Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

धन्यवाद प्रधानमन्त्री ज्यु, कपिपेस्टै गरेर भएपनि जाजरकोटका लागि वक्तव्य निकाल्नुभएकोमा

Posted on November 26, 2014November 26, 2014 by Salokya

pm-condolence जाजरकोटमा बिहीबार भएको दुर्घटनामा ४० भन्दा बढीको मृत्यु हुँदा पनि प्रधानमन्त्री ज्युले एउटा वक्तव्यसमेत ननिकाली किराफट्याङ्ग्रा मरेसरह गरेकोमा साह्रै चित्त दुखेर हिजो एउटा ब्लग लेखेको थिएँ – प्रधानमन्त्री ज्यु, फूर्सद छैन भने जाजरकोटका लागि यही वक्तव्य जारी गरिदिने कि ! नभन्दै आज बिहान प्रधानमन्त्रीको वक्तव्य आएको छ।

हिजोको ब्लगमा मैले पुरानो, असोजमा जारी भएको डोटी दुर्घटनावाला वक्तव्य कै शब्दहरुलाई अलि यताउता पारी अपडेट गरिदिए भइहाल्छ नि अहिले सार्कको चटारो भएकोले फूर्सद नपाएको भए भनेको थिएँ। आजको वक्तव्य झण्डै उस्तै रहेछ। हेर्नुस् वक्तव्य-

pm-condolence

यो चाहिँ हिजो मैले यसो गरे हुन्छ नि भनेर दिएको सुझाववाला वक्तव्य (डोटी दुर्घटनाको वक्तव्यको शब्द यताउता पारिएको)
jajarkot

धन्यवाद प्रधानमन्त्री ज्यु, जाजरकोटका लागि यति भए पनि गरिदिनुभएकोमा। खासमा वक्तव्य निकाल्ने वर्ने काम प्रधानमन्त्री आफैले गर्ने हैनन्, उनको सहयोगी टिमले गर्ने हो। सुझाव स्वीकार्नुभएकोमा उहाँहरुलाई पनि धन्यवाद छ है !

10 thoughts on “धन्यवाद प्रधानमन्त्री ज्यु, कपिपेस्टै गरेर भएपनि जाजरकोटका लागि वक्तव्य निकाल्नुभएकोमा”

  1. pushpa says:
    November 30, 2014 at 11:58 am

    यति पनि किन गर्नु नी आँखा मा धुलो पार्नको लागी यो विज्ञप्ति हेरेर आँखा दुख्यो अनि चक्कर पनि लाग्यो । हा हा हा

    Reply
  2. nimesh, bkk says:
    November 27, 2014 at 1:06 pm

    राष्ट्रिय मुलधार भानौन्दा पत्र-पत्रिकाले गर्न नसकेको काम मेरो संसार ले गरि देखाई दिनुभएकोमा मेरो संसार परिवारलाई मुरीमुरी धन्यवाद . सम्बन्धित निकायलाई यसरी नै घच घचै रहन सकोस, यहि कामना .

    Reply
  3. zekar says:
    November 27, 2014 at 11:49 am

    haa haa.. This is a self-plagiarism……

    Reply
  4. Sunny Nepal says:
    November 27, 2014 at 9:21 am

    कस्तो… को कार्यकुत्ता परेछ? , अन्तिम हरफको “शक्ति गरुन ” लाई शक्ति प्रदान गरून गर्न सम्म पनि नसक्ने …. झन् हिजोकै पोस्टमा भनेको त कार्यकुत्ता ज्यु !!

    Reply
  5. Tenzing Gaba says:
    November 27, 2014 at 7:02 am

    सम = बराबरी
    बेदना = दुख

    अर्थात्
    प्र.म. ज्युलाई उत्तिकै दुख लाग्यो रे …… भो छोड्नुस यस्ता झारो टराई …बरु लुतो कन्याउनुस

    Reply
  6. Mk says:
    November 26, 2014 at 11:57 pm

    हो , निश्चित रुपमा, विना त्रुटी छापिएको वेस , बस /

    Reply
  7. bijay says:
    November 26, 2014 at 9:58 pm

    It’s the age of computer, where Ctrl C + Ctrl V is easier than thinking and writing a speech from with real feeling.
    Plus he is too engrossed in feeding the fat sharks from SAARC.
    This is Nepal, so nothing surprising about it. It’s just that he has taken the standards a notch higher by acting like he is too busy. Hopefully the sharks will return back thinking that Nepal has nice clean roads and everyone lunches and dines in 5 star hotels.

    Reply
  8. Shankar says:
    November 26, 2014 at 7:34 pm

    गाँजा खाएर गला सुकेको ले गीत गाएजस्तो | खासै त् खालि औपचारिकता नै त् हो , गिर्जा बौ ले मुख खोल्लान भनेर एक दर्जन जति कांग्रेसी हरु बस चढेर लाइभ हेर्न बिराटनगर को कोइराला दर्बार पुग्ने जस्तो स्थिति नै कहा रह्यो र ? मुख खोल्न कोइराला हरुलाई तेत्ति किन गाह्रो ?भात खानेबेलामा र म्वाइखानेबेला मा छिटै खोल्लान नि ? मान्छे मोर्दा दिनुपर्ने समबेदना र टाइम को पनि उत्तिकै महत्त्व हुन्छ |

    Reply
  9. S. Shrestha says:
    November 26, 2014 at 6:39 pm

    तपाईले बरु नेपाली TYPO गल्तीहरू पनि सच्याईदिनु भएको भए राम्रो हुन्थ्यो होला है! शक्ति प्रदान पो गर्ने हो कि! चाहान्छ भन्दा चाहन्छ हुनुपर्ने हैन र !

    Reply
  10. Suku says:
    November 26, 2014 at 6:09 pm

    यो बिज्ञप्ति लेख्ने सचिब ले पुरानै लाई सामान्य फेरबदल गरेछन. पुरानो बिज्ञप्तिमा रहेको सामान्य भाषागत गल्ति यो बिज्ञप्तिमा पनि दोहोरिएको छ. पुरानो विज्ञप्तिको अन्तिम वाक्य मा रहेको “गर्ने शक्ति गरुन” मा ” गर्ने शक्ति प्रदान गरुन” भन्न खोजेको हुनुपर्छ. नया बिज्ञप्तिमा त्यो वाक्यांश सुधार गरिएको छैन. प्रधानमन्त्री जस्तो पद बाट जारी हुने बिज्ञप्ति लेखिसकेर एक पटक राम्रोसंग पढ्नु पर्ने हो ति सचिब ले . आउदा दिन मा एस्त सामान्य तृती मा ध्यान पुर्याउन सके अझ राम्रो हुने थियो.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme