जनमानसमा ठुलो असन्तुस्टी अथवा सन्त्रास फैलिनसक्ने सम्बेदनशील कुराहरु सत्यतथ्य भए पनि सकभर आफैले औपचारिक घोषणा नगर्ने, र गरे पनि घुमाउरो पाराले, अनि बिस्तारै-बिस्तारै गर्ने कुटनीति सबै प्रकारका सरकारको हुन्छ | टनकपुर सम्झौतामा नेपालले पाउने बिजुली करोडौं वाट (Watt) र भारतले पाउने बिजुली केही हजार मेगावाट (Megawatt), जापानमा फुकुशिमाको आणविक भट्टी नै पग्लेर ५०० किलोमिटरसम्म रेडियोधर्मी विकिरणहरु पुगिसक्दा समेत केही मात्रामा विकिरण चुहेको तर आतिइहाल्नु पर्ने अवस्था नभएको भनी सरकारी माध्यमले घोक्रो सुक्नेगारी फुक्नु त्यस्तै-त्यस्तै कुराका उदाहरणहरु हुन् |
बैज्ञानिकहरुले जिब्रो नचपाइकन अथवा सात घुम्ती नघुमाइकन जस्ताकोतस्तै भन्ने हो भने यो पृथ्वीका मानबलगायत सबै प्राणीहरुको लागी पलपलमा खतराको घन्टी बजिरहेको छ |
अरु प्राणी त बिचरा भैहाले ! न हिंजोको कुरा थाहा छ, न बर्तमान छ तिनीहरुको, न पुर्खाको बारेको केही कुरा थाहा, न भाबी सन्ततिको चिन्ता ! सोक न सुर्ता ! संसार जे छ आँखा अगाडिमात्र छ | अहिलेलाई खान पाए भयो | त्यसैले जेजे आइलाग्छ बलि बनेर थापिनु सिबायको कुनै बिकल्प छैन बिचराहरुको !
हामी मानवले समेत आजको यही घडीदेखि पृथ्वीको बिकल्प खोजेनौं भने हाम्रो हालत पनि डाइनोसोरको भन्दा कुनै फरक हुने छैन ! अहिलेको अवस्थालाई हेर्दा हामी आत्महत्याको बाटो (Suicidal Path) मा लम्किरहेका छौं | तर खोजिगर्यो भने र लागिपर्यो भने निस्किन सक्छन हाम्रा बंश धान्ने र बचाउने अनेकन उपायहरु पनि !
संपूर्ण जीवको अस्तित्व समाप्त हुनेगरी पृथ्वी तात्नु भन्दा पहिले, अथवा पृथ्वी नै नस्ट हुनु भन्दा पहिलै नै हामी मानबजातिले कतै बसाई सर्नु आजको अपरिहार्य, टड्कारो, हरेक मान्छे र राष्ट्रको साझा लक्ष (Mission) हुनु पदर्छ | बस्तुस्थिति हेर्दा त्यस कार्यको लागी मंगलग्रह अरुभन्दा अलि बढी सम्भावना भएको स्थान पर्न आउँछ | छिटै मंगलग्रहमा बसाई सर्न सकियो भने, भलै संख्या कम किन नहोस, मानबजातीको विउ नमेटिन सक्छ |
तर यो लड्डु पेडा खाएजस्तो, अथवा हामी नेपालीहरुले हुनेकुरा पनि नहुनेकुरा पनि आ ..भैहाल्छ नि भनेजस्तै हल्का पाराको कुरा छैन | न त यो कतै बिदा मनाउन गएर घर फर्केर आएजस्तो, वा रासनपानी लत्ताकपडा औजारउपकरण सहित गएर केही समय अन्टार्कटिकामा कृत्रिम घरभित्र बसेर आएजस्तो, अथवा २-४ महिना अन्तरिक्षमा यानभित्र बसेर आएजस्तो कुरा नै छ |
यो वातावरणीय अथवा बाह्य कुरामा भर गर्न नपर्ने, गुरुत्वाकर्षणको प्रभाब खासै नपर्ने सानो घर ठुलो घर, सानो मेशिन ठुलो मेशिन, कम्पुटरको सानो चिप्स ठुलो चिप्स बनाएजस्तो कुरा पनि छैन | यो त मानबजातिले कम्तिमा पनि पृथ्वीमा रहेजस्तै गरी अथवा सदाको लागी, पुस्तौंपुस्तासम्म रहन सम्भावना छ कि छैन भन्ने कुरासंग सम्बन्धित छ | त्यसैले हल्कापाराले अर्को ग्रहमा गैहालिन्छ नि भन्नु भन्दा तिनीहरुको बस्तुस्थिति र यथार्थता जान्नु तर्कसंगत र बुद्धिमत्ता ठहर्छ |
दुरीको हिसाबले मंगलग्रह सूर्यबाट पृथ्वी पछिको चौथो टाढाको ग्रह हो | यसको Landmass झन्डै पृथ्वीको जति नै छ | यसको सतहको गुरुत्वाकर्षण पृथ्वीको करिब ३७% जतिमात्र छ | मंगलग्रहमा एकदमै ठूला, २१ किलोमिटर अग्ला र ६०० किलोमिटरसम्म ब्यास (Diameter) भएका, ज्वालामुखीहरु छन् | त्यसको अलावा पुरै ग्रह नै ढाक्नेगरि धुलोका बिशाल आँधीबेहरीहरु महिनौं सम्म चल्छन् | यसको बायुमण्डल सूर्यका घातक किरणहरु छेक्नसक्ने खाले छैन | खासै इकोसिस्टम पनि छैन |
यसको आकार अन्डाकार (Oval-Shape) भएको हुनाले यसमा ऋतुहरु अनौठा प्रकाका हुन्छन, एकदम ताता तथा एकदम चिसा ! यसको सतहका कतिपय टुक्राटाक्री वा पदार्थ धेरै पहिले बिभिन्न कक्षमा घुम्नेक्रममा पृथ्वीमा खसेको कुरा पनि बैज्ञानिक परिक्षणबाट पत्ता लागेको छ | त्यसकै आधारमा यसको बनावटबारेका धेरै कुरा अड्कल भएका छन, अनि कस्ता प्रकारका यन्त्र त्यहाँ पठाउदा ठिक हुन्छ भनी निर्णय गर्न सजिलो भएको छ |
एकैतर्फ दुईवोटा लेनमा गैरहेका दुईवोटा गाडीहरु तिनीहरुको गति अनुसार ती दुबैको दुरी फरक परेझैं पृथ्वी र मंगलग्रहको दुरी पनि फरक पर्दछ, किनकी दुबैले सूर्यलाई परिक्रमा गर्दछन, तर फरक-फरक गति र समयमा | यी दुवै एकआपसमा एकदम नजिक हुँदा ५ करोड ६० लाख किलोमिटरसम्म नजिक हुन सक्छन् | सन् २००३ मा त्यस्तो भएको थियो | मंगलग्रहबाट सूर्य २२ करोड ७९ लाख किलोमिटर टाढा छ भने पृथ्वीबाट १४ करोड ९६ लाख किलोमिटर |
मंगलग्रहमा मान्छे पुग्ने त धेरै टाढाको कुरा भयो | १९६० मा तात्कालिन सोभियतसंघले सुरुगरेको KORABL 4 अभियान (Mission) देखि लिएर हालसालै भारतले गरेको Mars Orbit Mission (MOM) सम्म आउँदा गरिएका सयौँ मध्ये जम्म १६ वोटामात्र अभियान आंशिक रुपले सफल भएका छन् | ती मध्ये सबभन्दा सफल, २०११ नोभेम्बर २६ मा पठाइएको Curiosity Rover लाई मंगलग्रहमा पुग्न ८ महिना १२ दिन जति लागेको थियो र यसले मंगलग्रहको बाताबरण, भूगोल आदिको बिभिन्न अध्यन र अनुसन्धान गरिरहेको छ | तर मंगलग्रहमा जाने भनेको जम्मा ३ लाख ८४ हजार ४ सय किलोमिटर टाढा रहेको चन्द्रमामा जाने जस्तो होइन |
तथापि करिब ५०० किलोमिटर प्रतिघण्टा भन्दा बढीको रफ्तारमा जमिनमा चल्ने बुलेट ट्रेन, ६,००० किलोमिटर प्रतिघण्टाको बेगमा उड्न सक्ने लडाकु जहाज, र ३०,००० किलोमिटर प्रतिघन्टाको दरमा चल्ने अन्तरिक्ष रकेट बनाइसकेका हामीले दुरी र गतिको समस्या त भविष्यमा पक्कै पनि हल गर्ने छौं |
त्यतिमात्र होइन पृथ्वीबाटै निर्माणका सामाग्रीहरु बोकाएर स्वचालित, अथवा पृथ्वीबाटै नियन्त्रण र निर्देशन गर्ने सकिने रोबोटहरु पठाएर मंगलग्रहमा शहर नै निर्माण गर्न पनि सकिन्छ होला | तर मंगलग्रहको बसाई दुरि र घर निर्माणसंगमात्र पनि सम्बन्धित छैन | यो त त्यहाँ सदाकोलागि जीवन रहने, जिउने र धानिनेसंग पनि सम्बन्धित छ |
मंगल ग्रहको पातलो बायुमण्डल (Atmosphere) ले हामीलाई meteorites अनि cosmic rays बाट बचाउन सक्दैन | यो अवस्थाबाट बच्न पनि केही उपाय अपनाउन सकिएला | जस्तै:- मंगलग्रहमा ठुलाठुला, अमेरिकाको Grand Canyon जस्ता, Canyon हरु पनि छन् | तिनीहरुको भित्ता खोलेर भित्रभित्रै घरहरु बनाउन सकिएला | त्यसो गर्न सकिए पनि अक्सिजन, पानी र खानाको समस्या पर्ने छ |
प्रबिधि (Technology) प्रयोग गरेर माटोबाट पानीको मात्र छुट्याउन सकिन्छ | त्यसरी नै पानीबाट हाइड्रोजन र अक्सिजनलाई छुट्याउन पनि सकिन्छ | (Hydroponic) तरिका अपनाएर पानीमा मात्रै बिरुवा हुर्काउन पनि सकिन्छ, अनि एउटै रुखमा एकै पटक बिभिन्न प्रकारका खानेकुरा फलाउन पनि सकिन्छ | त्यसो गर्दा माटोको दरकार पनि पर्दैन अनि खेति गर्न ठाउँ पनि धेरै चाहिंदैन | बिरुवालाई खाना बनाउन चाहिने Photo-synthesis प्रक्रियाको लागी Artificial Light पनि प्रयोग गर्न सकिन्छ |
पैसावालाहरुको पहुँच हुने Vacation Centers तथा Casino जस्ता कुराहरु त बनाउन सकिएला, मान्छे लगायतका प्राणीको DNA अथवा हाम्रो सभ्याताको नालीबेली पनि त्यहाँ लगेर संरक्षण गर्न सकिएला, तर बृहतरुपमा मानबलागायतका प्राणीहरुलाई कसरी स्थापित गर्न सकिएला त ? यो त मान्छेको बिउ लैजाने कुरा होइन की मानब जातीको पुनर्स्थापना गर्ने कुरा हो | कुनै शेर्पाजीहरुले तान्दै र कुनैले घचेट्दै जीवित शरीरलाई जेनतेन एकछिनको लागी सगरमाथामा पुर्याउनु र सगरमाथामै बसोबास गर्नु त एकदम फरक कुराहरु हुन् नि !
पृथ्वीको बायुमण्डल (Atmosphere) मा ७८.९% Nitrogen, २०.९५% Oxygen, 0.93% Argon, 0.039% Carbon Dioxide आदि ग्यासहरू छन | यिनै कारक तत्वहरुको मुलभूत भूमिकाले यो पृथ्वी प्राणी र बनस्पतिको लागी योग्य भएको छ | तर मंगलग्रहको बायुमण्डल (Atmosphere) मा ९५.३२% Carbon Dioxide, मात्र २.७% Nitrogen, मात्र 0.१३% Oxygen, मात्र 0.0३% Water Vapor छ |
प्राणीको जीवन धानिनको लागी उचितमात्रामा हावा, पानी र खानाको साथै जीवन सुचारुरुपले चल्नको लागी निश्चितमात्रामा शरीरमा तापक्रम, र पाचन प्रणाली र बिकार निस्काशन प्रणाली सुचारुरुपले संचलान हुन निश्चित मात्राको Pressure को पनि आवश्यकता पर्दछ | हालसम्मको अवस्था हेर्दा यी कुनै पनि दृष्टिकोणले मंगलग्रह उपयुक्त छैन | यी कुराको कसरी समाधान गर्ने सकिएला त ?
There are so many sceince fiction books and scientifically proven adventures, articles but we Nepalese are used to read and re-read, listen and re-listen the same old swasthani, purana, katha etc….
लेखकले अहिले भैराखेको मार्स वन योजनाको बारेमा केहि लेख्नु भएन, अमेरिका लगायत केहि अरु देशमा मंगल ग्रहमा सन् २०२० मा जानको लागि केहि मान्छेहरुलाइ तालिम दिन थालिएको छ / माइसंसार मै पनि केहि महिना पहिला यो बारेमा लेख आएको थियो /
http://www.mars-one.com/mission/humankind-on-mars
प्रख्यात बैज्ञानिक स्टेफेन हकिंगका अनुसार अर्को कुनै सौर्य मण्डलमा हाम्रो मानब जस्तो धेरै नै बिकसित जीव छ भने र ति जिबले मानब भन्दा धेरै बिकाश गरेका छन् भने र यदि तिनले हाम्रो पृथ्वी भेटे भने गोरा युरोपियनले रेड इन्डियनहरु लाइ सखाप परेको जस्तो पृथ्वीका मानाबजाति लाइ तिनले खोजि खोजि सखाप पार्नेछन /
पृथ्वी भन्दा बाहिरको तथ्यहरु सार्है रोचक हुने गर्छन। लेख सन्दर्भिक लाग्यो धन्यवाद ।
उत्तम प्रस्तुति, भोलिका दुनिया, भविश्यका संसार बारेमा जान्न पाउनु पनि भाग्य हो पो भने है I एकदमै चाखलाग्दो !
विज्ञानका सामग्रीहरु खासै प्रकाशित नहुने नेपाली पत्रकारिता÷इपत्रकारिताको खडेरीमाझ गौतमजीको यो लेख पढ्न पाउँदा मरुभूमिमा पानी भेट्याएको जस्तै लाग्छ । त्यसैले माइसंसारमा प्रकाशित हुने उहाँको लेखहरु सकेसम्म नछुटाइ पढ्ने गर्छु ।
यो लेख पनि राम्रो छ । तर मेरो एउटा जिज्ञासाः अघिल्लो कुनै लेखमा उहाँले लेख्नुभएजस्तो सूर्य नै मासिएर गएपछि पृथ्वीमा जीवन (अझ सम्भवतः पृथ्वी नै समाप्त भएर जाने तथ्यबीच त्यसैको एउटा अर्को ग्रह मंगलमा चाहिँ जीवन सम्भव हुन्छ ? उदयजीबाट अलि गहिराईमा व्याख्या भएको लेखको अपेक्षा गरेको छु ।
कुनै पनि चिजको आयु हुन्छ येस्मा शंका छैन , लामो र छोटो को फरक मात्र हो
मुख्य कुरा प्रकिर्ती ले सृस्त्री , सिर्जना र बिनास गर्छ , हामी आफै पनि आफु नासिनुमा जिम्मेवार छौ , पानि हावा जस्ता महत्यो पूर्ण जो बिना हामी लगाएत सबै जीवित बनस्पति तथा प्राणी बन्छ सक्दैनौ तेस्लाई हामीले आज पुरा प्रदुसित बनाएका छौ , येदि हामी प्रकिर्तिक पाराले बस्ने हो भने हामीलाई अत्तिहल्नु पर्दैन
जहाँ सम्म मंगल ग्रहमा बसोबास बसाउने कुरा छ यो तेती सजिलो छैन , हामीले हाम्रो सोलार system भित्र मानब बस्ति बसाल्न सक्छौ जस्तो लाग्दैन , भाबिस्येमा हाम्रा सन्तति ले धेरै धेरै ठाडा जानु पर्ने हुन्छ
यो universe मा हामी जस्ता र हामी भन्दा बिकसित मानब समुदाय प्र्सस्था हुन्सक्चन , तिनी हरु पनि अनुसन्धान को क्रम मा भेट हुनसक्छ र तिनैले हाम्रो समुदाय लाई पनि बचाउन सक्छन
अरबौ वर्ष को अबधिमा येसरी विकास वायो भने अर्बौ वर्ष पछि हाम्रो लागि औनुकुल बाताबरण पनि हुन् सक्छ
र मुख्य कुरा हामीलाई प्रकिर्ती माताले उत्पन्न गरायिन भने उनैले हामीलाई जोगाउने काम पनि गर्छिन , येस्मा शंका छैन , यो ब्रहमाण्ड को उत्पत्ति को पछाडी लुकेको रहस्य तेही प्रकिर्ती हो उनैले जगेर्ना गर्छिन
धेरै समय युरोप ,अमेरिका बसेर जानेलाई नेपाल पुग्दा नै आर्को ग्रह मा पुगे जसो हुन्छ , हाम्रा नेता हरु येलियाँन भन्दा कम छैनन् भन्दा खेरि आर्को ग्रह मा जानु नै किन पर्यो ?
हुन् त् सिरियस कुरा लाइ मजाक मा लिएजस्तो लाग्ला तर मंगल ग्रह बा अरु कुनै मा बसाइ सर्ने भन्ने कुरा आफै मा मजाक जस्तो लाग्छ आज को समयमा |
इन्डिया पुग्यो , चाइना पुग्यो बा अमेरिकी नै मंगल पुग्यो भन्दा पनि संका को आधार धेरै छ , आफ्नो धाक जमाउन र प्रभुत्त्व को लागि यी देश हरु अकल्पनीय काम त् गर्छन झुटो बोल्नु त् यिनको लागि कुनै ठुलो कुरा नै हैन |
उदाहरण को लागि मोदी नेपाल मा आएर बुद्द नेपाल मै जन्मेको भन्छ , जापान गएर तेही मोदी ये बुद्द त् भारत मा जन्मेको भन्छ , इन्डिया नक्कली लुम्बिनी खडा गरेर यो नै असली लुम्बिनी भन्छ , कहिले काही नेपाल ले सिमाना मिच्यो पनि भन्छ , रातारात दर्बार हत्या कंड गराए , छान बिन हुनु कता छ कता सी यन यन , अल इन्डिया रेडियो लाइ दोस दिपेन्द्र मा थोप्न र संका को तिर ज्ञानेन्द्रमा लगाउन हतार भैसक्यो |
अमेरिका सदाम सग बाइलोजिकल , परमाणु सब हतियार छ बह्न्दै इराक पस्यो खै कहा थ्यो ?
तेसै चीन पनि कम छैन , त् एस्तो होडबाजी र जाल झेल रच्ने को कुरा एक्कै चोटी कसरि पत्याउनु ?
this article is not well addressing and not raising the actual issues regarding the necessity of shifting the planet. article like this only brings fear to people and provides solution for non.
it is true that government and scientific organization are not revealing actual information that is only to provide peace among the people. As they are also resident of this world I wound not believe that they are hiding such big secrets.
ब्रम्हाण्डमा अरु पनी त होलान नि प्रिथिबी जस्तै ग्रह | खोज्दै गरौँ, कुनै न कुनै दिन त भेटिएला | हामीले नाभेटाये हाम्रा छोरा नातिले भेट्टाउलान, नभए तिनका छोरा नातीले भेट्टाउलान |
कथाकार विजय मल्लको अन्तिम भोज कथा सम्झना भयो ।