Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

संस्मरण​- त्यो दिनको देउसी!!

Posted on October 25, 2014October 26, 2014 by mysansar

-निराजन लुइँटेल-

म सानै हुँदादेखि मलाइ सबै भन्दा मन पर्ने चाड तिहार,खोइ किन किन यो चाडको प्रवेशले मेरो तन-मन त्यसै-त्यसै उमंगले फुरुङग हुन्छ।वातावरण पनि त्यसै त्यसै रमाइलो हुने त्यो बेला,हुन त दसैँ पनि नरमाइलो पर्व त होइन तर दशैको बेलामा लामो बिदा हुनाले मलाइ त्यो चाड मन पर्दैन थियो,अनि लामो बिदा हुनु भनेको धेरै होमओर्क हुनु।बिदामा रमाउने भन्दा पनि होकओर्कको चिन्ता,फेरी दशैमा मामाघर,मुलघर,यता उता कता कता टिका लगाउन पनि जानु पर्ने,गाडी उस्तै भिड त्यसैले दसैँ भन्दा तिहारले मनमा डेरा जमाएको हुनुपर्छ।अन्य कारण पनि होलान् यहाँ सबै कारण लेख्न उचित नहोला।वातावरण फूलै फूलको,सबैको घर आँगन फूलको वासनाले सुवासित भएका हुने,सबैको मुहारमा खुसी,रौनक।सबै तिर झिमिमिलि,मिठा मिठा खाने कुरा सबैको भान्सामा बन्दै अहो! कस्तो मज्जाको समय।कुरा धेरै पहिलाको हो त्यो बेला मा ११मा पढ्थे ,२०६० सालको कुरो हुनुपर्छ ।यो सालको तिहार आउदा त्यो तिहारको ११ वटा वसन्त बितेको हुन्छ। त्यो बेलाको तिहारको कुरा,रमाइलो चाडको कुरा।जसरी दशैले बिदाइको हात हल्लाएर हामी माझबाट गयो,लगत्तै तिहारले आफ्नो आगमतको निम्तो दिन थाल्यो सबै तिर फूल फुलाएर,वातावरण रंगिन बनएर,फूलको वास्नाले सुगन्धित पारेर।तिहारको आगमनको खबरले फेरी मेरो मन तरंगित भयो,बहिनीको हातको टिका लगाउने,अनि देउसी खेल्ने रहरले।

त्यो बेलामा देश संकटकालमै थियो,सेना र माओवादी बिचको युद्ध चल्दै थियो,चाड पर्व मनाउन माओवादीले केही दिनको लागि युद्ध विराम गरेको थियो,तर पनि जनता अझै कति बेला के होला भन्ने शङ्काकै जिउन बाध्य थिए।तिहारभएको हुनाले सबै जना पटका पड्काउन खोज्ने तर राज्यले आतजवाजि पड्काउन बन्धेज गरेको थियो,भारतको सिमाना नजिकै जोडिएको हुनाले प्रशासनको आँखामा धुलो हालेर २ नम्बरी गरेर भएपनि व्यापारी महङ्गो मूल्यमा ती अवैध सामान बिक्री गर्दै थिए भने जनता भने त्यो जति सुकै मूल्य तिरेर भए पनि किन्ने होडमा थिए।हामीले पनि घरलाई सजायौ,झिलिमिली बत्ती बालेर,दोयो,मैनबत्ति अनि बिजुलीबाट चल्ले झिलिमिलीले।सारा सहर,गाउँनै नव दुलही झैँ सझिएको थियो।सारा दुख पीडा भुलेर जनता पर्व मनाउन लागि परेका थिए।सबैमा खुसीको बहार छाएको थियो।टाढा हुने आफन्तहरु पनि आइसकेका थिए,आउन नपाउनेहरु पनि जहाँ भएपनि आफ्नो चाड मनाउन तल्लिन थिए।काग तिहार,कुकुर तिहार,गाई तिहार साथमा लक्ष्मी पूरा,अनि गोरु पूजा सबै सकिएको थियो।भैलो,देउसी खेल्लेहरु लर्को सबै तिर व्यस्त थिए,रातमा १० बजे पछि देउसी भैलो खेल्न नपाउने प्रशासनको उर्दी हुनाले सबै दिनमै देउसी भैलो खेल्न थालेका थिए।तर हामी गाउँका युवाहरू भने दिनमा दिउसि खेल्ने पक्षमा थिएनौ।हामी गाउँका २०-२१ जनाको ठुलो समूह थियो,हामी रमाइलोको लागि मात्र देउसी खेल्ने हुनाले बेलुकि सात बजे देखि ९:३० सम्म दिउसि खेल्ने योजना बनाएर बसेका थियौ।

योजना अनुसार सबैजना लाग्यौ,मादल,झ्याम्टा लिएर,हाम्रो लक्ष्य भनेको नजिक नजिकैको सबै घरमा रमाइलो गर्नु थियो।हामी सबै समान उमेरका उट्पट्याङ्ग गर्ने टिनएजका थियौ,हामीलाई देउसी राम्रो सँग भट्याउन पनि आउने थिएन,हल्का देउसी भट्यायो,अनि हल्का मादलको तालमा बेसुरे गीत गाएर नाँच्यो,नाच्नु पनि के भन्ने हात खुट्टा हल्लाउने मात्र त हो।हामी मध्य स्वर अनि भट्याउन पनि जान्ने सुनिल दाइ थिए,उनलाई हल्का माल चढाइ दियो भने रात भर पनि गीत गाउन सक्ने,अचम्मकै मानिस थिए सुनिल दाइ।त्यसै गरेर योगेन्द्र पनि रौसे मान्छे,दोहोरी गाउन माहिर।सबै जना मिलेर हामी गाउँको पल्लो कुना सम्म देउसी खेल्यौ,समयको पर्वाहनै भएन छ हामीलाई रमाइलोले गर्दा। रातको ११ बजि सकेको रहेछ,अझै पनि साथीहरू घर जाने कुरा छैन,सेना,प्रहरी आयो भने फेरी भोलिको भाइ टिका पनि लगाउन पाइने हो या होइन भन्ने डरले मलाई भने कम्ता टेन्सन भएको होइन।तर साथीहरू देउसी खेलेर उठेको पैसा केन्द्रमा गएर रमाइलो गर्ने पो भन्न थाले,लु अब झन् मार्ने भयो भन्ने तर्कनाले भतभति पोल्न थाल्यो।तर पनि गाँस छोड्नु साथ नछोड्नु भन्ने उखानै छ नि मैले पनि उनीहरूलाई छोडेर एक्लै घर जाने सोच्न सकिन,पछि पछि लागे म पनि।

जडो महिनाहुनाले साथीहरू भित्री कोट लगाउनु पर्छ भन्न थाले,१५-१६ जना त्यो प्रस्तापमा सहमति भए,५-६ जना भने भित्री कोट नलगौने कोक,कुरमुरे मात्र खाने भयौ,अडर भयो,रमाइलै भयो सबै जनाले मिलेर खाइयो,त्यो दोकान भएको घरमा पनि देउसी खेल्यौ।जीवन भनेको रमाइलो त थियो त्यो उमेरमा।अझै पनि मलाई याद छ जाडो ज्यादै भएको हुनाले चुरोट साथीले तानेको देखेर मैले पनि तानेको धुँवा भित्र सबै पसेछ,मुटुनै रोकिएला जस्तो भएको आयो,मैले सबै अन्धकार मात्र देखे,केही छिन अगाडीको रमाइलो सबै कता गयो गयो ।यो कहिले नतान्नेलाई कसले दिएको चुरोट कता कता कानमा यस्ता आवाज थुरिदै थिए,उसैले मागेपछि के गर्ने त यस्तो पनि सुनिदै थियो,वन्ता भए पछि केही राहत भयो, अझै पनि पूर्ण ठिक भएको त थिएन,साथीहरूले गाली गर्न थाले नजन्नेले किन पिउनु यता उता चुप चाप सुनिरहे केही विवाद गर्ने ल्याकत भएन ममा त्यो बेला।अब हल्ला गर्दै हामी घर फिर्न थाल्यौ,साथीहरूलाई हल्ला नगरौन भन्दा मान्ने कोही होइन,यो हाम्रै गाउँ त हो के हो डर यसो पो भन्न थाले।हल्ला गर्दै बाटोमा हिड्दै थियौ,पर कालो कालो गाडी जस्तो हामी भए तिरै आए जस्तो लाग्यो,मैले साउती गरे,”सेना हो कि प्रहरी हो अब सकियो,तिमिहरुले पिएका पनि छौ अब सक्कियो ।”

अर्को साथीले भन्यो-“यो डरपोक,चुप लागेर हिड।”

डरले खुट्टा लगलग काप्न थाले,मैले आफू उभिएको स्थान भाँसिए झैँ माने।नभन्दै त्यो सेनाको गाडी रहेछ।

“ओइ ओइ रा**को छोराहरु तिमीहरू माओवादी हो?”गाडी भित्रबाटै फौजी लवजमा प्रश्न गर्‍यो

“हेण्डस् अप” फेरी करायो

आफ्नो हातमा साइकल थियो त्यो स्टेन लगाउन भ्याएको थिइन,हात डरले माथि गर्दा साइकल लड्यो अनि आवाज आयो।एउटा सेनाले बन्दुक मेरो कन्पारोमै राख्यो,अब त मेरो सु सु आउन मात्र बाँकी रहयो,अरूलाई हेरे कोही पनि डराए जस्तो देख्दिन,माने मैले यी केटाहरुको कलेजोलाई,मलाइ पनि अब भने केही डर कम भयो।

मा***** कहाँ गएर आएका,र**** तिमिहरुलाई थाहा थिएन रात भर खेल्नु हुन्न भन्ने?गोली हान्दिउ,माओवादी मुडभेडमा मारिए भनेर भोलिको न्युज बनाइदिउ?सुन्नै नसक्ने गाली अनि प्रश्नहरुले डरलाइ आगोमा घ्यु थप्नेकाम गर्दै थियो,कोही पनि चु बेलेको थिएन,एक्कासि म बोले सर थाहा भएन,हाम्रो घर यहिनै हो अब घर जान लागेको माफ गर्नु होला। त्यसमा सबैले हो मा हो मिलाए।अझै जवानहरुले बन्दुक पोजमा लिएरै बसेका थिए।

टोली नायक केही नम्र हुँदै बोल्यो-” ल ठिक छ,तुरुन्त घर जाने अनि सुत्ने,भोलि पनि देउसी खेल्न मन भए १० बजे सम्म खेल्ने,भोलि पनि भेटे भने सिधै उडाइ दिन्छु। कुरा बुझ्या हो मु***ले?लु जा।” यति भनेर सेनाको टोली अगाडी बढ्यो,हामी घर आयौ।साथीहरूले बाटामा मेरो मजाक धेरै उडाए।मेरो मुटु देखि लिएर लुगा सम्म छाम्न भ्याए।मलाई साथीहरू सँग कुनै गुनासो थिएन,यसरी मुडभेट भनेर धेरै सोझा मारिएका थिए,हामी त्यो समचारको पात्र हुनु परेन त्यसैमा खुसी थिएँ।रात भर निन्द्रा परेन।भोलीको भाइ टिका अनि केही अगाडी भएको घटना सम्झेर गम खाई रहे।केही खुसी केही दुखी हुँदै।

( Note-**भएका शब्दहरु गाली हुन।)

[यो ब्लग माइसंसारका पाठकले पठाएर जस्ताको तस्तै प्रकाशित गरिएको हो। तपाईँ पनि आफ्ना सामाग्री हामीलाई यहाँ क्लिक गरी पठाउन सक्नुहुन्छ।]

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme