Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

माधव नेपाल ‘थिति’ अरु चैँ ‘तिथि’?

Posted on November 17, 2014 by Salokya

athiti
कार्यक्रमका फोटोहरु हेर्दा पनि कति हाँसो उठ्ने हुन्छ हौ आजभोलि त। हेर्नु न यहाँ- नहोस् कतै दुर्घटना भन्ने कार्यक्रममा नेताहरुलाई ल्याएर राखेछन्। यी नेताहरु आफैले देशलाई दुर्घटनातिर लान लागिरहेका छन्, के सडक दुर्घटनाको कुरा गर्नुहुन्छ ! नेताहरु ल्याएपछि विषयभन्दा बाहिर भाषण हुन्छ अनि कार्यक्रमको उद्देश्य कुम्लो बोकी थिमितिर लाग्छ भन्ने थाहा नभएको हो र। कार्यक्रम थियो सडक दुर्घटनाको। माधव नेपालले भाषण गरे, ‘​सहमति छाडेर सुरुङ पस्न खोजेपछि कसरी गतिरोध हट्छ? जातीय राज्यका पक्षमा छैनौँ। नारायणकाजी पनि के कम, नेपाली काँग्रेस र एमाले एक्लाएक्लै अगाडि बढ्न खोज्ने प्रवृत्तिका कारण समस्या उत्पन्न भएको भनिदिए।
कार्यक्रम आयोजकले लेखेका कुरा हेर्नुस् त ध्यान दिएर।

athiti1
नेताहरुका अगाडि अ ‘थिति’ पो लेखेर राखेका रहेछन्। अरुका अगाडि भने ‘तिथि’ रहेछ।

थिति र तिथि पनि छुट्याउन नजान्ने रहेछन् त्यही भएर पो दुर्घटनाको कार्यक्रममा नेतालाई बोलाएर डुक्रेछन् त बाब्बै। (फोटो साभारः कुमार श्रेष्ठ/रासस)

11 thoughts on “माधव नेपाल ‘थिति’ अरु चैँ ‘तिथि’?”

  1. Shankar says:
    November 18, 2014 at 2:25 pm

    यी त् येस्ता नेताहरु हुन् फेसन सो , पुस्तक बिमोचन , श्रीमद भागबद प्रबचन देखि लिएर
    मौका पाए नेपाल तारा को जज समेत बनि दिन्छन | धेरै डाइनामिक, अथिति जानेरै लेखेको हुनुपर्छ |

    Reply
  2. Dharma bahadur gc says:
    November 18, 2014 at 6:35 am

    माकुने र नारन काजीले योग्यता अनुसारकै काम पायकोमा खुसि लाग्यो

    Reply
  3. Dharm bahadur gc says:
    November 18, 2014 at 6:08 am

    होइन , माकुने त राम्रै बेरोजगार भयछन कि क्या हो

    Reply
  4. Dr. Maskey says:
    November 17, 2014 at 9:51 pm

    Such program indicates that we have the cheapest political leaders in the world.

    Dr. Maskey

    Reply
  5. सचिन says:
    November 17, 2014 at 9:49 pm

    खास मा थिती र तिथी छुट्याउन नसकेको भन्दा पनि जानी जानी त्येसरी लेखेको हो जस्तो लग्यो मलाई चाहि … बेथिति को जग बसाल्ने नेता हरु को अगाढी अ-थिती जानेर नै लेखेको हुनु पर्छ भन्ने हाम्लाई लाइराछ…

    Reply
  6. Rosham says:
    November 17, 2014 at 9:30 pm

    कति हास्ने..म त हासेरै मोर्ने भयो…

    Reply
  7. Ratna says:
    November 17, 2014 at 7:32 pm

    सालोक्य जी, मैले त ब्यानर तिर पनि हेर्न भ्याएँ. एभरेस्ट होटेल लाइ एईभरेस्ट लेखिएको छ, अर्थात ऐभरेस्ट रे….अनि समय ८ बजे लेख्नु पनि पर्थ्यो र त्यो भित्र टाँसिएको ब्यानरमा ? हिजो मात्र यस्तो खाले ब्यानरको (बुक लन्च) कुरा पढिएको थियो …आज फेरी त्यस्तै….यो राजधानीमा लेखिने सबै तूल, ब्यानर, साइन बोर्ड, पोष्टर आदि छाप्नु अघि मलाइ देखाइदिए पनि हुन्थ्यो …म फ्रीमा सच्च्याई दिने थिएँ….

    Reply
  8. kiran says:
    November 17, 2014 at 7:32 pm

    हा हा हा हा / बहुला कार्यक्रम आयोजक अनि पागल नेताहरु को कुरा सुनेर म ट मर्छु कि क्या हो /

    Reply
  9. ekraj says:
    November 17, 2014 at 4:37 pm

    यिनीहरुको यस्ता बकम्फुसे भासन को सृग्खला यो पहिलो पटक होइन|
    समाज बाट बहिस्कार गर्न पर्ने हरुलाई जनता को समय बर्बाद पार्ने मौका दिए पछि कहाँ छाद्छन इनिहरु

    Reply
  10. उपासक उदास says:
    November 17, 2014 at 2:21 pm

    के गर्नु , आयोजक त अर्कै पंक्तिको परेछ –
    vehicle solution & research centre भने पछी
    व्याकरण भन्दा धेरै टाढाको साइनो जो पर्यो.
    यस्तो डबलीमा तिथि, मिति , थिति, को ख्याल गर्नु नेताहरुले किन जरुरी ठान्थे र !
    फेरी पाएको मौकामा बेलगाम चौका हान्न पनि सितिमिति त्याग गर्ने मुर्खता किन गर्थे यी ?

    Reply
  11. Saroj says:
    November 17, 2014 at 1:57 pm

    हाहाहा, Mysansar लाइ मान्नु पर्चा बा ! Attention to detail भएकै हो !

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme