिरहेका छन् होला ति police हरुले. हाम्रो नेपालमा अरुको त के कुरा गर्नु र एउटा serious profession मा लागेकाहरु पनि आफ्नो कामको जिम्मेवार professional हिसाबले पुरा गर्दैनन्. अस्ति भर्खर “हस्पिटलमा nurses ले facebook हेरेर बसेर बिरामीको मृतु” भन्ने news पढेको थिए. यस्तो लापरबाहीको news हरु सुन्नु पर्दा दुखः लाग्छ, तर के गर्नु सुन्नै पर्छ हाम्रो नेपालमा.

    Reply
    1. bikash says:
      November 30, 2014 at 2:39 pm

      पुलिसको त कुरै नगरौ के के गर्छन ? हामिले अपेक्षा गरे अनुरुपको प्रदर्शन छैन तथापि यिनिहरु पनि मान्छे नै हुन भन्ने नबिर्सौ, खिच्न मन लाग्यो होला तिनलाई पनि ।

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme