Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

किन घोषणा गरियो पोखरामा ‘छक्का निषेधित क्षेत्र’ ?

Posted on October 20, 2014 by mysansar

यौन अल्पसंख्यक भन्दै अधिकारका लागि जुर्मुराइरहेको बेला उनीहरुविरुद्ध अभियान पनि सुरु भएको छ। पोखरामा देशमै पहिलो ‘छक्का निषेधित क्षेत्र’ आइतबार घोषणा भएको छ। पोखराको बिपी चोकमा अवस्थित पराजुली मार्गलाई सुजनबाबु पौडेलको अगुवाईमा सम्पूर्ण टोलबासीको तर्फबाट यस्तो निर्णय गरिएको हो। निर्णयको बोधार्थ जिल्ला प्रशासन कार्यालयलाई समेत दिइएको छ।

वर्ल्ड बिकिनी डे भन्दै काठमाडौँको रत्नपार्कबाट तेस्रो लिङ्गीहरुले आगामी फेब्रुअरी १३ मा रत्नपार्क लगायत देशभर अर्धनग्न भएर प्रदर्शन गरेर विकृति सुरु गर्न लागेकोले यस्तो कदम चालिएको कास्कीका सिडिओलाई बुझाइएको ज्ञापन पत्रमा उल्लेख छ।

असोज ८ गते पोखराको वीपी चोकमै यस्तो प्रदर्शन सुरु भएकोले हाम्रो समाज, संस्कृति र सभ्यता जगेर्ना गर्दै टोलवासी सन्ततीहरुलाई छाडा र विकृतिमूलक क्रियाकलापबाट टाढा राख्न छक्का निषेधित क्षेत्र घोषणा गरिएको ज्ञापन पत्रमा लेखिएको छ।

chhakka

21 thoughts on “किन घोषणा गरियो पोखरामा ‘छक्का निषेधित क्षेत्र’ ?”

  1. Sujan Babu paudel says:
    October 26, 2014 at 9:40 pm

    तपाईंहरु सम्पूर्ण सम्पूर्ण मा शुभकामना ब्यक्त गर्दै, पराजुली मार्ग चिप्लेढुङा पोखराबासी सम्पूर्ण सचेत सजग महानभावहरु र अन्य सहयोगी सम्पूर्ण प्रती म हार्दिक क्रितज्ञता ब्यक्त गर्न चाहन्छु। हाम्रो कडा बिरोध प्रयासले नेपालमा आयोजना हुन लागिरहेको बिक्रिती मुलक कार्य “World Bikini Day Nepal” 13th Feb 2014 स्थगन को सन्केत मिलेको छ। यो समाज, सस्क्रिती अनी सभ्यता बचाउनमा तपाईंहरुले ठुलो गुन लगाउनु भयको छ। हिजो २२ October २०१४, १४।०३ बजे Event “World Bikini Day Nepal” लाई सामाजिक सन्जाल Facebook बाट हटाइयको छ । हामी नेपाल आमाका सन्तान हौ, सक्छौ भने राम्रो काम गरौ, लोभ् लालाचमा फसेर समाज, सस्क्रिती, मानबिय सभ्यता, प्राकृतिक अनुकुलनमा चल्दै आयका धर्म सन्स्कार र प्रक्रितिलाई नै चुनौती दिने/ हुने काम नगरौ भन्ने हाम्रो आग्रहलाई शहस्र स्विकार गरेर यो बिक्रिती युक्त कार्यक्रमलाई हटाउनु भयकोमा तपाईं आयोजक प्रती हार्दिक आभार ब्यक्त गर्न चाहन्छु। बिकृतिमुलक कार्यक्रम हटाउन यो एस्तो कदम चाल्नु परेकोमा म छ्यमा प्रार्थी छु र भबिश्यमा एस्ता कडा बिरोधका कार्यक्रम लियाउनु पर्ने कुनै काम हुने छैनन भन्ने अपेक्ष्या गर्दै, LGBT Right Activist हरु बाट हुन गैरहेका कार्यक्रमहरु; स्कुल स्तरमा समलिङी शिक्षा राख्ने उदेश्यले छ कक्षामा तेश्रो लिङी राखेको प्रती, अनी आउँदा बर्ष मा अरु 7,8,9 कक्षामा यौन शिक्षाको नाममा एस्तो कुरा सिकाउदा हाम्रा केटा केटी तिनिहरु किशोर अवस्था मै नकरात्मक कुरामा लागेर बिग्रिन सक्छन। हामी ८० % भन्दा बढी नेपालीहरु Bisexual Feelings का भयकोले यो हाम्रो लागि अती सम्बेदनशिल बिषय हो । नेपालमा मैले बिगत एकदशक देखी यो बिषयमा गरी रहेको अनुसन्धान अनुसार यो समलिङी सम्बन्धमा लागेका ब्यक्तीहरु(पुरुषहरु) एस्तो सम्बन्धमा लागेको एक डेढ बर्षमा आफ्नो पार्ट्नर सँग मात्र नभै अरु धेरै जना सँग संपर्क गर्ने गरेको पाइयकोले, १९९० को WHO Declaration ले यो “Homosexuality is a Natural Achievement, it is not a psychic Disorder.” एकदम सत्य र सही कुरा बताए पनि बिद्यालय स्तरमा बिद्यार्थीलाई यो कुरा सिकाउन आवस्क्यक नभयकोले यो कुरा क्याम्पसका पनि समाजशास्त्र, मानबशास्त्रका लागि मात्र उपयुक्त हुने हुनाले छ कक्षाको जनसंख्यामा राखियको तेश्रो लिङी शब्द हटाउन जोड दार माग गर्दछु। सँग सँगइ भारतमा तेश्रो लिङीले बताउने अर्थ Transgendered र नेपालमा तेश्रो लिङीले बताउने अर्थ LGBT Right मा आकाश जमिनको फरक रहेको तथा सम्पूर्ण धर्म शास्त्र र सभ्यता, सस्कारको बिरुद्ध को यो LGBT Right नामको बिक्रिती जो २, ३ बर्ष मै अस्तित्वहीन हुनेछ Gender Studies मा आयका Approach हरु WAD, WID, GAD जस्तै भने.., यो हाम्रा बाल बच्चाको लागि अनाबश्यक बिषय हो । बरु बिधालयमा योग शिक्षा, नैतीक शिक्षा राख्न सुझाउछु। उक्त Declaration लाई गलत अर्थ लगायर विवाह जस्तो पवित्र सम्बन्धलाई त्यस्तो गलत र अप्राक्रित सम्बन्ध LGBT Right Based Homosexual Relation मा गास्न, जोड्न खोजियकोमा घोर आपत्ति जनाउन चाहन्छु । परापुर्ब काल देखी नै मानब सभ्यताको बिकास र सृस्‍टि चक्रका खातिर समाज र ठाउँ बिशेषमा जन्मेका बिभिन्न धर्महरुले त्यो बेला नै बर्जित गरेको प्रक्रिती बिरुद्धको कुरालाई नेपाल सरकार र सर्बोच्च अदालतले कानुनी मान्यता दियको कुराको र सो कुराले निम्त्यायको बिक्रिती र अप्राकृतिक कदम स्वरुप लियायको कुरा १८,२० बर्ष को भाई भतिजाले छोटो हिसाबले Instant and emotional सोचेको कुरा जस्तै भयकोले यो कार्यले अरु बिक्रिती लियाउने छ । यो बारेमा पनि म लगायत सम्बन्धित बिशेषयज्ञसँग राय सुझाब लिइयोस भन्दै यदी जनसंख्या मन्त्रालयमा तयार गराइ राखेको त्यो बिक्रिती मुलक बिधायनको ड्राफ्ट्लाई कुनै पनि बिदेशी शक्तीको आडमा कानुनी मान्यता दिलाउने कुचेस्टा गरियमा म एक सचेत नागरिक यबम एक मानबशास्त्री भयकोले त्यो दिन बाटै अामरण अनसन बस्ने निर्णय गरेको कुरा समेत् सम्बन्धित सबैमा जानकारी गराउछु ।

    प्रस्तुत भयका तथ्यहरुको सत्यता सम्बन्धमा प्रश्न उठाउनु भयकोमा धन्यवाद दिदै यो बिषय सर्बसाधरणमा चर्चा गर्ने बिषय भन्दा निर्णयक बर्गमा मात्र छलफल गरी निश्कर्श निकाल्ने बिषयको रुपमा पायकोले म सत्यता बिना तथ्यहरु नपस्केको जानकारी गराउदै ति तथ्य सत्यताका साथ् सम्बन्धित ठाउँमा नै पस्किने र तपाईंले शहजता पूर्वक हेर्न पाउनु हुनेछ भन्ने जानकारी दिदै पुन: हाम्रो यो रुखो कार्यक्रम भयपनी हाम्रो आग्रह स्विकार गरी नेपालमा आयोजना हुन लागिरहेको बिक्रिती मुलक कार्य २२ October २०१४, १४।०३ बजे Event “World Bikini Day Nepal” लाई सामाजिक सन्जाल Facebook बाट हटाइयकोमा तपाईं आयोजक प्रती हार्दिक आभार ब्यक्त गर्न चाहन्छु।

    ~ सुजन बाबु

    Reply
  2. आकाश says:
    October 24, 2014 at 5:57 pm

    अमेरिकामा नि यती सार्हो छाडापन हुदैन यार । छक्काहरुक लागी त नेपाल स्वर्ग नै हो ।

    Reply
  3. सौर्य says:
    October 23, 2014 at 4:02 am

    सुजनजी को बुझाई निकै साँघुरो लाग्यो मलाई | LGBT समुहलाई हामीले माया गर्नुपर्छ, न कि हेलाँ वा अपमान | world bikini day जस्ता कार्यक्रमहरु, हाम्रो समाजको दशकौं देखिको LGBT प्रतिको अपमान बाट सृजित भएको प्राकृतिक reaction मात्र हो |

    PhD गर्नुभएको रहेछ यहाँले तर कुन बिषयमा हो भन्ने थाह भएन, सायद बिज्ञानमा पक्कै नहोला | यदि बिज्ञानमा हुँदो हो त यहाँलाई पक्कै थाहा हुन्थ्यो, homosexuality लगायत तेस्रो लिंगी सबै mammal मा देखिएको प्राकृतिक पद्दति हो | केहि मानिसहरु प्राकृतिक रुपमै त्यस्तै gene लिएर जन्मिएका हुन्छन् | “ ल, आजसम्म चैं म straight/heterosexual तर भोलिबाट भने म homosexual” भनेर कसैले पनि sexuality परिवर्तन गर्ने होइन | sexuality मान्छे जन्मदैमा लिएर आउने कुरा हो | फरक यत्ति हो, कसैकसैलाई आफ्नो sexuality बयस्क भएपछि मात्र थाह हुन्छ |

    Your mentioning, or rather praising of Muslim nation’s suppression of LGBT is the lowest point of your letter. Those country must be condemned and ridiculed for their utter stupidity and intolerance. Human right and Free speech are the most fundamental building block of any civil society, and it should remain that way, if society wants to progress.

    If you silence somebody of they have to say, you are not only violating their right of free speech, but you are also making yourself a prisoner of limited speech. You are denying yourself a right to hear too.

    When you cut down laws to corner and capture the devil, and devil turns to meet you, you are screwed up. You have no protection, no right, as you just flattened it.

    Wake up !

    P.S . Please learn how to spell ‘panty’ and the meaning of ‘bisexual’ and ‘heterosexual’

    Before you reply to me, I sincerely hope you will learn something from this wonderful hitchen’s speech:

    http://www.youtube.com/watch?v=jyoOfRog1EM

    Reply
  4. सुवल says:
    October 22, 2014 at 1:08 am

    के शब्द हो छक्का? तीर्की चौका पन्जा भने जस्तो हो? तिहारको बेला यस्तै मात्र याद आउँछ|
    कसैले वा सुजन बाबु सरले बताईदिनु होला|
    बिकृतिको बिरोध गर्नु पर्ने हो| तर समाज केही हदसम्म सहनशील हुन् आवश्यक छ| संस्कृति, संस्कार र परम्परालाई अपव्याख्या गर्न भन्दा अपसंस्कार र बिकृतिको व्याख्या गरेर सुधार ओउल्याउन प्रगतिशील समाजको कर्तब्य हो|

    Reply
  5. dilip gurung says:
    October 21, 2014 at 11:11 pm

    साथी हो, यो “छक्का निषेधित” भन्ने चाही अलि भएन है| छक्का आफैमा भलादमी शब्द होइन| यसको लागि अरु उपयुक्त शब्दहरु नेपाली शब्दकोषमा नभएका होइनन| अर्को कुरा यो नारा अलि उग्रबादी भयो| अरु मित्रहरुले भने जस्तै “अस्लिलता निषेधित” भन्नु उपयुक्त हुन्छ चाहे त्यो जो सुकै किन नहुन| अलिक विचार पुर्याएर काम गरे यस्तो लाजमर्दो नाराहरुको सामना गर्नु पर्ने थिएन हामी जनताले|

    Reply
  6. Sujan Babu says:
    October 21, 2014 at 8:10 pm

    यो हाम्रो आन्दोलन को प्रयास हो, बिक्रितिमुलक कार्य हाम्रो समाज ले पच्दैन, जुनसुकै समाज का पनि आफ्ना आफ्ना मान्य मान्यता हुन्छन जसको कारण ले समाज परिचालित भै रहेको हुन्छ . जब समाज परिचालन हुने ति बिशेषता मा नै प्रहार हुन्छ, समाज मा बिचलन आउन सक्छ र समाज का अगुवा हरु यो बिषय मा अति संबेदनसिल रही कार्य गर्ने गर्दछन. जसरि कुनै गुरुङ सम्प्रदाय को मानिस ले मामा छोरी फुपू छोरी बिहा गर्नु अधिकार जस्तै हुन्छ , भने त्यो कुरा ब्रह्मिन समुदाय मा हाड नाता करनी मानिन्छ, एक दण्डनीय अपराध, त्यो कुरा समाज ले पच्दैन, त्यस्तै गरि नेपाल मा bikini day मनाउने कुरा पनि हाम्रो समाज सस्कृति बिरुद्ध को कुरा हो, अझ हामि नेपाली हरु जहाँ ८० % भन्दा बढी मा Bisexual Feeling ब्याप्त छ भने समलिंगी सम्बन्ध लाइ बैध बिबाह सरह को मान्यता र दिलाउने कुरा बिधालय को क्लास ७,८ ९ Homosexuality is the natural Achievement सिकाउदा हाम्रा छोरा छोरी ले के सिक्छन हामि ८०% भन्दा बढी मानिशहरु Bisexual छौ र म पनि समय बेला मा चिप्प्लिने मान्छे हो र बिगत १०, ११ बर्ष देखि यी मानिशको ,यो ब्यबाहार सम्बन्धको, अनुसन्धानको सिलसिलामा म पनि चिप्प्लियाको छु, एसो त म २८ बर्ष को भयपछि मात्र अनुसन्धान थालेको थिए. त्यो बेला सम्म म कहिल्लै चिप्प्लियाको थिएन, अब भन्नु होस् यस्ता गतिबधि बढ्दै जादा मेरो छोरा जसलाई स्कुलबाटै त्यस्तो सिकायो भने मेरो छोरा यो नसा मा फ़स्छ कि फस्दैन त्यो मेरो घरको मात्र कुरा होइन मेरो कुलको लागि र समाजको लागि टाउको Dukhaai को कुरा भयो कि भयन? अनि युरोप मा त ल एकजना gay भयर हिड्यो…., कसैले सोध्छ? कसैले चासो दिन्छ ? दिदैन किनभने उनीहरु post Modernistic Society का Individual Right मा लम्किसकेका मानीश हुन् तर यदि हाम्रो समाजमा कसैले बिहे गरेन भने उसको घर परिवार इस्टमित्र आफन्त छिमेकि र समाज सबैले त्यो बारेमा चासो लिन्छन र हामि पश्चिमी भन्दा धेरै सन्तुस्ट हुनाको राज यो पनि हो, अनि मेरो समाज जहाँ ८० % बढी Homosexual feeling भयका छन् र पनि सबै सन्तुस्ट छन् म पनि Secret Lover, Kaile kaahi Fasne एकदम सन्तुस्ट छु भने हाम्रो समाजमा यो LGBT Right ले बिकृति निम्त्यौछ कि नाई ? मैले अनुसन्धानको सिलसिलामा धेरै का भै छोरा संग फेक कुरा गरेको छु र सबै Conversation सेभ गरेको नि छु जसले प्रमाणित गर्छ कि ओपेन गरायो भने हाम्रा ति सबै केटा केटि कसरि त्यो नशा मा हराउने छन् . त्यस कारण सम्पूर्ण समाजको प्रतिनिधि अनि एक नेपाली सचेत मानबशास्त्रीको हिसाबले यो Activity बिकृतिको बिरोध स्वरुप आन्दोलनको चरण भयको कुरा जानकारी गराउछु .

    Reply
    1. dilip gurung says:
      October 21, 2014 at 11:58 pm

      सुजन बाबुजी,
      १) हाम्रो देशमा ८०% द्विलिंगी (bi-sexual) छन् भन्ने तथ्यांक कहाँ बाट आयो? श्रोत खुलाउनु हुन्थ्यो कि?
      २) तपाइँ आफै पनि चिप्लिनु भयो भन्दा मान्छेले आफु जस्तो छ, त्यस्तै अरुलाई पनि देख्छ भने कथन बास्तबिकता भएको जस्तो मात्रै लाग्यो|
      ३) केहि मानिस समलिंगी पनि हुन्छन भन्ने बास्तबिकता हो| यस्तो कुराको ज्ञान दिदैमा हाम्रा ८०% केटाकेटिहरु समलिंगी भएर हिड्छन भन्ने तपाइको कुरा अलि हावादारी नै लाग्यो|
      ४) हास्य ब्यन्गको लागि धन्यबाद|

      Reply
    2. Harke says:
      October 22, 2014 at 12:39 am

      मेरो विचार मा तपाई ले bisexual होइन heterosexual भन्न खोज्नु भएको हो कि ?

      Reply
    3. kalu bhai says:
      October 22, 2014 at 1:19 am

      समाजलाई हित हुने कुरा गरेको भएको पो सहयोग गर्नु , बिकिनी लाएर बाटो जाम मात्र गरेर के पाउछौ र. बरु सक्छौ भने बिकिनी लगाएर बागमती सफा गर्न जाओ न.

      Reply
    4. Kedar G says:
      October 22, 2014 at 3:14 am

      Damn Sujan Babu.. Where on earth did you get all the information? Never knew 80%+ are bisexuals in Nepal. Never knew that homosexuality is “Contagious” . You need to do your research.

      Reply
  7. xyz says:
    October 21, 2014 at 7:43 pm

    सुनिल बाबु पन्त vs Sujan बाबु

    Reply
  8. तुयू भाजु उदास says:
    October 21, 2014 at 2:30 pm

    छक्का मात्र किन , यौन व्यापारी निषिद्ध क्षेत्र नै घोषणा नगरीकन ?
    काठमाडौँ को ठमेल , रत्नपार्क मा बुढो मान्छे लाइ तान्दै गरेको दृश्य कसले हेर्ने ?
    महाबुद्ध को बीर अस्पताल फुटपाथ मा कति महिलाहरु हिड्न नै मुश्किल भएको अवस्था छ /
    यो सबै कुरो प्रशासनको नजर मा नपरेको हो कि , उल्टै संरक्ष्णमा फल्दो फुल्दो धन्दा भाको हो ?…पोखराका सजग जमातले पहलकदमी गरेको मा सराहना त गर्ने पर्छ, बा !

    Reply
  9. Shankar says:
    October 21, 2014 at 1:51 pm

    यो सब पढेर नुसरथ फतेह अलि खान को गजल याद आयो
    ”लिख दिया अपने दर पे किसिने ,
    यीस जगाह प्यार कर्ना मनाह हे ,
    प्यार अगर हो भी जाए किसी से ,
    उसका इजाहार कर्ना मना हे ‘
    जहा घुस खान , भ्रास्ता चार गर्न मनाइ गर्न सकिएको छैन , त्याहा पुलिश ,प्रसासन ले गर्नुपर्ने काम सफ्ट गुण्डागर्दी ले गर्यो भनेर वाहि वाहि गर्ने ?
    भन्न खोजेको के हामीले ? देश को पुलिस ,प्रसासन काम को छैन अब जनता मिलेर नै मदिरा निषेधित गनु पर्यो , धुम्रपान निषेधित , छक्का निषेधित आदि गर्नु पर्यो |
    काम निसन्देह राम्रो र आवस्यक हो , तर बिमारी लाइ मुख बाट दिनुपर्ने औसधि नाक बाट दिएर कति दिन धान्ने ?
    आजकाल खबरै एस्तो सुनिन्छ
    — रोल्पा को गाउ मा जनता आफैले बिजुली निकालेर लोद्सेदिंग निषेधित क्षेत्र घोसना गरे
    —-पल्ला गाउको को आमा समुह ले आफ्नो गाउलाई मदिरा निषेधित क्षेत्र घोसना गरे
    जनता आफैले सबै काम गर्ने अनि के ओली चै काजु खाएर बस्ने ? बामदेब उद्घाटन र सडक मा हाइजम्प गर्दै बस्ने ? सुसिल वोर्ल्ड टुर गर्दै बस्ने ? मिनेन्द्र रिजाल सबै ब्रान्ड चाख्दै बस्ने ?

    Reply
  10. diwakar says:
    October 21, 2014 at 11:21 am

    छक्का निषेधित भन्दा अस्लिल्ता निषेधित छेत्र बनाइनु पर्छ किनभने अस्लिल हर्कत जो कसैले गरोस समाजमा मान्ने हुने छैन । अनि येस्तो निषेधित छेत्र मुलुक भर बनाइनु पर्छ

    Reply
  11. Ramlal Shrestha says:
    October 21, 2014 at 10:28 am

    i hope people will show much more activism in regards to other aspects of nepali society like महिला माथिको हिम्सा, child labour, बोक्सी प्रथा, बलि प्रथा etc. instead sujan babu ji has made his personal agenda to project his hatred towards lgbt community. His previous written article on mysansar regarding how gay people enjoy heterosexual relationship shows the little understanding he has in this field. A narcissistic approach to the study where he pretends to be the “expert anthropologist” is very futile. Furthermore, an official document should be written fully in nepali or english. Use of multiple language and poor spelling (e.g.it is panties not penty) should not be even considered by the government official. His “Chakka prohibited Area” does not even make sense. What is “chakka”? Nepali dictionary defines it as a number rather than a transgender. Using such derogatory term in an official statement is another example of ignorance and personal hatred. Instead of giving the local community proper information about the lgbt issues, sujan babu ji is promoting xenophobia and ignorance.

    Reply
  12. Rajendra Adhikari says:
    October 21, 2014 at 8:13 am

    yshank जीले भनेको कुरा मा पूर्ण सहमत छु । हामीलाई अश्लीलता स्वीकार्य नभएको हो । छक्का (वा कुनै पनि लिङ्ग वा वर्ण वा प्रकृति) को मानिसहरू नै समग्र रूपमा प्रतिबन्धि गर्नु मानव अधिकार विरूध हुन्छ । अहिलेलाई तेस्रो लिङ्गीहरूले त्यस्तो अश्लीलता देखाएको भएर छक्का नेषेधित गर्नु ठीक देखिएला, तर भोली अर्कै समुहले त्यस्तो प्रदर्शन गरे फेरी तिनीहूरालाई पनि निषेध गर्ने ? फेरि केही छक्काहरूले त्यसो गरे भन्दैमा सबैले त्यसो गर्छन् भन्ने पनि त छैन नि । So blanket prohibition is a stupid move, and against all norms of human right.

    Reply
  13. Raj says:
    October 21, 2014 at 2:02 am

    I can see how people might come against this group of people in a certain Tol in Pokhara in the name of Human Right and personal freedom right. I think it’s about time the people rise and say “NO” to certain act of limited interest group which is not acceptable to the majority of the people in the society. It has always baffled me how the Nepali society which still believes in witch craft, chaupadi pratha leaped so quickly to accept gays as the part of society. This certainly is a good thing as everyone has the right to live their own life in their own way. I see it as a problem when ones act cause the disturbance in others’ way of life. This is exactly what they are doing with their so called nude performance/protest what ever it is. LIVE AND LET OTHER LIVE as well.

    Reply
    1. Bibek Dhakal says:
      October 21, 2014 at 2:58 pm

      स्वतन्त्रताको नाममा जे गर्न नि पाइने भो अब? Voli वर्ल्ड टपलेस डे भनेर वा वर्ल्ड नुदिस्म दे भनेर भनेर बजारमा नांगै हिद्लान अनि त्यो पनि सहि हो भन्दै छोड्ने. बिदेशीहरु नेपालमा यहि हेर्न आउने अब.
      आफ्नो कुराहरु सभ्य तरिकाले , समाजले पचाउने हिसाबले राख्न कसले रोकेको छ र? तर सबलाई छक्क पार्ने किसिमको उट्पट्याङ्ग गर्नेहरुलाई छक्का नभने के भन्ने?

      Reply
  14. kedar says:
    October 21, 2014 at 1:49 am

    नयाँ नेपाल साएद येही होला, औंलो दिंदा डुंडुलो निल्न खोज्नु | नेपालको हरेक छेत्रमा बहुसंख्यकले देखाएको सहिष्णुताको आडमा अल्पसंख्याकहरुले धावा बोल्ने क्रम धेरै बढेको छ | हामी नेपाली अनाबस्यक उदार भएकै हौँ |

    Reply
    1. Kedar G says:
      October 22, 2014 at 3:20 am

      Dear my Namesake,
      Public decency should be followed by all. Period.

      BTW, Could you please shade some light on your remark on so called Majority and Minority?

      Regards,
      your Namesake

      Reply
  15. yshank says:
    October 21, 2014 at 1:37 am

    छक्का निषेधित भन्दा अस्लिल्ता निषेधित छेत्र बनाइनु पर्छ किनभने अस्लिल हर्कत जो कसैले गरोस समाजमा मान्ने हुने छैन । अनि येस्तो निषेधित छेत्र मुलुक भर बनाइनु पर्छ ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme