Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

लौ न संविधान बस त दुर्घटना पो भएछ !

Posted on October 10, 2014October 10, 2014 by Salokya

sambidhan
जताततै संविधान संविधानको चर्चा सुनेर संविधान भए के के न हुन्छ झैँ लागेर यी बस मालिकले बसको नाम संविधान राखेका थिए होलान्। तर सप्तरीमा यो संविधान बस नराम्रोसँग दुर्घटनामा परेछ। सन्तोष पाण्डेले त्यसको फोटो खिच्न भ्याएछन्। दुर्घटना चाहिँ कसरी भयो होला? ६०१ जना त यसमा चढेका थिएनन् होला। तैपनि भएछ। साँच्चिकै संविधान भने दुर्घटना नहोस् है !

sambidhan1

3 thoughts on “लौ न संविधान बस त दुर्घटना पो भएछ !”

  1. Nirajan Rajalim says:
    October 11, 2014 at 3:14 pm

    यो फोटो मैले पनि खिचेँको थिएँ अस्ति २० गते । तर दशैँभर फोटो खिचेर मेमोरी सकिएको मेरो मोबाइलमा नयाँ मेमोरी राखेर खिच्दा कुन्नि के मिलेनछ, काठमाडौँमा कम्प्युटरमा सार्न खोज्दा आइकन मात्र देखायो, खुलेन ।

    यो घटना सप्तरी जिल्लाको रुपनीमा दशैँमा भएको हो । कञ्चनपुर वैरियर प्रहरी चौकीको केही पश्चिम । बस भैरहवाबाट काँकडभिट्टा जाँदै गरेको थिएछ । घटनास्थल रुपनीको खाजा खान बस बिसाउने ठाउँको ठीक्क पारिपट्टि छ । त्यसैले यात्रुहरु खाजा खान झर्दा यो बस हेर्न झुम्मिन्थे । बस तीव्र गतिका कारण दुर्घटना भएको देखिन्थ्यो । सडक छेउको सिमेन्टको ढिकुरे बारमा अगाडिका चक्का ठोक्किएछन्, र एउटा चक्का फुत्त रडसँगै उछिट्टिएछ । त्यो चक्का सात मिटर पर लडिरहेको थियो भने गाडी पुरै उत्तानो थियो । लास्ट सिट रगतले भिजेको देखिन्थ्यो । मान्छेको भीडमा कुरा खोतल्दा एक जनाको मृत्यु भएको भनी एक जनाले मलाई बताएका थिए ।

    संसारमा तीस प्रतिशत सवारी दुर्घटना अत्यधिक गतिका कारण हुने गरेको तथ्याङ्क ट्राफिक प्रहरीले रेडियोमा बजाउने गरेको छ । नेपालमा त्यो प्रतिशत बढी नै पनि होला । लामो यात्राका सवारी चालकलाई छिटो दौडाउन कराउने यात्रु पनि यसका कारक होलान् कि भन्ठान्छु म त । यात्राका क्रममा धेरैले छिटो कुधाऊ भनिरहेको सुन्छु । बिस्तारै गए अवश्य पुगिन्छ भन्ने सबैले बुझ्नुपर्दछ ।

    यो संविधान गाडी छिटो हुनाले दुर्घटना भएको हो । नेपालको संविधान चाहिँ ढिलो हुनाले दुर्घटना हुन लाग्यो ।

    Reply
  2. तुयू भाजु उदास says:
    October 11, 2014 at 2:32 pm

    भुइंचालो को संकेत अनेक हुन्छन अरे ! समझदार ले बुझेर बच्ने जुक्ति निकाल्छन.
    यो ‘सम्विधान’ नामक बस पनि त्यस्तै अनिष्ट को संकेत हो कि भनेर चनाखो हुनु पर्छ.
    यसको निम्ति नेता वर्ग भन्दा एक कदम अगाडी सचेत नागरिक समाज नै बढ्ने होकी !

    Reply
  3. xyz says:
    October 11, 2014 at 7:21 am

    This is a very very interesting news. Who knows present CA may also be waiting for an accident?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme