Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अहिले नेपालमा ठ्याक्कै कति बज्यो होला ?

Posted on October 7, 2014 by mysansar

अहिले नेपालमा ठ्याक्कै कति बज्यो होला ?

यसपालि एउटा घडी किनियो । घडीको समय चलनचल्ति अनुसार पसलमा भएको भित्ते घडि हेरेर पसलवालाले मिलाई दियो। घडी लिएर म घर पुगें। ल्यापटप, डेस्कटप, भित्तेघडी, नाडिघडी गरेर समयको जानकारी दिने जम्माजम्मि १२ वटा भाँडाहरु घरमा रहेछन्। तर बिडम्वना, कुनै पनि घडीहरुले दिने समय एउटै थिएन। कुनैमा सकेण्डको अन्तर त कुनैमा मिनेटको अन्तर। कम्तिमा नयाँ घडीमा नेपालको सही समय राख्नु पर्यो भन्ने ठानेर म आफ्नो घडी लिएर सही समय मिलाउन बसें।

अब म अन्यौलमा परें, नेपालमा सही समयको जानकारी दिने निकाय कुन होला ? म रेडियो नेपालले दिने समाचार कुरेर बसें। हाम्रो स्टुडियोको घडीमा अहिले ठ्याक्क बेलुकाको ७ बज्यो भने पछि मैले मेरो घडी मिलाएँ। त्यसपछि विभिन्न एफएम स्टेसनहरुसँग समय मिलान गर्न थालें। कुनै पनि एफएम स्टेसनहरुले दिने समयमा एकरुपता थिएन।

कार्यालयतिर साथीभाइहरुको घडी पनि रुजु गरेँ, कसैको समयमा एकरुपता थिएन। मलाई मेरो घडिको समयमा यकिन भएन।

फेरि बीबीसीमा हरेक समाचारहरुको अगाडि बजाइने टिक, टिक, टिक, अनुसार समय मिलाएँ। अझै चित्त नबुझेर इन्टरनेटमा खोज्न थालें। एउटा time.is भन्ने website रहेछ। त्यसले प्रयोगकर्ताको computer मा भएको समय खोजेर ‘Your time is …seconds fast or slow’ भन्ने जानकारी दिँदो रहेछ । त्यो समय पनि मिलाएर हेरेँ, मलाई अझै चित्त बुझेन ।

नेपालमा कुनै यस्तो निकाय छैन, जसले ठ्याक्कै यति बज्यो भनेर जानकारी दिन्छ होला ? यस अनुसार समय मिलाएमा सबै नेपाली हरुको घडीमा एउटै समय हुने थियो कि ?

16 thoughts on “अहिले नेपालमा ठ्याक्कै कति बज्यो होला ?”

  1. sam says:
    October 8, 2014 at 10:00 pm

    Right click the time of your computer >>then click adjust date and time>> make sure you select correct time zone>>than click internet time>>click change setting then update now. Which ever server you choose these are accurate atomic clock synchronized time. Now set all you time from your computers time.

    Reply
  2. तुयू भाजु उदास says:
    October 8, 2014 at 7:31 am

    समय को महत्व नजानेको मुलुक मा यस्तो हुनु कुनै आश्चर्य को कुरो त होइन….
    तर , जेहोस, विदेशमा बसेर नेपाली समय खोज्ने पनि हुँदो रहेछ भन्ने सबुत पाइयो.
    बस, यही आजको महत्वपूर्ण उपलब्धि सम्झनु पर्छ होला.

    Reply
  3. krishna says:
    October 8, 2014 at 7:14 am

    नेपाल गुणस्तर बिभाग नेपाली समय निर्धारण गर्ने निकाय हो र तेसैले नेपाली समय व्यवस्थापन गर्ने जिम्मा लिएको हुन्छा अनि यसको कार्यालय माछापोखरी Kathmandu मा छ र यसको अगाडी रहेको घडीले देखाउने समय नेपाली स्तान्दर्द समय हो

    Reply
    1. krishna says:
      October 8, 2014 at 7:17 am

      नाप तौल तथा गुणस्तर बिभाग हुनु पर्ने मा गुणस्तर मात्रै भयेछ अनि यसैले समय लगायत अरु पनि नाप तौल सम्भंदी व्यवस्थापन गर्ने गर्छ

      Reply
  4. रागिनी says:
    October 8, 2014 at 5:59 am

    केहि समय अगाडी बालाजु तिर गएको बेला “नापतौल बिभाग” हो कि कुन कार्यालयमा बाहिर पट्टी सबैले देखिने गरि समय (डिजिटल डिस्प्लेमा ) राखिरहेको देखेको थिएँ। त्यही हो नि नेपालको आधिकारिक समय… तर समय मिल्छ कि मिल्दैन मैले याद गरिन ।।।

    Reply
  5. Sushil says:
    October 8, 2014 at 3:10 am

    अशोक जी,
    तपाइले मिलाएको रेडियो नेपालसंगको समय नै सम्भवत आधिकारिक समय हुनु पर्छ | तपाइँहरुलाई जानकारी होस् कि रेडियो नेपालले प्रत्येक बिहान ५:४५ बजे बि बि सी वर्ल्ड सर्विससंग समय मिलाउछ र त्यसै अनुसार समयको जानकारी आफ्ना श्रोताहरुलाई दिने गरेको छ | अब बि बि सी कै समय गलत भयो भने त बेग्लै कुरा |

    Reply
  6. Vishal B says:
    October 8, 2014 at 12:45 am

    मेरो बिचारमा सबभन्दा सजिलो त Ipad या कुनै स्मार्ट फोनको clock app प्रयोग गर्नु हो / त्यसमा kathmandu को clock रोज्यो, तन्तै साफ/

    Reply
  7. shailendra says:
    October 7, 2014 at 10:46 pm

    सेकेन्ड समेत मिलाउने भएचै अलि गारो काम होला. अटोमीक घडीले मात्र अक्कुरेट दिन्छ. नत्र ठुलो कुरा भएन सोल्टी. १५००० परेको मेरो जी सक घडीमा समेत महिनामा 30 सेकेन्ड +- भनेर लेख्या छ. GMT थाहा छ भने जुन सुकै देशबाट नि मोबाइलमा आटो टाइम रेसेट गर्न सकिन्छ. स्मार्ट फोन प्रयोग गर्नु हुन्छ भने मल्टिपल टाइम प्रयोग गर्दा नि हुन्छ. यहाँ आइ रोए कराई गर्नु पर्ने बिसय होइन होला.

    Reply
  8. premji says:
    October 7, 2014 at 9:44 pm

    अशोक जी,
    तपाइलाइ कुन हद सम्म सहि समय चाहिएको हो र ? बिज्ञानका प्रयोगहरुमा 0.000000000000001 (फ़ेम्टो-सेकेन्ड) सम्मको रिजोलुसन चाहिन सक्छ भने साधारणतया ब्यबहारिक प्रयोजनको लागि +-१ मिनेटले केहि फरक पर्दैन | अहिलेको इन्टरनेटको जमानामा ठ्याक्कै कति बज्यो भन्ने थाह पाउन निकै सजिलो छ, जस्तो तपाइले भनेकै साइटमा गएर या अमेरिकी आधिकारिक समयको साइट http://www.time.gov हेरेर | नेपाली समय विदेशको समय भन्दा ठ्याक्कै केहि घण्टा ४५ मिनेटको फरकमा हुन्छ | सेकेन्ड त्यहि नै हुन्छ | त्यसमा पनि +-१ सेकेन्डको फरक पर्न सक्ला तर साधारण जनजीवनमा यसले कुनै फरक पर्दैन | त्यहि भएर तपाइको घरका या साथीहरुका घडीमा एकरुपता नपाउनु कुनै ठुलो कुरा हैन | त्यसै पनि हामीहरुले प्रयोग गर्ने घडीहरु अलिकति ढिलो या चाडो भैहाल्छन, कुनैलाई छिटो छिटो रिसेट गर्नु पर्ला, कुनैलाई ढिलो | धेरै कुराको लागि १ मिनेट ढिलो या चाडो हुदैमा घडी रिसेट गरिहाल्नु पनि पर्दैन | रेडियोमा यति बज्यो भनेर भन्ने बाहेक ३-४ सेकेन्ड फरक पर्दैमा रिसेट गर्ने कुरीकुरी लाग्या हो भने यो बिना सित्तिको कम्पल्सन मात्र हो |

    Reply
  9. क्षीर ध्वज says:
    October 7, 2014 at 9:39 pm

    Ashok जी,

    पृथ्वीको कुनै पनि स्थानको सहि समय भनेको त्यो स्थानको अक्षांस र देशान्तर (latitude and longitude) बाट निर्क्यौल गरिन्छ | तेसैले सहि समयको लागि GPS Receiver प्रयोग गर्न सकिन्छ जसले GPS Satellite हरु को तरङ्ग बाट सहि latitude, longitude र सहि समय दिन्छ| नेपालको हकमा GPS को समय दिने भएकोले NTC को CDMA Moblie र UTL mobile को समय लाई केहि हद सम्म आधार मान्न सक्छौं | नेपालमा आधिकारिक समय दिने यस्तो निकाय छ भने शेयर गरौ साथी हरु…..

    Reply
  10. AMAN RAI says:
    October 7, 2014 at 9:23 pm

    म पढ्ने स्कुल अगाडी घण्टा घर थियो हामी तेसैमा हेरेर आफ्नो घडीको समय मिलाउथौ पछि थाहा भयो त्यो पनि १५ मिनेट ढिला रहेछ . तेस्पछि त नेपाली समय नेपाल तेलिभिजन हेरेरै मिलाउन थालियो .

    Reply
  11. Ratna says:
    October 7, 2014 at 9:22 pm

    Subedi ji, Nepal is a land of mystery. There is nothing that is correct. Nobody knows which is authentic body to tell us Nepal Standard Time or NST. Is it Radio Nepal? Is it Nepal Television? There is no consistency among the people, in the system, in politics, in economy or even in the prices of essential commodities. The whole nation is thrown out of gear. So, don’t worry about the NST. Nepal Time is always one or two hours late. That is the standard time or norm. If you expect someone at 1 o’clock, he will arrive at 3 o’clock, even the minister keeps that sort of time keeping. There are numerous ‘clock towers’ in various parts of the country. All waste of money, time and resources because none of those clocks work perfectly. Look at Nepali weather forecasters. Their forecast is never correct. If they find clouds in the sky of Kathmandu, they will say there will be rain in the valley, but it does not rain afterwards. But your concern is genuine. There are so many so called Management Colleges in the Kathmandu Valley and in the country. I hope they will produce someone who will think of innovating correct time management system. Thank you for raising this highly pertinent issue.

    Reply
    1. Sunil says:
      October 8, 2014 at 12:15 am

      NST is not the abbreviation for Nepal Standard Time, it is NPT. NST stands for Newfoundland Standard Time.

      Reply
  12. Bikash says:
    October 7, 2014 at 7:56 pm

    There is no absolute time brother; like there is no absolute truth. Don’t be fooled by people referring to GMT or other man-made artifacts; those are simply conventions.

    So, don’t worry about what time it is but worry about how you can utilize *this* time. 🙂

    Reply
  13. Tika says:
    October 7, 2014 at 7:44 pm

    आज भोलि ठाउँ ठाउमा रहेका एटोमिक क्लोकबाट आइरहने रेडियो सिग्नलको आधारमा समय मिलान गर्ने घडीहरू (नाडी घडी, भित्ते घडी) पाइन्छन/ एटोमिक क्लोकबाट प्राप्त समयनै अहिले सम्म सर्बसाधारनको लागि उपलब्ध सबै भन्दा एक्युरेट समय हो/ त्यसैले रेडियो सिग्नलको आधारमा समय मिलान गर्ने घडीहरू, जसलाई रेडियो कन्ट्रोल्ड भनिन्छ, लाइ आधार मान्न सकिन्छ/

    Reply
  14. Rahul Sharma says:
    October 7, 2014 at 7:43 pm

    समयमा तेती सारो टाउको दुखाउनु पर्दैन. नेपाल को अधिकारिक समय ग्रीन विच मिन टाइम भन्दा ५ घण्टा ४५ मिनेट चाडो छ.तेही अनुसार सेट गर्नुस second पनि मिल्ने गरि.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme