राजतन्त्रका समर्थकहरु अझै पनि ‘राजा आऊ, देश बचाऊ’ नारा निकै मायाले लगाउँछन्। तर पूर्व राजपरिवार भने सांस्कृतिक परम्परासमेत धान्न नसक्ने अवस्थामा पुगेका छन्। परम्परा छाड्दै पूर्वराजपरिवार शीर्षकको सामाग्री पहिलोपोस्टमा पढेपछि लाग्यो, आफ्ना समर्थकहरुलाई राजपरिवारले यति निराश पार्न त नहुने ! यस पटक भर्खरै ह्रदयाघातबाट तङ्ग्रिएका ज्ञानेन्द्रलाई धपेडी हुन्छ भनेर टीका लगाउन नदिए पनि पोहोर परार झैँ पूर्व रानी कोमल वा बुहारी हिमानीले आफ्ना समर्थक र शुभेच्छुकलाई टीका लगाइदिने व्यवस्था गरे केही बिग्रन्न थियो। तर त्यसो नगरी निर्मल निवासको ढोका नै बन्द गरियो, जहाँ विगत ५ वर्षदेखि गणतन्त्र आइसके पनि समर्थकहरुको लामो लाइन लाग्थ्यो हरेक टीकाको दिन। हिन्दु परम्परा अनुसार मृत्युको शोक पर्दा मात्रै टीका लगाउने र लगाइदिने कार्य रोकिनु पर्ने हो।
बुबा बिरामी हुँदा छोरा पूर्व युवराज पारस शाहले परम्परा धाने पनि हुने थियो। आखिर बाउको बिँडो थाम्ने छोरो नै हो। तर पारस उतै थाइल्यान्डमा गर्लफ्रेन्डसँग मस्त छन्। पत्नी हिमानी र छोराछोरीको त वास्ता छैन नै, बुबा बिरामी भएर अस्पतालमा भर्ना हुँदासमेत नेपाल फर्किएनन्। बरु बाबुराम भट्टराई अस्पताल पुगेको देखियो, तर छोरा पारस आएनन्।
सांस्कृतिक राजा बनाउने भन्ने चर्चा पनि एक पटक भएको थियो देशमा। तर अरु सांस्कृतिक परम्परा पनि बिस्तारै पूर्वराजपरिवारले छाड्दै गइरहेका रहेछन्। इन्द्रजात्रामा कुमारीको हातबाट टीका लगाउने पृथ्वीनारायण शाहदेखिको परम्परा पनि ज्ञानेन्द्रले कायम राखेनन्।
दशैँमा शक्तिपिठ दर्शन गर्ने परम्परा बिरामी भएका कारण ज्ञानेन्द्रले यसपालि जारी राख्न नसके पनि राजतन्त्रको सांस्कृतिक बिँडो थाम्न कोमल र बुहारी हिमानी जान सक्थे, तर उनीहरुले त्यो पनि किन आवश्यक ठानेनन् कुन्नि। पूर्वरानी कोमल र हिमानी तीजको बेला पनि पशुपति दर्शन गर्न जान छाडिसके।
गणतन्त्रको यति वर्षमा नेताहरुकै चर्तिकलाका कारण केही नगरे पनि राजतन्त्र समर्थकहरुको संख्या बढेको छ, राजतन्त्रप्रति सफ्ट धारणा राख्ने थपिएका छन्। तर आफ्ना समर्थकहरुसित जोडिएको सांस्कृतिक सम्बन्धलाई आफैले यसरी तोड्दै जानुले पूर्वराजपरिवार पनि अन्यौलमै रहेको देखिन्छ।
पूर्व राजपरिवार केही गरेर भन्दा पनि अहिलेका नेताहरुको पाराले केही नगरेरै लोकप्रिय भइरहेका छन्। त्यसैले अब संविधान बनिसकेपछि कमल थापा जस्ता नेताको भर नपरेर पूर्व राजपरिवारले आफै एउटा दल खोलेर सक्रिय राजनीतिमा आउने हो भने मात्रै नयाँ परिस्थितिमा केही हुन सक्ला। नत्र भएको परम्परा धान्न नसक्ने यही पाराले समर्थकहरुको आशा पनि आशैमा सीमित हुने भो।
उता शितल निवासमा राष्ट्रपतिको हातबाट टीका लगाउने गणतन्त्रपछि सुरु भएको नयाँ परम्परा भने कायमै थियो। लामो लाइन लागेर भए पनि सर्वसाधारणले राष्ट्रपतिको हातबाट टीका लगाए।
यो असन्दार्भिक रोदन हो | जनताले चुनेका राष्ट्रपति छदै छन् नि | ज्ञानेन्द्र शाह संग कुनै नाता पर्नेले त लगाउने नै भए तर सर्ब साधारणलेटिका लगाउनु को के औचित्य छ?
नेपालको कानूनुसार अपुताली खान पाउने हक बिरेन्द्रको छोरी श्रुतिको छोरीलाई जान्छ /ज्ञानेन्द्रलाई त जान नपर्ने हो तर के गर्नु ….नेपाल हो ……तेसैले जनताको आस्था कम हुँदै जानु कुनै नौलो कुरो भएन /यो कुरा ज्ञानेन्द्रलाई पक्कै पनि थाहा छ / राज तन्त्र हट्नुको बाहिरि कारण त बिदेशी स्वार्थ नै हो /
ज्ञानेन्द्रको हातको टिका लगाउने पर्ने भन्ने के छ , कुनै एउटा बरिस्ठ व्यक्तिको हात बाट लगाए भई हाल्योनी, अनि उडेर गैसकेको राजतन्त्र कति सम्झी रहेको तातो न सारो .
राजत्रन्त्र प्रति जनताको आस्था घट्दै गैरहेको कारण राजा बिरेन्द्रको हत्या पछि नै हो / बिरेन्द्रको हत्या को छानबिन हुन नसके पछि जनतामा निराशा जागेरै यो अवस्था आएको हो / त्यो कुरा राजपरिवारले बुझेर नै दशैंमा टिका लगाइदिने परम्परा बिस्तारै हराउंदै जान लागेको हो /
जनतालाई राजतन्त्र त चाहियको छ तर ज्ञानेन्द्रको बंश होइन, बिरेन्द्रको चाहियको छ , बिरेन्द्रको बाँकि भनेको मात्रै श्रुतीकी छोरी ग्रिवानी छिन, उनैलाई नया नेपालको प्रथम महारानी बनाए कस्तो राम्रो हुनिथियो होला भगवान !
नचाहिने तातो न छारो को कुरा गरेर के फाईदा ? श्रुती त बिहे भएर अर्कै को घर गै सकेकी मान्छे त्यसमाथी श्रुतीको छोरी अर्कै बंशको परिन कसरी हुन्छ महारानी ?
देश त् डुबायो नै, राजतन्त्र डुबाउने नै यी ज्ञाने बाऊ छोरा हुन्|
दाज्यु राजा हुँदा रवाफमा प्रस्तुत हुने ज्ञाने आफु राजा भएपछी टुलुटुलु हेरेर नबस्ने भन्थे| प्रत्यक्ष शासन गर्न तम्सेर आफ्नै गल्तिमाथिको गल्तीले नागार्जुन कटायो|
ज्ञानेले आफ्नो प्रयक्ष शासनताका अलिकति मात्र पनि सद्व्यवहार र व्यवहारिकता अपनाएर साधारण नागरिकको मुटुको ढुकढुकी सुनिदिएर राहत मिल्ने कदम उठाएको भए अहिले यो अवस्था हुने नै थिएन| सबैभन्दा पैले आफ्नै तलब सुबिधा तेबर बढाउँन तिर लागे अनि विरोधीले ढोल बजाएर सबैलाई अवगत गराए| तर अव वागमती बगेर गंगामा बिलिन भैसकेको छ|
विगतमा तुलसी गिरि, किर्तिनिधी जस्ता आदरणीय तर आउटडेटेड र आउट अफ टच राजनीतिग्य द्वयलाई अघि सार्ने, कमल थापा र टंक ढकाल जस्ता बद्नाम र लोयल एक नम्बरका भरौटेहरु, श्रीष शमशेर र मधुकर शमशेर जस्ता अंग्रेजी पढेका डिग्रीधारी हजुरे सज्जनहरु तर खालि कुराले मात्र लंका पिट्ने, बिदेशीसंग गफ हाँक्न माहिर तर वास्तविक कार्य व्यवस्थापन र उपलब्धिमा डबल जिरो कमाएका अनि चाकडी र चाप्लुसीलाई निरन्तरता दिनेहरुले मन्त्रिमण्डल खचाखच पारेपछि ज्ञानेले आफ्नो एक्जिट आफै तयार पारेका हुन्| त्यसमाथि पारसको प्रविन गुरुङ र ट्याक्सी ड्राइभर मुद्दा छदै थियो| उनीहरुको आत्माले पनि पोल्दा हुन् केहि गर्न सकिन भनेर यस्ता उस्ता भड्किएका सोचहरुले | सम्भवत कटुवाल जहरसाबले सम्पूर्ण लोयल भएर साथ् दिएको भए राजतन्त्र खुस्कने थिएन कि?
दाजु भाउज्युको हत्याकाण्डमा चाँही अनावश्यक रुपमा ज्ञानेलाई मुछेको जस्तो लाग्छ| उनको सोझो रुपमा हात थिएन भन्ने लाग्छ| फुर्सदै फुर्सदमा त्यस्ता कुराले पनि उनलाई मानसिक यातना दिएको हुनसक्छ|
जे होस् उँहाको स्वास्थलाभको कामना गर्दछु| हाम्रा कुइरोभित्रका काग भएर रुमल्लिरहेका र हाडमा तानातानी गर्ने कुकुरहरु सरह जुझिरहेका नेताहरुलाई समयमा संबिधान निर्माण गर्न सचेत गराउन पुर्ब महाराजको सकारात्मक उपस्थितिको देशलाई आवश्यक छ|
तर जति समय बित्दो छ, उति एउटा तथ्य अकाट्य बन्दै गएको छ| त्यो के भने बरु त्रिशुली उल्टो बग्ला तर राजतन्त्र फर्कदैन|
अझ अर्को कुरो पनि थपू, नागार्जुन बर्ष दिनलाई मात्र दिईएको हो क्यारे, अब कि हालको दरमा वहाल असुली गरिन परो, नत्र जनताको सम्पति खालि गर्न परो पुर्ब राजन|
नेपाल को राजा हरु एकाध बाहेक बेढंगी र अलि अलि विलासी त् थिए नै , तर मान्छे मोर्ने बेलामा ये ज्वरो ले मोर्यो , ये क्यान्सर ले मोर्यो भन्या जस्तो कारण भए यी |
भारतीय ले नेपाल को सासन अप्रत्यक्ष्य रुप मा आफुले चलाउन नेपाल को राजतन्त्र ग्रयाण्ड डिजाइन गरेर हटाएको हो |
सानो उदाहरण
१) अहिले चुरेको गिट्टी , ढुंगा बिहार को घर सडक निर्माण मा बिना रोक तोक निर्बाध गइ रहेछ |
२ ) ससस्त्र प्रहरी को स्कुल को उद्घाटन , र बिसेस कार्यक्रम भारतीय राजदुत ले उद्घाटन गर्ने , नेपाल को अहम निर्यण हरु भरातीय दुताबास ले गर्ने परम्परा बसिसक्यो !
३) हिजो राजाको पालामा दिन को उज्यालो मा खुर्दा लोतन हाम्रो हो , भारतीय बिस्तार बाद मुर्दा बाद , सुरुङ्ग युद्द गर्ने भन्ने रात को अध्यारो मा पछाडी ढोका बाट राजदुत को चाकडी बजाउन जाने नेताहरु , राजा हटे एता १९५० को सन्धि , सिमाना मिचाई आदि सब बिषय मा चुचाप र मौन छन् | उल्टो उपचार गर्ने निउ मा दिल्ली दर्बार पुग्छन |
४) रास्ट्रपति , उप्रास्त्रपति पद निर्बिबाद एउटा प्रधान मन्त्रि पद बिबादित , तेस्मा पनि चक्रिय प्रणाली द्वारा पालै पालो खाने
गहिरिएर सोच्यो भने त् खै नेपाल भनेजस्तो पो हुन्छ त् ?
यो नेपाली हरु लाइ राजा भय पनि नहुने नभय पनि नहुने