-गणेश लम्साल-
भारतीय सरकारी कम्पनीमा जागिरमा पास भएर पनि जागिर नपाएपछि १५ वर्षसम्म त्यसका लागि संघर्ष गरेका भारतको आसाम राज्य घर भएका भारतीय नागरिक हेमादर सेनापति काठमाडौँस्थित नेपाल प्रेस काउसिलको मुख्य गेटमा १३ महिनादेखि धर्ना दिइरहेका छन्। उनको एक सूत्रीय माग नेपाली शरणार्थी बन्न पाऊँ भन्ने मात्र छ। तर कसैले वास्ता गरेको छैन।
उनी संचारग्रामस्थित नेपाल प्रेस काउन्सिलको मूल गेटमा आफनो माग लेखेर बिहान १० देखि अपराह्न ५ बजेसम्म धर्नामा बस्ने गर्छन्। धर्नामा बसेको यतिका दिन बितिसक्दा पनि उनको नेपाली शरणार्थी हुने माग कतैबाट सुनुवाई भएको छैन।
भारतबाट ज्यानको सुरक्षाका लागि विस्थापित भएपछि पहिले काठमाडौँस्थित शान्तिबाटिकामा ब्यानर टाँगेर धर्नामा बस्दै आएका उनलाई प्रहरीले हटाएपछि १३ महिनादेखि सञ्चारग्रामस्थित नेपाल प्रेस काउन्सिल कार्यालयको मुख्य द्वारमा धर्नामा बस्न थालेका हुन्। प्लेकार्डमा माग लेखेर प्रेस काउन्सिल नेपालको मुख्य गेटमा धर्नामा बसेका हेमादरले भने, ‘ मेरो एक मात्र माग नेपाली शरणार्थी हुने अधिकार पाऊँ भन्ने छ तर कसैले वास्ता नै गरेको छैन।‘
मागेर गुजार चलाउँदै आएका हेमादर पशुपति क्षेत्रमा असाहय र साधुसन्तलाई दिने खाना खाएर धर्ना बस्दै आएको बताउँछन्। उनले रात चाहीँ वीर अस्पताल र पशुपति क्षेत्रका पार्टी पौवाहरुमा बिताउने गरेको बताए।
धर्नाकारी हेमादरका अनुसार उच्च शिक्षामा स्नातक हेमादरले सन १९९८ मा राज्यबाट अधिकृतका लागि त्यहाँको लोक सेवाको परीक्षा दिएर नाम निकालेका थिए। तर २१ वर्षको उमेरमा सरकारी जागिरकालागि नाम निकालेका हेमादरले १५ वर्षसम्म पनि जागिरमा बहाली हुने अधिकार पाएनन। पहुँचवालाहरुले अनेक षड्यन्त्र गरेर उनलाई अधिकारबाट वन्चित गराए।
कानुनी रुपमा प्राप्त गरेको जागिरमा बहाली हुने अधिकार पाउनका लागि हेमादरले आसाम मात्र नभएर केन्द्र सरकारसम्म रहेका मानवअधिकारवादी निकाय, न्यायलय, प्रशासनदेखि राष्ट्रपति कार्यालयसम्म गुहारे। तर सबैतिरबाट उनीमाथि षड्यन्त्र भयो।
अधिकारकालागि राष्ट्रिय र अन्तराष्ट्रिय निकायहरु धाउँदाधाउँदा हैरान भएका हेमादरले हैरान भएर आफ्नो देशको सरकारसँग ‘ कि मलाई मर्न दे कि मेरो नागरिकता खोसेर मलाई देश निकाला गर ‘ भन्ने माग गरे। तर पनि सरकारले उनको कुरा सुनेन।
जसरी पनि न्याय पाएरै छाडने अठोट लिएका हेमादरले हैरान भएर राष्ट्रपति समक्ष ‘ कि मलाई मर्न देऊ कि त नागरिकता खोसर देश निकाला गर’ भन्दै अपिल गरे। उनले न्याय नपाए सन २०१२ अगस्त १६ सम्म न्याय नपाए आत्मदाह गर्ने चेतावनी दिँदै सन २०१२ जुलाईमा राष्ट्रपति समक्ष अपिल गरेका थिए। उनले आफनो माग पुरा नभएकोले आफुले आत्महत्या गर्ने र त्यसको जिम्मेवार असाम राज्य र केन्द्र सरकार जिम्मेवार हुने चेताबनी दिएका थिए। तर पनि उनको माग पूरा भएन। यसैले उनले तोकिएको मितिमा सार्बजनिक स्थानमा आगो लगाएर आत्मदाह गर्ने प्रयास गरे। प्रहरीले उनलाई पक्राउ गरयो। अस्पतालको उपचारपछि त्यहाँको मजिष्ट्रेड (सिडिओ) को आदेशमा जेल चलान गरियो। चार महिना २० दिनपछि उनी जेल मुक्त्त भए।
आफूले नियमपूर्वक पास गरेको सरकारी जागिरमा बहाली हुन पाउँ भन्दै गरेको मागका बिरुद्ध आफनै राज्यबाट अन्याय भोगेका हेमादरले हार मानेनन। जेलबाट निस्किएपछि उनि दिल्लीको जन्तरमन्तरमा सन २९ जनवरी सन २०१२ बाट धर्ना बसे। उनी धर्नामा बसको ज्ञात भएपछि राष्ट्रपतिले समस्या समाधान गरिदिन दुई पटक सम्म असाम राज्य सरकारलाई परिपत्र गरे। तर उनलाई राज्य सरकारले जागिरमा बहाली गर्न चाहेनन्। यति गर्दा पनि नभएपछि हेमादरले दिल्लीमै अन्तराष्ट्रिय मानव अधिकारबादी निकाय संयुक्त्त राष्ट्रसंघको मुख्यालयमा धर्ना दिए।
तर तीन महिना सम्म धर्ना बस्दा पनि कुनै सुनवाई भएन। उनले देश छाडन पाउने अनुमति मागे। तर भारतले उनको त्यो माग पनि सुनेन। बरु दिल्ली प्रहरीले उनलाई देश द्रोही भन्द ै वारेन्ट जारी गरयो। हेमादरका अनुसार उनलाई देशद्रोही बनाएर आजिवन जेल हाल्ने योजना बनाइएको थियो।
आफनै देशमा आफुले प्राप्त गरेको अधिकार पाउन १५ बर्षसम्म लडदा लडदा थिलथिलो भएका हेमादर भागेर नेपाल आए। काठमाडौ स्थित शान्तिबाटिकामा व्यानर टाँगेर धर्ना बस्न थाले। हेमादर नेपाल आएर धर्नामा बसेको भारतीय दुताबासले चाल पायो। बाटिकामा उनलाई धर्ना बस्न दिइएन दुताबासले नेपाल प्रहरी लगाएर हटयो। हाल उनी न्याय माग्दै नेपाली पत्रकारहरुको सर्बोच्च निकाय नेपाल प्रेस काउन्सिल अगाडीको मुख्य द्वारमा १३ महिना अगाडिबाट बिहान १० देखि अपरान्ह ५ बजेसम्म धर्ना बसिरहेका छन। उनको माग नेपालले आफुलाई शरणार्थी स्विकारोस भन्ने मात्र छ।
हेमादरले आफुलाई शरण लिइदिन राष्ट्रिय मानब अयोग र संयुक्त्त राष्ट्रिय संघको कार्यालय मार्फत माग गरेका छन। तर उनको अझै कतैबाट सुनवाई भएको छैन। हेमादरले खिलाराज रेग्मी सरकारको पालामा महानगरिय उच्चायुक्त्त कार्यालय मार्फत शरणार्थीकालागि निबेदन दिएको तर कुनै सुनबाई नभएको बताए।
दिनभरि प्रेस काउन्सिल गेटमा धर्ना बस्दै आएका हेमादर साँझ बिहान असहाय बनेर पशुपतिमा भोजन गर्छन। राती अस्पताल र मन्दिर पटाङगिनीमा सुत्छन। नेपाल प्रेस काउसिन्ल अगाडी एउटा हाते प्लेकार्ड राखेर न्याय दिलाउन पत्रकारहरुले सहयोग गर्लान भन्ने आशमा जोकोहीलाई टुलुटुलु आशले हेर्दै हेमादर भन्नेगर्छन ,— ‘आफनो देशमा १५ बर्षसम्म संघर्ष गरेँ तर न्याय पाइन उल्टै षडयन्त्र भयो। नेपालमा १३ महिना देखी संघर्ष गरिरहेका छु मलाई नेपाली शरणार्थी हुन सहयोग गरिदिनोस मानव कल्याण हुन्छ।,
उनी भन्छन्, ‘म यत्रो दिन धर्नामा बसिसके तर मलाई नेपालका पत्रकारहरुले पनि खासै सहयोग गर्नुभएको छैन। ठूला मिडियामा मेरो समाचार आएको छैन। मात्र एक दुई साना साप्ताहिकमा आए। मलाई लाग्यो नेपालमा पनि भारतीय दुताबासले नेपाली पत्रकारितामा हस्तक्षेप गरेको रहेछ। तर म आशाबादी छु। म इण्डियामा फिर्ता हुन चाहन्न। त्यो भ्रष्ट ईण्डिया जहाँ न्याय माग्दा निर्दोषले जेल सजाय पाउँछन। मैले न्यायका लागि आपनो देशमा तीन बर्षसम्म धर्नामा बस्दा पनि न्याय पाइन। नेपाल जान अनुमति देउ भन्दा पनि उनीहरुले दिएनन। बरु वारेन्ट जारी गरे। एउटा नागरिककालागि यो भन्दा ठूलो सजाय के हुन्छ त? यसैले बरु म छिमेकी देश नेपालमा शरणार्थी भएर बस्छु।
हेर, हेर मानब अधिकार को कान्त – विजोग ! एस्ता के कुनै पनि समस्या हरु समाधान गरिनु पर्छ, त्यो पनि जति सके चांडो/ खै पशुपतिनाथ वावा ले सुनेनोन क्यारे, चमत्कारी प्र. म. नरेन्द्र मोदी वावा ले केहि गरिहाल्छन कि त् ?
जोगीको घरमा सन्यासी पाहुना । अब नेपालीहरुनै शरणार्थी बनेर जाने बेला भईसक्यो यो फ्याउरालाई कसरी बनाउने शरणार्थी ।
पहिलो कुरा त यो मान्छे, गुप्तचर हुनपर्छ. हजाम, सार्की, इलेक्ट्रिसियन, कम्प्युटर टेक्निसियन सम्म बनाएर भारत र पाकिस्तानले आफ्ना जासुसहरू फैलाएका छन्. यो पत्रकार भाको ठाउमा मात्र बस्दो रहेछ.
दोस्रो कुरा यसले, संसारमा प्रचलित मान्यता अनुसार ‘रेफ्युजी’ को दर्जा र सो सरहको सुविधा पायो भने यस्ता भारतीयको ओईरो लाग्नेछ. ईण्डियाले चाहेको यहि हो. बोरामा पोको पारेर दश गजा कटाए हुन्छ यस्तालाई. हाम्रै दाजुभाई खाडी लाग्नुपरेको बेलामा ईण्डियनलाइ किन ज्वाई बनाएर पाल्ने?
हा हा हा … कुरा पनि ताज्जुब छ | हाम्रा प्रचण्ड, शुशील, ओली भारतीय जासुसमा बिक्रि हुन मरी रहेको बेला कहीं नपाएर यो लठ्ठक भारतले जासुस बनाएर पठाउला ?
अहिले अमेरिका मा भएको भए बिचरा ले ग्रीन कार्ड पाई सक्ने थियो १५ वर्ष को संघर्स गरेको मान्छे. उसले नेपाल लाइ न्याय पाउने बिस्वास गरेर आएको छ. एउटा मानवता देखाएर नेपाल सरकार ले तुरुन्त हेमराज जी लाइ सरनाथी देओस भन्ने हाम्रो गुनासो छ.
‘ मेरो एक मात्र माग नेपाली शरणार्थी हुने अधिकार पाऊँ भन्ने छ तर कसैले वास्ता नै गरेको छैन।‘
शरणार्थी बन्न पाउने कुनै आधिकार हुन्दैन, त्यो त सम्बन्धित राज्यले गर्ने निर्णय हो. आधिकार भयो भने त भोलि सबै भारतीय शरणार्थी हुने भयो.
यो धेरै दुखद र पीडक घटना हो / कोहि तेस्तो संस्था छैन ? उनि लै सहयोग गर्नु पर्ने देखिन्छा /
That person is in wrong place. Go to United States of America, they will grant refuge to him and permanent resident and citizenship after five years. Lots of so called Nepalese have sold their dignity and took a refuge and are proud to be called third class citizen.