Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

राष्ट्रपतिको ‘जाड’ कान्ड

Posted on October 3, 2014October 3, 2014 by Salokya

राष्ट्रपति रामवरण यादवले जाडबारे वक्तव्य कहिले निकाल्नु हुन्छ होला? अहँ। तर जब इकान्तिपुर, नागरिकन्युजजस्ता नाम चलेका अनलाइनसहित अन्यले पनि एकोहोरो रुपमा वक्तव्यमा जाड उल्लेख भएको लेखे भने ?
हेर्नुस् त-
Capture
वास्तवमा यसमा राष्ट्रपति र राष्ट्रपति कार्यालयको केही दोष छैन। राष्ट्रपतिको वक्तव्यमा त ‘वर्षैभरी आइरहने चाडपर्व र जात्राहरू नेपाली संस्कृतिका मौलिक विशेषता हुन्’ भनिएको छ। चाडसँगै पर्व पनि जोडिएको छ। तर समाचार आउने बेलामा चाडको ठाउँमा जाड भइदियो। कसरी भयो त यस्तो?

राष्ट्रपतिको वक्तव्य यस्तो थियो-

सम्माननीय राष्ट्रपति डा.राम वरण यादवले बडा दशैँ तथा विजयादशमी –२०७१ को अवसरमा दिनुभएको शुभकामना सन्देश

१. नेपाली मात्रको शारदीय पर्व बडा दशैँ तथा विजयादशमी–२०७१ को अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको लागि मगंलमय शुभकामना व्यक्त

गर्दछु ।

२. एकपछि अर्को गर्दै वर्षैभरी आइरहने चाडपर्व र जात्राहरू नेपाली संस्कृतिका मौलिक विशेषता हुन् । यिनले व्यक्ति, परिवार, समाज र राष्ट्रलाई आपसमा जोड्न सम्बन्ध–सूत्रको काम गरेका छन् । एक अर्को समुदायका चाडपर्वहरू मिलेर मनाउनु नेपाली समाजको विशिष्ट चरित्र रही आएको छ । सांस्कृतिक सद्भाव, सहयोग र सहयात्राको यस्तो सुन्दर परम्पराप्रति हामी सबैले गर्व गर्नु पर्दछ ।

३. देशका विभिन्न भागमा हालै आएको बाढी, पहिरो र अन्य प्रकृतिजन्य प्रकोपका कारण जीवनयापन कष्टमय भएका परिवारप्रति हार्दिक सहभाव व्यक्त गर्दै उनीहरुको दैनिक गुजारा सहज तुल्याउने तथा बसोबास र जीविकाको व्यवस्था गर्ने कार्यलाई उच्च प्राथमिकतामा राख्न म सबैसंग आग्रह गर्दछु ।

४. नेपाली जनताले अपार उत्साह प्रदर्शन गरी चयन गरेको दोस्रो संविधान सभाले निश्चित अवधि किटान गरेर संविधानको मस्यौदा तयार पार्न दर्शाएको क्रियाशीलताले हामी सबैलाई आशावादी तुल्याएको छ । आफूले जनता सामू गरेको कबूल पूरा गर्न संविधान सभामा प्रतिनिधित्व गर्ने दलहरू यस पटक चुक्ने छैनन र तोकिएको मितिमै संविधान निर्माण गर्न सक्षम हुनेछन् भन्ने सबैको आशा रहेको छ । मलाई विश्वास छ, संविधान प्राप्त गर्ने सवालमा यस पटक मुलुक र देशवासीलाई निराश पारिने छैन ।

दुर्गा भवानीले हामी सबैको कल्याण गरुन् !

धन्यवाद !

सबै नेपालीको जय होस् ।

मिति २०७१ असोज १४ गते मगंलबार ।

नेपालको एक मात्र सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समितिले असोज १६ गतेको रात्रिसेवामा राष्ट्रपतिको वक्तव्यलाई समाचार बनाउँदा चाडको ठाउँमा जाड लेखिदिएछ-
Capture1

रासस त चिप्लियो चिप्लियो, चाडलाई जाड लेखेकोसम्म नहेरी आँखा चिम्लिएर राससको समाचार जस्ताको तस्तै हाल्दा अनलाइन न्युज पोर्टलहरुले पनि मार खाए।

जस्ताको तस्तै पनि कसरी भन्ने तपाईँले ध्यान दिएर हेर्नुभयो भने चार वटैले भाषा केही फरक गरेका छन्। जनाए, बताएका छन्, जनाएका छन् र जनाउनुभएको छ लेखिएको छ। तर चाडको साटो जाड चाहिँ सबैतिर एउटै पो छ।

भारतमा चिनिया राष्ट्रपति Xi Jinping लाई इलेभेन जिनपिङ भनेर उच्चारण गर्दा एक समाचारवाचकको जागिरै गएको थियो। राष्ट्रपतिको वक्तव्यमा रहेको चाडलाई जाड लेख्नेलाई नेपालमा खासै केही हुन्न होला। तर यसलाई जाड कान्ड भनेर याद राखे राम्रो होला 🙂

11 thoughts on “राष्ट्रपतिको ‘जाड’ कान्ड”

  1. Suga Shrestha says:
    October 5, 2014 at 1:35 am

    ल को ठाउँमा ग, अनि ग को ठाउँमा ल … आफै विचार गरौ, के भयेछ?

    Reply
  2. हृदय says:
    October 4, 2014 at 8:43 pm

    हामी मध्ये धेरैका लागि चाड पर्ब जाड पर्ब हुने गर्छ, स्वदेश होस् या विदेश गाउ होस या सहर l नपत्याए आफ्नो छाती माथि हात राखेर आफैलाई सोध्नुस या घर घर मा गएर हेर्नुस l हामीले मनाएको र मनाउने पनि यसरि नै हो l त्यसैले कुरो सही नै हो, हात्ती र हात्तीछाप चप्पल भने जस्तै !! राष्ट्रिय भावनाको प्रतक्ष्य सम्बोधन भएको छ, चियर्स !!!

    Reply
  3. तुयू भाजु उदास says:
    October 4, 2014 at 2:43 pm

    यस्तो धेरै पल्ट भयो ; तर पचाउन गाह्रो छ !
    यी सरोकारवालाहरुलाई दुइ कुरा को अत्यन्त नै खाँचो छ-
    आँखा तेज हुने ट्याब्लेट र अशुद्धि खाँदा हुने तीतो अनुभव ! 🙂

    Reply
  4. Durga Adhikari says:
    October 4, 2014 at 8:10 am

    सामान्य typo हो/ खासै समाचार बनाउनु जरुरि छैन/ तिललाई पहाड बनायर के फायिदा?

    Reply
    1. Birendra says:
      October 4, 2014 at 9:47 am

      यी मैयाँ हो कि बाबु हो राससमा समाचार लेख्ने मान्छे परेछन् पक्कै
      चाडलाई जाड लेख्दा पनि सामान्य हो रे
      समाचार लेख्न जरुरी छैन रे । समाचार कसले लेख्या छ यो त ब्लग पो त
      यिनी जस्तो भैद्या भए XI जिन्पिंगलाई एघार भन्दा पनि केही नहुने रैछ 🙂

      Reply
  5. neerose says:
    October 4, 2014 at 4:02 am

    रासस को समाचार सम्पादन गर्ने फ़िट्टु थियो होला!
    अनि यस्तो किन नहोला!
    अरु पत्रिकाका सम्बादाता हरुपनि दशैँ मनाइरहेको बेला पर्यो!
    रम रम थिए होला!
    अनि कसरि यस्तो नहोला!

    Reply
  6. गोपी says:
    October 3, 2014 at 8:57 pm

    चिट को भर मा पास भएका हरु पत्रकार हुन्छन
    अनि चोरेरै समा४ छाप्छन ,
    येस्ता जाबा घटना त छिट पुट मै गनिन्छन 🙂 🙂

    Reply
  7. सिर्जने says:
    October 3, 2014 at 8:20 pm

    जाँड भन्न खोजेको होला हाम्रा पत्रकारहरुले, दशै लागेर पत्रकारहरुलाई जाँडको मात्रै ध्याउन्ना छ जस्तो देखियो /

    Reply
  8. श्याम कुमार श्रेष्ठ अबु धाबी says:
    October 3, 2014 at 8:12 pm

    Result of COPY & PASTE

    Reply
  9. Suga Shrestha says:
    October 3, 2014 at 7:46 pm

    बिर अस्पतालमा लुगा धुनको लागी टेन्डर माग गर्दा भएको कुरा याद आयो! पत्रिकामा छाप्दा उल्टोपाल्टो छापिएछ !

    Reply
    1. राजु says:
      October 4, 2014 at 7:16 am

      बिर अस्पतालमा लुगा धुनको लागी टेन्डर माग गर्दा भएको के रैछ?

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme