Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

ओलीज्युले भन्नुभएको, मन्त्री महेश बस्नेत त भगवान कृष्ण जस्तै पो रे

Posted on October 10, 2014October 10, 2014 by Salokya

mahesh-basnet एमाले अध्यक्ष केपी ओलीले उद्योग मन्त्री महेश बस्नेतलाई भगवान श्रीकृष्णसँग पो तुलना गरेका छन्। गजब लाग्यो उहाँको तुलना देखेर। महेश बस्नेतले युथ फोर्स अध्यक्ष हुँदा अनेक लिला देखाएकै हुन्। माओवादीलाई कंस मान्ने हो भने उनीहरुका वाइसिएल सेनालाई आच्छु आच्छु पारेकै हुन्। बरु यो हिसाबले ओली ज्यु चाहिँ के पर्नु भयो कुन्नि। वासुदेव? होइन होइन। वासुदेव त कृष्णको साँच्चिकैका पिता पो त। कृष्णलाई हुर्काउने त नन्द पो त। भनेपछि ओली नन्द? झलनाथ खनाललाई के भन्ने, माधव नेपाललाई के भन्ने हो कुन्नि।

खासमा महेश बस्नेत पहिले झलनाथ कै मान्छे थिए। युवा संघको लहानमा भएको सम्मेलनमा उपाध्यक्ष देऊ न भनेर माग्दा झलनाथवालाले तेरो हैसियत छैन उपाध्यक्ष बन्ने भने पछि रिसाएर त्यसो भए अध्यक्ष उठ्छु भन्दै ओली क्याम्पमा छिरेर अध्यक्ष बनेका हुन् उनी।

अनि यसरी तुलना गरेपछि सुशील कोइरालालाई के भन्ने ? पान्डव ? प्रचण्डलाई त कौरव भने हुन्छ। अर्जुन चाहिँ को होला कुन्नि। अहो हजारौँ गोपिनी कहाँबाट ल्याउने ? महाभारत युद्ध हुनै बाँकी छ।

अब ओलीज्युले बस्नेतलाई कृष्ण जस्तै भनिसकेपछि यसपालि कृष्ण जन्माष्टमिमा सब पार्टी कार्यकर्ताहरु कृष्ण मन्दिर जान छाडेर गुन्डु गाविस गए हुन्छ। बरु देशभरका युथ फोर्स कार्यकर्ताहरुलाई महेश बस्नेतको कृष्ण अवतार मूर्ति बनाउन लगाएर मन्दिरमा स्थापना गर्ने कि ! यसो गरे देशमा मूर्ति निर्माण उद्योग पनि फस्टाउँछ। त्यसो गरे हुन्न ?

सुन्नुस् ओलीको भाषण

पढ्नुस् ओलीको भाषणमा के थियो ?

18 thoughts on “ओलीज्युले भन्नुभएको, मन्त्री महेश बस्नेत त भगवान कृष्ण जस्तै पो रे”

  1. suzee says:
    October 11, 2014 at 8:42 pm

    OLI बाजे लै अंग प्रत्यारोपण पछि दिइने steroid medicine को धेरै नै SIDE EFFECT भा जस्तो लाग्यो,

    Reply
  2. ramesh says:
    October 11, 2014 at 12:00 am

    अब काजु ले अस्ति मारिने चरी लाइ अभिमन्यु भन्न बेर छैन,” अभिमन्यु झैँ अल्प उमेर मा, निहत्या अबस्था मा, थुप्रै महारथी (प्रहरी) ले घेरा हालेर मारेको भनेर तुलना गर्न बेर छैन.

    Reply
  3. ramesh says:
    October 10, 2014 at 11:58 pm

    शंकर जी
    काजु ले मार्क्स लेनिन पनि पढेको छैन, मार्क्सबाद को एक पेज ब्याख्या गर्न सक्देन, एसले त जिन्दगि भर चुटकिला र गौतम माइला(धेरै पहिला रत्नपार्क मा फुटपाथ मा पसल राख्ने)को तथ्य कथा र निलो चोली टाइप को किताब भन्दा अरु पढेको छैन, तेही भएर यो जस्तै ठग फटाह गोपाल पौडेल ले phd को उपाधि दिएको.शैसिक क्षेत्र को एसको सबै भन्दा ठुलो उपाधि नै तेही हो.

    Reply
  4. Bam bahadur says:
    October 10, 2014 at 8:12 pm

    यो अस्वस्थ बक्तब्य सुन्दा ओलीको स्वास्थ्यमा सुधार होला जस्तो देखिन्न ! तिमीहरुले मात्र देश
    चलाउन जानेका छौ अरु सबै भेडा सम्झने ओलीको अस्वस्थ सोच सबैले बुझेकोछ ! ओली झनै
    खत्तम हुदै जानु थालेछ !

    Reply
  5. rajesh rai says:
    October 10, 2014 at 7:02 pm

    सारै हास उठ्यो /

    Reply
  6. Vishal B says:
    October 10, 2014 at 6:26 pm

    सालोक्यज्युले बसुदेव भन्न खोज्नु भएको वासुदेव पो हुनपुगेछ / वासुदेव त कृष्ण कै अर्को नाउँ पो त /

    Reply
  7. uttam says:
    October 10, 2014 at 5:17 pm

    होइन के भयको यस्तो ओली लाई रोगता धेरै ठुलो लागे जस्तो छ अब डाक्टरकोमा होइन धमिकोमा लानु पर्ला जस्तो छ . कोइ नपायर महेश बस्नेतको यत्रो ठुलो प्रसंसा .देश अब राम्रोसंग बिकाश हुने भयो ……………..गेस गर्दा बस्नेतले राम्रोसंग ओलीको मालिस गरेजस्तो छ या ओलीलाई भेलोर लानेबेला भयाछा . फेरी देशले कति खर्च गर्न पर्ने हो ? म त गेस गर्न नसक्ने भय……..

    Reply
  8. तुयू भाजु उदास says:
    October 10, 2014 at 5:09 pm

    ओली को दिल भित्र सुदामा त होइन , राधा नै प्रवेश गरेको जस्तो बुझियो , बा !…=P
    आउँदो केहि दिनमै यो कुरो सही या गलत भन्ने सबुद प्रमाण प्रकट होस् भनी कामना गर्छु.

    Reply
  9. घले कान्छो , बाउरे says:
    October 10, 2014 at 4:30 pm

    ” बुढो गोरुले भिर खोज्छ , बुढो मान्छेले निहु खोज्छ भन्थे ” मानसिक रुपमा सिकिस्त भए पछि अब के लाग्छ र ? देशको स्थिति राम राम भन्नु बाहेक अरु केहि प्रगति होला जस्तो देखिएन | बाडेर खाने भए , लुछेर खाने भए , तर्साएर खाने भए , थर्काएर खाने भए देशको डाडु पन्यु नै डाकाको हातमा भए पछि सक्की गयो |

    Reply
  10. Tenzing Gaba says:
    October 10, 2014 at 4:23 pm

    कुरो यसरि बुझ्नुस न
    बस्नेत जी कृष्ण …………………………१००% सत्य बचन
    सबै एमालेगण चाही गोपिनी ………….. १००% सत्य बचन (कोहि शिखण्डी पनि हुनु सक्छन है )

    Reply
  11. Tenzing Gaba says:
    October 10, 2014 at 4:14 pm

    यत्ति मात्र बाकि थियो अब त्यो पनि पुरा भयो,
    अब अर्थोक त खै के भन्नु र पुरानो गज़ल पो गाउनु पर्यो

    “……. एक कमि थी ताज महल मे
    ……. एक कमि थी ताज महल मे
    हम ने तुम्हारी तस्बिर लगा दि……..”

    Reply
  12. Ramesh Adhikari Palpa says:
    October 10, 2014 at 4:04 pm

    ओली को बोलि र प्लास्टिक को गोलि उस्तै उस्तै हो //

    Reply
  13. kiran says:
    October 10, 2014 at 1:12 pm

    होइन हौ कल्युगी कृष्ण महेस ले मख्खन चोरेर खान देला भनि मख्ख परेका होलान बुडा ओली / महेसे ले लोप्पा खुवाई ,आफै मख्खन खाएपछि थाहा पाउला/

    Reply
  14. sanumaya says:
    October 10, 2014 at 12:28 pm

    कृष्णका पिता वसुदेव हुन् वासुदेव कृष्ण अाफैं हुन् । वसुदेवका छोरा भएकोले कृष्णको एउटा नाम वासुदेव रहेको हो ।

    Reply
  15. डिल्ली says:
    October 10, 2014 at 12:15 pm

    महेश भनेको देवादिदेव महादेवको अर्को नाम पो जस्तो लाग्थ्यो । खड्गाधिश्वर काम्रेडले धर्मशास्त्रका शास्त्र बुर्जुवा शास्त्रसँगै ककटेल पारेर अधोगतिसम्पन्न “ओली अस्त्र” निर्माण गरिदिनु भएछ अनी महाकालीको पानीले निस्केको बिजुली इन्टरनेटबाट बेचेर ७ खर्व ४ अर्ब (अङ्क चाहीँ निश्चित भएन है) मा काम्रेडहरूले किन नबेचुन । अहिलेका हाम्रा मन्त्री काम्रेड महेश गाँजा भाङ धतुरा महात्मनहरूका पनि माहत्मन गुण्डा काम्रेड नै पर्नु भो । अब कलिमा महादेवलाई नै खड्गाधिश्वरबाट कृष्णावतार मुखारिकृत भएपछि नहुने कुरै भएन । गोपिनी चाहिने नव कृष्णलाई नै हो क्यारे । चरीले त बचरी जम्मा गरेर चुम्मा गर्न पाएथे भने यिनलाई के खाँचो पर्ला । हजार जिब्रा युक्त नेता गणका चम्चागण वाइस्याल, युथ फोर्स, तरुण दललाई सुन्दरी गोपिनीहरूको यो कलियुगमा खाँचो हुने छैन । चिन्ता नगर्नुस् त्सतैमा गोपिनीहरू ओइरो लाग्नेछन् । प्रचण्ड ज्युमा कौरब खोजेर पाइन्न प्रभु भस्माशूरमा खोज्नु पर्छ । झल्लु काम्रेड त झल्लु नै भैगए । झुसिलबालाई कसरी दुई श्रीमतीवाला पाण्डु भन्नु जसको एक पनि छैनन् अझ पाण्डु कसरी हुुनु !

    Reply
  16. Kishore says:
    October 10, 2014 at 12:12 pm

    तपाइहरुले सबै कुरा नपढी कमेन्ट त गर्नु भा हैन नि?

    के पी ओली ले मुर्मुरिएका कार्यकर्तालाई थुम्थुम्याउन राधा कृष्णको उदाहरण दिएका मात्र हुन्| अब महेश ब्रो कृष्ण भयो भन्दैमा ए मा ले क सबै कार्यकर्ता राधा भएत?
    फेरी अरु कुरा पनि हेर्नुस – उनले मन्त्रि संग जागिर माग्न नजानु, उनलाई अरु काम गर्ने समय दिनु, बरु युवा हरु ले स्वरोजगारी का कार्यक्रम मा लाग्नु भन्नु पनि नराम्रो कुरा हो?

    जे कुरा मा पनि नकारात्मक सोच को बिकास नगरम साथी हो, उनले महेश बस्नेत कृष्ण भगवान हुन् उनको पूजा गरम भनेका छैनन् hai….

    ( म ए मा ले कार्यकर्ता चाहिं हैन नि फेरी – कट्टर कांग्रेसी हु |)

    Reply
  17. Shankar says:
    October 10, 2014 at 10:23 am

    जिन्दगि भरि काजु ले मार्क्स र लेनिन को किताब पढ्यो , बुढेस काल मा बल्ल पुराण पढ़ेछ
    त्यो पनि पनि गलत बुझेछ |
    महेश बस्नेत कृष्ण हुने , झल् नाथ अर्जुन , बाबुराम येक्लाब्य अनि सुसिल चै के ब्रह्मा ?

    Reply
  18. कमल नेपाल says:
    October 10, 2014 at 9:58 am

    हुन त धेरै रोगले थलिएपछि मान्छेको सोच्न सक्ने क्षमता र बोल्ने सुद्धी पनि हराउछ भन्थे बुढापाका….तेस्तै भएछ ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme