Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

डा. धितालले के चमत्कार गरे त्यस्तो?

Posted on October 31, 2014October 31, 2014 by mysansar

-वसन्त गिरी-

डा. कुमुद धिताल सहितको टोलिले केहि दिन अघि एक जनाको मुटु अर्कोमा प्रत्यारोपण गरेको खबरले मेडिकल जगत र नेपाली समुदाय बीच खुब चर्चा चलेको छ । यो ब्लगमा उनले खास के आबिश्कार वा चमत्कार गरेका हुन त भनेर खोतल्ने प्रयास गरेको छु ।

मुटु प्रत्यारोपण के  हो?

कुनै मान्छेको मुटुले कुनै कारणले कामै गर्न छोड्यो भने उसको जीवन बचाउनको लागि अर्को मान्छेको (डोनर) मुटु राख्नेलाइ मुटु प्रत्यारोपण भनिञ्छ । संसारमा सबै भन्दा पहिले सन् १९६७ मा पहिलो पटक मुटु प्रत्यारोपण गरिएको थियो । अहिले संसारभरि करिब ३५०० मुटु प्रत्यारोपण हुन्छन प्रत्येक बर्ष । यसरी प्रत्यारोपण गरेका मान्छे १५-२० वर्षसम्म बाँच्ने गरेका छन ।

कसरी हुन्छ प्रत्यारोपण? 
विश्वमा करिब ८ लाख व्यक्ति मुटु फेर्न पर्ने स्थितिमा रहेको अनुमान गरिएको छ । तर चाहने बित्तिकै मुटु फेर्न कहाँ पाइन्छ र ?  पहिलो कुरो त मुटु दान दिने डोनर भेट्टाउन पर्यो । डोनर मुटु र मुटु लिने बिरामीको आवश्यक जाँच गरेर मुटु फेर्न मिल्छ भनेर निर्क्योल गरे पछि बल्ल शल्यक्रिया सुरु हुञ्छ । पहिले मुटु निकाल्न पर्यो । जिउँदो मान्छेको मुटु निकाल्ने कुरो भएन, मरेको मान्छेको मुटु पनि  मरिसकेको हुन्छ त्यसैले त्यो पनि काम लाग्ने कुरो भएन।

अहिलेसम्म के गरिन्छ भने, डोनर मुटु ब्रेन डेथ भएको मान्छेबाट निकालिन्छ ।  ब्रेन डेथ भनेको ब्रेनले सम्पुर्ण रुपमा काम गर्न छोड्ने स्थिति हो । धेरै जसो मृत्यु घोषणा गर्दा यहि स्थितिलाइ आधार मानिञ्छ । तर कहिले काही आवस्यक पर्यो भने life support or ventillator मा राखेर पनि ब्रेन डेथ भएको व्यक्तिलाई केही समय राख्ने गरिञ्छ । त्यसो गर्दा स्वास फेर्ने र मुटुको धड्कन रही रहेको हुञ्छ । डोनरको मुटु निकालेर बरफमा राखिञ्छ ।

यसरी राखेको मुटु ४-६ घण्टा सम्म मुटु लिने बिरामीको छाति भित्र राखी सक्न पर्छ । त्यसैले life support मा राखेको ब्रेन डेथ भएको डोनर भेट्टाउनु पर्यो र तुरुन्तै प्रत्यारोपण गर्न सक्नु पर्यो । यो दुइवटा कारणले मुटु प्रत्यारोपण जति सहज हुन पर्थ्यो सकेको छैन, पैसो तिर्छु भन्दा पनि । मुटु प्रत्यारोपण गर्न करिब दस लाख अमेरिकी डलर लाग्न सक्छ । कति पए देशमा ब्रेन डेथ भएको व्यक्तिबाट शरीरको अंग निकाल्न मिल्दैन । यी सबै अफ्ठेरोलाइ डा. धितालको नया प्रयोगले सहयोग पुर्याउने देखिञ्छ ।

के गरे त डा धितालले? 
उनले जिउदो (ढुक ढुक गरि राखेको) हैन कि मरेको मुटु (ढुक ढुक गर्न छोडेको) लाइ जिउदो मान्छेमा प्रत्यारोपण गरे । डोनर मान्छे सम्पूर्ण रुपमा मरेको २० मिनेट पछि उनले मुटु निकाले । तर के चमत्कार गरे र मरी सकेको मुटुले पनि काम गर्यो त? उनले मरेको मुटुलाई एक किसिमको बक्समा राखे जसलाई “heart in a box” भनिञ्छ ।

यो बक्समा मरेको मुटुलाई ब्युताइञ्छ । त्यसको लागि एक बिसेस किसिमको झोल (preservation solution) प्रयोग गरेको भनिएको छ । उक्त बक्स भित्र राखेको मुटुलाई रगत दिएर अक्सिजन प्रदान गरिञ्छ । यसो गर्दा मुटु धेरै खराब हुन पाउदैन । अमेरिकाको ट्रान्समेडिकभन्ने कम्पनि बनाएको यस्तो बक्स भित्र मानब अंग राख्ने गरिएको अलि पहिले देखि नै हो । धितालको टोलीले प्रयोग गरेको झोल पदार्थ के हो भन्ने खुलेको छैन, यो पदार्थ र बक्सको प्रयोग नै अहिलेको नया उपलाधि हो । यस्तो झोला पदार्थ अरु मानब अंगको लागि प्रयोग भै सकेको छ ।
मुटु बिउताउने बक्स. (फोटो स्रोत)

उक्त बक्समा मुटुले फेरी ढुक ढुक गर्न सुरु गर्छ र केहि समय फेरी बिउतेको मुटुलाइ जाची सके पछि उपयुक्त लागेमा मात्र जिउदो मान्छेमा प्रत्यारोपण गर्न सकिञ्छ । डोनर मरेको ३० मिनेट भित्र मुटु निकालेर उक्त बिसेस झोलमा डुबाइ सक्नु पर्छ नत्र मरेको मुटु फेरी बिउतिन सक्दैन । बक्स भित्र राखेको मुटु, जुन झोलमा डुबेको हुन्छ, लाइ अब जहाँ सुकै लगेर प्रत्यारोपण गर्न सकिञ्छ ।

उदाहरणको लागि डोनर मान्छे नेपालमा भेटियो भने डोनर मुटुलाइ उक्त बक्स र झोलमा राखेर अस्ट्रेलिया पुर्याएर मुटु लिनेको मा राख्न सकिने भयो । तर उक्त बक्समा राखेको मुटुलाइ कति समय भित्र प्रत्यारोपण गरि सक्न पर्छ त्यो खुलेको छैन । त्यसै गरि ३० मिनेटको समयलाइ बढाउन सकेको  खण्डमा अझै यो प्रविधिले फड्को मार्ने थियो ।

अहिले सम्म डा धितालको टोलीले तिन वटा यस्तो प्रत्यारोपण गरेका छन्, तीन वटै सफ़ल ।

यो अंग प्रत्यारोपण नेपालीको लागि त ल्हासाको सुन जस्तै हो तर बिज्ञान र प्रविधिको बिकास र नेपालीको आय स्तर बढ्यो भने  मरेको मुटु हालेर बाच्ने दिन नेपालीको पनि आउन सक्छ ।

[डा. गिरीको अनुमति लिएर उनको ब्लग साइन्स टु सोसाइटीबाट साभार। ]

यो पनि हेर्नुस्-
मुटु झिकेर हाल्ने काम मैले गरेको हुँ : डा. कुमुद धिताल

9 thoughts on “डा. धितालले के चमत्कार गरे त्यस्तो?”

  1. Shankar says:
    November 1, 2014 at 11:22 am

    बसन्त गिरि ले जानकारी मुलक खबर पस्कनु भएको मा धन्यबाद |
    नेपालि फट्याई गर्न माहिर भैसके , काम भएको छ , ढिलो चाडो यथार्थ औनेनै छ अहिलेलाई यत्ति नै बोलु

    Reply
  2. Shiva Prakash says:
    October 31, 2014 at 11:39 pm

    डा़ कुमुद िधताल देशविदेमा रहेका नेपाली युवा प्रेरणा बनुन् । शुभकामना !
    यो जानकारीमूलक लेखका लागि लेखक वसन्तजी र माईसंसारलाई हृदयदेखिकै धन्यवाद !

    Reply
  3. Mk says:
    October 31, 2014 at 10:32 pm

    डा.धिताल लाई वधाई दिदै यो भन्नु पर्छ कि , नेपालीले पनि मौका पायो भने चमत्कार गरेर देखाउन सक्ने रहेछ / तेसैले आफ्नो र देश को स्वाभिमान मा नै आंच आउने काम पैसा को लोभ मा न गरौ ; गहता झोलमा जात नफालौ /

    Reply
  4. xyz says:
    October 31, 2014 at 7:45 am

    A couple of years back I read this joke and with this news, the joke is no more a joke, I suppose:

    A motorbike mechanic complained to a heart surgeon, why he draws so much money when both of them work with the repairing an engine? The answer was: Because I do the job keeping the engine running.

    Reply
  5. Pratik says:
    October 31, 2014 at 5:50 am

    मान्छे मर्नु भनेकै मुटु धड्किन बन्द हुनु हैन र? ? अनि त्यो मुटु प्रत्यारोपण गरेर के जीउदो मान्छे मर्नि हो र??

    Reply
  6. Ram Upreti says:
    October 31, 2014 at 4:52 am

    डाक्टर धितालले गरे रे? कुनै पनि अन्तरास्ट्रिय समाचारमा डाक्टर धितालको नाम छैन, कसरी यो कुरा नेपाली डाक्टरको म्याजिक भन्न सुहाउने..”Team of Surgeons” भनेर लेखे सुहाउने थियो कि? प्लस …CNN को न्युजमा भिडियो सहित हेरौ तलको लिंक बाट..मेजर डाक्टर धिताल थिए भने उनि पो हुन्थेकि प्रेस बिगेप्ति दिनेमा . के हो नेपाली मिडिया बाबा…कति नै डाक्टर धिताल एक्लैले गरेको भनेर समाचार …
    १)http://edition.cnn.com/2014/10/24/health/australia-heart-transplants/
    २)http://www.bbc.com/news/health-२९७५१८८०
    ३)http://www.independent.co.uk/news/science/australian-surgeons-perform-first-successful-dead-heart-transplants-9816729.ह्त्म्ल
    ४)http://fox8.com/2014/10/26/doctors-perform-first-successful-dead-heart-transplant/

    Reply
    1. जीवन नेपाली says:
      October 31, 2014 at 10:27 am

      राम जी, The Guardian को यो लिंक मा डाक्टर धिताल ले ओपेरेशन गरेको भनेको छ…

      http://www.theguardian.com/science/2014/oct/24/dead-hearts-transplanted-into-living-patients

      Reply
    2. narayan says:
      October 31, 2014 at 11:55 am

      see the link below

      http://www.theaustralian.com.au/news/health-science/dead-heart-transplant-breakthrough-at-st-vincents-hospital/story-e6frg8y6-1227100833535

      Reply
    3. sandesh says:
      October 31, 2014 at 9:34 pm

      ठिक भन्नु भो रामजी ले ,
      मुख्य कुरो त मुटु र अन्य मानब अंग राख्ने भाडो को अविस्कार रैछ, जुन भाडोमा ७/८ घण्टा सम्म पनि ति अंगलाई जीवित राखिन्छ \ यो भाडो त अल्लि पहिला नै बनायिएको रैछ |

      अहिले को नया/थप विकास/आविस्कार भनेको मुटुलाई बिउताउने liquid रहेछ, यो के हो भनेर चै बाहिर आएको छैन | अस्ट्रेलियाकै research institute का अनुसन्धानकर्ता हरुले त्यो liquid बनाएका रैचन |

      अब cardiac surgeon को काम चै मुटु-दान गर्नेको मुटु निकाल्ने अनि नया मान्छेमा राख्ने | यहाँ नेर विचार गर्दा त्यो surgeon को के चै नबिनतम काम भयो त ? केहि पनि भएन | डाक्टर धितालको ठाउमा भारत वा चीन वा अरु कुनै देशको मुटु प्रत्यारोपण गर्ने काम गर्दै आएको surgeon लाइ यो काम दिएको भए पनि सफलतापुर्बक गर्न सक्थे |

      मुटु निकालेर त्यो भाडोमा पनि डाक्टर धितालले नै गरेको देखियो/पढियो | यो काम त इनले पहिले पनि गर्थे, अनि अरु मुटुका surgeon ले पनि गर्नै पर्छ, किनकि नया मान्छे मा राखुन्जेल त तेही भाडो मा नै राखी आएको हो |

      तेसैले चिकित्सा बिज्ञान/सास्त्रमा कुनै ठुलो पुरस्कार दिने कुरो आयो भने त्यो liquid , जसमा राखेर/डुबाएर मृत मुटु लाइ पुन बिउताउने काम हुन्छ , तेही liquid बनाउने बैज्ञानिक हरुलाई दिन उचित हुन्छ, अनि हकदार पनि तिनै हुन् |

      डाक्टर धिताल चै निक्कै भ्याग्मानी रैचन , उनले काम गर्ने अस्पतालले त्यो liquid को अनुसन्धान गरिरहेको संस्था संग सहकार्य गरेको रैछ |

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme