Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

के नेपाल हिन्दु राष्ट्र हुदा इसाइकरण रोकिन्छ?

Posted on November 6, 2014 by mysansar

-सुमन बराल-

आज देशमा प्रमाणित भ्रष्टचारी र दमनकारीहरु आफुलाई फेरि राजनितीमा स्थापित गर्न धर्मको आडमा सलबलाएका छन् । यो देशमा सनातन धर्म भन्दै, धर्म निरपेक्षता भयो भने सम्र्पुण हिन्दु हरुको अहित हुन्छ भन्नेहरुले नेपाल हिन्दु राष्ट् हुदा इसाइकरण रोक्न सक्छन? पश्चिमिहरु नियोजित रुपमै नेपालमा इसाईकरण गर्न प्रयासरत छन । कोरिया, सुडान लगायतका देशमा सफल साबित मन्त्र नेपालमा पनि प्रयोग गर्न खोजिदैछ । जनतालाई धर्मका आधारमा बिभाजित गरि, अस्थिर नेपाल बनाउने गुरु योजना सफल बनाउन प्रयासरत छन् । नेपालमा आआफ्नो स्वार्थ अनुरुप नेपालीलाई जात, धर्म इत्यादिमा बिभाजन गर्न देशी बिदेशी तत्वहरु सलबलाएका छन् । उनीहरु धर्मनिरपेक्षताको नाममा धर्म परिबर्तन गर्ने गराउने ब्यपार गर्दै आएका छन् । धर्म निरपेक्ष अथवा सापेक्ष राष्ट् जे भए पनि मानिस आफ्नो स्व बिबेकले जुनसुकै धर्म मान्न पाउने छुट दिदै, धर्म परिबर्तन गराउने पेसेबर हरुलाई नरोकिए ठुलो दुर्घटना हुने देखिन्छ । डलरको लोभमा केहि नेपाली राजनितिज्ञ, अधिकारकर्मि, र बुद्दिजिवि भनौदाहरु नेपाललाई अस्थिर बनाउन न्वारन देखिको बल लगाएका छन् , जातिय र धार्मिक युद्दको बिउ रोप्न प्रयासरत छन् ।

प्रमाणीत भ्रष्टचारीलेहरुले आफुलाई धर्मको ठेकेदार ठान्ने ? के यिनीहरु आफु धर्म अनुसार हिड्छन् ?यीनिहरुलाई धर्मको नाममा राजनिती गर्दा काउकुति लाग्नु पर्ने हैन? भ्रष्टचारको मुद्दामा मुछिएका बिबादित ब्यक्ति भन्दा आफ्नो पार्टिमा अरु योग्य नदेख्नेहरुले नैतिकता र शिष्टाचारको कुरा गर्दा सुहाउछ? किन कतिपय क्षेत्र र समुदायका मनिसले सामुहिक रुपमै धर्म परिबर्तन गरे? किन पिछडिएका, गरिब र दलित भनिएकाहरु धेरै आकर्षित भए अन्य धर्म प्रति? धर्मको ठेकेदार ठान्नेहरुले न यसको अध्यन गरे न त गर्ननै चाहन्छन् । उनिहरुलाई त्यो चासोको बिषयनै हैन, केवल आफ्नो राजनैतिक स्वार्थ पुर्तिमा तल्लिन छन उनिहरु ।

जनता आस्तिक भएर कुनै धर्मसंग नजिक हुने अथवा नास्तिक हुने त्यो उसको जन्मसिद्द अधिकार हो । तर अरु धर्मको सम्मान सबैले गर्नै पर्छ । बिरोध को नाममा बिरोध गर्न भने पाइदैन । आफ्नो अधिकार उपयोग गर्दा अरुको अधिकार को पनि ख्याल गर्नु पर्छ ।

पशुपति मन्दिर लगायतका देशभरका ठुलासाना मठ मन्दिरहरुमा भक्तजनहरु लखौँ दान गर्छन तर मन्दिर अघि बृद्द एबं बालबालिकाहरु भने भोकानाग्गै माग्न बिबस छन । जसले मन्दिरको पुजा गर्छ, उसले पुजारिको पनि ख्याल राख्नु पर्दछ । तर जब पुजारि लाखौँ बराबरको तलब एबं सुबिधा भक्ता पाउछ र बृद्द एबं बालबालिकाहरु मन्दिर परिसरमै कस्टकर जिवन बिताउन बाध्य छन, तब त्यो धर्म हुनै सक्दैन, त्यो आडम्बर हो, एउटा ठगि खाने सहज उपाय हो । खै ति मन्दिर अघि भगवानकै सरणमा रोइकराइ गर्नेहरु प्रति ठेकेदारहरुको आखाँ गएको?

धर्मका आधरमा जनतालाई बिभाजित पार्दा देश कसरि टुक्रन्छ भन्ने कुरा भारत र पाकिस्तान, उत्तर र दक्षिण कोरिया लगायतका देश हेरे पुग्छ । नेपालमा जुन हिसाबले इसाइकरण गराइदै छ, त्यसमा यसु मान्ने या नमान्ने भन्ने भन्दा पनि गम्भिर षड्यन्त्र लुकेको छ । यो कुरा रोक्न सक्ने आँट को सगँ छ? पृथ्बी नारायण शाहलेझै इसाइहरुलाई देश निकला गर्न सक्नै हैसियतमा छन उनिहरु? अनि हिन्दु राष्ट् हुदैमा रोकिन्छ इसाइकरण? कदापि रोकिदैन । अन्तराष्टिय सन्धि अनुसार आफ्नो इच्छाले जुनसुकै धर्म मान्न पाउँछ र धर्म परिबर्तन गर्ने छुट छ । । यसको प्रभाब बाट बिकसित मानिने युरोप अमेरिका पनि अछुतो छैनन । कतै योग र ध्यान प्रतिको बढ्र्दो आकर्षणले हिन्दु हुदैछन भने कतै इस्लाम धर्ममा परिबर्तित हुदैछन । मानिसहरुको अध्यन अनुसन्धान पश्चात मार्गदर्शन र सन्तुस्टि खोज्दै अन्य धर्म प्रति आकर्षण बढेको पाइन्छ । तर नेपालको सन्दर्भमा भने आफ्नो बिबेकले भन्दा पनि प्रलोभनमा परि अथवा अनाआवश्वक बोझबाट मुक्ति पाउन धर्म परिबर्तन गर्ने गरेको संख्या ठुलो पाइन्छ ।

मुख्य कुरा हिन्दु धर्मसंग जोडिएका दाइजो प्रथा, बाल बिबाह, छाउपडि प्रथा लगायतका कुसंस्कार र कुरितिहरुको अन्त्य नभएसम्म धर्मको नाममा अनेक खेल भइरहनेछ । यो नरोकिए सम्म धर्म परिबर्तन रोकिएला ? कति आनन्द गरिबलाई क्रिस्चियन भइदियो न दाइजो को चिन्ता न कुनै चाडबाड मा हुने खर्चको,न महिनाबारी बार्नु पर्ने न त जातभात भनेर सानो ठुलो हुइुने ।

स्मरण गर्नै पर्ने कुरा मुस्लिम अनि इसाइहरुमा जातिप्रथा नहुने भनिए पनि ब्यवहारमा बिभेद प्रस्ट सगं देखिन्छ । गरिब धनि बिचको खाडलनै यसको मुख्य कारण हो । मुस्लिम र इसाइहरुमा पनि गरिबहरुलाई अछुत सरह ब्यवहार गरिन्छ । यस बाट प्रस्ट हुन्छ गरिबि र अभाबको अन्त्य गर्नुनै जातिप्रथा र भेदभाब लगायतका कुरीति अनि बिसंगतिको अन्त्य गर्ने एकमात्र उपाय हो । हिन्दुबाट तिब्ररुपमा इसाइकरण रोक्नको लागि अन्तरजातिय बिबाह गर्दा मारिने क्रम रोकिनु पर्दछ, हिन्दु भएर पनि अछुत भनि मन्दिर प्रबेस निसेध हुन बाट रोक्नु पर्दछ, दाइजो प्रथा, जमिनदारि प्रथा, बोक्सि प्रथा, बाल बिबाह लगायतका कुरिति र बिसंगतिको अन्त्य हुनुपर्दछ ।

केहि मुस्लिम र इसाइहरुलाई उचालिदैछ ,तिमिहरुले हिन्दु राष्ट् हुदानै सुबिधा र अनुदान पाउथ्यौ भनेर भ्रमित पार्ने काम हुदैछ । राज्यले सबै धर्म, क्षेत्र, समुदायलाई समान रुपले हेर्नु पर्दछ । हिन्दु धर्मावलम्बिहरुलाई दसै तिहारमा बिशेष सुबिधा राज्यले प्रदान गर्छ भने मुस्लिम, इसाइ, किराँत लगायतका सबै धर्मलाइ पनि सहयोग गर्नु पर्दछ । इन्द्जात्रा, घोडेजात्रामा राज्यले सहयोग गर्छ भने लोसार, इद, उभौलि उधौलि, माघि, छठ पर्ब, क्रिस्टमस लगायतका सबैलाई राज्यले सहयोग गनुपर्दछ । यो संभब छ? राज्यmले अर्थिक रुपमा धान्न सक्छ? संभब छ भने राज्य धर्म सापेक्ष भए पनि निरपेक्ष भए पनि फरक पर्दैन । तर राज्यले कुनै धर्म, क्षेत्र, जातिलाई काखा र अरुलाई पाखा गर्न मिल्दैन ।

आफुलाई धर्मका ठेकेदार ठान्नेहरु भन्दै छन यति देश इसाइ सापेक्ष र यति देश इस्लाम सापेक्ष छन अनि नेपाल हिन्दु सापेक्ष किन हुन सक्दैन । सर्बसक्तिसालि देश अमेरिका पनि इसाइ सापेक्ष हो भन्दैछज । यी कुरा सुन्दा राम्रो लाग्छ । चित्त बुज्छ । तर संबिधानले नरोके पनि आज सम्म गयर इसाइ अमेरिकाको राष्ट्प्रमुख बन्न सकेको छैनन । कतिपय धार्मिक आस्था सगं जोडिएका भारतियहरु आफुलाइ हिन्दु धर्मको संरक्षक ठान्छन र नेपालमा अस्सि प्रतिसत भन्दा धेरै हिन्दु भएकाले हिन्दु राज्य हुनु पर्ने तर्क राख्छन । भारत आफैमा सबै भन्दा धेरै हिन्दु बसोबास गर्ने देश हो जहाँ अस्सि प्रतिसत भन्दा धेरै हिन्दु छन । तर भारतलाई किन हिन्दु राष्ट् घोषडा गर्दैनन, गर्न सक्दैनन अथवा गर्न दबाब दिदैनन? कारण स्पस्ट छ । कोहि धर्मको नाममा फेरि स्थापित हुने दाउमा छन त कोहि जसरी हुन्छ नेपाली जनतालाई धर्म र जातमा बिभाजित गरेर नेपालमा अस्थिरता कायम राख्न चाहन्छन । कतिपय अरब राष्ट्मा अल्ला अथवा मुस्लिम धर्मको अलिकति पनि बिरोध गरे सिधै फासि दिन्छन । कतिपय पस्चिमि राष्टहरु्मा हिन्दु धर्म सगं संबन्धित योगा, ध्यान र ग्रन्थहरुलाई कडाइ गरिएको छ । के नेपालका दलालहरुले त्यो हैसियत राख्छन? पस्चिमिहरुले अरर्बौ खर्च गरेर गर्ने इसाइकरण केवल आस्था सगं संबन्धित छैन । यसले गम्भिर र दुरगामि असर पुग्नसक्छ देशलाई । त्यसैले सबै सजग हुदै धर्म परिबर्तन किन गरे, गर्दैछन भन्ने कुराको अध्ययन अनुसन्धान गरि तुरुन्त सामाधान तर्फ लाग्नु पर्दछ ।

स्वयम बेद ब्यास एक माझि पुत्र हुन, दैनचार्य क्षेत्रि भएर पनि शिक्षा दिक्षामा संलग्न थिए, बिश्वमित्र जन्मले क्षेत्रि तर कर्मले ब्राह्मण हुन । हिराण्डयकस्यप पुत्र प्रलाद जन्मले दानब तर कर्मले मानब थिए । ब्रामन भएर पनि कर्मले परसुराम क्षेत्रि थिए । तर बर्तमान अत्यन्त डरलाग्दो छ । हाम्रो समाज कहाँ चुक्यो त? कहिले बाट जन्मको आधरमा जातभात र भेदभाब सुरु गरियो? महिलाको पुजा गर्ने अनि जहा महिलाको पुजा गरिन्छ त्यहा देउताको बास हुन्छ भन्ने समाजले महिलालाई किन बोक्सि बनायो? किन अछुत बनायो? धर्मका ठेकेदार ठान्नेहरुको घरमा दुइचार वटा कुकुर पालेका हुन्छन तर भोकानागां सडक बालबालिका किन पाल्न सक्दैनन? समाजमा कति यस्ता छन जो दिनभरि धर्मको कुरा गर्छन, पहेलो बस्त्र अनि चन्दन पनि लगाउछन तर साँझमा भने बिदेसि रक्सि खान्छन । मठ मन्दिरमा गइ फोटो सेसन गर्छन । धर्म, देशभक्त, संस्कार र संस्कृतिको कुरा गर्न उनिहरुलाई कसैले जित्दैन तर तिनै मातेर मुन्नि बदनाम हुयिमा नाच्छन । यही हो धर्म? यसरिनै हुन्छ धर्म र परम्पराको संरक्षण?
नेपाल धर्म निरपेक्ष होस या धार्मिक स्वतन्त्रता सहितको हिन्दु राष्ट् कुनै पनि मानिसले आफ्नो स्वबिबेकले जुनसुकै धर्म मान्न पाउनुपर्दछ तर प्रलोभन अथवा त्रासमा पारेर धर्म परिबर्तन गर्ने ब्यापार भने तुरुन्त बन्द गरियोस । राज्यले कुनै एक धर्मको मात्रै संरक्षण नगरि सबैलाई आस्था अनुसार कृयाकलाप गर्न छुट दिइयोस । कुनै धर्म अथवा जातिको इतिहास मेटाउन उनिहरुको ग्रन्थ, अभिलेख, दस्ताबेजहरु नजलाइयोस । मानिसले मानिस सरहकै दर्जामा बाच्न पाउनका निम्ति कुनै पनि धर्म, परम्परा समय अनुकुल बदलिइयोस ।

19 thoughts on “के नेपाल हिन्दु राष्ट्र हुदा इसाइकरण रोकिन्छ?”

  1. ami says:
    November 10, 2014 at 3:53 am

    म गुरुङ हो र म बुध धर्म+हिन्दु धर्म दुवै मान्छु र म सबै धर्म लाई
    respect गर्छु..मैले बुझेको कुरा तिमि ब्रामण हरु नै हो नेपाल लाई बनउने,नबनाउने,९० % नेताहरु तिमीहरु नै,९० % कर्मचरी हरु पनि तिमि हरु नै,नेपाल लाई धर्म निर्पेछेया बनाउने पनि तिमि ( ब्रामण
    ) हरु नै हो र अब हिन्दु देश बनाउने वाला पनि तिमि ब्रामण हरु नै हो .होइन र ??.नेपाल लाई सेपल बनाउने पनि तिमि हरु नै,नेपाल लाई जापान बनाउने पनि तिमि हरु नै.र राजनितिक गर्दा पनि तिमीहरु आज पन्चे,भोलि काँग्रेस,पर्सि एमाले,निकोपरसी ए माओबादी,कनोपरसी माओबादी हुनेहरु पनि तिमि हरु नै हो,होइन र ?? तिमि हरु ले छेपारो ले छाला ( colour फेरे जस्तै बानी फेर्छा त …कहाँ नेपाल बनछ र ?? im sorry है
    सबै ब्रामण हरु त माथि लेखे जस्तो छैनन् तर मजरोटी म …..

    ,

    Reply
    1. Shankar says:
      November 10, 2014 at 11:09 am

      गुरुङ जी
      अनि बाहुन ले नया नेपाल बनाउछ भन्नु चै बिरालोले पनिर् पकाउछ भनेर थाल हातमा लिएर कुरी बस्नु हो | माउ को जस्तो कपाल स्ट्याल गरेर माउबादी भनेर प्रचण्ड लाइ धेरैले पत्याये , सधै बोड फास ( के के मा हो , खुलेको छैन ) बाबुराम ले मोहनी लाउछ , इन्डिया मा कुनैबेला आडवानी ले राम ले जस्तो धनु बाण भिरेर चुनाब पनि जितेको थ्यो |
      हुदा हुदा मदिसेलाई एक मदेस ,प्रदेस दिन समेत बाहुन नै पुगेको छ ( प्रचण्ड )| ल हेर्नुस नेपाल मा बाहुन डान्स | संघियता उछ्लाने , धर्म निर्पेक्ष्यता उछाल्ने , फेरी बिरोध गर्ने सब उनै|

      Reply
  2. ekraj says:
    November 9, 2014 at 11:42 am

    ए एउटा स्प्रथ हामीले थाहा पाएको र भोगेको कुरा कमेन्ट मा लेख्न छुटेछा
    त्यो के भने हाम्रा समाजका, प्रचण्ड, खुम बहादुर, कमल थापा, र के पी ओली र गच्छेदार जस्ता हरु समाज र सर्ब सदरणको रगत चुसेर मोटाएका किरा हुन्|
    इनिहरु आफ्नो फोहोरी खेलले रगत चुसी राख्ने मौकाको पछि न्यारंको बल निकालेर रागी राखेका हुन्छन|
    यो खेल को सिकार बन्ने नबन्ने र हाम्रो आफनी दिमाग लाई राम्रो संग काम गर्नु दिनु पर्दछ नकि आफ्नो बुद्दि भुट्न मौका दिएर|

    Reply
  3. ekraj says:
    November 9, 2014 at 11:25 am

    अरु देश सम्बंदी तथ्य जे भए पनि, नेपाल का सम्बन्धमा लेखक को धारणा मा सहमत छु|
    नेपालका ढोंगी, भ्रस्ट र अझ साँचै भन्नु पर्दा घोर अपराधी हरुले धर्म नाममा गर्न लागेको राजनीति कसैले बुज्दैना भने तिनको दिमागको मर्मत गर्न कसैले सक्दैन| किनकि इनको पनि देहि धर्मको आड मा बबण्डर गर्ने मौकाका ताक मा छन्|
    आजका युग मा पनि एदी अद्ययन ज्ञान, आस्था र स्रधा र बिस्वाश को भरमा कसैले धर्म परिबर्तन गर्दछ रोक्न सकिदैन भन्ने कुरा सबैलाई थाहा छ| मुल कुरा किन हिन्दुहरु धर्म फेर्दैछां भन्ने कुरा खुमे र कमल थापा जस्ताले बुज्नु पर्ने हो र समाज मा समय अनुसार के ले आफ्नो संस्कार र धर्ममा सर्ब साधारण को आस्था बद्दछा तेस्ता नीति र सरकारले समाजको लागि के सहयोग पुर्याउने कम गर्ने अलि स्प्रस्था हुनु पर्ने हो| नकि धर्मको नाममा पप्रदायिक र मद्दकलिन जातीय घृणा र दोन्द फैलाएर| आजको युग मा यस्ता कुरा अपराधिक तत्त हुन् भनेर इनले आफै जान्ने कि अरुले इनिहरुलाई अझै सिकाउनु पर्ने हो|
    मा हिन्दु हु मलाई कसिएले हुँदा बन्न सिकाएको होइन|
    देश का ससक हरुरा दलाल हरुको साथ् गांठ र बिदेशी पैसाको खेल हो नेपाल इसाई कारण मुख्यत| आज धार्मिक सम्प्रदैक खेल ले मौका पायो भने त अझ बिधम्शाको यात्राले हामीलाई कहाँ पुर्याउने हो होस् गर्ने पर्ने हुन्छा|

    Reply
  4. simit gauchan says:
    November 8, 2014 at 3:29 am

    मुर्ख साथीहरु यति पनि थाहा छैन राजा फर्काउने नीति हो भनेर , यी हिजो राजा भारत गए अब केहि त हुन्छ नि ,, मोदी को माइन्ड … कमल र खुम को साइन ,
    जय हो नेपाल माता को
    कहिले पनि सुख पाइनन
    कुल्ची रहे पापी हरुले निरन्तर निरन्तर

    Reply
  5. Mk says:
    November 8, 2014 at 12:38 am

    नेपालको विडम्वना कि ‘जो चोर , उसैको ठुलो स्वोर’ भै रहहेको छ / जो भ्रस्टचारी प्रमणित भै सकेका छन् उनीहरु नै अरु लाई ‘धर्म’- ‘आचरण ‘ को निर्लज्ज दुहाई दिदै छन् /

    Reply
  6. Avinash Pandey says:
    November 7, 2014 at 3:35 pm

    येदि कुरा साचिकै पत्याउने हो भने, साचो कुरो एस्तो रहेछ – पश्चिमा देश हरु तिर Isai हरु घटी रहेका छन् रे, एक त बाइबल ले बिज्ञान संग कति पनि मेल खादैन, र अर्को तिर मुसलमान हरु बादी रहेका छन् रे बेलायत र Germany तिर पनि|

    त्यहि वयेरा विभिन्न नगो को बाटो भएर “३RD-WORLD” गरिब मुलुकहरु मा करादु रुप्यिया खर्च गरेर व्यापक रुप मा इसाई प्रचार भै रहेको छ|

    र नेपाल र भारत मा इसाई फ़ैल्यौन “CASTE-SYSTEM” को “उपचार” को नाममा हाम्रो धर्म र संस्कृति सखाप पार्ने सड्यन्त्र भै रहेको छ |

    (स्व:) राजिव दिक्षित (भारतीय activist) क अनुसार भारत मा बर्सिक 18,००० करोड रुपिया खर्च गर्छन दुनिया भरिका चर्च हरु (specially Vatican) ले|

    नेपाल मा खर्च रिने पैसा पनि कम chaian, यो SECULARISM ले नेपाल को संस्कृति र धर्म लै आक्रमण गरि रहेको छ

    जय नेपाल

    Reply
  7. डिल्ली says:
    November 7, 2014 at 12:02 pm

    लेखकको कुरा फेद न टुप्पोको नेताको भाषण जस्तो भयो । बिरोधाभाष पूर्ण छ । उत्तर र दक्षिण कोरिया कम्युनिष्ट र गैह्रकम्युनिष्ट बीचको द्वन्द भएर फुटेको हो धर्मले हैन । एउटा कम्युनिष्ट चीन र अर्को प्रजातन्त्रबादी अमेरिकी ध्रुवमा लागेर युद्ध गरेका हुन् र फुटेका हुन् । नेपाल हिन्दू राष्ट्र घोषणा गरेर पनि इसाइ करण रोकिने वाला छैन किन कि साना ठूला सबै द्रव्य मोहमा आफूलाई बेचिरहेका छौँ । अर्काले हावा भरेको बेलुन बनेर धर्मान्ध आकासमा उडिरहेका छौँ । डलरको मोहमा आफूलाई बेच्ने हुल क्रष्चियन बनिरहेका छौँ । एकले अर्कालाई धार्मिक शत्रु देख्न थालेका छौँ यी पनि सबै द्रव्य मोहमा ।

    नेपालमा पश्चिमहरूले इसाइ र तिवेतियन बुद्धिष्टहरूलाई किन प्राथमिकता साथ लिएका छन् र त्यसलाई सहयोग गरिरहेका छन् त ? धर्म प्रचारका नाममा पश्चिमाहरू पादरीको कथित छाला ओडेर जासुस गरिरहेका छन् भने कतिपय काठमाण्डौ उपत्यकाका दुर्गम डाँडा डाँडामा बङ्कर युक्त तिवेतियन गुम्बा बनाइरहेका छन् । तालिम पनि चलिरहेका छन् । ती गुम्बाहरूमा गेरु वस्त्र ओढेर खैरा छाला नै गुरु बनेर झुल्कि रहेका छन् ।

    शरणार्थीहरूको हैसियत हुने भए भुटानी शरणार्थीले पनि झापा र मोरङका उनीहरूका शिविरहरूमा बडेमानका मन्दिर बनाउन सक्ने थिए होलान् तर किन तिवेतियनले मात्र बनाउन सकिरहेका छन् बढेमानका गुम्बा ? सुदुर उत्तरका तिवेतियन गुम्बाहरू नेपाली बौद्ध गुम्बा भन्दा ठूला र सम्पन्न छन् आखिर किन ? किन खैरा गुरुहरू तिवेतियन गुम्बा नै धाउँछन् नेपाली गुम्बा छोडेर ?

    नेपालका तराई र पश्चिम नेपालका पहाडमा जत्तिको जातिय उत्पिडन अन्यत्र कमै होला । तराईका डोम, चमार जस्ता अछुत भनिएका जातिहरू तिर किन केन्द्रीत छैन क्रष्चियन ? किन क्रश्चियनका दृष्टी त्यता भन्दा सामरिक दृष्टीले महत्वपूर्ण रहेका उत्तरी नाका केन्द्रीत छ । उनीहरूलाई थाहा छ हिन्दू र वुद्धिष्टलाई धर्म परिवर्तन गराउन कठीन छ । हिन्दू शास्त्र जत्तिको ज्ञान उनीहरूको मूल शास्त्रमा छैन तर पनि सानो रुपबाट नै सही नेपालको धर्म निरपेक्षको प्वाल छिरेर तिव्वत चीनबाट चर्काउनु छ चीनलाई थर्काउनु छ । नेपालमा उनीहरू ट्रान्जिट उपयोग गरिरहेका छन् ता कि धर्म प्रचारको नाममा जसासुसी गर्न सबै तिर जान सकियोस् । हिन्दू शास्त्र सापटी लिएर हिन्दू माथी प्रहार गरिरहेका क्रिष्चियनहरूको मूल उदेश्य चीन टुक्र्याउनु हो । हिन्दूहरूमाथी प्रहार गरी उत्तर तिर सहज पहुँच स्थापित गर्न धर्म निरपेक्ष रचिएको हो । आखिर यो सबै नेपालमा कम्युनिष्ट बिरोधिहरूले कम्युनिष्ट प्रयोग गरेर नै हासिल गरिरहेका छन् । जौडे कम्युनिष्ट नै माहिर बनेर यस अभियानमा अघि सरेको छ ।

    धेरै अफ्रिकी देशका नागरिकहरू क्रिश्चियन भैसकेका छन् तर त्यहाँ गरिवी र द्वन्द घटेको छैन बरु बढेको छ । कम्युनिष्टहरूको बाहुल्यता रहेका देशहरूमा पश्चिमाहरू सके युद्ध नसके क्रिश्चियन पादरी बनेर छिरेका छन् ती कम्युनिष्ट गढ भत्काउन र आफ्नो विस्तारित नीति लाद्न र सहज व्यापार गर्न । नेपाल क्रष्चियन नामको सामरीक केन्द्र बनिरहेको छ ।

    Reply
  8. pops says:
    November 7, 2014 at 8:16 am

    नेपाल हिन्दु राष्ट्र हुदा इसाइकरण रोकिने होइन संस्कृति र संस्कार जोगाउने ho. खुम बहादुर, कमल थापा नेत्रितो गरेर स्पेस खोजे को होइन , त्यो तिम्रो काम होइन, तेस्को निर्णय जनताले भोलि गर्ने cha. कोही नेता आगि नासर्दा उनीहरु अघि सर्नु सोभाबिक ho. स्पेस पाए का नेताहरु संस्कृति र संस्कार लै धराप मा राखी कुर्शी बचाउन तिर lage. धर्म कम्जोर पार्नु बनेको अन्तत राष्ट्र कम्जोर बनाउनु. धर्म नहुनु भने को आफ्नो देश गुम्नु बराबरको ho. संसारका जति पने धर्म निरपेक्षता देश हरू chan, Nepal भन्दा धरै सक्छ्याम chaan, तर क्रिस्चियन मुखी छन्. उनि हरु पैसा ले उल्तिदैन, तर नेपाली हरु को भर chaina.,

    Reply
  9. Deepak G C, Baglung says:
    November 6, 2014 at 10:35 pm

    धर्म भनेको मुर्ति पुजा मात्र होइन, यो त नैतिकता र स्वच्छता पनि हो भनेर कमल थापा र खुम बहादुरलाइ कसले सम्झाइदिने ?

    Reply
  10. deepes panta says:
    November 6, 2014 at 7:00 pm

    धर्म पनि बिचार सिद्धान्त हरु जस्तै एउटा बस्तु हो। हरेकका राम्रा नराम्रा पक्ष हरु छन। र यस्को बजार पनि बिस्तारित छ। अहिलेको पुजीबादी अर्थ ब्यबस्थामा कसैले आफ्नो बस्तु बेच्न र उपभोक्ताले खरिद गर्न सक्छन। स्वस्थ प्रतिस्प्रधा भने आवश्यक छ। उस्तै उस्तै बिशेषता भएका बस्तु हरु को बिक्री बितरणमा राज्य ले बिभेद गर्न हुँदैन यदी पुजीबादी अर्थतन्त्र लाई प्रयोग गरिएको छ भने। पुजीबादी अर्थतन्त्रमा सबै बिक्रेता हरुले बिज्ञापन द्वारा प्रतिस्प्रधा गर्ने भनेको सामान्य प्रकृया हो। उपभोक्तालाई जुन बस्तु बाट अधिकतम सन्तुष्टी हुन्छ त्यो उस्ले अपनाउछ। यस्मा कुन बस्तुलाई प्रथमिकता दिने या नदिने भन्दा पनि बजारमा स्वस्थ प्रतिस्प्रधाको प्रत्याभुती दिने काम सरकारी तन्त्रको रहोस। जस्लाई जुन बस्तुको उपभोग बाट अधिकतम सन्तुष्टी प्राप्त गर्छ या उपभोग नगरिकन कसैले अधिकतम सन्तुष्टी प्राप्त गर्छ भने उस्ले उपभोग नगर्न पनि पाउनु पर्छ। त्यसैले क्रिस्टियन हरुले बलियो बस्तु बजारमा ल्याये भने तपाईं हरु पनि त्यस्तै स्वस्थ बजारात्मक प्रतिस्प्रधा गर्नु होस्। उपभोक्ता हरु जुन बस्तु रुचाउछन त्यही बस्तु को खरिद गर्छन या उपयोग गर्छन्।

    Reply
  11. Shankar says:
    November 6, 2014 at 5:52 pm

    हिन्दु धर्मालम्बी हरु एक भएर यो सब मामिलामा अगि बढ्नु आवस्यकता हो | नत्र पुछार हरुले हात्ती हल्लाउन थालिसक्यो |
    आज बामे ले माफी माग्यो , भोलि प्रचंडे ले माफी माग्छ |प्रचण्ड हरु धमिलो पानीमा माछा मार्न गएको हो | मधेस एक प्रदेश , इसाई पट्टि प्रचण्ड बाहुन को के नातो ?
    आफु भैसी पुजा गर्ने अरुलाई जथाभाबी उपदेश दिने |
    उनीहरु नै कोइ आउँन अनि त्यो आवाज जायज हुन्छ | सुटुक्क डलर लिएर उनीहरुको कुरा राख्ने भोलि एता तिर शक्तिसाली देखिए , ये म पनि त् हिन्दु नै हो नि , म कहा चान्थे र तेसो , बा मैले भनेकै छैन झुट्टा प्रसार गरे , वा बामदेब ले जस्तो मैले सब्द फिर्ता लिए , मैले माफी मागे भने भै हाल्यो |
    वास्तब मा प्रचण्ड हरु नै चाहन्छन देश मा बिग्रह गर्न किनभने स्थति साम्य भए , निया निसाफ मा देश चले उनले मचाएका उत्पात , भ्रस्टाचार , हत्या को हिसाब जनताले माग्छन | तेसैले हेर्नु प्रचंडे को एजेन्डा सधै अजिब अजिब को हुन्छ , गजब को मान्छे हरु सग हात मिलाउन जान्छन उनि |

    Reply
  12. shreya nepali says:
    November 6, 2014 at 4:39 pm

    यी लेखकले दानब (या दैत्य) भनेको मानब भन्दा छुट्टै ८-१० ओटा हात हुने, अजंगको प्राणी भन्ने बुझेको जस्तो छ. तेसो होइन मित्र सुर र असुर हरु दुवै मानब थिए. उत्तर भारत (नेपाल समेत) का सुर जातिका मानब हरु र दछिन भारतका असुर जातिका मानबको कथा हो. यी कथा ग्रन्थहरु उत्तर भारतका सुर हरुले लेखेको भएर दछिनका असुरलाई कुरुप (धेरै हात खुट्टा, टाउको), अजंगको सरिर भनेर बरडन गरेका हुन् भनेर बुझ्नु पर्यो. नत्र असुर हरु छुट्टै जीव हुन्थे भने कसरि सुर र असुर को बीच सम्भोग भएर बच्चा जन्मिन्थ्यो (जस्तै भीमसेन को छोरो घतोत्चक)

    Reply
  13. उपासक उदास says:
    November 6, 2014 at 3:24 pm

    त्यस्तो घोषणा गरिएमा इसाईकरण को क्रम त के घट्नु र
    उल्टै ‘हिन्दु’ अतिवादीहरुको चलखेल संगै बेथिति, विसंगति र अपराधको क्रम र संख्यामा वृद्धि हुने निश्चित छ.
    नेपालमा इसाईको संख्या र गतिविधि किन बढ्दैछ ?
    यो बढ्दो धर्म परिवर्तनको दुर्गति निवारण गर्न आज सम्म पनि कुनै हिन्दु संस्था को कुनै सोच देखिएन .बरु उल्टो ‘हिन्दु राज्य’ कहलिए पछी सबै कुरो सजिलोसंग समाधान हुने देख्छ यी डेढ अक्कली मनुवाहरू !. वास्तवमा , होम-यज्ञादी गरेर लाखौँ करोडौं रकम जम्मा पार्न सक्ने यो हिन्दु समाजले विपन्न र अज्ञानी वर्गलाई माथि उकास्न थुप्रो कार्यक्रम संचालन गर्न सकिन्थ्यो…
    तर अफसोच, यो दिशातिर न कोहि यजमानको ध्यान जान्छ, न कुनै बुद्धिमान पुरोहितको नै !…३० वर्ष सम्म ‘हिन्दु राज्य’ कहलिन्दा नपाएको राहत हिन्दु -संस्कार पीडित विभिन्न जात र समाजले अहिले पाए पछी …यस्तो त हुने नै भो नि. किनकी – वुभुक्षित किम् न करोति पापम ?
    तसर्थ, यो (हिन्दु-राज्य को आलाप) रोगको सही निदान पनि होइन , उपचार पनि हुन सक्दैन…बरु, इसाइले नदिएको भौतिक सुविधा र नैतिक प्रतिष्ठा लिन-दिन सकिने वातावरण अहिले देखि नै तयारी गर्दै जाने हो भने धर्म परिवर्तनलाइ शिथिल पर्न सकिन्छ.

    Reply
  14. Kedar says:
    November 6, 2014 at 2:54 pm

    पहिले हामी आफैंले सुध्रिनु पर्छ ताकी असुविधा र उत्पीडन बाट कसैले धर्म परिबर्तन गर्न नपरोस र दोश्रो धर्म परिबर्तन गर्ने गराउने मिसन मै लागेकाहरुलाई आबस्यक कडाई गर्ने पर्छ पश्चिम तिर योग र ध्यानमा कडाई गरे जस्तै ! बाँकी हिजो धर्म निरपेक्षताको प्रस्ताब आफैं पेस गरेर अहिले हिन्दु राज्य खोज्ने खुम बादुर र ताक परे तिवारी नत्र गोतामे खालका कमल थापाहरुको यो रडाको उनीहरु उक्लिनालाई हामीलाई लिस्नो बनाउने बाहेक केही होइन !

    Reply
  15. Ram C says:
    November 6, 2014 at 2:35 pm

    लेख अति राम्रो लाग्यो . हामीले धर्म परिवर्तन किन भएको छ बुज्नु पर्छ. तर के गर्नु सबै नेता हरु बिदेसी को पछाडी दगुर्छन .

    Reply
  16. xyz says:
    November 6, 2014 at 1:55 pm

    Design to make Nepal a hindu state is a ploy to get sympathy of BJP in India so that, like in Panchayat days, the royalists can govern the country for another 30-40 years. Much higher and purer form of hindus is practice, not in Nepal but in India. Those claiming for Hindu population as a majority in Nepal should allow for the deduction of Buddist population. Buddism and Hinduism in not the one and the same thing.

    Reply
  17. keshab khanal says:
    November 6, 2014 at 1:38 pm

    लेखक ले भन्न खोजेको कुरा एक दम सहि छ सबै धर्म को सम्मान गर्नुपर्छ । हिन्दु रास्ट्र हुँदै मा इशाईकरण रोकिदा पनि रोकिदैन र जसले पनि धर्म परिवर्तन गर्न सक्छ यो ब्यक्तीको अधिकार हो । तर यहाँ बुझ्नु पर्ने कुरा के छ भने जहाँ लगभग ८० % हिन्दु हरु बसोबास गर्छन अनि त्यो देशलाई हिन्दु रास्ट्र घोसणा गर्ने हो भने बिरोध हुन्छ यो सबै ले बुझेको कुरा हो त्यसै गरि जातिय आधारमा राज्य बिभाजन गर्ने हो भने चै बिरोध नहोला त ? १०० भन्दा बढी जातजाती बस्ने देशमा कति वटा प्रदेश को आवश्यक्ता पर्छ र कुन कुन जात लाई पहिचान सहित को संघिय राज्य दिने त ? राज्यले जातिय पहिचान दिने हो भने कती वटा जात लाई दिने अनि अरु बाँकी जात लाई किन नदिने यो पनि भेदभाद नै भयो जसरी पनि युद्ध नै हुन्छ तेसैले जतिय राज्य र धर्म को कुरा सबैले छोडेर हामी नेपाली भएर बाचौ । यहाँ धर्म को कुरा मात्र राख्नु भएछ जातिय कुरालाइ पनि समेट्नु भएको भए लेख अझै राम्रो हुने थियो ।

    Reply
  18. लौटन अवधि says:
    November 6, 2014 at 12:00 pm

    ” उत्तर र दक्षिण कोरिया लगायतका देश हेरे पुग्छ ”

    उत्तर र दक्षिन कोरिया मा कसरि धर्म फरक भयो ? यो लेखक ले हिन्दु धर्म लाइ साह्रै नै पो होच्याएर बोल्यो बा !!! साउथ सुडान मा तिम्रा क्रिस्चियन हरु धेरै छन् त्येहा तेल खानी का मालिक जसका कुकुर हरु मर्सिडिज बेन्ज मा हिड्छन तर त्येही का जनता लाइ गिद्द ले कुरी बसेको हुन्छ कति बेला मर्छ र अनि खाउ भन्दै !!! खोइ त कहा गए तिम्रा ठेकेदार हरु भ्याटिकन को दुलो मा बसेर बिस्व भरि आतंकबाद चर्काउने हरु ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme