जतिसुकै सफा खानेकुरा भए पनि अथवा जतिसुकै सफा वाताबरण देखिए पनि त्यसमा अझै प्रसस्त मात्रामा ससाना जीवाणु रहेका हुन्छन, जुन हाम्रो नाङ्गो आँखाले देख्न सकिन्न | रुघाखोकी लगायत बिभिन्न रोगहरु फैलाउने भाइरसहरु पनि हाम्रो नाङ्गो आँखाले देख्न सकिन्न | गर्मीको समयमा हावामा पानीको मात्रा अथवा पानीका कणहरुको मात्रा धेरै हुन्छ, र धेरैजसो हावामा रहने जीवाणुहरु बर्षायाममा पानीसंगै जमिनमा खस्छन र मर्छन् | यस्ता जीवाणुहरुको आयु सामान्यतया २-८ घण्टाको हुन्छ | तर जाडो समयमा हावामा सुक्कापन बढी हुन्छ, जुन वातावरण रुघाखोकी लगाउने भाइरसको निम्ति लामो समयसम्म जीवत रहन र लामो दुरीसम्म पुग्न सहयोगी बन्दछ | त्यसको अतिरिक्त जाडो समयमा मानिसहरु झ्याल ढोका थुनेर भित्र बस्ने भएकोले पनि एकजनाबाट अर्कोमा रुघाखोकी सर्ने सम्भावना बढी हुन्छ |
हाम्रो शरीरमा हुने बिभिन्न कोष तथा तन्तुहरुले कतिपय अवस्थामा एक्लै र आफ्नै तरिकाले काम गरिरहेका हुन्छन भने कतिपय समयमा अन्य कोषहरुसंग सम्बन्ध जुटाएर काम गरिरहेका हुन्छन् | भन्नुको मतलब हाम्रो शरीरका बिभिन्न कोष तथा तन्तुहरुले आफ्नो पेरिफेरीका सम्भाव्य शत्रु, भाइरस र ब्याक्टेरियाहरुले, आक्रमण गर्दा तिनीहरुको आक्रमण गर्ने तरिका र शक्ति बुझेर
तिनीहरुको बिरुद्धमा प्रतिरक्षात्मक क्षमता (Immune System) विकास गरिसकेका हुन्छन् |
तर कहिलेकाहीं हाम्रो शरीरलाई कहिलै अनुभब नगरेका भाइरस तथा ब्याक्टेरियाले अचानक आक्रमण गर्दछन् जसको प्रत्याकरण गर्न शरीर तयार र सक्षम भैसकेको हुँदैन | यस्ता नयाँ प्रकारका भाइरस तथा ब्याक्टेरियाको बिरुद्धमा मुकाबिला गर्ने नयाँ प्रोटिनहरु (Anti-Bodies) उत्पादन गर्न शरीरलाई १ देखि २ हप्तासम्म लाग्दछ | कुनै पनि नयाँ रोगको बिरुद्धमा शरीरले एकपटक (Immune System) बिकास गरिसकेपछि त्यही भाइरस तथा ब्याक्टेरियाले त्यही रुपमा उसलाई पुन कहिलै आक्रमण गर्न सक्दैन। कतिपय अवस्थामा भाइरसले पनि रुप परिवर्तन गरेर आएर आक्रमण गर्दछ |
बच्चा सानो छंदैमा दिइने थेउला (Chickenpox), रुबेला (Rubella), टेटानस् Tetanus) आदिको खोप दिनुको अर्थ पनि उक्त रोगले बृहत आक्रमण गर्नु भन्दा पहिलै त्यही रोगको थोरै भाइरस शरीरमा पठाएर शरीरलाई उक्त रोगको बिरुद्धमा लड्ने शक्ति जागरण (Immune Response) गर्न लगाउनु नै हो | बास्तबमा कुनै रोग बिरुद्ध दिइने खोप भनेको त्यही रोगको भाइरस अलिकति शरीरमा पठाउनु नै हो |
कुनै पनि रोगको भाइरस अथवा ब्याक्टेरियाले आक्रमण गरेपछि हाम्रो शरीरले केही निश्चित प्रतिक्रिया गर्दछ, त्यसैको आधारमा डाक्टरहरुले के रोग लागेको भन्ने थाहा पाउँछन् |
टाउको दुख्नु, हाच्छिउं आउनु, खोकी लाग्नु, जाडो महसुस हुनु आदि रुघा लागेका संकेतहरु हुन् | त्यसमाथि ज्वोरो पनि छ भने उक्त व्यक्तिलाई फ्लु अथवा रुघाखोकीले ग्रस्त पारेको भन्ने थाहा हुन्छ | रुघाखोकी लगाउने करिब २०० प्रकारका भाइरसहरु हुन्छन, तर करिब आधाजति रुघाखोकीका केसहरु रिनोभाइरस (Rhinoviruses) नामक भाइरसको समूहमध्येको भाइरसले आक्रमण गर्दा हुन्छन् | कतिपय अवस्थामा हामीलाई डाक्टरले राम्रोसंग जाँचेन भन्ने पनि भान हुन्छ, तर कुन मौसममा अथवा कुन बर्षमा कस्तोखाले भाइरसको प्रकोप बढिरहेको छ डाक्टरहरुलाई पहिलै थाहा हुन्छ | त्यसैले बिमारीको अवस्था हेर्ने बित्तिकै उनीहरुले बुझिहाल्दछन् |
हाम्रा शरीरका कोषहरू भन्दा ब्याक्टेरिया एकदम साना हुन्छन, र भाइरस ब्याक्टेरिया भन्दा पनि करिब हजार गुणा साना हुन्छन् | रुघाखोकी र Influenza जस्ता रोग लगाउने भाइरसमा मुख्यतया Nucleic Acid (DNA and RNA), Coat of Protein, Lipid Membrane गरी ३ तत्वमात्र हुन्छन् | Coat of Protein ले DNA and RNA ले घेरेको हुन्छ भने Coat of Protein लाई Lipid Membrane घेरेको हुन्छ | मानब शरीरको कोषमा अरु कुनै मध्यमबिना नै खाने, बृधि हुने, उत्पादन गर्ने सबै तत्व हुन्छन भने भाइरसमा हुँदैन | त्यसैले भाइरस भनेको आफैमा पूर्ण जीव होइन | भाइरस फैलिनको लागी अथवा बृधि हुनको लागी यसलाई ब्याक्टेरिया, बिरुवा वा अन्य प्राणीको कोषको अवश्यकता पर्दछ, जसलाई दुषित नगरिकन यो बृधि हुन सक्दैन |
त्यसैले वातावरणमा हुने रुघाखोकी लगायतका भाइरसहरुले अन्य प्राणीको कोषमा प्रवेश गर्ने अनुकुल बातावरण पर्खेर बसेका हुन्छन् | अनुकुल वातावरण भएपछि प्राणीको नाक, आँखा, मुख आदिबाट प्रवेश गरी स्वशाप्रश्वास प्रक्रियासंग सम्बन्धित र पाचन प्रणालीसंग सम्बन्धित अंगहरुका कोषलाई आधार बनाएर बृधि हुन थाल्दछन् | यसो गर्दा एकातर्फ भाइरस हुर्किने बढ्ने गर्दछ भने हाम्रो शरीरका अंगहरु संक्रमित भई अस्वाभाविक प्रकारका हुने, सुनिने, दुख्ने गर्न थाल्दछन् |
प्राय सबै भाइरसको सर्ने तरिका उस्तै नै हुन्छ | सुरुमा Host Cell मा टाँसिन्छन, त्यसपछि, Host cell मा आफ्नो DNA खन्याउँछन, त्यसले होस्ट सेलको एन्जाइहरु आफ्नो निम्ति प्रयोग गरी भाइरसका असंख्य नयाँ तत्व उत्पादन गर्दछ, र आखिरमा प्राणीका कोषहरू नै भाइरस बन्ने र बस्ने घरमा परिणत हुन्छन् |
जब यस्ता भाइरस बोकेको अथवा रुघा लागेको व्यक्ति सध्ये व्यक्तिको नजिक पर्छ वा नजिकै हाच्छिउं गर्छ, बिमारी व्यक्तिको नाक मुखबाट निस्केका भाइरस तत्वहरु नाक तथा मुख हुँदै सद्धे व्यक्तिमा प्रवेश गर्दछन र ऊ पनि बिमारी पर्दछ | सामान्य किसिमले सास फेर्दा हाम्रो सास २ मिटर टाढासम्म पुग्न सक्छ भने हाछिउं गर्दा ५ मिटरसम्म |
रुघाखोकी तथा फ्लु को भाइरस जब सद्दे व्यक्तिको नाकको होस्ट सेलभित्र भाइरस प्रवेश गर्दछ, त्यसले नाकको माथिल्लो भागमा आक्रमण गर्दछ र सिगन बग्न थाल्दछ | यस्ता भाइरसहरु रगत मार्फत फोक्सोमा पनि प्रवेश गर्दछन र खोकी लाग्दछ, घाँटीमा प्रवेश गर्दा घाँटी दुख्छ, मसलमा प्रवेश गर्छन र मसल दुख्छ | जब शरीरको कुनै कोष संक्रमित हुन्छ, अथवा त्यसलाई शत्रुले आक्रमण गर्दछ, हाम्रो शरीरको Immune System ले त्यसको बिरुद्ध लड्नको लागी Pyrogens नामक रासायन उत्पादन गर्न थाल्दछ, जसको कारणले शरीरको तापक्रम बृधि हुन्छ | त्यसैलाई हामीले साधारण अर्थमा ज्वोरो भन्दछौं |
स्वस्थ शरीरको लागी प्रयाप्त भिटामिन, प्रोटिन, खनिजजन्य खाना खानु सदैब आवश्यक हुन्छ, त्यसमाथि पनि बिमारी भएको बेलामा त झनै आवश्यक हुन्छ | बिदेशमा कुनै पनि व्यक्ति बिमारी भएर डाक्टर कहाँ गयो भने यो खाना नखानु भनि कहिलै भन्दैनन् | राम्रो खान जे खाए पनि हुन्छ | तर रुखा खोकी लागेको बेलामा छोक्रा सहितको सुन्तलाको जुस प्रसस्त खानु झनै राम्रो हुन्छ किनकि यसमा प्रसस्त भिटामिन C र Folic हुन्छ जसले Immune System लाई boost गर्दछ |
पौष्टिक खाना, प्रयाप्त सुताइ, तनाबबाट स्वतन्त्रता, र हल्का शारीरिक अभ्यास नै शरीरलाई एकदमै राम्रो राख्ने र धेरै जसो रोगबाट मुक्ति पाउने मध्यम हुन् | रुघा खोकी लागेको बेला हल्का अभ्यास गर्दा शरीरका कोषहरुलाई तन्दुरुस्त राख्न मुख्य भूमिका खेल्ने सेता रक्तकणिका छिटोछिटो शरीरका भागमा पुगी रुघाखोकीका भाइरससंग लड्ने तथा संक्रमित तन्तु निको गर्ने गर्दछन, जसको कारणले रुघाखोकी छिटै निको हुन सक्छ |
Gautam Jee, Thanks a lot for providing relevant information that is very useful in this winter weather. Though Pawan jee has commented to your article, your article did not mislead us to do anything wrong. It was way better than not having this information.
Pawan Jee, you are certainly appreciated as you did your “Dharma” to correct what needed to be corrected so the general public will get ~100% accurate information.
This is how we should work together in society.
प्रविन जी ,
रुघा लागेको बेलामा औषधी खाएन भने करिब सात दिन लाग्छ भनेर बुढापाकाले भनेको कुरो एकदम सहि हो ! रुघा धेरै जसो virus ले हुँने हो अंनी virus को त औषधी त हुन्दईन ! उपाय भनेको आराम गर्ने अनि अल्लि बढी झोल खाने र बिस्तारि हाम्रो सरिर बात virus clear गर्ने हो !
गौतम जी,
समग्रमा लेख राम्रो छ र सान्दर्भिक पनि/ भन्न खोज्नु भएका कुरा रिफरेंस नदिई लेख्नु भएको छ त्येसैले आफैले लेख्नु भएको हुनुपर्छ/ लेख साधारण मानिसले बुझ्ने गरि लेखिएको छ त्येसैले सबै कुरा बिश्लेष्ण गर्न नसक्नु भएको हुन सक्छ/ तर लेखमा केहि त्रुटी छन् कृपया सच्याउनु भयो भने पाठक हरुले सहि सूचना पाउने थिए/
१. “कुनै पनि नयाँ रोगको बिरुद्धमा शरीरले एकपटक (Immune System) बिकास गरिसकेपछि त्यही भाइरस तथा ब्याक्टेरियाले त्यही रुपमा उसलाई पुन कहिलै आक्रमण गर्न सक्दैन”
– येसो सधै सहि हुन्न/ बि सी जी भ्याक्सिन बाल्यावस्थामा मात्र काम गर्छ र केहि भ्याक्सिन हरु लाइ बूस्टर डोज दिई राख्नु पर्छ/ त्यसै गरि ताइफोइड भ्याक्सिन तिन बर्ष जति मात्र शरीरमा रहन्छ/
२. “बच्चा सानो छंदैमा दिइने थेउला (Chickenpox), रुबेला (Rubella), टेटानस् Tetanus) आदिको खोप दिनुको अर्थ पनि उक्त रोगले बृहत आक्रमण गर्नु भन्दा पहिलै त्यही रोगको थोरै भाइरस शरीरमा पठाएर शरीरलाई उक्त रोगको बिरुद्धमा लड्ने शक्ति जागरण (Immune Response) गर्न लगाउनु नै हो”
– चिकेन पोक्स तपैले भनेझै बच्चामा दिने भए पनि नेपाल को खोप कार्यक्रम मा समाबेश गरेको पाइन्न/ तपैले भन्न खोज्नु भएको दादुरा को भ्याक्सिन (measles) चै रुबेल्ला संगै दियिन्छ
– अर्को कुरा (titanus) भाइरस हैन/ टिटानस ब्याक्टेरिया को प्रतिरोध को लागि ब्याक्टेरिया ले नै बनाउने हानिकारक तत्व हो (टोक्सिन) हो/
३. बास्तबमा कुनै रोग बिरुद्ध दिइने खोप भनेको त्यही रोगको भाइरस अलिकति शरीरमा पठाउनु नै हो |
– यो गलत हो/ सधै भाइरस पठाइदैनन्/ निमोनिया, टि बि, आदि रोग ब्याक्टेरिया ले लगाउने रोग हून त्येसैले ब्याक्टेरिया को केहि अन्स खोप को रुप मा दियिन्छ/ हेपाट़ाइटिस बि, पपिल्लोमा भाइरस, को खोप मा भाइरस नभई भाइरस को केहि अंग्स मात्रै दियिन्छ/
४. कुनै पनि रोगको भाइरस अथवा ब्याक्टेरियाले आक्रमण गरेपछि हाम्रो शरीरले केही निश्चित प्रतिक्रिया गर्दछ, त्यसैको आधारमा डाक्टरहरुले के रोग लागेको भन्ने थाहा पाउँछन्
– थाहा नै पाउने हैन अनुमान लगाउने हो/ नत्र ल्याब कल्चर आदि गर्नु पर्दैन हेर्दैमा थाहा पाउने भए/
५. त्यसमाथि ज्वोरो पनि छ भने उक्त व्यक्तिलाई फ्लु अथवा रुघाखोकीले ग्रस्त पारेको भन्ने थाहा हुन्छ
-चित्त नाबुझ्दो कुरा रुघाखोकी र फ्लु लाइ येउतै भन्न खोज्नु भाको छ. रुघाखोकी भनेको common cold र फ्लु भनेको फ्लु/
६. रुघाखोकी र Influenza जस्ता रोग लगाउने भाइरसमा मुख्यतया Nucleic Acid (DNA and RNA) :
– common cold लगाउने Rhino virus र फ्लु लगाउने influenza viruses दुवै RNA भाइरस हुन्/
७. Coat of Protein ले DNA and RNA ले घेरेको हुन्छ भने Coat of Protein लाई Lipid Membrane घेरेको हुन्छ : Rhinovirus मा lipid membane हुदैन/ Influenza virus पनि पुरै lipid membrane ले कोट गरिएको हुदैन बरु (glycoproteins HA NA ) मा बाधिएको हुन्छ/
८. अनुकुल वातावरण भएपछि प्राणीको नाक, आँखा, मुख आदिबाट प्रवेश गरी स्वn शाप्रश्वास प्रक्रियासंग सम्बन्धित र पाचन प्रणालीसंग सम्बन्धित अंगहरुका कोषलाई आधार बनाएर बृधि हुन थाल्दछन्
– पाचन प्रणालीमा प्रवेश गरेर ब्रिद्धि हुने कुरा गलत हो/ फ्लु भाइरस हरु चराहरुमा मात्र पाचन प्रणाली (आन्द्रा ) मा बस्न सक्छन तर मान्छे मा हैन/ कता कता “stomach flu” भन्ने गरिन्छ तर त्यो रुघाखोकी को भाइरस ले हुने हैन, सल्मोनेल्ला ब्याक्टेरिया, नोरो भाइरस, रोटा भाइरस आदि को कारण ले हुन्छ/
९. मसलमा प्रवेश गर्छन र मसल दुख्छ: फ्लु भाइरस मसल मा प्रवेस गर्छ भन्ने तथ्य कहा फेला पर्नु भयो हामि संग शेयेर गर्नुस प्लिज/ हामीले खोज्दा भेटेनौ/
१०. फ्लु भाइरस को भ्याक्सिन तपैले कमेन्ट मा अमेरिका बेलायेत मा फ्री मा दियिन्छ भन्नु भएको छ त्यो गलत हो/ दुवै देश मा मैले बुझे सम्म पैसा तिर्नु पर्छ/ बेलायेत मा चै ६५ वर्ष पुरा प्रौढ ब्येक्ति र बच्चा हरुलाई निसुल्क दियिन्छ/
सारमा लेख राम्रो छ/ त्येसको लागि धेरै धेरै धन्यबाद
प्रमिला रिजाल को सहयोगमा पवन दुलाल/
यु के
पवन र प्रमिला जी लाइ धेरै धन्यबाद | समग्रमा गौतमजी को लेख राम्रो हो तर तपाइका ३, ४, ६, ७ र ९ नम्बरका कुराहरु मलाइ पनि कमेन्ट गर्न मन लागिरहेको थियो तर समय नमिलेकोले गर्न सकिएन, तपाइहरुले झन् प्रस्ट पारिदिनु भएछ, राम्रो गर्नु भयो |
Those vaccines are either dead virus, part of virus or less effective virus just enough to teach immune system a lesson so that it can prevent real virus when it enters our body.
कृष्ण जी,
भाइरस लागेर निको भएपछी ठ्याक्कै त्यहि भाइरसले फेरी बिरामी नपार्ने कुरा सहि हो | रुघा या फ्लुको भाइरसहरु यति छिटो छिटो म्युटेट भैदिन्छ कि हाम्रो इम्मयुन सिस्टमले उही प्रकारको तर अलिकति जिन परिबर्तित भाइरसलाइ चिन्न सक्दैन र आक्रमण रोकिंदैन |
रुघाखोकीको पनि खोप छ र हरेक बर्ष लगाउनु पर्छ | तर समस्या के छ भने हरेक फ्लु सिजनमा यस्तो यस्तो भाइरस फैलिने सम्भावना छ भनेर त्यस्तै १००-२०० म्युट्याण्टहरुलाइ टार्गेट गरेर खोप बनाइन्छ | अनुमान सहि रहेको बर्ष राम्रै सुरक्षा दिन्छ, नरहेको बर्षमा शुन्य | छिटो छिटो परिवर्तित हुनाले नै एउटै खोप बनाउन नसकिएको हो |
उपयोगी सुचनामुलक जानकारीको लागि लेखक धन्यवाद को पात्र हुनुहुन्छ.
रुघाखोकी सके सम्म लाग्दै नलागोस भन्ने सबैको ध्येय रहेको पाइन्छ.
त्यसको निम्ति एक मात्र उपाय भनेको शरीरको प्रतिरोधक शक्ति तगडा राख्नु हो.
यो Immune power वा immunity सशक्त राख्नको लागि केहि स्वस्थकर पेय दैनिक पिउने बानी बसlले देखि ज्यादा मात्रlमा सम्भावना बढ्छ.
यस्ता हेल्थ ड्रिंक मध्ये ग्रीनटी एक हो भने अर्को रातो च्याउको सुप वा चिया पनि प्रभावकारी रहेको छ.
रातो च्याउको अंग्रेजी नाम red mushroom भने पनि खास नाम Ganoderma हो.
अचेल यो नेपालमा पनि सीमित मात्रामा उत्पादन र विक्री वितरण भै आएको छ.
यसको प्रयोग र परीक्षा गर्नको निम्ति निम्न स्थानमा सम्पर्क गर्न सकिन्छ –
Brown Rice & Health Foods , Ason Kathmandu – 4-224434 Res. 4-250604
Krishna जी,
१)रुघाखोकी दोहोरिनुको मूल कारण अर्कै प्रकारका भाइरसको आक्रमणको कारणले हो |
२) रुघाखोकीको नाकमा छर्कने, र सुईमार्फत लगाउने खोप छन् | अलि महँगो पर्छ| अमेरिका, क्यानडालगायतका देशहरुमा फ्री मा पाइन्छ, तर जापानजस्ता देशमा किनेर लगाउनु पर्छ | बर्षैपिच्छे प्राय फरक भाइरसको कारणले रुघाखोकी लाग्ने हुनाले एक पटकको सुईले १ बर्ष जति मात्र काम गर्छ |
हजुर को लेख ज्ञान्बर्दक हुन्छ | एउटा कुरा बुज्न सकिएन “बास्तबमा कुनै रोग बिरुद्ध दिइने खोप भनेको त्यही रोगको भाइरस अलिकति शरीरमा पठाउनु नै हो” |येसो गर्दा त्यो virus ले तेती खेर किन हाम्रो सरिर लै असर गर्दैन त |
अमित जी,
भाइरस लाइ कि मारेर, कि शक्ति हिन गरेर हालेको हुन्छI
उदय जी तपाईको बिज्ञान सम्बधि लेखहरु अतेंन्तई संदर्विक र उपयोगी हुन्छन .
यो र येस्ता लेख हरुका लागि तपयिलाई धेरै धेरै धन्यवाद
धेरै राम्रो जानकारी छ | हजुरमा आफुले अध्यन गरेको कुरा सरल भाषामा ब्यक्त गर्ने खुबी छ |
एउटा कुरा confuse लाग्यो:
हजुरले भने अनुसार, virus एकचोटी लागेर निको भएपछि फेरी दोहोरिदैन | तर रुघाखोकी किन दोहोरि दोहोरि लाग्छ? अनि रुघाखोकीको खोप बनाउने काम किन सम्भव नभएको होला ?
जानकारीको लागि धेरै धेरै धन्यवाद । बुढापाकाले भन्थे रुघा लागेको बेलामा औषधी खायो भने एकै हप्तामा निको हुन्छ तर औषधी खाएन भने सात दिन लाग्छ । यसको बारेमा पनि प्रष्ट पारिदिनु भएको भए अझ आभारी हुने थिए ।