Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

घर जानु-आउनुको दुःख

Posted on October 5, 2014 by Salokya

Dashain_Aangad (6)
यो वर्ष चाडपर्वमा झण्डै २५ लाख मानिसले काठमाडौँ खाल्डो छाड्ने अनुमान ट्राफिक प्रहरीले गरेको छ। तर घर जान आउन गरिने यात्रा त्यति सजिलो भने हुँदैन। माथिको एउटा फोटो उदाहरण हो। ‘मान्छे मात्र हैन, कुकुरले पनि काठमाडौँ छाडेछ।’, ‘ए, कुकुर पनि लगेछ!’ भने जस्तो सजिलो भने छैन पक्कै। लौ भन्नुस्, कसैले काठमाडौँमा बस्ने घरमा कुकुर पालेको छ र दशैँमा सबै जन्मथलो जाँदैछन् भने कुकुर राख्ने कहाँ? सँगै लैजानै पर्‍यो। अब मान्छेलाई त टिकट नपाएको बेलामा कसरी कुकुर लैजानु फेरि! कम्ता दुःख हुँदैन।

Dashain_Aangad (2)
कल‍ंकीमा काठमाडौँ छाड्नेहरुलाई नियाल्दा अर्को पनि एउटा चिज देखियो। धेरैले आफ्नो मोटरसाइकल बसको छतमा चढाई लैजान लागेका रहेछन्।

किन होला त ?
Dashain_Aangad (5)
एक त काठमाडौँमा चोरी होला भन्ने डर। अर्को दशैँको बेला सार्वजनिक यातायातको बिजोग हुन्छ। टीकासिका लगाउन कतै जानु पर्‍यो भने मोटरसाइकलमा सरर जान पाउँदा मज्जै बेग्लै।
Dashain_Aangad (4)
काठमाडौँमा दुई पाइला पर जान पनि मोटरसाइकल चढ्ने बानी लागेकाहरुलाई जता जाँदा पनि त्यही चाहिने बानी पर्नु अनौठो पनि होइन है!

Dashain_Aangad (3)

Dashain_Khali_Sadak (1)
दशैँका लागि लाखौँ यसरी बाहिरिएपछि सँधैजसो जाम, धुलोधुँवा र ध्वनि प्रदूषण भइरहने काठमाडौँ उपत्यकाका मुख्य सडकहरुमा फाट्टफुट्ट गाडी चले पनि सडकहरु रित्ता देखिए, सफा देखिए र कानलाई पनि धेरै हदसम्म आराम भयो।
Dashain_Khali_Sadak (4) (1)

1 thought on “घर जानु-आउनुको दुःख”

  1. sam says:
    October 5, 2014 at 4:38 pm

    मेरो प्यारो काठमाडौँ. सबैइ जना हसिलो मुहार , राम्रो विचार र आपसी मेल मिलाप लिएर औउनुहोस. नराम्रो विचार बानि लाई थानकोट तल्ल को भिर बाट फालेर औउनु होस् है …

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme