Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

रक्सीमा बिक्न लाग्यो मिडिया, रक्सीको नाममा एफएम घन्किँदै

Posted on November 9, 2014November 9, 2014 by Salokya

star नेपाल सरकारले चुरोट र रक्सीको विज्ञापन रेडियो र टेलिभिजनमा गर्न नपाइने गरी प्रतिबन्ध लगाएको छ। तर काठमाडौँको एउटा चलेको एफएम रेडियो स्टेसन स्टार एफएम अब रक्सीमा बिक्ने तयारी हुँदैछ।

स्टार एफएम प्रालिको नाममा दर्ता भएको कम्पनीको नाममा संचालित स्टार एफएम अब भोड्काको एउटा ब्राण्ड रुस्लान भोडकालाई भाडामा दिने तयारी भएको छ। सञ्चार मन्त्रालयमा भाडामा दिने प्रक्रिया अगाडि बढिरहेको छ। यदि भाडामा गएको खण्डमा स्टार एफएमको कल साइन परिवर्तन भएर रुस्लान एफएम हुनेछ।

रुस्लान भोडकाको ब्राण्डलाई मिडियामा प्रचार गर्न नपाइएको अवस्थामा एफएमको नाम परिवर्तन गरी रुस्लान एफएम बनाएर प्रचार गर्न लागिपरेका छन् रुस्लान भोडकाका संचालकहरु।

स्टार एफएमका संचालक प्रदिप उदय र रुस्लान भोडकाका शुशील श्रेष्ठ एफएमको कल साइन परिवर्तन गर्न लागिपरेका छन्।

यदि यो भाडामा दिने सम्झौतालाई सञ्चार मन्त्रालयले अनुमति दिएको खण्डमा रुस्लान एफएम मात्र हैन, नेपाली संचारको आकाशमा घन्किने केही एफएमका नामहरु यस्ता हुनेछन्- रोयलस्ट्याग एफएम, रेडलेबल एफएम, टुवोर्ग एफएम, कार्ल्सवर्ग एफएम…।

सञ्चार मन्त्रालयका कर्मचारीहरुले पैसा खाएर एफएमको कलसाइन परिवर्तन गर्छन् कि सरकारको नियम अनुसार रोक्छन्, चाँडै हेर्न पाइनेछ।

यसअघि नै रुस्लान भोड्का उत्पादन गर्ने एसियन डिस्टिलरीले क्याच इन्टरटेनमेन्ट प्रा लि नाममा एउटा कम्पनी बनाएर रुस्लान म्युजिक र लोगोको ट्रेडमार्कसमेत दर्ता गर्दै सबको आँखामा छारो हालिसकेको प्रमाण माइसंसारले दुई वर्षअघि नै गरिसकेको छ।

ट्रेडमार्कको प्रमाणपत्रमा उद्योग विभागका निमित्त महानिर्देशकले हस्ताक्षर गरेका छन्। दर्ता गरिएको ट्रेडमार्कको लोगो हुबहु रुस्लान भोड्कासँग मिल्दो छ। के यो प्रमाणपत्रमा हस्ताक्षर गर्ने निमित्त महानिर्देशक वा यो फाइललाई उनीसामु पुर्‍याउने कर्मचारीले कहिल्यै रुस्लान भोड्काको लोगो नदेखेका होलान् र ? एउटा कम्पनीसँग मिल्दोजुल्दो लोगो ट्रेडमार्कका रुपमा कसरी दर्ता गर्‍यो उद्योग विभागले ? स्पष्ट छ, यो रुस्लान भोड्काको विज्ञापन गर्न खडा गरिएको फर्जी कम्पनी हो।

के हो १०० % म्युजिक भनेको ? म्युजिक पनि १०० % ५०% वा २५ % हुन्छ ? अल्कोहल पो हुन्छ। यति पनि नबुझी ट्रेडमार्क दर्ता गर्ने उद्योग विभागका कर्मचारीहरु कस्ता ?

सर्वोच्चको आदेश र सरकारको निर्देशनको उल्लङ्घन गर्ने गलत नियतले ट्रेडमार्क दर्ता गर्न आउँदा पनि खुरुक्क दर्ता गर्नका लागि हस्ताक्षर गरिदिएका थिए। अब सञ्चार मन्त्रालयको पालो आउँदै रहेछ।

3 thoughts on “रक्सीमा बिक्न लाग्यो मिडिया, रक्सीको नाममा एफएम घन्किँदै”

  1. बल बहादुर says:
    November 9, 2014 at 6:52 pm

    मेडियामा र खेलकुद इभेन्टहरुमा रक्सी चुरोट बिज्ञापन सख्त रुपमा प्रतिबन्द लाउनपरने हो| रक्सी र चुरोटको बिज्ञापन नभएर धान्न नसके नसकोस|
    स्वास्थ्य मन्त्रालयले आफ्ना मन्त्रालयका परिसरमा धुँवापान जन्य पदार्थको बिक्रि, वितरण, प्रदर्शन र सेवनमा प्रतिबन्द गरेर पहिलो कदम शुरुआत गर्नपर्छ| मन्त्रालय सामेल हुने प्रत्येक कार्यक्रममा धुम्रपान र मदिरा निषेध गरिनपर्छ चाहे अरुले नै पैसा तिरेर स्पोनसोर गरेको किन नहोस| कसैले सो निषेध पालन नगरे के सजाय हुने त्यो पनि पहिले बाटै तोकिएर कडा निगरानी राखिन पर्छ|
    नेपालको बन, राष्ट्रको धन भन्थ्यौ पहिले| जनमत संग्रहमा राजा बीरेन्द्रलाई रुझाउन सुर्यबहादुर प्रधान मन्त्रि छँदा पंचायतलाई जिताउन मनै रुने गरी बन सखाप पारे|
    समय छ| “स्वाथ्य नै राष्ट्रको धन हो” भनाईलाई चरितार्थ पारौ|

    Reply
  2. srijana says:
    November 9, 2014 at 4:24 pm

    रक्सि र चुरोट मात्र स्वास्थ्य क लागि हानिकारक नभई पान र सुपाडी पनि तेतिकै
    हानिकारक छ ओराल हेअल्थ को लागि|संचार मध्यम मा गजबले चलि राखेको छ जोगिन्दर को पान पसल प्रोग्राम |अस्चार्य लग्यो हाम्रो नेता सुर्य बा थापा र चर्चित प्रहरी यस यस पी रमेश खरेल लै देखेर | त्यो प्रोग्राममा प्रतेक पाहुना लै पान खुवाई राखेको हुन्छा | कसैको ध्यान उता तिर पनि जाने होकी ?

    Reply
  3. Shreya.nepali says:
    November 9, 2014 at 1:09 pm

    अस्ति जुलाई मा बिश्वोकप चलिराको बेलामा एरपोर्टदेखि नै सहरभरि १००% फूटबल भन्ने होर्दिंग बोर्ड टासेको देखेर मेरो बिदेसी साथीले नेपालमा फुटबलमा कस्तो मिसावट हुन्छ र भनेर सोध्या थ्यो

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme