– डा. ध्रुव पन्थी –
टोकियो विश्वविद्यालय, जापान
देश अहिले सार्क सम्मेलनमय भएको छ। आफ्नो लागि आफैले र समयमा कहिल्यै केही नगर्ने पुस्तैनी संस्कार बोकेका हामीहरु यही सार्क सम्मेलनको बाहनामा बाटो टाल्दैछौँ, बाटो छेउछाउ लिपपोत गर्दैछौँ र दुइचारवटा सरकारी भवन सजाउँदैछौँ। देशको प्रशासनिक केन्द्रविन्दु भनिने सिंहदरबारका खुइलिएका भित्ता र चुहिएका छाना रङरोगन र मर्मत गर्न त छिमेकी देशको सरकार प्रमुखको भ्रमण वा सार्क शिखर सम्मेलनजस्तो अवसर कुर्नुपर्ने हाम्रा लागि दुई-चार दिनकै लागि भए पनि राजधानी सिँगारिनु राम्रै मान्नुपर्ला। तर सार्क सम्मेलनको नाममा भइरहेका केही उदेकलाग्दा कृयाकलापहरु देख्दा भने हाम्रा राज्यसञ्चालकहरुको गैरजिम्मेवारीताले पराकाष्ठा नै नाघेको हो कि भन्ने अनुभूति भएको छ।
सार्क सम्मेलनमा सार्वजनिक विदा दिने तयारी हुँदै गरेको समाचार पहिलोपल्ट एउटा अनलाइन पत्रिकामा पढ्दा लागेको थियो, यो कामचोर प्रवृत्तिका केही कर्मचारीहरुले फैलाएको हल्ला मात्र होला। यसै त सार्वजनिक विदाको संख्या कहालीलाग्दो गरी बढी छ, त्यसमाथि सभा-सम्मेलनको नाममा पनि विदा थप्ने? यस्तो ‘मजाक’ होला भनेर पत्यार लागेको थिएन। तर आफै कामचोरी र अनुत्तरदायीताको पर्यायको रुपमा रहेको हाम्रो सरकारले एउटा सम्मेलनका नाममा काठमाडौं उपत्यकामा दुई-दुई दिन सार्वजनिक विदा दिने घोषणा गरिछाडेछ। अझ शैक्षिक संस्थाहरुमा त चार-चार दिन विदा दिइने रे। त्यतिले नपुगेर देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल पनि दिउँसोको समयमा बन्द रहने रे। अनि यो सबै सम्मेलनमा आउने विदेशी पाहुनाको सुरक्षा र सवारी साधन व्यवस्थापनका लागि रे। कतिसम्मको जगहँसाइ! कतिसम्मको निकम्मा हाम्रो राज्यप्रणाली!
सार्क सम्मेलनमा जम्मा हुने दुई-चार सय (वा ल एकछिनलाई दुइ-चार हजार नै मानौँ) पाहुनाको व्यवस्थापनको लागि हाम्रा सारा सरकारी कामकाज नै बन्द गर्नुपर्ने? हाम्रा शैक्षिक संस्थाहरुको पठनपाठन नै ठप्प पार्नुपर्ने? कस्तो निर्लज्ज तर्क हो यो? हाम्रा सुरक्षा संयन्त्रहरु अनि सम्मेलन व्यवस्थापकहरु त्यो हदसम्म नालायक रहेछन्?
हो, सम्मेलनमा सहभागी हुने विशिष्ट पाहुनाहरुको सुरक्षा संवेदनशीलता बुझ्न सकिन्छ। त्यसमाथि काठमाडौंको ट्राफिक व्यवस्थापन पनि चुनौतीपूर्ण छ। तर यति संवेदनशीलता र चुनौतीलाई पनि उचित तवरले संवोधन गर्न नसक्ने सरकारले सार्क सम्मेलन आयोजना गर्ने आँट नै किन गर्नु? सार्क सम्मेलनको तयारीको शुरुवातमा यो सम्मेलन पोखरामा गर्न लागिएको चर्चा सुनिएको थियो। सम्मेलन पोखरामा आयोजना गर्न सकिएको भए यसकै बाहनामा भए पनि केही भौतिक संरचनाहरु पोखरामा निर्माण हुन्थे होलान्। काठमाडौंको तुलनामा सानो शहर भएकोले सुरक्षा बन्दोबस्त र ट्राफिक व्यवस्थापनमा पनि सहजता हुन्थ्यो होला। त्योभन्दा पनि बढी त सम्मेलनको क्रममा पोखराको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा हुने चर्चा-परिचर्चाले त्यहाँको पर्यटनलाई कति धेरै बढावा दिन्थ्यो होला। तर हर विषयमा काठमाडौंकेन्द्रित सोँच पालेर बसेको अकर्मण्य कर्मचारीतन्त्रको रोजाइमा पोखरा पर्न सकेन। पोखरामा पर्याप्त भौतिक संरचना नभएको र अरु के-के बाहना बनाइयो, र फेरि पनि सार्क सम्मेलनको भारी काठमाडौंलाई नै बोकाइयो। परिणामस्वरुप अहिले दुई दिनदेखि चार दिनसम्मको सार्वजनिक विदाको बम्पर उपहार पनि काठमाडौंको पोल्टामा थपिएको छ।
केही अघिसम्म हामीकहाँ बन्दको नाङ्गो आतङ्क चल्ने गर्थ्यो (संविधान लेखनका मुद्दाहरु पेचिला बन्दै जाँदा र संविधान निर्माणको समयसीमा नजिकिँदै गर्दा बन्दको मौसम फेरि शुरु नहोला भन्न सकिन्न)। शायद त्यस्ता बन्दको ‘क्षतिपूर्ति’ सरकार स्वयम् गर्न खोज्दैछ यसपाली काठमाडौंबासीका लागि। बन्दको बेला त झिनै भए पनि विरोध हुने गर्छ, एक दिन बन्द हुँदा देशको अर्थतन्त्रमा यति र उति नोक्सान भएको भनेर हिसाब निकालिन्छ। तर यस्ता सरकारी विदामा भने शायद सबैलाई ‘हाइसञ्चो’ हुने रहेछ।
नत्र खै मनपरी सार्वजनिक विदाको औचित्यमथि कुनै प्रश्न? खै यस्ता विदाले हाम्रो उत्पादकत्व र समग्र अर्थतन्त्रमा पार्ने दुष्प्रभावबारेको बहस? खै हाम्रा नानीहरुको पढाइलेखाइ र शैक्षिक क्यालेन्डरमा पर्ने असरबारेको चिन्ता? बरु सामाजिक सञ्जाल वा समाचार पोर्टलहरुतिर हेर्यो भने यस्ता ‘जन-आवाज’ सुन्न पाइन्छ – काठमाडौं उपत्यकामा मात्रै विदा किन, काठमाडौं बाहिरकालाई किन भेदभाव गरेको? विदा दुई दिन होइन, चार दिन नै दिएको भए राम्रो हुन्थ्यो; विदा सरकारी अड्डामा मात्र होइन, निजी क्षेत्रमा पनि अनिवार्य गर्नु पर्यो; आदि। धन्य छ हाम्रो मध्ययुगीन मानसिकता! हामीमा चेतना कहिले आउला? हामी हाम्रो पछौटेपन, कामचोर प्रवृत्ति र समग्र दरिद्रतामाथि साँच्चिकै लाज मान्न सक्ने कहिले बनौँला? अल्बर्ट आइन्स्टाइनले त्यसै भनेका होइन रहेनछन् – ब्रह्माण्डको विशालताको बरु सीमा होला, मान्छेको मूर्खताको कुनै सीमा छैन।
यो ब्लग माइसंसारको पाठकबाट आएर जस्ताको तस्तै राखिएको हो। तपाईँ पनि आफ्ना ब्लग, फोटो माइसंसारमार्फत् बाँड्न चाहनुहुन्छ भने यहाँ क्लिक गरी पठाउन सक्नुहुन्छ
नेपाल जस्तो देश को लागी सार्क सम्मेलन ठुलो चाड नै हो !!
तर असर पर्ने ठाउहरुको लागी मात्रै छुट्टि दिदा हुन्थ्यो |
एक त देश मा सफा राख्ने सोचाई न सरकार न जनतामा छ, तर त्यो भनेर फोहोर ठाउमा बिदेशी पाउनाहरुलाई बोलाउने कुरा भएन क्यारे !! साफ सफाई त गर्ने पर्छ !
आखिर तेइ बिदेशी पाउना हरुको लगानी अनि ग्रान्ट बाट बजेट नेपालको चलेको छ !!
प्रतिक्रिया व्यक्त गर्नुहुने सबैमा हार्दिक धन्यवाद। माथि लेखमा उल्लेख भएजस्तै ‘जन-आवाज’ हरु यहाँँ प्राप्त केही प्रतिक्रियामा पनि झल्किएको पाउँदा रमाइलै लाग्यो। केही प्रतिक्रियाहरु व्यक्ति-केन्द्रित कुतर्क (ad hominem) मा पनि आधारित रहेछन्, तिनको जवाफ दिइरहनुपर्ने कुनै आवश्यकता भएन। तर यहाँँ उठेका अन्य केही प्रसङ्गहरुबारे भने थप चर्चा गर्न मन लाग्यो।
पक्कै पनि सार्क शिखर सम्मेलन एउटा ठूलो समारोह हो, यसलाई उत्सवको रुपमा सम्पन्न गरिनुपर्छ। तर केही साथीहरुको स्वैरकल्पना भने बडो गजबको रहेछ। जति सक्यो त्यति धेरै सार्वजनिक विदा दिँदा देशको इज्जत-प्रतिष्ठा उकासिने, विदेशी लगानी ओइरिनेजस्ता कुरा मेरो सानो दिमागले बुझ्न सकेन। सार्वजनिक विदा भन्ने कुरासँग जनताले सार्वजनिक अड्डा आदिबाट पाउनुपर्ने सेवा-सुविधासँगै सार्वजनिक खर्चको उपयोग-दुरुपयोग पनि गाँसिएको हुन्छ र त्यो सार्वजनिक खर्च भनेको जनताले तिरेको कर हो। तर देशको सम्पत्ति मेरो पनि सम्पत्ति हो र यसको उपयोग-दुरुपयोगमा मेरो पनि भविष्य गाँसिएको छ भन्ने सामान्य चेतना पनि हामीमा विकसित हुन नसकेको अवस्थामा यस्ता विदाहरु निरपेक्ष उल्लासका विषय बन्ने नै भए। आखिर विदा पाउनेहरुलाई काममा जानु नपर्ने रमाइलो अनि अरुहरुलाई पनि ‘आपका जाएगा न बापका जाएगा’।
विदासँग गाँसिएको अर्को विषय उत्सवको नभएर हाम्रो सुरक्षा प्रवन्ध र ट्राफिक व्यवस्थापनको हो, जुन चुनौतीपूर्ण भएको कुरा मैले आफ्नो लेखमा पनि उल्लेख गरेको छु। तर त्यो चुनौतीलाई सम्वोधन गर्ने एकमात्र तरिका मनपरी सार्वजनिक विदा हुन सक्दैन। आखिर सार्वजनिक विदाको ‘बम्पर उपहार’ का बाबजुद काठमाडौंको ट्राफिक व्यवस्थापनमा देखिएको भद्रगोल र आमजनताले पाएका सास्ती त समाचारमा आइरहेकै छन्। हामीलाई दीर्घकालीन सोँच राखेर अलिक योजनावद्ध हिसाबले काम गर्न टाउकोमा हानेजस्तै हुन्छ। त्यसैले जनजीवनमा थोरैभन्दा थोरै असर पर्ने उपाय खोज्नतिर लाग्नुभन्दा गँजडी शैलीमा विदाको घोषणा गर्ने र बाटोघाटोमा अघोषित कर्फ्यु लगाउनेजस्ता उपाय नै हामीलाई स्वभाविक र अत्यावश्यक लाग्छन्। फेरि एकपल्टको कुरा भए पो अर्कोपल्ट कुनै सुधार वा परिवर्तनको गुञ्जायस रहन्छ। हाम्रा लागि त यस्तै तयारी र व्यवस्थापन नै मानक हो। बरु यसमा प्रश्न उठाउनु चहिँ ‘उग्र’ हुनु वा ‘नकारात्मक सोँच’ को शिकार हुनु हो क्यारे!
एकजना साथीले भर्खरै सम्पन्न G20 सम्मेलनका क्रममा Brisbane मा विदा दिइएको कुरा पनि उठाउनुभएको रहेछ। हामी आफूलाई सुविधा हुने उदाहरण खोज्न त खप्पिस नै छौँ नि, आफूलाई अप्ठेरो पर्ने उदाहरण भेट्दा पो ‘अमेरिका-अष्ट्रेलियाका कुरा नेपालमा गरेर हुन्छ?’ भन्न मन लाग्छ। G20 सम्मेलनका लागि Brisbane मा एक दिन सार्वजनिक विदा दिइएको कुरा साँचो हो तर अष्ट्रेलियामा वार्षिक सार्वजनिक विदा नै १२-१५ दिनभन्दा बढी नभएको कुरा पनि उत्तिकै साँचो हो। बरु दुई वर्षको लामो तयारीका साथ सम्पन्न गरिएको ‘जीवनमा एकपल्ट मात्र हुने’ यो सम्मेलनलाई Brisbane बासीहरुले कसरी आफ्ना व्यापारिक, पर्यटकीय, शैक्षिक लगायतका आर्थिक गतिविधिहरुको प्रवर्धनसँग जोडेका थिए भन्ने कुरा बढी महत्त्वपूर्ण हुनुपर्ने होइन र? फेरि हामीकहाँ पनि यस्ता सभा-सम्मेलनहरु उसै पनि भीडभाडको पर्याय बनेको काठमाडौं उपत्यकाभन्दा बाहिर पोखरा, लुम्बिनीजस्ता ठाउँहरुमा आयोजना गरी ती ठाउँहरुको आर्थिक तथा सांस्कृतिक प्रवर्धनका लागि उपयोग गर्ने इच्छाशक्ति देखिएको भए एकाध दिन (अहिलेजस्तो ‘बम्पर’ चाहिँ होइन) विदा दिइँदा खुशी नै मनाउन हुन्थ्यो होला। बाँकी कुरा चाहिँ प्रबुद्ध पाठकहरुकै जिम्मा।
नेपाली गोर्खे नियती बिदेशमा बस्ने अनी जेमा पनि सरकारको एकोहोरो गाली मात्र गर्ने , केही हप्ता अघी अष्ट्रेलियाको ब्रिस्बेन शहरमा G8
राष्ट्रहरुको सम्मेलनमा उक्त शहरमा २ दिन सार्वजनिक बिदा दिईेको थियो,नेपालमा सार्क सम्मेलन हुँदा उपत्यकामा बिदा दिदा सरकारको यत्रो सत्तोसराप!!! नेपाली धेरै जान्ने भएर बिग्रेको
साथि हो ,
हामि सबै ले Dharanidhar ji को जस्तै बिचार राख्ने हो भने हाम्रो देश बिकसित हुन धेरै समय लाग्दैन/ कसैले राम्रा राय दिन्छा भने स्वीकार्न सिक्नु पर्छ/ दुइ दिन बिदा हुन्न भन्दा ध्रुब जी को जापान बसाइ र डा. को केहि सम्बन्ध छ/ यो सबै नकारात्मक सोच हो/
अर्को उदाहरण हेनुस त krish जी को तर्क – राजकीय भ्रमण र छेत्री बाहुनका चाड -बादहरुमा ……… कता बाट छेत्री बाहुनका कुरा आए/ कृष् जी लाइ थाहा छैन कि छेत्री बाहुन ले समर्थन नगरेको भए न त नाता राजतन्त्र जानथ्यो न त बहुदल आउथ्यो/
हामी नेपालीहरूको बौद्वीक दरिद्रता देख्दा उदेक लागेर अाउछ। प्रस्तुत लेखमा उल्लेख भएका सकारात्मक पाटाहरूलाई मनन गर्नुको साटो कतिपय पाठकहरू लेखकको शैक्षिक योग्यता र उहॉको विदेश बसाईप्रति टिप्पणी गर्न लालायित भएको पाइयो। लाग्दछ बाहिर बस्नु कुनै अपराध हो र उसले देशको बारेमा सोच्ने/टिप्पणी गर्ने कुनै अधिकारै हुँदैन। सुनिताजी केवल चीनको उदाहरण किन पेश गर्नुहुन्छ उत्तर कोरियाकै उदाहरण पेश गर्नुस न। नकारात्मक टिप्पणीकालागि हामीसँग उदाहरणकै कमी त छैनन नी, कमी छ त केवल रचनात्मक तथा सकारात्मक सोँचको। कसैको आत्मसम्मानमा ठेस पुगेमा माफी चाहन्छु।
निश्चल ji,
कुनै पनि देशमा ( बिकसित) तपाइँ ले भने जस्तो सार्बजनिक बिदा हुदैन/ यहाँ त हड्ताल समेत जनता लाइ असुविधा नहुने गरि गर्छन/ जस्तो एक दुइ घण्टा/
सार्क नेपालको लागि महान चाड हो । यति धेरै देशका प्रतिनिधि तथा प्रमुखहरू नेपालमा अाउन लाग्नु भएको विदेशमा बस्ने डा. साबलाइ थाहानै होला । सरकारमा बस्नेहरूले पनि त नामको अगाडी डा. लेखेका पनि छन् । अनलाइन पत्रिकामा के कारनले विदा दिन लागेको लेखेको रैनछ । विदेशमा बसेर देशको कमेन्ट गर्ने । चाइनामा भए तपाइलाइ कारवाही हुने थियाे।
यो लेख त मलाई पनि मन परेको छैन जानुस साथी Kathmandu मात्र होइन देसु पनि तपाई लै कुरे र बसेको छ गरेर देखाउनु होस् हामी कुशी हुने छु एक देक को जात्र पर्ब अथवा जुलुस ले काठमाडौँ को ट्राफिक कति भाद्रोगोल हुन्छ के थाह छ र यो ८ देस्य को सुराचा र Nepal को प्रतिथा को बिषय को कुरा हो कोम्पेर्मोइश गर्न सकिन्न
It is a common practice in most of the countries to give holiday If a country is organizing some national event..
– डा. ध्रुव पन्थी – टोकियो विश्वविद्यालय, जापान
२-४ बर्ष जापान बसेर PHD गर्दैमा एति उग्र हुनु जरु छैन
डा. श्री धुर्ब पन्थी ज्यु, हाम्रो देश मा अर्ति दिने/ ढलेको सिन्को नउठाउने तपाईं जस्तो विद्वान को खाँचो छैन ! हाम्रो देश को अवस्था के छ , अब के गर्नु उपयुक्त हुन्छ भन्ने कुरा तपाईं हामीलाई भन्दा किशान/ मजदुर लाई धेरै ज्ञान छ ! तसर्थ जापान मा बसेर बिद्वोता नछाटेकई राम्रो ! धन्येबाद s
Dr Maskey.
We need to get good experience from people living around the world. You need to learn to change otherwise we will be in stone age tradition and culture. In the name of so called culture and tradition we Nepali are proud of , however this is hindering our economical prosperity. Government has provided Annual leave and casual leave to employees, why do we need a additional leave in the expense of public money.
अहो, पन्थी जी को ‘ डा. उपाधि’ पाउन को अनुसन्धान निकै चाख लाग्दो रहेछ …
तपाई हामी जस्तै ठुला कुरा गर्ने तर माखो नमर्ने भएर बिदा दिएको होला.
-तैपनि, यसको फाइदा चाही, कमसेकम ४ दिन नै भए पनि ‘दमका’ बिरामीहरुलाइ र पैदल यात्री लाइ राहत मिल्ने देखेर सरकारले बिदा दिएको हुन सक्छ /
चीन ,जापान ले बनाइदिने , भारत ले देश चलाइदिने , अमेरिका ले डलर र युरोप ले युरो दिने , खाडी देश ले बेरोजगार लाइ काम दिने , नेपाल सरकार र नेपालि चै धादली र राजनीति मै व्यस्त हुने !!
विदेश तिर पनि बिदा दिने चलन छ| र बिदा दिएर सर्बसाधारणलाई सास फेर्ने मौका दिनु राम्रै हो| बजार, बाटोघाटो र आवतजावतमा पनि सबैलाई सुबिधा हुन्छ| जनता चै बिदालाई सदुपयोग गर्न खाल्टो बाहिर “हावा” खान निस्किए राम्रो|
Although it is a normal practice in Nepal but two days public holiday for SARC is huge economic loss for the country. This is not happening at least in the developed world. For example, there was no public holiday for the recent G20 summit in Australia. There is no public holiday for Federal or State election, it is done in Saturday.
बिदा दिन ठिकै छ तर सो बिदाको सट्टामा अरु दिन काम गर्नपर्ने र स्कुल लगाउने गरेर|
डा. श्री धुर्ब पन्थी ज्यु
मेरो बिचारमा बिदेशमा वसेर हामीहरुले टिका टिप्पणी गर्न मज्जा लाग्छ तर नेपालमा काम गर्नेहरुले यस्ता कुरा रहरले गरेका जस्दो लाग्दैन । “न मरी स्वर्ग देखिन्न”
लोह्सरका ३ दिन, होलीका पहाड़ र तराईका १-१, ईद, क्रिसमस, ईद, गौरा पर्व, छठ पर्व, उपत्यका कालागीमात्र इन्द्र जात्रा – घोड़े जात्रा – भोटो देखाउने, महिला हरुकालागी मात्र र अन्य बिदाहरु छन् । जे भए पनि आफ्नो राज्य बढ़ाउने पृथ्वी नारायण शाहले गर्दा आज नेपाल भएको भन्ने सबैलाई थाह भए पनि सो बिदा डा. बाबुरामले काटेकोमा तै चुप मै चुप ।
अनि नेपालमा सार्वजनिक बिदा दिनु न दिनुको के अर्थ छ र ?
विकसित देशमा शनिवार र आईतवार अर्थात बर्षको ५२ दिन हामी भन्दा थप बिदा दिदा राम्रो ।
पालो न मिचियो भने सार्क को जमघट ८-९ बर्षमा नेपालको पालो आउने हो नि !
केको खस खस !!!
डा. मास्के
संयुक्त राज्य अमेरिका
“…विकसित देशमा शनिवार र आईतवार अर्थात बर्षको ५२ दिन …”
यो गणित अलिकता गोलमाल भएन र ? हप्ताको २ दिन भए पछी वर्षको १०४ दिन हुने भो.
पृथ्वी नारायणले गर्दा आज नेपाल भएको भन्नु र अंग्रेजले स्वाधिनता दिएर भारत भयो भन्नु उस्तै उस्तै हो| के को डाक्टर पर्नुभो कुन्नि, यस्तो हावादारी कुरा र महाझुटको खेति गर्नु भएन डारसाब| पूर्वाग्रह नराखी अलि चिरफार र विश्लेषण गरेर हेरौ न|
नेपाल नभएको भए अर्कै केही हुने थियो| नत्र के को खसखस?
जे मा पनी नकारात्मक सेाच मात्र नराखैा न हेा । खालि नेता र कर्मचारीहरूलाइ गाली गर्न मात्र जानेका छैा । केही सकारात्मक सेाच पनि राखैा न । त्रिभुवन बिमान स्थलकेा बास्तविकता र भि भि अाइपि केा अागमनमा लगाइने नेा टाम र सुरक्षा ब्यवस्थापन केा बारेमा जानकारी राखेर लेख्दा अली सेाभनीय हेाला । पेाखरामा गर्नु पर्ने या पर्दथ्येा भन्ने चांही राम्रेा लाग्येा ।
यस्तो बिधि त संकटकाल लागेको बेलामा पनि भएको थिएन होला ।
यहि त हो नेपाली कर्मचारीको विशेषता
सबैको देश उठाउने धन्दा ; नेपाल का अकर्मन्य यन्त्रको पिकनिक खाने धन्दा !
यस्ताले दैनिक १२ घन्टा कार्यालयमा बसेर काम गर्नु पर्ने नियम बनेको रहेछ !!
फेरी पुरानो उखान – जुन गोरुको सिङ्ग छैन, उसैको नाम प्रख्याति -“तीखे” अरे.
म सरकार पमुख भए देखि अाधा विदा कटौती गर्ने थिएँ । जात अनुसारको विदा पनि कटौती गर्ने थिएँ ।
बिदा दिनु जरुरि छैन/ सार्कले जनतालाई के दिन्छ त्यो त् मलाई थाहा छैन/ तर सबै कामहरु बन्धहुँदा जनताहरुलाई दुख सास्ती तथा देशको अर्थतन्त्रको नाश भने पक्कै हुन्छ/
every one have to express their opinion. Dr Dhurba Panthi please be cool and think.
Government is trying to make shift counties image in world with positive message and making effort to bring foreign investment and aid to our country. I do have lot of positive to say about these holiday provision.
But want to thank government for making it special to Nepalese people yes three would be little difficulties for moving daily lives but i wont be tough as we had done in those banda time.
Very Good luck to Nepal Government
G20 को लागि Australia (Brisbane) मा पनि बिदा छ |
A public holiday has been announced for Friday 14 November 2014 in the lead up to the G20 Leaders’ Summit, which takes place in Brisbane on the weekend of the 15th and 16th of November.
http://statements.qld.gov.au/Statement/2013/6/10/public-holiday-to-ease-impact-of-g20
चार दिन कुनै पार्टी ले स्कुल बन्द गरेको भए बालबालिका को पढ्न पाउने अधिकार र भबिष्य सम्बन्धी चर्का आवाज हरु सुनिन्थ्यो, ऐले सरकारले चार दिन बन्द गर्दा, बिदा कसरी मनाउने भन्ने योजना बुन्दै छन् ती मान्छे !!
उहिले पंचायेती प्रजातन्त्रमा येस्तै हुने गर्थ्यो / राजकीय भ्रमण र छेत्री बाहुनका चाड -बादहरुमा पनि ,अब त झन् विभिन्न धर्म र संस्कृतीहरु मनाउने नाममा पनि राष्ट्रको ढिकुटी काम चोरहरुले लूटने सजिलो उपाए बनाइँ रहेकाछन / ८ घण्टा पुरा समय काम गरेर खानु पर्ने तलब अब २सिफ्ट गर्ने भन्दै ६/६ घण्टा गरेर दोहोरो लुट्ने परे / काम को प्रकृति हेरी १जनले १ दिनमा कतिकाम गर्नु पर्छ भन्ने मात्र वा भोल्युम नतोकी बेरोजगार मान्छेलाई जागिर दिएर देश बन्दैन / देश बनौन त सबैलाई काम गराएर मात्र हुन्छा / लोकतन्त्र – गणतन्त्र को बद्नाम नगर …./