Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आफ्नो कुरा उठ्यो कि फिफाले नेपाललाई प्रतिबन्ध लगाउँछ भन्थे, आफै प्रतिबन्धमा परे गणेश थापा

Posted on November 5, 2014November 5, 2014 by Salokya

thapa एन्फा भनेकै गणेश थापा र गणेश थापा भनेकै एन्फा भन्ठानेर रातोदिन उनको चाकडी गर्नेहरु पनि छक्क पर्ने गरी फिफाले चार महिनाका लागि कुनै पनि फुटबलसम्बन्धी राष्ट्रिय/अन्तर्राष्ट्रिय गतिविधिमा सहभागी हुन प्रतिबन्ध लगाएको छ। त्यसो त फिफाको विज्ञप्ति हेर्दा सिधै प्रतिबन्ध भनिएको छैन। तर घुमाएर भन्न खोजेको त्यही हो। विज्ञप्तिमा फिफाको इथिक्स कमिटीको छानबिन चेम्बरलाई थापाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा १२० दिनसम्म फुटबलको फ पनि उच्चारण गर्न नपाउने (प्रशासनिक, खेल वा अन्य कुनै गतिविधि गर्न नपाउने) मा सहमत भएको जानकारी गराएको उल्लेख छ। छेउको फोटोमा एउटा लेखको अंश हेर्नुस्, गणेश थापाले एन्फाको अध्यक्ष पद दुई महिनाका लागि छोड्न लाग्दासमेत छोड्न हुन्न भनी भक्तिभाव गरी लेख छापिएको। फिफाको यस्तो विज्ञप्तिले म‍ंगलबारकै दिन आफ्नो आराध्यदेव गणेश थापाको यो हविगत हुँदा भक्तहरुको कति मन दुख्यो होला!

fifa1
आफूमाथि कारबाही गरिए फिफाले नेपाललाई नै अन्तर्राष्ट्रिय रुपमा प्रतिबन्ध लगाइदिन्छ भनेर भ्रम छर्ने गर्थे आफ्नै दाजु कमल थापाले हाल सभासद् बनाएका गणेश थापाले। त्यही भ्रममा लागेर राष्ट्रिय फुटबल टिमका क्याप्टेन सागर थापा, युवा टिमका क्याप्टेन विमल घर्तिमगर, महिला फुटबल टिमका क्याप्टेन चन्द्रा भण्डारी, राष्ट्रिय फुटबल प्रशिक्षक बालगोपाल महर्जन र फिफा रेफ्री लव खत्रीले संयुक्त हस्ताक्षर गर्दै एन्फा अध्यक्ष गणेश थापा लगायतका पदाधिकारीमाथि कारबाही नगर्न डेलिगेसन धाएका थिए।

हेर्नुस् उनीहरुको पत्र

थापालाई कारबाही गरे नेपालै प्रतिबन्धमा पर्छ भनेर हल्ला गर्दै हिँडेका खेलाडीहरुले पनि अब त कुरा बुझे कि ! दोषी नै भए पनि एन्फा अध्यक्ष नै बनाइराख्नु पर्छ नत्र फिफाले कारबाही गर्छ भनेर सरकारलाई तर्साउन खोज्ने लेख छाप्ने पत्रकारहरुले पनि अब त कुरा बुझे कि !

football

यो सब हुँदाहुँदै पनि थापा अहिले छानबिनको घेरामा मात्र आएका हुन्। उनी दोषी ठहर भइसकेका छैनन्। छानबिनका लागि सहयोग गर्नुपर्नेमा उल्टै चुनौति दिँदै हिँडेका कारण उनी र उनका भक्तहरुले यस्तो दुर्दशा पनि देख्नुपरेको हो।

सांसदहरुको जति आलोचना गरे पनि आखिरमा विधिको शासन भएपछि यस्ता कुकृत्यहरुलाई फन्दामा पार्न सकिने रहेछ। संसदकै सार्वजनिक लेखा समितिको सक्रियताका कारण फुटबलका छोटे राजा गणेश थापा र पर्यटन बोर्डका छोटे राजा सुवास निरौला तह लागे। उनीहरु छानबिनबाट दोषी ठहर होलान् नहोलान्, त्यो अर्कै कुरा हो। तर म नै सबैथोक हुँ, मै सर्वेसर्वा भन्ने भ्रमलाई भने गतिलै झापड दिइएको छ।

छुटाउनु भएको भए पढ्नुहोला लेखासमितिको ठहर यस्तो छ एन्फाको करोडौँ भ्रष्टाचारबारे

10 thoughts on “आफ्नो कुरा उठ्यो कि फिफाले नेपाललाई प्रतिबन्ध लगाउँछ भन्थे, आफै प्रतिबन्धमा परे गणेश थापा”

  1. चन्द says:
    November 7, 2014 at 7:12 am

    गणेश थापालाई निलम्बन गरेर मात्र हुँदैन| कारवाही गरिनपर्छ| करोडौ रुपियाको भ्रष्टचार गर्नेलाई सजाय हुनपर्छ|
    मेरो दाजु रोयल फेमलीको नजिक छ भन्दै बीन हमामबाट लिएको सापटी नेपालीको हितमा छ कि छैन? यस्ता भ्रष्टचारीलाई भ्रष्टचारीको पार्टीमा सभासद बनाउने? हामी नेपालीलाई कसरि उल्लु बनाएका रहेछन दाजु भाईले?

    Reply
  2. ekraj says:
    November 6, 2014 at 6:06 pm

    नेपाल भ्रस्ताचारिको समूह ले चलेको देश हो| यो जसले पनि ठोकेर भन्न सक्तछ| तेशैले, गणेश थापा को करबि नत नेपाल को कानुन न त नेपाल को सरकारले गर्न चाहन्छा\
    केहि गरि अन्तरास्ट्रिय ऐन कानुन अथवा, बाहिरै बाट करबि भयो भने मात्र हो|
    यो त ब्लग पदने र कमेन्ट लेक्ने लाई केहि दिनको मसला मात्र हो|
    सदै जस्तो अर्को काण्डले यो काण्ड लाई ओझेल पार्छ|’ नेपालमा यस्ता काण्ड हरुको निरन्तरता चालिने रहनछ|

    Reply
  3. केसी says:
    November 6, 2014 at 10:10 am

    नेपालमा राजतन्त्र र एन्फामा गणेश थापा भनेका उस्तै उस्तै हुन्/ बर्षौ सम्म राज गरेपनि उपलब्धि केहिपनि दिन सकेनन/ तरपनि एकथरी लाई के लग्छभने राजा नभए देशनै रहदैन/ देशको सिमाना कोरिएको दिनदेखि सत्ता र शक्तिकोलागी आफ्नै आफ्नाबीच काटमार गरेपनि राजा जहिलेपनि राष्ट्रिय एकताको प्रतिक रे/
    गणेश थापा छ र त नेपालमा फुटबल छ भन्ने सोचाई राख्ने मान्छे नि छन्/ गणेश थापा जत्तिको फन्ड ल्याउन सक्ने कोइ छैन भन्ने सोच्ने मान्छे नि छन्/ तर त्यो फन्ड कसको खातामा गइरारैछ बल्ल खुल्दैछ/

    Reply
  4. Diwakar Maharjan says:
    November 6, 2014 at 5:05 am

    I am so glad to know that finally days are coming for corruptors. It is time for the Nepal Taekwondo. It is very important to catch some one who is corrupting and playing public government money since over 25 years. We are looking for the best.

    Reply
  5. Sky says:
    November 6, 2014 at 4:15 am

    बुढापाकाले भन्ने गर्थे: “पाप धुरीबाट कराउछ”

    Reply
  6. Mk says:
    November 6, 2014 at 12:39 am

    निज “थापा काजी“ ले २० वर्ष सम्म एकछत्र “चिची र पापा“ खाएको प्रमाणित भए अन्य थापकाजी हरु लाई पनि कावाही गर्ने वाटो खुल्थ्यियो कि

    Reply
  7. Sisir says:
    November 5, 2014 at 6:09 pm

    येदि यो छानबिन निस्पक्ष्य भयो भने १००% भ्रस्टचारी ठहरिने छन् … हामी धेरै नेपालीले भ्रस्टाचार भनेको आर्थिक मात्र भनेर बुझ्छु जुन पूर्ण होइन … यी छोटे थापा त नीतिगत भ्रस्टाचार मै पनि माहिर देखिए … खेलाडी , रेफ्री , पत्रुकार कसैलाई प्रयोग गर्न बाकी राखेनन् … जो मन पर्छ तिनलाई गाडी , घर बाडे … हुदा हुदा संघ को पैसा आफ्नो निजि खातामा , संघको फ्याक्स आफ्नो घरमा , बिना अजेण्डाको मिटिंग, खाली कागजमा माइनुतिङ्ग बिना हस्ताछेर .. बिदेशी मुद्राको अपचलन … लेख परिक्षणमा पुरै गोलमाल … लाभ र कमैहुने जागिर आफ्नो छोरो लै … यिनका तिकडम त कति कति … यिनी माथि नेपालको धेरै कानुन आकर्सित हुन सक्छ … उदेक लागेको कुरा त कप्तान सगर थापा यिनको पक्ष्य मा नाङ्गो उफ्रेको देख्दा पो भयो .. हुन सक्छ थापा ले दिएको फ्ल्याट को करामत होला … झन् नागरिक र कान्तिपुरका खेल पत्रुकार त थापाका हनुमान नै रहेछन .. अनि कहाँ हुनु खेलको बिकाश … लाज पचाएर यिनी हरु लै भंचन हाम्रो खेल को इस्टर धेरै राम्रो हो रे तर नतिजा मात्र हाम्रो पक्ष्यमा नआएको रे …२० वर्ष अघि १२४ rank भाको टिम १७० मा झरी सको कति किटे कुरा गर्न सकेका होलान …

    Reply
  8. Pushpa says:
    November 5, 2014 at 3:43 pm

    टिभी मा हेर्न पाउने कि न पाउने? यो डाका लाइ 120 दिन सम्म टिभीमा नि फुटबल हेर्न दिनु हुन्न |

    Reply
  9. उपासक उदास says:
    November 5, 2014 at 2:36 pm

    पुरानो उखान नयाँ सन्दर्भ –
    [किन रोइस मंगले , आफ्नै ढंगले !]
    किन जन्गिस गणेशे, आफ्नै दोषले !!
    यिनको दाजुले यिनलाई यही मौकामा सांसद बनाएको कारण पनि भाइको दुर्गन्ध छोप-छाप पर्ने उद्देश्यले नै हो भन्ने कुरो अब छर्लंग भो…गणेशको दोष सानो भए कमलले छोप्न पनि सक्थे होला…तर यो ‘शिवपुत्र’लाइ पशुपतिनाथले पनि देख्या नदेखेई गर्नु पर्यो , विचरा !!

    Reply
  10. Pritam Thapa says:
    November 5, 2014 at 12:16 pm

    The best is yet to come.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme