Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सोचेभन्दा ठूलो रहेछ गढिमाई मेला

Posted on November 28, 2014November 28, 2014 by Salokya

Gadhimai (19)
हिजो अपराह्नतिर काठमाडौँबाट गुडेर वीरगञ्ज बसेपछि १२ बजे सुतेर एकाबिहानै २ बजे गढिमाईतिर हिँडियो। हिँड्दा-हिँड्दा थाकेर हैरान। यति धेरै हिँड्नु पर्छ र यति टाढा रहेछ गढिमाई मन्दिर भन्ने अनुमानसम्म थिएन। मान्छे त अहोहो…कति धेरै। काठमाडौँका आमसभाहरुमा मानव सागर भन्ने गरेको सुनिन्थ्यो, यहाँ पो देखियो वास्तविक मानव सागर। अझ बूढाबूढी, बच्चाहरु चेपिएको देख्दा साह्रै माया लाग्ने। खिसिक्क केही भएर भागदौड मच्चियो भने कति धेरै मान्छे मर्लान् भन्ने लागिरहेको थियो। नभन्दै एक जना मान्छे मरेको खबर पनि आयो। अहिले साह्रै थाकेकोले केही फोटोमात्र। बाँकी पछि।

Gadhimai (1)
भिडमा चेपिएर रोइरहेको काँधमाथि चढेको बालक।

DSC_4596
भारतको विहारदेखि आसामसम्मका मान्छेहरु आएका थिए मेला भर्न। विहारबाट ट्रयाक्टर भरीभरी मान्छे कोचेर आएका थिए। जाम त २० किलोमिटर परसम्म थियो।

Gadhimai (11)
बलि दिएको ठाउँ हेर्न नपाएपछि सर्वसाधारण बाँसको लट्ठी बोकेर प्रहरी र स्वयंसेवकमाथि जाइलागे।

DSC_5319

DSC_5493

DSC_5438

थप फोटो पहिलोपोस्टमा हेर्न यहाँ क्लिक गर्नुस्।

21 thoughts on “सोचेभन्दा ठूलो रहेछ गढिमाई मेला”

  1. cRIS says:
    December 1, 2014 at 12:38 pm

    यस्तरी नौटंकी मन्चन नै गर्नु छ भने, आफु समानकाहरुलाई छिनालेर बलि दिए हुन्छा| निर्धोलाई मारेर के रमिता??

    Reply
  2. Pratap says:
    November 29, 2014 at 7:57 pm

    हो आस्था सबैको हुन्छ
    तर आस्थाको नाम्मा आबोध प्राणीको बली दियर माइ खुशी हुन्छिन भन्ने सोच्नु के ठीक हो?
    के सबै प्राणी ईश्वरको सन्तान हैनन ? आफ्नो सन्तानको बली दिदा कोहि खुशी होला ?
    एक्चोटि राम्ररी सोच्नुस् बिसेस गरि युबा आनि बुद्धिजिबी बर्गले।
    नत्र आस्था को नाममा कसैले आफ्नै सन्तानको बली पनि दीन बेर लाग्दैन ।
    बुद्ध को देश्मा यसरी क्रुर , निन्दनिय , अबिबेकी क्रियकलाप छिटो भन्दा छिटो बन्द नगर्नेहो भने हमिले बिश्वमा मुर्ख भनेर् चिनिनु पर्छ ।

    Reply
  3. रबिन्द्र धिताल says:
    November 29, 2014 at 7:36 pm

    सर्बप्रथम, यस गढीमाई मेलामा भइरहेको बलि विवादका बारेमा आफुलाई लागेको कुरा राख्न चाहन्छु| कुण्ड कुण्ड पानी मुण्ड मुण्ड बुद्धि भनेझै, हरेकका आआफ्ना तर्क होलान्
    मलाई के लाग्दछ भने, हरेक प्राणीको बाँच्ने अधिकार हुन्छ र कुनै पनि धर्मले जिब जनाबरको हत्या गर भनेर लेखेको मलाई थाहा छैन र यदि छ भने त्यो कुनै धर्म नै हैन मेरो नजरमा | तेसकारण कुनै पनि देबी देवताको नाम मा पशुहत्या गर्नु भनेको इराक र सिरियामा जिहादका नाम मा भैराखेको नरसंहार जस्तै हो |

    यदि खानकै लागि पशु बध गरिएको हो, भने तेस्लाई ब्यबस्थित गर्ने काम गर्नु जरुरि छ, जसरि पश्चिमा मुलुक हरुतिर निश्चित स्थानमै मात्र बध गर्न पाइन्छ, र यसरी बध गर्दा पनि जनाबरलाई धेरै नतड्पाईकन निश्चित अधिकारको सुनियोजित गरेर गर्ने प्रचलन छ |

    बिरोधको लागि बिरोध गर्नु भन्दा पनि यसलाई ब्यबस्थित गर्ने टड्कारो आबश्यकता छ | हाम्रो जस्तो मुलुकमा अहिलेको सन्दर्भमा बलि दिँदा नतड्पाईकन र पशुका केहि अधिकार सुनिस्चित गर्ने ढंगले अघि बढ्न सकिन्छ | निश्चित मापदण्ड पुर्यायर काम गर्न सकिन्छ|

    अहिले यसै पनि विभिन्न क्षेत्रमा इसाईकरणले आक्रमण भैराखेको छ, यस्ता कार्यहरुले हाम्रै धर्म र संस्कृति मा नकारात्मक असर गरिराखेको छ | यदि हामीले हाम्रा चाडलाई ब्यबस्थित गर्न सके, उनीहरुलाई हामीले पनि भन्न सक्छौ, जसरि तिमीहरु तिम्रो चाड (थ्यांक्स गिविंग) मा टर्की खान्छौ, हामीले पनि हाम्रो चाडमा मासु खान्छौ |त्यसकारण धार्मिक रुप नदिकन सास्कृतिक र सामाजिक रुप मा चाड पर्व मानौं, ब्यबस्थित तवरले काटिएको मासु खाऔं |

    Reply
  4. prakash gautam says:
    November 29, 2014 at 5:12 pm

    मान्छेहरु लाई एस्तो बलि दिदा किन पशुअधिकार का भासण हरु गर्न पर्ने होला
    बर्षौ देखिको संस्कार हो, पसुहरुको बलि दिएपछि भगवानको मन्दिर मा प्राण जादा तुरुन्तै पशु बाट मानब को जुनी हुन पुग्छन, किनकि भगवतीले खानको लागि हैन प्राणी को उद्धार को लागी एस्तोगर्नु भएको हो भगवान कृष्ण ले स्वयं गीता मा भन्नु
    भएको छ भगवान जे गर्नुहुन्छ तो देख्दा नराम्रो ज़स्तो लागे पनि परन्तु मानब कल्याण नै हुन्छ ज़स्तई कृष्ण ले गोपिनी हरु संग गरेको बिबाह उनीहरु कै उद्धार
    को लागि थियो, अनि पशु काटेर खाने मान्छेले अनि दोस भगवानलाई? यसै पनि
    दिनहु करोडौ पसुहरु काटेर खादा केहि नहुने मन्दिरमा बलि दिदा खुब आदर्श का कुरा
    गर्ने बुद्धिजीवी हरु अलि संस्कार को महत्य बुझेर आफ्ना कुरा राखे कसो होला?

    Reply
  5. xyz says:
    November 29, 2014 at 3:27 pm

    I am shocked to read this email being circulated by so called Nepal’s intellectual elites. If you justify Gadhimai killings by giving millions of turkeys being killed during Christmas, you can literally justify any decision/policy by giving inferior decisions/policy. What a shame on Nepal’s elite, they simply offended by having to give up Hinduism and the associated monarchy and central unitary state.

    “More than 45 million turkeys are killed each year at Thanksgiving alone, and more than 22 million die at Christmas. -PETA
    46 million — The estimated number of turkeys eaten in the United States on Thanksgiving 2012 – CNN
    every concern is over the Killings at Gadhimai????
    This happens to a poor country like Nepal only…. animal rights activists???”

    Reply
    1. Shruti says:
      November 30, 2014 at 12:50 am

      मेरो बिचारमा गढ़िमाइ मेलामा जनावरहरु काटिने तरिकालाई लिएर सबैले attention दिएको हो. निर्दोस जनावरहरुलाई कस्टकर लामो बाटो पैदल यात्रा गराएर, काटिनु भन्दा २-३ दिन अगाडी खान पनि नदिएर torcher दिएर(उनीहरु half dead भैसक्या हुन्छा रे बलि दिने दिनसम्म), अनि हजारौ रमाइरहेका मान्छेहरु को अगाडी काटिनु त्यो जनावरको लागि अपमान ठानिन्छा civilized countries मा. नेपालमा सबै vegetarian हुनुपर्छ भन्या होइन नि. व्यवस्थित slaughter house हरुमा respectable तरिकाले काटिनु पर्छ भनेको हो thanksgiving र christmas मा काटिने turkey हरु जसरि.

      Reply
  6. chandra says:
    November 29, 2014 at 2:38 pm

    धर्म को नाममा अन्धोपन, मुर्खता र पागल्पना ! कुनै दिन यो भिड र अन्धोपन मा ठुलो दुर्घटना घटना जान्छा र हजारौ हजारको संख्यामा मान्छे को मृत्यु हुन्छा अनि मात्र पुजारी, समाज, र राष्ट्र को होश आउला ! त्यो दुर्घटना नभैञ्जेल जात्रा रोकिने छैन!

    Reply
  7. Kalpana Bokhim says:
    November 29, 2014 at 2:33 pm

    आजको २१ औ शताब्दीमा धर्मको नाममा यसरी सामुहिक पशु हत्या गर्नु अर्थात वली चडाउनु कत्ति पनि राम्रो कुरा होइन | यो बिबेक ढकाल भन्ने व्यक्तिको कुतर्क अथवा Comments मा मेरो कति पनि सहमती छैन | नाम अनुसार यो मान्छेको दिमाग चाही बिबेकशील हुनु पर्ने तर सोचाई/दिमाग चाही दानव रहेछ |

    बिबेक!! धर्मको नाममा तिमी अनि तिम्रो परिवारको पनि यसरी टाउको गिडेर सामुहिक हत्या गरियो भने के तिमी राजी हुन्छौ अथवा राम्रो मान्छौ?? पहिला आफै सोच अनि राजी छैनौ भने हत्या-हिंसा/वलीको पक्ष्यमा के वकालत गरछौ??

    पशुहरु पनि यस धर्तिको हामी जस्तै परिवार हुन उनीहरुको पनि बाच्ने अधिकार छ यस धर्तिमा | के पशुहरु र मान्छेको प्राणमा त्यस्तो के फरक छ र?? मात्र पशुहरुले बोलेको मान्छेले बुझ्दैन र मान्छेले बोलेको पशुले बुझ्दैन फरक यति न हो | ताकि कैयौ मान्छेले-मान्छेको भाषा त बुझिदैन भने, धर्मको नाममा यी निर्दोष पशुहरुको सामुहिक हत्याको विरोध हुनु अति जायज छ र विरोध हुनु पनि पर्छ अनि अवश्य एक दिन यो कु-कर्म, कु-संस्कारको ढोका सधैका लागि बन्द हुने छ |

    Reply
  8. Kalpana Bokhim says:
    November 29, 2014 at 2:28 pm

    आजको २१ औ शताब्दीमा धर्मको नाममा यसरी सामुहिक पशु हत्या गर्नु अर्थात वली चडाउनु कत्ति पनि राम्रो कुरा होइन | यो माथिको बिबेक ढकाल भन्ने व्यक्तिको कुतर्कमा मेरो कति पनि सहमती छैन | नाम अनुसार यो मान्छेको दिमाग चाही बिबेकशील हुनु पर्ने तर सोचाई/दिमाग चाही दानव रहेछ |

    बिबेक!! धर्मको नाममा तिमी अनि तिम्रो परिवारको पनि यसरी टाउको गिडेर सामुहिक हत्या गरियो भने के तिमी राजी हुन्छौ अथवा राम्रो मान्छौ?? पहिला आफै सोच अनि राजी छैनौ भने हत्या-हिंसा/वलीको पक्ष्यमा के वकालत गरछौ??

    पशुहरु पनि यस धर्तिको हामी जस्तै परिवार हुन उनीहरुको पनि बाच्ने अधिकार छ यस धर्तिमा | के पशुहरु र मान्छेको प्राणमा त्यस्तो के फरक छ र?? मात्र पशुहरुले बोलेको मान्छेले बुझ्दैन र मान्छेले बोलेको पशुले बुझ्दैन फरक यति न हो | ताकि कैयौ मान्छेले-मान्छेको भाषा त बुझिदैन भने, धर्मको नाममा यी निर्दोष पशुहरुको सामुहिक हत्याको विरोध हुनु अति जायज छ र विरोध हुनु पनि पर्छ अनि अवश्य एक दिन यो कु-कर्म, कु-संस्कारको ढोका सधैका लागि बन्द हुने छ |

    Reply
    1. bibek dhakal says:
      November 29, 2014 at 6:45 pm

      कल्पना जी , यदि मैले तपाइंलाई ‘ तपाईं शाकाहारी हो या मांसाहारी’ भन्दा तपाइंको उत्तर ‘मांसाहारी’ भन्ने आयो भने मैले तपाइँलाइ भन्नु पर्ने कुरा केहि बाकि रहन्न. किनकि मेरो बिचारमा दिन दिनै मानिसको मांस आवस्यकता पुरा गर्नको लागि एक महिनामा देशभरी काटिने राँगा, खसी यो गढ़िमाइ को मेलामा काटिने भन्दा बढी हुन्छ होला र मांस आहार गरेर अप्रत्यक्ष रूपमा त्यो हिंसालाई बढावा दिनेलाई यो मेलाको बिरुद्द वकालात गर्नुको कुनै हक छैन.
      तर यदि तपाईं साँचैनै शाकाहारी हुनुहुन्छ भने मैले भन्ने खोजेको याहाँ प्रस्ट पारौं. माथि सालोक्य जी को ब्लग र फोटो तपाइंले हेर्नु भयो कि भएन राम्ररि? त्यसमा सहभागी हुने मान्छेहरु को संख्या हेर्नुस. त्यस्तै आर्को फोटोमा त्यहि निर्दोष प्राणीहरुको हत्या भएको स्थानमा जान नपाएर लठ्ठी लिएर प्रहरी तिर जाइलाग्न खोज्ने मानिसह हरु हेर्नुस. तिनीहरुको चेतनाको स्तर बिचार गर्नुस कल्पना जी, यदि तपाइँ पुर्व पश्चिम राजमार्ग बाट दक्षिण तिरको बिकट गाउँहरुमा ऐलेसम्म जानु भएको छैन र त्याँहा कस्तो समाज छ भन्ने अनुमान छैन भने. तपाइंले याहा भट्ट्याको जस्तो पुराण भट्ट्याएर के आज को भोलि यी मानिसहरुमा परिवर्तन आउन सक्छ जस्तो लाग्छ तपाइलाइ? बम्जन काण्ड बिर्सिनुभो?
      मैले पशु बलिको वकालत पक्कै पनि गरेको छैन. मेरो आफ्नै घरमा कहिले बलि दियिन्न र हाम्रो देवाली कुल पुजामा बलि दिने चलन हटिसकेको छ. तर म मासु खान्छु र जबसम्म म खान्छु मैले अप्रत्यक्ष रूपमा यस्ता पर्वहरुलाई समर्थन गरिरहेको हुन्छु. त्यसैले मलाइ गढ़िमाइ जस्ता पर्वहरुको बिरोध गर्ने कुनै हक छैन. र आर्को कुरा पपुलिस्ट कुरा गरेर मलाइ विवेकशील कहलिनु छैन. समाज परिवर्तन गर्न आघि सर्नेले त्यो समाजको सबै पाटोलाई राम्ररी बुझेको हुनुपर्छ. नैतिक कुरा गरेको भरमा समाज परिवर्तन हुँदैन, आजको भोलि कुनै किसिमको परिवर्तन आउदैन. तर बिडम्बना समाज परिवर्तन गर्न खोज्ने वा खोजेको जस्तो देखाउनेहरु त्यो समाजमा भिज्न त के त्यसलाई राम्ररी बुझ्न नि चाहन्नन्.

      Reply
      1. xyz says:
        November 30, 2014 at 6:53 am

        Mr Bibek ji, I am shocked by your explanation – “I am non-veg therefore don’t care about animal killing.” What a stupid logic. In Gadhimai mela, animals are not killed just for food.

        Reply
        1. bibek dhakal says:
          November 30, 2014 at 7:44 pm

          एक्स वाई जेड ज्यु, तपाइंले मैले भनेको वाक्यान्सलाई लिटरल्लि / अन्लिटरल्लि कसरि अनुवाद गर्नु भो तपाइंलाई था होला, मैले म मांसाहारी भएकोले मलाइ मतलब छैन हैन मा मांसाहारी भएकोले मलाइ मलाइ राँगा बधको बिरुद्द बोलेर पशु प्रिय ( हिपोक्रिसी को चरम नमुना) देखिन खोज्ने हक छैन भन्न खोजेको….. र जाहाँसम्म ‘ killing for food ‘ भन्ने कुरा छ यो सब ढोंगी र वाइयात कुरा हो किनभने मासु भनेको जिब्रो को लागि मात्र हो, फगत स्वाद को लागि किनकि शरिरलाई चाहिने सबै कुरा संसारमा प्रसस्तै फालेका छन्.

          Reply
  9. Binod says:
    November 29, 2014 at 1:01 pm

    हत्या गर्नु चाहे त्याे गढीमाइकाे मेलामा, दशैमा हाेस या क्रीसमस का टर्की या बकर इदका बाेका राम्राे मान्न नसकियला । तर कसैकाे धार्मिक अास्थामा एकहाेराे प्रहार गरीरहनु पक्कै राम्राे कुरा हाेइन । इराक र अफगानीस्थानमा हजाराै मानव वली चढी रहदा िकन काेही ठुलाे श्वर गर्न सक्दैनन? िकन हाम्राै अास्थामा मात्र प्रहार हून्छ? पशु हत्या या बलीकाे िबराेध गरीरहनेहरू िचकेन राेस्ट र मटन करी खादै हाेलान । स्लटरमा कािटएका हुन या गढीमाइमा, हत्या त हत्या नै हाे , किन यति धेरै ठुलाे श्वर ? सन्सारमा चामल र पिठाे भन्दा भन्दा बढी चिकेन खाइन्छ, सायद सबै साकाहारी भए खानैका लागी एक अापसमा काटा काट हून्थाे हाेला । त्यसैले म त याे वली विराेधी काेलाहलकाे केही महत्व देख्दिन ।

    Reply
  10. आनन्द says:
    November 29, 2014 at 9:02 am

    पुरा विश्व्जगतमा नेपाल्को छवी निकै नराम्रो तरिकले चित्रन भैरहेको छ!! समयमै सरोकर वालाले बली प्रथा रोक्नु पर्छ । बुद्ध को देश क मनिस भन्न पनि लाज लाग्ने अवस्था छ आज । दातृराष्ट्र हरु,बली प्रथा लाई ब्यवस्थित गर्न नसके यूरोप तथा अरु देश बाट आउने सह्योग कटौती गरियोस्!!

    Reply
  11. Durga Adhikari says:
    November 29, 2014 at 8:33 am

    गढीमाईको मेल कदापी रोकिनु हुदैन/ तर अब्यबस्थित पशु बलिको भने अन्त हुनै पर्छ/ चाहे त्यो कुनै पनि चाड होस् या पर्ब/ २१ सौ सताब्दिमा आयर पनि हामी यस्तो पसुबत काम गर्छुं भने हामीले हाम्रो सभ्यताको परिचय कहिले दिने?

    Reply
  12. Manav karki says:
    November 29, 2014 at 4:35 am

    बलि प्रथा नै सहि एउटा मात्र दिदा हुदैन ? यति धेरै रगतको आहाल देख्दा सद्दे मान्छे पनि बहुलौछ.. .

    Reply
  13. kranti khadka says:
    November 29, 2014 at 4:19 am

    यसो नगरिदिए हुने थियो .पशु बलि ले हामी आम मानिस खुसि छैनौ l मानिस खुसि भए पछि मात्र भगवान पनि खुसि बन्नु हुन्छ होइना र ????????

    Reply
  14. Shankar says:
    November 29, 2014 at 3:59 am

    तेसो त् हत्या ,हिम्सा भगबद धर्म बिरुद्द कुरो हो | तैपनि मानिस हरुले परापुर्ब काल देखि मासु खाने चलन छ , तेसै ले दसैँ आदि चाड मा पुजा गर्दै खान को लागि काटिने खसी ,राँगा यो मेलाको चलन भन्दा अल्लि फरक प्रयोजन को हो |
    एक जना मानिस ले सपना को कुरालाई लिएर देबी प्रसन्न बनाउन बलि दिन्छ फेरी तेही चलन
    भाकल गर्दै सदियेउ कायम गरिएको छ | एकै चोटी आवस्यक भन्दा अत्याधिक मात्रा मा पशु बध गर्दै गरिने यो पुजा लाइ फर्सी, बा लौका को बलिदियेर गर्दा उत्तम होला |
    हामि हिन्दुहरुले नै यो अलि अमिल्दो खालको चलन लाइ परिमार्जन गर्ने बेला आयो |

    Reply
  15. Kedar Rimal says:
    November 29, 2014 at 2:05 am

    मित्रहरु हो,इश्वरका नजरमा सबै प्राणिहरु समान हुन ।कुनै पनि धर्मले अर्काको हानी गर्न सिकाउँदैन ।यदी कुनै धर्म, परम्परा, संस्कृती या मान्यताले कसैलाई यस्तो कार्य गर्न उत्प्रेरित गर्छ भने त्यो नितान्तै गलत हो र त्यसलाई या त परिमार्जित गर्नुपर्ने हुन्छ या त त्याग्नु नै ।त्यसैले कसैले जुनसुकै पर्वमा,जुनसुकै ठाउँमा जस्तोसुकै वाहानामा किन नहोस, आफ्नो तुच्छ अभिष्ट साँध्नको निम्ती निर्दोश प्राणिको निर्मम हत्या गर्छ भने त्यो महा पाप हो;भयानक अपराध हो ।यस्तो कुकार्यको बिरोध गर्नु चाहिँ धर्म हो ।हिँशा गरेर इश्वर इश्वर इश्वरलाई खुशी पार्न सकिन्छ भन्ने कुतर्क मुर्खता बाहेक अरु केहि होइन-यस्तो कुकार्यले त बरु इश्वरको श्राप पो कमाइन्छ ।
    हरी ॐ तत्सत!

    Reply
  16. neerose says:
    November 28, 2014 at 11:32 pm

    ओ हो तेस्तो पो रैछ?
    यो मेलाको बारेमा अलिक बिस्तृत खोजि पढौ न?
    कहिले कसले किन कसरि यो सुरु भयो?
    यहा ल्याइने राँगा हरु कहाबाटि कसले ल्याउछन?
    अनि यहा कातिओएर बलि दिएका यी रागा हरु कहा जान्छन के गरिन्छ?
    यसको बिश्वाश र इतिहाश के हो?
    आदि आदि!
    लौन कसैलाई थाहा भय ब्लग हालौ वा कमेन्ट मा लेखौ साथीहरु!
    अनि सालोक्य जी लाइ पनि आग्रह!
    है त्!

    Reply
  17. bibek dhakal says:
    November 28, 2014 at 10:34 pm

    मान्छे हरु यति सम्म हत्ते गरेर , स्रद्धाका साथ् ( आफ्नै परिभाषा अनुसार) सहभागी हुने चाडलाई केहि पपुलिस्ट हरुले चर्चा पाउनको लागि बन्द गर्नुपर्छ भनेर कत्ति न पेटिशन सेटिशन को नाटक गरेका थिए नि.. समाज को स पनि नबुझ्ने हरु समाज बदल्ने अगुवा भएपछी कहाँ को प्रगति हुन्छ? फेरी यो मेलालाई पशु हिँसा को पराकास्ठा भन्ने हरुले दशैं आदि चाडहरुमा दियिने बलिलाई रोक्ने कुरामा चाहिं किन पहल नगरेको नि ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme