अघिल्लो हप्ताको ब्लगमा अबको १ अरब बर्षभित्र प्राणी र बनस्पतीको अस्तित्व नै समाप्त हुनेगरी यो पृथ्वी तात्ने यथार्थ कुरा समेट्दा कतिपय पाठकज्यू निराश हुनु भएछ ! त्यस्तो हुन्छ | आफूले नभोगेको कुनै प्रलयकारी कुरा हुनेनै भएपछि सबैलाई त्यस्तो लाग्छ | तथापि तथ्य छोप्न तथा बंग्याउन मिल्दैन | तथ्यले निरासता र खुसियालीसंग सम्बन्ध राख्दैन | सूर्यको तापको कारणले नष्टहुने कुरा त अवश्यम्भावी भए पनि अहिलेकै पुस्ताले आजै अताल्लिनु पर्ने जरुरी कुराभित्र पर्दैन |
यो ब्रमाण्ड र यसको संयन्त्रमा यस्ता असंख्य अदभुत कुराहरु छन् जसले सिङ्गै पृथ्वीलाई एक निमेषमै सर्लक्कै निल्न तथा धुलोपिठो बनाउन सक्छन् | पृथ्वी नै नभएपछि प्राणीको कुरा के गरिराख्ने ! पहिलेका ९९.९% प्राणी नष्ट भएझैं फेरि पनि त्यस्तै प्रक्रियाहरु निश्चित दोहोरिने पृथ्वीका आफ्नै अवस्था अथवा चक्रहरु पनि छन, तर कहिले भन्ने ठ्याक्कै तिथिमिति कसैलाई पनि थाहा छैन |
ब्रह्माण्डमा हाम्रो आकाश गंगा (Milky Way Galaxy) जस्तै असंख्य Galaxy हरु छन् | आकास गंगाको नजिकमा एण्ड्रोमेडा (Andromeda Galaxy) सहितका केही अन्य ग्यालक्सीहरु छन् | March 24, 2014 सम्मको अवस्थामा Milky Way Galaxy र Andromeda Galaxy एकापसमा ठोकिनको लागी प्रतिघन्टा ४ लाख २ हजार किलोमिटरको बेगमा हुर्रीरहेका छन् | भविष्यमा यिनीहरुको बेगमा यदि कुनै चमत्कारी परिवर्तन भएन भने अबको करिब ४ अरब बर्षमा यिनीहरु अवश्य ठोकिने छन् | त्यसपछि अहिलेको सौर्यपरिवरमा रहेका पृथ्वीसहितका ग्रहहरु तथा अन्य आकाशीय पिण्डहरु कतिपय धुलोपिठो हुनेछन भने कतिपय सम्भबत ब्रह्माण्डमा कतै टाढा उछिटिने छन् | यी दुवै ग्यालेक्सी ठोकिने क्रममा अन्य केही ग्यालेक्सीहरु पनि मिसिने सम्भावना छ | यिनीहरु ठोकिएको अरबौं बर्षमा यी दुवै ग्यालेक्सी मिलेको एउटा बिशाल नयाँ ग्यालेक्सी बन्न पनि सक्नेछ |
यदि नियममै रहेर ठोकिए भने यो पनि अहिलेकै पुस्ताले हतोत्साही हुनुपर्ने कुराभित्र पर्दैन किनकी Milky Way र Andromeda Galaxy हरु करिब २५ लाख प्रकाश-बर्ष टाढा छन् | बिचमा अबरोध भएन भने प्रकाश एक-सेकेन्डमा २,९९,७९२ किलोमिटर यात्रा गर्दछ त्यसैले एक प्रकाश-बर्ष भनेको करिब-करिब ९,४६०,५२८,४००,००० किलोमिटर हुन आउँछ |
सूर्यबाट क्रमशः नजिकदेखि टाढाको हिसाबले भन्नु पर्दा बुध (Mercury), शुक्र (Venus), पृथ्वी (Earth), मंगल (Mars) बृहस्पति (Jupiter), शनि (Saturn), अरुण (Uranus), र बरुण (Neptune) र यम (Pluto) ग्रहहरु पर्दछन् |
मंगलग्रह (Mars) र बृहस्पतिग्रह (Jupiter) को कक्षको बिचमा पर्ने (Asteroid Belt) नामक क्षेत्रमा आधा करोड जतिकै संख्यामा बिभिन्न आकार (shape) र नाप (Size) का २-४ किलोका, केही मिटरदेखि लिएर अजंगका ९३३ किलोमिटरसम्मका ठोसरुपमा रहेका छुद्रग्रह (asteroid), पुच्छ्रे तारा (comet), तथा उल्का (meteor) नामक घुमिरहने बस्तुहरु छन् | मान्छेको नाङ्गो आँखाले पृथ्वीबाट त यिनीहरुलाई देख्न सकिन्न तर शक्तिशाली दुरबिन प्रयोग गर्यो भने कतिपयलाई पृथ्वीबाटै देख्न सकिन्छ | करिब १२ हजारजतिलाई बैज्ञानिकहरुले नाम नै दिइसकेका छन् भने झन्डै १ लाखजतिलाई नम्बर | यी धेरैजसो Nickel, Iron, Silica, Carbon मिसिएको कडा चट्टान आदिले बनेका छन् |
यिनीहरु धेरैजसो Asteroid Belt मै रहे पनि यस्ता हजारौं पिण्डहरु सूर्य, पृथ्वी, र यमग्रहको जनिक समेत आइरहन्छन् | कतिपय अवस्थामा यिनीहरु अचानक खस्न पनि सक्छन भने कतिपय अवस्थामा यस्ता पिण्ड घुमिरहँदा यिनीहरु र पृथ्वी एउटै समयमा कक्षको उही बिन्दुमा पुग्दा ठोकिन गई पृथ्वी नै टुक्रिने, असन्तुलित हुने अथवा अर्को कक्षसम्म हुत्तिने सम्भावना पनि उत्तिकै छ |
सन् १९८९ मा एउटा सानो Asteroid पृथ्वीको कक्षको कुनै एक बिन्दुमा पृथ्वी कटेको ठिक ६ घन्टामा त्यही ठाउँमा पुगेको थियो | यो एउटा सानो Asteroid थियो तथापि यदि यसले पृथ्वीलाई हिर्काएको भए त्यो शक्ति १ हजारवोटा आणविक बम एकैचोटी पड्काए बराबरको हुने थियो | यस्तै कुनै ठुलै Asteroid ले कुनै पनि बेला पृथ्वीलाई हिर्काउन सक्ने सम्भावना हरेक क्षण छ | २०१२ मा पनि DA14 नामक सानो Asteroid पृथ्वीको नजिक नजिक आइपुगेको थियो | अर्कोचाहिँ Antarctica महादेशतर्फ सोझिंदै २०२० मा आइपुग्दैछ | यो पृथ्वीमै खस्ने सम्भावना त कम छ, यदि खासिहाल्यो भने यसले संपूर्ण प्राणी नै नष्ट गर्ने त छैन, तर मानब इतिहासमा नभएको अकल्पनीय क्षति भने गर्ने छ | सन् १०१३ को फेब्रुअरी १५ मा रुसमा खसेको उल्का (meteor) पनि त्यस्तै कारक हो |
हाम्रो Milky way Galaxy मा एउटा एकदमै ठुलो सूर्यको भन्दा अरबौं बढी मास भएको डरलाग्दो Black Hole बैज्ञानिकहरुले पहिले सोंचेभन्दा द्रुतगतिले बृधिभैरहेको छ | यस्ता Black Hole हरु यति शक्तिशाली हुन्छन कि यिनीहरुबाट प्रकाश पनि अछुतो रहन सक्दैन | आगामी ९ बर्षभित्रैमा यसले हाम्रो पृथ्वीको भन्दा १५ गुणा बढी Milky way Galaxy को मास निलिसक्ने छ | यदि यसको घुम्ने गति अकल्पनीय रुपले बढ्दैगयो भने पृथ्वीलगायतका सौर्यपरिवारका सबै सदस्यहरुलाई यसले छिटै नै निल्ने छ |
पृथ्वी आफैमा रहेको संयन्त्र पनि सदैब परिवर्तनशील छ | अहिले हामीले देख्दै र भोग्दै आएको पृथ्वी पहिले यस्तो थिएन | समुद्र, महादेश, पर्बत, सदैब हिंउ जमिरहेका ठाउँ, मरुभूमी न त सदैब यस्ता थिए न त यस्तै रहिरहेने छन् | पृथ्वीको सतहको स्वरूप इतिहासको कालखण्डमा धेरै पटक परिवर्तन भएको छ | फेरि पनि कुनै बेला परिवर्तन हुनसक्छ |
बास्तबमा पृथ्वीको केन्द्र भन्दा बाहिरको सतह भनेको Plate Tectonics भनिने टुक्राटुक्रा परेको मासको थुप्रो हो | पृथ्वीको भित्री सतहमा रहेको म्यानटल माथि रहेका टेक्टोनिक प्लेटहरु त्यही भित्री सतहको तापको शक्तिको कारणले सदैब चलिरहन्छ अथवा एक-आपसमा ठोकिने, छुटिने, घोटिने, भाषिने, माथि उठ्ने, अटस्मटस् गर्ने गरिरहन्छन् | यसरी नै हिमाल, पर्बत, समुद्र सबै बनेका हुन् |
समय आइपुग्नु भन्दा पहिले नै कुनै कारणले दुर्घटना भएर अचानक तुरुन्तै ठुलो प्रलय भएन भने अबको करिब २५ लाख बर्षभित्रमा हालको महादेशको स्वरूप एकदम बदलिने छ | २५ लाख बर्ष पहिले पनि पृथ्वीको मास् (Landmass) एकैठाउँमा जम्मा भएर पान्जिया (Pangea) नामक एउटै बिशाल महादेश भनेको थियो | त्यतिबेलाका ९०% जीवहरु यो महादेशको बातावरण अनुकुल नभएर उन्मुलन भएका थिए |
अफ्रीका महादेश पहिले जस्तै पुनः युरोपसँग ठोकिने छ | अहिलेको इटाली, ग्रिस लगायतको मेडीटरीयन क्षेत्र अफ्रिका महादेशकै भागहरु हुन | अस्ट्रेलिया पनि युरेशियन महादेशमा गाभिने छ | अहिले आन्द्र महासागरको पिँध उत्तर-दक्षिण गरी दुई भागमा फाटेको छ, जुन पानीभित्र रहेका पहाडी सतहहरु भत्किदै खस्दै गर्दा भरिँदो छ | यही कारणले यसका दुई भागहरु बिस्तारै एक-आपसबाट टाढा हुँदैछन् | यी भागहरु टाढा-टाढा हुँदैगर्दा आन्द्र महासागर पनि फैलिँदो छ, जसको कारण अमेरिकी महादेश पनि युरोप र अफ्रिकादेखि टाढा पुग्ने छ |
यदि आन्द्र महासागरको पश्चिमपट्टिबाट Subduction Zone सुरुभयो भने त्यसको कारणले गर्दा आन्द्र महासागरको पिँध पृथ्वीको केन्द्र-भाग मेन्टलतर्फ तानिन थाल्नेछ, अनि महासागर पुनः सांगुरिन थाल्नेछ | त्यसो हुने प्रक्रियामा अमेरिकी महादेश पुनः युरो-अफ्रिकन महादेशमा ठोकिने छ, र त्यो ठोकिने ठाउँमा हिमालयजास्ता बिशाल पर्बत शृंखला बन्न पुग्नेछन | यसो हुँदा पृथ्वीको प्राय Landmass एकै ठाउँमा जम्मा हुनगै बिशाल “Pangea Ultima” बन्ने छ | त्यसो हुनगयो भने अहिलेको पृथ्वीमा हुने धेरै जसो प्राणीको अस्तित्व समाप्त हुनेछ | कालान्तरमा अर्कै प्रकारका प्राणी, बनस्पति तथा अर्कैखाले मानब वा मानब जस्तै प्राणी बन्न पनि सक्नेछन |
पृथ्वीमा यसको आफ्नै बनोट र आफैभित्रको संयन्त्रको कारणले पनि, अनि अन्य आकाशीय पिण्डहरुको गतिबिधिहरुको कारणले असंख्य साधारण प्रकारका तथा बेलाबखतमा थुप्रै प्रलयकारी उथलपुथलहरु आइरहन्छन, भइरहन्छन | संसारको धेरै भागमा असंख्य संख्यामा रहेका डाइनोसोरहरु लगायतका अन्य प्राणी र बनस्पति लोप हुनुका सिधान्तहरु मध्ये कुनै Asteroid ले पृथ्वीलाई हिर्काउंदा निस्केको Shock Wave को कारणले पृथ्वीको थुप्रै भागमा बिशाल ठूला ज्वालामुखीहरु बिष्फोटन हुन गई निस्केको लाभा, म्याग्मा र खरानीले कैयौं बर्षौंसम्म पृथ्वीलाई ढाक्दा त्यतिबेलाका धेरैजसो प्राणी र बनास्पतिहरु उन्मुलन भएको हुन सक्ने, अथवा उक्त Asteroid ठोकिंदा त्यसको असरको कारणले बायुमंडलनै बर्षौंसम्म बाक्लो धुलो र धुँवाले भरिएर सूर्यको प्रकाश नै पृथ्वीसम्म आउन नपाई बनस्पति र तिनीहरुमा आश्रित प्राणीहरु नै लोप भएको भनिन्छ |
यो हामी जेईरहेको समय चै २१औ सताब्दी बिज्ञान र Prabidhi को समय हो , बैगानिक हरु ले जे जे जति भनेका छन् सबै खोज तलास गरेर मात्र भनेको हुन्छ , साची आचाम्मा लागको कुरा चै बिबल मा पनि आज भन्दा ३५०० सय वर्ष नै , हामी raherako यो प्रेथिवी एकै क्षीणमा आगो बाट नस्ट हुन्छ भनेर आगम्बानी गरियको छ .
Science ले पनि आचानक कैले हुन्छ thaha छैन भनेको आनी बाइबल मा पनि आआचनक आगो बाट यो हामी रहेको अर्थ नस्ट हुन्छ भनी कुरा चै एकदम सहि हो . एस्त समाचार हरु चै हाम्रो निम्ति चेतावनी पनि हुन सक्छ तेसैले प्रीय दाजु भाई दीदी बहिनि हामी सचीत हुनु जरुरि छ . यो त येस्तै त हो नि पहिला पनि भनेको ठेयो आइले पनि यहि छ भनेर बस्नु भन्दा साची वास्तविक के हो तह हुनु जरुजु छ…. धन्येबाद .
यस स्तम्भमा वयान गरिएका विषय निकै रोचक छ । वैज्ञानिक विश्लेषणमा आधारित एवम् ज्ञान वर्धक ठान्द छु । निम्न गीताका केही पंतिहरु वारे चर्चा गर्न अनुमति लिन्छु ।
जे भयो त्यो राम्रो भयो ।
जे हुद्दै छ त्यो राम्रो हुदै छ ।
जो हुनेछ त्यो पनि राम्रो हुने छ ।
तिम्रो के गयो अनि किन रुन्छौ ?
तिमीले के ल्याएको थियौ जुन हरयो ?
तिमीले के अत्पादन गरेका थियौ ?
जो नष्ट भयो ?
तिमीले जे लियौ यहीबाट लियौ
जे दियौ यही दियौ ।
जे आज तिम्रो छ हिजो कसै अरुको थियो र भोलि कसै अरुको हुने छ ।
हे मानव तिमी कर्मशील बन
परमात्मा सृष्टिको कण कणमा बिराजमान छ ।
यी गीतासारका उपरोक्त पंतिहरु मलाई सार्है घत् लाग्द छ । किन भने मेरो विचारमा यी भनाई
सर्व-शक्तिमान परमेश्वर तिर ईन्गित गर्द छ ।
मेरो विचारमा “प्रकृति समयको निरन्तरता साथ परिवर्तन” हुनेनै परमेश्वर हो ।
यस लेखमा प्रस्तुत विषयले “अदभुत प्रकृतिक शक्ति” (Super Natural Power) अर्थात “परमेश्वर” को बयान गरेको मेरो ठहर छ ।
मानव सभ्यता लगभग दस-पन्द्रह हज़ार वर्षको हारा हारीमा छ भन्ने विश्लेषण गरिन्छ । जबकि पृथिवीको उमेर करोड़ों हैन केही अरब बर्ष भनि वैज्ञानिकहरुको भनाई छ ।
पछिल्लो लेख अनुसार यदि मानिसको आयु १०० वर्ष भए पनि लाखों हैन करोड़ पुस्ताको हुने छ ।
हाल सम्म उल्का पृथ्वीमा खसेर र ठोकिएर कुनै अकल्पनीय परिवर्तन भएको छैन । तसर्थ यस विषय बुद्दी मन्थनकालागी निकै उपयोगी देखिन्छ ।
रोचक विषय पेस गरेकोमा आभारी छु ।
डा. सुरज मास्के
लोभ माया मोह सबै आफु बाचुन्जेल को रमझम त रहेछ नि . मरे पछी डुमै राजा …
लेखमा सुर्यबाट आउनसक्ने चुम्बकीय शक्ति (solar flare) को बारेमा उल्लेख गरेको देखिन, त्यस्तो घटना भएमा बिध्युतिय उपकरणहरुमा निर्भर हुने बिकशित देशका सभ्यताहरु लाइ ठुलो असर पर्नेछ तर नेपालजस्ता अविकसित देशका गरिब किसानहरुलाई खासै असर गर्नेछैन / थप जानकारी यहाँ –
http://www.naturalnews.com/046211_NASA_warning_Coronal_Mass_Ejection_civilization_collapse.html
Gautam ji thank you for nice article. But, don’t make us too discourage.
हामीलाई हाम्रो सव्यता जोगाउने प्रसस्थ समय हुनेछ तेस्मा आत्तिनु पर्दैन , समय र प्रकिर्ती मात्र अभिनासी छन् यी दुइको नाश हुदैन कहिलै, तर मानिस बिना समय र प्रकिर्ती को महत्यो हुदैन , बैज्ञानिक हरुले अब को एक हजार वर्ष भित्रैमा पिर्थीबी जस्ता ग्रह पत्ता लगाएर
मानब बस्ति को सुरु भैसक्ने छ ,
प्रकिर्ती र समयेलेनै हामीलाई बचाऊ छ , किनकी हाम्रो जिबन मा नै उसको महत्यो छ
सलाम है futuristc fact true past life बारेमा…! भोलिका चिन्ताले मंगल पुगी सके, कोहि जंगल मै. जे होस् सबैको शुरु र अन्त्य छ, परिवर्तन प्रक्रिया वने चलि रहोस, (बरु थाहै नभए बेश)!
कुनै एउटा विन्दू त रहेछ नी विज्ञानको, राजनैतिक अाग्रहका अाधारमा विवाद नगरी चुप्पलागेर स्विकार गर्ने । यथार्थ वोधको यही बाटो हो समयले मागेको सभ्यता संग ।
नआतिहाल्नुस तेतिबेला सम्म मंगल ग्रह र अन्य ग्रहमा बसाइ सर्ने चाजो पाजो मिल्न सक्छ … समस्या आउछ सुल्झिदै जान्छ !
जे हुन्छ राम्रै हुन्छ | एकदिन सबै जना मर्ने पर्छ | यो सत्य हो या कथा पढेर रामायण महाभारत हेरेको जस्तो भयो | राक्षसले पृथ्वीलाई बोकेर समुद्रमा लुकाऊन लाग्दै थियो | भगवान आएर राक्षसलाई मारेर फेरि पृथ्वी समुद्र बाट बाहिर निकाले |