सोमबार जुम्ला उडेको नेपाल वायुसेवा निगमको ३० वर्ष पुरानो चिलगाडी दुर्घटनाबाट जोगियो। तर त्यही दिन डोटीबाट अर्को दुर्घटनाको खबर आयो। छतिवन गाउँ विकास समिति–५,कट्कटेमा एउटा बस सडकबाट करिब ३ सय मिटर तल खस्यो। कति भयानक थियो दुर्घटना भनेर त माथि वरुण पनेरुको फोटोमा क्षतविक्षत भएको बस देखेरै अनुमान गर्न सकिन्छ। मंगलबार उपचार गराइरहेका थप दुई जनाको मृत्यु भएपछि मर्नेको संख्या ३१ पुगिसकेको छ। ३१ भनेको ३ र १ को संख्या मात्र हैन, हरेकको परिवारमा पीडा जोडिएको छ। एउटै गाउँका १९ जना परेका छन्। त्यो गाउँका सबैजसो पुरुष मृत्यु वा घाइते भएका रहेछन्। दुर्घटनामा बाबुआमा मरिसके तर अस्पतालको बेडमा रहेका घाइते बालबालिकाहरु आमा आउनु हुन्छ भनेर पर्खिबसेको ह्रदयविदारक खबर आइरहेका छन्। किन भयो त यस्तो भयावह दुर्घटना ?
कारण थाहा नभएको होइन। प्रधानमन्त्री सुशील कोइरालाले जारी गरेको समवेदना सन्देशमा कारण बुझिने गरी लेखिएको छ-
‘नेपालमा सडक दुर्घटना ठूलो समस्याको रुपमा रही आएको छ। साँघुरा कच्ची सडक, सवारी साधनमा भारवहन क्षमताभन्दा बढी यात्रुको चाप, सवारी साधनको मर्मत संभारमा हेलचक्र्याई ,चालकहरुको असावधानीका साथै सीट नभएपनि जबरजस्ती कोचिएर यात्रा गर्ने यात्रुहरुको प्रबृत्तिले यस्ता दुःखद दुर्घटनामा कमी आउन सकेको छैन। यस दुःखद घडीमा आगामी दिनमा यस्ता कमजोरी हटाउदै सड्क यातायात दुर्घटनाबाट भैरहेको मानवीय क्षति रोक्न संस्थागत प्रयासको थालनी गरिने बचनबद्धता व्यक्त गर्दछु।
स्थानीय जनताकाको माग र आवश्यकता अनुसार निर्माण गरिएका सडकहरुलाई बैज्ञानिक तवरको बनाउदै स्तरोन्नति गर्ने, सवारी साधनको अवस्थामा नियमित निगरानी राख्ने, सवारी साधनको भारवहन क्षमता र यात्रु तथा सामानको भारको नियमित जाँचमा पनि संबन्धित निकायहरुलाई परिचालित गरी सडक दुर्घटनालाई न्यून गर्नेतर्फ सरकारले आवश्यक कदम चाल्ने आश्वासन दिन चाहन्छु।’
भनेपछि जसले प्रधानमन्त्रीको यो वक्तव्य ड्राफ्ट गर्यो, उसलाई अनि उसले थाहा पाएपछि देशका टाउकेहरु सबलाई थाहा छ किन यस्ता दुर्घटना हन्छन् भनी। अनुगमन र निगरानी गर्न नसक्ने प्रशासनको घैँटोमा अब प्रधानमन्त्रीले वचन दिएपछि घाम लाग्ला त?
उता दुर्घटनाको दोष कसको टाउकोमा थोपर्ने भन्ने विषयमा प्रतिस्पर्धा भइरहेको जस्तो देखिएको छ।
सिट क्षमताभन्दा दोब्बरभन्दा बढी करिब ९० जना चढेको यो बस पहिलोपटक दशैँमा गुडाइएको रहेछ। डोजरले समेत नकाटेको जिपमात्रै चल्ने बाटोमा बस गुडाइएको रहेछ। त्यही पनि कोचाकोच भरेर। अझ गाडीको पट्टा बीच बाटैमा भाँचेको पो रे। अप्ठेरो घुम्तीमा पहिरो गएको ठाउँमा मोड्न खोज्दा बस तल खसेको रहेछ।
सुदूर पश्चिम यातायात व्यवसायी संघले इजाजत नभएको र बाटो पनि राम्रोसँग नबनेको ठाउँमा गाडी चलाएकोले दुर्घटना भएको भन्दै दोष जति अर्काको टाउकोमा थोपर्न खोजेको छ। तर समितिले इजाजत नदिएको भने पनि गाडीको चलानी भने सोही यातायातले दिएको छ। भनेपछि समितिको पनि लापरवाही त हो नि।
विमान दुर्घटना हुँदा मात्र छानबिन समिति बनाउने गाडी दुर्घटना हुँदा नहुने भनेर आलोचना भइरहेको बेला भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय छानबिन समिति पनि गठन गरिसकेको छ। मन्त्रालयका सहससचिव रविन्द्रनाथ श्रेष्ठको संयोजकत्वमा सडक विभाग, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी र यातायात व्यवसायी महासङ्घको प्रतिनिधि रहने समिति गठन गरिएको हो। गठित समितिलाई दुर्घटनाको कारण दोषीको पहिचान गरी १५ दिनभित्र आफ्नो प्रतिवेदन मन्त्रालय समक्ष पेस गर्न निर्देशन दिइएको छ।
गालि त् फेरी यिनै भात मारा नेपालि नेताहरुलाई नै दिन मन लाग्छ | तर जति गालि गर्यो , सैतान उत्ति बलियो हुन्छन भन्छ र पो |
यता यात मन्त्रि भन्छ , के के जाति मन्त्रि भान्छा खालि देश लुट्न र पकेट भर्न मात्र ध्याउन्न हुन्छ यिनको |
It shows how cheap is our life. 31 at a go. Yet like every time few fb posts, few condolences, few promises and we are ready for yet another bumpy ride.
Its a gross negligence in the part of traffic police and result of transport mafia there. For just few thousands they took life of dozens of innocents. Don’t you think such culprits should be punished with death.
Don’t feel lucky that you were not in that fateful bus. Next its you or me or any loved one
ओभर लोड गाडी को लागि जरिवाना थोरै लगाउछ सरकार अनि कहाँ हुन्छ
म चितवन बाट काठमान्डू आउछु सधै अगाडी सिट मा २ जनाको ठाउमा ३ जना यात्रु राक्छ चेक हुने ठाउँ भन्दा केहि अगाडी त्यो यात्रुलाई ओरालेर पछाडी ल्याउछ १६ जनाको सिट मा २० जना बोकेर हिड्छ त्यो सानो माइक्रो भाडा ४०० को डर ले १६०० बढी उठाउछ
एदी ट्राफिक ले भेटमा जरिवाना लगाउछ जम्मा १५० देखि २००
जरिवाना तिरे पनि गाडी वाला लाइ फाइदा नै हुन्छ
तेसैले म के भन्छु भने त्यो जरिवाना जति जना मान्छे हालेको छ त्यो भन्दा ५ गुना बादी जरिवाना लिने हो भने बल्ल कम होला तेस्तो बढी मान्छे बोकेर हिड्ने प्रबित्ति
More people have died in Nepal due to road accidents than a decade long Maoist conflict. On average, over 900 people must have met road accident in Nepal per year. This is substantially a big figure like ours where compared to population, the number of vehicles is still low. Blames may be put on mountain topography, the conditions of the road, the vehicle and the driver, including overcrowding passengers and, as commentators have pointed out – the syndicate system or the transport mafia.
देशका टाउकेहरु सबैलाई थाहाछ कि नेपालका यातायातका साधन चल्ने बाटोहरु तथा यातायातका साधनहरुको अबस्था/ तर के गर्ने, धन आर्जन गर्ने दरिध्राताका कारण
कसैलाई पनि धन आर्जन गर्ने काम भन्दा पर सोच्ने फुर्सद काह छ र/ साथीहरु म त यति मात्र भन्न चाहन्छु कि “यी बाटाहरुमा तिम्रै छोरा/छोरीहरु, आम/बुबाहरु, दाजुभाईहरु र कहिले तिमीहरु आफै पनि यात्रा गर्नु पर्छ होला” सोच, त्यो समयमा तिमीहरुको रक्छ्या कसले गर्छ/ धन साधन मात्र हो साध्य होयिन/ याद गर यक दिन यस्तो पनि आउने छ कि, तिमि संग अकुत सम्पति हुदाहुदै पनि तिम्रो आफ्नै कर्तुतका कारण तिम्रो सबभन्दा प्यारो बस्तुलाई बचाउन सक्ने छैनौ/
पूर्वाञ्चलको तुलनामा बुटवलबाट पश्चिमका यात्रा कठिनपूर्ण हुन्छन् । चर्को सिण्डिकेटको मारकाकारण यहाँका रुटहरूमा यात्री कोचाकोच हुन्छ । नयाँ गाडी थप्न ब्यापारीको मिलेमतोले दिदैनन् भने यात्रु सङ्ख्याको तुलनामा गाडी अत्यन्त न्युन छन् । रुटका गाडी समेत नियमति चल्दैनन् । कतैको जात्रा पर्दा रुटका गाडी हटाएर लैजाने चलन ब्याप्त छ । हवाईजहाजका यात्रा भन्दा महङ्गा छन् कति पय सुदूर पश्चिमका यात्रा । आन्तरिक हवाईजहाजमा समेत १५-२५ किलो भार बोक्न शुल्क लाग्दैन भने यस क्षेत्रका बसले सानो झोलाको समेत भाडा असुल्छन् । छोटो र लामो दुरी समेत हचुवामा निर्धारण गर्छन् र अन्तिम गन्तव्य भन्दा केही अघि ओर्लिनु पर्ने यात्रुलाई सिट दिदैँनन् वा पूरा भाडा असुल्छन् । दुरी अनुरुपको भाडा पनि निर्धारण गरिएको हुँदैन । छतमा चढेर यात्रा गर्नु कुनै अनौठो नै हुँदैन । केही युवा यात्रु चाहीँ सिट भए पनि छतमा चढेर हिड्न हौसिने बाहेक सिट पाइने सम्भावाना नै न्युन हुन्छ । कहिले कही गाडीको प्यासेजमा ३ तह चामलका बोरा राखेर चलमल गर्न नमिल्ने गरि बोरा माथी यात्रु खाँदिन्छन् । छतमा पनि २-३ तह चामल वा अन्य सामानका बोरा राखेर त्यसमाथी यात्रु बसाइन्छ । विजुलीका तारमा ठोक्किदै २ तह मुलाको वीऊका बोरा माथी बसेरर २ पटक सल्लीबजार-कोहलपुर मैले पनि यात्रा गरेको छु । बाटामा पर्ने राजमार्गका प्रहरी चौकी नियमितताका लागि नभै अनियमिततामा असुलउपर गरी खल्ति भर्नलाई हुन भन्ने लाग्छ । आफ्नो सिट अर्कोलाई बेचिदिएका बखत चौकीमा उजुर गर्न समेतको अर्थ रहदैन उल्टो मिलेर जानुस् न वा जाउ न भन्छन् । यो अवस्थामा यात्रुलाई कालसँगै गाडीको यात्रा गर्ने बाहेक बिकल्प भनेकै हिड्नु बन्न जान्छ । सामान्यतया यात्रुलाई मध्य तथा सुदूर पश्चिमका यात्रामा दोष दिने ठाउँ देखिन्न । चाडवाडका बेला देश भरि नै यस्तो अवस्था रहन्छ । सहज यात्रा गर्नै भए आफ्नै गाडीमा हिड्न सुझाउँछन् गाडी मालिक र कर्मचारीहरू भने रुट पर्मिट लिएर रिजर्भ गरेका गाडी लैजाँदा ठाउँठाउँमा बखेडा र अवरोध सहनु पर्छ र दुहुना गाइ सरह असुलिनु पर्छ । अधिकाँश गाडीमालिक राजनीतिक गर्ने वा पहुँचमा रहेकैहरू छन् । सूत्र सबैलाई थाहा छ । सिण्डिकेट लाद्ने पनि राजनीतिक पहुँचधारी नै बढी छन् । राष्ट्रिय लगानीमा निर्मित बाटाहरूलाई गाडीमालिकहरूले राजनीतिक र प्रसासनिक पहुँचका भरमा अघोषित नीजिकरण गरिदिँदा बढेका खतराका सङ्केतहरू हुन् यी हालका दुर्घटनाहरू ।
यस्तो दुखद घटना लाई मध्हय नजर गरी सरकार तथा सरोकार बालाले आबश्यक क्षतिपुर्ती दिनु दिनुपर्यो
सरकारले किन क्षतिपुर्ती दिने? जे भए नि सरकारले नै ब्योहर्नु पर्ने? क्षतिपुर्ती त गाडी मालिकले पो दिनुपर्छ. उसको गाडी अनि उसैको गाडीचालकले गर्दा दुर्घटना परेर ३१ जनाले ज्यान गुमाउनु पर्यो. जबसम्म गाडीमालिक लाइ यस्तो दुर्घटनाको जिम्मेवार बनाईंदैना तबसम्म यस्तो दुर्घटनामा कमी आऊन्दैन|
केहि हद सम्म निवारणको उपाय यो हुन सक्छ!
प्रत्यक सवारी साधनलाई सडकको स्तर् र गुणस्तर अनि सवारी साधनको स्तर्, क्षमता सवारी साधनको निर्माण र प्रयोगको अबधि हेरि अधिकतम भार बहन प्रयोजन निर्धारन गरिदिने! तेसलाई कडाइका साथ् लागू गर्ने र यसको जिम्मेवारी ड्राइभर र सवारी धनीलाई दिने, सवारी साधन र यात्रुको अनि साधनको अनिबार्य बिमा गर्नुपर्ने बिमाकम्पनी ले कम्पेन्सेट नगरेमा साहु तथा ड्राइभरको श्री सम्पत्ति बाट भर्पाइ गर्ने र तिनिहरूलाई अधिक जेल सजाय दिने अनि पर्यन्त तिनिहरू यो ब्यवसाय र पेसाको लागि आजिवन अयोग्य बनाउने! यसलाई कागजी नियाम मात्र होईन कडाइका साथ् लागू गर्न सबै संचालक लाई नियमान गर्ने!
दुर्घटनामा परि मृत्यु वरण गर्ने हरुको आत्माले शान्ति पाओस!
परिवार तथा सम्बन्धितलाई धर्य धारण गर्ने शक्ति मिलोस!
घाइतेहरुले शिघ्र स्वास्थालाभ गरोस!
आर्थिक मार र आहातामा परेकाले क्षतिपूर्ति वा राहत छिटै पाओस!
यस्तो दुर्भाग्य पुर्ण अबस्था कसैलाई नहोस!
भन्ने कामना तथा प्राथना गर्दछु!