Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

वामदेवले महादेवलाई जिस्क्याउँदा संसदमा बबाल

Posted on November 1, 2014November 2, 2014 by Salokya

ganesh देशमा भएका समस्या के कम थिए र, अब धर्मको पनि विवाद चर्कन थाल्यो। राप्रपा नेपालले देशका विभिन्न ठाउँमा गृहमन्त्रीको पुत्ला जलाइरहेको छ। अझ ठूलो आन्दोलन गर्ने भनिरहेको छ। संसदमा त बाझाबाझै भयो। कसो हात हाल्नेसम्म पुगेनछ स्थिति। तर हात हाल्ने बाहेक मुखले बोल्न केही बाँकी राखेनछन्। खासमा यो कुराको सुरुवात चाहिँ महादेवलाई जिस्क्याउने गरी गृहमन्त्री वामदेव गौतमले संसदमा बोलेको यो वक्तव्य रह्यो। हेर्नुस् भिडियो-


गृहमन्त्रीले यस्तो बोलिसकेपछि त कमल थापा निकै आक्रोशित भए। संसद जस्तो ठाउँमा गृहमन्त्रीलाई ‘ए भ्रष्टाचारी’ भनेर चिच्याएको, ‘सभामुख महोदय यो भ्रष्टाचारी नै हो’ भनेको भिडियोमा स्पष्ट सुनिन्छ, देखिन्छ।

हेर्नुस् यो अर्को भिडियो जसमा कमल थापा कुर्लेको देखिन्छ-

संसद भनेको चिया खाने पसल त होइन, जसले जे मन लाग्यो त्यही भन्न पाउने। एउटा मर्यादा त हुन्छ नि संसद जस्तो जनताले चुनेर पठाएकाहरुको छलफल गर्ने थलोमा। तर भ्रष्टाचारी कि भ्रष्टाचारी भन्दै कुर्लिए।

खासमा उक्साउने काम चैँ गृहमन्त्रीले नै गरेका हुन्। बेकारमा महादेवलाई किन जिस्क्याउनु! तर कमल थापाले नि संसदमा गालीगलौज गरेर गल्तीमाथि गल्ती थपे।

अझ अनौठो त त्यतिबेला भयो जब दाइ भ्रष्टाचारी भन्दै भाइ गणेश थापालाई पछाडि लगाएर रोष्ट्रम घेर्न गए। गणेश थापा आफै संसदको लेखासमितिको ५८ करोड भ्रष्टाचार केसले एन्फाबाट निलम्बित छन्।

ganesh

यो भिडियो त पहिलो भाग भयो। यसरी उपद्रो गरेपछि संसद स्थगित भएर साँझ ५ बजे अर्को बैठक बस्दा त झन् उधुम। भाइ गणेश थापाले साथ दिएका थिए दोस्रो भागमा।

‘ल आइज भिड्न…’
‘के गर्छस्? तँ आइज …’
‘तैंले के खोजेको? सक्छस् भने आइज…!’
‘भ्रष्टाचारी मन्त्रीसँग भिड्न तयार छौं।’
‘भ्रष्टाचारीले नै मन्त्रीलाई भ्रष्टाचारी भन्ने?’

यस्तो बाझाबाझ भएछ। गणेश थापाले ‘छातीमा औँलाले देखाउँदै भिड्ने हो’ भनेछन्। गणेश थापाले सांकेतिक रूपमा अभद्र व्यवहार गरेको भन्दै सत्तापक्षका सभासद् पनि रोस्ट्रम घेर्न पुग्दा झण्डै हात हालाहाल भएको थियो।

केको कचकच यो ?
नेपाललाई हिन्दु राज्य बनाउनु पर्छ भनेर लामो समयदेखि अनसन बसिरहेका थिए एउटा समूह रत्नपार्कको शान्तिबाटिकामा। सार्क सम्मेलनलाई ध्यानमा राखेर उनीहरुलाई हट्न महानगरपालिकाले धेरै पटक सार्वजनिक सूचना नै निकालेर अनुरोध गरेको थियो। तर उनीहरुले बाल दिएनन्। कात्तिक ११ गते अनशनस्थल प्रहरीले बल प्रयोग गरेर हटायो। त्यसबारे जवाफ माग्दै थियो राप्रपा नेपाल। यही क्रममा हलुका ढंगले गृहमन्त्रीले बोलेपछि विवाद सुरु भएको थियो। धार्मिक विषयमा संसदमा अवरोध भएको यो पहिलो घटना हो।

अपडेटः वामदेवले माफी मागेपछि यो विवाद अहिलेलाई टरेको छ। आइतबारको बैठकमा राप्रपा नेपालका सभासद्ले दनक दिएछन् गृहमन्त्रीलाई फेरि- महादेवको अपमान गर्दा दक्ष प्रजापतिको हालत के भएको थियो, सोच्नुस् भन्दै।

23 thoughts on “वामदेवले महादेवलाई जिस्क्याउँदा संसदमा बबाल”

  1. VIJAY says:
    November 4, 2014 at 12:23 pm

    कमल थापा जस्ता अवसरबादी र उग्रबादी हरुले गर्दा नै धर्मको नाम बदनाम हुने हो !

    Reply
  2. Santosh Nyaupane says:
    November 3, 2014 at 6:23 am

    हुन त हरेक कुरा को दुइवटा पक्ष्य होलान ! यो हंगामा को पनि पक्कै दुइवटा अर्थ अथवा सत्य निकाल्न सकिएला ! म न राप्रपा को समर्थक न एमाले को न अरु कुनै को पनि तर यहाँ निर एउटा पक्ष्य ले अलिक बढी गल्ति गरेकै छ तर पनि सोसियल मिडियामा अर्को पक्ष्य लाइ पनि निक्कै बढी समर्थन देखिन्छा जनता को ! त्यो किन त भन्दा अब जनता वाक्क भैसके तिमीहरु को नौटंकी देखेर यस्तो मर्यादित ठाउँमा तिमिहरु हामीले सानोमा इस्कूलमा खेलेको जस्तो खेल्छऔ, अनि अब त भोलि त्यहि ठाउमा तिम्रो रगत बग्यो भने पनि जनता ले खुचिङ्ग भन्लान बेलैमा होस् पुर्याउ अनि इज्जत बचाउने काम हरु गर, लाज राख अलि अलि !!

    Reply
  3. nabin says:
    November 3, 2014 at 5:03 am

    बास्तब मा मलाई २०४६ अघि को नेपाल मन पर्न थाल्यो एतिबेला कमसेकम केहि डर र त्रास त थियो …………….

    Reply
  4. sherpa says:
    November 3, 2014 at 3:24 am

    नेपालमा कमल थापा जस्ता नेता चाहिन्दैना ………….

    Reply
  5. लोर्के says:
    November 2, 2014 at 5:28 pm

    कसले के भन्यो भन्नु भन्दा पनि कसले कसलाई के भन्न हुन्छ हुदैन भन्ने तिर जाउ/
    कमल थापा गृह मन्त्रि हुदा नै हो गणतन्त्र आएको अनि त्यो बेला मा उसले मारेको , पिटेको , थुनेको, हिन्दु बाहेक अरु धर्म का थिए भनेर भन्न सक्छ ? उसले त्यो बेला मा जे गर्यो त्यो हुलदंगा गर्दा आन्दोलन गर्दा कानुन बिपरित हुन्छ भनेर गरेको हो कि हैन ? अनि बामदेब ले चै केहि न काम को अनसन बस्ने लाइ हटाउदा चै आफ्नै बाउ मारेको जत्तिकै कुर्लिन मिल्छ त्यो नि भ्रस्टाचरि भाई लाइ संगै लिएर ? एउटा निलम्बन मा परेको ले अर्को आरोप नै नलागेको ( मेडिया ले लगाएको बाहेक) लाइ भ्रस्टाचारि भन्ने कहाँ सम्म को निर्लज्ज / कमल थापा को राजनीति सकिदै गए पछि केहि न केहि काम बाट देखिने र सुनिने हुन को लागि गरेको नाटक बाहेक केहि हैन यो/ एउटा नाङ्गो ले अर्को नाङ्गो लाइ कुरी कुरी गरेको सुहाउदैन /

    Reply
  6. उपासक उदास says:
    November 2, 2014 at 3:02 pm

    यसमा दुइता कुराहरु ध्यान दिन योग्य छन –
    बामेले कमलेकोनिम्ति जवाब दिनु अनावश्यक थियो. किनकी उनको त दाउ नै ‘के निहुँ पाउँ , कनिका बुकाउँ ‘ रहेको उनलाई हेक्का नभएर होला.
    अर्को कुरो , उनि व्यक्तिगत रुपले जुन धर्म मान्ने भए पनि, ‘धर्म-निरपेक्ष’ नेपालको गृह- मन्त्रीको हैसियतले बोल्दा कुनै पनि धर्मलाइ ‘काखा’ वा ‘पाखा’ लगाएर बोल्नु हुन्नथ्यो.

    यसै सिलसिलामा ती अनसनकारीहरुले गरेका दुइ कुकृत्य पनि निद्निय नै रहेका छन-
    पहिलो , बुद्धमार्गी हरुलाई पनि बेफ्वांक मा उचाल्न बुद्धको तस्वीर को दुरुपयोग गरेका छन . दोस्रो कुरो, एक-डेढ महिना अगाडी , ती अतिवादीहरुले त्यही स्थलमा निर्दोष महिलाहरुलाई अभद्र व्यवहार गरेको कुरो पनि बिर्सिन सकिन्न नि …नन्दी र भ्रिंदिको शैलीमा !

    Reply
  7. G.Thapa says:
    November 2, 2014 at 2:13 pm

    एक दिन नेपाल को संसद भबन मा गोलि चल्छ यो ताल हो भने फेरी राजनीति मा धर्म पनि छिर्यो भने नेपाल इराक र सोमालिया हुन बाकि छ

    Reply
  8. Gorkhe says:
    November 2, 2014 at 1:57 pm

    हेहेहेहेहेहे हिहिहिहिही हा हा हा कति हास्नु . उल्ले उल्लाई भ्रस्टाचारी भन्यो रे .

    Reply
  9. deep pant says:
    November 2, 2014 at 10:05 am

    बामदेवले भन्या कुरा ठिकै त हो नि। घाटीमा खुकुरी राखेर आँखा ठुला ठुला पारेर बन्चरो लिएर क्यामराको अगाडि पोज दिने। के सार्वजनिक स्थानमा नाङ्गो खुकुरी लिएर हिंड्ने घाटीमा राखेर पोज दिने कुरा चाँही कानुन सम्मत हुन्छ कि हुन्न। पशुपती तिर गयो भने शिव हनुमान माता के के का स्वरुप बनाएर हिडिराका भेटिन्छन्। कतिलाई बगलामुखी। दक्षिणकाली कोइलाई शिव कोइ लाई हनुमान चडेको रे भनेर अनेक लीला देखाउन हुने भएपछी बामेको जस्तो प्रतिकृया दिन मिल्छ किन मिल्दैन। फेरी हिन्दू धर्म को लागि के काम गरेका छन रा.प्र.पा नेपाल ले। अझ अझ अबमुल्यन गरेका छन हिन्दू धर्मको

    Reply
  10. gajen limbu says:
    November 2, 2014 at 8:59 am

    कमल थापा ले धर्म को नाम मा राजनीतिक गर्नु गलत हो धर्म जस्तो पबित्र लाई राजनीतिक संग गाभ्नु बेठिक हो मलाई लग्छ कमल थापा लाई धर्मको बारेमा केहि थाहा छैन किन कि येदि धर्म को बारेमा थाहा भए को भए किन एस्तो गर्यो धर्म लाई कमल थापा लेहिन्दु एक्लै परेर अरु धर्म संग युद्द गराउदै छ हाम्रो जस्तो देश मा 5 वटा धर्म भए को देश मा एउटा धर्म को राष्ट्र माग गर्नु पनि बेठिक हो नेपाल लाई हिन्दु राष्ट्र बनाउनुभने को देश टुक्रिनु हो अब मुस्लिम हरु ले बुद्धिस्ट क्रिसन किरात पनि छन्

    Reply
  11. ravi says:
    November 2, 2014 at 7:28 am

    संसद भवनमा यस्तो अमर्यादित बातावरन सिर्जना हदों रैछ् की कालरात्रिको दिन कोटमा जड्याह हरु जम्मा हुदा पनि यति सारो हुदैन ,,अनि यहाँ भस्ट्रचारी भन्ने र भनिने दुबैलाइ सुहाउने सब्द हो ,,कुन कता प्रयोग भयो कही माइने राख्दैन ;-))))

    Reply
  12. UMANG says:
    November 2, 2014 at 6:33 am

    नेपाल सेचुलर राष्ट्र भै सक्यो ! त्यसैले कुनै पनि धर्म को बारेमा कुरा गर्नु ;कमेन्ट गर्नु जायज हो !तर संसद को मर्यादा चै राख्नु पर्चा सबैले

    Reply
  13. shyam says:
    November 2, 2014 at 5:57 am

    I believe in democracy I love to live in multi cultural society and as a hindu I m so much offended with bamdev’s speech….. we common people we got sympathy for hong kongs’ umbrella revolution n we are laughing at small group of people who were taken by police frm shantibatika reason for south asian meet roads are being made so fast everything is clean but just for them and I m paying taxes my dad n mom both paid taxes n there are 1000s of holes on roads in my area since I m seeing them frm my young age n I move to 1st world country n I can’t get 4 hrs off to go see my sis n have bhaitika because no one to cover me n no value for hindus believes it would be more easy for muslim to get off not 4 hrs whole day in thismulti cultural christian country n my country n nepal got off for every cultures doesn’t matter how many if it is 10 ,100 or 1000…… why dont people understand nepal is pride oof hindu home of hindu even buddha was also hindu

    Reply
  14. Rajan Upriti says:
    November 2, 2014 at 5:49 am

    के बामेले धर्म लाइ कुनै प्रसङ्ग बिना नै घिसारेर ल्याएर झगडा उकास्न खोजेको ? आस्था माथि कसैले राजनीति नगरुन, चेतना भया ||

    Reply
  15. Shankar says:
    November 2, 2014 at 5:49 am

    नाउ चै हिन्दु धर्म मान्ने अरे , सारेआम आफै आफ्नो देउता को बद्नाम गर्नु ? कस्तो ग्रिह मन्त्रि तेस्माथि आरोप लगाउने को भन्दा गणेश थापा एण्ड कम्पनि ( आफै घुसखोरी ) |
    मोदी को कुरा त् खुब गरे तर मोदी बा कुनै इन्डियन नेता ले आफ्नो आराद्य देब को आफै अपमान गर्छ ?
    नाउ मात्र को कम्निस्ट बिल्ला भिरेर घुस खाने देखि जथाभाबी सडक मा हाइजम्प गर्दै हिड्ने बाँदर का सन्तान हरु |

    Reply
  16. Deepak GC, Baglung says:
    November 2, 2014 at 5:01 am

    अरुलाइ भस्ट्राचारि भन्नु पहिले आफ्नो अनुहार पनि एक पटक ऐनामा हेर्नुनि |

    Reply
  17. अरुन says:
    November 2, 2014 at 3:43 am

    ………….र अन्तमा आएर यस्लाइ राजनिती भनिन्छ ।अन्तिम शस्त्र भनेको “धर्म”रैछ भनेर बुझ्नु पर्यो।

    Reply
  18. Bidur says:
    November 2, 2014 at 3:30 am

    हिन्दु हरुको आस्था माथि दमन हुदा के मुकदर्शक भएर बस्नु पर्ने ? नास्तिकहरुले मात्र यो कार्यको बिरोध गर्छ !

    Reply
  19. khem says:
    November 2, 2014 at 12:32 am

    कमल थापा र उशको भाइ गणेश थापा आफै भ्रस्टाचार र राजनीतिक फोहोरी, बिकृति ले युक्त मान्छे ले अर्को फोहरी खेल देखायो / समानुपति बाटको केहि सिट भायाँजल अर्को के के बिकृति गरेर देखाउने हो / तेश पछि यिनीहरुको सिद्धिन्छा खेल !!!!

    Reply
  20. sherpa says:
    November 1, 2014 at 10:29 pm

    कमल थापा को मात्त्र
    होइन नेपाल
    सबै जातलाई समेट्नु
    पार्नु
    पोर्दैना??????? कमल थापा कुकुर जस्तै नकारौनु होला

    Reply
  21. Nigam, NH, USA says:
    November 1, 2014 at 10:27 pm

    बालि र सुग्रिब को ताण्डब निर्त्य को एक झलक?

    Reply
  22. Tulke says:
    November 1, 2014 at 10:14 pm

    एकदुई वटा लास परेहुन्थ्यो, यसै उसै संबिधान त नआउने भैगो ! बरु यो पातहरुको जमातबाट २ ४ कम हुन्थ्यो कि भनेर !!!
    तर सबै भन्दा मजा त दाइ कमल थापा भाइ गणेश थापालाइ साथमा लिएर अरुलाई भ्रस्टाचारी को ट्याग लगाउन गयछ ! कति हास्नु म त हसेरै मर्ने भयो !!

    Reply
  23. kedar says:
    November 1, 2014 at 9:42 pm

    दुइटा नाङ्गा साँढेहरुको ताण्डब भनिन्छ येस्लाई, आखिर यिनैको जुधाइमा हामी जनता नै पिसिने हौँ | येसो गर्ने र उसो गर्ने महादेव भनेर संसद जस्तो ठाउँबाट चै जिस्क्याउनु चैं किन नि ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme