Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आम्मामा, औँलैपिच्छे औँठी !

Posted on October 18, 2014October 18, 2014 by Salokya

aaunla
दोस्रो संविधान सभाको निर्वाचनको मतपरिणाम आउँदै गर्दा मान्छेहरुले प्रचण्ड अब साना दलका नेता हुने भए भन्दै जिस्क्याएका थिए। नभन्दै त्यस्तै भयो। उनको नेतृत्वको २२ दलको मोर्चाले शुक्रबार खुलामञ्चमा आमसभा गर्दाको फोटोहरु यहाँ हेर्दा मान्छे भन्दा पनि नेताको औँला हेर्न रमाइलो भयो। हेर्नुस् त तमलोपाका ह्रदयेश त्रिपाठीको औँला। आम्मामामा, औँलैपिच्छे औँठी। चार पटक लगातार चुनाव जितेका त्रिपाठी बरा यसपालि कांग्रेस उम्मेदवारसित पराजित हुन पुगेका थिए। औँठी लगाएपछि दशासशा भाग्यो कि।

22party_assembly_pahilopost (51)
प्रचण्डको नेतृत्वको २२ दल गठबन्धनमा रहेका दलहरु यी रहेछन् (संख्याको आधारमा भन्ने हो भने त उता वैद्यको गठबन्धनमा ३३ दल छ। त्यसको नाम भने खोज्या हो, कतै पाउन सकिनँ)-
सङ्घीय गणतान्त्रिक मोर्चामा आवद्ध दलहरू : एनेकपा माओवादी, मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक), तराई मधेस लोकतान्त्रिक पार्टी, मधेसी जनाधिकार फोरम नेपाल, सदभावना पार्टी, सङ्घीय समाजवादी पार्टी, नेपाल, तराई मधेस सदभावना पार्टी,

पहिचानमा आधारित सङ्घीय गठवन्धनमा आवद्ध दलहरू : आदिवासी जनजाति पार्टी नेपाल, खम्बुवान राष्ट्रिय मोर्चा, थरुहट तराई पार्टी, नेपाल, नेपाः राष्ट्रिय पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, सामाजिक लोकतान्त्रिक पार्टी, सङ्घीय लिम्बुवान पार्टी नेपाल

सङ्घीय लोकतान्त्रिक राष्ट्रिय गठवन्धनमा आवद्ध दलहरू : सङ्घीय गणतान्त्रिक समाजवादी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी, खस समावेशी राष्ट्रिय पार्टी, नेपाल कम्युनिष्ट पार्टी (संयुक्त मार्क्सवादी), लोक दल, बहुजन समाज पार्टी, नेपाल, लोकतान्त्रिक जनता पार्टी, लोकतान्त्रिक पार्टी नेपाल

मान्छेहरु माओवादीले गरेको आमसभामा मान्छे कम भयो भन्दै जिस्क्याउँदै थिए। लौ, उनीहरुले माओवादी पछिल्लो चुनावमा खुम्चिएर तेस्रो शक्ति भइसक्यो भन्ने बिर्सेछन्। सानो भइसकेको दलले फेरि ठूलै संख्यामा मान्छे ल्याउलान् भन्ने क्या भ्रम रैछ मान्छेलाई।

तर मान्छे नै नभएका भने हैनन्। मान्छे थिए। तर खुलामञ्च भर्ने गरी नेताको भाषण सुन्न कोही आउनेवाला भने छैनन् अब।

22party_assembly_pahilopost (47)
मान्छे नभरिएको तिर मात्र धेरैको ध्यान जाँदा प्रचण्डको रणनीतितर्फ भने खासै कसैको ध्यान गए झैँ लागेन। अहिले प्रचण्ड आफू नै नेता हो, आफू नभई केही हुन्न भन्ने महत्त्व स्थापित गर्न लागिपरेका छन्। हिजोको सभामा साना दलहरुले त उनलाई सर्वोच्च नेता नै सरह माने। कांग्रेसबाट मधेसवादी नेता बनेका अनि प्रचण्डको सरकार गिराउन उपेन्द्र यादवको फोरम फुटाएर माधव नेपालको मन्त्रिमण्डलमा सामेल भएका विजयकुमार गच्छदारले समेत भाषणमा पटक पटक प्रचण्डलाई अध्यक्ष कामरेड पो भनेको सुनियो त यो नफुट्या कानले।

अनि साना दलको मात्र हैन, ४० दिन संसद बन्द गरेर भए पनि उच्चस्तरीय समिति बनाएर त्यसको नेतृत्व पनि उनैले लिन भ्याएका छन्। सडक पनि उनले कब्जा गरे, सदन पनि उनले आफ्नो माग पूरा गराएरै छाडेर एक प्रभुत्व कायम गरिसके।

कांग्रेस-एमाले चाहिँ सुकुम्बासीको नाममा आफ्नो पार्टी, अझ आफ्नो गुटका हुकुमबासी कार्यकर्तालाई जग्गा बाँड्न पाइएन भनेर मारामार गर्दैछन्। यस्तो अवस्थामा फाइदा हुने पनि उनै प्रचण्डलाई हो। एमाले (वामदेव) पनि चलाख के, ७५ जिल्लामा ७२ जिल्लामा सहसचिव सरहको सुविधा पाउने अध्यक्ष पदमा सबका सब केपी ओली पक्षका कार्यकर्तालाई घुसाइदिएछन्। माधव नेपाल पक्षको त पारा तातेको छ भने कांग्रेसको के हाल होला। त्यसैले त अस्ति ओली र प्रमबीच भनाभन भएको !

अनि संविधान ? पख्नुस् न के हतार। चार वर्ष समय छ यो संविधान सभाको। माघ ८ मै संविधान आउने भनेर त नेताहरुले मात्रै भनेका हुन्। माघ ८ मा ल्याउनै पर्छ भनेर कतै बाध्य पारिएको छैन। त्यही नेताहरुले नै गरेको एउटा कार्यतालिका भन्ने कागजमा लेखेका हुन्, जसको संशोधन आइतबार बस्ने संविधान सभाको बैठकले गर्न बाध्य हुनुपर्नेछ। होइन भने त यतिबेला हामीले राजपत्रमा छापिएको संविधानको पहिलो मस्यौदा पढ्दै कमेन्ट गर्दै गर्ने बेला थियो। कांग्रेस एमालेले प्रक्रिया प्रक्रिया भने पनि प्रक्रियामा जान पनि सहमति चाहिने र समय लिने स्थिति छ। पढ्नुस् के हो संविधान निर्माणको प्रक्रिया?

11 thoughts on “आम्मामा, औँलैपिच्छे औँठी !”

  1. madan bajracharya says:
    October 19, 2014 at 8:52 pm

    भारत सिट झुक्नु भन्दा नेपालको नागरिकको अगाडी झुक्न तयार महान रास्ट्र्बादी राजा जिन्दावाद नेपाललाई हेप्ने पेल्ने मिच्ने भारत र भारत सिट बिके झुके का नेताहरु मुर्दावाद भन्दै १० बर्से बिद्रोह गर्ने मावोबादी अहिले आयर भारत र भारतले उकसायाको “मधेशबादी” लाइ जिन्दावाद भन्ने भैयको माथिको दृश्यले स्पस्ट देखाउंछ/ अब माओबादिलाई चीनको “माउत्सेतुङ्गको मावोबादी भन्नु भन्दा “तराइ नेपाल बात टुक्राउनको निमित बनेको मधेश-बादको नारा लगाउने मधेसी-माउबादी भनेमा फरक पर्ला? अहिले मधेशबादी बनेको मावोबादिले के भने के चाहे भन्ने कुरामा भन्दा मावोबादिहरुमा यो बिचलन किन आयो भन्ने कुरा नै आजको बहुमत नमान्ने सदन र सभा लाई लाचारहरुको अखडा बनाउने राजनीतिको मूल कारण हो/ संबिधान सभा र सदन लाचार हुने को कारक तत्वहरुलाइ लोकतान्त्रिक मान्नु गलत हुन्छ/

    Reply
  2. Pradip says:
    October 19, 2014 at 9:05 am

    हाई गर्दा मुख छोप्ने हो नि हात ले, आखा पो मिचेको छ त बाई…होस् ठिक ठाउँ मा छैन भन्ने थाहा भो….

    Reply
  3. Harke says:
    October 19, 2014 at 6:06 am

    “अहिले प्रचण्ड आफू नै नेता हो, आफू नभई केही हुन्न भन्ने महत्त्व स्थापित गर्न लागिपरेका छन्।………! सडक पनि उनले कब्जा गरे, सदन पनि उनले आफ्नो माग पूरा गराएरै छाडेर एक प्रभुत्व कायम गरिसके।”

    हिजो ज्ञानेन्द्रले राज-पद (राजा) ले नपुगेर मन्त्रि परिषदको अध्यक्ष्य पनि भाको थियो….तेसैको फलस्वरूप आज कुन हालतमा छ ?…पुकदाको खोपडीमा कहिले बुद्दि पस्ला कुन्नि??

    Reply
  4. तुयू भाजु उदास says:
    October 18, 2014 at 10:48 pm

    यो नामैको मात्र त्रिपाठी भन्ने साबित भो !
    (एक पल्ट पनि वेद पाठ नगर्ने नास्तिक)
    सिङ्ग नभएको गोरु को नाम तीखे ;
    त्यसरी नै जसको हृदय अति कमजोर छ उनको नाम ‘हृदयेश’ अरे !
    त्यसैले, नवग्रहको दशा नलागोस भनेर ९ औंला मै नवरत्नको औंठी लगाउनु पर्यो.

    Reply
  5. धनन्जय says:
    October 18, 2014 at 8:21 pm

    कुरा केहि होइन, कांग्रेस र एमाले सत्तामा गएर पात्तिएको र मात्तिएको छ| त्यै चुरीफुरीले माओवादी हारेको हो भन्ने कांग्रेस र एमालेले बिर्सेको छ|
    मधेसी नेताहरु फोटोमा भएका र उपेन्द्र यादव समेत गरेर पावरमा नहुँदा रन्थनाएका छन् र मन्त्रि बन्न जे गर्न पनि तयार छन चाहे दाहालको कोटको फेर समातेर भए पनि होस| जनतालाई राहत दिने कुरो छैन कसरि पावरमा जाउँ भन्ने सुर मात्र छ|
    यसपाला पनि समयमा संबिधान बन्ने छाँट छैन, जनताले चाप दिन थालेपछि मध्यरातमा कागजको खोस्टा दिने होला|
    संबिधान नबने सम्म सभासद्को तलबभत्ता बन्द गरिनपर्छ, भन्दै सडक र सदनमा नेपाली जनताले बिरोध धरणा जनाउन्पर्छ हेर्दै जानोस नाका चाल लाएर काम गर्छन|

    Reply
  6. Regmi says:
    October 18, 2014 at 8:13 pm

    झ्यालको सफा सिसाबाट बिहानको हिमाल छर्लंग देखियको जस्तो गारी लेखियको छोटो तर बिस्तृत समाचारको लागि धन्यबाद/ यसले देशको बर्तमान स्थितिलाई सोच्न सबैलाई बाध्य पारेको छ/

    Reply
  7. Suraj Maskey says:
    October 18, 2014 at 8:02 pm

    नेपालमा नयाँ संविधान पछि दिगो शान्ति स्थापना भई राष्ट्र विकासमा केन्द्रित हुन्छ भन्ने आसमा पहिले संविधनसभाको निर्वाचनमा माओवादी दललाई सवैभन्दा धरै मत दिएको सर्व विदित छ । तर राजनैतिक दलहरुको ५ वर्षसम्म संविधान निर्माण भन्दा सत्ता लुछाचुडीको खेल देखेर दोस्रो जनमतमा नेपालीहरुले गणतन्त्र नेपालको संविधान बनाउ भनेर नेपाली कांग्रेस र एमालेलाई पत्याएपनि माघ ८ गते २०७१ साल भित्र संविधान आउने लगभग शून्य भै सक्यो ।

    यस ब्लगमा प्रकाशित दृश्यमा जन सहभागिता हेर्दा पनि यी २२ दलहरुलाई हामीले दिएको बहुमतको कदर गर्नुस भनि नेपालीहरुले स्पष्ट सन्देश दिएको देख्द छु । यो सन्देशको यी दलहरुले कदर गर्नु वहाँहरुको महानता हुने छ । अन्यथा विकल्पको खोजीमा अन्य शक्तिहरुको उदय, पुनरावृत्तिको अवस्थाको वा अशान्त सृजना हामीहरुकालागी दुर्भाग्य पुर्ण हुने छ ।

    सुरज मास्के

    Reply
  8. bikas says:
    October 18, 2014 at 8:02 pm

    बुडी औंला र खुट्टाका औंलाहरुमा लगाएको फोटा चाहिं देखिएन नि !

    Reply
  9. xyz says:
    October 18, 2014 at 1:49 pm

    हृदयेश त्रिपाठी को सम्पति विवरण बिर्सनु भयो कि क्या हो ? किलो क किलो सुन थियो नि तेसै भयर हात का औंला भरि औंठी

    Reply
  10. Shankar says:
    October 18, 2014 at 12:41 pm

    प्रचण्ड ले रास्ट्रपति बन्न न पाको झोक मुख्य मन्त्रि बनेर पुरा गर्न संकल्पित जस्तो देखिन्छ |
    भाड भैलो लाइ राजनीति मान्ने , गलिको टाप टिपेलाई डन भन्दिने , मान्छे न भएपनि २० पार्टी , तेत्तिस पार्टी भन्ने येस्ता भ्रम बाट पहिला हामि बाहिर निस्किम | यथार्थ मा बाच्न सिकम |

    Reply
    1. Shishir says:
      October 18, 2014 at 9:26 pm

      मुख्य मन्त्रि त होला त्यो पनि कस्को ? थारु कल्याण कारी सभा को कि उपेन्द्र यादब कोगाउ को? कि शेर्पा समाज को

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme