Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

रिसोर्टमा सहमति नभएपछि सिस्नुपानीमा देउसी खेल्न आएका शीर्ष नेताहरु

Posted on October 23, 2014October 23, 2014 by Salokya

काग तिहार र कुकुर तिहारका दिन निर्णायक वार्ता गर्ने निधो गरेका थिए प्रमुख तीन दलले। काग तिहारमा सबै काग झैँ बाठा भए कि? कुकुर तिहारमा कुकुर झैँ जुधे कि के गरे, थाहा भएन गोप्य बैठक भएकोले। थाहा यति भयो – कुरा मिलेन। कुरा समेत गर्न मानेनन् शीर्ष नेताहरुले पत्रकारसँग। बैठकमा भएका दुई जना नेता भने गोकर्ण रिसोर्टबाट कमलादीमा सिस्नुपानी खान आए। सिस्नुपानी नेपालले आयोजना गरेको देउसी भैलो कार्यक्रममा सत्यमोहन जोशी भट्याउँथे, केपी ओली र रामचन्द्र पौडेल हात उठाई उठाई ‘देउसी रे’ भन्दै थिए। दर्शकहरु हाँस्दाहाँस्दा थाके। भिडियो हेर्नुस् त।

सत्यमोहन जोशीले माघमा संविधान, दिनै पर्छ भन्दा ओली र पौडेल देउसी रे भन्दै साथ दिँदै थिए हाँस्दै।

जोशीले ‘धारामा पानी, साँझमा बत्ती, युवालाई इलम, रोगीलाई इलम, कहिले दिन्छ हेरौँला’ भट्याउँदा यी नेताहरुले देउसी रे भन्दै साथ दिएका थिए।

आयोजकले एमाओवादी नेताहरुलाई पनि बोलाएका रे। तर उनीहरु चाहिँ आएनन्।

रमाइलो त के भयो भने साँझमा बत्ती कहिले दिन्छ हेरौँला भनेको केही समयपछि झ्याप्पै बत्ती गयो- लोडसेडिङ।

देउसी भट्याएपछि अर्को कार्यक्रम बाँकी थियो।

नेताहरुलाई दर्शक दीर्घामा राखेर उनीहरुले व्यङ्ग्यको सिस्नुपानी मज्जाले लगाए।

बुद्धि विवेक मरेका, मट्टितेल डिजेल भरेका
नेता हाम्रा कस्ता छन् ग्यालेन जस्ता छन्

छिमेकीका मोदीे हिन्दा संसार नै हल्लिन्छन्
हाम्रा कोदे हिँड्दा खेरी आफैं हल्लिन्छन् ।

प्रधानमन्त्रीलाई दिनु दनक दिए उनीहरुले यसरी-

अरु देशका प्रधानमन्त्री आफ्नो देश बनाउने
हाम्रा देशका प्रधानमन्त्री लुतो कनाउने

गरिब प्रधानमन्त्रीलाई कसले यस्तो गरायो
भान्साबाटै जाबो बाह्र लाख हरायो

सिंहदरवार कपालमा कस्तो जुम्रो परेछ
प्रधानमन्त्री छानेको त झुम्रो परेछ

देखिहाल्यो युवा शक्ति राजनीतिमा उक्लेका
शीर्षासनमा बस्ने सबै दाँत फुक्लेका

ओलीकै अगाडि उनीहरुले गाए

स्वागत द्वारमा आगो लगाई अधिवेशन गरेर
ओली-नेपाल कुस्ती खेल्छन् भूइँमै झरेर

एमालेलाई धेरै वर्ष हाँके नली हुक्काले
अध्यक्ष पद पड्कायो उखान टुक्काले

कोहीले धन कमाए, कोहीले डन बढाए
पक्कै मन्त्री भइन्छ है केपी समाए।

हेर्नुस् भिडियो-

8 thoughts on “रिसोर्टमा सहमति नभएपछि सिस्नुपानीमा देउसी खेल्न आएका शीर्ष नेताहरु”

  1. bijay says:
    October 24, 2014 at 9:57 pm

    A person who is really sleeping can be awakened.
    A person who is pretending to be sleeping can never be awakened.

    So it is a waste of time to try to wake up these Netas.

    Reply
  2. लक्ष्मी प्रसाद अर्याल says:
    October 24, 2014 at 4:51 pm

    नेता भएकै लाज शरम पचाएर हो। यस्ता कुराले छुँदैन। बरु जोक सुनाएको जस्तो पो हुन्छ त!

    Reply
  3. तुयू भाजु उदास says:
    October 23, 2014 at 3:43 pm

    केटाकेटीलाइ सिस्नुपानी भनेर बुझ्दैनन्
    निर्लज्ज नेताहरुलाई शब्दले पनि पोल्दैनन
    असिना नै परे नि वर्शादी ओढ्नेहरु भिज्दैनन
    लाजले पसिना आएनि यी नेताको आँखा बोल्दैनन
    शंका लाग्न थाल्छ – यिनको छाती भित्र रगत बग्दैनन !

    Reply
  4. Shankar says:
    October 23, 2014 at 3:23 pm

    बेसरम , बे हाया , जाने वफा हरुलाई कुरी कुरी गरेर के असर ?चीन ले पनि भ्रास्ताचारी नेताहरुलाई येस्तै खाले सिस्नुपानी मजाक गर्दै बसेको भए आज चीन बन्थ्यो ?
    हान्न पर्छ डन्डाले टुप्पी मा समाएर अनि बिर्सिन्छ भासण र ठुला ठुला कुरा |

    Reply
  5. RameshUpadhaya says:
    October 23, 2014 at 1:56 pm

    नेतालाई गाली गर्न चाँहि जो पनि मच्चिने आफु चाँहि एउटा जाबो सडक नियम त पालन गर्दैनन् नेपाली। नेतालाई कर्तव्य सिकाउनु भन्दा पहिले आफुले पालन गर्नु पर्ने सानो सानो कर्तव्य पालन गरेर देखाउँ न हो हामी नेपाली जनताले ।यही ब्लगमा पनि बिज्ञान संबन्धि लेखमा दुई चार जनाले कमेण्ट लेखेको हुन्छ तर कुनै नेतालाई गाली गर्न परेमा कमेण्टको अोइरो नै लाग्छ । नेतालाई गाली गरेर देश बनाउने जिम्माबाट आफुले उन्मुक्ति पाईने कस्तो सजिलो उपाय । कस्तो गालीमय भएको हो नेपाली समाज ! जसले जति ठूलो गाली गर्न सक्यो उ उति नै ठूलो मानिसमा गनिने समाज हो यो । हुँदा हुँदा तिहारमा समेत गाईजात्राको जस्तो गाली ! तिहारलाई तिहारकै रूपमा मनाउँन हो ।

    Reply
  6. narayan says:
    October 23, 2014 at 10:33 am

    यो त देउसी भन्दा गाई जात्रे भएन र भनेको ?

    Reply
  7. Durga Adhikari says:
    October 23, 2014 at 8:44 am

    हासोमा उडi.उने/ तेती नै त् हो नि/ यति धेरै महतोका कुराहरु खेल ठट्टामा उडछन/ ठट्टा ठट्टामै धेरै पुस्त सकिने भो/

    Reply
  8. kiran says:
    October 23, 2014 at 8:43 am

    *** A good message for all political leaders. Well done !.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme