Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

किन बढ्दैछ जापानमा नेपालीहरुको शरणार्थी आवेदन?

Posted on November 19, 2014November 19, 2014 by mysansar

– कृष्ण के श्रेष्ठ “काल्स”-
योकोहामा, जापान

1मलाई अझै याद छ म सानो छँदा, दोलखामा लामाबगरको बाटो हुँदै धेरै तिब्बतीहरु काम गर्न गाह्रो भयो भन्ने कारण देखाई, बाध्य भई भागेर शरणार्थीको रुपमा नेपाल छिर्ने गर्दथे। अनि प्रहरीले पक्रेर कि फेरि उतै फर्काउँथ्यो कि सदरमुकाम चरिकोट लगेर ब्यबस्थापनको लागि काम अगाडि बढाउँथ्यो।

तर, नेपालबाट ९ लाखदेखि १२ लाखसम्म तिरेर आएका नेपाली बिद्यार्थीहरु र कुकहरुले जापान जस्तो बिकसित देशमा शरणार्थी भिसामा आवेदन दिने क्रम बढ्दै गरेको समाचार हालै जापानी पत्रिका आसाही सिन्बुनले प्रकाशित गरेको छ। यतिसम्म कि हेडलाइन मै “नेपाली विद्यार्थीहरु पैसा कमाउने उधेश्यले शरणार्थी हुदै” भनि लेखिएको थियो । कुरा के रैछ भने, फुकुओखा शहरमा विद्यार्थी भिसामा आएका ४ जना नेपाली बिद्यार्थीहरु मध्ये ४ जना एकपछि अर्को हुदै होस्टेलबाटै हराएछन । र खोजि गर्दा, टोकियोको आसपासमा बसेर शरणार्थी भिसाको लागि निबेदन दिएको कुरा बाहिर आएको रहेछ ।

हामी नेपालीको सोचाई अझै उस्तै छ, विदेश गएपछि पैसा बोटमा फलेको हुन्छ। तर बास्तबिकता भने अर्कै हुन्छ, चाहे अमेरिका होस् चाहे जापान या चाहे अस्ट्रेलिया। जहाँ गए पनि दुःख नगरी पैसा कमाउन गाह्रै हुन्छ।

अन्त जानुभन्दा सजिलै ४ महिना जापानिज भाषा अध्यन गर्‍यो, पास गर्‍यो अनि पैसा बुझाए पुग्ने भएर होला, जापान आउन अहिले दिनानुदिन नेपालीहरुको क्रेज बढ्दै गएको छ। तर यहाँ आएपछि भाषा बिना काम नपाउने समस्या, हप्तामा २८ घण्टामात्र काम गर्न पाउने नियम, काम गर्ने समय नमिल्ने अनि कुकमा आएकाहरुले अन्त काम गर्न नपाउने समस्याहरुले गर्दा दुःख भोग्नेहरु धेरै छन्।

त्यसैले, सोचे जति पैसा नकमाएपछि अनेक विकल्पहरु खोज्ने अनि सोच्ने गरिन्छ। त्यसमध्ये केहीले शरणार्थीको लागि आबेदन दिने गर्दा रहेछन्। जापानको नियम अनुसार शरणार्थीको लागि आवेदन दिएपछि ६ महिना अनुसन्धान गर्न समय लाग्ने र शरणार्थी भिसा दिने कि नदिने भनेर निर्णय आउन पनि धेरै समय लाग्न सक्ने रहेछ।

यसरी प्रक्रिया लामो हुने हुँदा, बिद्यालय जानु नपरेपछि, आफू फ्री हुने र आफुले चाहे जति काम गरेर प्रशस्तै पैसा कमाउन सकिन्छ भन्ने लोभमा लागेर हो या एक चोटी अस्वीकृत भए फेरि पनि आवेदन दिन मिल्ने सुबिधा भएको कारणले हो? यसलाई सजिलो विकल्पको रुपमा निबेदन दिने बिदेशीहरु दिनानुदिन बढ्दै गएको कुरा पनि सोही समाचारमा उल्लेख छ।

यतिसम्म कि २०१३ को तथ्यांकमा टर्की (६५८ जना) पछि नेपाल (५४४ जना) जापानमा शरणार्थी भिसा आवेदन दिने दोस्रो राष्ट्रमा परेको रहेछ। सन् २००३ मा जम्मा ३३६ जनाले मात्र आवेदन दिएको मा २०१३ मा १० गुना बढेर ३२६० जना पुगेको छ भने, अनुसन्धान धेरै कडा भएको कारणले होला जम्मा ३२६० जनाको आवेदनमा ६ जनालाई मात्र शरणार्थी भिसा स्वीकृत गरेको छ जापान सरकारले।

जापान सरकार शरणार्थी भिसाको स्वीकृति दिने कुरामा यतिसम्म कडा छ कि, UNHCR को तथ्यांक अनुसार २०१२ सालमा अमेरिकाले २५ हजार जना, अस्ट्रेलियाले ८ हजार ४ सय जनालाई शरणार्थी भिसा स्वीकृति दिँदा जापानले मात्र १८ जनालाई मात्रै स्वीकृति दिएको थियो।

1

2

6 thoughts on “किन बढ्दैछ जापानमा नेपालीहरुको शरणार्थी आवेदन?”

  1. simit gauchan says:
    November 22, 2014 at 1:55 pm

    रोजगार हुन नेपालमा नेताले देश बनाउनु पर्यो नि ,, नेतालाई आफ्नो भूड़ी भर्न ठिक्क छ बिचरा जनता रोजीरोटीको लागि उपाय नसोचे के गर्नु त ?????
    लेखक महोदय , एक चोटी बेरोगार र गरिब बनेर हेर तब यहाको लेखको उत्तर आफै पाउनु हुनेछ !!!!
    हे पशुपतिनाथ सबै नेपालीलाई बुद्दि बिबेक र रोजगार बनाइदेउ !!

    Reply
  2. Nabin says:
    November 21, 2014 at 4:21 pm

    लेखक महोदय, थाेरै कुरा थापाएर धेरै नखाेक्नु होला।
    हो म नि मान्छु नेपालीहरु विदेसिने भनेकै पैसा कमौना को लागि। नेपालमा रोजगार छैन त क्या गरोस्ता।
    तपाई नि यो बोल्ग विदेशमै बसेर लेकिरक्नु भाको होला
    जापानमा रेफ़ुजिको लागि आवेदन दिनुमा धेरै कमाउने लालचन प्रबल छ तर यो मात्र पनि यसको कारण चाही मा स्युइकर्दिन।
    किनकि म बिगत ४ बर्ष देखि जापानमै छु। जापानमा VISA extend को लागि गारो छ, भन्नु को अर्थ धेरै को visa extend नहुने गरेको छ।
    तपाई येदि १० १२ लाख खर्च गरेर यहा आउनु हुन्छ अनि १ २ वर्ष पछि visa extend भएन भने के गर्नु हुन्छ त?
    पैसा कमौना आको मान्छेको लगानी सुद्दै नउठ्ने जस्तो भयो भने उपाए त लगाउन पर्यो नि. तेही उपाए बनेको छ रेफ़ुजि।
    यस बाहेक अरुणि कुराहरु छन् अनि तपैले भन्नु भाको जस्तै college fee नतिर्न सजिलो उपयेनी बनेको पनि छ रेफुजी।
    तर तपाइको लेख मा अध्येयन धेरै पुगेन

    Reply
  3. teeyes Lama says:
    November 20, 2014 at 9:46 pm

    मिस्टर के श्रेठ हावादारी के जुठो कुरा लेख्या तिबत्तीहरुको बारेमा |तिब्बतीहरु काम गर्न गाह्रो भो भन्नेर नेपालमा आर्थिक लोभको कारण शरणार्थी बन्न आएको होइन भन्ने सत्य कुरा दुन्यालाई थाहा भएको कुरा हो |तिब्बत्तीहरु उत्तरमा साम्याबादी सम्राज्यबादिको अन्य अत्त्याचार र धार्मिक संस्कृतिक जातिसंहार (Genocid )बाट मुक्ति पाउन शरणार्थीको रुपमा नेपाल छिरेको हो | हावादारी जुठो असत्य कुरा लेखेर आफ्नो मुर्खता नदेखाउ |

    Reply
  4. Abhaya says:
    November 20, 2014 at 9:36 pm

    पाउनु नपाउनु आफ्नो ठाउमा छ ! येदि प्रमाणको रुप मा बुझाएको कुरा झुठो भएकोमा कारबाई गरिन्छ भने दर्खास्थ दिनेको संख्या धेरै कम हुन्छ!

    Reply
  5. Preeti says:
    November 20, 2014 at 10:36 am

    “चाहे अमेरिका होस् चाहे जापान या चाहे अस्ट्रेलिया। जहाँ गए पनि दुःख नगरी पैसा कमाउन गाह्रै हुन्छ।”
    kura yaso ho Mr. Carls
    चाहे अमेरिका होस् चाहे जापान या चाहे अस्ट्रेलिया। जहाँ गए पनि “श्रम” नगरी पैसा कमाउन गाह्रै हुन्छ।

    Reply
  6. Padam says:
    November 20, 2014 at 4:03 am

    ल ल भाई हो बल गर. यहाँ युरोपमा ९०% नेपाली भनु वा एन आर एन भनौंदाहरु सबै तेस्तै गरेका छन् अरु देशमा पनि किन छाड्ने नि ? वीर, इमान्दार, स्वाभिमानी त भन्ने मात्र कुरा हुन् उहिलेका कुरा खुइलिसके . जति सक्दो देशलाई बद्नाम गर अनि धनि बन.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme