Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

मुलुकमा फर्कनुस्, मातृभक्तिको ज्वलन्त उदाहरण प्रस्तुत गर्नुस्

Posted on November 10, 2014 by mysansar

-प्रधानमन्त्री सुशील कोइराला-

विगत केही दिनदेखि चर्चाको शिखरमा रहेका डा कुमुद धितालको विश्वचर्चित कुशल अन्वेषणबाट निस्केको चिकित्सा विधिले तमाम मुटुरोगीहरूमा आशाका थुप्रै टुसाहरू पलाएका छन् । उचित वातावरण र शिक्षादीक्षा दिन सके नेपाली माटोमा जन्मेका पौरखीको हातबाट विश्वले महान् सेवा प्राप्त गर्न सक्दो रहेछ भन्ने उदाहरण डा. धितालले देखाएका छन्, उनलाई बधाई तथा धन्यवाद व्यक्त गर्न चाहन्छु । हाम्रा विश्वविद्यालयहरूमा पनि यस्तै होनहार शैक्षिक जनशक्ति उत्पादन गर्न सक्ने खुवीको विकास होस् भन्ने कामना पनि गर्दछु ।

राजनीतिक, आर्थिक तथा अन्य विविध कारणले विगत डेढ दशकदेखि मुलुकवाट बौद्धिकताको पलायन भएको अवस्था दर्दनाक विषय बनेको छ, बौद्धिक पलायनता कुनै पनि राष्ट्रका लागि सुहाउने कुरा होइन।

मुलुकबाहिर र मुलुकभित्रबाट विशेषज्ञता हासिल गरेका पेसेवर डाक्टर, इन्जिनियर, नर्स, व्यवस्थापनविद्हरू आफ्नो मुलुकमा भविष्य नदेखी उचित अवसरको खोजीमा बाहिर भौँतारिनुपरेको घटना हाम्रा लागि पक्कै पनि हितकर सङ्केत हैन। राष्ट्रमा ज्ञान तथा सीपयुक्त जनशक्तिको जमात हुनुलाई पनि एक खालको मानवीय सम्पत्तिकै रूपमा लिनुपर्दछ । यस्ता होनहार सम्पत्तिलाई मुलुकभित्रै आकर्षित गर्नुपर्ने भएको छ । मुलुकमा अनुकूल वातावरण नभएकाले बाध्य भएर कामको खोजीमा बाहिर जानुपरेको गुनासो सुनिन्छ, तापनि नेपालमा जतिसुकै असहज परिस्थिति आइपरे तापनि नेपाली धर्तीको मुहार उज्यालो पार्न सहज परिस्थितिको वातावरण आफैँले निर्माण गर्दै आफ्नो सीप तथा विज्ञताको उपयोग गर्न आफ्नै मुलुकमा फर्कनुहोस् र मातृभक्तिको ज्वलन्त उदाहरण प्रस्तुत गर्नुहोस् भन्ने आग्रह गर्न चाहन्छु।

हामी सबैले होस्टेमा हैँसे गर्दै लगे वातावरण बन्छ । आजको मात्र स्वार्थ नहेरौँ, हाम्रा सन्ततिको भविष्यलाई पनि ख्याल गरौँ । स्वदेश र विदेशमा सिकेका सीप र ज्ञानलाई आफ्नै माटोमा सदुपयोग गरौँ । यसैमा सबैको भलो हुनेछ।

(प्रधानमन्त्री एवं कुलपति श्री सुशील कोइरालाज्यूबाट काठमाडौं विश्वविद्यालयको २० औं (पहिलो चरण) दीक्षान्त समारोहमा प्रस्तुत मन्तव्यको अंश। पूरा मन्तव्य पढ्न क्लिक गर्नुस्)

33 thoughts on “मुलुकमा फर्कनुस्, मातृभक्तिको ज्वलन्त उदाहरण प्रस्तुत गर्नुस्”

  1. Pingback: प्रधानमन्त्री भन्छन् देश फर्कनुस्, फर्केकाहरु भने यस्तो पीडामा « Mysansar
  2. ekraj says:
    November 16, 2014 at 7:00 am

    यो कुरा पक्का हो, एदी देश लुटेरा, ठग, चोर, डाँका, अपराधी हरुले नचाएर, गतिला बेक्तिहरुले सासन चलाउने, विधिको बिधान हुने; मेहनत फल पाइने अवस्था भए; कसले देस छोड्ने थियो| कुनै उदेश्य प्राप्तिको लागि केहि समय बाहिर गए पनि प्राय सबै फर्केर आउने थिए|
    यसरी केहि पनि गर्न नसक्ने प्रधान मन्त्रीले अलप बिलाप गर्दैमा कतिले सुन्ने हुन्?
    एदी यो कुरा कसैलाई पच्दैन भने मेरो केहि भन्नु छैन|

    Reply
  3. Suman Gurung(UK) says:
    November 13, 2014 at 6:49 pm

    गालि पनि कति गर्नु यी नेताहरु लाइ, गालि त यिनीहरु तालि सम्झनछन, अब तालि बजाउ भने ठाउ नै छैन! कुन पोस्ट खालि छ र बोलौदै छन् कुन्नि? अब कुमुद नेपाल फर्के भने फेरी अनसन बस्नु पर्ने हो त्यो नगरी सरकार ले सुन्ने होइन बरु उतै बस नेपाल को नाम चम्काउ. परेको खण्ड मा नेपाल लाइ सहयोग गर बस तेत्ति भए पुग्छ.

    Reply
  4. रैथाने says:
    November 12, 2014 at 7:05 pm

    सन्तानै नाभाकाले केको सन्तति हरुलाई भनेर नेपाल बनाउछौ बुढा!
    पलायन त तिमीहरु जस्ता हुनुपर्ने हो के गर्नु देशको दुर्भाग्य तिमीहरु जस्ता लाइ भोग्नु परेको छ र सक्षम अनि बिज्ञ र बिद्वानहरु भाग्नु परेको छ !
    यो देशलाई लागेको कलियुगी श्राप हो!
    तिमीहरु जस्तालाई न लखेट्ने जन्मिए न कालले नै लग्न सक्यो!
    यो देश अति दुर्भाग्यपूर्ण छ!
    तेसैले तिमीहरु जस्तालाई छाडेर बुद्दि भयाकाहरु खुरुक्क आफ्नो बाटो तताउनुहै बुद्दिमत्ता पुर्ण हुने छ!
    के को फर्किउ भन्छौ!
    तिमीहरुले राजनीति नगर्ने हो भने फर्किने छ र फर्कन्छु ल!

    Reply
  5. अतित says:
    November 12, 2014 at 12:51 pm

    याे देशमा लाेकमानजस्ता श्री सात हरुले देश चलाउन थालेका छन । पुर्वान्चल मध्यपश्चिमान्चल पछि पाेखरा विश्वविधालय का दश जना prof.Dr सहित २३ जना लाइ अनाहकमा (अभियोग लगाउनु पूर्व अनुसन्धान नगरि फितलो मुद्दा दायर गरेको) – See more at: http://nagariknews.com/politics/story/27583.html#sthash.goBcVDPF.dpuf
    मुददा हालेर दुख दिएर उनीहरुकाे जीवनभर कमाएकाे सामाजिक प्रतिष्ठा मा धावा बाेल्ने श्री सात लाेकमानजस्ता बदला लिन बसेकाहरुले अनेक उपाय लगाइरहेछन शिक्षा क्षेत्र ध्वस्त पार्न र देशमा बाैदिक प्रतिभा पलायन गराउन । राणाहरुले जस्ताे शासन चलाउन खाेजिदैछ । अब यस्ता बाेली नै नबुजिने पात हरुकाे कुरा कसले सुन्ने । “मुलुकमा फर्कनुस्, मातृभक्तिको ज्वलन्त उदाहरण प्रस्तुत गर्नुस्” भन्नुभन्दा अगाडी यही भएकालाइ प्रयाेग र सम्मान गर्न सक्नुपर्याे नि। । देश लाेकतन्त्र बाट लाेकमानतन्त्र तिर गइसकाे अाफ्नै कुरा नबुज्ने ले के कुरा बुजुन खै ।

    Reply
  6. Bigyan says:
    November 12, 2014 at 10:10 am

    प्रधान मन्त्रि जिउ लाई थाहा रहेनछ , डाक्टर कुमुद धिताल नेपाल मा हैन इटाली मा जन्मेका हुन् भनेर !!

    Reply
  7. Rishav says:
    November 12, 2014 at 7:02 am

    Koirala does not say what kind of “होस्टे” his government is doing to make Nepalis living abroad to do “हैँसे” after returning. According to the pahilopost article, he only says “हामी सबैले होस्टेमा हैँसे गर्दै लगे वातावरण बन्छ । आजको मात्र स्वार्थ नहेरौँ, हाम्रा सन्ततिको भविष्यलाई पनि ख्याल गरौँ ।स्वदेश र विदेशमा सिकेका सीप र ज्ञानलाई आफ्नै माटोमा सदुपयोग गरौँ । यसैमा सबैको भलो हुनेछ।”
    He’s a very nice person, way better than other PMs Nepal has had for a long time. But these are just HOLLOW words, just like Pushpa has noted- “जनता हरु बाठा भै सके.”

    Reply
  8. Raj says:
    November 11, 2014 at 10:30 pm

    ओहो प्रधानमन्त्री जी को महान बाणी । मान्छे त विद्वान नै रहेछन । येत्रो ठुलो कुरो पत्ता लगाए ।

    Reply
  9. jeevan verma says:
    November 11, 2014 at 6:38 pm

    स्वदेश र विदेशमा सिकेका सीप र ज्ञानलाई आफ्नै माटोमा सदुपयोग गरौँ । यसैमा सबैको भलो हुनेछ।

    गफ त राम्रै हो तर कांग्रेसी भैएन भने केहि गर्न पैदैना अनि के गर्ने नेपाली मा आएर? नेपाल त राम चन्द्र पौडेल, राम शरण महत, मृनेंद्र रिजाल हरु को बिर्ता नै हो | तर तपाई पनि त्यति कम्जोर हुनु हुन्छ र? कुनै दिन बैज्ञानिक ठहरिएका श्रीहर्ष कोइराला अहिले खेल कुद बिज्ञा भएका छन् | हामी आएर के गर्ने शुसिल दा| हामी कोइराला पनि होइनौ र तपाई अरु सहयोगी क आफन्त पनि होइन नौ ?

    Reply
  10. sekhu says:
    November 11, 2014 at 4:51 pm

    बुद्धि भाका मान्छेले बुद्धि भाकै सगै वा मुन्तिर बसेर काम गर्न रुचाहुछान भन्ने कुरा चाही बिर्सेछन कि प्रधानमन्त्रीले

    Reply
  11. Pushpa says:
    November 11, 2014 at 4:35 pm

    राजा महेन्द्र आफ्नै देशमा उपचार गराउदै मरेर गए, तपाइँ लगायत सारा झारपात नेता हरु खोकी लाग्ने बितिकै अमेरिका र बेलायत जान्छन …सक्नु हुन्छ भने मरे आफ्नै देश मा मर्छु तर करोडौ गरिब निमुखा नेपाली हरु को रगत चुसेर विदेश औषधि गर्न भनेर मातृभक्तिको ज्वलन्त उदाहरण प्रस्तुत गर्नुस्….अनि जे बोल्न मन लाग्छ बोल्नुस हैन भने चुप लगेर बस्नुस. जनता हरु बाठा भै सके.

    Reply
  12. sant says:
    November 11, 2014 at 3:00 pm

    माननीय सुशील कोइराला जी,

    पहिला आफु र आफ्नो पार्टी बाट त भाई-भारदार, पछौटे, नाता गोता लाई त्यागेर सछ्यम बुद्धिजिबीहरु लाई विदेश बाटै सिधै बोलाएर सुहाउदो पद offer गर्नुहोस, गफ़्फ़ै को भर मा बोलाएको जस्तो गर्न तपाई जस्तो मान्छे लाई सुहाउदैन !!!

    Reply
  13. hari har sharma says:
    November 11, 2014 at 2:52 pm

    वाइयात /
    डा शिव प्रसाद धौबदेललाई पागल तिमीहरुले बनयोउ / अब के डा धितालको पालो हो ?
    जसको talent जहाँ हुँदा सहि सदुपयोग हुन्छ उसलाई तेहीं ठाउंमा काम गर्न दियको राम्रो हुन्छ / नेपालमा कति नेपालीको हैसियत छ र मुटु प्रत्यारोपण गर्ने / तँ नेताहरु त आखिर उतै गयर उपचार गर्न जाने नै होस् / अनि किन डा धिताललाई नेपाल ल्यायर पागल बनाउनु /
    नभय एउटा challenge गर्छु, डा धितालले जुन काम गरेको छ त्यो काम गर्ने बाताबरण भयको एउटा अस्पताल खोला पहिला, अनि बोलाऊ / तेहीं जेलमा त सायद डा धिताल नि रिटायर्ड पो हुन्छ कि क्या हो / भो छोडे /

    Reply
  14. Ishwor Lamichhane says:
    November 11, 2014 at 11:59 am

    माथिका दुइ ओटै ब्लग हरु पढेर खुब टिठ लग्यो माथि प्रधानमन्त्रि ज्युले देशमा नै केहि गरौ भन्ने संदेश दिनुभएको छ अनि तलको ब्लोगमा उनकै पार्टीका एक बरिस्ठ नेताले र उनैले आफ्ना अफ़न्तहरु भर्ना गरेको खबर छ. मलाई यो देशमा सबै भन्दा खत्तम र देश अगाडी नबढ्नुमा यी नेताहरु कारक छन् जस्तो लग्छ यिनीहरु लै आफनै सत्ताको लुछाचुडी र भुडी भर्ने कुरा ठुलो छ. खै येही देशकै बारेमा चिन्ता गर्ने नेताहरु ! खै इ नेताहरु संग भबिस्यको योजना, देश्बिकश्को चिन्तन. ठिकै छ हमिता येसैगरि बचौला तर हाम्रा सन्तानहरुले त सम्मुनत समाजको सपना देख्न पाउनु पर्यो नि . केहि यौजना छ हाम्रा नेता हरु संग………मलाई सबै भन्दा चित्त नबुझ्ने कुरो राजनैतिक नियुक्ति हो . जब सम्म राजनैतिक नियुक्ति रोकिदैन तब सम्म योग्य मान्छेले कहिले अवसर पाउने . यहाँ त राम्रा मान्छे होइन हाम्रा मान्छे मात्र छन् सबै कर्मचारीतन्त्रमा. ति जो चाकडी र फरिया समाएर आएका छन् तिनीहरु बाट हामीले कहिले असल काम र कर्तब्य को अपेक्षा गर्न सकिञ्छ .यौटा खराब मान्छेले नियुक्ति पाउनु भनेको औता सक्षम मान्छे को शिप र श्रम खेर जानु हैन र . देशै इनै चोर फटाहा र इन्का आफन्तको कब्जामा छ भने कसरि सुशासन र पद्दतिको कुरा गर्न सकिन्छा .के यो कुरा हाम्रा सम्माननीय प्रधानमन्त्री ज्युले नभएको हो कि हामीले बुझ्दैनन् भनी सोच्नु भा हो . कुरो उनी जानुन ……..

    Reply
  15. Sisir says:
    November 11, 2014 at 11:35 am

    एस्तो फोसरे कुराको कुनै मूल्य हुदैन जब सम्म देश हाक्नेहरुले प्रतिभा र क्षमताको कदर नगरी नाताबाद र कृपाबाद लाई प्रस्रय दिरहन्छन / कोइराला जी लाई एउटा मात्र प्रस्न राज्यको मन्त्रि र सचिब सरह सुभिदा पौने तपाई बस्ने प्रधानमन्त्री निवास र तपैका सल्लाहकार समुहमा दक्षताको आधारमा कति जानलाई नुयुक्ति गर्नु भो त ? देश हाक्ने ठाउमा कति जना बिज्ञा नियुक्ति गर्नु भो त ? तपाइको विचार र ब्यबहारमा कुनै तालमेल छैन / अत्यन्त संकीर्ण र सानो कोटरीको नेता हुने फुर्सद छैन तपैलई / हुदा हुदा सार्कमा भ्रस्ट सुजाता सेकेन्ड लेडी बनाएर रस्त्रकै बद्नाम गर्नु हुन्छ !!! तपैकै second man रामचन्द्र ले लाभका पादमा बिना प्रतिस्पर्ध छोरो , ज्वाईं , सम्धी नियुक्ति गर्दा तपाइको यो दिब्य बाणी कुन खोपीमा थियो / सहि व्यक्तिलाई सहि ठाउमा अवसर हुने हो भने धेरै नेपालीले नेपालमै सेवा गर्ने थिए / चेतना भय !!!

    Reply
  16. chandra says:
    November 11, 2014 at 11:11 am

    भाषणमा मात्रै हो हाम्रा प्रधान मन्त्रि र नेताहरुको आब्हान – प्रतिभावान र क्ष्यमतावनहरुलाई देशभक्ति र मात्री-भक्ति भएर उदाहरण देखाउना ! ब्यबहारमा क्ष्यमतावनहरुले ठाउँ कहाँ पाउछन र नेपालमा – सति ले सराप दिएको देश, जाली-झेलीहरु नेता, काम-ठग र घुस्याहा कर्मचारी भएको देश नेपालमा??? येदि ब्यबहारमा क्ष्यमतावन र असल नागरिकले उचित पद पाउने भए, यी तल का example हरु नेपालीले देख्न पाउने थिएनन्:
    @ स्वयम् प्रधान मन्त्रि कोइराला नातेदार र चाकरीदार हरुबाट घेरिएका हुनेथियेनन
    @ राम चन्द्र पौडेलको छोरो, जुवाई र सम्धी उपल्लो पदमा हुने थिएनन्
    @ महेश बस्नेत उद्योग मन्त्रि हुनु को साटो सायद जेल भित्र हुनेथियो
    @ श्रीमान-श्रीमती, दाजु-भाई सभासद/मन्त्रि हुने थिएनन्
    @ सुमार्गी अरब-पति हुने थिएनन्
    @ पी. आर. र ग्रिनकार्ड धारी कर्मचारी हरु घुमाउने कुर्सि बाट बिदा भैसकेका हुन्थे

    Reply
  17. BS says:
    November 11, 2014 at 10:06 am

    Without any bias assessment, Sushil Koirala is the best PM I have observed in the past 3 decades. His honesty counts. Although there are many opportunists circling around him to take lot of advantages (which normally happens in mentally/politically corrupt country like ours), I think, he knows the priorities and wants to solve the most important matters wisely. His political history with lot of will-power (mainly his simple, corruption-free and sincere life style) on leading clean politics should be appreciated. I am not affiliated with his or any other parties, however, I can observe his seriousness of deliberately handling issues. One of the examples of this is supporting the existing position of Chief Secretary Mr. Lila Mani Poudel (who was appointed by immediate past PM Dr. Bhattarai). Further, if he can bring in track to his ministers (such as Dr. Mahat and others who are trying to go out of track), that would better refine his image. We Nepalis in diaspora need to bring some action plan back home (in Nepal) to develop the rural areas with some income generating projects so that impoverished people can get some job opportunities.

    Reply
  18. Saroj Acharya says:
    November 11, 2014 at 9:31 am

    नेपाल फर्केर के गर्नु ? तपैहरुको नातेदार हरुलाइ नै जागिर पुगेको छैन . (पढ्नुस नेताको नातालाई क्या हाइसनचो)

    Reply
  19. bijay says:
    November 11, 2014 at 9:29 am

    वा क्या जोक भयो माइसंसारमा आज, माथि चाही “मुलुकमा फर्कनुस्, मातृभक्तिको ज्वलन्त उदाहरण प्रस्तुत गर्नुस्” भन्ने कथा अनि ठिक तल चाही “नेताको नातालाई क्या हाइसञ्चो” भन्ने कथा /
    आफु त नेताको नाता परिएन, त्यसैले मुलुक फर्किने कुरै छैन / मातृभक्तिको ज्वलन्त उदाहरण तिनै नेताका नातेदारले प्रस्तुत गर्ने छन् , टन्न घुस खाएर, नेपाललाइ अझै खोक्रो पारेर / लौ पुग्यो एस्तो नेताको हावादारी गफमा विश्वास गरेर भएको राम्रो काम, career सबै छोडेर आउनलाई/ पहिला एस्तो काइते काम गर्न बन्द गर अनि मात्र तिमीहरुको कुरामा विश्वास गर्ने ठाउँ हुनेछ/

    Reply
  20. xyz says:
    November 11, 2014 at 6:57 am

    This is more than enough why do I need to read the whole stuff by clicking into the button?

    Reply
  21. nilam says:
    November 11, 2014 at 4:38 am

    फर्क्नुस जरुर तर होस् गर्नुस | नेता खुसि पार्ने चलाखी पनि सिकेर फर्कनु होला | नेपालमा त् काम भन्दा!!! टिक्न सक्ने कसरी ?पाठ के ? नजानुस भनेको होइन | गएर पनि चेत खाएर फर्कने पनि देखेको थिए |

    Reply
  22. Nik says:
    November 11, 2014 at 4:30 am

    Really?!!!

    Reply
  23. ghartee says:
    November 11, 2014 at 3:39 am

    पर्धन्मंत्री खुशील खोइरला ज्येउ ,
    पैला आफु “मातृभूमि को ज्वलन्त उदाहरण ” बनेर देखौनुस अनि अरु लाइ भन्नुस …
    आफ्नो अनुहार कुनै बास्तबिकता देखिने ऐना मा हेर्नुस त तपैले येसो भन्न सुहौछा कि सुहौदैना अनि आफै भन्नुस ..
    तपैहरु जस्ता नेता हरु लाइ येसो भन्न सुहाएन कि ?

    Reply
  24. Shankar says:
    November 11, 2014 at 3:29 am

    भासण भनेको नया दुलही जस्तो हो , काट छाट पारेर , क्रिम दलेर जहिले पनि राम्रो हुन्छ | भासण चाहे घुसखोरी भनेर चिनिने चिरन्जिबी वाग्ले को होस् बा ,जय प्रकाश प्रशाद गुप्ता को होस् ,जसको पनि सुन्दा बडो जायज र राम्रो लाग्छ |
    आफ्नो ब्यबहार चै हेरौ न ?
    देश मा जनता सिटामोल खान न पाएर मोर्दा , बाढी पैरो जाँदा २ चोटी देश को जनताले तिरेको कर को पैसा बाट करोडौ खर्च गरेर अम्रिका गएर आयो | तेस्तै उनका मन्त्रीमंडल काले समेत निर्लज्ज तरिका बाट देश को बजेट मा दाइँ खेले , करोडौ बगाए ,अर्ति उपदेश चै जिब्रो भन्दा लामो दिन्छन यिनीहरु |
    जागिर जति तिम्रा नातेदार , कार्यकर्ता ले भर्ने ( नजिक को स्रोत : यो भन्दा अगाडिको ब्लग नै हेरौ ), अनि देश का बैज्ञानिक ,डाक्टर , इन्जिनियर चै के बाख्रापालन गरेर , रिक्सा ठेलेर बस्ने ?आफ्नो पसिनाको कमाइ
    लाखौ खर्चेर्र डाक्टर पढ्ने , इन्जिनियर पढ्ने लाइ घर मा बुढा , बुढी आमा , बा छोडेर , चाड बाड, देश को हावापानी छोडेर रहर ले गएको छ विदेश ??

    तिमीहरुलाई काल ले पनि लादैन, बागमतीले पनि बगाउदैन , तिमीहरुले न संबिधान दिन्छ , न बोलेको कुरा कहिले पुरा गर्छ न बिकाश गर्छ अनि गरिब जनता काँ ,जान्छ के गर्छ तिमि धुर्त हरुलाई भुत्राको खाचो | खुसु खुसु देश लुट बस , तिम्रो हिसाब किताब मोरेपछी यमराज ले गर्छ |

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

    Reply
  25. Shankar says:
    November 11, 2014 at 3:23 am

    भासण भनेको नया दुलही जस्तो हो , काट छाट पारेर , क्रिम दलेर जहिले पनि राम्रो हुन्छ | भासण चाहे घुसखोरी भनेर चिनिने वाग्ले को होस् बा ,गुप्ता जसको पनि सुन्दा बडो जायज र राम्रो लाग्छ |
    आफ्नो ब्यबहार चै हेरौ न ?
    देश मा जनता सिटामोल खान न पाएर मोर्दा , बाढी पैरो जाँदा २ चोटी देश को जनताले तिरेको कर को पैसा बाट करोडौ खर्च गरेर अम्रिका गएर आयो | तेस्तै उनका मन्त्रीमंडल काले समेत निर्लज्ज तरिका बाट देश को बजेट मा दाइँ खेले अर्ति उपदेश चै जिब्रो भन्दा लामो दिन्छन यिनीहरु |
    जागिर जति तिम्रा नातेदार , कार्यकर्ता ले भर्ने ( नजिक को स्रोत : यो भन्दा अगाडिको ब्लग नै हेरौ ), अनि देश का बैज्ञानिक ,डाक्टर , इन्जिनियर चै के बाख्रापालन गरेर , रिक्सा ठेलेर बस्ने ?आफ्नो पसिनाको कमाइ
    लाखौ खर्चेर्र डाक्टर पढ्ने , इन्जिनियर पढ्ने लाइ घर मा बुढा , बुढी आमा , बा छोडेर , चाड बाड, देश को हावापानी छोडेर रहर ले गएको छ विदेश ??

    तिमीहरुलाई काल पनि लादैन, बागमतीले पनि बगाउदैन , तिमीहरुले न संबिधान दिन्छ , न बोलेको कुरा कहिले पुरा गर्छ न बिकाश गर्छ अनि गरिब जनता कान ,जान्छ के गर्छ तिमि धुर्त हरुलाई भुत्राको खाचो | खुसु खुसु देश लुट बस्न |

    Reply
  26. Abhi says:
    November 11, 2014 at 2:29 am

    फर्कौ फर्कौ , इंडिया मा इन्जिनियर पढेर ४/५ वर्ष युके मा यसो काम गरेर दक्ष भएको र भर्खरै गरिब लै परिचय पत्र बाड्ने मासिक तलब डेढ लाख को प्रमुख हुन् पाउने चिन्तन पौडेल जस्ता देश फर्क;

    समय समय को कुरा , हामी सानो सानो हुदा गाउ फर्क भन्ने सुन्निथ्यो , अहिले देश फर्क ,

    देशमा दलाली गरेर खान पल्केका लै कारबाही गर अनि बल्ल आउने ले गरेर खान्छन …..

    ब्रेन ड्रेन होइन अब को जमाना ब्रेन सर्कुलेशन को …………….जाने गइ रहन्चन .फर्कने फर्कंचन, , अविरल बग्छ इन्द्रावती …..

    Reply
  27. jharana says:
    November 11, 2014 at 1:13 am

    “…तापनि नेपालमा जतिसुकै असहज परिस्थिति आइपरे तापनि नेपाली धर्तीको मुहार उज्यालो पार्न सहज परिस्थितिको वातावरण आफैँले निर्माण गर्दै आफ्नो सीप तथा विज्ञताको उपयोग गर्न आफ्नै मुलुकमा फर्कनुहोस्…” तात्पर्य तिमीहरु जतिसुकै विद्वान, जान्ने, पढेका, सिपमुलक भए पनि असहज परिस्थितिमा काम गर्नुपर्छ| सरकारको दायित्व भनेको त त्यो परिस्थिति सहज पारिदिने होइन, बरु भटाभट आफ्ना नातागोताहरुलाई पो सहज साथ् जागिर दिने र काम गर्ने परिस्थिति मिलाउने हो त|

    Reply
  28. Prakash_Canada says:
    November 11, 2014 at 12:17 am

    रोग ले पिडित भएर आज हो कि भोलि भन्ने स्थिति मा त नया युवा लाइ मौका दिदैनौ | को फर्केर आउछ ? ठुलो कम्पनी भन्ने चौधरी ले त हप्ता को छ दिन बिहान नौ देखि बेलुकी छ सम्म, २ दिन बिरामी बिदा, ५ दिन vacation दिएर मजदुर लै लुट्छ | बिदेशमा नै केहि गर्न नसक्ने gas station र restaurant मा बाहेक अन्त कम गर्न नसक्ने ले नेपाल मा के गर्ने – एसको लागि नेपाल मा नै जमात छन् | विदेश मा ठुलो पोस्ट मा काम गर्ने ले नेपाल मा कसरि मौका पाउने वा चित्त बुजौने | म यहाको Government मा Policy निर्माण मा कम गर्छु | वर्ष को करिब २ महिना vacation पाउछु | प्रधान मन्त्रि ज्यु, म नेपाल मा वर्ष को करिब २ महिना सित्तै कम गर्न चाहन्छु | मौका दिनु हुन्छ? एउटा मौका मात्रै दिनुस यहाँ राजिनामा दिएर सधै को लागि आउछु ?

    Reply
  29. kedar says:
    November 10, 2014 at 11:54 pm

    प्रधानमन्त्रिज्यूले भनीहाल्नुभो मान्नै परो
    आउने समरमा म पनी आउंछु मातृभक्ती देखाउन
    संबिधान बनाएर मेरो स्वागतको तयारी गर्नु होला

    Reply
  30. प्रविण कुमार के.सी. says:
    November 10, 2014 at 11:48 pm

    अलि अलि कखरा पढेर राहदानीमा दस्तखत गर्न जान्ने हातमा केही सिप नभएको मान्छे त अनेक तिकडम गरेर भविष्य खोज्दै बिदेश (बिशेष गरी डा कुमुद बसेको देश) वा अन्य गोरो छाला वा चिल्लो कालो छाला हुनेहरुको देशमा जान खोजिरहेको अवस्थामा सरकारी पैसाबाट युरोप अमेरिकामा जस्ता स्थानमा गएर शरिरको विभिन्न पार्ट पुर्जा रिपेयर ओभरअल तथा बदली गरेर आएका दुई जिब्रे नेताहरुको बहकाउमा लागेर अथवा देशको माया पलाएर यति धेरै पढेका अनि शरिकार पार्ट पुर्जा रिपेयर ओभरअल तथा क्यानबलाईजेशन गर्न जानेका डा कुमुद जस्ता मान्छे आफ्नो हुँदा खादाको मालामाल पैसा कमाउन सक्ने ठाँउ छाडेर नेपाल आउलान र ???

    Reply
  31. Mk says:
    November 10, 2014 at 11:45 pm

    देश ले अलकति भए पनि मायागरेको संकेत – फर्किन को लागि आउँ आउँ लाग्ने न्युनतम वान्छ्निये सकारात्मक वातावरण परिवर्तन गरिदिए फर्किन ढोका खुल्थियो , कि ? सरकार ले गर्ने काम वेक्ती ले गर्न सक्तैन, जस्तै : नीति, नियेम, सहुलियेत आदि इत्यादी/ अर्थात् कुकुर को काम कुकुर ले गधा को काम गधा ले गर्नु पर्छ , भनेको मात्र हो/

    Reply
  32. Santosh pradhan says:
    November 10, 2014 at 11:39 pm

    गफाडी बुढो. नेताका छोराछोरी बाहेकअरु देस नफर्के हुन्छा

    Reply
  33. भक्त says:
    November 10, 2014 at 11:20 pm

    जब सम्म तिमी जस्ता बुढो,लुते निकम्मा व्यक्तिले पनि जिध्दी गरेको भरमा नेपालमा प्रधानमन्त्रीको पद पड्काउन सक्छन, जब सम्म डन पाल्ने गुन्डाका नाइकेहरु पनि प्रधानमन्त्री बन्न पाउछु भनेर सरकारको ढुकुटी खर्च गरेर विदेश गएर उपचार गराएर तन्ग्रेर लाइनमा बसिरहनछन, जब सम्म घुस्या मण्डलेहरु धर्मको राजनीति गरेर आफुलाई अरुभन्दा असल देखाउना नग्न नाच देखाई रहन्छन, अनि जब सम्म २०,००० नेपालीको हत्याराले खुलेआम अरबौको घोटाला गरि जातीयताको राजनीति गर्ने मौका पाइरहनछ, नेपालीहरुले नेपाल छोडे भनेर तिमीले गोहीको आँशु देखायौ भनेर कोहि फर्कने वाला छैनन् | तिनीहरुले आफ्नो सन्तानलाई पठाएको रेमिट्यन्समै खुसि भएर बसे हुन्छा |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme