Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

के पारसको साटो अर्कै मान्छे थाइल्यान्डमा पक्राउ परेको हो? यो पढ्नुस्, प्रष्ट हुनुुहुनेछ

Posted on October 14, 2014October 14, 2014 by Salokya

paras1 अहिले फेसबुकतिर एउटा थाइ साइटको लिङ्क र त्यसको गुगल ट्रान्सलेट खुब चलेको छ। थाइ भाषा त खासै कसैले बुझ्ने कुरा भएन, अनि गुगलले गरेको ट्रान्सलेटमा पारस हैन सुरज गन्ज लेखिएको छ रे। फोटो पनि पहिलेको ह्यान्डसम पारस जस्तो देखिन्न। केही अन्धभक्तहरुलाई यत्ति भए पुग्यो। त्यसो चाहिँ नभइदिए हुन्थ्यो भनेर सोच्नेहरुलाई पनि यसले बल थप्यो। अनि एक किसिमको झुठ चेतना सामान्य मात्र हैन, पत्रकार, चिकित्सकजस्ताले पनि सामाजिक सञ्जालतिर फैलाउन थाले। आखिर के हो त सत्य यसको? के साँच्चै पारसको साटो अर्कै मान्छे थाइल्यान्डमा पक्राउ परेको हो? पारसको डुप्लिकेट पो पक्राउ परेको हो?

सबभन्दा पहिला यो हल्ला फैलाउन मद्दत गरिरहेको साइट हेरौँ।

http://www.innnews.co.th/shownews/show?newscode=571148

अनि यही साइटको आधारमा फेसबुकमा हल्ला फैलाउन उपयोग भएको फोटो पनि हेरौँ
paras

थाइ भाषामा ปี ชาวเมืองมาฮาราจกันจ์ ประเทศเนปาล लेखिएकोलाई गुगलले The city of Omaha Suraj Gunj Nepal. अनुवाद गरिदिएको छ।

गुगलको यो मेसिन अनुवाद भाव बुझ्नका लागि मात्र उपयुक्त हुन्छ। कहिलेकाहीँ त यसले अर्थको अनर्थ नै अनुवाद गरिदिनसक्छ। कहिलेकाहीँ नेपालीको अंग्रेजीमा वा अंग्रेजीको नेपालीमा अनुवाद गरी हेर्नुस्, थाहा हुन्छ।

यही ปี ชาวเมืองมาฮาราจกันจ์ ประเทศเนปาล लाई बेबिलोनमा अनुवाद गर्दा भने Last year, the inhabitants of Nepal กันจ์ Haran. देखाउँछ।
babylon

माइक्रोसफ्टको बिङ्गमा अनुवाद गर्दा त झन् यस्तो पो देखिन्छ-
bing

थाइ भाषाकै अक्षरमा विश्वास गर्ने हो भने यो लिङ्क पनि हेर्नुस्
http://nongkhainewsonline.blogspot.com/2014/10/blog-post_17.html

यसलाई अङ्ग्रेजीमा अनुवाद गराउँदा यस्तो देखिन्छ-
nongkhai

फेसबुकमा रहेको यो थाइ भाषाको लिङ्कलाई ट्रान्सलेट गरी हेर्दा पनि हुन्छ।

Post by หนองคาย.

थाइल्यान्डको अङ्ग्रेजीमै लेखेको पत्याउने हो भने थाइट्रिब्युनको यो लिङ्क हेर्नुस्-
http://www.thaitribune.org/en/hot-issue/6829-ex-nepal-crown-prince-arrested-again-in-thailand.html

यसमा थाइल्यान्डस्थित नेपाली दूतावासका अधिकारी डोरनाथ अर्यालले नै पारस पक्राउ परेको पुष्टि गरेका छन्।

यी तथ्यहरुका आधारमा अब तपाईँ आफै अनुमान गर्न सक्नुहुन्छ- के पारसको साटो अर्कै मान्छे थाइल्यान्डमा पक्राउ परेको हो कि होइन।

22 thoughts on “के पारसको साटो अर्कै मान्छे थाइल्यान्डमा पक्राउ परेको हो? यो पढ्नुस्, प्रष्ट हुनुुहुनेछ”

  1. Shankar says:
    October 18, 2014 at 12:47 pm

    गतिलो मान्छे बिग्रेको भए पो ये बिचरा थाइल्याण्ड गएर बिग्रेछ भन्नु , यहि छाडा भएर बिग्रेको , बाबु ले समेत तिरस्कार गरेका को के कुरा ?
    धन्न ज्ञानेन्द्र ध्रित रास्ट्र रैनछन |

    Reply
  2. pratik says:
    October 16, 2014 at 11:54 pm

    पाप धुरी बाट कराउ छ भन्या यहि हो “/ त्यसैले राम्रो कर्म गर्नु पर्छ नत्र ज्ञानेन्द्र र पारस जस्तै तेस्को फल यहि जुनी मा भोग्नु पर्छ/ येस्तालाई भविस्य को राजा बनौन खोज्ने कमल थापा लै के भन्ने अब ? अनि एस्त लै राजा बनौन खोज्ने जनता हरु मुर्ख होइनन त ? अब हेर्नोस प्रमाण – कति ले रातो छाप हान्च्चन/ यसै देश गरिब छ र? नेता लै मात्रै क गाली गर्ने खै हामी जनता नै येस्तै भए पछि / बिरेन्द्र हुन खोजेको , हाम्रो राजा को हत्या गर्ने हरु खुच्चिङ्ग!!!

    Reply
  3. Govinda says:
    October 16, 2014 at 7:03 pm

    सिटी आफ महाराज गंज भन्न खोजेको हो साथी . ओमाहा सुरज गंज बाट ओ र सु हटाए महाराज गंज हुन्छा नै अनि निर्मल निवास पर्यो महाराज गंज मा ….नेपालीको पनि इंग्लिशमा अनुवाद गर्दा अर्थ न व्यर्थको हुन जान्छ . आफैले कमन सेन्स प्रयोग गर्नु पर्छ .

    Reply
  4. Kamala says:
    October 16, 2014 at 6:11 pm

    हैन सुरज गंज भनेको त ठाउँको नाम पो हो त कहा मान्छेको नाम हुन्छ त ? होइन र भन्या ?

    Reply
  5. Dilli says:
    October 16, 2014 at 2:00 pm

    I have a good experience of Thai alphabet there for Google can not translate what we talking Nepali paras if you you would like to write Thai the can not write as we write paras they write ( para) there for Google also can not found my experience

    Reply
  6. Pabitra says:
    October 16, 2014 at 9:45 am

    त्यो पारसेलाई समाएर नेपालीको बेज्जत हुदैन् । झन ईज्जत बढ्छ । संसारले झन थाहा पाएको छ, नेपाली जनताले राजतन्त्र किन फालेको रहेछ भनेर । पहिला त्यो पारसेले आफुले नेपालमा गरेको पाप सबै सार्बजनिक रूपमा स्विकारेर सजाय भोग्न तयार होऊन, अनि बल्ल हामी त्यो प्रति सहानुभूति देखाउछौं ।

    Reply
  7. Binata Koirala says:
    October 16, 2014 at 1:33 am

    After reading comment I felt like we all are loosing our humanity, you don’t need to hit the dead snake if you know it is already dead. if you hit it does not belong to the Nepali culture and religion. Please be nice with the people who is in trouble and pray for him, it does not harm to you, God bless all Nepalese

    Reply
  8. भाई says:
    October 15, 2014 at 7:58 pm

    यी माल्दाईको विलक्षण पुत्रको त के कुरो गर्नु र ? माल्दाई हाम्रो गाउँको प्रमुख छँदा यता गाउँमा पनि माल्दाइका एकमात्र छोराले गाँजा खाएर उधुम मच्चाउँथे, एकपटक हाम्रै गाउँको सगरमाथा हुटेलमा गुलेली ले हान्न पनि खोज्या थे रे तिनले, अर्कोपटक हाम्रै गाउँको एउटा गीताउने दाईलाई आफ्नो गाडा मुन्तिर पार्दा माल्दाईले कस्तो तिकडम लगार बचाथे यिनलाई | गाडा त यिनले हवाइजात उडाको जसरि गुडाउथे | ट्याउसी जत्रै भटभटे थियो यिनको, क्या संग कुदाउँथे गाँठे | घराँ त्यस्ती राम्री स्वास्नीलाई पनि कुट्थे रे भन्नि त गाउँभरी हल्ला थियो…. माल्दाई प्रमुखबाट हटेपछि चितुन गाउँमा पनि सुजे दिदीको बंगाली ज्वाईंलाई गुलेली हानेर हो कि देखारै तर्साए रे | घराँ ठुलोबाको छोरा, नाताले यिनको दाईलाई पनि नाम नखुलेको कालो पदार्थ लैदिन्थे रे . पछी दाइका सप्पै परीवारनै सकिए पछी त गाउभरी यिनकै राज चल्याथ्यो नि त, तेसैले यिनलाई त जे गरे नि छुट थियो नि ! त्योबेलाको यिनको कथा त के भन्नु र ? फिलिम नै बन्च | अहिले त कताबाट अरुकै गाउँमा पुगे’चन , हेर कन्तबिजोक ! विचरा !!! अब यिनलाई क्यार’नि हुन् पल्ला गाउलेले कुन्नि ?
    अब माल्दाईका छोरालाई पल्लो गाउँमानै थुने भने, भित्रै बसेर यिनले आफ्नो कुनै कुरो नलुकाई किताप लेखे हुन्थ्यो ! यिनको “जीवनचक्र” त बडो रोचक हुथ्यो होला !

    Reply
  9. govind thapa says:
    October 15, 2014 at 1:58 pm

    कहाँ हो न्युज मा पारस लाई प्रेमिकाले फसाइन भन्ने पनि पढेको थिए के हो सत्य बुझ्नै गाह्रो पत्रिकाको हावादारी गफ होकी साचो होकी गलत त सिधै प्रयोग गरेपछि गल्ति नै हो अब सुध्रिने होकी चाला उस्तै हो अब पनि सुध्रिदैन भने त्यतै सिद्दिये हुन्छ …

    Reply
  10. लौटन अवधि says:
    October 15, 2014 at 10:31 am

    थाई केटि कै प्रपन्च हो जस्तो लाग्यो ! सारा नेपाली कै बेइज्जत हो यो !
    कसै को दुख मा कोहि यति साह्रो खुसि हुनु पर्दैन – त्यो दुख हाम्रै घर भित्र पनि छिर्न सक्छ !
    सक्छोउ अहिले दुख मा एउटा नेपाली को नाता ले सहयोग गर सक्दैनोउ हास्ने काम चाही कमसेकम नगर !!! किन कि उनि पनि हाम्रै देश को सन्तान हुन् !

    Reply
  11. Hemanta Bhattarai says:
    October 15, 2014 at 10:15 am

    यो हल्ला मात्रै हो भन्नी त था थियो नि, तेहाँ को नेपाली दुताबास ले पनि पारस सरकार नै हो भनिसकेपछि नपत्याएर भो त ?

    Reply
  12. Mohan says:
    October 15, 2014 at 7:43 am

    थाइलेडं मा मेरो औता साथि छ, १० वर्षा जति भयो हाम्रो दोस्ती भएको, उसलाई मैले अंग्रेजी मा उल्था गर्न लगाएको थिए.

    Reply
  13. Mohan says:
    October 15, 2014 at 7:42 am

    พ.ต.อ.ชนะเกียรติ วงศ์แสงเทียน ผกก.สภ.โพนพิสัย พ.ต.ท.ฐนกร ถาวะโร รอง ผกก.สส.สภ.โพนพิสัย พ.ต.ท.เจษฎา แพ่งศรีสาร สว.สส. ร.ต.อ.ปฏิวัติ ชุมแวงวาปี รอง สวป. ร.ต.ต.สมคิด พลค้อ รอง สว.สส. ร.ต.ต.อุทัย งามสระคู รอง สว.สส. และชุดสืบสวนภายใต้การอำนวยการของ พล.ต.ต.ชูรัตน์ ปานเหง้า ผบก.ภ.จว.หนองคาย ได้ร่วมกันจับกุมนายปาราส เบอร์คิมบิคาม ชาร์ อายุ 42 ปี ชาวเมืองมาฮาราจกันจ์ ประเทศเนปาล พร้อมของกลาง ยาไอซ์ใส่หลอดพลาสติกสีเขียว หนัก 5.8 กรัม
    अब तपाइहरु आफै हेर्नुहोस english मा .

    กัญชาแห้งห่อด้วยกระดาษสมุดสีเขียว จำนวน 1 ห่อ น้ำหนักรวมหีบห่อ 9.7 กรัม รถยนต์ BMW สีขาว หมายเลขทะเบียน ก 2434 เชียงใหม่ แจ้งข้อกล่าวหามียาเสพติดให้โทษประเภท 1 (ยาไอซ์) ไว้ในครอบครองเพื่อจำหน่ายโดยผิดกฎหมาย, มียาเสพติดให้โทษประเภท 5 (กัญชา) ไว้ในครอบครองโดยผิดกฎหมาย ภายหลังจับกุมจะนำผู้ต้องหาพร้อมของกลางส่ง พงส.สภ.โพนพิสัย ดำเนินคดีตามกฎหมายต่อไป

    In the news told that this guy named Parash Berkimbikam Shar 42 year olds, the Nepalese , were charged with drug (Ice) 5.8 gram and marijuana one pack 9.7 gram. He were found in white BMW in Chiang mai.

    Reply
  14. shyam says:
    October 15, 2014 at 7:02 am

    Being addict is not a criminal act it may be anybody but seriously throwing king out was a mistake by nepalese

    Reply
    1. Jiwan says:
      October 15, 2014 at 6:11 pm

      Certainly, dude, the real mistake was not to take their all ill gotten money back to the coffer. Then you would not hear about a BMW riding addict.

      Reply
  15. achut says:
    October 15, 2014 at 6:38 am

    पारस नै हो र हुनु पर्छ/खराब व्यक्ति को अन्त्य पनि खराब नै हुन्छ/ येस्तै कु-पुत भएर नेपाली जनता ले राजा फालेका रेछ्न भन्ने सब लै थाहा भो नि……..जनता का छोरि-चेली लाई बलात्कार गरेर मार्दै हिडेको पाप ज्ञाने लाई आज आएर लाग्दै छ न छोरि को घर राम्रो छ, न छोरो गतिलो निक्लियो…. पागल भएर नारायण हिटी को गेट मा बस्न आउछ कुनै दिन//

    Reply
  16. xyz says:
    October 15, 2014 at 5:43 am

    While going through news and comments related to this dakka’s arrest, I have collected following samples – obviously, all have sympathy over this dead and corrupted royalties:

    The first one, as you said, there are still who presume or likes to presume the story to be fake one, it is not real dakka in the picture.

    Second, as dakka himself has claimed, he has been framed; there is also interesting version, dakka himself has gave evidence to be inside police security otherwise his life is very much at risk.

    Third, Nirmal Niwas is equally responsible for the state of this dakka.

    Fourth, we need to show sympathy, love, not hate and remorse to change this dakka.

    Fifth, we have to forget about his past and show him the future. They mention or show the picture of innocent Himani and her three children.

    Sixth, a former police officer has gone down to chakadi referring to the news as a shame not just on dakka but on all Nepali people.

    Reply
    1. Sunil (Belgium) says:
      October 15, 2014 at 2:44 pm

      Respected XYZ, I went thru all your comments, I am agree with your some of the comments but to give him sympathy. Firstly , he must accept his regrets what he did now and before outrageous in Nepal. If there are no regrets from Parsa, even God will have no sympathy for him. This is the law of nature. “Every action has equal and opposite reaction”. Firstly, Parsa must commit his regrets than yes than off-course, there will be sympathy from everyone .

      Reply
  17. शशङ् लामा says:
    October 15, 2014 at 2:48 am

    थाइल्याण्डस्थित नेपाली दुताबासले नै पारस हो भन्ने कुरा पुष्टी गरिसके पछि यि गोलखांडिहरु किन दुनियाँँको मगज चाटदैछन ?

    Reply
    1. bibek dhakal says:
      October 16, 2014 at 6:18 pm

      तेइ भन्या ऐले को सूचना प्रविधिको जमानामा हाम्लाई उल्लु बनाउन खोज्या होलान धनुष्टन्कारेहरुले . यस्तो फर्मुला अब नर्थ कोरियामा समेत काम लाग्दैन होला हामि नेपालि तेस्तो अबुझ छम र.
      अनि नेताहरु चोर भयो भन्दैमा पारस देउता बन्दै जाने त हैन नि…. के भा होला (केहि चाटुककार ) नेपालिको मगजलाई…

      Reply
  18. kedar says:
    October 15, 2014 at 12:06 am

    के गर्ने पारष भक्त बिचराहरुलाई मन बुझाउने बाटो पनी चाहियो नि |

    Reply
  19. सिर्जने says:
    October 14, 2014 at 10:57 pm

    थाई ट्रिब्युनको समाचारले पहिलाको कुरो पनि खुलाएको छ, अनि इ दुब्लाएका पारस होइनन त? मान्छे चिनिदैन होला? हावा कुरो नगरम न हो हल्लाकारहरु …..

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme