Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

मोबाइलमा मायालु युवतीसित गफ गर्ने प्रस्ताव आयो? सावधान ! झुक्किएर पनि फोन नगर्नुहोला

Posted on November 15, 2014November 15, 2014 by Salokya

aa विगत केही दिनदेखि नेपाल टेलिकमका मोबाइलहरुमा यस्ता एसएमएसहरु आइरहेका छन्-

“002431330218 मायालु युवतीहरुसँग गफ गर्न चाहनुहुन्छ?”
“आफ्नो प्रेमलाई भेट्न चाहनु हुन्छ ? अहिले फोन गर्नुहोस्”
“साँचो मित्रताले तपाईंलाई पर्खिरहेको छ!”
“आफ्नो बाँकी मनलाई भेट्नुहोस्।”
“अरुहरुलाई तपाईंसँग भेट्ने एक मौका दिनुहोस्!”

सावधान, झुक्किएर पनि ती नम्बरमा फोन नगर्नुहोस्। कसले गरिरहेको छ यस्तो मेसेज? किन आउँदैछ यस्ता मेसेज? कसरी रोक्न सकिन्छ यसलाई? नेपाल टेलिकम यस्तो भन्छ-

नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताहरुमा +2431330761 वा यस्तै नम्बरबाट विभिन्न प्रकारका SMS आएको पाइएको छ। कम्पनीले यो Fake SMS भएको जानकारी दिइसकेको छ।

यो नेपाल टेलिकम तथा टेलिकमको Value Added Service Provider को सेवासँग सम्बन्धित छैन। यो नम्बरमा झुक्किएर पनि कल नगर्नु होला।

कम्पनी यस किसिमका Fake SMS नियन्त्रणमा लागेको छ। यदि तपाइँ वा तपाइँको साथीको कुनै नम्बरमा यस्तो SMS आएको छ भने SMS आएको उक्त नम्बर हामीलाई [email protected] मा Mail गरी जानकारी दिनुहुन अनुरोध छ। Fake SMS आउने त्यस्ता नम्बरलाई बन्द गर्न सकिने ब्यवस्था गरिएको छ।

10 thoughts on “मोबाइलमा मायालु युवतीसित गफ गर्ने प्रस्ताव आयो? सावधान ! झुक्किएर पनि फोन नगर्नुहोला”

  1. YADA says:
    November 16, 2014 at 5:06 pm

    एउटा मेसेज त मलाई नि आएको थियो तर मैले वास्ता गरिन /

    Reply
  2. sushil paudel says:
    November 16, 2014 at 10:47 am

    क्रिस्चियन धर्म प्रचारक हरुले गरे जस्तो लाग्छ मलाइ त

    Reply
  3. वसन्त बलामी says:
    November 16, 2014 at 9:22 am

    ल मैले चाहिँ NTC लाइ mail गरिहालेँ ।

    मलाइ दुइचोटी यस्तो massage अाइसक्याथ्यो । एक पटक फोन गर्दा एकै घण्टीमा उठाइहाल्यो Indian आइमाइको आवाजमा “आप कहाँ से ?” भन्दै फोन उठाएको थियो । माोबाइलमा भएको चालिस रूपैयाँ Balance चिरप्पै ।

    टेलिकमले हाम्रो इमेल खोलेर चाहिँ काम गर्छ की गर्दैन कुन्नी !

    Reply
  4. प्रविण कुमार के.सी. says:
    November 15, 2014 at 9:49 pm

    “साँचो मित्रताले तपाईलाई पर्खिरहेको छ” यहि एस एम एस मेरो मोबाईल नम्बर ९८४१३७९९१२ मा पनि आएको थियो । को को न साँचो मीत्र भने कल ब्याक गरें । कल गयो तर त्यहाँ कल्याङ मल्याङ बच्चाहरु हल्ला गरेको जस्तो आवाज आयो । बिचरा मेरो साँचो मित्रले मैले कल गरेको पनि थाहा पाएन र आफै मोबाईल उठ्न गएछ भनेर पटक पटक गरेर चार पल्ट कल गरें । अघिल्लो दिन मेरो अवसरवादी मित्रसँग सापटी लिएर रिचार्ज गरेको सय रुपैंया ल्वान्द्र्याङ भएछ । पछि थाहा पाएं तिनिहरुले बैंक एकाउन्ट र अरु बिभिन्न डाटा ह्याक गरेर बैंक एकाउण्ट नै ल्वान्द्र्याङ पार्छन भनेर । धन्न यो गरिबको बैंक एकाउन्ट पनि थिएन अनि डाटाको नाममा साथी भाई र आफन्तहरुको फोन नं अनि अलि अलि मन परेको गानाहरु भन्दा बढी डाटा मेरो मोबाईल नम्बरमा केही पनि थिएन । मैले रिचार्ज गरेको रकम बाहेक अरु सबै सुरक्षित छ है साथी हो ।

    Reply
  5. hari har sharma says:
    November 15, 2014 at 5:03 pm

    होइन हो / फोन गर्दा के हुन्छ भन्ने कुरा भनिएन त /
    अनि कसले के उदेस्यले गरेको रहेछ यो यस्ता sms /

    Reply
  6. Ram says:
    November 15, 2014 at 3:38 pm

    सावधान, झुक्किएर पनि ती नम्बरमा फोन नगर्नुहोस् त भनियो तर फोन गरेमा के हुन्छ भन्ने जानकारी चाइ भएन नि .

    Reply
  7. उपासक उदास says:
    November 15, 2014 at 2:26 pm

    आफुले त अहिले सम्म सेलफोन राखेकै छैन.
    तर पनि, यस किसिमको ‘सावधानी’ ले उहिलेका तन्नेरीलाइ झुक्याएर खतम पार्ने
    ‘किचकन्या’ भनिने सुन्दर केटीहरुको कथा चाहिं सम्झना दिलायो.

    अर्को कुरो, फेस-बुकमा पनि यस्तै च्वांक केटीको फोटो देखाएर ‘मित्रता’ गर्ने प्रस्ताव
    केहि दिन बिराएर आउंदै गर्छ…यस्ता जाली मान्छेको झुठो प्रस्ताव पनि कहिलेई स्वीकार नगर्नु भनेर भुक्तभोगी साथीहरु चेतावनी दिने गर्नु हुन्छ.
    यस बारे नेट प्रदायक कम्पनीहरुको प्रतिक्रिया थाहा पाउन उत्सुक छौं.

    Reply
  8. savi says:
    November 15, 2014 at 1:34 pm

    I got one, day before yesterday. It is my nature not to response if the message is from unknown number. Thanks for info.

    Reply
  9. Uddav Tamang says:
    November 15, 2014 at 10:50 am

    कुन चाहि मुंयांले एस एम एस गर्यो भनेर मक्ख परेकोत, तेस्का बाजे होइन पो रहेछ.

    Reply
  10. Er. Deependra says:
    November 15, 2014 at 10:29 am

    कुरो सहि हो। मलाई दुई ओटा म्यासेज आएको छ ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme