Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

यस्तो सिकाइने रहेछ स्कूलमा

Posted on November 12, 2014 by mysansar

नेपालमा ६०% विद्यार्थी एसएलसीमा फेल हुन्छन्, मुख्यतः गाउँका विद्यार्थी। हुन पनि किन नहोस्, यस्तो सिकाइने रहेछ। कृपया यो भिडियो आधा भए पनि हेर्नुस् र प्रतिक्रिया दिनुस्

20 thoughts on “यस्तो सिकाइने रहेछ स्कूलमा”

  1. bibek dhakal says:
    November 18, 2014 at 10:52 pm

    ताइ न तुइ हात मा लाग्यो दुइ…. यो भिडियो मा गलत कुरा के छ?
    १; सहिद हरु ( सच्चा सहिद फेरी त्यो जेलमा कैदीहरु संग झगडा परेर मरेको गुण्ड हरु जसो हैन) लाइ सम्झेर १ घण्टा नारा लाए पढाइ बिग्रिन्छ ?
    २. राजनैतिक नारा खै मैले त सुनिन है. गणतन्त्र र लोकतन्त्र जिन्दाबाद भन्नु कसरि राजनैतिक भो ?
    ३. अनि त्यो नानीहरुको नाचमा तेस्तो नराम्रो त केहि भेटिन त. कमसेकम हिन्दि र अंग्रेजी गितमा त नाचेका छैनन्..

    Reply
  2. Anil says:
    November 18, 2014 at 4:52 pm

    नारा लाउन पहिला त सहिद भनेको के हो, गणतन्त्र भन्नेको के हो, संबिधान भनेको के हो थाहा हुनु पर्यो नि. भर्खर क ख पढ्ने केटा केटि लाई घोकाएर जिन्दाबाद मुर्दाबाद भन्न लाउनु ठिक हो र भन्या. स्कूलको anniversary मा त बौदिक र ज्ञान दिने खालका कार्यक्रम राख्या भए हुन्थ्यो नि.

    Reply
  3. Binodbikash says:
    November 17, 2014 at 9:05 pm

    स्वर्ण जयन्तिको कार्यक्रममा गरेका रहेछन केहि गलत होइन | हरेक दिन त्यसो गरेको होइन भन्ने पक्कै बुझिन्छ त्यो भिडियो बाट |

    हाम्रो विद्यालय फलोस फुलोस – आफ्नो विद्यालयको प्रगतिको कामना
    लोकतन्त्र/ गणतन्त्र जिन्दाबाद – विधिको साशनको कामना
    बिर सहिद अमर रहुन – देशकालागि रगत बगाएकाहरुको सम्झना

    कुन कुरा राजनीतिक लाग्यो ? नियालेर बुझ्नुस | संकीर्ण भावनाबाट माथि उठ्नुस |

    बाकी रहयो संगतिक कार्यक्रम, तेस्मा उनीहरुले कुनै उत्तेजक नृत्य गरेका छैनन् | एउटा सामान्य नेपाली गीतमा बिद्यार्थी हरुले नाचेका छन् | के गलत देख्नु भयो लेखकले मैले नदेखेको ? यस्तै कार्यक्रमले SLC रिजल्ट बिगार्छ भनेर कसरि ठोकुवा गर्न सक्नु भयो ?

    Reply
  4. sahansil shrestha says:
    November 14, 2014 at 6:23 am

    इंडिया मा त एस्तो हालत छ हाम्रो देश मा झन् कस्तो कस्तो होला ??? एक पट तलको लिंक मा गएर भिडिओ हेर्ने कि?
    https://www.facebook.com/video.php?v=10152401537328663

    Reply
  5. Hari Prasad Lamichhane-साउदी says:
    November 14, 2014 at 1:37 am

    कठै बिचारा, यी केटा केटि हरु !

    हामी सानो हुदा हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ , पंचायती ब्यबस्था जिन्दाबाद ……… आदि नारा लगाउथेउ, फाल्गुन ७ गते बिसेस गरि |

    ठुला भएर हामी जस्तै खाडीका कुल्ली र खाडी का खादामा बन्ने त होलान नि ?

    Reply
  6. Krishna says:
    November 13, 2014 at 6:45 pm

    We had similar opportunity to greet royal family as a slogan “Shreepanch Maharaja Diraj Amar Rahun”, since it war the time of Panchayti kal. I think this is demand of time what they are doing on behalf of the celebration of 50th anniversary of School.

    For me, education system can be taken as a good model what we have, only need to update it rather than blame it.However the responsible persons are badly affected by politics with out having deep knowledge either in politics or their responsibility in teaching learning process.
    Education is an ongoing process. But education system does not seem to encourage this process, as many friends has already aforesaid and pointed out in same issue. Is it not that aim of this education system is to create employees? Is it not that the education system reflects what we as a society put emphasis on. Perhaps it is time that we should get out of temporary influences and create education system that would not be an end unto itself but a stepping stone for a more evolved life. Basic education should be encouraged to be apply its application in daily life. Government should have mega project on it to do so!!
    Still let them enjoy celebration!!!

    Reply
  7. kapil shrestha says:
    November 13, 2014 at 2:39 pm

    साना साना नानीहरुको भबिश्य बिगार्ने यिनीहरु भुश्याहा कुक्कुर जस्तै सडेर मर्ने छन काठमान्डू को सडकमा , किनकि येत्तिको पाखे गर्दी (नेता गर्दी + गुण्डा गर्दी ) गर्ने मान्छे गाउँको बिकाश गर्छु भन्दै काठमाडौँ आएर नेताको कार्यकुत्ता भएर मर्छन .. अनि गाउँको चै बेहाल को बेहाल …. थुक्क कुक्कुर हरु हो !

    Reply
  8. जीवन नेपाली says:
    November 13, 2014 at 2:01 pm

    कमसेकम यो त बिध्द्यालय को आफ्नै कार्यक्रम रहेछ . नारा लगाएको सहि भन्न खोज्रेको होइन है, पक्कै पनि गलत हो, तर केहि समय अगाडी उपत्यका कै कुनै एक बिद्ध्यालय बाट एक जना मानव अधिकारवादी भनौदा लाइ फूलमाला लगाउन लगिएको थियो जस्तो लाग्छ..

    यस्ता घटना त धेरै घट्ने गर्छन हाम्रो समाज मा… तर के गर्ने खै..

    Reply
  9. Shankar says:
    November 13, 2014 at 1:32 pm

    हल्का कार्यक्रम र हल्का मनोरंजन राखेका रहेछन | यति पनि धन्न गरेछन | गाउका जाने सुन्ने युवा, युवती विदेश वा काठमान्डू , सभासद , हुनेखाने को काठमान्डू को बास अनि येस्तै त् हो नि |
    त्यो डान्स चै घर मै टि बि हेरेर प्र्याकटिस गरेजस्तो छ |
    जे जाने ,जे सिके त्यो गरे | बरु पढाउने टिचर चै अलि गतिलो खाल को पठाउन पाए गाउको शिक्ष्याको हालत सुध्रिन्थ्यो ?
    सहरको स्कुल मा यो यो हनी सिङ्ग को ह्र्याप मा डान्स गर्लान त्या तेस्तो गरे , अब नारा ,जुलुस को त् माहोल नै छ देश मा के अचम्म मान्नु ?

    Reply
  10. Ten Karma says:
    November 13, 2014 at 11:49 am

    स्वर्ण जयन्ति भने पछि त जिल्ला सदरमुकाम बाट जी. सी. का.प्रतिनिधि , त्यस छेत्रका सांसद, सबै पार्टी का प्रतिनिधि हरु जम्मा भएर मनाएको हुनुपर्छ/

    फेरि, शंकर पोख्रेल, लिलामणि पोख्रेल, गोकर्ण बिस्ट, युबराज ज्ञवाली, बिस्नु पौडेल जस्ता – खुंखार जनबादी सिस्छ्या का गुरु हरु को जिल्ला मा जनबादी सिछ्या को राम्रो उदाहरण प्रस्तुत् गरिदिनु भएको मा – रबिन्द्र जी र सालोक्य जी लाइ मुरी मुरी धन्यबाद/

    Reply
  11. बिनोद तिमिल्सिना says:
    November 13, 2014 at 8:22 am

    खै मेरो बेलामा त यस्ता कार्यक्रममा हाजिरी जवाफ,वक्तृत्वकला,कविता लेखन,निबन्ध र खेलकुदका कार्यक्रम हु्न्थे,नारा पनि लगाईएन,पिरतीको हावामा नाचिएन पनि!के गर्ने राजनितिले संसारलाई कहाँ पुर्यायो तर हामीलाई राजनितिले नै बिगार्यो।

    Reply
  12. Suman Gurung(UK) says:
    November 13, 2014 at 7:08 am

    यी बिचलन हरु माओबादी कै कारण आको हो, स्कूल मा त्यो भन्दा पहिले राजनीति हुदैनथ्यो, कलेज मा हुन्थ्यो मात्र. हो मान्न सकिन्छ गाउका निमुखा वर्ग हरु लाइ टाठो बाठो बनाउने काम माओबादीले गरेको हो तर, सहि र गलत छुट्याउनु भन्दा पनि आफ्नो सहि चाहि कसरि सहि नै हो भन्ने पर्ने मात्र सिकायो यसै को परिणाम स्वोरुप यो एउटा उदाहरण हो. नत्र स्कूलका सानाकेटकेटि लाइ ति कुरा सिकाउनु किन जरुरि छ. ?? माओबादी का यी कुरा गर्दा खेदो खनेको भने होइन तर नराम्रो लाइ नराम्रो भनेको हो.

    Reply
  13. xyz says:
    November 13, 2014 at 6:47 am

    I don’t think we have progressed an inch from “hatihoina datiladne” panchayati days compulsory song.

    Reply
  14. दिनेश says:
    November 13, 2014 at 6:45 am

    यो त केही पनि होइन मित्रहरू / राम्रो तालिम नपाएका मूर्ख शिक्षक हरुले जे पायो त्यही पढाउने , सिकाउने यस्ता कुरा त प्राय सबै जसो विध्यालय मा भई रहेको त छँदै छ /
    यो भन्दा विकराल हुँदै आएको आजको समस्या त यो छ / भोका ब्वाँसा हरुले कलिला भेडा बाख्रा लाई शिकार गर्न खोजे झैं आजकल शिक्षक हरु कलिला केटी विध्यार्थी माथि नराम्रो संग गिध्धे आँखा गाड्ने, उनीहरुको अपरिपक्वता र सोझोपन को फाइदा उठाउने , रक्षक साटो भक्षक भइ दूर्व्यवहार गर्ने र पाए देखि यौन शोषण गर्ने प्रवृत्ति बढ्दो छ / शोषित चेली हरु शरम को कारणले अगाडी आएर खुलासा गर्न सक्दैनन् र यी राक्षस हरुबाट उम्किन सक्दैनन् /

    Reply
  15. dinesh B. sharestha says:
    November 13, 2014 at 5:31 am

    यो त नमुना मात्र होला नि. ८० प्रतिसत ग्रामिण बिद्यालयहरुको बास्तबिकता हो यो त.

    Reply
  16. rajan ranabhat says:
    November 13, 2014 at 1:18 am

    रबिनजी तपाईले चाही आँखा खोल्नु भएछ तर कानचाँही बन्द गर्नुभएछ कृपया एकपटक कान पनि खोलेर फेरि एकपटक videO हेर्नुहोस . अनि महसुस गर्नुहोस् के यो स्कुले बालबालिकाहरुलाई बिद्यालयको वार्षिककोत्सबमा राजनैतिक नारा लगाउन लगाउनु सहि हो वा होइन ? मलाई त लाग्छ तपाइँ पक्कै पनि प्रचण्ड पुत्र हो.

    Reply
  17. hari har sharma says:
    November 12, 2014 at 11:54 pm

    यो गाउँ को उदाहरण त धेरै टाढाको भो / काठमाडौँ उपत्यकाकै धेरै स्कुले बिद्यार्थी यसरि कार्यक्रमा लान्छ /

    Reply
  18. उपासक उदास says:
    November 12, 2014 at 10:26 pm

    अब यस्तो लेख्नु पर्ने देखियो –
    निम्न विद्यालय मात्र होइन कि
    निम्न शिक्षा नीति ,
    निम्न स्तरीय शिक्षक ,
    निम्न शिक्षण प्रणाली
    र निम्न विद्यार्थी उत्पादन.

    Reply
  19. Max Thapa, Sydney says:
    November 12, 2014 at 9:47 pm

    अचेल जुन संस्थामापनि राजनीति घुसेकोछ, बिध्यलायामापनि मास्टरहरु कुनै न कुनै पोलिटिकल पार्टीको झन्डा बोकेका नै छन् अनि तिनले पढ्नु र पढ़ौनुको सट्टामा यस्तै लोकतन्त्र जिन्दाबाद गणतन्त्र जिन्दाबाद बिर सहिद जिन्दाबाद भनेर सिकाउने नै भए जसको कारणले पुस्तकको कुरा भन्दा राजनीतिको कुरा जान्ने भए बिद्यार्थीले पनि अनि त फेल हुने नै भए नि, कस्तो लाज सम्म नभएको यो सिकाउने मास्टरहरु लाई, मास्टर भन्ने सब्द अनि पेसाको बेइज्जत गरे …….

    Reply
  20. Rabin says:
    November 12, 2014 at 9:22 pm

    Rabindra Jee should open his eyes wider and think positively.
    I don’t think it’s a big deal. The school is celebrating its 50th anniversary and what’s wrong if students were asked to make some noise during the rally of their celebration.
    Our education system itself is not good one and you can’t blame on one day celebrated by the school for whole nationwide SLC results. It’s the teachers who the government select and their effectiveness to blame not a particular school celebrating a particular day.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme