Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

ठग्नकै लागि मिस कल गरिन्छन्, होसियार !

Posted on November 17, 2014November 17, 2014 by mysansar

-मोहन बस्याल-

unnamedअपरिचित नम्बरबाट मिस कल वा म्यासेज आयो? झुक्किएर पनि कल ब्याक नगर्नुस् तपाई ठगिन सक्नु हुन्छ। विशेष गरी विदेशबाट आउने मिस कल तथा सन्देश ठग्नकै लागि आएको पाइएको छ।

+९२३३२०७६८१८९ , +९२३०४७१७५९० वा यस्तै नम्बरबाट मिल कल आयो भने बुझ्नुस‌् तपाई ठगिदै हुुनुहुन्छ। तपाईले कल व्याक गर्ने वित्तिकै उनीहरुले तपाईलाई नेपाल टेलिकम, कौन बनेगा करोडपति वा यस्तै कुनै संस्था वा कार्यक्रमको नाम दिएर पच्चिस लाख, पचास लाख रुपैयाको चिठ्ठा वा लट्री परेको बताउँछन्।

थप जानकारी दिनका लागि मोबाईलमा तीन सय रुपैया रिचार्ज गरी फेरि फोन गर्न भन्छन्। फेरि फोन गर्दा बैंक एकाउण्ट माग्छन्। मिलेसम्म तपाईको एटिएम कार्ड नम्बर र पिन कोड माग्छ।

नभए चिठठामा परेको रकम लिनका लागि सरकारको कर तिर्नु पर्ने भएकाले बीस हजार रुपैया भारु पठाउन आग्रह गर्छन्। त्यसरी रकम पठाउँदा नजिकको सिमावर्ती भारतीय शहरमा पुगेर पठाउन आग्रह गर्छन्। रकम पठाउनु भयो भने तपाईको रकम ठगियो ढुक्क हुनुुस्।

करिब एक साता देखि धेरै नेपालीलाई यस्तो मिलकल आएको छ। धेरैले यसको पछि लागेर बैंक एकाउण्ट, एटिएम कार्ड नम्बर उपलब्ध गराइरहेका छन्। आफू ठगिएको कुरा बताउन लाज लाग्ने भएकाले ठगिएकाले पनि यो कुरा गोप्य राखिरहेका छन्। कति नेपाली ठगिइसके कति ठगिने क्रममा छन् यकिन हुन सकेको छैन। यसलाई कस्ले रोक्ने हो त्यो पनि ठेगान छैन।

तपाईँ वा तपाईँका चिनेजानेकाले पनि यस्तै भोगेका छन्? तल कमेन्टमा जानकारी दिनुस्। ठगिनबाट अरुलाई जोगाउनुस्।

12 thoughts on “ठग्नकै लागि मिस कल गरिन्छन्, होसियार !”

  1. ramesh shrestha says:
    December 5, 2014 at 4:37 pm

    +२४३४३८३७३६ नम्बरबाट एस्तो message आयो :–
    मायालु युवतीहरुसंग गफ गर्न चाहनुहुन्छ ?

    Reply
  2. subodh nepal says:
    November 20, 2014 at 8:20 pm

    002431330617
    ००२४३१३३०५५३
    यी दुइ नम्बरबाट मायालु स‌ग कुरा गर्न र भेट गर्न भनी मेसेज अाएको ।

    Reply
  3. Kishore says:
    November 19, 2014 at 8:53 am

    Miss call हैन Missed call.
    जब कुनै कल मिस हुन्छ त्यसलाई missed call भनिन्छ मित्र |

    Reply
  4. Bhim Gurung says:
    November 18, 2014 at 6:23 pm

    कोमोन सेन्स हो आफुले कतै पनि काट्दै नकाटेको चिठ्ठा कसरि परेयो भनेर विश्वास गर्नु!!!
    सोच्नुपर्ने कुरा हैनर साथीहो……………

    Reply
  5. Tibendra says:
    November 18, 2014 at 5:02 pm

    923379719786 yo number bata malai pani aayekocha miscall.

    Reply
  6. bibek dhakal says:
    November 18, 2014 at 2:49 pm

    पढ्दै दिक्क लाग्यो…. अब हुँदा हुँदा कुन दिन नेपाल पानो बंगलादेश र पाकिस्तान जस्तो ठगहरुको देश भनेर कहलिन बेर छैन.. बचे कुचेको इज्जत पनि यस्तै ठग काम गरेर माटोमा मिलाउने भए खुरापाती हरुले.

    Reply
  7. chatur rai says:
    November 18, 2014 at 10:59 am

    गर्न सकियो भने, धेरै राम्रो हुने थियो जावा….लंकामा पनि सुन त्यसै फल्दैन भन्ने मेरो थम्याँइ छ , अनि मुख्य त : म जस्तो अरपेहरुको लागि अझ जरुर छ, किनकी घरमा सधै बस्नेहरुले जसो तसो गुजारा चलाएका नै छन, पछि पेन्सनर हुनेहरुको लागि त झन् सजिलै छ, उता हामी अरपेहरुको न्यून तलबले घरखर्च चलाउन पनि मुश्किल छ सधै प्रवाशमा नै बस्ने कुरा पनि हुँदैन |
    अरपे आफ्नो देश फर्केको दिन लगभग घर न घाटको हुने स्थिति छ, यो समस्य बिस्तारै विकराल हुनसक्दछ |

    Reply
  8. anjan says:
    November 18, 2014 at 10:20 am

    हो यो कुरा सत्य हो | हाम्रो पर्सा बजारको बिष्णु चौधरी नाम भएको प्लम्बर काम गर्ने भाइले हिमालयन बैंकको खाता नम्बर पठाइसकेको र २५ लाखको कर बापत २५०० भारु पठाउनु भन्दा अगाडी डराई डराइ मलाई सोधे किन भने मेरो पसल हिमालयन बैंक संगै जोडिएको छ अनि मैले एस्तो कुरामा नलाग पैसा खाई दिन्छ भनेर सम्झाए पछी उनले बैंक को पैसा तुरुन्त झिकेर अर्को खाता खोलि पैसा अर्को खातामा हालेर उनि ठगिन बाट बचे | यथार्थ बुझ्न चाहनु हुन्छ भने त्यो बिष्णु चौधरी भाइको ९८४५१४१५७५ मा कसरि ठग्ने बाताबरण बनाउदा रहेछन भन्ने कुरा बुझ्न सक्नु हुनेछ |अब फेरी अरु नेपाली ण ठगिउन |

    Reply
  9. उपासक उदास says:
    November 17, 2014 at 11:22 pm

    अब भने बुद्धिमा लागेको बिर्को खोल्नै पर्ने भो !
    लोभले लाभ ,लाभ ज्यादा भएसी विलाप ;
    आफ्नो गोप्य खाता नं. दिनु भनेको नै =
    ‘आऊ डाँका, मेरो ढुकुटीको सेफ गर्दे साफ ‘ !

    Reply
  10. kedar says:
    November 17, 2014 at 9:07 pm

    मान्छेको ताल देखेर कहिलेकाहीं उदेक लाग्छ र छक्क पर्छु |
    पढ्दै नपढेको बिध्या कसरी आउँछ ?
    खाँदै नखाई पेट कसरी भरिन्छ ?
    यात्रा नै सुरु नगरी गन्तव्यमा कसरी पुगिन्छ ?
    बादल नै नलागी कसरी पानी पर्छ ?
    ……….एदी तेस्तो हुन सक्दैन भने ……….
    किनेको त लौ पर्ला अरे तर किन्दै नकिनेको चिठ्ठा नै चैं कसरी पर्छ
    खेल्दै नखेलेको गेम पनी जादू हो र जित्नलाई

    Reply
  11. saroj kumar mandal says:
    November 17, 2014 at 9:04 pm

    मलाइ पनि कालआको हो के तर मेरो खाता नम्बर मंग्यो तर मैले दिएन

    Reply
    1. anand says:
      November 19, 2014 at 3:19 pm

      कल आएको हो कि काल आएको हो साथि?

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme