Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

विज्ञान ब्लग : कस्तो हुन्छ त सम्भोगको बेला मस्तिष्कको गतिविधि !

Posted on November 3, 2014November 4, 2014 by mysansar

mastisk तथ्य सदैब लुक्न सक्दैन। केही समयको लागी बंग्याउन सकिए पनि त्यसले बिस्तारै आफ्नो आकार लिन्छ-लिन्छ। दबाउन वा पछार्न खोजियो भने त झन् हावा भरिएको भकुण्डोझैँ जति बल गरेर दबायो त्यति माथि उफ्रिन्छ। कुनै पनि कुरा जान्न खोज्नु मान्छेमा हुने एकदमै सकारात्मक पक्ष र एउटा अर्को नयाँ आविष्कारको थालनी हो।

समाज बिकासको इतिहास हेर्दा कुनै बिशेष समयमा स्वतन्त्रता पूर्बक उजागर भैरहेका शारीरिक, मानसिक तथा सम्बेगात्मक प्रतिक्रियाहरु लुकाउने प्रक्रियाबाट लाज सुरु भएको तथ्य भेटिन्छ। करिब ४-५ लाख बर्ष पहिले कुनै बयस्क महिलाले आफ्ना अंग निर्भिक रुपमा चलाएर उत्तेजित भैरहेको अवस्थामा कोही अर्को मान्छे झल्याँस्स देखा पर्दा उसबाट आफ्ना उत्तेजित अंग लुकाउन खोज्दादेखि लाजको बिकास सुरु भएको मानिन्छ।

“लाज” भन्ने आधारभूत कुरा प्राय सबै समाजमा उस्तै-उस्तै प्रकारको भए पनि लाज मानिने बस्तु र प्रकृति फरक छ। उदाहरणको लागी नेपालमा पुरुष तथा महिलाको जनेन्द्रियको भाषिक नाम भन्नु लाजको बिषय मानेर सामाजिक स्तरमा भनिदैन।

भन्नै परे पनि उपनाम वा राम्रो नाम प्रयोग गरिन्छ। जापानमा महिला पुरुष दुबैले दुबैको जनेन्द्रियको नाम सामाजिक रुपमै प्रष्टसंग भन्छन, भन्न लाज हुँदैन। देखाउन पनि त्यति लाजको बिषय हुँदैन। अद्दापि कतिपय तातो पानीले नुहाउने ठाउँमा महिला पुरुष समूहमै, संगै, र नांगै नुहाउंछन्। घरमा नुहाउँदा पनि छोराछोरी १२-१३ बर्षका हुँदासम्मै स-परिवार सबैले संगै नांगै नुहाउँछन्। छोराछोरी १३-१४ काटेपछि भने आमाछोरी र बाउछोरा संगै नुहाउँन थाल्दछन्। तर सामाजिक स्तरमा “दिसा” भन्ने शब्द भन्नु लाजको बिषय हुन्छ।

अमेरिका लगायतका पश्चिमी देशमा परिवार भित्र “पिनस,” “भजैना,” “सेक्स” का कुरा खुलेर गरिन्छ तर बिषयबस्तु नै देखाउनु केही लाज हुन्छ। अफ्रिकातिर पनि त्यस्तै हो। दक्षिणी अमेरिकामा केटीहरुले स्तनको मुन्टा बाहेकको पुरै डल्लो देखाउन र नाङ्गो पुठो देखाउन कुनै लाजको बिषय हुँदैन।

ब्राजिलको कार्निभल भन्ने मेलामा २०-२५ बर्षका केटीहरुको स्तन र पुठो सिंगार्ने होडबाजी नै चल्दछ। दसौं लाख मान्छेहरुले हेर्ने र हप्तैभरि चल्ने उक्त जात्रामा आकर्षक स्तन र पुठो करिब पूर्णरुपमा देखाएर नाच्ने केटीहरुलाई बिबाह गर्न चाहने केटाहरुको हानथाप हुन्छ।

नेपालमा केटीको कुनचाहिं कुरालाई समाजले बढी आकर्षक मान्छ म त्यति जानकार छैन, तर अन्य धेरै देशमा खास केही कुरालाई बिशेष मानिन्छ। जस्तै:- अफ्रिकामा ठुलो ओठ, जापान तथा कोरियामा लामो घाँटी र मसिना तिग्रा, अमेरिका र युरोपमा स्तन, आदि।

नेपाल लगायतका पूर्वीय देशहरुमा समाज बिकासको केही कालखण्डमा यौनको बिषयलाई बढी दबाएर राख्न खोज्दा बेलाबेलामा ठूला बिष्फोटन पनि भएका छन्। मन्दिर तथा देवालयका टुंडालमा ठड्याइएका लिङ्ग, फट्टाइएका योनी आदि कोरिनु तथा खोपिनु, र ठाउंठाउंमा शिबलिङ्ग भन्दै लिंगका आकार बनाइनु धर्मको सुरक्षित आडलिएर यौनलाई बिष्फोटन गराइनुका परिणामहरु हुन्।

अहिलेको नेपालको सन्दर्भमा कुरा गर्दा आजभोली सम्भोग तथा सन्तान उत्पादन लगायतका यौनिकता सम्बन्धि बिषयमा सामाजिक रुपले राम्रै चेतना फैलिएको छ, तथापि पत्र=पत्रिकाले यसबारेमा अलिकतिमात्र कुरा उठाए भने एउटा पत्रिकाले अर्को पत्रिकाको बद्ख्वांईं गर्ने प्रवृतिमा भने बढोत्तरी आएको छ। यही कारणले गर्दा सम्भोग चरणका अवस्था (Human Sexual Response Cycle) बारेमा जनमानसमा खासै जानकारी छैन, जुन कुरा मनोबैज्ञानिक तथा ज्ञान बिकासको दृष्टिकोणले नकारात्मक हो। तर यही कमजोरीको फाइदा उठाएर एडल्ट भिडियो, अस्लिल पत्रिका, खेलौना जस्ता उपन्यास लेखन तथा बिक्रीवितरण भने यौनिकताका विकृत रुप हुन्।

मानवमा सम्भोग चरणका अवस्थाको बारेमा सर्वप्रथम सन् १९६६ मा William H. Master र Virginia E. Johnson ले सिधान्त प्रतिपादन गरेका हुन्। त्यसपछि अन्य सिधान्तहरु पनि प्रतिपादन भएका छन्। मानवमा सम्भोग चरणका Excitement Phase, Plateau Phase, Orgasmic Phase र Resolution Phase गरी चार अवस्थाहरु हुन्छन्।

भौतिक तथा मानसिक कुराहरु जस्तै :- नग्नतासंग सम्बन्धित आफ्नै अथवा अरुको अंगहरु ऐच्छिक रुपले हेर्नु, देख्नु वा देखिनु, सम्भोगको चाहना सहित एकअर्कालाई छुनु, चलाउनु, म्वाइ खानु आदि क्रियाकलापले व्यक्तिको शारीरिक तथा मानसिक स्थितिमा सम्भोग सम्बन्धि Excitement पैदा गर्दछ। तर यौन सम्पर्क भन्ने कुरालाई एकदम नकारात्मक किसिमले हेरियो भने अथवा यौन सम्पर्कमा भागलिने अर्को पक्ष प्रति अति घिणाको भावले हेरिएको छ भने मान्छेमा यौन इच्छा नै मार्ने संयन्त्र स्थापित हुनसक्छ। कुनै पनि गहिरो साधना गरेमा हाम्रो शरीर त्यस्तै प्रकारको बन्न सक्दछ। यस्तो स्थितिमा शरीरलाई सर्बप्रथम लैजान सक्ने एक जना बौद्ध भिक्षु थिए। उनले आफूले सधै पाउने पीडादायी यातनाबाट छुटकारा पाउन आफ्नो शरीरलाई पीडा नै अनुभब नहुने बनाउन सकेका थिए।

प्रसंग बदलौं। व्यक्ति शारीरिक तथा मानसिक दुवै रुपले सम्भोगको लागी तयार हुनु Excitement Phase हो। यो अवस्थामा कुनै अबरोध भएन भने त्यो क्रमशः बिकसित हुँदै Plateau Phase मा पुग्दछ। Plateau Phase मा महिला तथा पुरुष दुवै उस्तै रुपमा तयार हुन पुग्छन्। तर यो पूर्ण रुपले Excitement Phase बाट छुट्याउन सकिने खालको हुँदैन। Orgasmic Phase एकदम छोटो हुन्छ। पुरुषमा स्खलनपछि तुरुन्तै सिद्धिन्छ तर महिलामा एकपछि अर्को हुने अवस्था पनि हुन्छ। Orgasmic Phase को महसुस संयन्त्र जस्तै:- योनी तथा लिंगको वोरिपरिको भागदेखि गुद्दद्वारसम्मको भाग एकै प्रकारले (Rhythmically) खुम्चिने र फुक्ने प्रक्रिया, महिला तथा पुरुषमा उस्तै प्रकारको हुन्छ तर दुबैको अनुभब भने फरक-फरक किसिमको हुन्छ। त्यति मात्र होइन, सम्भोगबाट संसारका हरेक व्यक्तिले महसुस गर्ने पन कसैको कसैसंग मिल्दैन। Resolution Phase मा व्यक्तिमा सम्भोगको चाहना जिरो, अझ नकारात्मक हुन्छ। उल्टै व्यक्तिको शारीर तथा दिमागले गुमेको शक्तिलाई पुनः प्राप्त गर्ने कोशिस गरिरहेको हुन्छ। कतिपय व्यक्तिलाई त सम्भोगपछि केही समय निदाउनै पर्छ।

Excitement Phase मा दुबैको मुटुको धड्कन, स्वासप्रश्वास, र रक्तचाप एकदम बढ्छ। २००६ सालमा गरिएको एउटा सर्भे अनुसार स्तनमात्र चलाउँदा पनि ८२% महिलामा र ५२% पुरुषमा Excitement Phase पुरा भएको पाइएको थियो। यो अवस्थामा पुरुषको लिंगमात्र कडा हुने अथवा तन्किने नभई महिलाको स्तन, योनीका सबै भागहरु तन्किने र कडा हुने गर्दछन्। यसरी सम्भोगको तीब्र इच्छाले यौनांग कडा हुने अवस्थालाई Sex Flush भनिन्छ।
Sex Flush को अवस्थामा पुरुषको लिंग सुरुको अवस्थामा एकदम उतेजित र ठुलो हुन्छ तर त्यो उत्तेजना एकैनासको हुँदैन, बढ्ने घट्ने भैरहन्छ। अन्डकोषहरु लिंगको जरातर्फ माथि सर्छन, र साबिकको भन्दा झण्डै डेडगुणा ठुला हुन्छन्। महिलाको पनि योनीका सबै भागहरु जस्तै:- Clitoris, Labia Minora, Vulva, Vagina, Pelvis, स्तन सबै एकदम फुल्दछन, र दुबैका सम्भोगमा भागलिने अंगहरुको रंग पनि फेरिन्छ।

योनी पनि ठुलो हुन्छ र योनीका भित्ताहरु लगातार संकुचन र बिस्तार भैरहन्छन। जसको कारण तरल पदार्थ लगातार बगीरहन्छ। अनुहार पनि रातो हुन्छ। दुबैको छातीमा चाला देखिन पनि सक्छन्।

सन्तान उत्पादनको लागी मात्र सम्भोग गर्ने अन्य जनावरले भावना र चाहनाले सम्भोग गर्दैनन्। मानिस बाहेकका प्राय जनावरहरु जब बर्षको अथवा केही बर्षहरुको अन्तरालमा सन्तान उत्पादनकोनिम्ति एकदम उर्बर अवस्थामा पुग्छन, उनीहरुमा फेरोमोन (Pheromone) नामक हर्मोन अत्यधिक उत्पादन हुन्छ। त्यही हार्मोनको उत्पादनले पोथीमा यौनिच्छा जगाउँछ भने त्यसैको गन्धले भालेमा सम्भोगको तीब्र इच्छा जगाइदिन्छ। जनावरहरुलाई उमेर र सुन्दरताको ज्ञान र मतलब हुने गरी उनीहरुको मस्तिष्कको बिकास (Evolution) भएको छैन।

मान्छेको मस्तिष्कको बिकासको ढांचाले सम्भोगको उद्देश्यमै परिवर्तन ल्याइदिएको छ। अरु जनावरझैं सन्तान उत्पादनको लागी मात्र नभएर मान्छेले सम्भोगलाई आफ्नो जीवन यापनको एक नियमित प्रक्रिया बनाउन सकेको छ। सदैब सम्भोगको चाहना हुने गरी मस्तिष्कको बिकास हुँदैगएकोले नै महिलामा एक पटक स्तन उठेपछि अरु जनावरको झैं ब्याउने बेलामामात्र बढ्ने नत्र सुक्ने नभएर केही परिवर्तन बाहेक सदैब उस्तै हुने गरि स्तनको पनि विकास (Evolve) भएको मानिन्छ। अरु पोथी जनावरको योनीमा पनि सम्भोगको बेलामा मान्छेमा जस्तै प्रक्रिया हुन्छ, तर मान्छेको योनी तुरुन्तै सम्भोगको लागी तयार हुनेगरी विकास (Evolve) भएको छ अन्य जनावरको भएको छैन।

कतिपय अनुसन्धानकर्ताहरुले सम्भोगलाई कुनै प्रकारको पीडा शान्त पार्ने अथवा कुनै नकारात्मक इच्छा पुरा गर्ने औसधि वा लागु पदार्थसँग पनि तुलना गरेका छन्। जसरी अल्कोहल, निकोटिन तथा अन्य बिबिध प्रकारका लागु पदार्थ सेवन गर्दा सेबन गर्ने व्यक्तिले क्षणिकरुपमा सन्तुस्टी पाएको महसुस गरे पनि शारीरिक र मानसिक रुपमा गल्दै गएको हुन्छ, त्यसरी नै नियमित अथवा बढी सम्भोग गर्ने व्यक्तिको अनुहारको चमक एकदम घट्दै जान्छ, अथवा ऊ छिटै बुढो हुन्छ भनेर पनि भनेका छन्। कतिपय महिलाले सम्भोगको बेला पीडा नै हुनेगरी आफ्नै कपाल तान्नु पनि यस्तै कारण मानिन्छ।

सम्भोगको बेला, अझ बिशेष गरेर स्खलित हुँदाको अवस्थामा, मस्तिष्कको स्थिति कस्तो हुन्छ त ? हाम्रा जनेन्द्रियहरुका बिभिन्न भागहरु एकदम धेरै नर्भहरु टुंगिने अथवा मस्तिष्कसंग सिधा र द्रुत सम्पर्क स्थापित गर्ने ठाउंहरु हुन्। महिलाको Clitoris मा मात्र यस्ता नर्भहरु ८ हजार वोटा हुन्छन्।

स्खलित हुँदा Hypogastric Nerve ले महिलाको योनीमार्ग र सानो पेट, अनि पुरुषको लिंगको टुप्पाको अनुभवको स्थिति, Pelvic Nerve ले महिलाको योनी र सानो पेटको, अनि दुबैको गुद्दद्वारको अनुभवको स्थिति, Pudendal Nerve ले महिलाको Clitoris, अनि पुरुषको अन्डकोष को अनुभवको स्थिति, र Vagus Nerve ले महिलाको योनी, योनीमार्ग, स्तनको मुन्टा तथा तल्लो पेटको अनुभवको स्थिति मस्तिष्कमा पठाउँछ।

हाम्रो मस्तिष्कमा आनन्द महसुस गर्ने भन्ने एउटा Pleasure Center अथवा Reward Circuit भन्ने ठाउं हुन्छ। त्यसैले सम्भोग, हाँसो, नसालु पदार्थको सेवनबाट प्राप्तहुने लगायतका आनन्द अथवा मजाको अनुभब गर्दछ। Lateral Orbitofrontal Cortex भनिने देब्रे आँखाको ठिक पछाडि हुने मस्तिष्कको भागले मान्छेको व्यवहारलाई निर्देशित र नियन्त्रण गर्दछ। तर चरम उत्कर्षको बेलामा यो भाग बन्द हुन्छ। जसको कारण यो बेलामा व्यक्तिले आफूलाई नियन्त्रण गर्न सक्दैन, नसालु पदार्थ खाए जस्तै बन्दछ।

पुरुषको तुलनामा सम्भोगको सम्बन्ध महिलामा ब्यापक प्रकारले स्थापित हुँदै बिकसित हुँदैगैरहेको छ। जस्तै:- सम्भोगको बेलामा महिलामा Periaqueductal Gray (PAG) भनिने मस्तिष्कको भाग, जसले “Fight to Fight Response” लाई नियन्त्रण र निर्देशन गर्दछ, त्यो पनि सक्रिय हुन्छ। त्यस्तै गरी डर र चिन्ताको बेला सक्रिय हुने amygdale र hippocampus भनिने मस्तिष्कको भागमा निस्कृयता आउँछ। तर पीडासंग सम्बन्ध हुने मस्तिष्कको भाग भने सक्रिय हुन्छ। यसबाट के बुझिन्छ भने सम्भोगको पूर्ण आनन्द लिनको लागी महिलालाई सुरक्षा पहिलो प्राथमिकता हुन्छ, अनि पीडा र आनन्दको कुनै न कुनै प्रकारको सम्बन्ध हुन्छ।

3 thoughts on “विज्ञान ब्लग : कस्तो हुन्छ त सम्भोगको बेला मस्तिष्कको गतिविधि !”

  1. Limbu HarataraH says:
    November 18, 2014 at 3:23 am

    अध्यनको आधार र अनुभवको प्रमाण बिना यौन बारे सजिलो छैन कुरा I लेखले केहि नया ज्ञान दिएको छ है ! यहाँ, मष्तिस्क र मुटुसंग कसरि सम्बन्ध राख्छ अनि अल्कोहल र सेक्स एक-अर्कामा परिपुरक ‘भोक’ हुन् कि भन्ने कुरालाई पनि राखिएको छ I धन्य छौं, जानकारीका लागि..!

    Reply
  2. Chandra Khaki says:
    November 5, 2014 at 3:57 pm

    लेखकको प्रयास सह्रानीय छ । यसलार्य अझ प्रामाणिक र विश्सनीय बनाउन सन्दर्भस्रोतहरु समेत लेखको पुछारमा खुलाए बेस हुने थियो ।
    यो मेरो सानो सल्लाह मात्रै हो, आगे उमेशजी र गौतमजीको जो विचार

    Reply
  3. उपासक उदास says:
    November 3, 2014 at 10:47 pm

    कामक्रिदा र मस्तिष्कको सम्वन्ध बारे यति विस्तृत विवरण पहिले कतै पढिएको थिएन. यस निम्ति लेखक महोदय साधुवादको पात्र हुनुहुन्छ.
    भविष्यमा पनि यस्तै जानकारी मुलक तर उपयोगी सामग्री को निम्ति अनुरोध गर्न चाहन्छु.
    एउटा जिज्ञासा उल्लेख गर्नु सान्दर्भिक नै होला –
    धेरै चोटी पढ्न पाएको थियो कि , हप्तामा २ पटक यौन सम्पर्क गर्नु स्वास्थ्यको निम्ति लाभदायक छ अरे. तर यो कुन उमेर समुहको निम्ति भनेर प्रष्ट पारेको भने देखिन्न . यसरी हचुवा किसिमको सल्लाह ले फाइदा को ठाउँमा नोक्सानी नहोस भनेर सशंक हुनु पर्ने अवस्था पनि छ . यस लेखको लेखक श्री गौतम ‘उदय’जी विज्ञ हुनुहुन्छ भने यो प्रश्न को समाधान पनि गर्नु होला भन्ने विश्वास गर्दै प्रतिक्षा रहने छ.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme