हामीले प्रयोगशालामा Single Viewing Condition मा light-dark रंगका १००० तहहरु, Red-green का १०० तहहरु, र Yellow-blue का १०० तहसम्म देख्न सक्छौं। जसको अर्थ हामीले (१,०००x१००x१०० = १०,०००,०००) १ करोड प्रकारकासम्म रंग देख्न सक्छौं। अझ आधुनिक कम्प्युटरले त १ करोड ६१ लाखजति रंग देखाउन सक्छ। यसकै आधारमा आधुनिक टेलिभिजन तथा कम्प्युटरमा पिक्सलको निर्धारण गरिन्छ। तर यसको अर्थ संसारमा १ करोड प्रकारका रंगहरु छन भन्ने होइन।
रंग Tint, Shade र Tone नामक ३ कुरामा आधारित हुन्छ। सेतोरंगमा अन्य रंग मिसाउने प्रक्रियालाई Tint भनिन्छ, यसो गर्दा रंगको चहकिलोपन बढ्दै जान्छ। कालोरंगमा अन्य रंग मिसाउने प्रक्रिया Shade हो। यसो गर्दा रंगको फिक्कापन बढ्दै जान्छ। अनि Tone भनेको या त खैरोरंगमा अन्य रंग या त Tint र Shade मिसाउनु हो। सेतो, कालो र खैरो रंग Neutral रंगहरु हुन। अन्य कुनैपनि रंग आधारभूत रंगसँग मिसायो भने ती रंगको रंगीनपन (Colorfulness) घट्दछ, तर चहकिलोपन (Hue) घट्दैन। खासमा रातो, निलो, र हरियो (RBG) रंग बिभिन्न मात्रामा मिसाउँदा अन्य प्राय सबै रंगहरु बन्दछन्। त्यसैले (RBG) लाई आधारभूत रंग (Primary Colors) भनिन्छ।
रातो, निलो र हरियो रंगलाई प्रकाश मिसाएर पनि, अनि रंग नै मिसाएर पनि अन्य बिभिन्न नयाँ रंग बनाउन सकिन्छ। प्रकाश मिसाउँदा जति बढी चहकिलो रंगको प्रकाश मिसायो, त्यति नै बढी तहको चहकिलोपनको नयाँ रंग बन्दछ। तर रंग अथवा मसी नै मिसाएर नयाँ रंग बनाउदाको अवस्था अलि फरक हुन्छ। जति बढी रंग मिसाइन्छ, त्यसले त्यतिनै बढी प्रकाश सोस्छ, अनि त्यति नै मधुरो देखिन्छ।
३ ओटा आधारभूत रंग मध्ये २ वोटा सम्बन्धित हुन्छन, जसलाई मिसाउँदा एउटा नयाँ रंग बन्दछ, जस्तै:- चम्किलो बैगनी रातो रंग (Magenta) र पहेंलो रंग मिसाउँदा रातो, पहेंलो र हरियो निलो मिश्रण भएजस्तो (Cyan) रंग मिसाउँदा हरियो, र Cyan र Magenta मिसाउँदा निलो रंग बन्दछ। प्रकाशको मिश्रणबाट बनेको रंग देखिने प्रक्रिया यसको उल्टो हुन्छ। रातो प्रकाश र निलो प्रकाश मिसाउँदा Magenta रंग, निलो र हरियो प्रकाश मिसाउँदा Cyan रंग, अनि हरियो प्रकाश र रातो प्रकाश मिसाउँदा पहेंलो रंग बन्दछ। कुनै एउटा रंग भनेको रंगको समूह हो, एउटामात्र शुद्ध रंग होइन। तसर्थ कुनै २ आधारभूत रंगलाई मिसायो भने अर्को नयाँ आधारभूत रंग बन्दछ।
हाम्रो आँखाले यी रातो, निलो, र हरियो ३ रंगलाई मिसाउँछन, र फूलहरु रंगीबिरंगी देखिन्छन्। यदि यी ३ रंगलाई छुट्टयाउने हो भने फूलहरु या त राता, या त निला अथवा हरियामात्र देखिन्छन्।
प्राणी र बनस्पतिमा पनि पिगमेन्ट (Pigment) अथवा Bio-chromes भन्ने बिभिन्न प्रकार र समूहको रंगतत्व उत्पादन हुन्छ। मान्छेमा पनि उसको छाला, आँखा, र रौँ को रंग निर्धारण गर्ने मेलानिन् (Melanin) भनिने रंगतत्वहरुको समूहले हो। छालामा हुने Melanocytes भनिने कोषले रौँ को जरामा मेलानिन उत्पादन गर्दछन्।
मेलानिन् समूह अन्तर्गतको युमेलानिन् (Eumelanin) नामक कालो र खैरो रंगतत्वले रंगको गाढापन निर्धारण गर्दछ। भनाइको मतलब यदि व्यक्तिको छालामा कालो रंगतत्व बढी भएको युमेलानिन् बढी उत्पादन हुन्छ भने उसको रौँ को रंग पनि युमेलानिनको अनुपातमा कालो हुन्छ। तर खैरो रंगतत्व बढी भएको युमेलानिन् बढी उत्पादन हुन्छ भने उसको रौँ को रंग ब्लंड (Blond) अथवा खैरो-सेतो हुन्छ।
मानिसको रौं को जरामा उत्पन्न हुने मेलानिन् समूह अन्तर्गतको अर्को रंग समूह फेओमेलानिन् (Pheomelanin) हो, जसले पहेंलोदेखि रातो-खैरो (Yellow to Red-Brown) सम्मको रंग निर्धारण गर्दछ।
हरेक रंगको एकदम फिक्कादेखि एकदम गाढासम्मको तह हुन्छ। कालो कपाल हुने व्यक्तिको छालामा युमेलानिन् समूहको कालोपनको मात्रा एकदम बढी हुन्छ भने खैरो कपाल हुनेहरुको छालामा युमेलानिन् समूहको खैरोपनको मात्रा एकदम बढी हुन्छ। ब्लंड रंगको कपाल हुनेहरुको छालामा कुनै पनि मात्राको युमेलानिन् तथा फेओमेलानिन् हुन्छ। यी दुबैको मात्रा अनुसार ब्लंडको प्रकार तथा तह पनि फरक हुन्छ। जस्तै:-यदि युमेलानिनको मात्रा बढी छ भने खरानीरंगको ब्लंड रंग हुन्छ भने फेओमेलानिनको मात्रा बढी छ भने सुनौलो रंगको ब्लंड रंग को कपाल हुन्छ। युमेलानिन् समूहको खैरो रंगतत्व र फेओमेलानिन् समूहको रातो रंगतत्व मिलेर बनेको रौँ रातो हुन्छ। पूर्बी तथा पश्चिमी युरोपिएनहरुको कपाल यस्तो प्रकारको हुन्छ।
हुनत कतिपय व्यक्तिको जवानीमै अझ कहिलेकाहीं त बच्चैमा पनि कपालको कतिपय रौँ सेतो हुन्छ। यसो हुनुका बिबिध कारणहरु मध्येको मुख्य कारणचाहिं Thyroid अथवा Vitamin B deficiency तथा Waardenburg Syndrone मध्ये एक हो। Thyroid भनेको मान्छेको घाँटीमा हुने ग्रन्थी हो जसले शरीरले प्राप्त शक्तिलाई कति छिटो प्रोयोग गर्ने भन्ने कुरा निर्धारण गर्नुको साथै रौँ बनाउने प्रोटिन बनाउने कुरामा भूमिका खेल्दछ। त्यसको साथै कुन रासायनसंग शरीर सम्बेदनशील छ भन्ने कुरा पनि निर्धारण गर्दछ। Waardenburg Syndrone भनेको बंशाणुगत अवस्था हो जसले कान नसुन्ने तथा कपालको रौँ छिर्केमिर्के, टाटेपाटे तथा सेतो हुने कुरामा भूमिका खेल्दछ। जन्मिदै सेतो कपाल हुनुचाहिं मूलतः Genetic Trait हो।
सामान्यतया व्यक्तिको उमेर घर्किंदै जाँदा छालामा बिस्तारै मेलानिनको उत्पादन नै एकदम घट्दै जान्छ जसको कारण रौँ मा रंगको मिश्रण (Pigmentation) पनि घट्दै जान्छ, र रंगबिना नै रौँ निस्किन्छ, जुन रौँ सेतो देखिन्छ। त्यसैलाई हामी फुलेको भन्छौं। उमेर घर्कदैजाँदा रौँ फुल्ने कुरालाई कुनै उपायले रोक्न सकिन्न।
स्वभाविक किसिमले कपाल फूल्ने प्रक्रिया सारांशमा बुझ्नु पर्दा – हाम्रो टाउकाका प्रत्येक रौँ को जरालाई Hair Follicle भनिने अनेकौं तन्तुहरुले घेरेका हुन्छन। हरेक रौँ को Hair Follicle मा कपाललाई बिभिन्न रंग दिने निश्चित संख्यामा Pigment Cells हुन्छन्। यी Pigment Cells ले नियमितरुपमा Melanin नामक रासायन उत्पादन गर्दछन्। त्यसैले छाला बाहिर निस्कने रौँ लाई व्यक्तिमा उत्पादन हुने Melanin अनुसार बिभिन्न रंगको बनाउँछ। जब व्यक्तिको उमेर ढल्दै जान्छ, Melanin उत्पादन गर्ने Melonacytes नामक आधारभूत कोष (Stem Cell) नै मर्दैजान्छन्। जसको कारणले बिनारंग नै कपाल बाहिर निस्कन्छ।
Melonacytes Stem Cell को आयु किन यति छोटो हुन्छ भन्ने कुरा बैज्ञानिक जगतमा अझै रहस्यात्मक नै छ।
महिला पुरुष दुबैमा मेलानिनको मात्रा घट्न थाल्ने अवस्थालाई Archomotrichia भनिन्छ। सामान्यतया पुरुषमा २०-२५ बर्षमा सुरु हुन्छ भने महिलामा २५-३० बर्षमा। व्यक्ति कति उमेरको हुँदा घट्न थाल्छ भन्ने कुरा भौगोलिक क्षेत्र अनुसार केही फरक हुन्छ। अमेरिकन र युरोपियनमा करिब ३० बर्ष भित्र, एशियनमा करिब ४० बर्षभित्र, र अफ्रिकनमा करिब ५० भित्र कपाल फुल्न सुरु हुन्छ।
कपाल फुल्ने अर्को मुख्य कारण वंशाणुगत पनि हो। तथापि वास्तविकरुपमा भन्ने हो भने कपालको रौं को Genetics पूर्णरुपमा अझै थाहा पाउन सकिएको छैन। कपालको रौं को रंगको निर्धारणमा बाबु तथा आमाको मिश्रित DNA को २ जोडी Chromosome Pair ले निर्धारण गर्दछ भन्ने अनुमान गरिएको छ।
यसको अतिरिक्त मानसिक तनाब, बिबिध औसधिको प्रयोग, धुम्रपान आदिको कारणले पनि कपाल छिटै फुल्छ। हालसालैको एउटा अध्ययनले धुम्रपान नगर्नेको भन्दा धुम्रपान गर्नेहरुको कपाल ४ गुणा बढी छिटो फुल्ने कुरा देखाएको छ।
हुन त व्यक्तिको कपालको रंग होइन कि बिभिन्न तहको सिल्किपन, सिधापन, घुम्रेपन, जर्रोपन, चहक, आदिबाट व्यक्तिमा हुने बिभिन्न गुणहरु जस्तै:- एकलकाटे, सामाजिक, घमण्डी, मिलनसार, शान्त स्वभाब, साहसिलो, पौरखी, डरपोक, सानै कुराले बिचलित हुने, सिधान्त र विश्वासमा अडिग रहने, सहयोगी, रिसाहा, धोकेबाज, स्वार्थी, अल्छी, षड्यन्त्रकारी, अपराधी, लगायतका थुप्रै गुणहरु थाहा हुनेकुरा मनोबैज्ञानिक तथा जीव बिज्ञानसम्बन्धि दुवै अध्धयनबाट धेरै हदमा पुष्टी भएको छ, तर अमुक प्रकारको कपाल हुने व्यक्तिको स्वभाब अमुक हुन्छ भनेर भन्दा कसैलाई चोट पुग्ला भनेर त्यो बिषयलाई यहाँ समाबेश गरेको छैन।
(यो ब्लग मैले गत हप्ताको ब्लगमा रामजीले राख्नु भएको जिज्ञासा मेटाउन तयार पारेको हुँ )
पाठकको चाहना लाइ सम्बोधन गर्ने ‘उदय’जी साधुवाद को पात्र हुन्, हार्दिक धन्यवाद ‘उदय’जी , यस्तै जानकारी मुलक अरु धेरै लेख को अपेछेया गर्दछौ.
पाठकको चाहना लाइ सम्बोधन गर्ने ‘उदय’जी साधुवाद को पात्र हुन्.
माथि लेखिएको छ -प्राथमिक रंग भनेको रातो , निलो र हरियो हुन् (RBG)!
तर आफुले सिकेको अनुसार , हरियो त निलो र पहेंलोको मिश्रण हो नि.
तसर्थ हरियो को सत्तामा पहेंलो पो हुनु पर्ने हो कि ?
अंग्रेजी मा पनि रेड , ब्लु , एल्लो को सत्ता magenta, cyan & yellow भनिन्छ !
जानकारी को लागि धेरै धेरै धन्यबाद ! अनि यो कपाल सानो उमेर मै फुल्ने को चाही औसधि छैन रछ ? के भन्छ त रिसर्च यसको बारेमा? येसो बताइदिनु भए आभारी हुने थिए |
मनिष जी,
फुलेपछि फल्छ, फलेपछि खान पाइन्छ किन चिन्ता? अनि फुलेको फुललाइ नफुलाउने औषधि देख्नुभा’को छ कतै? जन्मेको बच्चालाइ नजन्मेको बनाउन सकिएला? कालो रंग लगाउने हो /