Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

प्रधानमन्त्री ज्यु, फूर्सद छैन भने जाजरकोटका लागि यही वक्तव्य जारी गरिदिने कि !

Posted on November 25, 2014November 25, 2014 by Salokya

jajarkot1बिहीबार बिहानै जाजरकोटमा यात्रुले खचाखच भरिएको बस भेरी नदीमा खस्यो। भोलिपल्ट बल्ल बस फेला त पर्‍यो तर निकाल्न सकिएन। तीन दिनपछि बल्ल बसलाई किनारमा ल्याइयो र ३६ जनाको लाश निकालियो। मर्नेको संख्या पुग्यो ४१। बसमा बिहे गरेको १२ घण्टा नपुग्दै श्रीमती गुमाउने पनि थिए। ४१ जना हरेकको छुट्टाछुट्टै पीडा होला। यत्रो ठूलो क्षति हुँदा पनि प्रधानमन्त्री सुशील कोइरालाले भने बाल मतलब गर्नुभएको छैन। डोटीमा २९ जनाको ज्यान जाने गरी भएको दुर्घटना भन्दा यो कम थिएन। स‍ंख्याको हिसाबले त अझ बढी नै हो। त्यतिबेला त उहाँले वक्तव्य निकाल्नुभएको थियो। यसपालि रिहर्सल गर्न व्यस्त प्रधानमन्त्री ज्युले सार्कको चटारोले पत्रिका पढ्न, टिभी र अनलाइन हेर्न भ्याउनु भएको छैन कि। नभ्याएको भए पनि उहाँका सहयोगीहरुलाई देशमा भएको यत्रो घटनाबारे थाहा हुनुपर्ने हो। जाजरकोट आखिर नेपालमै पर्ने जिल्ला हो। एउटै देश हो भने जाजरकोटमा यो दुःखद घटनामा मारिएकाहरुलाई किराफट्याङ्ग्रा मरे सरह त गर्न नहुने हो। लौ अति भयो भनेर मैले त्यही डोटीको घटनामा उहाँले निकाल्नुभएको वक्तव्यलाई नै काटकुट पारी वक्तव्यको रुप दिएको छु। हेर्नुस् वक्तव्यभित्र। यही वक्तव्य जारी गरे कसो होला? आखिर वक्तव्य निकालिहाले पनि योभन्दा धेरै आश्वासनका केही कुरा हुने हैन। लौ कसैको ज्याक लाग्छ भने प्रम वा उहाँका सहयोगीसमक्ष यो कुरा पुर्‍याइदिनुस् है। आखिर जाबो एउटा वक्तव्य निकाल्न पनि किन कञ्जुस्याइँ हो?

jajarkot

19 thoughts on “प्रधानमन्त्री ज्यु, फूर्सद छैन भने जाजरकोटका लागि यही वक्तव्य जारी गरिदिने कि !”

  1. Kiran says:
    November 26, 2014 at 5:11 pm

    **** Federal Democratic Republic States of Nepal ? ****

    The Prime Minister is from the state of South East Tarai. Why should he take care of incident that happened in the far remote state of Jajarkot?

    Reply
  2. Sanu Nepali says:
    November 26, 2014 at 2:15 pm

    बस को चालक हरु ले अलिकति पनि रक्षि पिएको थाहा भयो भने यात्रु हरुले कारवाही गर्नु पर्यो . अलि बिस्तारै बस चलाउनु भन्यो भने भैशी को आखा ले हेरे जस्तो हेर्छ . चालक लाइ रिस उठ्यो भने पछि बस लाइ तिब्र गति मा कुदाउछ . केहि भन्नु नै हुदैन रिसाई हाल्छ . बरु ट्रेन भैदिएको भए त्यस्तो हुदैन

    Reply
  3. xyz says:
    November 26, 2014 at 12:09 pm

    At least President of Maldives raised the issue during his opening remarks at 18th SAARC Summit.

    Reply
  4. kedar rimal says:
    November 26, 2014 at 2:42 am

    पहिलो कुरा शुशिललाई लेख्न आउनु पर्‍यो;दोश्रो कुरा यि साथिलाई ‘जाजरकोट’ भन्ने थाहा हुनुपर्‍यो;तेश्रो कुरा यि रोबोटमा त्यस्तो सम्बेदना पनि हुनुपर्‍यो ।माथिका यि सबै कुराले रहित यि साथिबाट त्यस्तो कुराको अपेक्षा गर्नु हाम्रो भुल हो ।

    Reply
  5. Mk says:
    November 26, 2014 at 1:03 am

    अव कुन दिन आफु ले आफु लाई नै विर्सिने हुन् , यी ८० वर्षे लक्का जवान प्र. म. ले /

    Reply
  6. dks says:
    November 25, 2014 at 7:10 pm

    सडक को अवस्था , गाडी को अनुगमन , कति सम्म यात्रु राखेर बस चलाउने, driver ले कति सम्म मापसे गर्नपाउने(?) यो दुर्घटना को जिम्म्मेवारी कसले लिने …..धेरै यात्रु राखेर बस चलाउने चालक/बस साहु वा सह-चालक(खलासी) , आनुगमन गर्ने निकाएहरु को -को दोसी छन् , कसको लापबाही ले तेस्तो दुर्घटना भो अनुसन्धान गरि र दोसी माथि कडा कारबाहीको माग हुनुपर्छ, शोक बक्तब्य मात्र ले पुग्ला र

    Reply
  7. tek raj timalsina says:
    November 25, 2014 at 6:52 pm

    बस दुर्घटना हुँदा किन सरकार ले हवाई जहाज दुर्घटना हुँदा जस्तो चासो देखाउन्दैनन हो ? यहाँ पनि ४१ जना को अकाल मा मृत्यु भएको छ | किन छानबिन गर्न जरुरि ठान्दैनन् सम्बन्धित निकाए हरु ? गएको छ सात महिना मा कति वोटा ठुल ठुला सडक दुर्घटना भै सके, कसले छानबिन गर्ने कसलाई जिमेवारी ठहराउने ? बाटो मा त यति सार्हो दुर्घटना हुन्छ सुरुंग बनाउने गाफ दिन्छन |

    Reply
  8. Pushpa says:
    November 25, 2014 at 4:39 pm

    देशै ठप्प पारेर सार्क सम्मेलन गर्ने हरुले ध्यान राखून यस्ता सम्मेलन भन्दा दुर्घटना स्थल मा सरकारी पहुच जरुरि छ, सडक सुनसान पार्नु भन्दा सुत्केरी लाइ समय मा अस्पताल पुर्याउन जरुरि छ, भुडी भरी भोज खाइ माइक समातेर अरुले लेखको भाषण पड्नु भन्दा कर्णाली र जाजरकोट मा अन्न पानी को व्यवस्था जरुरि छ . सबैलाई चेतना भया!!! जय देश!!!

    Reply
  9. डिल्ली says:
    November 25, 2014 at 2:12 pm

    निश्चयन नै यो शोकको घडी हो त्यसमा सरकारले विज्ञप्ति निकाल्नु पर्ने र भविश्यमा यस्ता घटना हुन नदिन कदम चाल्नु पर्ने हो र हालका दुर्घटनाका रफ्तारबाट शोकसन्तप्त र आत्तिएका जनतालाई आस्वस्त पार्नु पनि सरकारकै दायित्व हो । अहिलेका दुर्घटना सम्झिदाँ जीउ नै काम्न थाल्छ बस देख्दै । चालकको लापर्वाहीले भएको भए पनि यो सुनियोजित घटना नभै दुर्घटना हो । यसको लहरो कता कता जोडिएको छ दोषी को को हुन् भन्ने खुट्याउन पनि अति आवस्यक छ । यस्ता घटना, दुर्घटनाहरूलाई सम्वोधन गर्न राज्यको स्थायी निकाय हुनु जरुरी छ । नियोजित घटना भए प्रधानमन्त्री र राष्ट्रपतिले नै त्यस्ता कार्य विरुद्ध विज्ञप्ति निकाल्नु पर्ने हुन्थ्यो जस्तो लाग्छ । हामी कहाँ एउटा पुलिसको काम पनि मन्त्रीले गर्नु पर्ने भन्ने मान्यताको विकासले पनि नराम्रो सँग गाँजेको छ जस्तो लाग्छ । विज्ञप्ति निकालेर झारा टार्नु भन्दा दोषीहरूलाई सख्त कार्यवाही गराउनु अति आवस्यक छ । साना ठूला सबै घटनामा सरकारका उपल्ला निकायले भाषण र विज्ञप्ति निकाल्ने तर दोषी तल्ला निकायलाई उन्मुक्ति दिइने परिपाटीको विकासले समस्या झन बढिरहेको छ । घटना घटिसकेपछि घाइतेको दायित्व कस्ले बहन गर्ने ? अपाङ्ग, अङ्ग भङ्ग वा टुहुराको दायित्व कस्ले लिने ? यो कुरा सरकारले तोकी दिन जरुरी छ । डोटी घटनाका घाइते चर्को आर्थिक मारमा उपचार गरिरहेछन् । त्यस घटनाका जीवितको स्थिति के हुन्छ ? यो कस्ले हेरेको छ ? यी सधैँ विवादित विषय रहि आएका छन् । सिण्डिकेट लादेर एउटै गाडीमा धेरै मर्न वाध्य पार्ने व्यवसायी, सिण्डिकेटलाई अघोषित स्वीकृति दिने सरकार, मालसामान सरह यात्री खाद्दा पनि आँखा चिम्लिने प्रशासन, अल्लारे ठिटाहरूलाई चालक अनुमति पत्र दिने निकायलाई जिम्मेवार बनाउनु जरुरी छ । त्यसैबाट घाइते र असक्त-टुहुराको लालन पालन गराउने निर्णय लिन आवस्यक बनिसकेको छ । सिण्डिकेट लादेर कुम्ल्याउने र सरकारले बनाइदिएको बाटो हडपेर व्यापार गर्ने व्यवसायीलाई कार्यवाही नगरी प्रधानमन्त्रीले निकाल्ने विज्ञप्तिको कुनै अर्थ रहन्न । गुन्द्रुक सरी यात्री खाँद्दा भाग बस्ने स्थानीय प्रशासनलाई दायित्व बहन गराउनु जरुरी छ ।

    Reply
  10. chandra says:
    November 25, 2014 at 1:17 pm

    हाम्रो सम्माननीय “कोदे” प्रधानमन्त्री र उनका वरि-परि रहेका चम्चा-काँटा र नाता-पाता “सल्लाहकार” बाट चुस्त दुरुस्त ब्यबस्थापन को आशा गर्नु नै अज्ञानता हो! किनकि, उनीहरुमा धेरै कुरो भए पनि “क्ष्यामता” भन्ने कुरो छैन – चेतना भया !

    Reply
  11. anuj says:
    November 25, 2014 at 1:07 pm

    सुशील ले बिर्से पनि मोदी ले आफ्नो भासन मा समबेदना प्रकट गर्छ, ग्यारेन्टी का साथ गर्छ

    हेर्दै जाउ

    अनि सुशील प्रचण्ड माकुने सबै *** खाउ

    Reply
  12. kapil shrestha says:
    November 25, 2014 at 11:14 am

    प्रधान मन्त्रिको होइन यो प्रधानमन्त्रीको कार्यालयको सचिब र जनसम्पर्क अधिकृतको लापरवाही र गैर जिम्मेवारी पन हो | घरपतिको छोरी ताक्दै ठिक्क ….

    Reply
  13. Sagar Shiwakoti says:
    November 25, 2014 at 10:58 am

    वक्तव्यकाे अन्तिम हरफमा ”इश्वरले धैर्यधारणा गर्ने शक्ति के गरून्” भन्न खाेज्या हाे कुन्नि…….

    Reply
    1. Harke says:
      November 25, 2014 at 2:14 pm

      ”इश्वरले धैर्यधारणा गर्ने शक्ति ‘उ ‘ गरून्” ! भन्न खोजिएको जस्तो लाग्यो !

      Reply
    2. सिर्जने says:
      November 25, 2014 at 11:48 pm

      सागर जी,
      कसैले केहि गर्नेवाला छैन, तेही भएर धैर्य धारण गर्नु पर्यो नि, धैर्य पनि कति धारण गर्नु पर्ने भने जन्मेदेखिन मर्ने दिन सम्मै गर्नुपर्ने, हामी सबै नेपाली ले, त्यसैले प्रधानमंत्रीज्यु (सरकार) ले इश्वर पुकारा गर्नुपरेको हो / धैर्य धारण गरम सागर जी ! अहिल्यै कमेन्ट नगरी हालम 🙂

      Reply
  14. Dipen Lamichhane says:
    November 25, 2014 at 8:45 am

    बस त खसेको हो नि
    मान्छे त मरेको हुन नि
    ठुलो कुरा होइन नि
    यहाँ सार्क सम्मेलन को कत्रो पिर छ
    कहाँ त्यो बस खसेको मान्छे मरेको तिर ध्यान जाने फुर्सत छ र ।

    Reply
  15. nimesh, bkk says:
    November 25, 2014 at 6:47 am

    आफ्नै देशको जनता दोश्रो नागरिकको दर्जामा बाँच्न विवश देश र हामी नेपालीहरु

    Reply
  16. Dr. Sushil says:
    November 25, 2014 at 5:23 am

    भर्खरै सुशील कोईराला ज्युका भाई डा. अरुण कोईराला स्वर्गवास भएको कृया पनि सकेको छैन् । सो अपुरणीय क्षतिको बेदना हामीलाई अवगत छ ।
    तर,
    मेरो विचारमा जनताको उत्तरदायी सरकार प्रमुख भै सबै काम काज गर्ने कर्तव्यमा अन्य नेपालीहरुको आ-आफ्नो पृय गुमेको बेदना प्रति प्रधानमन्त्री सधै संवेदनशील हुनु पर्द छ । नेपालीहरुको करबाट तलब भत्ता र सुविधा भोगी प्रधानमन्त्रीका दुई दर्जन भन्दा बढी प्रमुख स्वकीय सचिव, सल्लाहाकार हरु, सचिवहरुका साथै नेपाल सरकारका दर्जनों स्थायी मुक्खय सचिव, सचिवहरु, अन्य दर्जनौ पदाधिकारीहरु पनि उत्तरदायी हुने कमी देखिएको छ ।

    दिवंगत हरु प्रति संवेदना प्रकट गर्नुका साथै शोक सम्तत्व परिवारमा सहानुभूति छ।

    डा. शुसील

    Reply
  17. Shankar says:
    November 25, 2014 at 1:51 am

    अति व्यस्तता ले बुढा ले बिर्से जस्तो छ |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme