Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

… र, म आज विदेशिएँ

Posted on October 28, 2014October 28, 2014 by mysansar

-होमनाथ ढकाल-

homनमस्कार म कहिले शिखर, कहिले सम्राट र कहिले अमिर उपनामले परिचित थिंए जनयुद्धताका। जम्मा थोरै १५ बर्ष अभ्यास गरेँ कम्युनिस्ट क्रान्तिकारी पार्टीमा।

अन्याय, अत्याचार, थिचोमिचो र शोषणविरुद्ध न्यायपूर्ण सामाजिक व्यवस्था स्थापना गर्ने महान सपना बोकेर (कम्युनिस्ट हो तो ऐसा क्रान्तिकारी भन्दै) हाम्फालेँ। प्रचन्ड, बाबुराम र वैद्य मिलेर बनेको माओवादी क्रान्तिकारी कम्युनिस्ट पार्टी भएपछि हातेमालो गरेर अगाडि बढ्न आनाकानी गर्नु एउटा असल कम्युनिस्ट क्रान्तिकारी रास्ट्रभक्त बन्न चाहने जोकोहीको निम्ति पनि सहज थिएन। र म पनि अलग रहन सकिनँ। पार्टीले दिने सबै योजनाहरुमा एकाग्रताका साथ लागियो। बदमासी गर्ने विचार हुन्थ्यो भने पैसाको लागि आज म विदेशी भूमिमा दुःखैदुःखमा रगडिन पर्ने थिएन सायद।

दोस्रो संविधानसभा निर्वाचनसम्म म आफ्नो क्रान्तिकारी विचार र व्यवहारप्रति स्पस्ट थिएँ। त्यसपछि म कम्युनिस्ट आन्दोलन र आफ्नो हालतबारे समीक्षा गर्ने बिन्दुमा आइपुगेँ।

१. कथनी र करनीमा धेरै ठाँउहरुमा भिन्नता पाएँ।

२.जो भएका पुराना इमान्दार नेता र कमरेडहरु पनि असाध्यै निराश र खुल्न नसकेको पाएँ।

३.बदमास नेता र कतिपय त्यस्ता कमरेडहरु छन्, साथीहरुलाई कारबाही गर्‍या जस्तो गर्ने, कुरा धापधुप लुकाउने वा केही समयको लागि ब्यक्तिलाई नै भगाउने प्रवृत्तिले सताइरह्यो खासगरी शान्ति प्रकृयादेखि यता।

४.पार्टीमा गोपनियता,अनुशासन र क्रान्तिकारी व्यवहार भन्ने कुरा दुर्लभ बन्दै गएको पाएँ।

५.हेडक्वार्टर भ्रस्टाचार वा कुनै पनि अपराधको छानबिन गर्न राजी हुन्छ विभिन्न आयोग वा समिति बनाउँछ तर त्यसको चित्तबुझ्दो नतिजा सार्वजनिक गर्न डराउँछ।

६.नेताहरु खासगरी आफ्ना कार्यकर्ता र जनताको चाहना भन्दा पनि अरु पार्टीका नेता,कार्यकर्ता र कसरी विदेशी दलालहरुको प्यारो बन्ने ताकि उनीहरुको आशीर्वादले नेपालको राजनीतिक बागडोर आफ्नो हातमा रहिरहोस्।

७.पार्टीले केही गर्न खोजेजस्तो गर्ने तर केही गर्न पनि नसक्ने।

८.जनयुद्धताका हाइ-फाइ गर्ने केही कमरेड नेता भनौँदाहरुले शान्ति प्रकृमा दाइँ गर्न थालेपछि पार्टीको हालत खराब हुँदै गएको विभिन्न समयमा घटेका घटनाहरुले पनि देखाउँछ।

९.अस्वच्छखाले गुटबन्दीको अभ्यासले पार्टी फुट्यो। तैपनि बुद्धि पलाएन। नेताहरुको छिनाझपटिले एउटै क्षेत्रमा अलग-अलग लिडर खडा गर्छन्। मैले नेताहरुको त्यो दयनीय अवस्था देखेँ र उनीहरु आफ्ना कार्यकर्ताहरुलाइ केही दिन र गर्न गराउन नसके पनि लिडर भने तुरुन्तै खडा गरेर निर्वाहमुखी भएको पाएँ।

त्यतिबेला मैले उपस्थित नेताहरुलाइ भनेँ- तपाइहरु यस्तो राजनीति गरिरहनु हुन्छ भने हामी तपाइँहरुको भर्‍याङ बनिरहन सक्दैनौ।

१०.खासगरी दोस्रो स‍ंविधानसभाको लागि भएको चुनावमा माओवादी नेताहरुको बढी स्यालहुइँयापन देखियो। कमरेड आहुति अहिले दुनिया बदल्ने फुमन्तर तयार गरिरहनुभएको छ। उहाले तामाङसालिङ प्रशिक्षणमा लौ कमरेडहरु अब आजैदेखि तपाइँहरु चुनावको तयारीमा लाग्नुस् खर्च-पानी आजदेखि सबै पार्टीको। जजसलाई चुनाव अघि जेजे दिएर हाम्रो पार्टीले चुनाव जित्छ, त्यसको लागि पार्टीले कुनै कुरामा कन्जुस्याइँ गर्दैन इत्यादि।

अन्ततः तातोपिँडालु केही लछारिएन बरू खोकला पार्टीमा परिणत भएछौँ।

अन्तमा जसरी मेरो उपनाम थरीथरी रहनगयो त्यसैगरी यो राजनीतिक ब्यबस्था पनि थरीथरीको हुँदो रहेछ। व्यवस्थाको नाम मात्र बदल्नु ठूलो कुरा होइन, त्यसको सही ब्यबस्थापन हुनु पनि महत्वपुर्ण पाटो हुन आउँछ। हामीले लडेर ल्याएको व्यवस्था कामकाजी होइन, केही गर्न नसक्ने मेरो नामजस्तै भएकोमा मलाई घृणा लाग्यो र म आज विदेशिएँ।

(माओवादी कार्यकर्ता ढकालको बन्दूकदेखि विदेशसम्मको यो यात्रा पीडा उनले आफ्नो फेसबुकमा लेखेका हुन्।)

14 thoughts on “… र, म आज विदेशिएँ”

  1. Bikram says:
    October 30, 2014 at 7:25 pm

    अहिले आएर कुरा बुझेछन यी ढकाल बाजेले. तिमीलाई पापको सजाए हो यो. कतिको सिउदो उजाड पारेउ, कत्ति लाइ आनाथ पारेउ, कत्ति को बाउ आमा रुवायौ.
    देखेउ त तिमि ले तिम्रो नेता हरु ताल.

    Reply
  2. Harkaman Shahi says:
    October 30, 2014 at 2:45 pm

    Obviously the recent Nepalese politic views are quite weak and they do not deserve it.

    Beside the public also having equal sense which they need to take precaution before they invite any new leader ahead.

    Reply
  3. agni says:
    October 29, 2014 at 6:11 am

    धन्न क्रान्तिकारी एमाले पार्टी मा लग्नु भयानाचा, लग्नु भाको भय कप ओली को झापा बिद्रोह को साथी के राजबंसी जाति झैँ बल्खु दर्बार मा पासो लगायर झुन्दिनु पर्थ्यो , तेस्को केहि महिना पछि छोरो पनि पासो लगायर आत्मा हत्या गर्थ्यो, चाद्दिनुस साथी हजुर को १५ वर्षा , तेस्त १५ वर्ष २० वर्षा बच्ने सबै को जनचा , आन्दोलन गर्ने मान्छे घाइते हुन्छ, घर बस्ने ले तेस्को फाल र फाइदा ल्न्चा , यो भुनुनु पर्चाह, जय हुन्छ सहि क लागि हुन्छ भन्ने चित्त भुजौने , अब विदेश मा भय पनि दाम कमाउने , नेपाल आउने राम्रो धन्दा गर्ने , छोरो छोरि को भबिश्य मनाउने , तेससी मा देश को भविष्य चाह, नेपाल अयापाची पनि राजनीति नछोड्ने, येह कुनै ब्यापारी ब्य्वासै, कर्मचारी कुत्ता हरु पनि चोखो छैनन, तिनुर लै झन् बढी राजनीति लाग्छ, राजनीति गर्ने लै त तेती व्यापार व्यवसाय लाग्दैन, बरु, एस्त बकम्फुसे हरु भुडी जन्चंम यी अजम्बरी हुने झैँ माओवादी लै मात्र गाली गर्ने पनि एक्दिन्मर्चन कि त पोलिंचन कि त गदिन्चन नाबहय कुन्हीन्चन, प्रकृति ले सबै लै बारबार गर्छ, तेसैले अब बितेको समय पैइन्न, धन्न हिओजो को दिन मा रंदिबजी , जाड रक्सि , खुजा गाजा, तबस फेन्स्य्दले को लात मा फस्नु भयन , तेसैले धन्य thannus

    Reply
  4. rabin says:
    October 29, 2014 at 3:22 am

    15 years. Thats what it took for you to understand what it is being so near with them. Even general public had known it ages ago.

    Reply
  5. bhusan says:
    October 29, 2014 at 1:59 am

    हाम्रो गाउको भाने हामीसंग स्कुल जादा सारै मेहेनती थियो, म संग प्रतिस्पर्ध गर्थ्यो रिजल्टमा, धार्मिक थियो बाबुआमाको सारै ख्याल गर्ने, किर्तन भजनमा मादल बजाएर भाग लिने, समाजमा बिहे बर्तमन हुदा सहयोग गर्न पछि नपर्ने, गाउ भरि सबैले मन पराएका थिए उसलाई. बाबुलाई खेतीपातीमा सहयोग गर्ने, अचानक त्यो माओबादीमा लागेछ, आफ्नै सर गुरुआमालाइ धम्क्यौदै पार्टीको लागि असुल्न थालेछ, उसको सिको गरेर अरु धेरैले त्यहि सिके, मटर साइकिल किने, सबैका खल्तीमा पेस्तोल नभए छुरी, गाउका तेती राम्रा युवक तन्देरी सबै लुटेरा भए. आब गाउका साना देखि तरुना सबै ठिटा देखि ठिटीहरुलाई बाटोमा देख्दा ये भाई बहिनि भनेर बोल्नुको साटो लुक्नु पर्छ डराएर.

    “कल्ले गर्दा यस्तो सामाजिक बिचलन आयो नेपालको गाउ गाउहरुमा र यत्रो ठुलो बिचलन र मानव संघार के का लागि थियो?” नेपालको प्रगतिलाइ माओबादिले अझै २० वर्ष पछाडी धकेली दियो आखिर मा. कसैले यो हैन भन्न सक्छ?

    ढकाल भाइ अब तिम्रा पार्टीका कार्यकर्ताले कसरि घाटी रेटी रेटी मारेका छन् जनताहरु त्यो पनि सोच. काम न काज तेत्र मान्छेले मर्नु पर्यो, बिस्थापित हुनु पर्यो, बेघर हुनु पर्यो, अपाङ्ग हुनु पर्यो, के का लागि? अनि आफै भन त तिमीहरु सबैलाई एउटै जेलमा कोच्नु पर्ने हो कि हैन रैछ? नेपालको समाज मा बिकृति ल्याउने जिम्मा माओबादीलाइ नै जान्छ कि जादैन?
    तिमीजस्ता सोझा साझालाइ फुर्क्याई फुर्क्याई प्रयोग गरेर केहि गुटहरु प्रधान मन्त्रि, मन्त्रि, संसद र करोडपति बनेर आफ्ना बुवा र हजुरबुवाले दशैंमा टिका लगाउदा दिएको आसिर्बाद पुरा गर्ने मनसायले बनेको पार्टी मात्रै हो माओबादी. नपत्याए हेर, बाबुरामले आफ्नो जिन्दगि को सपना पुरा गर्यो, प्रचण्ड जस्ता राम्ररी स्कुलमा पडाउन नजान्नेले प्रधान मन्त्रि हुन पाए. सिता दाहाल बिचारी अमेरिका घुम्न पायीन. हिसिला जस्तिले कत्रो भाउ पाई. यस्ता अनगिन्ति छन् उदाहरण. अर्थात ढकाल भाइले १० वर्ष अगाडीका तिम्रा नेता र अहिलेका तिनै तिम्रा नेता लाइ दाजेर हेर. करोडौको चिट्ठा एकै पटक परे जस्ता छन्. संसारमा कहिपनि कुनैपनि नेता यति चाडो धनि भएको छैनन् होला.

    यो कुरा साचो हो कि माओबादिमा केहि राम्रा नेताहरु पनि छन्. तिनीहरुलाइ बिचारा ठुलो घात भएको छ.

    Reply
  6. Shankar says:
    October 28, 2014 at 11:54 pm

    माउबादी लाइ मात्र के भन्नु ? कांग्रेस , एमाले ,राप्रपा सबै उस्तै हो | ये ल यो गतिलो नेता बा ये ल यो गतिलो पार्टी भन्नु कुनै छैन | माउबादी को हात रगत ले रंगिएको भएर बढी चर्चा मा रहेको मात्र हो |

    जाल झेल ,आक्रोश , बदला , जाल साजी को सिद्दान्त बोकेका पार्टी , मान्छेहरु भएपछी कसलाई के भन्नु ?

    Reply
  7. अरुन says:
    October 28, 2014 at 10:23 pm

    आफुलाइ त साला गाउँ जादा फुच्छे माओबदी ले थर्काको,कान पडकाइ दिउ जासतो लागेको तर मन मन ले सरापे को अनि येता घर मा सुति रा बेलामा फुस्स रक्सी गनाको आर्मी ले टाउको मा बन्दुक तेर्स्याको तेति खेर चै मन मन ले गाली गर्ने अाट पनि नभाको ।लौ आजै पो रछ त दिन भन्ने लागेको

    जय माओवादी
    जय आर्मी

    Reply
  8. subodh nepal says:
    October 28, 2014 at 8:54 pm

    सवै माअोवादी खाओवादीले यसै गरी बुझे त देशमा साच्चिकै लोकतन्त्र आउने थियो नि ।

    Reply
  9. achut says:
    October 28, 2014 at 7:15 pm

    बिचरा ढकाल बाजे ‘माल’ जोड्न सकेनन अनि रोष पोख्छन तिम्ले उजाडेका सिन्दुर हरु को पाप कराको हो, हिजो किरियापुत्री मार्ने तिमेरु नै हैन ?तिन कै सराप लागेको हो/पुलिस- आर्मी भएका हरु को बाउ-आम लाई मार्ने अनि आफु हरु चै तेस्मै जाने तिमेरु नै हैन?तिनै पितृ हरु ले सरापेको हो ..कहाको नर्क मा पुगेको छौ तातो तेल मा पाक्नु पर्ला होस् गर मुल्लाह जी ले रेटेर मार्ला होस् गर १३००० आत्मा को सराप लागेका प्राणी हौ वच अनि पाप को प्रयास्चित गर

    Reply
  10. BT Malla says:
    October 28, 2014 at 5:56 pm

    ढकाल जी , तपाईंलाई माओबादीको नियत बुझ्न १५ वर्षा लागेछ, ढिलै भए पनि बुझ्नु भयो, खुसि लाग्यो तर यत्तिकैमा बिदेशी हाल्नु पर्ने त थिएन बरु येही बसेर अर्को १५ वर्ष यिनीहरुको बिरुद्धमा संघर्ष गर्न पाएको भए सांचिकै नया नेपाल बन्थ्यो कि ?

    Reply
  11. chatur rai says:
    October 28, 2014 at 5:41 pm

    ‘ एउटा पुरानो ‘

    कसैले स्वार्थमा मतियार बनायो
    उसलाई युद्दमा हतियार बनायो
    गल्लीको एउटा सहिद भयो उ
    जो,चोखिनलाई

    Reply
  12. Raamesh says:
    October 28, 2014 at 2:36 pm

    ढिलै भए नि ज्यान छदै यथार्थ बुझ्नुभएछ त्यो नै ठुलो कुरा हो | हजुर लाइ बधाई !!
    यहि तथ्य १५ बर्ष अगाडी बुझिदिनु भएको भए … तपाइँ को जिन्दगि मात्र हैन .. हाम्रो र देश को पनि यस्तो हालत हुदैनथ्यो ….
    आशा गरौँ अझै तपाइँ जस्तै हाजारौं होलान जो कुरा बुझ्दैछन् …

    Reply
  13. HARI PRASAD LAMICHHANE-SAUDI says:
    October 28, 2014 at 2:22 pm

    ढकाल जी ढिलै भए पनि कुरा बुझ्नु भयेछ खुसि लाग्यो , तपाई जिउदै र सग्लो हुनुहुन्छ त्यसमा खुसि हुनुस, कतिपय तपाई जस्ताले ज्यान नै गुमाए , अब आफ्नै मेहेनतको खान जुन मजा छ त्यो पार्टीले सबैथोक गर्दिन्छ भनेर हावादारी गफ को भरमा क्रान्तिकारी बनेर हप्ता असुली गरेर पाएको पैसामा छैन |

    उज्ज्वल भबिस्यको अग्रिम शुभकामना |

    Reply
  14. narayan says:
    October 28, 2014 at 11:11 am

    ढकाल जू माओबादीको मन्त्र भुल्नु भयेछ कि के हो झुत्टो कुरा लै पनि हजार पटक भुकी रहेची सत्य हुन्छरे, तेसैले जनतालाई झुटो बोलेर अझै झुक्युना खिजिरहेचन , तपैले यी धोकेबज्लाई ढिलाई भए पनि बुज्नु भयो ,

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme