Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

खेलको राजनीति पनि उस्तै, पदक जिते पनि सुख छैन

Posted on October 2, 2014 by Salokya

bronze
नेपालले बल्लतल्ल एसियाली खेलकुदमा एउटा कास्य पदक जितेको छ। विमला तामाङले करातेको एकल कातामा आज कास्य पदक जितेकी हुन्। तर पदक जिते पनि सुख भने छैन। नेपालको खेलकुद पनि राजनीति जत्तिकै जटिल छ। यहाँ पनि सिन्डिकेटहरु व्याप्त छन्। गणेश थापाले अस्ति धम्क्याएको त्यसै होइन। मलाई कारबाही गर्‍यो भने नेपालले अन्तर्राष्ट्रिय रुपमा खेल्नै पाउँदैन भनेर थापाले धम्क्याएका थिए। फुटबल जस्तै अरु खेलमा पनि उस्तै छ। नेपालमा ओलम्पिक कमिटी पनि दुई वटा छन्। एउटालाई राष्ट्रिय मान्यताप्राप्त छ भने अर्कोलाई अन्तर्राष्ट्रिय मान्यता।

ओलम्पिक कमिटीको काम नेपाली खेलकुदको अन्तर्राष्ट्रियस्तरमा समन्वय र सम्बन्ध विस्तार गर्ने हो। तर आफू आफू मै समन्वय गर्न सकेका छैनन्। अहिले रुक्मशमशेर राणा अध्यक्ष रहेको ओलम्पिक कमिटीलाई राष्ट्रिय मान्यता छ। सर्वोच्च अदालतको फैसला पनि राणाकै पक्षमा छ। तर अन्तर्राष्ट्रिय मान्यता चाहिँ ध्रुवबहादुर राणा अध्यक्ष रहेको ओलम्पिक कमिटीलाई छ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाले पुरेन्द्रविक्रम लाखेलाई अध्यक्षबाट हटाउँदै दावा गुरुङको अध्यक्षमा कराते महासंघ पुनर्गठन गरेका थिए।

तर, प्रधान नेतृत्वको ओलम्पिक कमिटीले भने लाखे नेतृत्वकै महासंघलाई अन्तर्राष्ट्रिय मान्यता दिलाइदियो। त्यसलाई खेलकुद परिषद्ले मान्यता दिने कुरै भएन। उसले त गुरुङ नेतृत्वको समितिलाई मात्रै मान्यता दिएको छ।

अहिले हामी दर्शकलाई देशले पदक जित्नुपर्छ भन्ने लागिरहन्छ। यत्राको जित्नु पदक, खेल्नुअघि नै टाउकेहरु भिडेपछि।

विमलाले पदक जितिन्, ठीकै भयो। तर पदक जित्नु अघि विमलालाई पठाउनेलाई कानुनी उपचार गर्ने चेतावनी लामाले विज्ञप्ति निकाल्दै दिएका थिए।

भएको के हो भने अहिले पदक जित्ने विमला र अर्का खेलाडी अनुपमा मगरलाई पठाएको लाखे नेतृत्वको कराते महासंघले हो भन्नुको मतलब अन्तर्राष्ट्रिय मान्यताप्राप्त। यता राष्ट्रिय मान्यताप्राप्त महासंघले भने विमलाको ठाउँमा चञ्चला दनुवार अनुपमाको ठाउँमा गंगादेवी अधिकारीलाई छनौट गरी पठाएको थियो।

लगातार दुई वर्षदेखि विभिन्न प्रतियोगिता र छनोट चरण पार गर्दै राष्ट्रिय टिम तयारीमा रहेका थिए गंगा र चञ्चला। जापानमा केही दिनको विशेष प्रशिक्षण लिएर कोरिया पुगेका थिए उनीहरु। तर उनीहरुको एक्रिडिएसन चाहिँ खेलाडी भनेर हैन अफिसियल भनेर रहेछ। अफिसियल भएपछि खेल्न पाउने कुरै भएन। त्यत्रो छनौट चरण पार गरेको त खेरै गयो। विशेष प्रशिक्षण पनि कामै लागेन।

अझ रमाइलो त के भन्नुस् न, जसरी राजनीतिमा केन्द्रमा र तलतिर गाविसमा समेत दलीय आधारमा भागवन्डाको सहमति हुन्छ, त्यसरी नै राष्ट्रिय मान्यता प्राप्त महासंघबाट चार जना र अन्तर्राष्ट्रिय मान्यता पाउनेबाट चार जना गरी आठ जनालाई खेलाउने सहमति भएको रहेछ। त्यसै अनुसार खेल्न नपाउने भए पनि नाक जोगाउन छनौट चरण पार गरेका गंगा र चन्चलालाई कोरिया चाहिँ लगेको रे।

एउटाले भन्ने होला, कास्य मात्र जित्यो, हामीले पठाएको खेलाडीले भए स्वर्ण पदकै जित्थ्यो कि। अनि अर्कोले भन्ने होला, तिमीहरुले पठाएको खेलाडीले जित्या जित्यै हो, हाम्रोले त जितेरै देखायो।

ल भन्नुस् अब यत्रो राजनीति र भागवन्डा हुने ठाउँमा हाम्रा खेलाडीलाई पदक जितेन भनेर गाली गर्नुहुन्छ तपाईँ ?

8 thoughts on “खेलको राजनीति पनि उस्तै, पदक जिते पनि सुख छैन”

  1. Binod Ranabhat says:
    October 2, 2014 at 11:02 pm

    चार पार्टी का खेलाडी लाइ नेपाल मा खेलौनी जस ले जित छ तै लाइ विदेश मा खेल्न पथौनि

    मावोबादी : कुट पिट मार मार (boxing कराते उशु आदि मा )
    एमाले (नाराबाजी अनसन पौडी ,चेस नाच गान )
    काग्रेस ( कबर्दी, दौड , खुरापाती , रिले )
    रा प्रा पा ( दंदी बियो , गुज्जा )

    यसरि भाग लगय हाम्रो देश मा धेरै पदक हरु जित्न सक छ

    Reply
  2. Prabin says:
    October 2, 2014 at 8:09 pm

    नेपाली ले खुट्टा तान्ने खेल मा राम्रो गर्न सक्ला तर दुर्भाग्य एसियाड मा त्यो खेल नै रहेनछ | जय गणेश थापा |

    Reply
  3. Rajendra Adhikari says:
    October 2, 2014 at 7:55 pm

    कुरा किन यति अफ्ठेरो ? मैले त कुरै बिझिन …
    जसले आयोजना गरे पनि हुन्छ, एउटा राष्ट्रिय स्तरको प्रतियोगीता आयोजना गर्ने, जसमा देशभरको जो पनि भिड्न पाउँछन्, अनि, त्यसमा जो प्रथम, दोस्रो, तेस्रो आदी हुन्छन्, उनीहरूलाई नै ओलम्पिक, एसियाड आदीमा पठाउने ? प्रथमा भाकोलाई नपठाएर, दोस्रो, पाँचौं, सातौं भा को लाई पठाउऩुपर्छ भनेर त कस्ले भन्ला र ?

    Reply
    1. Binod Paudel Sudbury says:
      October 3, 2014 at 9:23 pm

      खेल न हो, १९ २० भै हाल्छ / अब आफ्ना १९ हरु लाइ पठाउनु पर्यो नि /

      Reply
  4. govind thapa says:
    October 2, 2014 at 5:13 pm

    हरे प्रभु कुरा सुन्दा पनि कन्सिरी तातिने राजनीति ……….

    Reply
  5. तुयू भाजु उदास says:
    October 2, 2014 at 3:17 pm

    नेपाल सदियौं देखि थला बसेको रोग के हो ?
    यो प्रश्नको एकै शब्दमा जवाब दिने हो भने भन्नु पर्ने हुन्छ – भागवण्डा को कुनीति .
    उहिले मल्ल , पछी शाह , अनि पछी राणा , हाल आएर बहुदलका नेताहरु !

    यो कुनीति को प्रेरणा स्रोत खोज्ने हो भने कहाँ भेटिन्छ ?
    साँची नै खुला दिमागले घोत्लिने हो भने भन्ने पर्ने हुन्छ – एक मात्र विषालु ग्रन्थ ‘गीता’ .
    यसको अनुकरण गर्ने पुरोहित वर्ग हुन् भने पिछलग्गु जजमान वर्ग .
    त्यसैले त सनातनपन्थीहरु स्वयम स्विकार्छन –
    कोहि सद्दे मान्छेलाई पागल बनाउनु छ भने यो किताब पढ्न दिए पुग्छ .

    Reply
  6. डिल्ली says:
    October 2, 2014 at 3:01 pm

    नेपालमा अपराधिक राजनीति र जातनीति अन्त्य गर्न तानशाह जन्मिनु आवस्यक छ । यस्ता लगामहीन, गतिहीन अपराधि झुण्डलाई कालकोठरीमा नठोकेर यस्तो भै रहे जस्तो लाग्छ । यिनीहरूले आफैँलाई केन्द्रमा ठान्दा र पद आफ्नो बाउको विर्ता मान्दा यस्ता किसिमका बद्नाम गराउने कुकृत्यहरू चलिरहेका छन्। राणा र राणाको गाँड कोराकोर छ लामा, गुरुङ, लाखे र प्रधानको गाँड तोडातोड छ भने न त समान जातले केही गर्लान् भन्ने देखियो न जनजातिको कुरा गर्नेले लछारपाटो लगाउलान भन्ने बुझियो । जुन दिनसम्म ब्यक्ति, जात, रङ र पार्टीलाई केन्द्रमा राखिन्छ र देश भन्दा ब्यक्ति, जात, रङ र पार्टी ठूलो ठानिन्छ तबसम्म देश यसरी नै रसातल मै डुब्ने हो । अहिलेका नेताहरूले युवाहरूलाई विदेशमा नोकर हुन पठाए तर उनीहरू आफैँ विदेशीका दास भएर देश अधोगति तिर लगे । बासतबमा यी हरामहरू खाडीको धूपमा गधा जोत्न वा भेडा चराउनमात्र योग्य छन् खेलकुदको विकास यिनीहरूले गर्दैनन्ग । खेलाडी दिनभरी भोकै खेल्छन् न त तालिम पाउँछन् न वृत्तिविकासको कुनै सम्भावना नै छ । तालिम बृत्ति विकास गर्न पुग्ने रकम जीर्ण नेताहरूको जिउ टाल्दै सकिएको छ र बाँकी पनि तिनका छाउरा छाउरीलाई विदेशमा पोस्तै देशको सम्पत्ति उढिरहेको छ । शरीरमा बल हुँदासम्म उनीहरूकै खल्तिका दान खाएर जोतिएका यी खेलाडीहरूले कसरी पदक दिन सक्छन् ?

    Reply
    1. bibek dhakal says:
      October 4, 2014 at 7:22 pm

      ” तानासाह जन्मिनु जरुरि छ” भन्ने अनि चुप लगेर बसेसी कहाँ हुन्छ. ल तानासाह/साही को जन्मको लागि आजैबाट कसरत थाल्नुस…..

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme