Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सार्केश्वर मेलाका कारण उड्नेदेखि गुड्नेसम्मलाई सकस

Posted on November 21, 2014November 21, 2014 by Salokya

saarc_logo ठूलो मेला लाग्दैछ चाँडै नै नेपालको राजधानी काठमाडौँमा- सार्केश्वरको। मेलाको तयारीका लागि रातोदिन सरसफाइदेखि पुननिर्माण, मर्मतसंभारका काम भइरहेका छन्। खासमा यो मेला दुई दिनको मात्र हो। तर देशविदेशबाट आउने तिर्थालुहरुका कारण पाँच दिनसम्म यसले प्रभाव पार्नेछ। सार्केश्वर मेलाकै लागि शनिबारसहित पाँच दिन स्कूल कलेज विदा हुने भइसकेको छ भने दुई दिन त सरकारले नै सार्वजनिक विदा घोषणा गरेको छ। तर त्यतिले मात्र सकस घट्नेवाला छैन। उड्नेदेखि लिएर गुड्नेसम्मका हजारौँलाई यसले असर पार्नेछ।

सबैभन्दा पहिला गुड्ने कुरा गरौँ। तपाईँको मोटरसाइकल, कार, बस आदि दुई पाङ्ग्रे वा चार पाङ्ग्रे सवारी साधनको नम्बर प्लेटको अन्तिम अङ्क जोर छ कि बिजोर ? जोर छ भने मंसिर ८ गते, १० गते र १२ गते चलाउन पाइनेछ। बिजोर छ भने चाहिँ मंसिर ९ गते र ११ गते मात्रै चलाउन पाइनेछ। ८ देखि १२ गतेसम्म यो प्रणाली लागू हुनेछ। यसलाई पालन नगरे जरिवाना तिर्नुपर्नेछ।

८ गतेको हकमा जानकारी नभएका सवारी साधनहरुलाई सम्झाइबुझाई गर्ने र सोही दिशातर्फ फर्काइदिने गरिनेछ भने ९ गतेबाट सवारी साधनहरुलाई नियन्त्रण र ट्राफिक उल्लंघन गरेबापत जरिवाना गरिनेछ।

मंसिर बिहेको महिना। तर मंसिर ११ गतेको साइतमा बिहे गर्नेले जन्ती बोक्न गाडी बिजोर अङ्कको मात्र चलाउनु पर्नेछ। दुलहादुलही चढ्ने गाडीलाई भने छुट दिइएको छ।

जोरबिजोरमात्र हैन, सार्केश्वरको मेला भर्न आउनेहरुको सवारी चल्दा पनि सवारी साधन र यात्रुले सकस भोग्नुपर्नेछ।

सबभन्दा बिजोग त सार्वजनिक सवारी साधन चढ्ने र चलाउनेहरुको हुनेछ। पुरानो बसपार्क ८ गतेदेखि नै बन्द गरिनेछ। अनि बस चढ्ने ओर्लने कहाँबाट त ?

 सानो-गौचरण :- चाबहिल हुदै मण्डिकाटार- कपन-बौद्ध- जोरपाटी- साखु- सुन्दरीजल- गोठाटार तर्फ चल्ने सवारी साधनहरु उक्त स्थानबाट संचालन गराइने।
 लैनचौर-भैसीचौर:- बालाजु- बनस्थली- टोखा- झोर – फुटुङ्ग- बुढानिलकण्ठ तर्फ चल्ने सवारी साधनहरु उक्त स्थानबाट संचालन गराइने।
 जडीबुटी :- भक्तपुर तथा काभ्रे-बनेपा-धुलीखेल र अरनिको राजमार्ग भएर चल्ने सवारी साधनहरु लाई पेप्सिकोला जडीबुटी सडक खण्ड किनाराबाट संचालन गरिने।
 टि.यू. गेट नजिक :- दक्षिणकाली-फर्पिङ्ग-किर्तिपुर-थानकोट-स्वयम्भू तर्फ चल्ने यात्रुबाहक सवारी साधनलाई टियु गेट अगाडीको सडकको छेउमा १ लाइनमा राखि संचालन गरिने।
 ढुङ्गेअड्डा :- थानकोट , मातातीर्थ, मच्छेगाँउ, नागढुङ्गा तर्फ चल्ने सवारी साधनहरुलाई ढुङ्गेअड्डाबाट संचालन गरिने ।
(उक्त स्थानहरुबाट संचालन हुने सवारी साधनहरुलाई पिक एण्ड ड्रपको मात्र ब्यबस्था मिलाइने)
 सभागृह मोडमा रोकिने माईक्रोबसहरुलाई भद्रकाली मन्दिर नजिक र सहिद गेटबाट पिक एण्ड ड्रपको व्यवस्था गरिने
 रणोद्वीप-भद्रकाली, पद्यमोदय -सभागृह, शंकरदेब- पुरानो बसपार्क खण्डमा सम्मेलन अबधिभर सवारी संचालनमा रोक लगाइने ।
 सार्क सम्मेलन अवधिभर रिङ्गरोड बाहिर वा रिङ्गरोड भित्र रहेका बसपार्कहरुबाट छुट्ने यात्रु बाहक सवारीहरुको हकमा २० मिनेटको अन्तरालमा छुटाउने व्यवस्था मिलाइने ।
 सवारी साधनलाई उक्त अबधिभर बैकल्पिक सडकको प्रयोग गरी व्यबस्थापन गरिने ।

सवारी मार्गमा पनि सकस
– Heavy तथा Slow moving vehicle हरुलाई ३० मिनेट अगाडिबाट सवारी मार्गबाट चलाउन नदिइने।
– सवारी मार्गको बिपरीत दिशाबाट आउने सम्पुर्ण सवारी साधनहरुलाई १५ मिनेट अगाडिबाट चलाउन नदिइने।
– सेम रुटका सम्पुर्ण सवारी साधनहरु १० मिनेट अगाडिबाट चलाउन नदिइने।

उड्ने कुरामा पनि उस्तै

गुड्ने मात्र हैन उड्ने कुरामा पनि सकस हुनेछ। अन्तर्राष्ट्रिय तथा आन्तरिक जहाजहरुको लागि तयार पारेको नोट्याम्स (नोटिस टु एयरम्यान) अनुसार मंसिर ९, १०, ११ र १२ गते आफ्नो तालिका अनुसार उडान गर्न पाउने छैनन्। विशिष्ट पाहुनाहरु आउनुभन्दा आधाघण्टा अघि र पछिसम्म कुनै जहाज उडान तथा अवतरण गर्न निषेध गर्ने काम हुनेछ। यसले डोमेस्टिक र इन्टरन्यासनल दुवै उडान प्रभावित हुनेछन्।

यात्रुहरुको भिसा सकिने, जहाज छुट्ने, कनेक्टिङ फ्लाइट छुट्ने लगायतका समस्या यात्रुले भोग्नु पर्नेछ।

यस्तो छ तालिका
मंसिर ९ गते बिहान नौदेखि बेलुकी पाँच बजेसम्म सार्कका पाहुना बाहेकका उडान- अवतरण गर्न नपाइने
मंसिर ११ गते बिहान आठदेखि १० बजेसम्म र दिउँसो १ देखि १३:४५ सम्म सार्क बाहेक अरु उडान-अवतरण बन्द
मंसिर १२ गते बिहान ८ बजेदेखि १३:१५ बजेसम्म सार्क बाहेकका जहाज उडान तथा अवतरण बन्द
मंसिर ९ देखि १२ गतेसम्म आन्तरिक तथा अन्तर्राष्ट्रिय जहाज पार्किङ सिमित
मंसिर ९, १० र ११ गते कुनै पनि जहाज राती बस्न नपाउने
मंसिर १० गते सबै उडान यथावत तर पार्किङ सिमित

एयर इण्डिया, नेपाल एयरलाइन्स, थाइ एयरवेज, ओमान एयर, कतार एयरवेज, एयर अरेविया, इन्डिगो एयरलाइन्स लगायतका डेढ दर्जन एयरलाइन्सहरुबाट यात्रा गर्ने यात्रु समेत प्रभावित हुनेछन्। थप जानकारी

7 thoughts on “सार्केश्वर मेलाका कारण उड्नेदेखि गुड्नेसम्मलाई सकस”

  1. प्रविण कुमार के.सी. says:
    November 23, 2014 at 2:36 pm

    दिनभरी काम गरेर बिहान बेलुकी छाक टार्नु पर्ने बाध्यता भएका मजदुर र श्रमिक बर्गका जनताहरुलाई चाही सरकारद्वारा आयोजना भएको नेपालबन्द र चक्काजामका दिनहरुमा छाक टार्नलाई होटल सोल्टीमा नि:शुल्क गरिब भोजन कार्यक्रम पनि आयोजना गर्ने चाही रुटिनमा रहेछ कि रहेनछ ?

    Reply
  2. rajesh rai says:
    November 22, 2014 at 7:39 pm

    मकर मेला,कुम्भ मेला भन्दा पनि दामी होला जस्तो छ है साथी हो /

    Reply
  3. Ratna says:
    November 22, 2014 at 2:17 pm

    Thank you MySansar for sharing this highly important information in time. Unfortunately, the airport’s own website http://www.tiairport.com.np/ has not posted any update, and what I found is only obsolete and one year old information. At this crucial time, the airport’s website should have been very active and every hour it should provide updates on all flight disruptions, arrivals, departures, problems in airport if any and anything useful for the domestic and international passengers. Airport has spent a lot of money to design, host and maintain the website, but the sluggish staff responsible to update seems to have no interest or commitment to their job. Shame ! Shame !

    Reply
  4. लक्ष्मी प्रसाद says:
    November 22, 2014 at 2:09 pm

    रिक्शा, ठेला, हातेगाडा चलाउन पाइने कि नपाइने? पाइने भए कमाएर खाम्ला! नपाइने भए सरकारले थालमा भात पस्केर दिने ‘सिविर’ कहाँ कहाँ राखेको छ?
    साला सरकार जहिल्यै हुनेखानेको मात्र सोच्दछ! हुँदाखानेको कहिल्यै सोच्दैन। गाडीहुनेले त आन्दोलन गर्लान्, हाम्ले गर्न मिल्दैन । गरेको रात नानीहरु भोकै हुनेछन। हाम्रोलागि बोल्दिने को? सोचिदिने को? साला कोई माईकालाल पैदा भएन।

    Reply
    1. Basant says:
      November 23, 2014 at 4:26 pm

      यो नीति नियम बनाउने लाई बेस्कन भकुर्न पाए नि हुने

      Reply
  5. xyz says:
    November 22, 2014 at 11:56 am

    The future of SAARC is DARK.

    Reply
  6. subash says:
    November 21, 2014 at 10:06 pm

    कहीं नभएको जात्रा हाँडी गाउँमा !

    नेपाल बाहेक कुनै अरु सार्क रास्ट्रले सार्क आयोजना गर्दा पुरा सरकारी तन्त्र लाई नै सार्बजनिक बिदा दिएको थाहा भएन | अनि स्कूलहरुलाई के खान बिदा – विद्यार्थीको पढाई मात्र बिगार्न ?

    जनता भोकै मर्दैन्छ सार्क को लागि नगर पोतिन्दै छ | जहिले पनि नगरलाइ येत्तिनै सफा राखे एस्तो भाँडभैलो गरिनै रहनु पर्दैनथ्यो

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme