कांग्रेस नेता रामचन्द्र पौडेलले छोरासहित तीन जना आफन्तलाई विभिन्न सरकारी कार्यालयका महत्वपूर्ण पदमा नियुक्ति दिन लगाए भन्ने समाचार सुनेँ। अनि फेरि पनि एक पटक ढुक्क भएँ कि हाम्रा नेताहरुले आफ्नो र आफ्नो परिवारको लागि अत्यन्त मिहिनेत गर्नुभएको छ।
मलाई अझै पनि विश्वास छ, पक्कै पनि रामचन्द्र पौडेलका नातागोता सबै योग्य हुनुहुन्छ। तर मैले बुझे अनुसार प्रजातन्त्रमा सबैलाई स्वच्छ प्रतिस्पर्धामार्फत् सबैलाई समान अधिकार विनियोजन गर्नुपर्छ। त्यसो नहुँदा सिस्टमप्रति नै जनमानसको विश्वास टुट्न बाध्य हुन्छ।
अन्य प्रजातान्त्रिक मुलुकमा हुँदो हो त आफ्नो आत्मसम्मानको लागि आफ्ना बाबुआमा या नातागोताहरुद्वारा “ह्वाइट” च्यानल नभै “ग्रे” प्रयोग गरी प्राप्त उपलब्धिलाई सन्तानले नै ठाडो अस्वीकार गरेको मैले धेरै देखेको छु। तर हाम्रोमा अझै त्यो खालको परिपाटी, त्यो पनि नेताहरुको घरमा पालनपोषण गरिएकाबाट अपेक्षा गर्नु अलि छिटो होला।
यसरी प्रतिस्पर्धा नै नगराई गरिने नियुक्तिले आममानिस मा नेतृत्व या राजनीतिक पार्टीहरुप्रतिको विश्वास घट्दै जाने कुरो त यहाँ फेरि लेखिरहनु नपर्ला तर यस्ता कुराहरुलाई सजिलै पचाउन सक्ने प्रतिरोधात्मक क्षमता हामीमा विकास हुनु पनि पक्कै भविष्यको लागि राम्रो संकेत चाहि होइन।
अहिले राजदुतदेखि लगभग हरेकजसो निकायमा राजनीतिक भागवन्डाको समाचार सुन्नु सबैको लागि दुर्भाग्यको कुरो हो। यस्तो परिपाटीले दक्ष र अनुभवीलाई पाखा लगाउने मात्र नभई राजनीतिसँग मतलब नगर्ने हो या नेताहरुको “पुच्छर” नहुने हो भने सरकारी जागिर खाने दिन नै हराउन सक्छ।
हाल सबैजसो पार्टी र नेपाली जनता – संविधान अनि संघीयता नै नेपालको विकासको लागि अचुक दुई वस्तु हुन् भन्नेमा एक मत देखिन्छन् तर कुनै दिन संघीयता नै लागू हुँदाको दिन पनि येस्तै “सर्टकट” प्रयोग गर्न खप्पिस यिनै राजनीतिकर्मीहरुबाट हामी शासित हुनु पर्नेछ भन्ने यथार्थलाई जति छिटो मनन गर्यो, त्यति हामीलाई कम धोका हुनेछ।
जनतालाई समान अधिकारको विनियोजन गर्ने गहन जिम्मेवारी लिएर पदमा पुगेका जिम्मेवारहरुले नै आफ्ना नातागोता या कार्यकर्ताको नियुक्ति जस्ता कुरामा अल्झिनु भनेको ऊ देश या जनता प्रति उत्तरदायी या जवाफदेही छैन भन्ने पुष्टि गर्नु पनि हो, यो कुनै हालतमा प्रजान्त्र हो भनेर मेरो अन्तर ब्रह्मले स्वीकार्न सक्दैन र यसैलाई हाम्रा नेताहरुले प्रजातन्त्र हो भन्ने ढिपी कस्नु हुन्छ भने यो केबल – सुकेको करेलो देखाएर कस्तुरीको बिना भनी भ्रम छरे जस्तो मात्रै हुनेछ।
मेरो ब्लगको आशय भनेको नेताको सन्तान हुँदैमा जागिर खान नहुने भन्ने नभएर प्रतिस्पर्धामा नै नगई “सर्ट कट” बाटो प्रयोग गरी जुन किसिमले नियुक्ति गरिँदैछ त्यो अत्यन्त गलत मात्र नभई अरु दक्षहरु प्रति घोर अपमानजनक पनि छ भन्ने हो। इच्छुक सबै लाई दगुर्ने मौका सरकारले दिनु पर्दछ र जो उत्कृस्ट हुन्छ तेसले मौका पाउने खाल को पद्धति नि निर्माण गरिनु आजको अवाश्यकता हो ।
बास्तबमा नेतालाई मात्रै आरोप लगाएर हामी जनता चोखिन सक्दैनौ| प्रथमत नेता भनेको मंगल ग्रह बाट आएका होइनन, वहाहरु पनि हाम्रै बीच बाट पलाएका हुन् भन्ने कुरा नबिर्सौ| तितो सत्य के हो भने हाम्रो देशको नैतिक पतन सबैखाले तह र समाजमा हुदै गएको छ| नैतिक पतन भएको समाजले नैतिकताहिन नेतालाई जन्म दिनु कुनै आश्चर्य को कुरो भएन| आफ्नो चिन्ने जान्ने या नाता पर्ने कुनै व्यक्ति नेता/मन्त्रि हुने बित्तिक्कै जागिर मिलाउन या अरु गैरकानुनी काम गर्न दबाब दिने हामी मध्ये नै छन् भने यस्तो नैतिकहिन कार्य गर्ने नेतालाइ गालि गर्ने अधिकार पनि हामि गुमाउछौ जस्तो लाग्छ| यसले त मात्र समाजको स्तरलाइ प्रतिबिम्बित गरिरहेको देखिन्छ|
नेपाली जनता हरु नि Testai छ chahine कुरा मा आवाज उठाउनु छैन ..कपाल पालना पाउनु पर्यो vanera आन्दोलन गर्छ. एस्तो मा आन्दोलन गरेपो बल्ल हामीले भनेको जस्तो हुन्छा ..कुरा विदेश गर्छ कम गर्दैन धिक्कार छ हामीहरुलाई.
हुन् त नेपाली कांग्रेस मा को चै राम्रो मान्छे होला र तर त्यसमा पनि यी राम चन्द्र बाजे चाही अलि लुब्ध प्रबित्ति क छन् | बरु खुमे डाका राम्रो होला किन कि उसमा केहि गरौ भन्ने भवन छ तर यी बाजे सार्है आफु कन्द्रित छन् | सायद म्रिनिन्द्र रिजाल मात्र यिनी सिट प्रतिस्पर्ध गर्न सक्छन |
त्यसै भएर पहिचान सहितको प्रदेश नभई हुन्न भनेको त्यही कारण हो| नत्र किन चाहियो पहिचान सहितको प्रदेश?
गत दुई बर्षमा कांग्रेस, एमालेका ३०० बाजेहरु प्रत्येकले कमसेकम २०० जना मात्र आफ्ना नाता भ्रातालाई गाबिस देखि बैंक, संस्थान र राजनैतिक नियुक्ति अनि देशको माथिल्लो तहसम्म आफ्नो पहुँच भएका ठाममा पछिल्लो ढोकाबाट खुसुक्क घुसाएर ६००० लाई जागिर दिएर आफ्नो हात माथि पारेका छन्|
अहिलेको जागरुक जनताले यो कुरा बुझ्दै आएका छन् जसले भोलि देशमा द्वन्दको भयावह स्थिति सिर्जना गर्न सक्छ| यो कमेन्टमा रातो टीको लाउनेले यो कुरो बुझेर पनि बुझ पचाएका छन्|
मुखले मातृभूमि जप्ने तर मातृभूमिका वासिन्दा प्रति यो क्रुर व्यवहारको निरन्तरता ती आफै मात्र खाउँ लाउँ भन्ने धेरै जसो बाजेहरुलाई सुहाएन यो देशको माया मुटुमा छ कि छैन के हो? देखावटी मात्र गर्नु भएन है हजुर|
हुँदैं हुन्न पहिचान सहितको प्रदेश किन भनेका रहेछन एमाले र कांग्रेसले अहिले प्रष्टै खुलियो|
अरुको बारेमा त थाहा थिएन जब युबराज भुसाल को कुरा उठ्यो उनि पूर्व अर्थ सचिब हुन्/ उनि जस्ता अरु सचिब ले नियुक्ति पाउदा चर्चा नहुने र उनि राम्चान्द्रकै सम्धी भएकै कारणले एस्तो चर्चा हुनु उनको अधिकार कुण्ठित भएको लग्यो मलाई/ सस्तो कुराi नगरेकै राम्रो/
यी रामचन्द्र भन्ने मान्छे कस्ता भने यी कृषि मन्त्रि हुँदा आफ्ना नातागोता दाजुभाईमा पढे लेखेका मान्छे नपाएर आफ्ना भाईभतिजहरुलाई दुग्ध विकास सस्थांनमा दुधको क्यान बोक्ने पदमा सिफारिस गर्ने गर्थे, अर्को उदहारण यिनीले मेडिकल डाक्टरले पागल भनेर विदेशबाट फिर्ता पठाएको व्यक्तिलाई जागिरमा सिफारिस गरेका थिए, यस्ता घटना तपाईहरुसंग झन् कति होलान सुनाउनुहोला,
यो लोभी पापी बूढा बात यहा भन्दा बढी के नै अपेक्छ्या गर्न सकिन्छ र
नेता का नातागोता ले फालेको राजनीतिक कार्यकर्ता ले तिप्चन… अनि कहाँ हुन्छन सिधा साधा सक्चम जनता को कोटा… अनि lagau विदेश तिर चाहे इराक अफ्गनिश्थान… नेता हरु लै बाल छैन…त्यस्ता असक्चम व्यक्ति हरु ले चलाएको संस्था कुन दिशा तिर लाग्छ होला त… उनीहरु को सत्तामा पशुपति को बृद्ध लै हाकिम बनाए हुन्छ… atleast घुसखोरी त हुदैन…
रामचन्द्र जी ले नेपालमा येसरी ‘राम राज्य’ गर्दा छन् , आखिर जात त् जनाई हाले /
आखिर कसको नै पो भर पर्नु छ र ? बरु आफन्तलाइ नै कार्य बिभाजन गराउदा कम से कम कुनै आश लिन त सकिन्छ, अरुलाइ पचास पटक भन्नु भन्दा आखिर आफन्ती हुन् विश्वास त हुन्छ नि / जो जसले जे भनेर कुरा काटुन मैले भने यो निर्यण ठिक्क मानेको छु / लोकसेवा मा नाम निकालेर गयका नि भ्रस्ट्राचारि, University का Dr . sir नि भ्रस्ट्राचारि, नेता का कार्यकर्ता पनि गुण्डा मात्र, दल को पछि नलागेको नेपालि कुनै भेटिदैन , बुढाले नियुक्तिमा पहल गरे त गरे , किन बिरोध गर्छौ हो? यी सबै नेपाली नै हुन् क्यारे / कम से कम सकारात्मक भाब ले त सोच ! त्यो ठाउँमा तिमि गय पनि त्यै हो, म गय नि त्यै हो क्या !
यो मानबिय गुण अनि भावना हो /
जो आफ्ना नाता गोता आफन्त प्रयोग गरेर आफुहरु “शटकट” र भरयांग उक्लेर माथि पुगेका छन् उनीहरुले अहिले आएर योग्यता योग्यता आधार हुनपर्छ भनेर शोर ठुलो गरेका छन्| आफु जसरि तसरी जदौ गरेर होस्, नाता आफन्तको बल प्रभाव प्रयोग गरेर होस् वा रात भरि घोकेर होस्, बेस क्याम्पमा पुगेपछि अरुलाई तल देखि शिखरमा पुग्न असम्भव त् छैन तर कठिन पर्नेछ| यसरि बेस क्याम्पमा रहेर कांग्रेस, एमाले, एमाओवादी, राप्रपा, सबै एकै आलापमा राग लगाउन मै व्यस्त छन्|
जसको आफन्त कुनै पदमा छैन र सामान्य नागरिक र सीमान्तकृत जातिले त्यही हिसाबले माथि पुग्न अर्को शताब्दी भन्दा पनि बढी लाग्ने भयो, कि हुनपर्यो अर्को ठुलो जन आन्दोलन जसले त्यस्ता संस्कारलाई केही हदसम्म उखेलेर फाल्नेछन, तर के कति जन धनको खर्चमा?
नातागोता र जात अनि राजनैतिक पावरको प्रभावमा अरुलाई जबर्जस्ति उछिनेर अनि अरुको पालो काटेर माथि भरयांग उक्लेकाहरुले आफ्नो मुहार एकचोटी ऐनामा हेर्नपर्छ| युरोप, अमेरिका र अष्ट्रेलियामा कतिपय त्यस्ता हरु छन्, कतिजना आफ्ना नाताका पदको प्रभाव र भ्रष्टचारको बलमा भर्याङ्ग उक्लेका छन् र आज उनीहरुकै समावेशी बिरोधी शोर चर्को छ|
एकै परिवारबाट पति पत्नी सभासद छन्, दाजुभाई सभासद छन| नातागोता र जातपातकै प्रभावको भरमा अडेका छन कति दलहरु अनि भागबण्डा लगाइएका पदहरु| लैंगिक आधार खडा गरेर पनि उही सुबिधाभोगीलाई उकासेका छन| जनजातिको समान प्रतिनिधित्वको कुरा गर्यो कि पश्चिम कर्णालीका गरिबहरुका उदाहरण दिन खप्पीस छ| सबै आआफ्नो नाता र जातलाई मात्र प्राथमिकता दिनतिर लाग्दा जो पछाडीएका छन र जसको कुनै नातागोता पदमा छैन उनीहरु अझ पछाडीएका छन| आफु नाता र भ्रष्टचारको भर्याङ्ग उक्लेर माथि पुगे पछि योग्यता र दक्षताको आधारमा भनेर कराउनेहरुले आफ्नो कालो विगत फर्केर हेर्ने धृष्टता गर्दैनन्|
सचिव पीए पदमा नियुक्ति दिएर सरकारी ढुकुटीबाट तलब भत्ता खाईरहेका छन्|
रामचन्द्र पौडेललाई मात्र किन दोष? यो कुसंस्कार सबैतिर व्याप्त छ| सुजातामा कुन त्यस्तो गुण थियो, जो अरुमा थिएन र कुनै चुनाव नजिती एकैचोटी मन्त्रि अनि उपप्रधान मन्त्रि बन्न सकिन? अरु पनि उदाहरणहरु सबै दलहरुमा प्रशस्त छन| कांग्रेस, एमाले, राप्रपा र केही हदसम्म नेतृत्व स्तरमा रहेका माओवादी पनि सबै एकै ड्याङ्गका मुला हुन्| जसरि एउटा जातका मन्त्रीले आफ्नो मान्छेलाई पदमा घुसाए, त्यही फलो गर्दै मधेसी स्वास्थ्य र आपूर्ति मन्त्रि हुँदा धेरैजसो आफ्नो र आफ्नो क्षेत्रको मान्छेहरुलाई मात्र नियुक्ति दिए| के अरुहरु नागरिक होइनन? अरुले पनि समान नागरिकले सरह प्रतिस्पर्धा गर्न पाउदैनन? युरोप अमेरिकामा गएर बडेमाका गफ दिएर मात्र भएन, हेर्नपरो यो लोकतन्त्र भनेको के हो? त्यही असमानता र नातावादको हालीमुहाली भएर नै केही जन जाति हरुले स्वायत्त प्रदेशको अडान राखेका हुन्, नत्र भोलि पनि अन्धकारमय हुनेछ|
हाम्रा नागरिक समाज र मेडियाले यो विद्यमान कुसंस्कार परिवर्तन गर्ने भनेर कहिले जोडले आवाज उठाएका देखिदैन| किन? उनीहरु आफैले पनि यसका फायदा समय समयमा लिंदै आएका छन्|
जे पनि गर्नुस, यो खेल सीमान्तकृत र उत्पीडित जनताले नियालेर हेरिरहेका छन| जुन दिन आवाज बुलन्द गर्न सकिएला, गर्नेछन| विकल्प नभएको भनेर जनतालाई भाषण दिएको राजतन्त्र त् धराशायी भए भने लोकतन्त्रमा जातपात र पदीय पक्षपातको यो खेल तमाशा धेरै लामो टिक्न सक्ने छैन|
मित्रहरुले जति कमेन्ट दिए पनि वास्तविकतालाई र तथ्यांकलाई आत्मसात नगेर पछि जति नै तर्क तर्कना गफै मात्र हुन्छ| हेर्नुस को को छन र कुन जातको प्रतिनिधित्व छ र कुन जातको छैन यो दिनरातको भागबण्डारुपी मन्त्रीमंडल, प्रशासन, न्यायपालिका, सेना, प्रहरी र अन्य राजनैतिक पदहरुमा| सीमान्तकृत र उपेक्षित जनजाति र दलितलाई बिर्सिए छन हाम्रा नेत्रित्व पक्षले| के उनीहरुले आफ्ना नाता बाहेक अरु कसैलाई साँचो मनले एउटा नेपालीको हैसियतमा अघि लगाएका छन? यस्तरी बन्ला त् नंया नेपाल? खोइ हामीले गर्व गर्ने नेपालीपन? खोई मुलुकलाई बिकाश गराउने प्रतिबद्धता? खालि भाषणमै सीमित? अरु के लेखु?
यस ब्लॉग मार्फ़त तपाईले फिल्मको ट्रेलर अथवा क्लिप मात्र देखाउनु भयो पुरा फ़िल्मको केही अंश थप्दै छु । अरु पाठक ज्युहरुले कृपया थाह पाएको कुरा अवगत गगाउन अनुरोध छ ।
प्रसन्न कोईराला- भतिज – सदस्य सचिव सहकारी बोर्ड
हुरमुत न्योपाने – भाई विजयका जेठी सासुका छोरी ज्वाई – स्वकीय सचिव
रमेश भन्डारी – भान्जा – स्वकीय सचिव
अतुल कोईराला – भतिज – स्वकीय सचिव
मृदुला कोईराला – सल्लाहाकार
पराशर कोईराला – अध्यक्ष विश्वविधालय अनुदान आयोग
दिनेश भट्टराई – सिता कोईरालाका दाजु – परराष्टर् सल्हाकार
जिवराज पोख्रेल – उपकुलपति – भन्जा रमेश का ससुराली सदस्य
गोविन्द पोख्रेल- उपाध्यक्ष राष्ट्रीय योजना आयोग – नातेदार
अशोक, सुजाता, लिला कोईराला – सांसद समानुपातिक – सवै नातेदार
थप अन्य को लागी केही समय पाउ
सुरज मास्के
रामचन्द्रजी, तपाइँको छोरोसँग मेरो मित लगाइदिनुस् न हउ । जागिरको साह्रै खाँचो भो ।
हैन , अब पनि कांग्रेसका मतदाताहरु न बिउँझने !
लौ, पदमा पुगे पछी पौडेलले पैसाको पोखरीमा धित नमरुन्जेल पौडी खेल्ने भयो नि त ?
रामचन्द्र बा ले अब आफ्नो राजनीति भबिस्य देख्न छोडे … अब जागिर मा भबिस्य नै नभए पछि येसो बैंक मा पैसा लगाएर ब्याज खाने जोहो त गर्ने पर्यो !!!
This is nothing compared to the number of appointments he made to his near and dear ones from Tanahu in the NARC when he was an Agriculture Minister post 2046 Jana Andolan. The problem is not with NC, UML RPP or Maoists, it is with bahuns. Bahuns are the curse of Nepali people. They are here to suck your blood.
जातिय संघिएताको अभ्याश
बिदेसिनु मेरो रहर होईन एस्तै नाता गोता को राजक भएर म जस्ता well qualified बिदेसिनु बाध्य भएको हो
चोर ले चोर्यो , डाँका ले लुट्यो कुन आस्चर्य भो र ?
१५००० को लास मा उभिएर नौलो नेपाल बनाउने भन्ने क्रान्तिकारी हरु त् झन् गए गुज्रेका र नाङ्गो नाच देखाए भने एमाले ,कांग्रेस बाट त् न हिजो अपेक्ष्या गरिएको थ्यो , न आज कसैले
केहि गर्छ भनेर बिस्वास गर्छ |
यहि संस्कार बोकेका नेता हरु नै हुन्, हिजो पनि यिनै थिए ,आज पनि यिनै छन् भोलि पनि यिनीहरु र यिनका साखा सन्तान ले लुट्ने हुन् |
संघियता , धर्मनिरपेक्ष्यता खान प्रयोग गर्ने नयाँ चम्चा र काँटा हुन् |
अचम्म छ पाकिस्तान का लाइ घुश्याह भुट्टो परिवार नै चाहिने , इन्डियाका लाइ घुस्या गान्धी परिवार नै चाहिने नेपाल मा प्रजातन्त्र फलाउन ,फुलाउन कोइराला नै चाहिने ?
रामचन्द्र जी को जयहोस। सबै देश मारा नेता एकै हुन। दिन खुल्या छ लुटमचाउ जति सक्छौ। तर यो नबिर्स गरिब र निमुखा जनता हरु को पनि आउन सक्छ।
कुनै जमानामा श्री ३ हरुका नाती जनरल हुन्थे अहिले यी ….जीहरुका हुन थालेछन
राजनैतिक दलमा आफन्त नहुने निरीह नेपाली विदेशतिर नलागे के रानीपोखरीमा हाम फालुन् त ? ज्ञानेन्द्रले पनि आफ्ना ज्वाइ र सम्धीलाई यसरी निरीह जनताको पसिना बाट संकलित राष्ट्रको ढुकुटीमा रजाँइ गर्नेगरी नियुक्ति त गरेनन् क्यार ! छि छि छि कस्तो लाज मर्नु हगि ?
राम जि लाई अब बन बास पठाउनु पर्ला कि , पि यम भएमा त् फेरी गोरु बेछेको साईनो लगाएर कुनै भब्य नियुक्ती देलानी गाठे .