Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आत्महत्या गर्न बाध्य पार्नेलाई कसरी होला सजाय?

Posted on November 7, 2014November 7, 2014 by Salokya

आत्महत्यालाई पनि कानुनी दायरामा ल्याउँदै त्यसो गर्न बाध्य पार्नेलाई पाँच वर्षसम्म कैद र पचास हजार रुपैंयाँसम्म जरिबाना हुने व्यवस्थासहितको “अपराध संहिता, २०७१” को विधेयक अहिले संसदमा सरकारले प्रस्तुत गरेको खबर सुन्न पाइयो। विधेयक छलफलकै क्रममा रहेकोले कानुन भइसकेको छैन। तर यो कानुन लागू भइसकेपछि कसरी कार्यान्वयन होला भनेर अन्यौलमा परियो।

हो, विश्व स्वास्थ्य संगठनको प्रतिवेदन अनुसार नेपालमा हरेक दिन १५ जनाले आत्महत्या गर्छन् जुन श्रीलंकापछि दक्षिण एसियाकै सबैभन्दा बढी हो। तर आत्महत्याका कारणहरु पनि त हेर्नु पर्‍यो नि।

एसएलसीको रिजल्ट भएपछि फेल भएकाहरुले आत्महत्या गर्छन्। के परीक्षा नियन्त्रकलाई थुन्ने? पढाउने शिक्षकलाई थुन्ने? कि शिक्षा मन्त्रीलाई थुन्ने?

२००५ देखि २००९ सम्ममा नेपाल प्रहरीमा २१७२ जनाले आत्महत्या गरेको घटना (४-२१ उमेर समूह) दर्ता भएको छ। त्यसमा उल्लेख भएका कारणहरुमा ३५% घरेलु हिंसा, २४% मानसिक हिंसा, १५.८% शैक्षिक असफलता र ८.७ असफल प्रेम सम्बन्ध रहेको छ।

शायद् यो कानुन ल्याउनुको उद्देश्य यही घरेलु हिंसाको ठूलो प्रतिशतलाई सम्बोधन गर्न हुनुपर्छ।

तर शैक्षिक असफलताको प्रतिशत पनि ठूलो छ। यसमा कसलाई दोषी बनाउने ? प्रेम सम्बन्ध असफल रहेको प्रतिशत पनि कम छैन। के प्रेमी वा प्रेमिकालाई लगेर थुन्ने त्यसो भए ?

अनि राज्यले कानुन मात्रै बनाएर बस्ने हो कि आत्महत्या नियन्त्रण, विदेशमा जस्तै निःशुल्क परामर्श, उपचारको व्यवस्था पनि गरिदिने हो?

अझ गम्भीर प्रश्न त सामाजिक सञ्जालहरुमा आए- मानौँ नन्दप्रसाद अधिकारीले सरकारका कारण म आत्महत्या गर्न बाध्य भएँ भनेर आत्महत्या गर्‍यो भने के प्रधानमन्त्रीलाई वा गृहमन्त्रीलाई पाँच वर्ष थुन्ने? अथवा कसैले नेताहरुले संविधान दिन्छु भनेर नदिएकोले आत्महत्या गरेँ भन्यो भने के होला?

9 thoughts on “आत्महत्या गर्न बाध्य पार्नेलाई कसरी होला सजाय?”

  1. प्रविण कुमार के.सी. says:
    November 12, 2014 at 9:37 am

    आत्म हत्या गर्न चाहनु हुने महानुभावहरुलाई सल्लाहको लागि : यदि तपाईलाई कसैले आत्महत्या गर्न बाध्य पारेको छ र तपाईले आत्म हत्या पनि गर्ने तथा तपाईलाई आत्म हत्या गर्न बाध्य तुल्याउनेलाई सजाय पनि होस भन्ने चाहनु हुन्छ भने उसैको नाममा सुसाईड नोट लेखेर उस्कै उपस्थितिमा आत्महत्या गर्नु होस । ८० % त फस्छ फस्छ ।

    Reply
  2. sushil paudel says:
    November 9, 2014 at 11:24 am

    हत्या गर्ने को बेग्लै कुरो हो, आत्मा हत्या भनेको नितान्त व्यक्तिगत कुरा हो, कसै पार्टी चित्त नबुझे उजुरी गर्ने अनेकै निकाय हरु छन्, सो आत्महत्या गर्ने हरुको पछ्या मा कुनै सहानुभूति राख्नु उचित हुदैन

    Reply
  3. भक्त says:
    November 7, 2014 at 11:57 pm

    पहिलो कुरो त कानुनको गलत प्रयोग हुनसक्छ भनेर सचेत हुनु जरुरि छ | कानुनमा सर्त उपसर्त राखेर ब्याख्या गर्नु पर्दछ|
    आत्महत्या सामान्यतया नैरास्यता जस्ता मानसिक बिमारीको उपज हो तर पनि कतिपटक अपरिपक्व दिमागको कारणले हिरो बन्न पनि आत्महत्या गर्छन त कहिले कसैलाई आत्माग्लानी गराउनको लागि मात्र पनि गर्छन| कहिले आफु असफल भएर गर्छन त कहिले आफुले गल्ति गरेर शरम भएर पनि गर्छन |

    यस्तो अवस्थामा कसलाई दोषी मान्ने ? तर, कसैले दुश्मनीको बदला लिन यस्तो परिस्थितिको फाइदा सजिलै उठाउन सक्छन| अझ झन् कसैले जिन्दगीभर लिन नसकेको बदला मरेर नलेलान भन्न सकिदैन|

    कतिचोटी त धार्मिक तथा राजनीतिक संस्थाका लोभ लालच देखेर पनि आत्मा गरेका छन् | यस्तोमा चाही कानुनीरुपमा जिम्मेवार गराउन सक्छौ |

    मुख्यकुरो, आत्महत्या भएपछी दोषी खोज्नु भन्दा पनि सरकारले आत्महत्या हुनबाट जोगाउन आफ्नो नागरिकहरुलाई सचेत गराउन तर्फ ध्यानदिन पर्यो | अधिकांस आत्महत्या गर्ने व्यक्तिहरुका लक्ष्यन, बानी- व्यहोरा, सोच तथा कुराकानी कस्तो हुन्छ, प्रचार प्रसार गर्न पर्यो| त्यस्तो देखिएमा कहाँ बाट गोप्यरुपमा सहयोग परामर्स लिन सकिन्छ बताउन पर्यो|

    होइन भने चिया गफ जतिगरे पनि त्यहि हो|

    Reply
  4. suzee says:
    November 7, 2014 at 10:49 pm

    आत्महत्या भनेको आबेश मा गरिने एकथरी को अनि arko थरि बर्सौ बर्सौ देखि अन्तर्मन को कुनामा लुकिरहेको निर्णय हो जस्तो लाग्छ ,
    हामी साथीभाई अनि समाज को मानिसहरुले येदि कुनै न कुनै माध्यम बाट पिडित व्यक्ति लै मानसिक रुप मा सहयोग गर्न , कुरा सुनिदिन अनि केहि उत्साह थपिदिन सकेको खण्ड मा सायद कुनै रुपमा सहयोग हुन्थ्यो कि

    बिषेश तय मेडिया मा लागेका मानिसले गरेको आत्महत्या मा ,
    धेरै जसो आत्महत्या गरेका मान्छेहरुले # समाज अनि साथीभाई परिवार लै स्वार्थी , अहंकारी , मानवता नभएको , अनि आफु चाही यिनीहरु भन्दा केहि अलग संबेदनशील , मानिस भएर मानिस लै बुझेको तर अरुले आफुलाई नबुझेको , अनि भिड(जतिसुकै साथीभाई परिवारको साथ किन नहोश ) मा पनि एक्लो माहशुश गर्ने हुदा एस्तो स्वार्थी दुनिया मा स्वार्थी मानसिको जमात मा किन बाच्नु भनेर आत्महत्या गरेको भेटिएको छ #

    Reply
  5. Sushil says:
    November 7, 2014 at 9:01 pm

    अझ कुनै झारे केटाले राम्री केटी / हिरोइन मन परायो | सुन्दरी / हिरोइनले मानेर बिहे गर्ने कि आत्महत्या गर्न बाध्य पार्यो भनेर ५ बर्ष जेल जाने ? ल है केटा हो , मौका आउदै छ |

    Reply
  6. kedar says:
    November 7, 2014 at 6:04 pm

    आत्म हत्याका सबै प्रकृतिहरुलाई छुट्टयाएर
    कस्तो अबस्थालाई आत्म हत्या गर्न प्रत्यक्ष उक्साइयेको हो
    भनेर किटानी का साथ् परिभाषित गरिनु पर्छ र
    कस्तो अबस्थामा को दोषी हुँदैनन् भनेर पनी किटान गरिनु पर्छ
    द्विअर्थी लाग्ने शब्दहरु बिल्कुलै राखिनु हुँदैन
    नत्र साइबर कानुनको दुरुपयोग जस्तै हुनेछ एसको पनी हालत |

    Reply
  7. अनोज शाक्य says:
    November 7, 2014 at 5:54 pm

    मान्छेले किन आत्महत्या गर्छन् ? सबैसँग जवाफ छ । रहरले वा एकपटक मरेर हेर्नु पर्‍यो भनेर कसैले पनि आत्महत्या गर्ला जस्तो लाग्दैन । एउटा लोकप्रिय निर्देशकले आत्महत्या गरेर आफ्नो जिवनको अन्त्य गरेको घटनाले एकदम दुखी भए । देशको स्थितीले गर्दा केही गरौ भने जोश भएका युवाहरु पनि निराश हुनु पर्ने समाज बन्दै गएको महशुस भएको छ । हुन त हाम्रो देशमा बिकास नभएर नै बिकास गर्ने हाम्रो काम छ तर गर्न खोज्ने लाई अबरोध सिर्जना गरिदिने तत्वहरु नेपाली समाजमा छन । आम नागरिक र प्रशासनले शुक्ष्म तरिकाले नेपाली समाजलाई नियम,कानुन मिलाएर ब्यबस्थापन गर्न सकेन भने युवाहरुले अझै गलत निर्णय नगरला भनेर भन्न सकिन्न ।

    Reply
  8. रविन says:
    November 7, 2014 at 3:13 pm

    जीवन संघर्ष, दुख, पिडा, सफलता हासो खुसिको संगम हो. तेसैले जिवनमा कहिले निराश नहुनु. आफ्ना नातागोता साथीभाई संग सन्धी हासो खुसि पिडाको अन्तरक्रिया गर्ने गरौ. जस्तो सुकै दुख पिडा आए या जिवनमा कुनै गल्ति भय पनि संघर्ष गर्नु अन्तरक्रिया गर्नु सबैको राम्रो दिन आउछनै.

    कहिले पनि एकदम एकान्त बास धेरै शान्त हुने बानि नगरौ. यस्तो एकान्त बास र धेरै शान्त मानिसले कति खेर के गर्छ र के सोच्छ भन्ने थाहै हुदैन तेस्तै एकदम कुसल निर्देशक आफ्ना नातागोता असंख्य शुभचिन्तकहरु हुँदा हुँदै पनि यस्तै एकान्त बास र अन्तरक्रिया नगर्ने बानीले आज आलोक नेवाङ्गले आफ्नो मृत्यु रोजे. अनको आत्माले शान्ति पाओस तर कसैले पनि यसरि आफ्नो अमुल्य जीवनलाई नष्ठ नगरौ. जीवन हासी खुसि बाँचौ!!!

    Reply
  9. Shankar says:
    November 7, 2014 at 12:48 pm

    आत्म हत्या गर्नु त् मानसिक रोग भनेको जस्तो लागेको थ्यो ? हँन तेसो भए अधिकारि बुढालाई मर्न बाध्य पार्ने को त् ? के तिनीहरुलाई पनि कारबाही हुन्छ त् नौलो नेपाल मा ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme