Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सार्वजनिक बसमा पाँच मिनेटको यात्रामा मैले जे भोगेँ

Posted on October 19, 2014October 19, 2014 by mysansar

-समुद्रराज घिमिरे-

• पढ्दै गर्दा अगाडि एउटा दृश्य देखियो। मभन्दा अगाडिको सीटमा बसेको एक युवक छेउकी युवतीलाई चुम्मा खाने जमर्को गर्दै थियो। युवती उसको मुखलाई हातले प्रतिकार गर्दै थिइन्।

• युवतीले सम्हाल्न खोज्दाखोज्दै युवकको हिरोइज्म उम्ल्यो र यात्रुले समाउने डण्डीमा दुई हातले झुण्डिएर ड्राइभरलाई डबल किक बर्सायो। एउटा सिनेमाको सिनजस्तै भयो। कुट्ने एउटा, कुटाई खाने धेरै।

• बल्ल बल्ल युद्धविराम भएको, फेरि अर्को जगल्टे भिलेन चक्कु लिएर उठ्यो। भन्दै थियो, म यहीँ वनस्थलीको लोकल हो। मलाई पनि यसले लात्ती हान्यो। म यसलाई यहीँ छुरी रोप्छु।

• भिक्षुले भने, बाहिर गिदीमा मात्र रटाइएको शिक्षाले यी यस्तो हालत गर्छ। तपाईँ नि लाग्छ होला। यिनीहरूले थोरै भने नि पढेका होलान्। तर, बुझेर मात्र के गर्नु खोई मनको व्यवहार!’

सार्वजनिक बसमा पाँच मिनेटको यात्रामा मैले जे भोगेँ

-समुद्रराज घिमिरे-

बिहीबार दिउँसो दुई बजे मानव अधिकार तथा शान्ति समाजको कार्यालय कालिकास्थानमा कवि गोष्ठी छ भन्ने खबर पाएर ठिक दुई बजे पुगेँ। तर म झुक्किएछु, कार्यक्रम रहेछ–अन्तिम बिहीबार अर्थात अर्को बिहिबार मात्र। वर्षौदेखि सुनिआएको मानवअधिकारकर्मी कृष्ण पहाडीको कार्यालयको दर्शन गर्ने अवसर जुरेकोमा धन्य भएँ। उनी त्यहाँ थिएनन् तर कर्मचारीले संस्थाको बारेमा धेरैथोरै बुझाए। एउटा पुस्तक दिए– बिम्व–प्रतिबिम्व।

लगत्तै कान्तिबाल अस्पतालमा बिरामी भाञ्जालाई भेट्न गएको म कलंकी फर्कन गाडी नपाएर चक्रपथ चोक आएँ। एउटा बस चढेँ सात बजे। सात नम्बरको सीटमा बसेँ, जहाँ लाइट बलेको थियो। ब्यागमा दुई वटा पुस्तक थिए–खुसी र विम्ब–प्रतिविम्व। पत्रिकामा कृष्ण पहाडीबारे लेख्ने सोच पहिलेदेखि नै बनाइरहेकोले विम्ब–प्रतिविम्ब रोजेँ। मानवअधिकारका कुराहरूबारे घोत्लिने जमर्को गरेँ।

पढ्दै गर्दा अगाडि एउटा दृश्य देखियो। मभन्दा अगाडिको सीटमा बसेको एक युवक छेउकी युवतीलाई चुम्मा खाने जमर्को गर्दै थियो। युवती उसको मुखलाई हातले प्रतिकार गर्दै थिइन्। पुस्तकको अक्षरभन्दा लाइभ सिनले दिमाग बढी चलमलायो तर घटना एकछिनमै साम्य भयो।

पढ्दै थिएँ। माछापोखरी नजिक पुग्दा सहचालक भाडा माग्न आए। उसको बोल्ने शैलीबाट प्रभावित भएर मैँले सोधेँ ‘भाइ तिमी कति वर्ष भयौ?”

उसले जवाफ दियो, ‘१६ वर्ष।’

मैले फेरि थपेँ–’कतिसम्म पढ्यौँ?’

उसले भन्यो, ‘अब एघारको जाचँ दिन्छु।’

त्यसपछि ऊ मिठो हाँस्यो। मेरो दिमागमा रहेको खलासीका काला टाटाहरू सबै हराए। लाग्यो खलासीको पनि अवार्ड हुन्थ्यो भने म सबैभन्दा धेरै भोट उसलाई दिन्थेँ। ऊ भाडा लिएर हिँड्यो।

मलाई भन्न मन थियो–भाइ तिम्रो हाँसो यो क्यामरामा कैद गरौँ न है? किनकी मैले बिहान भर्खर विजयकुमारको खुशीभित्र गुरु चोकिनिमा रिम्पोचेका भाइ चोक्नी रिम्पोचेको फिल्मको सुटिङभित्रको हँसाईको किस्सा पढेको थिएँ। म एकछिन कल्पनामा पुगेँ र त्यो खलाँसी भाइबाट उत्तर पाएँ – ‘म त्यो कमेरामा हाँस्न सक्दिन दाइ!’

सहचालक भाइको मिठो हाँसो, पहाडी आध्यात्मिकताले शरीरमा ऊर्जा थप्यो। अगाडि जोडी केही चलामलाउँदै थिए। सायद उत्रन खोज्दै थिए। खासै चासो दिइनँ। पुस्तकमै पुगेँ।

बालाजुचोकमा गाडी रोकियो। मिठो हाँसो फाल्ने सहचालक अघि खुलेआम चुम्मा दिन खोज्ने युवकले पाँच रुपियाँमा किचकिच गर्न थाल्यो। अगाडि स्टेरिङ समाइरहेको ड्राइभरले प्याच्च बोल्यो–’भोलि लिन आइजो।’

ऊ सँगैकी युवतीले तान्न प्रयास गरेपनि दिवाना युवक आफ्नो हिरोइज्म देखाउन बसभित्र घुस्यो र ड्राइभरलाई तथानाम गाली बर्साउन थाल्यो।

युवकको स्पिच एक्सनमा ड्राइभरले फिजिकल रियाक्सन दिइहाल्यो – गालामा।

युवतीले सम्हाल्न खोज्दाखोज्दै युवकको हिरोइज्म उम्ल्यो र यात्रुले समाउने डण्डीमा दुई हातलले झुण्डिएर ड्राइभरलाई डबल किक बर्सायो। केही किक सँगै बसेको एउटा जगल्टेले पनि बोनसमा पायो।

एउटा सिनेमाको सिनजस्तै भयो। कुट्ने एउटा, कुटाई खाने धेरै। सिनेमा जस्तो बनाउने काम जो जगल्टेले पछि गर्‍यो।

अघिसम्म अध्यात्मको कुरा र मिठो हाँसोमा रमाएको म एक्कासी हिंसामा फसेँ।

म अगाडि पुगेँ, छुट्याउने काम गर्न। खलासीसँग गाडीको नम्बर सोधेँ र पुलिसलाई बोलाउने भन्दै मोबाइल थिच्न थालेँ। ड्राइभर मतिर जंगियो। म डराएँ। युवकको गल्ती देखाएँ।

हिरो बन्न खोज्ने भिलेन युवक मलाई कुट्न तम्सियो। अरू यात्रुले उसलाई रोके। ड्राइभरले वनस्थली चौकीको कुरा झिक्यो। युवतीले बिन्ती गरिन्। युवकको गालामा झापड हान्दै झारिन्।

ड्राइभरले भन्यो,’तपाईँ आइमाईले भनेको भएर मात्र छोडेको।’

मलाई लाग्यो नारीको कति शक्ति रहेछ हिंसा जोगाउनमा। नत्र घटनाले उग्ररुप पनि त लिन सक्थ्यो।

ऊ त झर्‍यो, बल्ल बल्ल युद्धविराम भएको, फेरि अर्को जगल्टे भिलेन चक्कु लिएर उठ्यो। भन्दै थियो, म यहीँ वनस्थलीको लोकल हो। मलाई पनि यसले लात्ती हान्यो। म यसलाई यहीँ छुरी रोप्छु।

ऊ जबर्जस्ती उत्रेर छुरी हान्न खोज्यो। केही यात्रु र म मिलेर उसलाई रोक्यौँ। मैले भनेँ तपाइँ त असल मान्छे नि दाइ, छोडिदिनुस् यी झिनामसिना। म नाथेको उपदेश के पच्थ्यो उसलाई।

जाम परेको मौका छोपेर उत्रियो बसबाट साबिकको ‘मन्त्र’ – अश्लिल शब्द जप्दै।

त्यसपछि के भयो थाहा भएन। अघिदेखि चुपचाप हेरिमात्र रहेका एक भिक्षुको छेउमा गएर बसेँ र सोधेँ किन यस्तो हुन्छ गुरु? सुस्तरी उनी बोले, ‘मानिसमा आत्मा चेतना नभएर।’

कसरी मिल्छ आत्मचेतना?

‘अध्यात्मबाट। अर्थात शिक्षामा अध्यात्म जोड्नुपर्छ। बाहिर गिदीमा मात्र रटाइएको शिक्षाले यी यस्तो हालत गर्छ। तपाईँ नि लाग्छ होला। यिनीहरूले थोरै भने नि पढेका होलान् र धुम्रपान र मद्यपानको विषयमा पनि राम्रै बुझेका होलान्। तर, बुझेर मात्र के गर्नु खोई मनको व्यवहार!’

मैले अरु पनि सोधेँ। छोयल लामा नामका गुरु। जो स्वयम्भु र अन्य ठाउँका गुम्बामा विपश्यना र बुद्धका वाणीहरूबारे शिष्यलाई प्रकाश पार्दा रहेछन्। स्वयम्भू आइपुगेपछि गुरुले छुट्ने बेलामा भने, ‘बुझ्ने भए आउनुस् न।’

अर्को मिठो हाँसो छोडे र ढोकाबाट निस्किए। कपाल खौरिएको तालु चस्मा पोटिला र राता गाला, रातो पहेलोँ भिक्षु वस्त्र मैले सम्झिरहेँ। माछापोखरीदेखि वनस्थली नजिकैसम्म करिब पाँच मिनेटभित्र यस्तो द्वन्द्व मैले भोगेँ।

6 thoughts on “सार्वजनिक बसमा पाँच मिनेटको यात्रामा मैले जे भोगेँ”

  1. Samaadhi Hrisheekesh says:
    October 21, 2014 at 12:34 pm

    कलियुग पनि रहेन अब !! बलियुग यो !!
    बुद्धको मार्गमा हिँड्ने अब परेवा मात्र बाँकी रहने
    भए !!

    Reply
  2. raj khadka says:
    October 20, 2014 at 10:20 pm

    बुददम सरनम गच्छामी

    Reply
  3. Shankar says:
    October 20, 2014 at 5:31 am

    देश को परिस्थिति , भौगोलिक अबस्था अनुसार युवा हरुले ले आक्रामक र तन्दुरुस्त भएर रहनु पर्ने आजको हाम्रो बाध्यता पनि हो | साधुराम सुकुम्बासी भएर सम्मानित जिबन बाच्न गाह्रो छ आज | देश को सैनिक बजेट र संख्या लाइ क्रमश कटौती गर्दै नेपालि युवा हरुलाई सैनिक तालिम दिने , देश लाइ सैनिक कानुन अनुसार चलाउने , केटि बेच बिखन गर्ने ,रेप गर्ने , घुस खाने , हत्या गर्ने लाइ मृत्यु को ब्यबस्था गरौ | सबै प्रसासन ,शिक्ष्या , पररास्ट्र , कानुन मन्त्रालय हरुमा तास फिटेजस्तो गरेर परिबर्तन गरौ | युवा लाइ रोजगार , बुढालाई अवकाश ,सहारा र केटा केटीलाई उचित आहार को प्रबन्ध गरौ |
    यो प्रजातन्त्र ( छाडातन्त्र )ले देश लाइ इराक ,सुडान , अफगानिस्तान , पाकिस्तान , सोमालिया मात्र बनाउने हो | यो समानुपातिक को मिठो हल्ला हल्ला मात्र हो है |
    जनता देखि नेता सम्म सब पाए आफूमात्र लुट्ने , भुडी भर्ने देश जावॉस भाडमा भन्ने हरुको देश मा कुराले मात्र पाक्छ हलुवा ?
    अहिले कस्तो छ ?
    १) उपेन्द्र यादब, त्रिपाठी , गच्छेदार भन्छ मदेश को समस्या समाधान न भै संबिधान बन्दैन | समस्या के त् भन्दा १,२,३,४ – – – – – कति कति
    २) जनजाति को आवाज छ बाहुन छेत्री ले मात्र हाल सम्म मोज गर्यो अब हाम्रो पालो माग १,२,३,४ – – – –
    ४) बाहुन्छेत्री को आबाज छ आराक्ष्याँन भन्दै जागिर जति जनजाति , मदिसे ले सब लग्यो अब हाम्रो सन्तति लाइ के ? खै हाम्रो भाग मा कुन राज्य ?
    भन्दा कोइ कसै भन्दा कम छैन र यी तिन शक्ति मिलेर नै नेपाल चलेको छ र हाल आएर मदिसे + जनजाति भन्दै बाहुन , क्षेत्री लाइ एक्लो बनाउने प्रयास पनि भएको छ |
    र फेरी बीच मा क्षेत्री हरुले हामि पनि जनजाति नै हो पनि भन्ने कुरा आयो |

    यो बिबाद को समाधान के ? भन्दा खेरि यो सब चिर्दै कस्तो संबिधान बन्ला ? या सायदै बन्ला | बन्ला भन्दा पनि बिदेशी शक्तिले थोपर्ने चै बढी सम्भाबना छ | जसले झन् बढी बखेडा को लागि मैदान खडा गर्ने जस्तो देखिन्छ |

    Reply
  4. Neeraj says:
    October 20, 2014 at 1:03 am

    यथार्थ कुरा लेख्नु भएको छ / यो लेख पढे पछि मलाई नि एउटा घटना को बारेमा लेख्न मन लग्यो/ यो कुरा धेरै अगाडी बाटै लेखम भन्ने त सोचेको थिए तर मौका नमिलेर हो या बेस्ताता ले हो लेख्न सकिएको थिएन /
    आज भन्दा करिब ५ वर्ष अगाडी को कुरा होला तेतिबेला मा काठमाडौँ को बानेसोर मा रहेको हेम्स होस्पितल मा फर्मासिस्त भएर काम गर्थे/ बिहान बिहान कलेज पढाउने अनि बेलुका हस्पिटल मा काम गर्ने भएकाले जीवन अलि बेस्त नै थियो/ अमेरिका आउन को लागि प्रोसेस गर्दा लगभग सबै मिलिसकेकोले गर्दा मैले मोटरसाइकल किन्न उचित ठानेकोथिएन त्यसैले बिहान ६ बजेको कलेज जान घरबाट ५ बजेनै निस्कन पर्थ्यो अनि उतैबाट हस्पिटल गएर एकै पटक बेलुका ७-८ बजे मात्र घर पुगिन्थ्यो/ जीवन अमेरिका भन्दा कम बेस्त चै थिएन / तर साधन नभएकोले पनि अलि धेरै बेस्त हुन परेको थियो/
    हस्पिटल बाट तलब पाउदा क्याश मै दिने गरेको थियो / खै कुन्नि किन हो सिधै बैंक मा नपठाएको मैले खासै चासो लिएको थिएन आफै ले क्याश बुझ्यो अनि बैंक मा जम्मा गर्ने गरेको थिए /
    मैले तेती बेला मासिक १८००० बुझ्थे तर त्यो दिन चै अलि पैसा को जरुरि नै परेको ले अघिल्लो महिना को पैसा पनि अलिकति रेक़ुएस्त गरेर मैले २५००० बुझेको थिए/ बेलुका मलाई account साखा बाट पैसा दियो पैसा का नोट हरु सबै ५०० का भएकाले अलि धेरै जस्तो देखिन्थ्यो, मलाई खासै वास्ता भएन पहिले पनि यसरि बोकेर हिदेकोले बुझेको कागज मा सहि गरेर जिन्स पेन्ट को अगाडी को खल्ती मा पैसा हाली म सधै झैँ हिन्दै बुद्धनगर गेटसम्म आए र बालकुमारी जाने टेम्पो कुर्न थाले/ एकै छिन् पछि टेम्पो आयो, सधै झैँ म टेम्पोमा चढे, मलाई पैसा बोकेकोमा कुनै डर भए वा असजिलो भएको थिएन/ ५० ओटा ५०० का नोट लै एउटा रबर्दले बाधेर पत्याई जिन्स को अगाडी को गोजीमा राखेको थिए/ पर्सिपल्ट शिवरात्रि भएकोले जाडो लगभग जान जान लागेपनि जाकेट चै लगाउने पर्थो / मैले पनि माथि बाट एउटा जाकेट लगाएको थिए तर मेरो पेन्ट चै खुकुलो भएनी जाकेट चै फिटिंग थियो भर्खर मात्र भट्भातेनी बाट निकै पैसा हालेर किनेको थिए/ जाकेट फिटिंग भएकोले मेरो पेन्ट को गोजी लै छोप्दैना थियो/ तेइ भएर होला सायद टेम्पो मा बस्दा ५० ओटा नोट को बिटो अलि माथि उठेछ केरे/
    टेम्पो सधै झैँ बनेशोर बाट कोतेशोर तिर लागो तिनकुने मा पुगेपछि अलि २,३ जना केटाहरु चढे, तेस्पछि कोतेशोर मा पुगेपछि त झन् ४,५ जना चदेकोले टेम्पो खचाखच नै भयो/ अब बिस्तारि टेम्पो कोतेशोर बाट ओरालो लाग्यो र बल्कुमरिपूल नजिक पुग्न लाग्दा मैले टेम्पो रोक्न सधै झैँ ठंग ठंग पारे/ टेम्पो रोकियो र म झर्ने तरखर गर्न लागे/ टेम्पो मा खचाखाच मान्छे भएकोले कोइ निहुरेर पनि वितर उभिएका थिए/ म खै झरम भन्दै झर्न के निहुरिन लाग्या थिए एउटा तेतई निहुरेकोले मेरो पैसा भएको खल्ती मा हाथाल्यो र पैसा फुत्तै तान्यो/ मैले हत्तपत्त मेरो पैसा चोरो चोर चोर भनि चिच्याएर तेस्को हातमा मेरो नंग गाडी समौन खोजे तर छेउमै बसेको अर्कोले मलाई चोर भन्छास भन्दै टाउकोमा मुक्का बजार्न थाल्यो/ आफु परियो लुते, कहिले झगडा नगरेको मान्छे ति ज्यमराज हरुलाई कहाँ रोक्न सक्ने/ सबै जना टेम्पो बाट झरे अनि थ्यो मपनि झरेर ढुंगा खोज्न थाले हान्न लै तर ३,४ ओटा ५०० का ति मेरा नोट हरु फालेर सबै जना भागे म ढुंगा हैन नोट बटुल्न तिर लागे तिनीहरु कता भागे कता/ टेम्पो त खाली पो भयेछ/ म अनि अरु ३ जना मात्र पो टेम्पो का यात्री रहेछौ सबै अरु त डाका पो रहेछन/ तेस्पछि मैले हत्त पत्त पुलिस लै फोन गरेर बताए तर कता भागे , के मा भागे, खास बताउन नसकेको ले पुलिस ले पनि चासो दिएको जस्तो लागेन/ हामि संग फोटाहरु छन् येस्ता चोरका चिन्नु भयो भने समौछौ भन्न थाले मैले तेस्पची राखे फोन/ हातमा भेला भएको पैसा गन्न थाले जम्मा ६ ओटा नोट रहेछ/ येतिकै मा एकजना ले मेरो पेन्ट को खल्ती देखाउदै तपाइको त पेन्ट नि कटेछा भन्यो/ अनि मात्र था पाए मेरो पेन्ट काटेर पहिलेबातई पैसा झिक्न खोजेका रहेछन तर नमिलेका कारण म झर्न लाग्दा मेरो ठुलो गोजी भएको खुकुलो पेन्ट को फाइदा उठायेछान / आखिर एक महिना अगाडी तेइ छेउको भट्भातेनी मा किनेको पेन्ट को दिन थ्यो नि अन्तिम रहेछ लगाउने/
    पैसा जति लागिहाल्यो भएको ६ ओटा नोट लै पर्सम हाल्दै म घर जाने बाटो लागि त्यहा बाट ५ मिनेट जस्तो हिड्न पर्थो घरपुग्न/ घर पुगेर दिदि लै सुनाए, चिन्ता नगर धन्न केहि भएन हेर डाकाहरुले छुरी हानेका भए झन् के हुन्थ्यो, पैसा नाथे त फेरी कमैहल्छासनि भन्दा पो मत झसङ्ग भए अनि अगि तेम्पोभित्र मुक्का खाएको नि याद आयो र अब त दुख्न पो थाल्यो त, ऐनामा हेरेको अलि सुन्निएको रहेछ/ खाना खाइ घरमा भएको पेनकिलर खाएर निदौन कोसिस गरे धेरै बेर सम्म निन्द्रा परेन, हेर ति ज्य्मराज हरु संग भिड्न खोज्दा मलाई चाकु हानेका भए के भर भन्ने मात्र सोचिरहे/ रति कति बेला निन्द्रा परेछ पत्ता भएन/ भोलिपल्ट उठ्दा टाउको सुन्निएको रहेछ गालामा पनि दाम बसेको रहेछ , कलेजमा फोन गरेर बिरामी परेको र आउन नसक्ने भन्दिए अनि घरमै बसियो/ हस्पिटल त म १० दिन नै गैन होला/……….

    Reply
    1. Rajendra Adhikari says:
      October 21, 2014 at 8:41 am

      आफ्नो कथा share गरेको मा धन्यबाद । यस्ता कूराहरू हामी आफूलाई नपेरे सम्म, चेत्दैनौँ, ह्या के हुन्छ र, ह्या कल्ले देख्छ र, भन्ठान्छौँ, तर भएपछि चेत्छौं ।

      Reply
  5. तुयू भाजु उदास says:
    October 19, 2014 at 4:56 pm

    ४० सुन वर्ष अगाडी एक फिल्मी गीत यस्तो बज्थ्यो –
    ” यह बम्बई शहर , हाद्सों का शहर है ;
    यहाँ रोज रोज होता है कोइ न कोइ हादसा !…”
    अब यो कान्तिपुरी पनि ‘दूरदर्शी’ नेताहरुको कृपाले गर्दा मुम्बई भन्दा कम नरहेको लक्षण हो.
    भानुभक्तले देखेको ‘अमरावती कान्तिपुरी नगरी’ खोज्न उनकै समयमा फर्कनु पर्ला जस्तो छ…यहाँ प्राणको बाजी लगाउने थुप्रै शहिद भएता पनि ‘प्रणाली’ भने शून्यमा झरेको छ .
    अब यहाँ छ त कोइ माइ का लाल , यो भताभुंग पद्धति लाइ युक्ति पुर्याएर सुधारेर देखाउने ??

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme