Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

मेलम्चीले भ्रम खेति गर्दैछ

Posted on November 5, 2014 by mysansar

-हरिहर शर्मा-

मेलम्ची, अबत कस्मे काम ३ पुस्तालाई थाहा भो के हो मेलम्ची। कहिले आउने भन्ने कुरा हो। करिब एक बर्ष अघि २०७३ बैसाखमा मेलम्ची काठमाडौँ आइपुग्छ भन्दा अर्थमन्त्री रामशरण महत गलल हाँसेका थिए। हो, कति झुठोको खेति गर्ने त। अब त बच्चा बच्चा हास्ने बेला भो मेलम्ची आउँछ भन्दा।

दुःखको कुरा, अझै पनि झुठको खेति हुँदैछ। शहरी विकासका मान्छेले किन कुरा बुझेको छैन खोइ। समचारमा आए अनुसार, “सुरुङको काममा अहिले देखिएका भौगर्भिक, प्राविधिक र प्रशासनिक समस्या हल गरेर समयमै पानी ल्याइपुर्‍याउने प्रयास अझै जारी” रे।

हो, कुरा यहीँनिर हो। भौगर्भिक समस्या हो मुख्य। त्यो समाधान कसरी हुन्छ। जे छ त्यो छ। ठेकेदारले दिनको ३० मिटर खाने यतिखेर पानी आइपुग्छ भन्यो। हिसाबमा सबै कुरा ठिक छ, हो तेहीं हो भन्दै खोक्यो। अनि कामको शुरुवात ढिलो भो, ठेकेदारले चलाखी पूर्ण तरिकाले दिनको अब ४० मिटर खन्यो भने ठ्याकै २०७३ बैसाखमा पानी आइपुग्छ भन्यो, फेरी हाम्रा ठुला बडा सचिबहरु हो, ठ्याकै हिसाब मिल्यो, कुरा यहि हो भन्यो।

अब अहिले आएर भौगर्भिक कारणले दिनको ३८ मिटरको ठाउंमा २० मिटर मात्र खन्न सकियो, ढिलो होला जस्तो छ, बैसाख २०७३ मा पानी काठमाडौँ आइपुग्ला जस्तो छैन भन्यो, अनि हामी भौगर्भिक, प्रबिधिक सबै समस्या हाल गरेर भए नि समय मै पानी काठमाडौँ पुर्याउने प्रयास गर्दै छौं भन्दै छ। के अब सचिबले, कर्मचारीले गएर त्यो ठाउंको भौगर्भिक अवस्था, चट्टानको प्रकार नै परिबर्तन गर्ने हो ?

अर्को कुरा, ठेकेदार अनि परामर्शदाता मिलेर धाँट्दै छ। रुख खसेर सिन्धुमा सुरुङको काम रोकियो रे। जमिन मुनि खन्ने सुरुङ्गमा पनि कतै रुख खसेर काम रोकिन्छ। बुद्धि पनि पिसाप फेर्न गयो जस्तो छ यो पत्राकरको। भन्नेले जे भन्यो तेहीं रटान लगायो। सिन्धुबाट पूर्व पट्टि जाने tunnel collapse भएको हो।

तेहीं भएर भन्दै छु, मेलम्चीले झुठको खेति गर्यो। सत्य कुरा शुरु मै भनेको छैन। भौगर्भविदलाई पहिले नै थाहा थियो दिनमा २० देखि २५ मिटर भन्दा बढी कुनै एउटा अदितमा खन्न सकिन्न। किन कि चट्टान कम्जोर छ। अनि हिसाब दिन्छ ३८ मिटरको।

8 thoughts on “मेलम्चीले भ्रम खेति गर्दैछ”

  1. Mk says:
    November 11, 2014 at 12:13 am

    नेपालमा सुशासन नहुन्जेल येस्तै भै रहने छ/ विडम्वना , अझ पनि ‘चोर लाई चौतारो ,साधु लै सुली’ भै रहेछ; हेर्नोस्न ‘मल्लिक आयोग’ तथा ‘रायमाझी आयोग’ का अभियुक्त हरु खुलेयाम हिडी रहेका छन् / तेसै, प्रतिभा पलाएन – बिदेशिएका हुन् र ? /

    Reply
  2. Shankar says:
    November 5, 2014 at 6:56 pm

    कुन दिन कुनै माडे ले मेलाम्ची नेरी नै पानि फ्याक्ट्री खोलेर बोतल मा हालेर धमाधम काठमान्डू तिर पानि सप्लाई गर्दिन्छ अनि काठमान्डू को जनताले मेलाम्ची को पानि पिउन पाउनेछन |

    Reply
  3. डिल्ली says:
    November 5, 2014 at 11:14 am

    खेतिका प्रकार मध्ये नेपालमा सबै भन्दा बढी फल्ने खेति भ्रमकै खेति होला । मेलम्चीले काठमाण्डौको भयावह जनसङ्ख्यालाई पुग्ने पनि हैन । समयमै सकिने रटान बन्नलागेको सम्विधान जस्तै हो । पहिले ४ वर्ष गयो फेरि यो नाटक भाग नं २ ले कति वर्ष धकेल्ने हो । बनेपछि पनि उपभोक्ताले पानीको बील र तेलको बीलमा फरक महसुस गर्न सक्ने छैनन् । “मिनरल?” नामको जारमा पाइने पानी भन्दा मेलम्चीको पानी महङ्गो हुने त यी लठ्ठकहरूले बताएकै छैनन् । मिलेर खाने चक्करले तन्किएको सम्पन्न हुने समय ६०१ को जागिर जस्तै हो कहिल्यै नछिन्ने तन्किरहने रबर । मरुभूमीमा पानी चाँडै वर्षेला तर उपत्यकामा मेलम्चीले ८० साल तिर मात्रै छोला कि !

    Reply
  4. Bikalpa says:
    November 5, 2014 at 9:08 am

    फेरी मित्रले गलत सुचना दिनुभयो!मेलम्ची मा ड्रील्ल एन्ड ब्लस्ट् बाट टँनेल खनिरहेको छ। ड्रील्ल एन्ड ब्लस्ट् बाट एउटा अडिट बाट दीनको 20/25m खन्न सकिने त्यो पनि चट्टान कमजोर भयको अवस्थामा ! यस्तो अवस्थामा त २०/ २५ को त के कुरा दिन्को 3m खन्न पनि मुस्किल हुन्छ।TBM भय अर्कै कुरा।

    Reply
  5. Suraj Maskey says:
    November 5, 2014 at 4:11 am

    मैले मेलाम्चे खाने पानी आयोजनाबारे धेरै पहिले मेरो विचार ब्यक्त गरि सकेको छु । मेरो विचारमा अन्य निर्णमाण काम संगै सुरुन्ग खन्ने काम साथ साथ हुदै छ । सुरुन्ग मात्र खन्ने काम २० किलो मीटर अर्थात २०००० मिटर बाक़ी छ । दैनिक २० मीटर का दरले एकै दिन न बिराएर र सुरुन्ग खन्नै यन्त्र पुर्ण क्षमतामा राम्रो हालतमा काम गर्दा अझै १००० दिन अर्थात तीन वर्ष लाग्छ । अर्थात २०७२, २०७३ र २०७४ साल पुरै लाग्छ । हड़ताल, ऊर्जा समयमा न पाउनु, बिदा, चाडपर्व, वरसात, हिउद र हाम्रो अधीन भन्दा बाहिरको अवस्थाको पनि ख्याल गर्नु पनि आवश्यक ठान्द छु । यसका अलावा सुरुंग ढलान र बलियो गर्ने काम, परीक्षण, दोषहरु ठीक गर्ने काम, पानी सुचारु रुपले संचालन र चुहावट नियन्त्रण काम सतत् रुपले गर्दै रहने अत्यावश्यक रहन्छ ।

    विषेश्यज्ञहरुले यन्त्रको उपयोगिता (Machine Utilization = scheduled machine hour – machine down time- other delays) अवश्यपनि विचार गरेका होलान् । यी सवै कुराका आधारमा जिम्मेवार अधिकारीहरुले सर्वसाधारणलाई विश्वसनीय कुरा गर्ने दायित्व हुन्छ । पूर्व प्रधानमन्त्री स्वर्गीय श्री कृष्ण प्रसाद भट्टराईज्युले सम्बत् २०४८ सालको प्रतिनिधि सभाको निर्वाचनमा वहाको मेलाम्चे खानेवाली बाँचा धेरै नेपालीहरुलाई ताज़ा नै छ ।
    छिटो भन्दा छिटो मेलाम्चे लगायत अन्य वैकल्पिक खाने पानी हाम्रो राजधानीमा सुब्यवस्था होस् भन्ने कामना र आशा गर्द छु ।

    सुरज मास्के

    Reply
  6. सिर्जने says:
    November 5, 2014 at 1:24 am

    हरिहर ज्यु,
    भूगर्भविदले किन ढाटे त? हाम्रा नेता, सचिप, आलुचिप हरुले त सधै ढाट्ने गरेकै हुन्, भूगर्भबिद र इन्जिनियरहरु लाई ढाट्नुपर्ने के परेछ त? तपाई पनि इन्जिनियर होइन?

    Reply
    1. hari har sharma says:
      November 5, 2014 at 8:00 pm

      मित्र, भुगर्भाबिद वा इन्जिनियरले बाहिर खुलेर कुरा गरेकै छैन / सबै कुरा परामर्शदाता र ठेकेदारले मात्र गर्छ / अनि प्रत्रकारलाई चाही मन्त्रालय अनि मेलम्ची बोर्डले भन्छ /

      Reply
    2. BHAWANEE TIWARI (Austria) says:
      November 6, 2014 at 3:18 am

      सिर्जने जी,
      कुरो त्यहि हो / पापी पेटको सवाल / यो मेलम्ची आयोजना अझै ५० साल लम्बिए पनि, आन्दोलन, प्राबिधिक कठिनाइ या अरु बिभिन्न कारणले लम्बिए पनि यी प्राविधिक भनाउँदाहरू तपाइंले भने जस्तै (इन्जिनियर, भुगर्वबिद आदि ) को तलव सुभिदा रोकिने होइन होला / आफै सोच्नुहोस २०४७/ २०४८ देखि हाल सम्म यिनीहरुको जब ग्यारन्टी ………

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme