Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

भरतपुर विमानस्थलमा विदेशी यात्रुलाई सुरक्षाकर्मीले दुर्व्यवहार गरे, चकलेटसम्म खोसे

Posted on October 25, 2014October 25, 2014 by mysansar

Security at Bharatpur airport--that's all of it
त्रिभुवन विमानस्थल विश्वकै तेस्रो खराब विमानस्थलमा पर्‍यो भन्ने समाचार आएको भर्खरै हो। अरु विमानस्थलको हालत कस्तो होला ? शुक्रबार भरतपुर विमानस्थलमा मेरो साथीले भोगेको दुर्व्यवहार बारे थाहा पाउँदा निकै दुःख लाग्यो।

मेरो अमेरिकी साथी पाउल मिलर शुक्रबार बिहान यति एयरलाइन्सको उडानबाट काठमाडौँ आउँदै थिए। बोर्डिङ अघि सेक्युरिटी चेकको नाममा जिउ र ब्याग छाम्न बसेको एक प्रहरीले मिलरको चकलेट, कलर पेनहरु खोसेर आफ्नै ब्यागमा राखे, सेक्युरिटी चेक्ड लेखिएको स्टिकर टाँसिदिए।

त्यहाँ एक जना मात्र पुलिस थिए। त्यही पुलिसले अर्को यात्रुबाट एक प्याकेट चुइँगम पनि लिएका थिए। के यसलाई सुरक्षा जाँच भनिन्छ?

मेरो साथी मिलर मधुमेहको बिरामी हो। त्यसैले सुगर लेभल कम हुँदा खानका लागि ऊसित सँधै सुगर/चकलेट हुनुपर्छ। त्यही भएर चकलेट बोकिरहेका उनलाई सुरक्षा जाँच गर्ने नाममा यस्तो दुर्व्यवहार गरियो।

यो सुरक्षाकर्मीले पक्कै अरु पनि यात्रुलाई सताएको हुनुपर्छ। के पाहुना भगवान हुन् भन्ने हाम्रो चलनविपरीत उनीहरुलाई सताएर खोसिएको यी सामानले उनी पसल खोल्दैछन् ? खोसेर लिइएका यस्ता सामानले उनलाई कस्तो सन्तुष्टि दिइरहेको होला ? उसको काम सुरक्षा हो कि सताउनु हो ?

यी मान्छेको तलब र सुविधा हामीले तिरेको करबाट भुक्तान हुन्छ। अनि अहिले उसैले सारा नेपालीको अपमान हुने काम गर्ने?

नेपालको प्रहरी विभाग, नागरिक उड्डयन प्राधिकरण, अख्तियार, भरतपुर विमानस्थल व्यवस्थापनको ध्यान यसमा आकृष्ट होस्। यस्ता दुर्व्यवहारविरुद्ध कडा कारबाही गरियोस्। (विमानस्थलको पुरानो फोटो Cathy Cavanaugh ले खिचेकी)

22 thoughts on “भरतपुर विमानस्थलमा विदेशी यात्रुलाई सुरक्षाकर्मीले दुर्व्यवहार गरे, चकलेटसम्म खोसे”

  1. Shreya says:
    October 26, 2014 at 7:11 pm

    पोहोर म जहाज बाट निस्के पछि फुल टोइलेट गर्न भनेर भरतपुर विमानस्थल को टोइलेट छिरेको, येति फोहर थियो कि सौंच गर्ने मन नै भएन, एक घण्टा च्यापेर घर नै गएर गरे अनि

    Reply
  2. कृष्ण भारद्वाज, अस्ट्रेलिया says:
    October 26, 2014 at 4:22 pm

    यो त हामी भरतपुर बासि सबै को इज्जत गयो नि

    Reply
  3. chandra says:
    October 26, 2014 at 9:53 am

    नेपालका पुलिस र सरकारी कर्मचारी को नियत येस्तै हो – सर्ब साधारणलाई सके सम्म दुख दिएर धुत्न खोज्छन/घुस खान खोज्छन! २ वर्ष अघि मलाई पनि बिराटनगर बाट काठमाडौँ उडदा सेकुरिटी चेक पछि चिया खाने पैसा माग्यो पुलिसले! मैले खुद्रा छैन भनेको त सय, हजार भएनी हुन्छा भन्दै थियो म खुरुक्क सेकुरिटी चेक कोठा बाट यात्रु प्रतिक्ष्य गर्ने हल निस्की हाले ! छिटो छिटो हलमा निस्कन खोज्दा मेरो handbag समाउन खोज्दै थियो तर सकेन!

    Reply
  4. नीरज says:
    October 26, 2014 at 8:58 am

    यो कुरा सबैलाई विदितै छ कि हाम्रो एयरपोर्टमा बसेका प्रहरीले यात्रुबाट थुतेका क्रिम लोसन लाईटर घर लान्छन|
    विदेश जाने नेपाली यात्रुको डलर र बिदेशी मुद्रा चानचुनमा थुक निलेर खोस्छन|
    एकजना मेरो गाउँले प्रहरीलाई किन यस्तो गरेको हो दाज्यु एयरपोर्टमा भनेर सोधेको|
    उसले भन्थ्यो “के आर्नु, ए केटा हो आज के कति आम्दामी भो लौ हिसाब बुझाऊ” भनेर हाकिमले सोध्छ र कमाई नभए सरुवा गरिदिन्छु भनेर दवाब दिन्छ|
    एयरपोर्टमा बस्ने प्रहरीले बदमाशी गरेको छैन भन्यो भने कसले पत्याउञ्छ? भन्सार र अध्यागमनका सके ९५% वा शत प्रतिशत घुस्याहा होला| यस्तो तालले पनि देश चल्छ?
    फोहोर बाथरुम सुँघ्दै वस, देशलाई पनि गन्हाउन दिएर|
    त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल यसपाला थर्ड भएछ, कोशिष नगरे पनि अब सेकन्ड कि फर्स्ट नै भैहाल्छ| एकातिर लुतो कनाऊ, अर्को तिर बाथरुम गनाऊ| ओली सरलाई कसलाई पर्यटन मन्त्रि बनाऊ भन्ने धुन छ, प्रधान मन्त्रिलाई कसरि हुन्छ कुर्सी थमाऊ भन्ने सुर छ|
    सुर्यबहादुर र उनका भाई नातागोता देखुन ज्ञानेन्द्रले असक्षम घोषणा गरेका शेर बहादुर र स्वयम् असक्षम सावित भएका माकुने र झले देखिन के के नै गर्छु भन्ने प्रचण्ड र बाबुराम लगायत हालसम्मका प्रधान मन्त्रिले अन्तराष्ट्रिय एयरपोर्टको हालत जस्तो सुकै होस्, केहि चासो छैन|

    Reply
  5. अरुन says:
    October 26, 2014 at 3:41 am

    शोभ राज सर ले नेपाल को एअरपोर्ट बाट त हात्ती पनि छिराइ दिन्छु भन्याथ्यो रे जाबो हज्मोला छिराउन त गाह्रो रैछ

    Reply
  6. buda says:
    October 25, 2014 at 10:19 pm

    there is no CCTV camera in Nepal Airports, so these security Police have more chance to do smuggling and corruption.

    Govt. will not able to install CCTV camera in next 200 years. So better to allow video and camera to passengers and people , Only than it will control.

    Reply
  7. ramesh says:
    October 25, 2014 at 6:42 pm

    एस्लाई अन्यथा भन्न मिल्दें, लन्डन को हिथ्रो मा बेबी मिल्क को बोत्तल मा बिस्पोतक पदार्थ को केमिकल राखिएको पाइएको थियो.सुरक्षा जाच मा हामी लाइ व्यक्तिगत तकलिफ भए पनि एस्तो हुने पर्छ. चकलेट त हो नि, औषधि जस्तो थियो तेसै ले छाडी दिएको भनेर पछि भन्न मिल्ला र प्लेन अपहरण भए पछि?

    Reply
  8. Thule says:
    October 25, 2014 at 6:29 pm

    यो DKS भन्ने तेही चोर सेक्युरिटी हुनु पर्छ पक्कै पनि कि न भए तेही एरपोर्ट को अर्को चोर कर्मचारी. बिदेशी लाइ एस्तो निच र निन्दयिये काम गर्ने लाइ तुरुन्त कारवाई गर्ने पर्छ नत्र येस्ता लुटेरा देश को इज्ज़त फ्याल्ने नालाएक हरु को आट अझै बढ्ने छ. अब त्यो DKS ले अरु लाइ जस्तै मलाइ पनि एक थम्प्स डाउन पक्कै देला भन्ने आशा गरेको छु.

    Reply
  9. BRS says:
    October 25, 2014 at 1:59 pm

    यसरी समाचार लेख्नु भन्दा सुरक्षा कर्मीले दुर्व्यबहार गरेको थाहा पाए पछी तुरुन्त सम्बन्धित निकायमा रिपोर्ट गरेको भए राम्रो हुने थियो / दुर्ब्यबहार गर्ने सुरक्षाकर्मिलाई त्यतिखेरै कारबाही गर्न सकिन्थ्यो तर यसरी समाचार लेख्नुको उद्येश्य विमानस्थल प्रशासन तथा सुरक्षाकर्मिको बेइजत गर्ने मात्र हो कि जस्तो लाग्यो / अझै पनि दुर्ब्यबहार गरेको प्रमाण भए आउनुहोस् त्यस्ता व्यक्ति जो कोहि होस् हामी अवस्य कारबाही गर्ने छौं /
    भरतपुर विमानस्थल प्रशासन

    Reply
    1. Suman Gurung(UK) says:
      October 26, 2014 at 7:31 am

      येही कुरा त अचम्म छ, कम्तिमा दुइ लाइन थपिदिएको भए कति जाती हुने थियो. ” यात्रु मा पर्न गएको असुविधा तथा दुर्व्यवहार पर्ति क्ष्यामापार्थी छौ,” … अनि अर्को कुरा तेही प्रमाण ले त मार्यो नत्र येसरी बाघ भएर कहा कमेन्ट गर्ने थियेउ र भरतपुर विमानस्थल, प्रमाण को रुपमा विडियो राखिदेको भए त रुझेको बिरालो भैहल्थेउ नि. टोइत.

      Reply
      1. ghartee says:
        October 27, 2014 at 1:07 am

        प्रमाण नभई तेत्तिकै कसै लै दोष लगाउन पनि त भएन नि मित्र ..
        बदनाम गर्ने मनसाय ले पनि जे पी ति समाचार दिएको हुन सक्छ नि …तपाई लाइ पनि कसैले येत्तिकै दोष लगुना सक्छ नि … तपाई ले प्रमाण देखाऊ भन्नु त स्वाभाविक हो नि /

        हुन त यी कर्मचारी को इतिहास हेर्दा एस्त नराम्रा काम गरेको इतिहास धेरै छ … तैपनि .. यी बिदेसी हरु लाइ पनि कडा भन्दा कडा कानुन मा राख्नु जरुरि छ ..किनकि यिनीहरु ले पनि आफ्नो इतिहास देखाएका छन् / जस्तो कि एउटा लाजिम्पाट तिर बस्ने अम्रिकाने कुइरे ले १० साउ वर्ष देखि बन्य जन्तु को तस्करी गर्दै आएको समाचार प्रकाशित भाको थियो …केहि महिना अगि .

        Reply
        1. Birendra says:
          October 27, 2014 at 2:32 am

          ए नामै लेख्न लाज लागेर घर्ती भनेर फेक नाम मात्र लेख्ने दाइ हो कि भाइ,
          सामान्य मान्छेले त्यही बोर्ड हेर्ने हो,
          सब कुरा त्यसैमा अटाउनु पर्छ
          flight safety standard” हेर भनेर आदेश दिनेले कहाँ हेर्ने त्यो पनि बताइदिए हुन्थ्यो नि हजुर!

          Reply
          1. ghartee says:
            October 27, 2014 at 4:41 am

            कस्तो मुखाले हुनु भाको मित्र, मेरो नाम भन्दा नि लेखेको कुरो ले महत्वो पाउल भन्ने ठान्नु पनि बेक्कार रैछ .. तपाई लै मेरो नाम नै चाइयेको रैछ सुन्नुस मेरो नाम जगन घर्ती मगर हो
            मलाई चै तपाइको नाम, थर संग केहि मतलब छैन / तपाई ले लेख्नु भा को बिचार संग मात्र मतलब छ /
            बिदेसी ले पक्कै पनि बिदेस देखि बिमान चढेर नै आको होला .. गाडी मा त पक्कै आएन होला .. उसलाई सोध्नुस बिस्तृत विवरण “flight safety standard ” मा हेर्ने कि नहेरनी भनेर ..उसै ले भन्ला तपाई लै /

            हो ..सामान्य मान्छे जसलाई पुरा नियम था छैन तेहा का कर्मचारी हरु ले भनेको follow गर्ने / आफु बिस्तृत जानकारी पनि नलिने .. अनि फेरी कर्मचारी को कुरो नि नसुन्ने .. अनि फेरी लौ यो खोस्यो ऊ खोस्यो भन्ने … तपाई को विचार संग मा सहमत छैन .. मेरो नि कयौ पल्ट समान फल्दिएको छ बिदेसी बिमनास्तल मा .. जस्तो कि ठुलो साइज को दात मज्ने मन्जन , पनि को बोत्तले ,… आब यो नियम त मान्न पर्यो नि /

            अब बस्ताब मै कर्मचारी ले नियम उल्लङ्घन गरेको भए उसलाई पनि करबि त गर्नु पर्छ … अब बस्ताब मा बिदेसी ले उल्लङ्घन गरेको भए कर्मचारी ले ठिकै गर्यो …

            आब तपाई को एकतर्फी कुरा सुनेर सब गल्ति नेपाली कर्मचारी को भनि हाल्ने पक्ष्य मा मा छैन /

            Reply
  10. dks says:
    October 25, 2014 at 12:37 pm

    security check in गर्दा chocolate , chew-gum लान दिएन भन्दैमा खराब भनि हाल्न मिल्दैन , संसार ठुला एरपोर्टहरुमा यो भन्दा नि कडा नियम हुन्छ ….हाम्रो सानो एरपोर्ट भन्दैमा बढी सुबिदा खोज्नेहरुलै चै अफ्तेरो हुनसक्छ , sugar-candy बिमानमा वितरण गर्छन diabetes को बिरामी लै येस्करण problem हुनु नपर्ने हो , security check-in गर्ने पुलिस ले समान लुटेको होइन, एस्ता कुरा लै गलत रुपमा प्रचार गर्नु भन्दा , नेपाल को Flight Safety Standards मा के कुरा छ तेस्लाई आधार मानेर यो blog article आएको भए राम्रो हनेथेयो…..

    Reply
    1. Birendra says:
      October 25, 2014 at 1:06 pm

      ब्लगकै फोटोमा यात्रुले लान निषेध गरिएका सामान बारे लेखिएको छ
      के त्यहाँ चकलेट र चुइँगम निषेध लेखिएको छ ?
      dks उपनाम राखी आफ्नो नामबाट कमेन्ट गर्न समेत लाज लाग्ने मान्छेले त्यो फोटो हेरी तेस्लाई आधार मानेर यो blog कमेन्ट आएको भए राम्रो हनेथेयो…..

      Reply
      1. ghartee says:
        October 27, 2014 at 1:16 am

        मित्र तिम्ले भनेजस्तो सब कुरा एउटा board मा अताउन कहाँ सकिन्छा ..
        चकलेट लेख्यो फेरी बिस्कुट लेखेको छैन भनौला … बिस्कुट लेख्यो गुल्कोज लेखेको छैन भनौला .. फेरी कलम लेख्यो pencil लेखेको छैन भनौला … येस्तै येस्तै …
        बखेडा निकाल्न खोजे जसरि पनि निकाल्न सकिन्छा
        तेइ भएर बिस्तृत मा बुझ्न को लागि “flight safety standard” हेर भनेको …

        अब बास्तव मै तेस्तो भएको हो भने कारबाई गर्नु पर्छ … बिदेसी लै होस् या नेपाली लै होस् समान रुप मा .. बिदेसी भन्दै मा कुनी xtra कुरा नसोचे हुन्छा .

        Reply
    2. Shankar says:
      October 25, 2014 at 2:25 pm

      बेलायत को बिमान स्थल मा मेरो पनि कपडा पुरै खोलेर जुता समेत खोल्न लगायो ( हामि खैरो छाला हुने लाइ आतंक बादी नै हो कि भन्ने संका गरेको आभास हुन्छ ( पाकिस्तानी र अरु मुस्लिम आतंक कारी ले ख्याति कमाएकोले ) , झनक्क रिस पनि उठेको थ्यो |
      तर यो किन भन्ने आफुले पनि बुझेकोले र उनीहरुको लागि यो जरुरि पनि थ्यो |
      दुर्ब्यबहार गरेको भए चै अलिक सभ्य बन्न पर्यो भन्न सकिन्छ , कलम लुटेको मा छन् बिन गर्न पर्यो | नत्र खैरे हुदैमा ज्वाई को ब्यबहार दिन पर्यो भन्ने छैन | नियम कानुन बनाएर कट्टु समेत फुकाले हुन्छ |

      Reply
    3. Bishwaraj says:
      October 25, 2014 at 2:36 pm

      यो dks भन्ने ब्याक्ति नेपाल प्रहरी कै हुनु पर्छ, संसार कै नालायक पुलीस नेपाली पुलीस-

      Reply
    4. RC Silvanus says:
      October 25, 2014 at 6:48 pm

      Dear DKS Ji,

      I totally disagree with your statement. You don’t know what was happened with Paul Miller.
      I wish you would try to know the fact first before making a comment. I have filed a complaint at concerned department, and I hope, concerned authorities will take necessary steps to make our airport customer friendly.

      Reply
  11. बशन्त राज says:
    October 25, 2014 at 12:04 pm

    नेपाल प्रहरीको फेसबुक छ त्यहा यो लेख इमेल मार्फत पठाएर त्यो प्रहरीलाई कारबाही गर्न जनदबाब दिन सकिन्छ /

    Reply
  12. Bipin Sharma says:
    October 25, 2014 at 11:09 am

    एरपोर्ट को toilet को साबुन पनि येसरी नै airportkai कर्मचारीले गोजीमा हाली घर लागेको हुनु पर्छ !

    Reply
  13. Vishnu Prasad says:
    October 25, 2014 at 11:03 am

    This is very shameful. We can not ignore that such incidents may not have happened in the past. Who is responsible for this? Not only punish he should be behind the bar for life term

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme