-शिव प्रकाश-
लोकतान्त्रिक मूलकको मूलबासी नातले हाम्रा राजनीतिक आस्था र मान्यता फरक हुनु स्वाभाविक हो । तर यसको अर्थ मैले मेरो राजनीतिक चिन्तनलाई नै आफ्नो परिचय बनाएर “सबैभन्दा पहिला म नेपाली” भन्ने मेरो मूल परिचयलाई विस्थापित गर्न सक्दिन ।
मान्छेका दुई जात मात्र छन्– भात खाने र घाँस खाने । राम्रो र नराम्रो हैन, असल र खराब । म यही दुई जात भित्रको हुँ, अरु कुनै जातको हैन ।
लैंगिक विभेदताले नारी–पुरुष छुट्याए पनि दुबै एकै जातका हुन् । नारी पनि मान्छे । पुरुष पनि मान्छे ।
असल वा खराब भन्न सक्नुहुन्छ तर मलाई अरु कुनै जात र जातिमा वर्गिकरण गर्ने अधिकार कसैलाई छैन । त्यसमाथि घरदेश त्यागेर परदेशमा बसेका हामीले झन् ख्याल गर्नु पर्ने हुन्छ । किन ?
किनको उत्तर तलका प्रश्नले दिन सक्छ । आज म केही प्रश्न लिएर पाठक समक्ष आएको छु ।
सद्भावले भरिएको नेपाली समाजको सुन्दर तलाउ सुक्न थालेको छ । सुक्न थालेको यो तलाउँमा तैरिरहेका केही प्रश्नः
– देशमा होस् वा परदेशमा हामी किन नेपाली भएर बाँच्न पाएका छैनौं ?
– हामी किन नेपाली भएर बाँच्न चाहेका छैनौं ?
– मातृभूमि नेपालमा भन्दा बढी परदेशमा हामी किन जातिपाती र राजनीतिका चिरा चोइटामा बाँडिएका छौं ?
– जातिभित्र पनि किन त्यो जाति, ऊ जाति, के जाति, जनजाति, आदिवासी, तराइबासी, मधेशवादी, पहाडवादी, हिमालीवादी, खसवादी भएर चिनिएका छौं ? आफूलाई चिनाएका छौं ?
– हामी किन घातैघातको राजनीतिक वादको काँचा इँट बनेर समाजमा परत्रको पर्खाल ठड्याउँदै छौं ?
– राजनीति हाम्रो आस्था हो भने त्यो आस्थालाई किन स्वार्थको अभीप्सा बनाउँछौ ?
– राजनीतिलाई पेशा र पेशाभन्दा पनि धन्धा बनाएर हामी किन आफैंले पूजेका देउता बेच्ने दरवारका वादशाह बन्दैछौं ?
प्रश्न बन्न नसकेका तलका यी थप प्रश्नले माथिका धेरै प्रश्नको उत्तर दिन सक्छ ।
– मैले मातृभूमि नेपालको नागरिकता त्यागेर क्यानडाको नगारिकता ग्रहण गरेँ भने म कहाँको नागरिक ?
– यही अवस्थामा अमेरिका, युरोप र अष्ट्रेलिया, जापान लगायत अन्य मुलुकमा रहेका हामी नेपाली नागरिक हौं कि सम्बन्धित देशको नागरिक ?
– अर्कै मूलुकको नागरिक भइसक्यौं भने कसरी नेपालको पनि नागरिक भयौं ? ‘डुवल सिटिजनशीप’ छैन ।
– नेपालको नागरिकता त्यागेका हामीले कुन देशको नागरिक दायित्व निर्वाह गर्नु पर्छ ?
– एउटा देशको नागरिक भएर अर्को देशको राजनीति गर्ने छुट छ कि छैन ?
– विभिन्न दल, समूह वा संगठनका नाउँले अर्को देशका वारेमा जथाभावी बोल्ने, लेख्ने र गर्ने अधिकार छ कि छैन ?
– नेपालको राजनीतिमा सहभागी हुन, नेपालका राजनीतिक दलको सदस्य बन्न नेपालको नागरिक हुन जरुरी छ कि छैन ?
– छ भने हामी नेपालको नागरिक नै भएर बसेका छौं कि अर्को देशको नागरिक भइसक्यौं ?
– छैन भने नेपालको मूल कानुन अर्थात संविधानले के भन्छ ?
– के त्यो अधिकार नेपालको संविधानले हामीलाई दिएको छ ?
– कुनै दलको सदस्य बन्नु भन्नु भनेको सम्बन्धित दलको दलबल सहित सत्तामा पुग्न चाहनु हो कि हैन ?
– सत्ताका अङ्ग–उपाङ्मा चाहर्नु–सोहर्नु (वर्तमानको सिनारियो अनुसार) हो कि हैन ?
– जो नेपालको नागरिक नै छैन, अथवा होइन, त्यो अनागरिकले नेपालको शासन–सत्ताको अङ्ग–उपाङ्मा कसरी सौदाबाजी र साझेदारी गर्न सक्छ ?
– एउटा देशको नागरिकलाई अर्को देशको आन्तरिक मामिलामा जथाभावी चल्ने, खेल्ने अधिकार हुन्छ कि हुदैन ?
– हुन्छ भने हामी विदेशी हस्तक्षेपको विरोध किन गर्छौ ?
– हुदैन भने हामी जसले नेपालको नागरिकता त्याग्यौं तिनलाई नेपालको आन्तरिक मामलामा बोल्ने अधिकार छ कि छैन ?
– संविधान, धर्म, भाषा, जातजाति जस्ता संवेदनशील कुरा कुनै देशका आन्तरिक मामला हुन् कि हैनन् ?
– हामी जसले त्यो देशको नागरिकाता परित्याग गरेका छौं, तिनलाई यस्ता संवेदनशील विषयमा बोल्ने नैतिक र कानुनी अधिकार छ कि छैन ?
– अधिकारको अतिक्रमण गर्नु अपराध हो कि हैन ?
– कुनै देशको नागरिकता परित्याग गरी नागरिक आधिकारबाट आफैंले आफैंलाई वञ्चित गराएपछि त्यही देशको सामाजिक, जातिय र धार्मिक सद्भावमा विद्व्ेश फैलाउने खालका उत्तेजक भाषा, शब्द, शैली प्रयोग गरेर कुनै दल वा संगठनको वक्ता, प्रवक्ता, अधिवक्ता वा न्यायधीस बन्नु नैतिक र कानुनी अपराध हो कि हैन ?
– के अधिकार छ एउटा अनागरिकलाई यी विषयमा बोल्ने ?
– यो सबैको जड दलगत र जातिय राजनीति नै हो त ?
– विदेशमा बसेका हामीलाई नेपालका राजानीतिक, जातिय तथा क्षेत्रीयदलका भातृ संगठन खोल्ने, संचालन गर्ने र नेपालको राजनीतिमा भाग लिन संविन्धित देशका कानुनले वैधता प्रदान गरेको छ कि छैन ?
– हाम्रा सँस्था–संगठन सम्बन्धित देशको कानुन अनुसार नाफा रहित सामाजिक सँस्थाका रुपमा दर्ता भएका छन् कि राजनीतिक र जातिय संस्थाका रुपमा ?
– सामाजिक सँस्थाका रुपमा दर्ता गरेर राजनीतिक र जातिय सँस्थाका रुपमा संचालन गर्दा भोलि कानुनी अपराध ठहरियो भने सजायको भागिदार को हुने ?
– नेपालका राजनीतिक तथा जातिय दलले अन्य कुनै देशमा संचालन भएका आफ्ना भातृ संगठनको वैधानिकता बारे कहिल्यै सोचेका छन् कि छैनन् ?
कतिपय यी प्रश्न उत्तर बनेर पनि अझै केही अनुत्तरित प्रश्नकै रुपमा रहेका छन् ।
हाम्रो मातृभूमि हो नेपाल । हाम्रो कुलको मूल हो नेपाल । थाँतथलो हो नेपाल । नेपालसँग हाम्रो भावनात्क सबन्ध जहिले पनि रहन्छ । रहनु पनि पर्छ । हामी आफ्नो नैतिक दायित्वलाई कहिल्यै भुल्दैनौं तर कानुनी अधिकारको अतिक्रमणलाई पनि हामीले सम्झिनु पर्छ ।
हामी धेरैले विदेशमा राजनीति गरेका छैनौं । राजनीतिका नाउँमा आस्थाका पोकामा अभिष्ठा भेरेर बेपार गरिरहेका छौं । जातियताका नाउँमा पनि त्यही गरिरहेका छौं । धर्मका नाउँमा त्योभन्दा बढी गरिरहेका छौं ।
एक अर्थमा हामी कुनै न कुनै रुपमा राजनीतिक प्राणी नै हौं । हामी सबैका आप्mना चिन्तन छन् तर त्यसको सीमामा हामी कतिपय अनुवन्धित हुन सकेका छैनौं । आज म निशङ्कोच आत्मलोचना गर्दै छु । हिजो गरेका भूलहरुबाट पाठ सिक्दै छु । सुन्तलाको बोटमा ज्यामिर मैले पनि फलाएँ होला । कसैका लागि त्यो मीठो पनि भयो होला । कसैका लागि अमिलो । तर मेरै लागि अहिले अमीलो भएको छ ।
अब मसँग राजनीति चिन्तन मात्र छ तर उग्रता छैन । म अहिले उग्राउँदै छु । उग्रतालाई ओकल्दै छु । उग्रतामा चिन्तनभन्दा मूढता बढी हुदो रहेछ भन्ने ज्ञान भर्खर पाउँदै छु ।
एउटा असल नागरिकले संसारका लागि असल कुरा सोच्नु पर्छ भन्ने ज्ञानको ज्योति पनि भर्खर बाल्दै छु । अनैतिकताहरुलाई ‘रेटिफाई’ गर्न अब असर्मथ भएको छु । विदेशमा मेरा लागि राजनीति चिन्तनमात्र हो, चिनारी हैन ।
दश वर्षे हानाहान र सातवर्षे तानातानमा गुज्रिएको मातृभूमि नेपालको थिलथिलो कायामा सद्भावको मलमहपट्टी बाध्नुको साटो हामी नूनचुक छर्कदै छौं । मूलतः जातिय र धार्मिक जस्ता सामाजिक संवेदनासँग जोडिएका कुरालाई हामी विदेशमा बसेर ख्याल ठट्टाका रुपमा उठाउँदै छौं । हामी कति ठीक कति बेठीक गरिहरेका छौं ?
यी नेपाली नागरिकका मुद्दा हुन् । हामी विदेश बसेका हामीले यिनमा सामुहिक चिन्तन, मनन् गर्न सक्छौं । सल्लाह–सुझाव दिन सक्छौं । तर नेपालको नागरिकता त्यागेर विदेश बसेको कुनै नेपाली मूलको व्यक्तिले आफ्नो मुद्दा सम्झन्छौं भने विदेशी नागरिकता त्यागेर नेपाल गएर नेपाली भएर बस्नु पर्छ र उठाउनु पर्छ यी मुद्दा । यो आवाज अहिले मुखरित भै रहेको छ ।
फेसबुकमा एक पाठक ज्योतिकुमार श्रेष्ठ यसरी लेख्नु हुन्छ ” कुनै दल प्रति आस्था वा झुकाव हुनसक्छ तर देखिने गरी प्रचारात्मक भएर हिड्नु हुदैन । नेपालीहरु जो जहा रहेबसे पनि आफ्नो जन्मभूमिको समसामयिक घटना, राजनैतिक सन्दर्भ प्रति भने चासो रहनु स्वभाबिकै हो । बिना पूर्वाग्रह सुझाव, गुनासो र सन्देश सामाजिक संजाल/ मिडीया मार्फत अभिव्यक्त गर्न सक्छन् । तर भाषा शब्द भने शालिन र हुनु पर्दछ ।”
एकता हाम्रो बल हो । सक्छौं, जहाँ छौं त्यहीको राजनीति गरौं । नेपाली भएर नेपालीलाई सहयोग गरौं । नेपाली भएर बसौ । नेपाली भएर बाँचौं । तर नेपाली भएर नेपाल र नेपालीलाई नबिथोलौं । नबिगारौं ।
देशका लागि हामी मन खोलेर सहयोग गर्न सक्छौं । हाम्रा आस्था र चिन्तन अनुरुपका व्यक्तिगत रुपले कुनै दल वा व्यक्तिलाई सहयोग गर्नुलाई पनि उदारता नै मान्न सकिन्छ तर सम्बन्धित देशको कानुनलाई नै परवाह नगरी खुला राजनीतिक कृयाकलाप गर्नु जोखिमपूर्ण हुन सक्छ । कानुनको पाञ्जाले भोलि नेपालका राजनीतिक दललाई समेत घिसारेर ल्याउन सक्छ ।
कुनै पनि देशको कानुनले आफ्नो देशभित्र अरु कुनै देशका राजनीतिक र जातिय संगठन संचालन गर्न प्राय निषेध गरेको हुन्छ ।
लेखक शिवप्रकाशको जस्तै साेच, समझ र स्वीकारोक्ति हुने हो भने नेपाली समाजमा सधैं सद्भावको फूल फुलिरहन्छ । धन्यवाद ।
समसामयिक र सान्दर्भिक । नेताहरूले साेच्नुपर्छ ।
साँगुरो दिमाग भएका र दिमागमा फोहोर मिसिएका मानिशहरु मात्र जातको कुरा गर्छन वास्तवमा मानिश एउतै जातको हुन्छ र एउतै बर्गको को हुञ्छ त्यो मानिश मात्र हो!
तपाइँ को लेख सान्धर्भिक मात्रहोइन हामीजजस्तालाइ मजाले सोच्नको लागि स्वादिष्ट मसला दिनेछ। म सङ्ग केही बिमती पनि छन त्येस्को बारेमा म पछि लेख्ने छु
हामीहरुले नेपालको माया गर्ने कुरा धेरै गरि सकेउ/ तर केहि लछारपाटो लगायका छैनौ/ अब नेपालको मात्र नभयर जाहा भय पनि नेपालीको माया गरौ/ केहि भाहिहाल्छ कि? यौटा कुरा नाबिर्शु कि ” यक पटकको नेपाली, सधैको नेपाली”/ जात , जाति, धर्म भन्ने कुरा परिवर्तनसिल छन/ नेपाली कहिलै अरु जाति हुन् सक्दैन/ राजनति, धर्म, जात जातिका नाममा नेपालीले नेपालीलाई फुटाउनु कतिको उपयोगी कुरा होला? सकिन्छ भने धमिलो पानीलाई संग्लो बनाउ, नसके पनि धमिलो चाही नबनाऊ/
नेपाली मुलका बिदेशी भएकाहरुले नेपालको बारेमा बोल्न पाउँछ र समाज सेवा गर्न पाउँछ । तर हस्तक्षेप गर्न पाउँदैन । तर बिदेशमा काँग्रेश एमाले राप्रपा माउबादीको झन्डा बोक्न मिल्दैन । तँ अछुत या छुत या जनजाती या आदिवादी भनेर रडाको मच्चाउनुको कुनै अर्थ छैन । नेपालीहरुले यस्तो बेबकुफी किन गर्छन् भने तिनीहरुको बिदेशको समाजमा एकिकृत नभएर ।
अलि पढेका प्रबुद्द बर्ग , सुकिला मुकिला , सामन्त बर्ग जसले नेपाल मा बसेर हिजो आनन्द मानेका थिए , सुख र शान्तिका दिन बिताएका थिए तिनले कालिदास ले भने झैँ ” फर्केलान दिन फेरी उत्तर भनि बस्छे अकेली रुदै ”
गर्नु स्वाभाविक हो | तर आजको २१ सताब्दीको नेपाल मा पनि जसले १८ औ सताब्दीको जातीय विभेद को ,लैंगिक विभेद को , नेपाल मै पहाड को ,तराईको भाग मा रहेका जाति जनजाति जसको कुनै पहिचान नै रहेन , नेपालि भएर पनि नेपालि जस्तो नै मानियेनन
तिन ले पनि के तपाइले जस्तै सोच्लान ?
अनि माथि डाक्टर क्षेत्री ले भन्नु भए झैँ भुटानी नेपालि ले पनि के तेही लाइन मा सोच्लान ?
तेसैले बोल्दा ठुलो बोल्नु , सोच्दा ठुलो सोच्नु भन्ने मान्यता मा त् तपाइको कुरा सम्भब छ नत्र
यथार्थ को धरातल हेर्दा अहिलेको परिस्थति तेसैको उपज हो |
नेपाल मा उच्ह शिक्ष्या पाएर गएका अमेरिका मा बिद्द्याबारिधि गरेर एकेडेमिक लाइन का उतै टिचिंग गर्ने नेपालि , नेपाल मा कांग्रेसी , एमाले राजनति गरेका उता गएर प्रोफेसर को दया ले डा भएका एक थरि , पुरै राजनीतिक धनग धन्गती बोकेर छिरेका एक थरि यी सबैको अमेरिका गमन हालको प्रबासी नेपालि परिस्थिति हो |
दरिद्र मानसिकता भएकाले विदेश मा नि जातीय कुरा गरेका हुन् /
बिदेशमा मेरा मित्र हालै एक जातीय संस्थाको अधक्छ्य पदमा नियुक्त हुन पुगे र बधाइका पात्र बने अब तिनै मित्र लामो समय देखि त्यो देशमा गैरकानुनि रुपमा बस्दै काम गरिरहेका छन् बेला बेलामा त्यस संस्थाले नेपालीहरु माझ कार्यक्रमहरु आयोजना गर्छन महा अधिवेशन भनि जातीय भेला गर्छन र येस्ता अरु … तर ति मित्र भने अरु सरह सार्वजनिक रुपमा जतापनि जान सक्दैनन् अरुले झैँ उपचार सेवा पाउदैनन र कुनैपनि बेला समातिएर जान सक्छन तेसैले उहाँ भन्नुहुन्छ म गएनी यो संस्था भने रहिरहनु पर्छ ..यो त सानो उदाहरण मात्र हो यस्ता कति छन् छन् बिदेशमा नेपालीहरु र यति सम्म गरि भ्याउछन कि NRN म़ा समेत आफ्नो उपस्थिति जनाउछन ..कहाँ सम्मको दिर्घ मानसिकता होला ….
राम्रो विश्लेषण |
नेपालमा नेपालीहरु बीच सद्भाव खल्बल्याएर बर्षौं सम्म राज गर्ने उद्देश्य राखेका छन् अहिलेका नेताहरुले | जान-जाति भन्यो, समानुपातिक भन्यो, मधेश भन्यो, बैमनश्यता ल्यायो, फूट गरायो, संबिधान बनाउन गाह्रो भयो भन्यो, बर्षौं राज चलायो | खासमा त नेताहरुलाइ अहिलेको परिस्थितिबाट निकास निकाल्नै मन छैन | जति लूट मच्चाए पनि कसैले केहि गर्न सक्दैन — जनता जो भांडीएका छन् |
विदेशमा बस्ने, खास गरि अमेरिकाका जति राजनीतिक उद्देश्यले खोलिएका संस्था छन् ति सबैले तिनै नेताहरुलाई मल-जल गरेका छन् अरु केहि हैन | अलि बुद्धि भएका जस्ता लाग्ने पढेलेखेका त झन् यो भंडूवा साम्प्रदायिक भूतले सबभन्दा बढी समात्ने रहेछ | रन्काउँ अझै राजनीति, गरौ तिनै भंडूवा साम्प्रदायिक नेताहरुको पृष्ठ-पोषण अनि आत्म-रतिमा रमाऔं |
आहा कस्तो मिठो सन्देश ! तन बिदेशिए पनि मन कहाँँ बिदेसीइन्छ र ? त्यही नेपाली मन र नेपालीपनले नै शिव प्रकाशलाई यो लेख्न प्रेरित गरेको हो | अनागरिकै भए पनि नेपालप्रति प्रवासी नेपालीले चासो राख्न जति पनि पाउँछ ! हामी जातिमा टुक्रिनु हुन्न, धर्ममा बाँडिनुहुन्न र राजनितिक आस्थामा अलग्गिनु हुन्न| बहुजातिय नेपाली बिच रही आएको समभाव, सदभाव र सह-अस्तित्वलाइ परिष्करण र परिमार्जन गर्ने बेला आएको छ| बिदेशमा धराने समाज, पोखरेली समाज, सोलुखुम्बुले समाज पो खोल्नु पर्छ| अझ सकिन्छ भने त ब्रिहत नेपाली समाज पो खोल्नु पर्छ | राजनीतिले गांजेको नेपाली, बिदेशमा पनि ‘काँग्रेसी जन्-संपर्क समिती’, जनजाती संघ, एमाले प्रवासी मन्च जस्ता संस्थाहरु खोली नेपाली बिचको सदभाव खल्बल्याउँछन| नेपाली भएर बांच्न कहिले सिक्ला ???
Author raised a good concern. Those who are doing selfish politics residing in the foreign countries should think twice before doing so. If they want to serve the country genuinely, they can donate money to charities which are serving people in Nepal. I suggest those who are doing party politics in USA, UK, Australia and other countries that they follow the rule of land. I never see Americans starting Democratic or Republican parties’ politics in Nepal. It will be wiser (for those who are doing party politics here) to spend their time in creative and productive works to earn more money and donate in Nepal to those who are working selflessly for poor people. Please look before you leap.
तपाईंका सबै यी प्रश्नहरु नेपालीमुलका भुटानी- नेपालीप्रति लागु हुन्न किन कि विवसता र बाध्यताले तिनीहरु देशबिहिन थिए|
दुबै हातमा लड्डु चाहिने हाम्रो आचरण ।
सुरज मास्के