Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

राष्ट्रिय झन्डा कुल्चेर अपमान !

Posted on October 6, 2014October 6, 2014 by शेखर ढुंगेल

flag1
संसारको कुनै पनि देशमा झन्डालाई जमिनमा छुवाउनु अपमान मानिन्छ। बेल्जियमको सोफोन्टेनमा विश्वयुद्धका क्रममा मारिएका नेपालीहरुको सम्झनामा आयोजित कार्यक्रममा त झन्डालाई भूइँमा ओछ्याएर खुट्टाले समेत कुल्चेको देखिएको छ। रास्ट्रिय झन्डाविरुद्धको यो अपराधमामा संलग्न नेपालीहरु प्रति क्षोभ प्रकट गर्न चाहन्छु। राजदूत जस्तो व्यक्तित्वलाई आफ्नो देशको झन्डा बिदेशमा कहाँ कसरी प्रयोग गर्नु हुन्छ/हुन्न भन्ने सामान्य ज्ञान समेत नहुनु दुःखलाग्दो र लज्जास्पद विषय हो।
jhanda

सरकारले जारी गरेको ‘राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोग सम्बन्धी कार्यविधि, २०६९’ मा राष्ट्रिय झण्डा भूँइमा नलत्रने किसिमले राष्ट्रिय झण्डाको उचित सम्मान प्रकट हुने गरी ठड्याएर राख्नुपर्ने, फहराउने प्रकृतिको कार्यमा बाहेक अन्यत्र राष्ट्रिय झण्डाको प्रयोग निषेध गरिएको छ।

अमेरिकाको फ्ल्याग कोडमा राष्ट्रिय झण्डा भूँइमा छुवाउन नहुने उल्लेख छ। त्यसैगरी अन्य विभिन्न देशमा पनि झन्डा जमिनमा छुवाउन नहुने नियम बारे यहाँ उल्लेख छ।

हेर्नुस् नेपालको झन्डाबारे कार्यविधिमा के छ ?

jhanda1

jhanda2

jhanda3

jhanda4

jhanda5

jhanda6

jhanda7

jhanda8

16 thoughts on “राष्ट्रिय झन्डा कुल्चेर अपमान !”

  1. kisan says:
    October 7, 2014 at 4:41 pm

    खै के खै के भन्ने —– न त जङलबाट आएको पार्टिले आफ्नो कोटाको राज्दूतको नियुक्ती नै राम्रो पठाएको छ यस बेल्जियममा न त अहिलेको यन आर यन को निर्बचित अद्यछ्य लाई नै संघ-सङ्था को ज्ञान छ | उछित्टियर् र् भोट्मा धादली गरी जितेको अहम्ले यो सबै हामी भोगिरहेका छौ | जसले गर्दा हामी बेल्जियम बासी नेपालको मात्रा हिजो अपमान र बेइजत थियो, ४ अक्टोबर २०१४ देखी सारा नेपालीहरुको पनि हाम्रो बेल्जियम बासी नेपालीको जस्तै हालत पारीदियो | प्रधानमन्त्रीलाई करेसा बारीको मेचमाथि राखेर राज्दूतले अौकात् प्रस्तुत गर्ने त यन आर यन ले बिगत ५ सालसम्म नेपाल मेला भव्य-सभ्य थियो, यो २ साल त कहिले आसेन्ता सँग पुछर जोड्ने कहिले npl bel frnd org सँग गर्दै तहस नहस नै पर्‍यो |

    Reply
  2. Shankar says:
    October 6, 2014 at 11:04 pm

    देश ले रगत मागे , मलाइ बलि चढाउ |
    रुदिनन मेरी आमा उ नेपाल कि छोरी |

    झण्डा को घोर अपमान | देश ले रगतै मागेको हो त् ?

    Reply
  3. hari har sharma says:
    October 6, 2014 at 3:26 pm

    त्यो कुनै पार्टीको कात्रो (लास माथि ऒधाएकै हो) थियन / त्यो देशको राष्ट्रिय झन्डा हो /
    ति मुर्दाहरुलाई त पाता कस्ने पर्छ /

    Reply
  4. Dhan says:
    October 6, 2014 at 2:32 pm

    हाम्रो नया नेपाल का नेपाली दाजुभाई को गतिबिधि देखेर पनि रुन मन लागेर आउछ . सबै जना सबैथोक जान्ने तर ढंग नपुराउने ….. गर्न खोजेको त राम्रै होला तर के गर्ने कसो गर्ने भन्ने कुरा को हेक्का नभए पछि को नतिजा हो यो …..

    Reply
  5. Hom Gurung,Belgium says:
    October 6, 2014 at 1:19 pm

    कार्यक्रमको प्रत्यक्षदर्शी स्वयम् म आफै पनि थिए । राष्ट्रिय झण्डा सिडीमा राखियको चाही मलाइ पनि अशोभनिया जस्तो नै लागिरहेको थियो । त्यहा पुर्व गोर्खा सैनिकद्वारा समाधि स्थलमा श्रद्धान्जली दिने क्रममा सायद उनको खुट्टाले अन्जानमा छुन पुगेको जस्तो फोटो बाट मात्र थाहा हुन् आयो ।बास्तबमा माथि शिर्षकमा भने झैँ हाम्रो राष्ट्रिय कुल्चेर अपमान गरिएको भने होइन ।अन्जानमा भएको यस घटनालाई न उचाली दिदा नै हामी सबैको लागि उत्तम नै हुन्छ होला ।.

    Reply
    1. Hom Gurung,Belgium says:
      October 6, 2014 at 1:42 pm

      राष्ट्रिय झण्डा हुनु पर्ने मा अन्यथा हुन् गएकोमा क्षमा प्रार्थी I

      Reply
  6. शशङ् लामा says:
    October 6, 2014 at 9:46 am

    हाम्राहरु के बिधि राष्ट्रवादी हाव ! समाधिमा झण्डा ओढाउन्दा अनजानमा खुट्टाले किल्चियो होला ! त्यसमाथि त्यत्रो बडेमाको झण्डा किन पो लानु पर्थ्यो ? जाबो खुट्टाले यसो छुँदा यत्रो रडाको मच्चाउनु पर्छ र ? अम्रिकाको राष्ट्रिय झण्डाको हाफ्लुंग लगाएर ढुक्कै हिंडेको मैले देखेको छु | हाम्रो झण्डाको पनि हाफ्लुंग बनाउनु पर्छ भनेको होइन है ! फेरी त्यहि हाफ्लुंग मै खोंचे थापेर रडाको मच्चाउलान !!!

    Reply
    1. Ram Thapa says:
      October 6, 2014 at 1:31 pm

      शशाङ्कजी तपाइले सबैभन्दा पहिले एउटा कुरा बुझ्न जरुरी छ । यो समाधिस्थलमा कुनै नेपालीको नाम छैन, जहा नेपाली झण्डाले सम्मान गर्दै ओढाउन परोस् । अर्को कुरा यो नेपाल र बेल्जियमले मैत्रीपूर्ण ५० औ बर्षगांठ मनाउनको लागि आयोजना गरेको औपचारिक कार्यक्रम हो । त्यहा बेल्जियमको झन्डा आकाशमा फहराएको थियो र नेपाली झण्डा भुइको सिढिमा ओछ्याईएको थियो । झन्डाको सम्मान कसरि गर्नु पर्छ भन्ने कुरा राजदूत जस्ता व्यक्तिलाई थाहा नभई अन्य कसले सरोकार राखिदिन्छ सरोकार ?

      Reply
    2. पुष्करधन says:
      October 6, 2014 at 6:18 pm

      अम्रिकामा उधेरको झण्डा जे गरे नी हाम्लाई के खसखस हाव? तल लावोस कि माथि वा माझमा लाज छोप्न तुना हालेर सिउरियोस कि जेस्कै गरून| अम्रिकामा यसो यसो गर्छ भनेर राम्रो कुरा पो पहिलाउनु, के को हाफ्लुंग र साफ्लुंग? तात्तो न छारोको|
      यँहा कुरो छ नेपाल सरकारको खानकी पचाएर नियमको अवज्ञा गर्नेको| खुट्टाले नकिल्चने गरेर सानो झण्डा राख्या भए काम सक्ने थियो|
      त्यति भन्दा के को राष्ट्रवादी? राष्ट्रवादी त् मण्डलेले बद्नाम गरेको शब्द भैसक्यो| खाओवादी भैसके| बिन्सित्तिमा किन बहस?
      बहसै गर्ने हो भने छात्रवृत्तिमा अध्ययनमा विदेश जाने र बिदा बढाउदै बस्ने र भगौडाहरु अनि देशमा ज्यान जोगाउन गाह्रो भयो भन्दै राजनैतिक शरण बिदेशमा लिनेहरुलाई, देशको जनशक्तिमा थप पुर्याउन सरकारी जागिर बात विदेश जाने र उतै बस्ने हरुलाई एन आर एन भएर बिशेष नागरिकता दिन हुँदैन भन्ने तिर बहस गरौ न हाव!

      Reply
  7. Krishna Chapagain says:
    October 6, 2014 at 8:41 am

    All involved must be terminated from their posts, if possible, should be prosecuted where if law grants. Nationalism is our identity.

    Reply
  8. Roshan Tyagi says:
    October 6, 2014 at 7:49 am

    झन्डा कुल्चिनेलाई डन्डा लगाऊ, बिर नेपालीहरुको ईज्यत बचाऊ!

    Reply
  9. gokul sharma says:
    October 6, 2014 at 7:05 am

    साथी, नचाहिने कुरोमा धेरै लफडा नगरौ हो। मुख्यकुरा प्रसंग नबुझी आलोचना गर्नु हुँदैन। त्यहा राष्ट्रिय झन्डा अपमान हुने किसिम ले कसैले राखेको थिएन होला। अरु देशका झन्डा पनि त्यसरी नै राखिन्थ्यो कि। त्यो कार्यक्रम नेपाल को अपमान गर्ने किसिम ले आयोजना पनि गरिएको थिएन होला जस्तो देखिन्छ। प्रसंग बिनाका कुरा निकालेर के के न राष्ट्रप्रेमी भएँ भनेर सोच्ने हाम्रो बानी ले हामीलाई कुन दिन डुबाउँछ। टोले दादाहरुले ‘आँखा तरेर हेर्छस? कसलाई हेरेको?’ भनेर बिना कारण र विना प्रसंग धम्काए जस्तो सानो सानो कुरामा खोचे थापेर लड्न खोज्ने नेपाली टोले दादाहरुको बुद्धी देखियो यहाँँ।

    Reply
  10. sam sundar says:
    October 6, 2014 at 6:58 am

    झन्डा त केवल प्रतिक हो , बिम्ब हो , एसको प्रयोग कहाँ र किन गरियो त्यो धेरै महत्वो पूर्ण हुन्छ जस्तो लाग्छ मलाई – यहाँ प्रयोग को उद्देश्य किमार्थ देश को महत्ता लै आंच आउने किसिम को थिएन – हो एस्लाई भुइमा नालात्रएको भए राम्रो हुनेथियो त्यसमा दुइ मत छैन |
    अमेरिका र ब्रिटिश को झन्डा को भित्रि बस्त्र बनाएर मल हरुमा बेचेको , लाएको प्रसस्तै देखिएको छ र हालै मेक्सिको को झण्डा लै माइली ले जसरि प्रयोग गरिन त्यो चै आपत्तिजनक थिओ | तर एस सानो घटना लै अतिरन्जित गरि आर्टिकल निकालेर बहस गर्नु पर्ने आवस्यकता भने म देख्दिन |

    Reply
  11. madan bajracharya says:
    October 6, 2014 at 5:12 am

    सायद यो रास्ट्रपति नेपालको रास्ट्रिय झण्डा फेर्नु पर्छ भन्ने जमातको कोटा बात राजदुत बनेको हुनु पर्छ/ ढुंगामा हामि कुल्चंछौँ/ तर हामीले कुल्चने ढुंगामा इस्वरको मुर्ति कुंडिय पछि त्यो ढुंगा तेही कुल्चिने ढुंगा हुँदैन शिर निहुरायर धोगीने हुन्छ भने रास्ट्रिय झण्डालाइ ढोका बाहिर फोहर कुल्चियको खुट्टा र जुटा पुच्छ्ने डोर म्याट जस्तै ब्यबहार गर्ने गराउनेलाई कुन सब्द प्रयोग गरेर गालि गर्ने?

    रास्ट्र रास्त्रियताको प्रतिक बनेको कुनै पनि कुरा नागरिकको निमित अत्यन्त महत्वोको कुरो हुन्छ र यसको सम्मानमा आंच पुर्याउन नदिन नागरिकहरुले आफ्नो ज्यान समेत दिन्छ/ तर अहिलेका ई पार्टीको निमित रास्ट्रको रुप आकार समेत बदल्न खोज्ने दलका नेताहरु; तिनका चाटुकार कार्यकर्ता र कर्मचारीको निमित रास्ट्र र रास्त्रियताकोकुनै महत्व रहेको समेत देखिंदैन/ तर तितो कुरा यो पनि हो कि देस टुक्राउन खोज्ने लाइ पनि कानुन लगाउनु हुँदैन भन्नेहरु र तिनका आसेपासेहरु बात यस्तो कुकार्य हुनुमा हामि जस्ता तेस्तैलाइ सदन पुर्याउने पनि दोसी छौं/

    Reply
  12. raj says:
    October 6, 2014 at 4:29 am

    पैसा को बलमा , मान्छे को बलमा, चाकडी को बलमा , भागबंदा को भरमा र डोन को भरमा राजदुत हुन्छन ! यस्ता अनाडीहरु लाई झण्डा को समान गर्न कहा बाट आउनु , होईन र ?

    Reply
  13. कमल says:
    October 6, 2014 at 4:13 am

    प्रधान मन्त्रि कुर्सीमा टेकेर भाषण दिंदा उनी आफैले हो भनेर राजदुत पन्छिए| अब चाहि राजदुतले बच्ने उपाय छैन|
    कुनै तालिम छैन, आचार संहिता अनुशासन छैन, नियमावली फलो गरे पनि भो नगरे पनि भो राजदुतावासका पात्तिएका कर्मचारीलाई| गरिब देशका जनताका करले तलब भत्ता खाएको छु र किन बिदेशमा छु भन्ने हेक्का नभएको हो| झण्डा सम्बन्धी नियम पनि थाहा छैन| धेरै भएको छैन डेनमार्कमा नेपाली राजदुतले फाटेको र रंग उडेको झण्डा फरफराएको| लज्जास्पद र अपमान जनक हो|
    जब सम्म यस्ता नियम उल्लंघनमा राजदुत र कर्मचारी फिर्ता बोलाइदैन तब सम्म कसैले टेर्ने छैनन्| कारण देखाउले पुग्दैन, तस्वीर आफै बोल्छ|

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme